Saturday, September 21, 2013

दिल्लीमा यसरी भेटिए नेपाली चेली

कमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा । तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको मनलाई तृप्त गर्ने गर्दछन्...

Wednesday, September 18, 2013

भाइकाजी तिवारीले सर्वोत्कृष्ट निजामती पुरस्कार पाउँदा उनकै आदेशले घर भत्केर बेहाल भएकी लाजिम्पाटकी लक्ष्मी तुलाधर भक्कानिंदै थिइन् ।

सरकारले यो वर्षको निजामती सेवा दिवसमा पुरस्कृत गरेका ४१ जना निजामती कर्मचारीमा पनि सर्वोत्कृष्ट ठहरिए, भाइकाजी तिवारी । २१ भदौको मन्त्रिपरिषद् बैठकले सर्वोत्कृष्ट मानेका उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त छन् । दुई वर्षदेखि शुरू भएको राजधानीको सडक विस्तारका लागि उनी चर्चित छन् । सडक विस्तारले राजधानीका साँघुरा सडक चौडा बनाएपछि ट्राफिक जामको समस्या केही घटेको छ । तर, यसको अर्को पाटो, राज्यले जसरी पनि सडक विस्तार...