Showing posts with label बिध्यापुर दर्शन. Show all posts
Showing posts with label बिध्यापुर दर्शन. Show all posts

Wednesday, March 1, 2017

जनता बहुमुखी क्याम्पस विद्यापूरमा नेविसंघको पुरै प्यानल विजयी

पश्चिम सुर्खेतको बिद्यापुरमा रहेको विद्यापुर बहुमुखी क्याम्पसमा आज मिति २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ काे सम्पुर्ण प्यानल विजयी भएको छ । नेविसंघ, अखिल र अखिल (क्रान्तिकारी) का छुट्टाछ्ट्टै प्यानल दर्ता भएकोमा नेविसंघको प्यानल विजयी भएको हो । नेविसंघका तर्फबाट सभापतिमा पुर्ण बहादुर रावलले (४९) मत ल्याइ विजयी भएका छन् भने सोही प्यानलबाट सचिवमाा कमल बास्तोला (४७) मत ल्याइ विजयी भएका छन्, कोषाध्यक्षमा बिष्णु धमाला (४८) मत ल्याइ विजयी भएका छन् । यस्तै सदस्यहरुमा बिनोद राम्जालि (५४),चक्र बि क (५०) ,कृष्ण धमाला (५०) दुर्गा पौडेल (४७) विजयी भएकाछन् । जम्मा ९० मत खसेकाे २ मत बदर भएको थियो । अखिल क्रान्तिकारीका सभापतिका उम्मेदवार रोसन राम्जालिले १४ र अनेरास्ववियुका नन्दराम खनालले २५ मत ल्याएकाछन् ।

Monday, February 27, 2017

बिद्यापुरका लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न नसके पनि नेपाली कलाकारहरु पछिल्लो समयमा बढिरहेको कलाप्रतिको आकर्षणले निकै उत्साहित देखिएका छन् । स्वदेशमा साथै विदेशमा नेपाली कलाकारले सिर्जना गरेका कलाकृतिहरुको माग बढेका कारण पनि विगत केही वर्षयता कलाकारिताप्रति नेपालीहरुको आकर्षण बढेको छ । भारत बङगलादेशलगायतका विदेशी राष्ट्रहरुले कलाकारिताको विकासलाई उच्च प्राथमिकतामा राखेको कुरालाई नेपालमा गम्भीरताका साथ लिँदै कलाको विकासका लागि लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको कलाकारहरुको भनाइ छ ।
पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा भविष्य रहेको भन्दै यस क्षेत्रमा नयाँ–नयाँ अनुहार देखा पर्न थालेका छन् । यसको एउटा ज्वलन्त उदहारण हो सुर्खेत बिध्यापुर छ घर भैइ बिगत तीन बर्स एता U.A.E मा कार्यरत रहेका लोकेन्द्र पौडेल । भन्छन ‘मलाई विदेशमा भन्दा अब नेपालमै म्यूजिक भिडियो खेल्ने ठूलो रहर छ, ‘मलाई कलाकारीता एकदमै मनपर्ने क्षेत्र हो । देख्न मा म जस्तो भए पनि आफू लाई राम्रै लाग्छ । उनले कलाकारिता क्षेत्रमा दुःख छ । तर, खुसी मनले यो क्षेत्रमा लाग्यो भने दुःखको अनुभव पनि नहुने बताए । त्यसैले अहिले मेरो रोजाई भनेको कलाकारिता क्षेत्र नै हो ।’

Saturday, November 12, 2016

मुरी भित्र्याउने चटारो

मुख्य चाडपर्व मनाएपछि फुर्सदिला बनेका किसान यतिबेला धान भित्र्याउने चटारोमा छन् । हिजोआज जिल्लाका अधिकांश भेगका किसानहरु धान थन्काउन व्यस्त देखिन्छन् । असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने किसानलाई भ्याईनभ्याई भएको हो । धान पाकेर खेत पहेलपुर भएपछि किसानलाई खेतमा चरा मुसाले सखाप पार्ने चिन्ता हुन्छ । ‘धान नभित्रेसम्म चयनले बस्न सकिदैन, वीरेन्द्रनगर–१४ मनिकापुरका अगुवा किसान हर्क खत्रीले भने, चाडपर्व मनाइँयो । अब धान स्याहार्न जुटेका छौं ।’ उनको खेतमा अघिल्लो वर्षको तुलनामा यसपटक धान राम्रो फलेको छ । हाइबे्रड ‐१५१) जातको धानको उत्पादन भने त्यति राम्रो नभएको उनले बताए । ‘गत वर्ष धानले फूल खेल्न नपाउँदै सुख्खा लाग्दा उत्पादन कम भयो’, उनले भने, यो साल मौसमले साथ दिँदा उत्पादन राम्रो छ ।’ उनी जस्तै किसानहरुका घरमा केही दिनभित्र धानका भकारी कसिँदै छन् । ‘यो वर्ष समयमै वर्षा भएकाले जिल्लाभर धान उत्पादनमा २० प्रतिशतले वृद्धि हुने देखिन्छ, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले भने, ‘किसानले समयमै रोपाइँ गर्न पाए । धानमा लाग्ने रोगकीराको प्रकोप पनि देखिएन ।’ जिल्लाको धेरै धान फल्ने वीरेन्द्रनगरको तल्लो भाग, रामघाट, दशरथपुर, मेहलकुना, सहारे, मालारानी, गुमी, दहचौर, बाबियाचौर, विद्यापुरलगायतका भेकका किसानहरु धान भिœयाउन जुटिरहेका छन् । मौसमले साथ दिएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानहरुका लागि पनि यो वर्ष सुखद रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय अन्तरगतको सहारे सेवा केन्द्रका प्रमुख छत्रबहादुर खत्रीले यो वर्ष मालारानी र सहारेमा धान उत्पादन राम्रो हुने बताए । खत्रीले भने, ‘विगतका वर्षमा किसानहरुबाट धानमा रोग लागेको समस्या आइरहन्थ्यो । यसपटक त्यस्तो समस्या लिएर कोही आएनन् । रोगकीरा नलागेपछि उत्पादन बढ्ने निश्चित छ ।’ उनका अनुसार किसानहरु यतिबेला धान काट्न, चुट्न र दाही हाल्न व्यस्त छन् । सहारे बेल्डमा ७० प्रतिशत धान खेती गरिँछ । कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्षभन्दा धानखेती गरिएको क्षेत्रफलसमेत यस वर्ष बढी छ । गत वर्ष १३ हजार २ सय ९७ हेक्टर खेतीमा धान रोपाइँ भएकोमा यस वर्ष १४ हजार ६ हजार हेक्टरमा धानखेती गरिएको गरिएको छ । गत वर्ष ५० हजार ३ सय ७३ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ५५ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । ‘विगतका वर्षमा मौसम अनुकूल नहुँदा बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन, कृषि प्रसार अधिकृत थापाले भने, ‘यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ ।’ गत वर्ष वर्षा ढिला भएका कारण उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै वर्षा नहँुदा गत वर्ष एक हजार हेक्टर बाँझो रहेको थियो । रोपाइँका लागि अनुकूल वर्षा भएपछि किसानहरुले यो वर्ष समयमै धान रोप्न पाएका थिए । जिल्लामा करिब ४० प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जिल्लाका केही क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष धानमा रोगकीराको प्रभाव नगन्य पाइएको छ । उन्नत बीउ, प्रविधि, मलको उपलब्धता, आवश्यकता अनुसार रोगव्याधीको उपचारलगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउने प्रयास जिल्ला कृषि विकास कार्यालयले गर्दै आएको छ । जिल्लाका कुल ५५ हजार २ सय खेती योग्य जमिन मध्ये १४ हजार ४ सय हेक्टरमा धान खेती हुन्छ । संस्थानले धानको मूल्य तोकेन खाद्य संस्थानले धानको मूल्य तोक्न ढिलाई गरेको छ । किसानले धान काटेर बेच्न शुरु गरिसक्दा संस्थानले भने धानको मूल्य र कोटा निर्धारण गर्न सकेको छैन । केन्द्रबाट नै कुनै आदेश नआएकाले धानको मूल्य तोक्न नसकिएको खाद्य संस्थान, भेरी अञ्चल कार्यालय, नेपालगञ्जले जनाएको छ । संस्थानले बेलैमा धानको मूल्य नतोकिदा किसानले सस्तो मूल्यमा व्यापारीलाई बेच्न थालिसकेका छन् । धेरै धान हुने किसानले राखेर राम्रो मूल्य कायम भएपछि बेच्ने गरेपनि साना किसान जसलाई तुरुन्त पैसाको आवश्यक पर्छ उसले चाडै नै बेच्ने गर्दछन् । संस्थानका नेपालगञ्ज प्रमुख श्रीमणी खनालले मंसिर पहिलो सातासम्ममा धानको मूल्य कायम हुन सक्ने बताए । ‘अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन, खनालले भने, धानको मूल्य र खरिद गर्ने कोटाको निर्णय एकैपटक आउँला ।’ यसपाली धानको उत्पादन राम्रो भएको र साना किसानले धानलाई तत्काल बेच्ने भएकाले संस्थानलाई मूल्य निर्धारण गर्न किसानले दबाब दिएका छन् । ढिलो गरी धानको मूल्य निर्धारण हुँदा व्यापारी मालामाल हुन्छन् । गतवर्ष संस्थानले मोटो धान एक हजार नौ सय २५ र मध्यम धान दुई हजार २५ मा खरिद गरेको थियो । संस्थानले धानको मूल्य तोक्ने बित्तिकै सस्तोमा कारोबार गर्ने व्यापारीले रातारात सरकारी मूल्य भन्दा केही बढीमा खरिद थाल्ने गर्दछन् । बाह्रैमास चामल पठाउने कर्णाली अञ्चललगायतका जिल्लाका लागि संस्थानले धान खरिद गरेर बर्दियाको राजापुरमा रहेको आफ्नै मिलमा कुटान गर्ने गर्दछ । समयमै धानको मूल्य तोकेर खरिद प्रक्रिया शुरु गरेमा संस्थान र किसान दुवैलाई फाइदा हुने भएपनि सरकारले यस काममा वर्षेनी ढिलो नै गर्ने गर्दछ । कतिपयले यसलाई कमिसनको खेलका रुपमा अथ्र्याउने गर्दछन् ।

Tuesday, October 25, 2016

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।

Wednesday, October 19, 2016

२२ टिमलाइ हराउँदै बिद्यापुर १ पहिलाे स्थानमा

सुर्खेतकाे घाटगाउँ मा भएकाे फटबल प्रतियाेगितामा २२ टिमकाे सहभागिता रहेकाे थियाे जसमा सबै टिमलाइ पछाडि पर्दै पहिलाे स्थान हासिल गर्न सफल भएकाे छ । प्रथम पुरस्कार स्वरुप रु १५००० अायाेजक टिम द्वारा बिद्यापुर काे टिमलाइृ हस्तान्तरण गिरएकाे िथयाे

Friday, September 23, 2016

" सुन खाेज्न छाेडेर ज्ञान खाेज्दै कशोरी "

अमर कार्की बिद्यापुर, ७ असाेज सुर्खेत "शाथीहरुकाे लहलहैमा लागेर पढाइ बिचैमा छाेडे तर जीवनकाे बाटाे देखाउने पढाइ नै रहेछ" याे भनाइ बिद्यालय पुनः भर्ना भएकी किशोरी काे हाे । सुर्खेत जिल्लाको पश्चिम बिद्यापुर १ कि अमृता राजी अाजभाेली पढाइ लाई महत्त्व दिन्छिन् । उनिसंगका शाथीहरु बिद्यालय बिचैमा छाेडेका र उनिहरुकाे लहलहैमा लागेर उनले पनि माध्यमिक तहमा नै पढाइ राेकिन अनि सुरु भयाे उनका दुखका दिनहरु । ९ जनाकाे परिवार त्यसैमाथि कमजाेर अार्थिक अवस्था र अाम्दानीका श्राेत हरु पनि कम भएका कारण दैनिकी संघर्ष पुर्ण बन्याे । घर नजिकै रहेको माद्यामिक बिद्यालय मा उनका शाथिहरु पढ्न जाँदै गर्दा उनी नदिकाे वगरमा र खाेलाकाे छेउमा जान्थिन ।दैनिक रुपमा माछा मार्ने, सुन खाेज्ने र केही समय खेतीपाती गर्ने यस समुदायको दैनिकी रहेकाे छ । युवाहरु बिचैमा कक्षा छाेडेर भारतमा गएर ज्याला मजदुरी गर्ने भएकोले माध्यमिक तह पूरा गरेका हरुकाे संख्या न्यून रहेकाे छ ।
स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र किर्डाक नेपाल द्वारा संचालित संवाद केन्द्र उनकाे लागि मार्गदर्शक बनेकाे छ । पढाइ छाेडेकी अमृता संवाद केन्द्र कि सहजकर्ता अञ्जु थापा काे पहलमा नियमित संवाद केन्द्र मा अाउन थालेकि छन् ।दैनिक २ घण्टा छलफल हुने संवाद केन्द्र मा किशोर किशोरी का समस्या, सामाजिक सवालहरु, स्वास्थ्य सरसफाइ, पञ्जीकरण, सरकारी सेवा सुबिधा, अधिकार र कर्तव्य, शुसासन, बिपद, बचत लगाएतका अन्य बिषयमा छलफल हुने गरेकाे छ । संवाद केन्द्रमा जीवन उपयोगी सिपकाे बारेमा महसुस गरेर पुन: बिद्यालय भर्ना भएको उनी बताउँछिन् । घर वरपरकाे बाताबरण सरसफाइ, करेसाबारी निर्माण, संवाद मा भएको छलफल घरपरिवारमा छलफल गर्ने र बिद्यालय मा पनि नियमित जान थालेपछि समुदायका अरुले पनि सिकाे गर्न थालेका छन् । दैनिक रुपमा अनावश्यक खर्च हुने रकम बाट बचाएर उनले १२०० रुपैयाँ बचत गरेकी छन् ।
बचत गरेकाे रकम बाट अाफ्नाे पढाइमा लगानी गर्ने गरेकि छन् । अाफ्नाे पढाइलाई अगाडि बढाउन किर्डाकले गरेकाे सहयाेग मा खुसी ब्यक्त गरेकी छन् । लाेपउन्मुख जाती काे रुपमा रहेकाे राजि समुदाय यस क्षेत्रमा १० घर रहेका छन् । संवाद सहयोग समिति का अध्यक्ष जुनिसरा राजीले अब अरु किशोरी लाई पनि सकारात्मक सन्देश दिदै ब्यवसायमा लाग्न उत्प्रेरित गर्ने बताउनुभएको छ

Saturday, September 17, 2016

रावावैङ्क बिद्यापुरमा पुनर्स्थापना हुने

पश्चिम क्षेत्रको एक आर्थिक विकास को लागि पुनर्स्थापनाअार्थ विद्यापुर मा रहेको विस्थापित वैङ्क मिति २०७३ः५ः२८ गतेका दिन रावावैङ्क क्षेत्रीय कार्यालय नेपालगन्ज का प्रबन्धक प्रेम वहादुर चन्द र रावा वैङ्क सुर्खेत का मेनेजर होताराम योगि सहितको संयुक्त टोलिद्वारा अनुगमन कार्य सम्पन्न अव २ / ३ महिना भित्र राव ले पश्चिम क्षेत्रका जनताकाे लागि अाफ्नाे निरन्तर सेवा सुविधा प्रदान गर्ने प्रबन्धक प्रेम वहादुर चन्द ले बताउनु भयाे फाेटाे : अेमप्रकाश बास्ताेला