Friday, February 24, 2017
कति राम्रा स्वदेशी उत्पादन
Sunday, November 6, 2016
अब गाउँ-गाउँमा इन्टरनेट

Monday, March 17, 2014
अब बसभित्रै फ्रि वाईफाई
काठमाडौ, फागुन २९ – सार्वजनिक बसमा चढ्दा सिट पाउनै मुश्किल । सिट पाइहालेमा पनि गोडा तन्काउन नमिल्ने, कक्रक्क भएर बस्नुपर्ने ।
भिडियो कोचपछि एसी र डिलक्स
Friday, March 14, 2014
नाकले टाइप गरेर विश्व कृतिमान ,,,,,
एक भारतीय नागरिकले नाकले सबैभन्दा तिव्र गतिमा टइप गरेर विश्व कृतिमान बनाएका छन् । हैदरावादका २२ वर्षीय मोहम्मद खुर्शीद हुसैनले आफ्नो नाकले सबै भन्दा द्रुत टाइप गरेर गिनिज बुक अप वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।
खुर्शीदले गत २७ फेब्रुअरीमा ४७ दशमलव ४४ सेकेन्डमा १०३ अक्षरको वाक्य नाकले टाइप गरेका थिए । १७ शब्दको सो वाक्य उनले सहजै नाकले टाइप गरे । उनलाई यस अघि सोही शब्द लेख्न ५३ सेकेण्ड लाग्ने गरेको थियो ।
खुर्शीदले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका हुन् ।
सन् २००८ मा भारतकै आप्रबासी महिला नीताले १ मिनेट ३३ सेकण्डमा एक वाक्य नाकले टाइप गरेर रेकर्ड राखेकी थिइन् । पछि खुर्शीदले सो रेकर्ड तोडेका थिए ।
खुर्शीदले सात वर्षको उमेर देखि नाकले टाइप गर्ने अभ्यास गर्दै आएको बताएका छन् ।
Monday, March 10, 2014
कसरी थाहा पाउने, फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्यो ?
आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्यो भनेर थाहा पाउने ।
सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त हुन्छन् ।
कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।
तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्यो भन्ने सूचना थाहा पाउन सकिदैन् ।
हो, फेसबुकलाई थाहा हुन्छ कि तपाईको प्रोफाइल कसले चेक गर्यो ? तर, उनीहरुले अहिलेसम्म यो तथ्याङ्क प्रयोगकर्तालाई दिएका छैनन, जसका कारण अहिलेसम्म जोजसले फेसबुक प्रोफाइल हेरेको थाहा पाउने टुल भनेर दावी गरिरहेका छन ती सवै झुट हुन, उनीहरुले चाहँदैमा फेसबुकका सूचना ल्याउन सक्दैनन् । फेसबुकको आधिकारिक पेजमा यसबारेमा प्रष्टै भनिएको छ ।
प्रोफाइल हेरेको थाहा दिन्छौ भनेर दावी गरिएका यस्ता एपको जथाभावी इस्टलले तपाईको कम्प्युटरमा खरावी ल्याउनेबाहेक अन्य कुनै उपलब्धी हुँदैन् । कतिपय एपले सो एप इन्स्टल गरेको प्रयोगकर्ताहरुको मात्र सूचना दिन सक्छन, सवै प्रयोगकर्ताको हैन् ।
यदि तपाईले फेसबुक प्रोफाइल हेरेको जानकारी दिने दावी गरिएका कुनै एप इन्स्टल गर्नुभएको छ भने त्यसलाई फटाफट हटाउनु नै बुद्धिमानी हुन्छ । यदि त्यस्ता एप्लिकेसनले तपाईको कम्प्युटरमा अनाबश्यक स्क्रिप्ट फैलाएको वा तपाईको गोपनियता भंग गरेको पाइएमा तपाईले उजुरी पनि गर्न सक्नुहुन्छ ।
Monday, March 3, 2014
जान्नुहोस् नोकियाको पहिलो एन्ड्रोइड स्मार्टफोनको नालीवेली
यतिबेला टेक बजारमा नोकियाको पहिलो एन्ड्रोइड स्मार्टफोन ‘नोकिया एक्स’को चर्चा छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टमले मोबाइल बजारको ८० प्रतिशत हिस्सा कब्जा गरिसकेपछि बल्ल नोकियाले एन्ड्रोइडलाई अंगाल्ने हिम्मत गरेको छ ।
बिकासशील मुलुकका कम आय भएका उपभोक्तालाई लक्षित गरि ल्याइएको यो फोनमा के कस्ता सुबिधा छन ? ओर्जिनल एन्ड्रोइड फोनभन्दा यो कति फरक छ ? मूल्य कति छ ? सुबिधा के छन् ? आउनुस् आज हामी तपाईलाई यही फोनको नालीवेली दिँदै छौं जो छिटै नेपाली बजारमा पनि उपलब्ध हुने छ ।
महत्वपूर्ण कुरा के हो भने यो फोन भारत, चीन, इण्डोनेसिया, अफ्रिका लगायतका एशिया तथा अफ्रिकी मुलुकका लागि लक्षित गरिएको छ । त्यसैले यो फोन अमेरिका, क्यानडा, जापान, कोरिया लगायतका बिकशित मुलुकमा उपलब्ध हुने छैन् ।
नोकिया एक्स सेरिजमा तीन मोडलमा उपलब्ध छ– नोकिया एक्स, नोकिया एक्स प्लस र नोकिया एक्सएल ।
यी तीनवटै मोडल डुअल कोर प्रोसरयुक्त छन र दुईवटा सीमकार्ड राख्न सकिन्छ ।
नोकियाको एक्स सेरिजमा गुगलको एन्ड्रोइड जेलिवीन ४.१ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
नोकिया एक्स : नोकिया एक्समा ४ इन्चको एलसीडी स्त्रिन छ, ५१२ एमवी ¥याम छ र ३ मेगाफिक्सेलको क्यामेरा छ । यसको बजार मूल्य ८९ युरो अर्थात झण्डै १२ हजार रुपैयाँ तोकिएको छ ।
नोकिया एक्स प्लसः ४ इन्चकै स्क्रिन रहेको नोकिया एक्स प्लसमा ७६८ एमवी ¥याम छ भने ४ जीवी माइक्रो एसडी कार्ड छ भने अन्य फिचर नोकिया एक्सकै जस्तो छ ।
नोकिया एक्सएल : ५ इन्चको स्क्रिनयुक्त नोकिया एक्सएलमा ५ मेगापिक्सेलको क्यामेरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ । यसमा ७६८ एमवी ¥याम छ ।
ओर्जिनल एन्ड्रोइडभन्दा कति भिन्न ?
नोकियाको यो पहिलो एन्ड्रोइड फोन भएपनि अरु एन्ड्रोइड फोनमा जति फिचर छैनन् । यसमा एन्ड्रोइडको कस्टुमाइज्ड भर्सन प्रयोग गरिएको छ । यसमा गुगलका सेवाहरु जस्तै गुगल म्याप, गुगल एप स्टोर, क्रोम लगायतका सुबिधा पाइने छैन् ।
यसको सट्टा नोकिया एक्स सेरिजमा माइक्रोसफ्टको आउटलुक, माइक्रोसफ्ट एक्सचेन्ज, नोकिया एक्सप्रेस ब्राउजर र हेयर म्याप्स प्रयोग गरिएको छ ।
झ्ट्ट हेर्दा यसको स्क्रिन र लेआउट एन्ड्रोइड हैन, विण्डोज फोन र नोकियाको आशा सेरिजको जस्तो देखिन्छ ।
नोकियाले आफ्ना एन्ड्रोइड फोनका लागि बेग्लै एप स्टोर ल्याउने तयारी गरिरहेको छ जसले गुगल प्ले स्टोरको बिकल्प दिने छ ।
नेपालीको सामाजिक सञ्जाल मेरोपोस्ट डटकम भरपर्दो हुने दाबी
फेसबुक, ट्वीटर जस्तै नेपाली युवाद्वारा सञ्चालित ‘मेरोपोस्ट डटकम’ नामक नेपाली सामाजिक सञ्जाल भरपर्दो हुने दाबी गरिएको छ ।
सो सामाजिक सञ्जालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विश्वमा प्रख्यात सामाजिक सञ्जाल फेसबुकभन्दा प्रयोगकर्ताका लागि बढी विश्वसनीय, गोप्य र सुरक्षित हुने बताइएको छ ।सञ्जालका निर्देशक सुनिल चौलगार्इंले स्वदेशमै सञ्चालनमा ल्याइएको सामाजिक सञ्जाल भएकाले सत्य र गोप्य हुने दाबी गरे । सञ्जालले कानुन विपरीत काम गरेमा सरकारले कारबाही गर्नसमेत सक्ने भएकाले यो सञ्जाल प्रयोगकर्ताका लागि बढी विश्वसनीय भएको उनले बताए ।
सूचना र प्रविधिको अध्ययन गरेका दक्ष नेपाली जनशक्तिलाई अवसर दिन, झुटो आइडीको नियन्त्रण गर्न, सामाजिक एकतामा वृद्धि गर्न, व्यवसायको प्रवद्र्धन गर्न र अङ्ग्रेजी भाषा नजान्नेका लागि नेपाली भाषामा सहज रूपमा सूचना दिन यो सञ्जाल सञ्चालन ल्याइएको उनले बताए ।
सो सामाजिक सञ्जालमा श्रव्य, दृश्य, समाचार र तस्बिर हेर्न, प्रोफाइल भेरिफिकेसन गर्न, प्रोफाइल डिजाइन गर्न, खुल्ला समुदायको अवधारणा राख्न, नेपाली भाषामा पोस्ट गर्न, मोबाइलबाट सजिलै प्रयोग गर्न सकिने सुविधा रहेका छन् । सञ्जालको स्थापना विसं २०६६ मा भएको भएपनि अहिले भने यसलाई सामूहिक रूपमा अगाडि बढाउने उद्देश्यका साथ काम सुरु गरिएको निर्देशक चौलागाईंले जानकारी दिए ।
Thursday, February 27, 2014
महाशिबरात्रिको शुभाकामना सहित एक जानकारी गाँजा (Cannabis) र मानसिक स्वास्थ्य
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही
ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
विभिन्न नामले चिनिन्छ– चोपबाट बनाइएको भांग, हशिश, रेजिन आदि, वा फूल या
पातबाट तयार गरिएको Marijuana, Grass, Weed बाट चिनिने Cannabis नाम गरेको
विरुवाका विभिन्न उत्पादनहरू ।
यस लेखमा गाँजाको रसायनिक प्रकृति र यसका मनोवैज्ञानिक असरको बारेमा चर्चा गरिएको छ–
एउटा Cannabis को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यीनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर गर्दछन् ।
१. Delta-9- Tetrahydro-cannabinol (delta-9-THC)
२. Delta-8-THC
३. Cannabidiol
४. Cannabinol
यी मध्ये Delta-9-THC ले विशेष रूपले मानव मस्तिष्कमा असर गर्छ ।
तत्कालिक असरहरू
जब Cannabis लाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू बडो तेजीकासाथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । तत्कालै हुने असर जसलाई ‘stoned’ या ‘high’ भनिन्छ– यो दिमागको ती भागहरूमा Cannabis को असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् । यस क्रममा उक्त व्यक्तिलाई खुशी अनुभव हुन सक्छ, आनन्द आउँछ, तनाव कम हुन्छ, निन्द्रा पनि लाग्न सक्छ, संगीत राम्रो सुनिन सक्दछ र रंगहरू विशेष गाढा देखिन सक्दछन् । तर १० मध्ये १ प्रयोगकर्ताहरूलाई चाहि उल्टो असर पर्न जान्छ– जसलाई नमज्जा हुने (unpleasant feelings), तनाव बढ्ने (Stressed), नभएका कुराहरू देखिने (Visual distortions or hallucinations) या सुनिने (Auditory distortions or hallucinations), मन आत्तिने (Anxiety) र कसैले हानि नोक्सानी गर्लाकी जस्तो लाग्ने (Paranoid thinking) पनि हुन सक्दछ । यस्ता विपरित असरहरू फरक फरक भावनात्मक अवस्थामा एउटै व्यक्तिलाई हुन सक्दछ । जस्तै एउटै व्यक्तिलाई गाँजा सेवन गर्नु अघि खुशी भएको अवस्थामा एक प्रकारको असर हुन सक्छ भने उही व्यक्तिले दुखी अवस्थामा गाँजा सेवन गर्दा अर्को असर हुन सक्दछ ।
गाँजा या भांग सेवन गरेपश्चात विभिन्न प्रकारका मनोवैज्ञानिक लक्षण लिएर अस्पतालको आकस्मिक कक्ष र मानसिक रोग विभागमा आइपुगेका युवाहरूलाई उपचार गर्ने क्रममा माथि वर्णन गरिएका सबैजस्तो तात्कालिक नकारात्मक असरहरू ती विभागहरूमा काम गर्ने स्वास्थ्यकर्मीको लागि नौलो होइन । खुशीको कुरा चाहिं के हो भने माथि वर्णन गरिएका असरहरू लामो समयसम्म प्राय: रहदैनन् ।
लामो समय गाँजा सेवन गर्दाको मानसिक असर
गाँजाको लामो समय सेवन गर्दा भने लामो समयसम्म हुने मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ । अष्ट्रेलियाका १४–१५ वर्षका १६ सय विद्यार्थीहरूमा सात वर्षसम्म गरिएको एक अध्ययनले गाँजा सेवन गर्ने बालबालिकाहरूमा डिप्रेसन (Depression) या आत्तिने रोग (Anxiety Disorders) गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखियो । त्यस्तै १५ वर्षको उमेर अगाडि गाँजा सेवन गर्न सुरु गरेका व्यक्तिहरूमा २६ वर्ष पुग्दा नपुग्दै साइकोसिस (कडा मानसिक रोग) लाग्ने सम्भावना ४ गुणा बढी देखियो । अझ कसैको नजिकको नातामा (आमा बाबु, दाजुभाई, दिदी–वहीनी) साइकोसिस भएको रहेछ भने त गाँजा सेवनकर्ताहरूमा साइकोसिस हुने सम्भावना झन् बढ्ने देखियो ।
डेनमार्कमा गरिएको अनुसन्धानले के देखायो भने गाँजा सेवनकर्ताहरूमा साइकोसिस बढी मात्रामा त देखिदो रहेछ तर गाँजा खान बन्द गरेपछि यो चाडै नै ठीक हुदो रहेछ । तर यी मध्ये ७५ प्रतिशतलाई एक वर्ष भित्रमै फेरि अर्को साइकोसिस (पागलपन) को रोगले च्याप्दो रहेछ र यी मध्ये आधाभन्दा धेरैलाई तीन वर्ष पश्चात पनि यो रोगबाट पीडित पाइयो ।
भारतमा गरिएका अनुसन्धानहरू नेपालको परिप्रेक्ष्यमा मिल्दाजुल्दा हुन सक्दछन् । गाँजा र भांगको लामो समयसम्मको प्रयोगले हुने साइकोसिस (पागलपन) मा जाँगर नचल्ने र केही गर्न मन नलाग्ने अवस्थाको बिकाश हुने र उक्त व्यक्ति केही कुरामा पनि मतलब नगर्ने हुन सक्दछ । उसका घरका मानिसहरु उ किन काम गर्दैन भनि चिन्तित भएपनि उसलाई भने वास्तानै नहुन सक्छ । यो अवस्था बाट ठिक हुन चाहिं गार्हो हुन्छ ।
हालसालै भएका अन्य अनुसन्धानले के पनि देखाएका छन् भने गाँजा र भांग प्रयोगकर्ताहरुलाई विभिन्न मानसिक रोग उत्पन्न भएको खण्डमा लामोसमय देखिको प्रयोगकर्ताले गाँजा छोडेमा पनि उसको मानसिक रोग राम्ररी ठीक नहुन सक्छ । यदी उपचारसगै गाँजा या भांगको प्रयोग गरिरहेमा औषधीले राम्रो काम गर्दैन ।
माथि नै भनियो गाँजा सेवन गर्ने सबैमा नकारात्मक मानसिक असरहरू देखा पर्दैनन् । सकेसम्म कसैले पनि गाँजा या भांग प्रयोग नगरेको राम्रो । तर यदी कुनैपनि नकारात्मक मानसिक असर परेको छ भने चाही तत्काल नै छोड्नु होला, नत्र उक्त प्रयोगकर्तालाई आत्तिने रोग, डिप्रेसन र साइकोसिस हुने सम्भावना ज्यादै बढी छ भन्ने बुझ्नु पर्छ ।
लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Sunday, February 23, 2014
घुमेको कपाललाई सिधा पार्ने घरेलु उपाय
प्राय मानिसहरुको आफनो कपाल राम्रो बनाउने सौख हुन्छ कसैलाई लामो कपाल मन पर्छ भने कसैला
ई छोटो र कसैलाई घुमेको कपाल मन पर्छ भने कसैलाई सिल्की परेको यसैका शिलशिलामा प्राय महिलाहरु पार्लर धाईरहेका हुन्छन् ।यसैका लागि कयौ खर्च गर्नु पर्छ आउनुहोस् घुमेको कपाललाई सिधा बनाउने केहि घरेलु उपाय जानौ ।
दुध र महको प्रयोग – आधा कप दुधमा दुई चम्चा मह मिसाउन सकिन्छ । केरा दुध र महको लेप बनाएर कपालमा लगाउने ।यस्लाई आधा घन्टा सम्म राख्ने र पछि शाम्फु लगाएर सफा गर्ने ।
नरिवल र निम्बुको पेस्ट – नारिवाल्लाई पिसेर त्यस्मा नरिवलकै दुध मिसाउने अनि कागती हालेर ब्रसले कपालको रेशा रेशा मा लगाउने । अनि १ घन्टा पनि चिसो पानीमा स्याम्पु लगाएर पखाल्ने ।यसो गर्नाले पनि कपाल नरम र सिधा हुन्छ । तातो तेलले मालिस गर्ने ।
नियमित रुपमा नुहाउनु भन्दा केहि समय अगाडी तातो तेलले मालिस गर्ने मालिस गर्ने बेलामा नरिवलको तेलमा ओलीभ वईल मिसाउने ।केहि बेर पछि तौलियालाई तातो पानीमा भिजाउने र केहि समय पनि तौलिया निचोरेर ४५ मिनेट सम्म कपालमा बेरेर राख्ने ।त्यस पछि स्याम्पु लगाएर पखाल्ने येसो गर्नाले कपाल सिल्की र नरम हुन्छ ।
दुधको स्प्रे – स्प्रे दुधलाई एउटा बोतलमा राख्नुस् अनि कपालमा स्प्रै गर्नुस् यसो गरेर आधा घन्टा सम्म राख्नुस् र पखाल्नुस्।यो बिधिले कपाल नरम,चिप्लो र चम्किलो हुन्छ ।
ओलिभ वाईल र अण्डाको प्रयोग – दुईवटा अन्डा फुटाएर फिट्नुहोस र तेस्मा ओलिभ वाईल मिसाउनुहोस् येस्तो मिक्सलाई कपालमा लगाउनुहोस र एक घन्टा पछि शम्फु लगाएर पखाल्नुस् । यस्ले कपाल नरम र सिल्की बनाउछ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Friday, February 21, 2014
घरमै बन्यो बिजुलीको ट्रान्सफर्मर
दार्चुलाको ग्वानी गाविस ७ लेकगाउँका एक युवकले आफ्नै घरमा बिजुलीको ट्रान्सफर्मर बनाएका छन् ।
Thursday, February 20, 2014
वाटरप्रूफ स्मार्टफोन ल्याउँदै माइक्रोम्याक्स?
अहिले माइक्रोम्याक्सले एउटा यस्तो फोन ल्याउने तयारी गरेको छ कि जुन वाटर र डस्ट रेजिस्टेन्ट हुनेछ । यसको नाम माइक्रोम्याक्स स्प्लेश हुने कुराको चर्चा भैरहको छ । इन्टरनेटमा अहिले केही यस्ता तश्विरहरू पनि जारी गरिएका छन, जसलाइ माइक्रोम्याक्स स्प्लेश भएको बताइएको छ ।
@MMXNewscaster नामको ट्विटर ह्याण्डलले ट्वीट गर्दै बताए अनुसार कथित स्प्लेश IP67 सर्टिफिकेशनका साथमा आउनेछ अर्थात यो वाटरप्रूफ हुनेछ । यसका साथै यसमा भनिएको छ कि यो फोन १ मिटर गहिरो पानीमा ३० मिनेट सम्म राख्न सकिन्छ र यो डस्ट-प्रूफ पनि हुनेछ ।
ट्विटर यूजर ले एक तस्वीर पनि पोष्ट गरेका छन, जसमा यो एक ऐन्ड्रोइड डिभाइस भएको बताइएको छ । तर यको स्पेसिफिकेशन्सका बारेमा भने केही बताइएको छैन ।
माइक्रोम्याक्सले आफ्नो प्रोडक्टको मूल्य केही यसरी राखेको छ कि, यस्तै फिचर भएका अन्य कम्पनीहरूका प्रोडक्ट निकै महंगो लाग्दछन । कम्पनीको यस रणनीतिले उसलाइ फाइदा पनि हुन्छ । बताइए अनुसार सोनीको एक्सपेरिया रेन्जको वाटर-प्रूफ फोनहरूलाइ टक्कर दिने उद्देश्यले माइक्रोम्याक्स स्प्लेश सार्वजनिक गर्दैछ । यसैले अनुमान गरिए अनुसार यसको मूल्य पनि कम नै हुनेछ ।
Tuesday, February 18, 2014
पार्टी र पात्र पुरानै छन् /संविधानसभा पुन: असफल हुन सक्छ : दाहाल
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभामा पुरानै पार्टी र नेताहरु दोहोरिएकाले उनीहरुले विगतको उचित समिक्षा नगरे पुन: असफल भईने बताउनुभएको छ । संविधानसभा अध्यक्षमा पुन: चयन भएका सभाध्यक्ष समेत पुरानै व्यक्ति दोहोरिएको भन्दै भन्दै उहाँले नेताहरुले पुरानै कार्यशैलीलाई निरन्तराता दिए दोस्रो संविधानसभा पनि असफल हुने बताउनुभएको हो । संविधानसभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले अघिल्लो संविधानसभामा सभाध्यक्ष नेम्वाङ्गले आफ्नो जिम्मेवारी राम्ररी पुरा गर्न नसकेको आरोप समेत लगाउनुभयो । अन्तिम समयसम्म सहमति गर्ने क्रममा तत्कालिन सभामुख नेम्वाङ्गले बैठक नबोलाउदा ंविधानसभा विघटन भएको उहाँको भनाई थियो ।
Top 10 Best Laptops For 2014
There are many laptops available in market but the thing is about their performance and durability against many kind of technical platform. The laptops are depend on type, processor name, processor speed, platform, ram, weight, screen size, touch screen, graphics card, storage capacity etc. So these are some of the few factors to find the best laptops. It will help you in finding a best laptop for you and will also make you knowledgeable when you will be buying your laptop . Here are the top 10 best laptops for you which are available in market.
Apple MacBook Pro-(15-inch):-
Acer Aspire S7-392-6411:-
Apple MacBook Pro-(13-inch):-
Asus Transformer Book T100TA(64gb):-
HP ZBook 14:-
Acer C7 Chromebook(C710-2055):-
Dell Inspiron 14R-5437:-
Lenovo G580:-
Lenovo Ideapad U430 Touch:-
Lenovo ThinkPad X240:-
Top 5 Brands Of Wireless Speakers for 2014
Wireless speakers are everywhere these days, with seemingly every audio company putting out Bluetooth on Airplay speakers. They come in all shapes and prices, from a portable $100 block to a massive $800 slab, and they can vary wildly in sound quality and features. Airplay is Apple's wireless audio feature that lets iPod, iPhone, i Pad and Mac users steam their iTunes libraries.
Korus V600:-
Rocketfish Wireless Speaker:-
Schooners11:-
Sony Bluetooth Wireless Speaker:-
Logitech Wireless Speaker:-
How To Increase Battery Backup Of Your Laptop
As oxygen is important to man in the same way battery is need of laptop. As we do understand that the performance of the whole system depends alot on the battery power. At present the technology has changed due to which their are modern graphics, hungry applications and intensive operating system which consume the battery life of laptop everyday. To make your battery life better you will have to take care of it with some of these steps or tips that can help you to improve the performance of your laptop battery and make it last longer.
Tips for long last battery life of laptop:-
Keep your laptop always clean. Laptops needs daily cleaning so as to avoid the blockage of the air vents. A blocked air vents leads to generate more heat which result in reducing the life span of the battery.
Avoid placing your laptops in closed car or direct sunlight because undue heat kills off a battery slowly. Always place your laptops in an open atmosphere having no heat.
Defrag your laptop hard drive. The basic thing beside it is that the lower the CPU and hard drive load, the longer the laptop battery runs. Daily defragmenting the hard drive will lead to a lesser load which will enable the laptop to run faster.
Lower screen brightness it consume much battery. LCD screen and hard drive consumes batter power a lot. By dimming the brightness of the screen, some good amount of battery power.
Unplug unused external devices such as flash drives, speaker, external mouse and keyboard ect are the biggest source of draining up of the battery power.
Use hibernate option instead of sleep mode because the sleep mode option tends to draw power from the battery while hibernate option saves the computer work.
Close unused programs it helps in clearing up of ram which increases the speed of processing and also saves the battery life.
Increase your laptop ram if it is less. If your laptop has less ram your laptop will use Hard disk as virtual memory and will reduce the battery power.
Always try to discharge your laptop battery completely once a week so that every cell of your battery will work properly.
Four Ways To Use Mobile Internet On PC Using Android
Now you can use your Internet data plan which is active in your phone on your Computer. Sometimes there is a situation when your broadband / Dongle / Internet connection is not working. In such cases you have to perform your works by using your phones.
Although Android phones have capability of performing almost every task that you may do using a computer still computers are better in many ways as they have support for USB , specialized softwares and most importantly ease of use. So why to depend on your phone internet when you can even use it in your Computer.
4 WAYS TO USE MOBILE INTERNET ON PC
1)USE INTERNET FROM ANDROID USING TETHER
- Before you run tether in your computer , connect your phone via USB and make sure that USB Debugging is enabled in your phone.
- If not , you can enable USB Debugging by navigating to Setting > Applications > Development and mark USB Debugging
- Now Install Tether in your computer. During installation it will ask several times for confirmation click Yes and Trust everytime. It will install Tether in your phone at the same time so make sure that your phone is connected to computer during installation
- After installation choose your device i.e. Android and mode i.e. USB
This window shows you confirmation and status of your internet connection . If you need to check your amount of data sent / received during active session you may refer to this window anytime.
2. USE INTERNET FROM ANDROID USING USB
- Connect your Android phone via USB to Computer
- Press Home / Applications button and go to Settings
- Go to More and select Wireless & Networks section
- Now open Tethering & Portable Hotspot
- Check USB Tethering to establish a USB data connection with your computer and Uncheck the sever the connection option
3. USE INTERNET FROM ANDROID USING BLUETOOTH HOTSPOT
- Connect your Android phone via USB to Computer
- Press Home / Applications button and go to Settings
- Go to Bluetooth From Wireless and Network Section
- Turn On Bluetooth and make it Discoverable
- Now Come to your Computer , Click On Start Button go to Control Panel
- Click on Hardware & Sound then on Devices And Printers
- Finally click on Add a device and select your Android phone from list to pair it & click Next
- Coming back to phone , go to Wireless and Network Section & Check Bluetooth tethering
4. USE INTERNET FROM ANDROID USING PORTABLE HOTSPOT
- Press Home / Applications button and go to Settings
- Go to More and select Wireless & Networks section
- Now open Tethering & Portable Hotspot and check Portable Wifi Hotspot
- Tap on Configure Wifi Hotspot & Enter any name as your SSID
- Set security and password for your Wifi Hotspot & Save it.