Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Sunday, October 9, 2016

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ । अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । “हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने। “रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,”एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने । रासस/सिन्ह्वा

Monday, September 19, 2016

जण्डिस छिटो निको पार्ने एक मात्र औषधी :भुइँअमला

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

Wednesday, March 12, 2014

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,

तर सधै यस्तो हुँदैन ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा
१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।
सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ ।
सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै क्रममा हामिले तपाई पाठकका लागि अनुसन्धानबाट प्राप्त तथ्यहरु प्रस्तुत गरेका छौ जुन यसप्रकार छन् ।
 १. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
 २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
 ३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
 ४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
 ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
 ६.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।

Wednesday, February 26, 2014

डण्डीफोरबाट बच्ने घरेलु उपाय

डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ । यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ ।


- नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ ।
- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् ।
- चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

पथ्थरी भए के खाने के नखाने

हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

 


कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो । 

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् । 

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन । 

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ । 
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

धुम्रपान तथा सुर्तिजन्य पदार्थबारे जानकारी

धू्रमपान तथा सूर्ती सेवनबाट उत्पन्न हुने स्वास्थ्य समस्याहरु निम्न छन् ः
क.तत्कालै हुने समस्या
–खोकी लाग्ने
–श्वास फेर्न गाह्रो हुने,दम बढ्ने
–कसै कसैलाई वाक वाक लाग्ने
–पेट दुख्ने
–रुची घट्ने दुब्लाउदै जाने
–यौन चाहनामा हस आउने
ख.दीर्घकालिन समस्याहरु
–दाँत बिग्रने
–औला पहेलो हुने
–स्याँ स्याँ (दम बढ्ने ) तथा अन्य श्वास प्रश्वास सम्बन्धी जीर्ण रोगहरु
–रगत तथा रक्त नलीहरुमा असामान्य परिवर्तन हुने
–मुटुको रोग
–मस्तिष्कमा रक्तश्राव
–क्यान्सर रोग (धूम्रपान नगर्नेलाई भन्दा गर्नेहरुलाई शरीरका विभिन्न भागहरुको क्यान्सर हुने अधिक सम्भावना रहन्छ ।
–निस्क्रिय धूम्रपानः
धूम्रपान गर्ने व्यक्तिले हावामा फालेको धुवा उसका वरपर रहेका व्यक्तिले लिन्छन् ।

यसरी हावामा फालिएको धुवा लिने व्यक्तिलाई निस्क्रिय धूम्रपानकर्ता भनिन्छ ।
चुरोटबाट निस्कने धुवाँ मध्ये २५ प्रतिशत धूम्रपान गर्ने व्यक्तिले शरीर भित्र तान्छ र बाँकी ७५ प्रतिशत हावामा फाल्ने गर्छ । धूम्रपानको असरबारे कुरा गर्दा विगतमा भन्दा हाल आएर धूम्रपानले गरेको धुवाले धूम्रपान नगर्ने निस्क्रिय धूम्रपानकर्तालाई पनि उत्तिकै समस्या उत्पन्न गराउँछ भन्ने चर्को बहस हुन थालेको छ । हावामा फालिएको धुँवामा धूम्रपान गर्ने व्यक्तिले तानेको धुवामा भन्दा दुईगुणा निकोटिन तीन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनमोनोअक्साईड र ५० गुणा भन्दा बढी क्यान्सर जन्य रसायनहरु हुन्छन् । जबबाट निस्क्रिय धूम्रपानकर्ताले धूम्रपान सम्बन्धी थुप्रै प्राणघातक रोगहरु लाग्ने जोखिममा पर्दछन् । गर्भको शिशुलाई पनि निस्क्रिय धूम्रपानले असर गर्दछ । श्रीमानले गरेको धूम्रपानबाट उसको श्रीमतीीलाई असर गर्दछ र यदी श्रीमती गर्भवती छिन् भने उक्त धुवाँले गर्भमा रहेको भ्रुणलाई समेत घातक असर पु¥उाँदछ ।चुरोट पिउने गर्भवतीबाट तौल कम भको बच्चा जन्मने, त्यस्तो बच्चा जन्मेको केही दिनमै मर्न सक्ने र सकैकसैको त मृत बच्चा समेत पैदा हुन सक्छ । धूम्रपान नगर्नेहरुको भन्दा धूम्रपानी आमाबुवाका केटाकेटीहरु धरीधरी रुघाखोकी,ब्रोङकाईटिस वा निमोनिया जस्ता छातिका
रोगहरुबाट संक्रमित हुने सम्भावना बढी हुन्छ ।
धूम्रपान त्याग्दा हुने फाइदाहरुः
(स्वास्थ्य,सुन्दर र सुरक्षित जीवन बाँच्न पाउने ।
खानेकुराहरुको स्वाद सप्रिने र रुची बढी हुने ।
तौल बढ्ने र हृष्टपुष्ट हुने ।
छाला चाउरीने समस्याबाट मुक्ति तथा दाँत र औला पहेलो नहुने ।
दम,खोकी ह्दयघात तथा क्यान्सर जस्ता प्राणघातक रोगबाट मुक्ति पाइने ।
केटाकेटीहरुलाई छातिको संक्रमित रोगहरुकम हुने ।
स्वास्थ्य बच्चाको जन्म हुने ।
पैसा खर्च कम हुने र पारिवारिक सन्तुष्टि प्राप्त हुने ।
छोरा छोरीहरुले धूम्रपान सिक्ने सम्भावना कम हुने ।
धुवाँ सहित वातावरण बाँच्न पाउने पारिवारिक अधिकार पूरा हुने ।
धूम्रपान कसरी त्याग्नेः
धुम्रपानको लत लागि सकेपछि छोडन त्यति सजिलो हुँदेन । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन । त्यसले चाहेर पनि धुम्रपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन त्याग्न सक्दैन ।
धुम्रपान छुटाउने कुनै अचुक औषधी र काइदा छैन तर छोड्न सकिन्छ । धेरैले छोडेका पनि छन् । धुम्रपान गर्ने धेरै जसोलाई सोध्दा उनीहरिुलाई यसबाट हानीहरुबारे थाहा हुादा र छोड्ने इच्छा समेत हुँदा पनि छोड्न सकिरहेका हुँदैनन् । उनीहरुको एउटै गुनासो के छ भने धुम्रपान छोड्नलाई पर्याप्त तरीकाहरु तथा सूचना र जानकारी मूलक सामाग्रीहरु भेटिदैनन् । धुम्रपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु पर्दछ ।
ध्रूमपान किन कहिले र केका लागि छोड्ने र कसको सहयोग लिने भनेर स्पष्ट हुनुपर्छ । धूम्रपानपूर्ण रुपले छोड्नलाई कसैको सहयोग आवश्याक पर्दछ भन्ने बिर्सनु हुदैन ।
धूम्रपान एकै पटक चट्टै छोड्न पनि सकिन्छ र संख्या कम गर्दै वा धूम्रपान गर्न ढिलाई गरेर पनि छोड्न सकिन्छ । तर चाहनेले एकै पटक भट्टै छोड्न सक्दा उपयुक्त हुन्छ किन भने संख्या कम गर्ने उपाय त्यति सफल नहुन सक्छ भने धूम्रपान गर्न ढिलाई गर्दा पनि लामो समय बैचनी हुन सक्छ ।
योजनाबद्ध ढंगले धूम्रपान छोड्दा अवश्य सफल भइन्छ , यसका लागि तलका बुदाहरु हेरौं ः
– सर्वप्रथम धूम्रपानसँग सम्बन्धित बानी व्यहोरा हटाउन आफ्नो दैनिक जीवन शैलाी नै परिवर्तन गर्नु पर्ने हुुन्छ । (जीवनशैली नै परिवर्तन बिहानदेखि नै शुरु गर्नु पर्ने हुन्छ । जस्तै ः चिया समय घटाउनु पर्छ ।
– धूम्रपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ । जस्तै ः बैशाख १ गतेदेखि ।
–धूम्रपान छोड्नु भन्दा अगाडि यसले हुने हानीबारे स्पष्ट हुनु पर्छ र यसले फाइदा गर्दै गर्दैन केवल हानी मात्र गर्छ भनि मनमा लिनु पर्छ । आखिर वास्तविक कुरो पनि यहि नै हो ।
–धूम्रपान छोड्न चाहनेले आफूसँग बस्न चाहनेले आफु बस्ने कोठाहरुमा पनि यसले गर्दा हुने हानीहरुको तस्वीर वा चित्र टाँस्ने गर्नुपर्दछ । ताकि धूम्रपान गर्नेतिर ध्यान केन्द्रीत नहोस् ।
–धूम्रपान गर्न मन लाग्ने चहना रहने वातावरणको सृजना गर्ने जस्तै –धूम्रपान सम्बन्धी सामाग्रीहरु चुरोट, सलाई , एष्ट्रे आफूसँग नराख्ने ।
– धूम्रपान गर्न मन लागेको बेला धूम्रपान को अलवा अन्य केही उपाय रोज्न सकिन्छ ।
जस्तै–चुइगम वा ल्वाङ्ग चपाउने
–बिस्तारै लामो लामो स्वाश लिने र फाल्ने ।
–प्रशस्त पानी पिउने ।
–अन्य रचानात्मक काममा व्यस्त रहने आदि ।
यी सबै उपायहरु अवलम्बन गरि दह्रो आत्मबलको साथ धूम्रपान त्याग्ने अठोट गरेमा अवश्य पनि सफल भइन्छ । यसरी प्रयास गर्दा गर्दै पनि पुन ः शुरु गर्न सक्ने सम्भावना करिब एक महिनासम्म अधिक रहन्छ । त्यसैले यस्तो वातावरण सृजना हुन नदिन सचेत रहनु पर्दछ । धूम्रपानको तलतल धूम्रपानछोडेको दुई तिन दिन सम्म अत्याधिक रहन्छ र त्यसपछि यो क्रम कम हुदै जान्छ र खानामा रुची बढ्न थाल्छ । धूम्रपान छोडेको दुई हप्ता भित्रै २ देखि ३ के.जी. तौल बढ्न सक्छ । त्यसैले नआतिनोस् र तपाई पनि यस किसिमको आत्पबलको विकास गर्नोस् र धूम्रपान त्याग्नोस् पहिला जीवन रोज्नोस् , धूम्रपान होइन् ।
धूम्रपान पुन ः शुरु गर्ने अवस्थाहरु ः
–जाँड, रक्सी पिउँदा ।
–साथीहरुबाट चिन्तामा ।
–निरुत्साह वा असफलतामा ।

धूम्रपान छोड्न निरन्तरता दिनका लागि केही बुदाहरु ः
–आफैले धूम्रपान गर्दा हानी गरेको कल्पना गर्ने ।
–सधै मनमा के कारणले धूम्रपान छोड्नु भएको हो सोच्ने र सधैका लागि छोड्ने प्रण गर्ने ।
–धूम्रपान छाड्दा प्राप्त गर्ने फाइदाहरु बारे सोच्ने ।
–धूम्रपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने ।
–धूम्रपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धूम्रपान त्याग्न सल्लाह दिने ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

स्तन क्यान्सरबाट बच्न गाजर खाऔं

वैज्ञानिकहरूले गाजर र सक्करखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्श निकालेका छन्।

यिनीहरूमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ। यसको एसिडले क्यान्सर लाग्न जाने कोशिकाहरूलाई परिवर्तन गरी क्यान्सर रोग लाग्न दिँदैन। यो अम्ल वास्तविकतामा भिटामिन ‘ए’ बाट प्राप्त हुन्छ। यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनको प्रभावित गर्ने यो रसायनले मानिसलाई युवा बनाइराख्न मद्दत गर्दछ। डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार वैज्ञानिकहरू यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खोज्न लागि परेका छन्। मुख्य वैज्ञानिक फिलाडेल्पि्कयाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अनुसार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरूलाई बढ्न दिँदैन।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

डण्डीफोरबाट बच्ने घरेलु उपाय

डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ ।

यदि तपाई पनि डण्डीफोरको क
ारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ ।
- नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ ।
- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् ।
- चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Tuesday, February 25, 2014

ब्लड प्रेसरका रोगीले यस्तो भोजन गरौं



शहरिया जीवनशैलीले अचेल रक्तचाप रोगीको संख्या निकै बढ्दै छ । रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यहाँ केही टिप्स छन्, जुन रक्तचाप रोगीको लागि निकै उपयोगी हुन सक्छ ।


 १) एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।

 २) भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।

 ३) लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।
  ४) भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ । 
५) नुनको सेवन कम गर्नु पर्दछ । 
६) चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।
 ७) दिनमा कम्तिमा १०/१२ गिलास पानी पिउनु पर्दछ । 
८) जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।
 ९) काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ । 
१०) तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ । 
११) जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ । 
 १२) मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित गर्नु पर्दछ । 
 १३) दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।

Monday, February 24, 2014

नाङ्गो रहनुका ७ फाइदा यस्ता छन्


गर्मीको महिना नजिकिँदै जाँदा मानिसहरू प्राय आफूलाई सकेसम्म हलुका लुगाले ढाक्न चाहन्छन् । अझ सकेसम्म निकै कम लुगामा आफूलाई राख्न चाहनन्छन् । कतै बाहिर गएर घर या कोठामा फर्किएपछि सकेसम्म आफ्ना शरिरमा भएका कपडा फ्याँकेर केहीबेर भएपछि शरिरलाइ लुगा मुक्त बनाउने चाहना प्राय सबैको हुने गर्छ । यसरी शरिरबाट लुगा फालेर निर्वस्त्र रहनुका पनि धेरै फाइदाहरू छन् । शरिरलाई निर्वस्त्र बनाएर केहीबेर बस्न सके हाम्रो स्वास्थ्यलाई समेत निकै फाइदा गर्ने चिकित्सकहरू बताउँछन् ।

केहि यस्ता फाइदाहरूका बारेमा थाहा पाऔ... 

१. भिटामिन डि का लागिः शरिरलाई निर्वस्त्र बनाएर केहीबेर घाममा बस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । निर्वस्त्र भएर घाममा बस्दा शरिरलाई चाहिने भिटामिन डीको मात्र प्राप्त गर्न सकिन्छ । त्यसो त घाममा बसेर भिटामिन डी पाउने सुरमा लामो समयसम्म घाममा भने बस्नु हुँदैन । घाममा करिब १०-१५ मिनेटसम्म बस्नु निकै राम्रो मानिन्छ ।

 २. स्वस्थ छालाः हाम्रो छालालाई पनि श्वास फेर्नु पर्ने हुन्छ । सधै लुगाले छालालाई ढाकिरहँदा हाम्रो छालाले श्वास फेर्न पाउँदैन । यसक्रममा छालाले खराब वस्तुहरूलाई सोसिरहेको हुन्छ जसले हाम्रो छालालाई अस्वस्थ बनाउँछ । छालालाई नियमित रूपमा केही समय खुला राख्ने गरे छालाले त्यस्ता अस्वस्थ पदार्थलाई समेत फ्याक्न सक्छ र छाला स्वस्थ रहन्छ । 

 ३. रातो दागः निर्वस्त्र भएर बस्दा शरिरमा देखिने राता दागहरू समेत हट्न सक्छन् । लुगाका कारण शरिरमा राम्रोसँग रक्त सञ्चार हुन नसकेको अवस्थामा देखिने राता दागहरू निर्वस्त्र बस्ने गर्दा रञ्तसञ्चार सहजै हुने र ति राता दागहरू हट्ने गर्छ । 

 ४. स्वस्थ मष्तिष्कः हामीमध्ये कतिपयले बिहान उठेर खाली खुट्टाले घाँसमा हिस्ने गरेका छौ । यसले हाम्रो मष्तिष्कलाई स्वस्थ बनाउन मद्धत गर्छ । युवावस्थामा हुन सक्ने अलजाइमरको समस्यालाई समेत यसले कम गर्न मद्धत गर्छ । खाली खुट्टा हिड्दा न्युरोन कनेक्शनलाई बलियो बनाउन मद्धत गर्छ । यसले मष्तिष्कको लचिलोपनलाई थप लचिलो बनाउन मद्धत गर्छ । 

 ५. छालामा हुने संक्रमणबाट सुरक्षाः जब लुगाहरू पसिनाले भिजेका हुन्छन्, उक्त समयमा विभिन्न ब्याक्टेरियाले छालामा टासिने मौका पाउँछन् । यी ब्याक्टेरियाले थप सक्रमण गर्न सक्छन् । यदी पसिना आएको अवस्थामा निर्वस्त्र बस्न सके ती ब्याक्टेरियाले शरिरमा रहेर थप सक्रमण गर्न सक्दैनन् ।

 ६. आनन्दका लागिः निर्वस्त्र बस्नुलाई तनावबाट मुक्ति पाउने एक उपाय मान्ने गरिन्छ । साथै यसले हाम्रो मानसिक समस्यालाई समेत कम गर्ने कार्यमा मद्धत गर्छ । निर्वस्त्र भएर सुत्दा रक्तसञ्चारलाई सहज बनाउँछ र रक्तसञ्चारमा नियमित र सहज हुँदा शरिरलाई न्यानोपन र स्वतन्त्र महशुस गराउँछ । 

७. उत्पादन क्षमतामा बृद्धीः शरिरमा लगाइने भित्री वस्त्रले हाम्रो शरिरमा रक्तसञ्चारलाई समेत बाधा पुर्याउँछ । रक्तसञ्चारमा निर्वाध रूपमा हुन नसक्दा शरिरको तल्लो भागका स्नायु प्रणालीलाई असर गर्नुका साथै स्पर्मको उत्पादनमा समेत असर गर्छ । 

तीतेकरेलाको सेवनबाट हुने फाइदा र त्यसबाट हुने केहि हानीहरु

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई उँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ ।

 

यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ । 

 औषधिको रूपमा:- तीतेकरेलको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
 बियाँ -१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । (१) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । 

 (२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । पात (१) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । (२) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ । 

 (३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । जरा (१) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । 

(४) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।अन्य उपयोगितातीतेकरे लाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ । 

तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु: 
(१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
 (२) यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ । 
 (३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ । 
 (४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ । निष्कर्ष: यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |

Saturday, February 22, 2014

तपाईको शरिरलाई दिनहुँ कति गीलास पानीको आबस्यकता पर्ला ?

एउटा 

स्वस्थ्य मान्छेको शरिरलाई औसत मात्रमा दिनमा ८ गिलास पानीको जरुरी हुन्छ ।

आजभोली गाउमा पानीको महत्व नबुझ्ने र सहरको बसाई ब्यस्तता र आफ्नो स्वास्थ्य प्रति ख्याल नराख्दा पानीको कारण मान्छेहरुले धेरै समस्याका सामना गर्नुपरेको देखिन्छ । त्यसैले सधै निरोगी र स्वस्थ्य रहन दिनहुँ सकेमा धेरै र नसकेमा ८ गिलास पानी शरिरको आबस्यकता भन्ने बुझेर पानी पीउदा स्वस्थ्य भईन्छ । तर बैज्ञानिकहरुका अनुसार केहि व्यक्तिमा भने यस्तो कुरा लागु नहुन पनि सक्छ ।

बैज्ञानिकहरुका अनसार एउटा जवान मान्छेलाई दिनमा ८ देखि १२ गिलास सम्म पानीको जरुरी पर्छ भने गर्मि याममा र विशेष गरी खेलाडीहरुको शरिरलाई भने दिनहुँ १२ गिलास भन्दा बढी पानीको आबस्यकता पर्दछ ।

तर पानी पानी पीउदा भने केहि कुरामा ध्यान दिन पनि जरुरी हुन्छ ।

तपाईलाई जति पानी तिर्खा लागेको हुन्छ, सक्नु हुन्छ भने त्यो भन्दा बढी पानी पिउने कोशिष गर्नुहोस ।

गर्मिका दिनहरुमा शरिलाई पानीको अत्यन्तै आबश्कता पर्ने हुनाले गर्मिबाट बच्न पनि छिनछिनमा पानी पिउनु राम्रो हुन्छ । पुरा दिनमा ८ गिलास पानी अनिबार्य रुपमा पिउनुहोस ।

तपाईले आफ्नो तौलको १० केजी बराबर एक गिलास पानी अबस्य पिउनुहोस । यदि तपाई ८० किलो हुनुहुन्छ भने ८ गिलास पानी तपाईको शरिरलाई जरुरी रहेको हुन्छ त्यो ख्याल गर्नुहोस ।

तपाईले फलफुल दिनहुँ खानुहुन्छ भने फलफुलको रसले पनि तपाईको शरिलाई केहि हदसम्म पानीको मात्राको कमि केहि छिन पुरा गरिदिन्छ तर तपाईको पिसाब पुरा सेतो र सफा देखिनु पर्ने हुन्छ । यदि तपाईले पिसाब गर्दा तपाईको पिसाब पहेलो देखियो भने तपाईको शरिरलाई पक्कै पनि पानी कम भएको हो भनेर बुझनुहोस र सफा र स्वस्थ्य पानीको मात्रा शरिरमा बढाई हाल्नुस ।

यदि तपाईले आफ्नो शरिरमा कति पानीको आबश्यक रहेको छ भनेर जाच्न चाहानुहुन्छ भने तपाईको लागि एक उपाए पनि छ । तपाई एउटा भाडोमा ८ गिलास पानी राख्नुस र चौबीस घण्टामा जति सक्नुहुन्छ पिउनुहोस र पिसाब फेर्दा पनि बिचार गर्नुहोस । यसो गर्नु भएमा तपाईको शरिरलाई कति पानी आबस्यक पर्छ भनेर तपाईले बुझ्न सक्नु हुनेछ । त्यसैले पानी जीवनको लागि एउटा अमुल्य औषधि पनि हो यसलाइ सधैभरी साबधानी तरिकाले प्रयोग गर्नु भो भने यसले जीवन जीउन सहज बनाई दिन्छ र बिभिन्न रोगहरुबाट पनि बच्ने शक्ति प्रदान गर्दछ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

राम्रो निन्द्राको लागि केही उपयोगी टिप्सहरु

तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ ।


१ सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।
२ आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् ।
३ यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस ।
४ यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् ।
५ तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने कोसिस गर्नुहोस् ।
६ तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन ।
७ आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् ।
८ धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन ।
९ आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् ।
१० तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् ।
११ तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् ।
१२ तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् ।
१३ आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् ।
१४ तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् ।
१५ एउटै समयमा ७ दिन सम्म उठ्ने कोशीस गर्नुहोस् ।
१६ आफ्नो निन्द्रा खुली सके पछि पनि ओछ्यानमै अल्छि गरी बसी नराख्नुहोस्। निन्द्रा खुली सके पछि आफ्नो नित्यकर्मा शुरु गर्ने थालनी गरी हाल्नुहोस् ।
१७ हरेक दिन हल्का शारिरिक ब्यायाम गर्नुहोस् आफुलाई हल्का थकाई महसुस नभईन्जेल सम्म ।
१८ चुरोट र रक्सी बन्द गर्नुहोस् आफुसुत्ने टाईम भन्दा २ घण्टा अगाडि देखी ।
१९ डिनर गरी सके पछि कफी वा सफ्ट ड्रिन्क नपिउनुहोस् ।
२० यदी तपाईंलाई सुत्नु अगाडि TV हेर्ने बानी छ भने कोठामा हल्का प्रकाश दिने बत्ती बलेको होस् र TV प्रोग्राम सके सम्म कमेडी खालको वा तपाईंको दिमागलाई तनाब नदिने खालको होस् ।
२१ तपाईंलाई सुत्नु अगाडि किताब पढ्ने बानी छ भने पनि कोठामा हल्का प्रकाश होस् र अली तार्किक बिषय भएकोकिताब पढ्ने गर्नुहोस् ।
२२ आफ्नो साथीहरु सँग साँझ तिर सके सम्म बहस नहोस् भन्ने तिर सतर्क हुनुहोस् , नत्र तपाईंलाई त्यो निन्द्राको लागि बिष जस्तै हुनेछ ।
२३ आफ्नो सुत्ने समय एउटै पार्ने कोशीस गर्नुहोस् ।
२४ डिनर गर्ने बेलामा धेरै नुनिलो खाना नखाने गर्नुहोस् ।
२५ सुत्नु भन्दा अगाडि एक गिलास मन तातो दुध पिउन नबिर्सिनुहोस् । यसले तपाईंलाई निन्द्रा लाग्नमा मद्घत गर्छ ।
२६ आफ्नो पति वा पत्नी लाई सोध्नुहोस् कि तपाईं कुन position मा गहिरो निन्द्रामा सुतेको थियो र सुत्दा खेरी त्यै position मा सुत्ने कोशीस गर्नुहोस् ।
२७ तपाईं ४ या ६ घण्टा मात्र सुत्ने गर्नुहोस् न कि ८ या त्यो भन्दा धेरै ।
२८ ३ मिनेट भन्दा धेरै समय खर्च नगर्नुहोस् तपाईंको दिनको प्रोब्लमको बारेमा सोच्न ।
२९ यदी तपाईं लाई एक्लै सुत्दा राम्रो निन्द्रा लाग्छ भने एक्लै नै सुत्ने ब्यबस्था मिलाउनुहोस् ।
३० बेडमा जानु भन्दा अगाडि मन तातो पानीले नुहाउने गर्नुहोस् ।
३१ नुहाउने पानीमा एक चम्चा baking Soda वा mustard powder हाल्दा राम्रो हुन्छ ।
३२ सुत्नु भन्दा अगाडि खुट्टा राम्रो सँग धुने गर्नुहोस् ।
३३ सुत्नु भन्दा अगाडि मधुर संगीत सुन्ने गर्नुहोस् ।
३४ जब तपाईं बेडमा पल्तिनु हुन्छ आफ्नो जीवनको रमाइलो रमाईलो क्षणको कल्पना गर्नुहोस् ।
३५ बेडमा पल्टि सके पछि आफ्नो शरिरकोहरेक मसलहरुलाई हल्का छाडी दिनुस् कतै कही अप्थ्यारो नहोस् ।
३६ आफ्नो शरीर Relax भएको कल्पना गर्नुहोस् ।
३७ गहिरो सास लिएर आफ्नो मन लाई concentrate गर्ने कोशीस गर्नुहोस्।
३८ यदी यि सबै प्रयास असफल भयो भने भेडाको बथानको कल्पना गरेर भेडा गन्ने कोशीस गर्नुस् ।
यो पनि एउटा राम्रो निन्द्राको औषधी प्रमाणित भएको छ |
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

गर्दन दुखाइको योग चिकित्सा

मेरुदण्डको माथिल्लो भाग तथा घाँटीभन्दा ठीक पछाडि टाउकोभन्दा तलको भाग अर्थात् गर्दनमा रहेका हाड, नसा, मांसपेशी तथा ग्रन्थि र वरपरका अन्य भागमा कुनै समस्या भएमा गर्दन दुख्ने समस्या आर्इपर्छ । यसरी दुखाइ हुने विभिन्न समस्या हुनुमा हाड-जोर्नी, मांसपेशी, नसाका रोगहरु नै प्रमुख कारण हुन् ।

यसका साथै गर्दनवरपर भएका रोगहरु वा अन्य समस्याहरुका कारणले पनि गर्दनमा दुखाइ ल्याउन सक्छ । गर्दनको दुखाइबाट धेरै व्यक्ति पीडित भएको पाइन्छ ।र्
गर्दन दुखाइका लक्षण

गर्दनमा कुन रोगले असर परेको छ सोहीअनुरुपका थप लक्षणहरु देखिने गर्छन् । टाउको दुख्ने, सामान्य वा अत्यधिक रुपमा रिंगटा लाग्ने, टाउको भारी भैरहने, टाउको मोड्न र यताउति हर्ेन निकै कठिनाइ हुने हुन्छ । काम गर्न, लेखपढ गर्न, हिँड्न-बस्न र सुत्नसमेत गाह्रो हुन्छ ।

यसका साथै रिंगटा लाग्ने, कमजोरी अनुभव हुने, कान र घाँटीको दुखाइ अनुभव हुने, पिठ्यूँ एवम् पूरा ढाडसमेत दुख्ने, हात गल्ने र हातले एक-दर्ुइ किलो सामान उचाल्न पनि नसक्ने, हात झमझम हुने हुन्छ । साथै औंलाहरुमा घोच्ने, लाटो हुने, पोल्ने आदि समस्या पनि गर्दन दुख्ने रोगका कारण हुन सक्छ । कसैलाई चक्कर लागेर लड्ने र पसिना छुट्ने पनि हुन्छ ।र्

गर्दन दुखाइका कारण

गर्दन दुखाइ विभिन्न कारणले हुने गर्छ । अनेकौं कारणहरुमध्ये हाडसम्बन्धी समस्याहरु प्रमुख हुन् । गर्दनका हाडहरु घिस्सिनु वा खिइनु, यथास्थानबाट हाड र्सर्नु, हाडले नसा वा मांसपेशीलाई च्याप्नु, हाड बढ्नु, हाड सुन्निनु, हाड मक्किनु प्रायः हुने समस्याहरु हुन् । यसरी नै नसा थिचिने वा सुन्निने, युरिक एसिड बढेर बाथरोग हुने वा कडा खालका आमबाथ वा र्‍युमेट्वाइड अर्थराइटिस हुने, हाड-जोर्नीहरुमा संक्रमण हुने, रक्तनलीका रोगहरु तथा ग्रन्थिहरुका रोग एवम् घाउ-खटिरा वा चोटपटक, चर्मरोग लाग्नेजस्ता समस्याले पनि गर्दनमा दुखाइ उत्पन्न हुन सक्छ । बढी रक्तचाप, अत्यधिक चिन्ता, तनाव तथा अन्य मनोशारीरिक रोगहरु पनि गर्दन दुखाउने कारणहरु हुन् ।

कुप्रो परेर बस्ने, सुत्दा बढी अग्लो सिरानी राख्ने, प्रायः निहुँरेर काम गर्ने, कम्प्युटरमा काम गर्दा र कुर्सी अन्य ठाउँमा गर्दन झुकाएर बस्ने, सुत्दा-बस्दा शारीरिक स्थिति नमिलाउने मानिसहरु प्रायः यसरी गर्दन दुखाइबाट पीडित हुन पुग्छन् ।र्

गर्दन दुखाइले उत्पन्न हुन सक्ने जटिलताहरु

गर्दन दुखाइको कारणको गम्भीरताअनुरुप यो समस्यामा जटिलताहरु आउन सक्छन् । हाड-जोर्नीका समस्याहरु बढ्दै गएमा त्यसले नसा काटिने, हातका औंलाहरु वा पूरै हात लाटो हुने, नचल्ने, सुत्न, बस्न तथा उठ्न पनि नसक्ने गरी रिंगटा लाग्नेजस्ता समस्या उत्पन्न हुन्छन् । र्

गर्दन दुखाइको निदान

गर्दन दुख्ने समस्या के कारणले भएको हो भन्ने थाहा पाउन चिकित्सकको परीक्षण आवश्यक छ । चिकित्सकले जाँच अर्थात् बिरामीलाई प्रत्यक्षरुपले दुखेको भागमा हेरेर, छामेर, थिचेर वा टाउकोर्-गर्दन चलाएर अनुमान गर्न सक्छन् । यसका लागि आवश्यक आधुनिक जाँचहरु जस्तै- गर्दनको साधारण एक्स-रे, रोगको जटिलताअनुसार आवश्यक परे सिटिस्क्यान, एमआरआई वा अन्य नसाको एक्स-रेसमेत गराउनुपर्ने हुन सक्छ । रगत जाँचेर बाथरोग भए/नभएको पत्ता लगाउन सकिन्छ ।

प्रायः गर्दन दुख्ने समस्या सरल उपचारबाटै ठीक हुन्छ । कुनै-कुनै समस्याको लागि योग चिकित्साका साथमा अन्य उपचार पनि जरुरी हुन सक्छ ।र्

गर्दन दुख्नेहरुलाई सल्लाह

सुत्दा होचो सिरानीको प्रयोग गर्ने र कडा ओछ्यानमा सुत्ने गर्नुपर्छ । कर्ुर्सर्ीीा अन्य कतै पनि बस्दा र काम गर्दा गर्दन सोझो राख्नर्ुपर्छ । निहँुरेर व्यायाम वा काम गर्नुहुँदैन । गर्दन बढी दुखेको अवस्थामा सपोर्टको निम्ति गर्दनको पट्टी -र्सभाइकल कलर) लगाउनर्ुपर्छ । दुखाइ बढी भएको अवस्थामा गर्दन, काँध र पिठ्यूँमा तातोले सेक्ने गर्न सकिन्छ ।

उपयोगी योग चिकित्साहरु

टाउको र गर्दनका सूक्ष्म व्यायामः

उठेर वा वज्रासनमा बसेर यी व्यायामहरु गर्नुस् ।

विधि (१)ः- ढाड सोझो राख्नुस् । अब टाउकोलाई दायाँतिर मोड्नुस् र केहीबेर रोकिनुस् । अब फेरि अर्कोतिर -बायार्ँतर्फ) टाउको फर्काउनुस् । बिस्तारै झड्का नदिईकन यसरी नै १०-१५ पटक अभ्यास गर्नुस् ।

विधि (२) ः- यसरी टाउकोलाई तल-माथि गर्नुस् अर्थात् टाउकोर्/गर्दन मोडेर अगाडितिर झुकाई चिउँडोले छातीमा छोएर केहीबेर अडिनुस् र पुनः सोझो राखेर माथि लगी जतिसक्दो पछाडि हर्ेर्ने प्रयास गर्दै केहीबेर रोकिनुस् । यसरी नै १०-१५ पटक गर्नुस् ।

विधि (३) ः- टाउकोलाई दायाँ र बायाँ पालैसँग बिस्तारै ढल्काउँदै कानले काँधतिर छुने प्रयास गर्नुस् । यसलाई पनि १०-१५ पटक गर्नुस् ।

विधि (४)ः- अब टाउकोलाई क्रमिकरुपले दायाँ, पछाडि, बायाँ, अगाडि क्रमशः लैजाने अर्थात् चारैतिर घुमाउने गर्नुस् । यसरी घुमाउँदा सबैतिरको भागमा छुने गरी टाउकोलाई अति नै ढिलोसँग घुमाउने गर्नुस् । छिटो-छिटो गर्दा रिंगटा लाग्छ । उल्टो-सुल्टो पालैसँग एक-एक पटक गरेमा रिंगटा कम लाग्छ ।

सावधानीः धेरै मात्रामा हाड सुन्निएको, हाड खिइएको र बढी नसा च्यापिएको अवस्थामा र बढी गर्दन दुखाइ हुँदा टाउकाको यस्तो व्यायाम गर्नुहुंँदैन । सामान्य दुखाइमा पनि बिस्तारै अभ्यास गर्नुपर्छ ।

सामान्य लाभहरुः सामान्य अवस्थामा टाउको एवम् गर्दनका सूक्ष्म व्यायामहरुले मेरुदण्डको माथिल्लो भागलाई

यौगिक आहार

कहिलेकाहीँ बाथरोगका कारण पनि हाड-जोर्नीलगायत गर्दनमा दुखाइ हुने गर्छ । यसरी युरिक एसिड बढेर गर्दनमा दुखाइ हुनेहरुले सात्विक यौगिक आहार गर्नुपर्छ अर्थात् माछा, मासु, अण्डा, गेडागुडी, बियर, जाँडरक्सी, गोलभेंडा, तामा, फर्सर्ीीादि बार्नुपर्छ । बरु यसको सट्टा फलफूल र हरियो तरकारी बढी खानर्ुपर्छ । पानी बढी पिउने र पूरा शरीरकै व्यायाम गर्ने, पसिना निस्कने गरी हिँड्नेजस्ता उपायहरु अपनाएमा मूत्राम्ल वृद्धि भएर हुने गर्दन दुखाइमा फाइदा हुन्छ ।

अन्य प्रकारको समस्यामा पनि सादा खानपान गर्नुपर्छ । मूत्राम्ल सामान्य तर हाड कमजोर भएको अवस्थामा क्याल्सियमप्रधान खानेकुराहरु -दूध, चीज, ज्वानो आदि) खानर्ुपर्छ ।

बलियो बनाउँछ र लचकता उत्पन्न गर्छ । टाउको र गर्दनको नसा, घाँटी, मस्तिष्कमा समेत यसको प्रभाव सकारात्मक हुन्छ । रोगहरुमा केही प्रकारको टाउको दुखाइ, गर्दनको नसा दुखाइ, गर्दनको हाड खिइएको सामान्य अवस्था, घाँटीमा कफ अड्किने समस्या आदिमा समेत यी माथिका व्यायामले लाभ दिन्छ ।

मेरुदण्डासनः

विधिः उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ-बायाँ सोझो हुने गरी फैलाएर मुठी कस्नुस् । दुबै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् । यस्तो गर्दा एउटा खुट्टाको कर्ुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुनुस्, तर यी दुवै भागहरु भुइँमै हुनर्ुपर्छ । केही बेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ ।

लाभहरुः यसले मेरुदण्डको हाडलाई लचिलो पार्छ र नसा थिचिने पनि कम गर्छ । गर्दनदेखि कम्मरसम्म दुख्ने, साइटिका, पेटको गडबडी, जीउ दुख्ने आदि समस्यामा यसले लाभ दिन्छ ।

सावधानीः जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ ।

मकरासन वा श्रद्धासनः

यो विशेषतः आराम गर्नको लागि अभ्यास गरिने आसन हो ।

विधिः घोप्टो सुत्नुहोस् । दुवै खुट्टालाई एक-डेढ फिट फरक पारी खुट्टाको पञ्जालाई दायाँ-बायाँ फर्काई खुट्टाको भित्री गोलिगाँठोले भुइँमा छोएर खुट्टा/जीउ शिथिल पार्नुस् । अब दुवै हातलाई अगाडि ल्याएर कुहिना टेकाउनुस् र टाउकोलाई केही मात्रामा उर्ठाई दुवै हत्केलामाथि चिउँडो टेकाउनुस् । केही बेर यसरी बसेपछि जीउ तल राख्नुस् र हत्केलाको पछाडिको भागमाथि निधार टेकाएर केही मिनेटसम्म जीउ शीथिल राख्दै आराम गर्नुस् । यसरी नै २-३ पटक दोहोर्‍याउनुस् । यसलाई दिनको २ पटकसम्म गर्नुस् ।

लाभः यसले गर्दन दुखाइका साथै कम्मर-ढाड दुख्ने, कम्मरदेखि खुट्टासम्मको नसा दुख्ने, पेटमा वायु बढ्ने, कब्जियतजस्ता समस्यामा लाभ दिन्छ । यसको अभ्यासबाट बीच-बीचमा आसनको क्रममा हुने थकान मेटिन्छ र आनन्द पनि प्राप्त हुन्छ । मानसिक तनाव पनि कम गर्छ ।

सावधानीः गर्भवतीले गर्भावस्थाको ३/४ महिनापछि घोप्टो सुती यस्तो आसन गर्नु ठीक हुँदैन । यसरी नै बढी छाती दुख्दा धेरै बेर यो आसन गर्नुहुँदैन । गर्दनमा दुखाइ बढी भएको अवस्थामा कुहिनाले टेकेर गर्नुहुँदैन ।

गोमुखासनः

दुवै खुट्टा सीधा राखेर बस्नुस् । पालैपालो खुट्टा खुम्च्याउनुस् र दाहिने खुट्टामाथि देब्रे खुट्टा राख्नुस् । अब दाहिने हातलाई माथिबाट र देब्रे हातलाई तलबाट कम्मरपछाडितिर लगी दुवै हात एक-आपसमा समात्ने प्रयास गर्नुस् । आँखा चिम्लनुस् र श्वास गहिरो लिएर मन एकाग्र राख्ने प्रयास गर्नुहस् । केही बेर यसरी बसेपछि दुवै खुट्टा सीधा राख्नुस् र पुनः खुट्टा र हातको स्थिति परिवर्तन गरी अभ्यास गर्नुस् ।

लाभः यसले गर्दन र पिठ्यूँ दुखाइ कम हुन्छ । साथै हात झम्झमाउने र नसा दुख्ने समस्याहरुमा लाभ हुन्छ । मानसिक तनाव कम हुन्छ । छातीको समस्या कम हुन्छ ।

सावधानीः पछाडि हात समात्दा बिस्तारै गर्नुस्, नत्र मर्किन सक्छ । कसैलाई अभ्यस्त हुनका लागि धेरै दिन लाग्न सक्छ ।र्

गर्दनको समस्या हटाउन सहयोग गर्ने अन्य थुप्रै योगाभ्यासहरु पनि छन् । विभिन्न सूक्ष्म व्यायामहरु तथा आसनहरुको अभ्यास पनि उपयोगी हुन सक्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

शाकाहारी भोजनको फाईदा

शाकाहारी हुनु कुनै हानी छैन। मांसाहारिहरुलाई जुन तत्व मासुबाट प्राप्त हुन्छ, त्यहि तत्व शाकाहारिहरुलाई बिभिन्न प्रकारको शाग शव्जीबाट प्राप्त हुन्छ । प्रोटीन जो कि माछा, मासु र अण्डाबाट प्राप्त हुन्छ, त्यो वनस्पतिबाट पनि प्राप्त हुन्छ यस्को अर्थ यो हो होईन कि मासुनै खायो।

मानव शरीरलाई कार्य गर्नको लागि यस्तो कुनै पौष्टिक तत्व छैन, जो वनस्पतिबाट प्राप्त हुन नसकोस । मैले कहिलेकाहिं विकासी अण्डा खान्छु अर्थात भाले कुखुराको बिज नपरेको । शाकाहारी हुनु भनेको पाप कर्मबाट पनि बचाउंछ भनेर मैले बुझेकोछु ।

फोलेटको अत्यधिक मात्रामा हुनुको कारण र न्यून मात्रामा सेचुरेटेड वोसो, कोलेस्ट्रॉल र पशु प्रोटीन मात्राको कारण शाकाहारी भोजनले हामीलाई रोगहरुबाट बचाउंछ। म मांशाहारी भएको भए म धेरै रोगबाट पिडित हुने थिएं।

* शाकाहारिहरुमा हृदयको रक्त पठाउने धमनिहरु सित संम्बंन्धित बिमारीको सम्भावना कम हुन्छ। शाकाहारिहरुमा कुल तरल कोलेस्ट्रॉल तथा कम-घनत्व भएको लायपोप्रोटीन कोलेस्ट्रॉलको मात्रा सामान्यतः कम पाईन्छ, तर उच्च-घनत्व भएको लायपोप्रोटीन कोलेस्ट्रॉलको मात्रा यस कुरामा निर्भर गर्छ कि तपाई कुन प्रकारको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ।
* शाकाहारिहरुमा हाई ब्लड प्रेशरको सम्भावना मांसाहारिहरु भन्दा कम हुन्छ र यो भार र नुनमा निर्भर गर्दैन ।म शाकाहारी भएकै कारणले उच्च रक्तचाप नियन्त्रणमाछ । यसको कारक यो पनि हुन सक्छ कि ति कॉम्लेक्स काब्रोहाईड्रेट धेरै मात्रामा लिन्छन् र शारीरिक स्थूलता यिनमा कम हुन्छ ।
* फोक्सो र ठूलो आंतको क्यान्सर शाकाहारिहरुमा कम हुन्छ। यसको कारण यो हुन्छ कि शाकाहारी रेशायुक्त फल र सब्जिहरुको बढी खान्छन्।
* विश्वभरीबाट लिईएको तथ्यांकले देखाउंछ कि वनस्पति आधारित भोजन गर्नेहरुमा स्तनको क्यान्सर हुने सम्भावना कम हुन्छ। कारण शाकाहारिहरुमा एस्ट्रोजनको कम मात्रा सहायक पाईन्छ।
* शाकाहारी भोजन मिर्गौला सित सम्बंन्धित रोगहरुको रोकथाममा सहायक हुन सक्छ। अध्ययनमा यो थाहाभएकोछ कि वनस्पतिहरुमा पाईने केहि प्रोटीन जीवित हुने संभावना बढ़ाउंछ र पिशाबबाट प्रोटीन निस्कनु, कोशिकाहरुबाट रक्त छानिने गति, मिर्गौलामा रक्त संचार र मिर्गौला सित सम्बन्धित विकार मांसाहारिहरुको तुलनामा शाकाहारिहरुमा कम पाईन्छ ।

* वनस्पतिहरुबाट प्राप्त प्रोटीन शरीरको अमीनो एसिडको आवश्यक मात्राको लागि पर्याप्त छ, बरु विभिन्न प्रकारको वनस्पति आधारित पदार्थहरुको सेवन गरियोस।
शोधहरुले जानकारी पाईएकोछ छ कि केहि विभिन्न स्रोतहरुबाट प्रोटीन लिनुपर्ने आवश्यकता छैन, तपाईं पूरै दिन भरीमा अमीनों एसिडको यस प्रकार सेवन गर्नुस जो नाईट्रोजनको पर्याप्त मात्रा शरीरमा बनाई राख्नुस। त्यसै त शाकाहारी भोजनमा प्रोटीनको मात्रा कम हुन्छ, तर शाकाहारी व्यक्ति प्रोटीनको आफ्नो आवश्यकता संतुलित भोजन लिएर पूरा गर्न सक्छन्। शाकाहारी हुनाले विचारलाई शुद्ध बनाउन पनि सहयोग गर्छ । शाकाहारी मांसाहारीको तुलनामा कम तनावमा हुन्छन् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

मुटुका रोगहरु ( अत्यन्त महत्वपूर्ण जानकारी )

सम्पूण् मुटुका 

रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ

हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन ।

अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरु ।

यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फलाग्न जरुरी छ ।
सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाई, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्दछन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेन सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवन शैली हो । यो कस्तो हुनुपर्दछ भन्नेबारे तल वर्ण्र्ाागरिएको छ ।

आहार (भोजन) कस्तो हुनुपर्दछ –
१. घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान-बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा २-३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८.०० बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन, कम्तीमा दुइ घण्टापछि मात्र सुत्नुपर्छ ।

५.शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
६. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी फाइदाजनक हुन्छ ।
७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुइ छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
८. मुटु रोग लागिसकेकाहरुले चिकित्सकको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
९. मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

विहार (व्यवहार) कस्तो हुनुपदर्छ –
१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूण् छ । राती १० देखि ११ बजेभित्र सुत्नुपर्छ । शरीरलाई दैनिक ५ देखि ७ घण्टासम्मको गहिरो न्रि्रा अत्यावश्यक छ । न्रि्रा लाग्दैन भने औषधी आएर भए पनि निदाउनुपर्छ । न्रि्रा नपरेमा मुटका रोगहरु बढ्दै जान्छन् । न्रि्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन् । न्रि्रा कम हुँदा दिमागमा बोझ बढ्छ, रक्तचाप, ब्लडसुगर बढ्छ, हृदयाघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।

२. बिहान ५ देखि ६ बजेभित्र उठ्नुपर्छ । ढिलासम्म सुत्नुहुँदेन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढि स्वच्छ र शरीर चंगा हुन्छ ।
३. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म नै बनाउनुपर्दछ । योगासन, प्राणायाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रण तर्फो प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ ।
४. व्यायाम सकेपछि ३० मिनेट त्यस दिन गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा हडबड नगरिकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
५. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
६. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनुहुँदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनुहुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोगहरु उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग बिताउनुपर्छ ।
७. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ, बितेको कुरा र भोलि हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हँदैन ।
८. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
९. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबाट ज्ञान-बुद्धि मात्र होइन, सुख-सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमिन रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरुको जीवन बढी व्यवस्थित हुन्छ । फूर्सद हुँदा, कसैलाई कुदा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकह पढ्ने गर्नुपर्छ ।
१०. वर्षो एकपल्ट परिवारका सदस्यहरुका साथ कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीत बिनाको जीवन निरस हुन्छ । निरोगी रहन गीत-संगित नियमिन सुन्ने गर्नुपर्छ ।
११. आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पुर्‍याएको भए त्यो रोक्नुपर्छ ।

विचार (सोचाई) कस्तो हुनुपर्दछ –
१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन-सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूण् मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँड्न सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरारु हुन् धन-सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहँदैन । धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फलाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहिरहन्छ त्यनि नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नुहुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन । बाहिर ठाउँमा भन्नुपर्छ । यसबाट मनमा शान्त हुन्छ ।
५. महत्वाकांक्ष र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नुहँदैन ।
६. जीवनका विविध पक्षहरुलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो । जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । यसैगरी घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ, फेरि परिश्रम गरेर अझ बढी कमाउँला भनी चित्त बुझाउन पनि सकिन्छ ।
७. गल्ती र हार भन्ने हुँदैहुँदैन । यी सबै जीवनका पाठहरु हुन् भन्ने सोच्नुपर्छ ।
८. विचारलाई व्यवस्थित गर्न योग अभ्यास विशेषगरी प्राणायाम र ध्यान अत्यन्त प्रभावकारी हुन्छन् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Friday, February 21, 2014

यस्तो रोग, जहाँ छालाहरु आफै पग्लिएर झर्छ,, ( फोटा फिचर सहित )


हामीले विभिन्न किसिमका रोगहरुको बारेमा तपाईहरुलाई जानकारी गराउने गरेका छौ । तर यी तस्विरहरु देखेर तपाईले सायद अन्दाजा पनि लगाउन सक्नु हुन्छ कि यो कति डरलाग्दो रोग हो भनेर । यो एक दुर्लभ प्रकारको रोग हो ।

 
हार्टबर्न पिलको रिएक्शनका कारण यो रोग लाग्ने गरेको चिकित्सकहरुले बताएका छन् । जसका रोगीका अनुहार पग्ली पग्ली झर्ने गर्दछ । नोरविचका १७ वर्षीय लिने होव्स नाम गरेको यस युवतीलाई पनि यही रोगले सताएको छ । यो रोग उनलाई सेप्टेम्बर २०१३ सालबाट सुरु भएको हो । सुरुमा उनको शरीरमा चिलाउन सुरु भएको थियो ।
 
त्ससपछि उनी कयौ दिन अस्पतालमा भर्ती भएर रहेकी थिइन् । एलर्जीका कारण उनको पुरा अनुहार सुन्निएको थियो । अनुहार यति सम्म सुन्नियो कि आँखा समेत बन्द भयो । उनी अस्पताल गइन् र डाक्टरले मलम लगाउन दिदा उनको छाला उनको हातमा आएको उनी स्वयम बताउछिन् । मिररका अनुसार यो रोग स्टीवेन जोनसन सिन्ड्रोमको कारण हुने गर्छ ।

Tuesday, February 18, 2014

Can a Green Smoothie Reverse Gray Hair?

A Green Smoothie is a mixture of fresh fruits and greens, blended for a nutrient-packed breakfast, lunch or snack.

 

They are great for weight loss, colon health and as an easy way to get more minerals and fresh foods into the diet. But an added bonus is that they've been known to reverse gray hair, naturally!
 
The Green Smoothie was actually "invented" in the 1970's by Ann Wigmore, who went on to write many books on natural health and healing, including The Hippocrates Diet. She called the Green Smoothie her "energy soup."
 
Wigmore started drinking these smoothies when she was in her 50s, and had a full head of gray hair. Soon, her hair reversed itself back to a natural brown color. 

When she was in her 80s, her students cut a piece of her hair and sent it to the lab for analysis to prove that she was not dyeing it! 

Wigmore claimed that grey hair is linked to mineral deficiencies, and when the body is able to boost its mineral reserves, the natural color returns.
 
Personally, my hair became darker after I started drinking these smoothies four years ago. (I swear!) I've also had at least five clients who, after drinking these every day for several months, experienced the same results. So greens may be more beneficial than we realize.
 
Here are some general tips to making your own Green Smoothies:
Blend 60% fruit to 40% greens in a blender.
Keep in mind that cucumber, tomato and bell peppers are fruits.
You can start to mix more fruits and greens as you become confident in your flavor combinations.
Add water and/or high-water content fruits first.
Then add greens, blend again.
Blend different fruits and greens every day.
Try different combinations and find what tastes best to you
Are you ready to try a Green Smoothie? Here's a recipe to get you started: 
  
Ingredients
2 bunches bok choy
1 handful arugula
2 oranges
1 mandarin
A few shavings fresh ginger (about a quarter inch)
Half tsp. blue green algae powder
Half tsp. chlorella powder
1 capsule probiotic powder
Half lime, squeezed
1 cup water 
Directions

Carefully wash all greens and peel the oranges and mandarin. 

In a blender, add the water, fruits, powders and fresh ginger and blend until smooth. 

Add the greens and blend again. 

Finally, open the probiotic capsule and add the powder to the smoothie, blending one last time until smooth. 

Smoothie will keep for up to two days in the fridge, but is best if consumed immediately.

दाँतलाई आकर्षक र चम्किलो बनाउनुहोस ।

सेतो चम्किलो दाँतको रहर कसलाई पो नहोला र ! यदि हजुरहरु पनि आफ्नो दाँतलाई आकर्षक र चम्किलो बनाउन चाहानुहुन्छ भने तलका केही उपायहरु प्रयोग गरी हेर्नुहोला ।



१. नुनमा केही थोपा कागतीको रस मिलाई टुथपेस्तझै गराई दिनहु ब्रस गरेमा केही समयमा नै दाँतलाई आकर्षक र चम्किलो बनाउन सकिन्छ ।


२. अल्कोहल, चिसो पेय पर्दाथ, चिया तथा कफिको धेरै प्रयोगले पनि दाँतलाई असर पार्ने हुदाँ यस्ता पर्दाथको कम प्रयोग गर्ने र धेरै चिसो पानी तथा पेय पर्दाथ सिधैँ गिलासबाट नपिइ स्ट्रको (straw) प्रयोग गरी पिउने गरेमा धेरै फाइदा गर्दछ ।

३. स्याउ, काउली, गाजर जस्ता तरकारीको नियमित प्रयोग गर्ने तथा बेकिङ्ग सोडा वा हाइड्रोजन पेरोक्साइडको झोलमा ब्रश डुबाएर ब्रश गर्ने गरेमा पनि दाँतलाई धेरै फाइदा गर्दछ ।

४. स्टोबेरीमा एक विशेष किसिमको इन्जाइम पाइन्छ जसले दाँतलाई आकर्षक र चम्किलो बनाउन सहयोग गर्दछ । तसर्थ यदि हजुरहरुको बसोबार क्षेत्रमा स्टोबेरी पाइन्छ भने दैनिक रुपमा एउछा स्टोबेरीले दाँतलाई बेस्सरी रगडेर सफा गर्ने र कुल्ला गर्ने गरेमा पनि दाँतलाई आकर्षक र चम्किलो बनाउन सकिन्छ ।

५. खाना खाईसकेपछि नियमितरुपमा ब्रश गर्ने तथा नास्ता खाइसकेपछि मिलेसम्म कुल्ला गर्ने वा चुइगमको प्रयोग गर्ने गरेमा दाँतलाई धेरै फाइदा गर्दछ ।

Source: योगगुरु स्वामी रामदेवले तथा अन्य विभिन्न सम्बन्धित चिकित्सकहरुले विभिन्न कार्यक्रम तथा प्रवचनको क्रममा दिनुभएको सुझावहरु ।

Warning: माथिका उपायको प्रयोग गर्दा स्वविवेकको प्रयोग गर्नुहोला भवितव्य परिमाणको उत्तरदायि यहाँहरु स्वयम हुनुहुनेछ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

हाई ब्लड प्रेसरमा के खाने, के नखाने ?


हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।
- कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।


- गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।
- पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।
- ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।
- बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

- नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।
- सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।
– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।
- खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।
- नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।
नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

- टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।
- दैनिक स्नान गर्नुस् ।
- प्रतिदिन व्यायाम गर्नुस् ।
- खूब पानी पिउनुस् ।
- रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।
- सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।
- यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!