Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, March 8, 2017

सुनकाे मुल्य ५४ हजार ७ सय

सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो। बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।

यसरी भर्नुहोस काेरियन भाषा परिक्षाकाे अन्लाइन आवेदन फारम

इपिएस टपिकको लागी परीक्षा मिति आउँदो जेठ २७ र २८ गतेलाई निर्धारण गरिएको छ जसमा पास भएर अन्य योग्यता पुगेमा करिब दश हजार २ सय जना नेपाली रोजगारीका लागी कोरिया जाने छन। त्यसको लागी १८ वर्ष पुरा भई ३९ वर्ष नघाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनीरुपमा बसोबास गरे बापत फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको नेपाली नागरिक हुनुपर्ने छ। कोरियन भाषा परीक्षा उर्तीण आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम,थर, जन्म मिति) राहादानी भन्दा फरक परेमा भाषा परीक्षामा उर्तिण भएपनि कोरिया जान नपाइने हुँदा होसपुर्वक आवेदन भर्नुपर्ने हुन्छ। इपिएस परिक्षाको आवेदन फाराम अनलाइनबाट भर्नुपर्ने हुन्छ जसका लागी इपीएस नेपालको अनलाईन आवेदन फाराम बुझाउनको लागी परीक्षार्थीहरुले eoers.epsnepal.gov.np मा गएर लग्इन गर्नुपर्ने हुनेछ। नयाँ परीक्षार्थी ‘पेपर वेस्ड टेस्ट’ लेखिएको विकल्प सेलेक्ट गर्नुपर्ने हुनेछ भने पहिला गएर आइसकेका पुराना परीक्षार्थीले ‘कम्प्युटर वेस्ड टेस्ट’ भन्ने अफसन सेलेक्ट गर्नुपर्नेछ। ग्लोबल आइएमइ बैंकबाट रकम जम्मा गरी प्राप्त गरेको भौचर नम्बर अथवा एसएमएस मार्फत आएको भौचर नम्बर सिस्टममा राखी परीक्षार्थीको पासवर्ड राखेर ‘नेक्सट्’ अपसनमा क्लिक गर्नुपर्ने छ। त्यसपछि आउने साइटमा आफ्नो पासवर्डको स्क्यान गरिएको फोटो अपलोड गर्नुपर्नेछ । फोटो जेपिइजी फरम्याटमा हुनुपर्ने छ। २५० डिपिआई रिजोलुसन भएको फोटो अपलोड गरेमा पासवर्डको डिटेल्स अटोम्याटिकरुपमा फर्ममा आउनेछ। पासवर्डको डिटेल्स अपलोड भएपछि इपिएस नेपालको आवेदन फर्म खुल्ने छ जसमा परीक्षार्थीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सो फर्मको पाँच नम्बरमा देखिने उद्योगको प्रकार र वृस्तित् कार्यक्षेत्रमा आफूले इच्छयाएको कार्य छान्नु पर्ने छ। त्यसपछि आफ्नो मोबाइल नम्बर, इमेल ठेगाना तथा इच्छाएको परिक्षा स्थान सेलेक्ट गर्नुपर्ने छ। त्यसपछि आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गरी त्यसभन्दा तलको नियम एवंम सर्तहरुमा टिक लगाई बुझाउनु पर्नेछ। कन्फरमेसन पेजमा आफूले भरेको विवरण सहि या छैन भनेर पुर्ण चेक गरेर केहि सच्याउनु परेमा इडिट बटम क्लिक गर्नुहोस र फर्म सब्मिट गर्नुहोस। फर्म सब्मिट भएपछि एसएमएस मार्फत जानकारी पाउनुहनेछ र इमेलमा परिक्षा प्रवेशपत्र प्राप्त गर्नुहुनेछ जसलाइ प्रिन्ट गरेर प्राप्त गर्न सकिने छ। यस पेज चैत ९ गते अघि भने खुल्ने छैन।

Saturday, February 25, 2017

चुनावले कक्षा ११ र १२ काे पिरक्षा सर्ने

कक्षा ११ र १२ काे पिरक्षा सरेकाे छ । स्थानिय तहकाे चुनाव बैषाख ३१ मा हुने तय भएपछि कक्षाा ११ र १२ काे पिरक्षा सर्ने भएकाे छ । र्निवाचन अायाेगले बैषाख २५ गते देखि बैषाख ३१ गते सम्म सबैविद्यालयहरु वन्द गर्न सरकारलाइ निर्देशन दिइसकेकाे हुनाले पिरक्षा सार्ने निर्णय राष्टिय पिरक्षाा वाेर्डले गरेकाे हाे ।

कर्मचारीलाई कुटपिट गरेपछि नेविसंघका नेता फरार

ललितपुर – पाटन संयुक्त क्याम्पसमा नेविसंघका विद्यार्थी नेताहरुले क्याम्पसका एक कर्मचारीलाई आक्रमण गरी सख्त घाइते बनाएका छन् । क्याम्पस प्रशासनका अनुसार घाइते हुनेमा लाइबे्ररीका सुरक्षा गार्ड सानो कान्छा तामाङ रहेका छन् । नेविसंघका इकाइ नेता तथा पाटन क्याम्पसका लागि स्ववियु सभापतिका दाबेदार समेत रहेका राजेश काफले र नेविसंघकै पाटन इकाइका कार्यबाहक अध्यक्ष रमेश राउत लगायतले तामाङलाई आक्रमण गरेका हुन् । लाईब्रेरी बन्द रहेको अबस्थामा शुक्रबार विहानै जबरजस्ती गेट खोल भन्दै तामाङलाई आक्रमण गरेको पाटन इकाइकै अखिलका एक नेताले जानकारी दिए । तामाङको पेटमा चिरिएको र अल्का अस्पतालमा उपचार गराइएको ती नेताले जानकारी दिए । आक्रमणमा संलग्न दुबै जना फरार रहेको र तिनिहरुलाई कारबाहीको दायरामा ल्याउन क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनबीच छलफल भैरहेको बताइएको छ । साभार http://www.ratopati.com/news/120358/

Thursday, November 17, 2016

एएफसी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं—एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। उपाधि विजेता टोलीलाई स्वागत गर्न युवा तथा खेलकुल मन्त्री दलजित श्रीपाली स्वयं विमानस्थल पुगेका थिए। टाेलीकाे स्वागतका लागि राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव केशवकुमार विष्ट, एन्फा कार्यवाहक अध्यक्ष मणि कुँवर, राष्ट्रिय टाेलिका पूर्व प्रशिक्षक, पूर्व कप्तान तथा राष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, कृषण थापा, बालगाेपाल महर्जन, हरि खड्कालगायत पनि ड्रमसेटलगायत बाजागाजासहित विमानस्थल पुगेका थिए। विजयी टोलीको स्वागतका लागि नेपालको यु–१४ राष्ट्रिय फुटबल टोली तथा महिला फुटबल टोली राष्ट्रिय झन्डा लिएर विमानस्थलमा पुगेको थियो। त्यस्तै हजारौं फुटबल समर्थक अाम सर्वसाधारणसमेत टाेलीकाे भव्य स्वागतमा अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले नेपाल ! नेपाल !! भन्दै नारा लगाएका थिए। उनीहरूले बाजागाजाका साथ 'याे मन त मेराे नेपाली हाे..,' 'याे नेपाली शीर उचाली..' जस्ता राष्ट्रिय गीतहरू गाएका थिए। टाेलीकाे स्वागतमा उपस्थित नेपाली राष्ट्रिय फूटबल टाेलीका पूर्व कप्तान हरि खड्काले नेपाली टाेली लामाे समयपछि सही ट्रयाकमा फर्किएकाे प्रतिक्रिया दिएका छन्। 'याे विगतमा गरिएकाे मेहनतकाे फल हाे,' उनले नागरिकसँग भने, 'याे उपलब्धिलार्इ जाेगाउँदै साफ च्याम्पियनशीप जित्न अब नेपाली टाेलीकाे लक्ष्य हुनुपर्छ।' खेलाडीकाे जीवनस्तर सुधार्न तथा उनीहरूकाे अार्थिक उन्नति र तालिमका लागि सरकारले एन्फाले विशेष पहल लिनु पर्ने उनकाे धारणा थियाे। विजयी टोलीलाई एयरपोर्टबाट गौशाला–बत्तिसपुतली–मैतिदेवी–पुतलीसडक–घण्टाघर–शहिदगेट–न्युराेड–त्रिपुरेश्वर–थापाथली–पुल्चोक–मंगलबजार–ग्वार्को परिक्रमा गराउँदै एन्फा मुख्यालय पुर्याइने छ। मंगलबार मकाउलाई १–० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कप जितेको थियो।

Friday, October 28, 2016

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति

पोखराका व्यवसायी चन्द्रकान्त बरालले जीवनमा धेरै चुनौती खेपे । अन्तत: चुनौतीलाई सामना गरेरै उनले आफूलाई सफल व्यवसायी साबित गरे । पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा उनीसहित सात जना दाजुभाइले बाँडीचुँडी खाने दुई सय रोपनी जग्गा थियो । ३६ वर्षअघि सो जग्गा कृषि विकास बैंकमा धितो राखेर बरालले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका थिए । उनले हात हालेको व्यवसाय थियो, बंगुर पालन । केही गर्छु भन्ने सोचले बंगुर पाल्न थालेका बराललाई त्यो समयमा कम्ता आपत परेन ! बाहुनको छोराले बंगुर पालेको भनेर समाजबाट आलोचना मात्र खेपेनन्, कामदार पाउन समेत मुश्किल पर्‍यो । उता बंगुर पनि भटाभट मरेपछि व्यवसाय नै डुब्यो । एक लाख रुपैयाँ चोखै गुम्यो । त्यति रकम ०३७ साल ताका ठूलै थियो । उनले लाख रुपैयाँ डुबाएपछि धितो राखेको जग्गा फर्कनेमा दाजुभाइले समेत आस गुमाएका थिए । तर, बरालले हिम्मत नहारी समस्याको डटेर सामना गरे । भ्याक्सिन नपाउँदा बंगुर सखाप पशु सेवा कार्यालयमा तालिम लिएर ग्रामीण कार्यकर्ताको अनुभव बटुलेका बरालले बंगुरको एउटा पाठा बेचेर दुई सय ५० रुपैयाँसम्म कमाउने सपना बोकेका थिए । वर्षमा दुई पटकसम्म बंगुर उत्पादन हुने र एक पटकमा १८ देखि २२ वटासम्म पाठा जन्मने हुँदा परिवारमा पनि ठूलै आशा थियो । तर, जन्मेका पाठा भकाभक मर्न थालेपछि सबै आशा खरानी भयो । भ्याक्सिन नहुँदा स्वाइन फिभर रोगले बंगुर सखाप बनाएको बराल बताउँछन् । ‘त्यतिबेला बंगुरमा लगाउने भ्याक्सिन नहुँदा मेरो सपना मात्र तुहिएन, परिवारको भविष्य नै संकटमा पर्‍यो’, उनले भने । तर, उनीभित्र आशाको झिल्को बाँकी नै थियो । एकातिर बैंकको ऋण र अर्कोतिर बंगुर पालेर धर्म गुमाएको भन्दै समाजको आलोचना खेपिरहेकै थिए, दोहोरो तनावका कारण उनले घर जान समेत बिस्तारै कम गरेका थिए । पोखरामै खोलिएको सानो फिड इन्डष्ट्रिज र पछि मिलन फिडमा बरालले जागिर खाए । सफलताको सूत्र निरन्तर मिहिनेत व्यवसाय चुर्लुम्म डुबेपछि ऋण तिर्न नसक्दा बैंकले कालोसूचीमा राख्ने तयारी गर्दै थियो । त्यसमाथि घर परिवारले समेत विश्वास कम गर्दै गरेको बेला पनि बरालले हिम्मत हारेनन् । घर भाडामा लिएर कुखुरा पाल्न सुरु गरेको उनी स्मरण गर्छन् । तर, उनलाई समस्याले पिछा गर्न छाडेन । ‘सुरुमा कुखुरा पनि रोगाएर मरे, तर मैले मिहिनेत गर्न छाडिनँ,’ बराल बताउँछन् । कुखुराका लागि आवश्यक दानाको बजार देखेपछि उनको ध्यान त्यतातिर पनि गयो । यस्तै, कुखुरा हुर्काएर बेच्दै गर्दा मासु पनि बेच्नुपर्छ भन्ने सोच आयो । त्यसले उनको आर्थिक पाटो झनै बलियो बन्दै गयो ।
हाल आएर पशुपंक्षीको दानाका लागि पोखरा बिरौटामा ‘बराल फिड इन्डष्ट्रिज’ निकै चर्चित छ । पोखरा २५ पुम्दीभुम्दी सिरवानी स्थायी घर भएका बरालले पुर्ख्यौली जग्गामै ‘हिल प्वाइन्ट पोल्ट्री फार्म’ खोल्दै १६ हजार कुखुरा पाल्दै आएका छन् । चिनियाँ सेमिअटोमेटिक प्रविधिबाट बोइलर कुखुरा पालन गरिरहेका छन् । सात महिनाको अवधिमा ८० हजारभन्दा बढी कुखुरा उत्पादन गरेका बरालले मनग्य नाफा समेत लिइसकेका छन् । आगामी तीन महिनामा तीन करोड रुपैयाँ लगानी गर्दै थप १६ हजार कुखुरा थप्ने बरालको लक्ष्य छ । उनले अमेरिका र युरोपका साथै एसियाका केही मुलुकमा अवलोकन गरी बोइलर कुखुरा पालनमा फुल्ली अटोमेटिक सिस्टम भित्र्याउन लागेको र यो नेपालमा नयाँ प्रयोग हुने दाबी गरे । बरालको पोशाक दाना उत्पादन उद्योगमा पनि लगानी छ । यस्तै, फेवा मिट प्रोडक्ट लगायत विभिन्न क्षेत्रमा उनले सफलता हासिल गरेका छन् । निरन्तरको मिहिनेतले यस्तो सफलता हात परेको उनको अनुभव छ । हिजो हेपिए, आज बने करोडपति हिजोका दिनमा बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आज भने करोडपति बनेका छन् । कतिपय ठाउँमा सुनपानीले चोख्याएर मात्र घरभित्र पस्न दिने गरेको घटना उनी सम्झिन्छन् । अहिले विभिन्न व्यवसायबाट गरी वर्षमा दुई करोड रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् । ‘काम गर्दै जाँदा सुरुमा अवरोध र आलोचना आइलाग्न सक्छ, तर जीवनमा मिहिनेत गर्न नछोडेमा सफलता अवश्य पाइने रै’छ’, बराल अनुभव सुनाउँछन् । कामलाई सम्मान गर्ने हो भने नेपालमै करोड कमाउन सकिने उनले उदाहरण देखाएका छन् ।

Saturday, October 15, 2016

मेहेनत गरे के हुन्न

बिरेन्द्रनगर 2 ढाेडेखालिमा कृषक जयराज कार्किले भैंसी पालन ब्यबशाय गर्नु भयको छ , उहाँ ले दैनिक 20 घर धुरिलाइ दुध उपलब्ध गराउदै आउनु भएको छ। घरका 2 जना सदस्य ले रोजगारी पायका छन।उहाँले यो ब्यबसायलाइ अझै बृहत बनाउन चाहनु हुन्छ तर उहाँ सग आवश्यक पुजी छैन। राज्य बाट प्राप्त हुने अनुदान टाठा बाठा र कागजी प्रकृया मिलाउनेले मात्र प्राप्त गर्छन,यस्ता इमान्दार मेहनती किशानलाई कस्ले हेर्ने ??? गरे के हुदैन र भन्ने उखानलाइ उहाँले साँच्चिकै सावित गरेर देखाउनु भएकाे छ उहाँ जस्तै मेहेनत गरेर अाफ्नै माटाे मा केहिगर्ने साेच सबै काे भयाे भने हामिलाइ विदेशमा गएर पसिना बगाउनु पर्ने छैन

Saturday, September 17, 2016

दाहाल र मोदीद्वारा २५ बुँदे संयुक्त बक्तव्य जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतवार २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । त्यसमा ५० हजार भुकम्प पीडितलाई थप एक लाख रुपैयाँ दिनेदेखि रोकिएका विकास निर्माण कार्यहरु अघि बढाउन छुट्टै संयन्त्र बनाउनेसम्मका बुँदाहरु रहेका छन् । संयुक्त बक्तव्यमा दुई पक्षीय संयन्त्रका वैठकहरु निरन्तर रुपमा वस्न र त्यसका निर्णयहरु कार्यान्वयन गर्न दुवैले निर्देशन दिइएको छ । त्यसैगरी सार्क र विमेस्टेको फ्रेमवर्क भित्र क्षेत्रीय सहकार्यलाई अगाडी वढाउने, प्रवुद्ध समूहको वैठकले दुई पक्षीय सम्वन्धलाई सुदृढ वनाउन सल्लाह दिने पनि रहेको छ । प्रधानमन्त्री दाहालले गत अघिल्लो बर्षको महाभुकम्पका बेला भारतले गरेको सहयोगको सरहना गरेको छ । साथै भारत सरकारले ५० हजार भुकम्प पीडितलाई घर वनाउन थप एक लाख दिने सहमति गरेको छ । रोकिएका विकासका परियोजनाको अनुगमन गर्न एउटा संयन्त्र वनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । जलविद्युत परियोजनाहरुलाई तिव्रता दिने, पन्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडी वढाउने सहमति गरेका छन् । नेपालले थप एयर रुटको माग गरेमा त्यस सम्बन्धमा थप छलफल गदै जाने सहमति भएको उल्लेख छ । हुलाकी राजमार्गका निर्माणलाई तिव्रता दिन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यसैगरी संयुक्त बक्तव्यमा क्रस वोर्डर रेलवे निर्माणमा भएको प्रगति समिक्षा गर्दै पाँच प्वाइन्टमा रेलवे निर्माण गर्ने ट्रान्समिसन लाइन र सवस्टेसन निर्माण कार्यलाई गति दिने निर्देशन दिएका छन् । उर्जा व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने, पेट्रोलियम पाइपलाइन निर्माणलाई तिव्रता दिने र नेपालमा विदेशी लगानीको संरक्षण गर्ने विषय पनि संयुक्त बक्तब्यको अंश बनेको छ । पशुपतिनाथको पुर्ननिर्माण र जिर्णोद्धारका लागि पशुपति विकास कोष र भारतको पुरातत्व विभागबीच छिट्टै सम्झौता गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई दाहालले दिएको नेपाल भ्रमण निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गर्दै मिति कुटनितिक माध्यममार्फत टुंगो लगाउने उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधान संशोधन प्रकृयामा सबै क्षेत्र समेटिने विश्वास संयुक्त बक्तव्यमा पनि गरेका छन् । प्रकाशित: भाद्र ३१, २०७३ कान्तिपुर ›समाचार ›कमलदेव भट्टराई http://bit.ly/2d3Y9qg

Friday, September 16, 2016

गाबिसमा काम गर्ने संस्थाले मासिक प्रतिबेदन बुझाउनु पर्ने

गाबिसमा कार्यरत सम्पूर्ण संघ संस्था हरुकाे साझेदारी बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ ।त्रैमासिक रुपमा गाबिसमा काम गर्ने संघ संस्था हरुकाे चुनाैति, उपलब्धि सिकाई तथा अागामी दिनमा गर्नुपर्ने कामकाे बारेमा छलफल गरिएको थियाे । बैठक मा गाबिस मा रहेका सराेकार निकाय का गरि ३२ भन्दा बढीको सहभागिता रहेको थियोे । कार्यक्रममा वाम का रत्ना रावत, सुन्दर नेपालका खगिसरा मर्साङगी, सेलर्डका नैनसरा बलामी, ईक्वेल एक्सेसका धर्म राज खनाल र गाेमा सुनार, अावाजका काेकिला कठायत, एकता फाउन्डेसनका दुर्गबहादुर बि क, HC3 का शान्ती थापा मगर, किर्डाक नेपालका कृष्ण बि क ले प्रतिबेदन प्रस्तुत गरेका थिए । वडा नागरिक मञ्च, सचेतना केन्द्र, महिला सञ्जाल, युवा संजाल, राजनीतिक दल ले प्रगति प्रतिबेदन माथि छलफल तथा सल्लाह सुझाव दिएका थिए । बैठकमा साझेदारी बिकास परियाेजना अन्तरगत का साझेदार संस्था र अन्य संस्था बिच अापसी छलफल गरि थप कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र साे काे जानकारी गाबिस मा दिनुपर्ने सहभागीहरुले बताएका छन् । बैठकमा गाबिस सचिव भद्रबहादुर थापाले गाबिसमा रहेका कार्यरत संघ संस्थाहरु गरेका कामहरुकाे जानकारी गराउनुपर्ने बताउनुभएको छ । USAID साझेदारी बिकास परियाेजना काे सहयाेगमा सुन्दर नेपाल संस्था काे अायाेजनामा संचालन भएको बैठक मा गाबिस कार्यालय ले समन्वय गरेकाे थियाे ।
साभार अमर कार्की बाबियाचाैर

Sunday, September 11, 2016

आजीवन पेन्सनको व्यवस्था गर्न द्वन्द्वपीडित सुरक्षाकर्मीको माग

२६ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वका पीडित सुरक्षाकर्मीका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आजीवन पेन्सनको व्यवस्था गर्न माग गरेका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले सत्य निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र आफ्ना समस्या समावेश गर्न, पीडित सुरक्षाकर्मी र परिवारलाई पीडितको पहिचानसहित सुविधाको व्यवस्था गर्न, मृतक सुरक्षाकर्मीलाई पनि शहिद घोषणा गर्न, पीडित सुरक्षाकर्मीलाई आजीवन पेन्सनको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्रीले द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई हेरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । प्रधानमन्त्रीले भने, ‘तपाईहरुले आफ्ना समस्या र मागबारे अवगत गराउनु भयो । म बुझेर आवश्यक निर्णय गराउनेछु ।’ आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सुरक्षाकर्मीका प्रतिनिधिहरु सहभागी थिए ।

Monday, March 17, 2014

मुखमैथुन गराउने शिक्षक पक्राउ

डोटी, चैत ३ – गगुडा–१ को भवानी निमावि, पलाडीमा कार्यरत शिक्षक योगेन्दबहादुर बोगटी आफ्नै विद्यार्थीलाई मुखमैथुन गर्न लगाएको आरोपमा पक्राउ परेका छन् । उनले ६ महिनादेखि चारजना बालबालिकालाई लगातार मुखमैथुन गराउँदै आएको आरोप छ ।

विभिन्न बहानामा छात्रा शौचालयमा लगेर बोगटीले उनीहरूलाई मुखमैथुन गर्न लगाउने गरेको पीडितका अभिभावकले बताएका छन् । उनले कक्षा १ र २ मा अध्ययन गर्ने चार विद्यार्थीमाथि यौनदुव्र्यवहार गर्ने गरेका हुन् । शिक्षक बोगटीलाई प्रहरीले हिरासतमा लिएको छ । उनी सोही ठाउँका स्थानीयवासी हुन् ।
बोगटीले कक्षा १ अध्ययन गर्ने पाँच वर्षीया बालिका एकजना र ६ वर्षीया दुई तथा कक्षा २ मा अध्ययन गर्ने आठ वर्षीया बालिकालाई विभिन्न बहानामा मुखमैथुन गर्न लगाएको पीडित बालिकाहरूले बताएका छन् । आरोपी शिक्षक बोगटीले छात्राका यौनांग चलाउने, आफ्नो यौनांग चलाउन लगाउने र मुखमैथुन गर्ने गरेको उनीहरूको दाबी छ ।
विद्यार्थीमाथि यौनदुव्र्यवहार भएको भन्ने आफूहरूलाई थाहा भएपछि शुक्रबारै अरोपी शिक्षक बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम पठाइसकेको चनुकाँडा प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपकबहादुर सिंहले जानकारी दिए । घटनाको स्थलगत अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ । इन्चार्ज सिंहले भने, ‘विगत लामो समयदेखि शिक्षकले त्यस्तो दुव्र्यवहार गर्दै आएका रहेछन्, हामीलाई ढिलो जरी जानकारी आयो, कारबाही प्रक्रिया अगाडि बढिसकेको छ ।’
बोगटीले कक्षा २ मा अध्ययनरत एक बालिकालाई जबरजस्ती करणी गर्ने प्रयाससमेत गरेको बताइएको छ । अभिभावकका अनुसार बालिकाहरू घरमा आएर वाकवाक गर्ने, विद्यालय जान डराउने, खाना खाँदा बान्ता गर्न थालेपछि सोधखोज गर्दा यौनदुव्र्यवहारको घटना थाहा भएको हो भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । -

Saturday, March 15, 2014

प्रधानमन्त्रीले भने– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा ?’

देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई सरकारको मन्त्रालय र देशको सिमा लगायतका विषयमा कत्तिको जानकारी होला ? सायद सवैलाई लाग्ला उनी यी सबै कुरामा जानकार नै होलान् । तर, कसैले प्रधानमन्त्री सबै कुरा जान्दछन् भन्ने सोच्यो भने गलत सावित हुनेछ ।

प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री भेटन् जानेहरुलाई प्रधानमन्त्रीले नै उल्टैै सोधिदिन्छन त्यो कुन मन्त्रालय अन्र्तगत पर्छ ? त्यो के हो ? कहाँ पर्छ ? जस्ता प्रश्न तेत्र्याउछन् ।’
यस्तै प्रधानमन्त्रीका विषयमा यस्तै रोचक तथ्य रातोपाटीले फेला पारेको छ ।
प्रंसग नं. १ – प्रधानमन्त्रीले गृहजिल्ला बाँके पुगेर ‘टनकपुर नेपालमा पर्दैन ? यो कुरा कसले भन्यो भनेर पत्रकारलाई जफाव दिए ।’ खासमा उनको त्यो अभिब्यक्ति आउनुमा उनलाई टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ भन्ने पत्तो नै नभएको रातोपाटीले तथ्य पत्ता लगाएको छ । त्यो अभिब्यतिका कारण सुशीलको निकै चर्को आलोचना भएपछि नेपालगंजमा दाजुको घरमा पुगेर उनले निजी सचिव लक्ष्मण ढकाललाई बोलाएर भने,– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ ? बुझ त ?’ ढकालले सबैतिर फोन गरेर त्यो नेपालमा पर्ने बताएपछि भोलिपल्ट विहानै उनले टनकपुरमा भारतले नेपालको ७ मिटर भुगोल मात्र मिचेको अभिब्यत्ति दिएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
प्रसंग नं. २ – फागुन २४ गते शनिवारका दिन दिउँसो १२ बजेको समयमा मध्यपश्चिम क्षेत्रका कांग्रेसका अगुवा कार्यक्रता प्रधानमन्त्रीलाइ भेट गर्न सरकारी निवास बालुवाटार पुगे । आफ्नै क्षेत्र र पार्टीका प्रधानमन्त्री भएका कारण कांग्रेस कार्यक्रताका मागका चाङ्ग नै थिए । उनीहरुले मध्यपश्चिममा बन्न लागेको अपर कर्णाली, कालिकोटमा ९ महिनादेखि बन्द शान्निघाट लघु जलबिद्युत आयोजना मर्मत, कर्णाली राजमार्ग र जाजरकोटको सडक स्तर उन्नतीका बिषयमा माग लिएर गएका थिए ।
जव ती मागहरु अगुवा कार्यक्रताले प्रधानमन्त्रीको टेबुलमा राखे । कांग्रेसका कार्यक्रताले यी बिषयमा प्रधानमन्त्रीको ध्यान जाओस् भने तव प्रधानमन्त्री मुखबाट ती कार्यक्रतालाई नै सोधे ‘ यो सडक बिभाग कुन मन्त्रालय अन्र्तगत पर्छ ? बिजुली कुन मन्त्रालय हेर्छ ?’
विकासे माग लिएर गएका कार्यक्रतालाई प्रधानमन्त्रीले यसरी प्रश्न तेस्र्याएपछि कार्यक्रताहरु मुखामुख गरे । भेटमा सहभागी एक मध्यपश्चिमका अगुवा कार्यक्रताका अनुसार ‘प्रधानमन्त्रीले सामान्य ज्ञान त राख्नु पर्ने हो नी तर सामान्य ज्ञान पनि नहनु दुःखद् कुरा हो । कोइराला थरका कारणले मात्र पार्टीको माथिल्लो निकायमा पुगेको ’ उनको भनाई छ ।
प्रसंग नं. – ३ प्रधानमन्त्री कोइराला यसभन्दा अघि दुई पटक सांसद बनेका थिए । कोइराला कहिले पनि संसदको अघिल्लो बेन्चमा बस्ने गरेका थिएनन् । उनी सधै पछाडीको कुर्सीमा बस्ने र निदाउने काम मात्र गर्ने गरेको उनीसँगै सांसद बनेको कांग्रेसका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । उनी भन्छन‘ खासै कुनै बिषयमा उनको चासो थिएन् ।’ यसभन्दा अघिका दुई संसदमा उनले कुनै पनि बिषयमा पनि संसदमा बोलेको आफुले नदेखेको उनको भनाई छ

Saturday, March 8, 2014

अफ्रिकी डान्स सेन्टरमा नेपाली चेली,

२४ फागुन, केन्या । अनेक तामझाम र औपचारिकताका साथ नेपालसहित विश्वले शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला पूर्वी अफि्रकी मुलुकमा नाच्ने कामका लागि पुर्‍याइएका नेपाली युवतीका बारे भने देशदुनियाँलाई कमै मात्र थाहा छ ।

झापा, बुधबारे घर बताउने २१ वर्षकी सुस्मिता शर्मा पूर्वी अफि्रकी मुलुक केन्याको राजधानी नैरोवी आइपुगेको ७ दिन मात्रै भयो । झापाको काँकरभिट्टा हुँदै सिलिगुडीबाट कोलकाता र त्यहाँबाट बिमान चढेर नैरोवी आएकी उनी आएकै साँझबाट पार्कल्यान्डको एउटा डान्स सेन्टरमा ‘नसोचेको नाचगान’ गर्न पुगिहालिन । केन्याका नैरोवी र मोम्बासा सहरमा एक दर्जनभन्दा बढी डान्स सेन्टर छन्, जसलाई भारतीय मूलका स्थानीय सञ्चालकले ‘मुज्रा’ भन्ने गरेका छन्, भलै त्यहाँ परम्परागत बुझाइका मुज्रा नभई चल्तीका डान्स गरिन्छ ।

अधिकांश डान्स सेन्टरमा नाच्नेहअरु २० देखि ३५ वर्षभित्रका नेपाली युवती मात्र छन् । ‘अन अराइभल भिसा’ पाइने केन्या र तान्जानियामा पर्यटक भिसामा तीन महिनाका लागि युवती ल्याएर रातभर डान्स सेन्टरमा नचाउने र दिनभर कुनै अज्ञात कोठामा थुनेर राख्ने एजेन्टहरु भारतीय र पाकिस्तानी मूलका रहेको कान्तिपुर दैनिकमा खबर छ ।

‘हाम्रो पासपोर्ट रेस्टुराँ मालिकसँगै छ, सातामा एक दिन पनि छुट्टी पाइदैन बेलुका ९ बजेदेखि विहान ४ बजेसम्मम नाचेको चाच्यै गर्नुपर्छ,’ के-वन बिल्डिङमा रहेको एउटा सेन्टरकी २५ वर्षे तामाङ युवतीले स्टेजमा नाचिरहेका बेला सुनाईन । केन्याको नियममा स्टेजमा रहेका केटीले ग्राहकको इच्छा र ‘फर्माइस’ अनुसार नाचेर देखाउन सके भने त्यस केटीमाथि पैसा फ्याँक्न पाइन्छ । तर, थुपि्रएको पैसा तत्कालै वेटरले उठाएरु मालिकहाँ लगेर बुझाइहाल्छन् ।

डान्स बारमा नाच्ने एक युवतीले भनिन् ‘दाइ मलाई नराम्ररी फसाइयो । मोबाइल पनि खोसियो, पासपोर्ट पनि साथमा छैन् । नेपालबाट मलाई यहाँ पठाउने मान्छे भन्नका लागि मात्रै मेरो लोग्ने हो, अरु एजेन्टबारे म तपाईलाई यहाँबाट निस्कन सकेँ भने बताउँला ।’

दिनभर अज्ञात स्थलमा राखेर रातभर नाच्न लगाउने डान्स सेन्टरका सञ्चालक भने युवतीलाई स्वतन्त्र छोड्दा कमाई नहुने बताउँछन् । सञ्चालक राजन थापा भन्छन्-’काठमाडौंबाट नैरोवीसम्म केटी ल्याउन कम्तीमा ३ लाख रुपैयाँ त सेटिङमा खर्च गर्छु । पैसा कमाउन गरेको व्यवसायमा केटीहरुलाई स्वतन्त्र छाडिउदएर कसरी धन्दा चल्छ ?’

भिनाजुकी पत्नी रेनुका भन्छिन्- नारी दिवस ? थाहा छैन

२४ फागुन, । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान । उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् ।

रामेछापको खिम्तीको सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।

दैनिक हजारौं गाडी र लाखौं मानिस ओहोर-दोहोर गर्ने शान्तिनगरको वागमती पुल नजिकै हावाको एक झोँक्काले धक्का दिँदा ढल्ने छाप्रोमुनि २० वर्षीया रेनुका भुजेल यद्यपि हाँसीखुसी नै देखिन्छिन् ।

केही बाँसका टाटी, थोत्रा जस्तापाता र मकिइसकेका काठले बेरिएको छाप्रोमा नयाँ साहुनीकारुपमा उनी यही फागुन १ बाट मात्रै प्रवेश गरेकी हुन् । त्यो छाप्रोमा यसअघि एकजना हजामले कपाल काट्थे, उनले फागुन १ को साइत पारेर सिलाइ मेसिन राखेर भविष्यका सपना बुन्न थालेकी छन् ।

रामेछापको खिम्तीको एक भुजेल परिवारमा जन्मेकी हुन् उनी । गरिब परिवारमा कान्छी छोरीका रुपमा जन्मेकी उनले अहिलेसम्म साउँ अक्षर पनि चिनेकी छैनन् ।

रेनुकालाई विद्यालय पुग्नै पाँच घण्टा लाग्थ्यो । बुबा आमाले पढाउन पनि चासो दिएनन् । उनका उमेरका साथीहरु आईए, बीए पास गरेर जागिरे भइसक्दा सानैदेखि भोक प्यास खेप्दै हुर्केकी रेनुका भने यतिबेला त्यही थोत्रे झुप्रोमा भविष्य खोजिरहेकी छन् ।

साली भेनाकी भएपछि..

बुबा आमाको लाडप्यारमा हुर्केकी रेनुकाकी माहिली दिदीको बिहे भएको ८ वर्ष भइसक्यो । दुःख गरेर हुर्काएका रेनुकाका दुई दिदीलाई बुबाआमाले मारे पाप पाले पुन्य भन्दै विहे गरेर जुवार्इंको घर पठाइदिए । जेठी दिदीका सन्तान भए पनि गाउँमै बिहे गरेकी माहिली दिदीको बिहे भएको ५ वर्षसम्म सन्तान भएका थिएनन् ।

बिहे गरेको यतिका समयसम्म सन्तान नभएपछि रेनुकाका भिनाजु शिवहरि भुजेल रन्थनिएका थिए । ‘साली कसको भेनाको’ नेपाली उखान राम्ररी बुझेका शिवहरिले फकाएपछि रेनुका तीन वर्षअघि दिदीको सौता लाग्न पुगिन् ।

भिनाजुले फकाएपछि बाबुअमालाई थाहै नदिई भागेकी रेनुका अढाइ वर्षसम्म रामेछापमै बसिन् । ‘दुई महिनासम्म दिदीसँग बोलचाल भएन, त्यसपछि दिदीले पनि आइ त गइस् अब कति दिन भागेर हिँड्छेस् भनेर बोलाइन्’, रेनुकाले भनिन् ।

छ महिनाअघि दिदीले सँगै बस्न बोलाएपछि रेनुका काठमाडौं छिरेकी हुन् । ‘दिदीले जे भयो भै गो, अब आइज, सँगै बसौं भनेपछि काठमाडौं छिरेकी हुँ’, रेनुकाले सुनाइन्, ‘म अनपढले गर्नु गल्ती गरिसकेँ, अब दिदीसँग मिलेर बस्ने कोशिसमा छु ।’

भिनाजुको सन्तानको चाहना पूरा गर्न दिदीको सौता लाग्न पुगेकी रेनुकाले भिनाजुलाई पति बनाएको वर्षदिनमै छोरी जन्माइन् । बहिनी आमा बनेको ६ महिना नबित्दै दिदी मीना पनि छोरीकी आमा भइन् ।

दिदी मीनाले मानिसका घर-घरमा पुगेर भाँडा माझ्ने र लुगा धुने काम गरेर केही आम्दानी गर्छिन् । पतिले घर बनाउने र अन्य सानातिना निर्माणको ठेक्कामा हात हालेका छन् ।

‘मलाई पनि केही गरेर खान मन लाग्यो अनि यहाँका बाँस ठेकेदार दाइलाई सिलाइ मेशिन छ, मैले साह्रै दुःख पाएकी छु भनेपछि हजामको सामान निकालेर मलाई बस्न दिएका हुन् ।’ रेनुकाले सुनाइन् ।

भत्कन लागेको छाप्रामा रेनुकाले व्यवसाय थालेको महिना दिन पनि भएको छैन । ‘अहिले त दिनमा ३ जना जति मात्रै आउँछन्, त्यो पनि नयाँ सिलाउन भन्दा थोत्रा टाली माग्न मात्रै’, उनले भनिन्, ‘दिनमा बल्लतल्ल ५० देखि ८० रुपैयाँमात्र आम्दानी हुन्छ ।’

Renuka-Bhujel

आम्दानी विवरण पतिलाई

दिदी मीना बिहानै उठेर अरुकहाँ भाँडा माझ्न निस्किन्छिन् । सानातिना निर्माणका ठेक्का गर्ने पति पनि विहानै काममा लाग्छन् । दिदी-बहिनी दुबैले जति कमाए पनि सबै हिसाब पतिलाई बुझाउनुपर्छ ।

‘दिदीले जति कमाए पनि दैनिक हिसाब बुझाउँछिन्, मैले पनि बुझाउने गरेकी छु’, अन्तरराष्ट्रिय नारी दिवसका दिन रेनुकाले अनलाइनखबरसँग भनिन्, ‘आम्दानी भएन भने पनि पतिलाई भन्नैपर्छ ।’

आफूहरुको आम्दानीको हिसाब खोज्ने पतिसँग मीना र रेनुकाले कहिलेकाँही उनको आम्दानीको पनि हिसाब खोज्छन् । तर पतिले उनीहरुलाई कहिल्यै कमाएको पैसाबारे बताउँदैनन् । ‘खान दिएकै छु, लाउन दिएकै छु, किन चाहियो तिमीहरुलाई हिसाब भनेर पतिले टार्छन् ।’ रेनुकाले भनिन् ।

गरिब भएकोमा रेनुकालाई साह्रै चित्त दुखेको छ । ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी भने आफ्नो र छोरीको भविष्यको पिरलोमा थिइन् । ‘के गर्नु गरिबले दुख भए पनि खुसीसाथ बस्नुपर्छ, अहिले गरिब भएर के भो त, छाप्रोमै भए पनि लुगा सिलाउन थालेकी छु, थोरै कमाइ हुँदैछ’, रेनुका भन्छिन्, ‘मैलेजस्तो अनपढ भएर मेरी छोरीलाई बस्न दिन्न, पढेकी भएँ म पनि किन पो दिदीको सौता आउँथे र, छोरीलाई धेरै पढाएर मैले जस्तो दुःख भुक्तान गर्न दिन्न ।’

नारी दिवस ? मलाई केही थाहा छैन

काठमाडौंका सडकमा सुकिला-मुकिला लुगा लाएका महिला ८ मार्च मनाउन सडकमा निस्केका बेला रेनुका जस्ता गरीखाने वर्गका महिलालाई दुई छाक टार्नकै चिन्ता छ । ‘अन्तर्राष्ट्रिय नारी दिवसबारे मलाई केही थाहा छैन’, रेनुकाले सुनाइन्, ‘यो दिवसबारे म केही जान्दिँन, जुलुसमा पनि कसैले बोलाएका पनि छैनन् ।’

भिनाजुले बाँडेका सपना

बिहे गर्नुअघिसम्म भिनाजुले आफूलाई फकाउन बाँडेका सपना रेनुकाका आँखामा झलझली घुमिरहेका छन् । भत्कन लागेको छाप्रामा नजर डुलाउँदै रेनुका भावनामा बग्दैथिइन् । ‘विहे नगरुन्जेल पुरुषले यति धेरै माया गर्छु, मनमा सजाएर राख्छु भन्दा रहेछन्’, रेनुकाले सुनाइन्,- ‘विहेपछि भने वास्ता पनि गर्दैनन्, हामीले अलिक ठूलो स्वरले बोल्यो भने आँखा तरेर हेर्छन्, उस्तै परे हात हाल्न पनि पछि पर्दैनन् ।’

पढ्न लेख्न नपाएकाले रेनुकाले ठूला सपना सजाएकी छैनन् । ‘मेरो जीवनमा ठूलो सपना केही छैन, यही छाप्रे पसल चलिदिए हुन्थ्यो’ रेनुका भन्छिन्, ‘नानी सानी भएकाले ऊ ठूली भएपछि केही गर्ने योजना छ ।’

माया बराबर

दिदीसँग सौता आए पनि आफू र दिदी रेनुका दुबैलाई अहिलेसम्म बराबर माया गरेका छन् रे भेनाले । ‘दुईजना पत्नी भए पनि बुढाले हामी दुबैलाई बराबर माया गर्छन्, कहिलेकाहीँ झगडा हुँदा सौताको व्यवहार हुन्छ ।’ रेनुका भन्छिन् ।

दुईवटी पत्नी बनाएका शिवहरिले आफूले मात्रै दुईजनालाई पाल्न नसक्ने बताएपछि दुबै दिदी-बहिनी काममा लागेका हुन् । काम गरेर पैसा कमाओ भनेपछि दुबैजना आम्दानी गर्न जुटेका हुन् ।

दिदीको मन दुखाउँदिन

कानुनका नजरमा गलत गरेर दिदीको सौता लागेकी रेनुका दिदीको बोझ बन्न चाहन्नन् । महिलाका नजरमा सबैभन्दा ठूलो शत्रु सौता हो । तर, दिदीका नजरमा ठूलो शत्रु बनेकी रेनुका परिश्रम गरेर दिदीसँगै हाँसीखुशी बस्ने सपना बुन्दैछिन् । ‘दिदीका सन्तान भएनन् भनेर कोख भर्न आएकी थिएँ, मैले छोरी जन्माएपछि दिदीले पनि जन्माइन्’, रेनुकाले सुनाइन्, ‘अब पछुताएर के गर्नु, जे भयो भयो अब आफू पनि हाँसीखुसी रमाउने कोशिस गर्छु, दिदीको पनि मन दुखाउँदिन ।’

२४ फागुन, काठमाडौं । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान । उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् । रामेछापको खिम्तीको सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।

- See more at: http://www.onlinekhabar.com/2014/03/174200/#sthash.7JpSkhy3.JiORROnO.dpuf

Friday, March 7, 2014

बोक्सीको नाममा आमालाई शोषण

साहित्यकार कृष्ण धरावासीकी आमा अम्बिका भट्टराई विधवा भएपछि गाउँलेले बोक्सीको आरोप लगाए। पति हुँदासम्म केही भन्ने आँट नगरेका गाउँलेले विधवा हुनासाथ ६५ वर्षीया भट्टराईलाई बोक्सीको आरोप लगाउँदै कुरा काट्थे।

'भट्टराईनी बज्यै त बोक्सी हुन्, अब धामीझाँकी लगाउनुपर्छ, बोक्सी आइमाई काम्दै आउँछे', गाउँभरि यस्तै कुरा हुन्थे।

'मेरी बूढी आमा धामीझाँक्री लगाउने भन्ने सुनेर रातभरि जागै बस्नुभयो', धरावासीले आमालाई बोक्सीको आरोप लगाउँदाको पीडा बिहीबार राजधानीमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा सुनाउँदा धेरैका आँखा रसाए। 'मेरा पनि नातिनातिनी दुब्लापातला छन्, म पनि निदाएँ भने बोलाउँछन् होला अनि तिमीहरूलाई क स्तो असर पर्ला भनेर सुत्नुहुन्नथ्यो', उनले २०५५ सालको घिनलाग्दो घटना सम्झिए।

कैलालीकी राजकुमारी रानाले बोक्सीका नाममा भोगेको पीडा छोरा रविबहादुरले सुनाइरहँदा त्यहाँ भेला भएकालाई पत्याउ नै गाह्रो पर्‍यो। घटना यस्तो थियो, बिहानै ४ बजे करिब ४० जनाको समूहमा आएका गाउँलेले राजकुमारीलाई सुतेको ठाउँबाट तानेर आगनमा लगे।

राजकुमारीको बोक्सी विद्याले आठ वर्षअगाडि आफ्नो गर्भपतन भएको भन्दै एक छिमेकीले हातपात गर्न थाले। भेला भएका गाउँले पनि खनिए। कैंची र ब्लेडले कपाल खौरिदिए। नांगै बनाएर लुगा जलाइदिए। घरघरबाट दिसापिसाब ल्याएर ख्वाए। यौनांगमा लठ्ठीसमेत कोचिदिए। उनको एउटा आँखा फुट्यो तर सहयोग गर्न कोही आए। उनलाई बोक्सीको आरोपमा यातना दिनेमा आफन्त पनि थिए। 'मेरी आमालाई आरोप लगाउनेमा आफन्त पनि थिए।' रविबहादुरले भने, 'यस्तो पीडा अर्की महिलाले सहन नपरोस्।' घटनाका दोषी अहिलेसम्म फरार छन्।

'लैंगिक हिंसा न्यूनीकरणका लागि तपाईं हाम्रो प्रतिबद्धता' कार्यक्रममा बोक्सीविरुद्धको ऐन ल्याउने अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै हलबाट बाहिरिन लागेका महिला, बालबालिका तथा समाजक ल्याण सचिव दिनेशहरि अधिकारीलाई बीचैमा रोक्दै बाँकेकी अमृता खड्काले प्रश्न गरिन्, 'हामी आइमाईका लागि सरकार छैन, किन?' आफ्नै छोराले बोक्सीको आरोप लगाएर यातना दिएको उनको वृत्तान्त सुनेपछि सचिवले आफूलाई पनि पीडाबोध भएको र यस घटनाबारे आधिकारिक रूपमा बुझ्न र उपचारको बाटोमा लाग्न जिम्मेवार प्रहरीलाई अनुरोध गर्ने बताए।

सरकारका प्रतिनिधिका रूपमा कार्यक्रममा उपस्थित सचिव अधिकारीसँग न्याय मागिरहेकी अमृताको पीडा झन् दर्दनाक छ।

नौ महिनासम्म गर्भमा राखेर जन्माएको छोराले नै बोक्सीको आरोपमा गाउँले बटुलेर आमालाई मरणासन्न हुने गरी कुटपिट गरे। ३४ वर्षीय छोरा तेजजंग खड्काले बोक्सीको आरोप लगाएर कुटपिट गर्‍यो भनेर ६६ वर्षीया अमृताले प्रहरी कार्यालयमा उजुरी नै गरिन् तर प्रहरीले घरझगडा घरमै मिलाउनु भन्दै फर्काइदियो। पछि स्थानीय पत्रपत्रिकामा उनको बारेमा समाचार प्रकाशित भएपछि गत वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा बल्ल उजुरी दर्ता गराएकी छन्।

प्रहरीले मुद्दा अदालतमा पेस गरेपछि वैशाख २८ गते पाँच हजार रुपैयाँ धरौटीमा छुटे। जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

तेजजंगले आफ्नो छोरालाई बोक्सी लगाएर बिरामी पारेको भन्दै आमालाई अपमान मात्रै गरेनन्, मरणासन्न हुने गरी पिटे। छोरासँग बस्न नसक्ने भएपछि छोरीको घरमा गएर बस्न थालिन्। त्यहाँ पनि केही महिनापछि 'आफ्नी छोरीलाई बोक्सी लगाएर बिरामी पारेको' आरोपमा उनी घरबाट निकालिइन्। आफ्नो पतिको मृत्युपछि छोराछोरीले समेत पालैपालो बोक्सीको आरोप लगाएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ। पुस्तौंदेखिको यो कुरीतिको सिकार अझै पनि धेरै महिला भइरहेका छन्।

कार्यक्रममा अन्नपूर्ण पोस्ट्का सम्पादक गुणराज लुइँटेलले बोक्सीको आरोप लगाई यातना र आक्रमण हुँदा ज्यानै जाने भएकाले ज्यान मार्ने उद्योग वा हत्या सरह कारबाही गर्ने कानुन बनाउन सञ्चारमाध्यमले दबाब दिनुपर्ने बताए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकका अनुसार यस वर्ष ६९ जना महिला बोक्सीको आरोपमा प्रताडित भएका छन्। उजुरी नै नभएका या बाहिर नै नआएका संख्या योभन्दा निकै बढी हुन सक्छन्। यद्यपि फितलो कानुनी कारबाहीका कारणले अझै पनि पीडितले न्याय पाएको अवस्था छैन।

अदालतको महलको दफा १० को(ख)मा 'कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोपमा यातना दिने, घर निकाला गर्नेलगायतका काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँचदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

पीडितलाई न्याय दिलाउनका लागि राष्ट्रिय महिला आयोगले तयार पारेर तीन वर्षअगाडि नै महिला मन्त्रालय पठाइसकेको बोक्सी विधेयकलाई जति सक्दो चाँडै संसद्मार्फत पारित गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुखअतिथि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बताए।

राष्ट्रपतिको उधारो सपनामा यसरी डुबे खनाल

एमाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे नेताहरू दुई धु्रवमा बाँडिए । एकातिर संसदीय दलका नेता केपी ओली थिए भने अर्कोतिर आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका पूर्व प्रधानमन्त्री माधव नेपाल । तर, अध्यक्ष खनाल भने बैठकमा मौन बसे ।

संसदीय दलको चुनावमा माधव नेपालसँग सहकार्य गरेका खनालको पछिल्लो रवैयाले नेपाल–माधव गठबन्धन कायम रहनेमा आशंका गरिएको छ ।
आगामी अध्यक्षको आकांक्षा राखेका वरिष्ठ नेता नेपाल संसदीय दलको चुनावमा बनेको नयाँ समीकरण तोड्न र आफ्नो तयारी गर्न केही समय लाग्ने भएकाले महाधिवेशन मिति केही पर धकेल्ने पक्षमा रहेको एमालेभित्र चर्चा हुन थालेको छ । संसदीय दलका नेता ओली र उपाध्यक्ष वामदेव गौतमको पक्ष छिटै महाधिवेशन टुंग्याएर नेतृत्व हस्तान्तरणको पक्षमा उभिएको बताइएको छ । दुवै समूहको चासो आगामी महाधिवेशनमा पार्टी कब्जा गर्ने हो । तर, अध्यक्षको रेसमा नरहेका खनाल चाहिं रमिता हेरेर बसेका छन् । उनले भावी नाफा घाटा हेरेर आफ्नो कदम चाल्ने स्रोतको भनाइ छ । स्थायी समितिले पहिले ९ वैशाख र पछि ३ जेठका लागि महाधिवेशनको प्रस्ताव ल्याएको थियो । उक्त निर्णय पनि विवादमा परेको थियो । पछिल्लो निर्णय अनुसार २४ जेठका लागि महाधिवेशन तय भएको छ ।
एमालेभित्र ओली र गौतम समर्थक केन्द्रीय सदस्यहरूले महाधिवेशनका लागि अवधि पुगेकाले ३ जेठमै गरिहाल्नुपर्ने माग उठाएका थिए । तर, नेपालनिकट केन्द्रीय सदस्यहरूले भने वैचारिक बहस र सांगठनिक तयारीका लागि पर्याप्त समय दिएर महाधिवेशन गर्नुपर्ने तर्क पेश गरेका थिए । केन्द्रीय समिति बैठकमा यति धेरै महाभारत हुँदा पनि अध्यक्ष खनाल पक्षधर नेताहरूले मनोरन्जन लिएका थिए न यता न उताको मोर्चामा गएर । यद्यपि संसदीय दलको चुनावमा ओलीसँग हार खाएपछि खनाल र ओलीको सम्बन्ध राम्रो छैन । संसदीय दलको चुनाव हारेपछि ओलीले खनाललाई भावी राष्ट्रपति बनाउने आश्वासन दिएर न्यूटल गर्ने कदम चालेका थिए । उधारो राष्ट्रपतिमा र्‍याल काढेर बसेका खनाललाई आफ्नो कित्तामा दृढताका साथ उभिन नेपालले आग्रह गरिरहेका छन् । महाधिवेशनको मितिबारे मौन बसेका अध्यक्ष खनाल जेठभित्रै गर्न पाए हुने भन्दै आफू नजिकका नेताहरूसँग बताएका थिए । अध्यक्ष खनाल अब निर्णय लिंदा संसदीय दलको चुनावको जस्तो नहोस् भन्नेमा सचेत रहेको पनि एमाले स्रोतको भनाइ छ ।
बैठकमा नेपाल निकटका युवराज ज्ञवाली, सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसाल, वेदुराम भुसाल र जगन्नाथ खतिवडा, रघुजी पन्त, योगेश भट्टराई, ठाकुर गैरे लगायतले सैद्धान्तिक–वैचारिक तयारीका लागि समय दिएर महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा राखेका थिए । सदस्यता नवीकरणका लागि समय नपुग्ने भएकाले पनि ३ जेठमा महाधिवेशन मुश्किल हुने नेपालपक्षका नेताहरूको दाबी छ ।
दुई समूहबीच राष्ट्रिय प्रतिनिधि परिषद् बैठक मार्फत विधान संशोधन गरेर महाधिवेशनमा जाने कि सीधै महाधिवेशनले विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरू स्वत: प्रतिनिधि हुने वा तलबाटै निर्वाचित भएर आउने भन्नेमा पनि विवाद देखिएको थियो । नेपालपक्षीय नेताहरू महाधिवेशनअघि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक गरी विधान संशोधन गर्नुपर्ने र केन्द्रीय सदस्यहरू स्वत: प्रतिनिधि हुनुपर्ने पक्षमा छन् । ओली र गौतमपक्षीय सदस्यहरू महाधिवेशनले नै विधान संशोधन गर्नुपर्ने र केन्द्रीय सदस्यहरू पनि तलबाटै निर्वाचित भएर प्रतिनिधि हुनुपर्ने अडानमा रहेका थिए । तर, आठौं महाधिवेशनले केन्द्रीय समितिका सबै महाधिवेशनको स्वत: प्रतिनिधि हुने प्रणाली अन्त्य गरी सबैले निर्वाचित हुनुपर्ने विधान पारित गरेको थियो ।

मेचीदेखि महाकालीसम्म अत्याधुनिक रेल !

रेल सेवालाई संसारभर सुविधा सम्पन्न र सस्तो यातायातका रुपमा लिने गरिन्छ ।

पछिल्लो समय संसारका धेरै देशले अत्याधुनिक रेल सञ्चालनमा ल्याएर यो सेवा अझै प्रभावकारी बनाइरहेका छन् । तर नेपालमा भने रेलसेवा सुरु भएको ७० वर्षसम्म पनि प्रभावकारी हुन सकेको छैन ।

नेपालको जनकपुरबाट जयनगरसम्मको २९ किलोमिटरमा मात्र चल्ने रेल सेवाको कन्तविजोग छ । पछिल्लो समय पूर्वपश्चिम रेलमार्गको चर्चाले नेपाली नागरिकमा आधुनिक रेल चढ्ने इच्छा पुरा हुने आशा पलाएको छ । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम नै सुरु गरिसकेको छ । पूर्व मेचीबाट पश्चिम महाकालीसम्म संसारमै चर्चित रेल कम्पनीका अत्याधुनिक रेल सञ्चालन गर्ने सरकारको तयारी छ । यो रेलमार्गको निर्माणपछि नेपालीले युरोप र अमेरिकामा सञ्चालन हुने आधुनिक रेल चढ्न पाउने छन् । सन् २०१८ मा पुरा गर्ने लक्ष्य राखिएको यो रेलमार्गको निर्माण पुरा हुने मिति भने अहिले नै यकिन गर्न नसकिने भौतिक पुर्बाधार तथा यातायात ब्यवस्था मन्त्रालयले बताएको छ ।
मन्त्रालयको रेल विभागका अनुसार पूर्वपश्चिम रेल मार्गको सम्भाव्यता अध्ययनपछि अहिले विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ । त्यसो त यो रेलमार्गमध्ये जयनगर—बर्दिवास खण्डमा झण्डै पाँच किलोमिटर र विराटनगर खण्डमा झण्डै १२ किलोमिटर ट्रयाक बोर्ड खोल्ने काम समेत भइसकेको छ । विभागका महानिर्देशक रामेश्वरमान सिंहका अनुसार मेची महाकालीको नौ सय ४५ किलोमिटर रेल मार्गलाई विभिन्न खण्डमा विभाजन गरिएको छ ।
त्यसमा काठमाडौदेखि पोखरासम्म १ सय ८७ किलोमिटरको रेलमार्ग पनि पर्छ । यो मार्गको पाँचवर्षदेखि सम्भाव्यता अध्ययन शुरु भएको थियो । अहिले पनि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपालको सिल्ट कन्सल्टेन्ट, भारतको राइटस इन्डिया र कोरियाका विभिन्न तीनवटा कम्पनी पूर्वपश्चिम रेलमार्गको निर्माणका विभिन्न प्रक्रियामा सहभागी भएका छन् । विभिन्न खण्डको विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपीआर बनाउने काम भैरहेको छ ।
मोरङको बिराटनगर—जोगवनी र जयनगर—बर्दिवास खण्डमा अहिले जग्गा अधिग्रहणको काम भैरहेको छ । लगभग यी खण्डमा जग्गा अधिग्रहणको सकिन थालेको महानिर्देशक सिंहले जानकारी दिनुभयो । पूर्वपश्चिम रेल मार्गका लागि चालु आर्थिक वर्षमा सरकारले एक अर्ब ४० करोड रुपैयाँ रकम छुट्याएको छ । पूर्वपश्चिम राजमार्गको नजिकैबाट जोडिने भएकाले रेलमार्गबाट पनि प्रमुख शहरहरु जोड्नेगरी सहायक मार्गहरु बनाउने सरकारको तयारी छ । तराईका भारतीय सीमासंग नजिक रहेका शहरहरु काँकडभिट्टा, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जमा लिङ्क मार्ग राखिने छ । यसको कुल लम्बाई ७२ किलोमिटर हुनेछ । लिङ्क मार्गका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको छ ।

रेलमार्गलाई कसरी जुट्दैछ रकम ?  

सरकारले पूर्वपश्चिम रेलमार्गलाई राष्ट्रिय गौरबको आयोजनामा सूचीकृत गरेको छ । यसको सबै काम सक्न साढे ६ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान छ । अहिलेसम्म सरकारले आन्तरिक श्रोतबाटै यसको काम अघि बढाइरहेको छ । पूर्वपश्चिम रेलमार्गमा आर्थिक वर्ष ०६५/६६ देखि रकम विनियोजन भैरहेको छ । विभागका महानिर्देशक सिंहले तत्कालका लागि आफ्नै स्रोत साधनबाट काम भैरहेको बताउनुभयो । डिपिआर तयार भएपछि विभिन्न दातृ निकायसंग सहयोगका लागि आग्रह गर्ने उहाँको भनाई छ ।
मुअव्जा दिनुपर्ने भएका कारण आयोजना शुरुमा अनुमान गरिएभन्दा भन्दापनि महंगो पर्ने सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वी नेपालका दुईवटा खण्डको मुअव्जाको काम सकिनै लाग्दा ठाउँ ठाउँमा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष लगायत तराईका संरक्षण क्षेत्रबाट रेल मार्ग सञ्चालनमा समस्या पर्ने देखिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन र निकुञ्जको अनुमतिले गर्दा रेलमार्गको डिपिआर निर्माणका लागि समेत समस्या परेको रेल विभागले जनाएको छ । सबै खण्डको डिपिआर तयार भएपछि आर्थिक सहयाताका लागि आह्वान गर्ने तयारी सरकारको छ ।

काठमाडौमा मेट्रो रेल

पूर्वपश्चिम र प्रमुख शहर जोड्ने मात्र होइन सरकारले राजधानी काठमाडौंमा पनि मेट्रो रेलको योजना अगाडि बढाएको छ । घन्टौंसम्म गाडीको जामको समस्या हटाउनका लागि काठमाडौं उपत्यक भित्र मेट्रो रेलसेवाको खाका तयार पारेको सरकारले जनाएको छ । अहिलेको चक्रपथ भित्र र बाहिरका ठाउँलाई जोड्नेगरी ५ वटा लाइन प्रस्ताव गरिएको छ । झण्डै ६६  किलोमिटर लामो रेल सञ्जालको मुख्य केन्द्र भने अहिलेको बस, टेम्पोको मुख्य ठाउँ अर्थात रत्नपार्कनै बनाउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । यसको अध्ययन पनि नेपाल र कोरियाका कम्पनीले गरेका थिए ।
काठमाडौंमा तीन तहमा मेट्रो रेलसेवा संचालन गर्ने गरी डिपिआर तयार भइरहेको छ । काठमाडौं उपत्यकामा जमिनमुनि, जमिनमाथि र जमिनको सतहमा गरी तीन प्रकारका रेल मार्गको कल्पना गरिएको छ । रत्नपार्क जोड्नेगरी बनाइने झण्डै ३५ किलोमिटर रेललाइनले चक्रपथका सबैजसो चोकलाई छुनेछ । हरेक चोकमा यात्रु चढ्ने र ओर्लने स्टेशन समेत बनाईने योजना छ ।

जनकपुर जयनगर रेलको विजोग

सरकारले देशैभरका नागरिकलाई प्रभाव पार्ने गरी काम थालेपनि भएको जनकपुर रेलको अवस्था भने दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको छ । सात दशक भन्दा धेरै समयको इतिहास बोकेको  नेपालको एक मात्र रेल जनकपुर—जयनगर रेल सेवाको भने स्तर उन्नती हुन सकेको छैन । पहिले निकै आम्दानी गर्ने यो रेलसेवाले अहिले कर्मचारी खर्च समेत उठाउन सकेको छैन । धेरैजसो रकम कर्मचारीको तलब सुविधामा खर्च हुने गरेको छ । जनकपुर र आसपासका बासिन्दाले रेल सेवा कहिलेकाँही  नियमित संचालन नहुँदा आफूूहरु मर्कामा परेको बताएका छन् ।
पहिले जनकपुर रेल्वे भारतीय सीमावर्ती जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालन हुन्थ्यो । तर कमजोर व्यवस्थापनका कारण अहिले जनकपुर जयनगरमै सीमित छ । धनुषा जिल्लाका झण्डै दुई दर्जन गाउँ बिकास समितिलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र साधन हो । आफूले जनकपुर रेल्वेको सुधारमा काम गरिरहेको रेल्वेका सहायक प्रबन्धक रामेश्वर यादवले बताउनुभयो । अहिले पनि आर्थिक अवस्था निकैनै कमजोर छ ।
जनकपुर जयनगर रेल्वे यात्रु नभएका कारणले आर्थिक अवस्था कमजोर भएको भने होइन । रेल सञ्चालन भएका बेला हेर्दा संसारमै उदाहरणीय रुपमा मानिसको ओहोर दोहोर देखिन्छ  ।  रेलको छत, झ्याल, ढोका र फल्याक राखेर समेत यात्रु आवतजावत गर्ने गरेका छन् ।

वामदेवलाई फुटपाथ पसलेको ठाडो चुनौती

जिफन्टसमेत गृहमन्त्रीको विरोधमा उत्रियो

rayali

२३ फागुन, काठमाडौं । सिंहदरबारमा पदबहाली गरेकै दिन गृहमन्त्री वामदेव गौतमले राजधानीका सडकहरुमा अव्यवस्थित रुपमा खोलिएका फुटपाथे पसलहरु हटाएर सडकलाई व्यवस्थित गराउने प्रतिवद्धता जनाएका थिए । गौतमको प्रतिवद्धतालगत्तै गृहमन्त्रालयले ११ दिनदेखि फुटपाथका पसल हटाउने अभियान जारी राखेको छ ।

तर, एमाले नेतृत्वको गृहमन्त्रालयको यो अभियानलाई चुनौती दिँदै फुटपाथका पसलेहरुले विहीबार राजधानीको सुन्धाराबाट र्‍यालीसमेत निकालेका छन् । र्‍यालीमा एमालेका मजदुरसमेत सामेल भएका छन् ।
सडकलाई व्यवस्थित गराउने अभिव्यिक्त दिएका गृहमन्त्रीका लागि सडक व्यापारीहरुले थालेको यो आन्दोलन एउटा जटिल चुनौतीको विषय बन्न पुगेको छ । गौतमले दाबी गरेजस्तै राजधानीका सडकहरु खाली गर्न र व्यवस्थित बनाउन सजिलो र सहज छैन भन्ने विहीबारको जुलुसले स्पष्ट देखाइसकेको छ ।
गृहमन्त्रीले बल प्रयोग गराएर राजधानीका सडक र खुल्लामञ्च खाली गाउने हो भने विगतमा बाबुराम भट्टराईको सरकारले सुकुम्वासीलाई हटाएजस्तै विरोध आउन सक्छ । तर, फुटपाथे पसलहरुलाई यत्तिकै रहन दिने हो भने सहकमा हिँड्नै नसकिने अवस्था आउन सक्छ । यतिबेला आकाशे पुल, सडकमा यात्रुहरु हिँड्ने पेटी, सार्वजनिक स्थल एवं सार्वजनिक सभा गर्ने खुल्लामञ्चसमेत सडक व्यापारीहरुले कब्जामा लिएको अवस्था छ ।
जिफन्टसमेत वामदेवको विरोधमा
एमाले नेता वामदेव गौतमले फुटपाथका पसल हटाउन निर्देशन दिएपछि गृहमन्त्रालयले फुटपाथका पसल हटाउने अभियान शुरु गरेको छ । तर, यसको विरोधमा विहीबार एमालेकै जनवर्गीय संगठन जिफन्टका कार्यकर्तासमेत झण्डा लिएर सडकमा ओर्लिएका छन् । आफ्नै पार्टीका उपाध्यक्षको नेतृत्वमा रहेको गृहमन्त्रालयले थालेको अभियानलाई असफल गराउने आन्दोलनमा एमालेकै मजदुरहरु सडकमा उत्रिएपछि यो समस्या झनै जटिल बन्न पुगेको छ ।
गृहमन्त्रालयको अभियानको विरोध गर्दै विहीबार सुन्धाराबाट प्रदर्शन गरिएको जुलुसमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का साथै राष्ट्रिय स्वरोजगार व्यापार संघको ब्यानर देखिएको थियो । जुलुसपछि कोणसभामा बोल्दै जिफन्टका नेताहरुले सरकारले विकल्प नदिई फुटपाथका पसल हटाउन नपाउने चेतावनी दिएका छन् । सरकारले जनतालाई रोजगारी दिन सक्देन भने विकल्प दिनुपर्ने एमालेकै मजदुर नेताहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले भने आफ्नै घरमा पसल राख्नुबाहेक अर्को विकल्प नभएको भन्दै दबाव दिएर सार्वजनिक सडक एवं खुल्ला मञ्चमा पसल चलाउन नपाइने भन्दै गृहमन्त्रालयको निर्देशनअनुसार पसल हटाइएको जवाफ प्रतिक्रिया दिएका छन् ।
फुटपाथ पसलेहरुले यतिबेला आकाशे पुल र सडकका पेटीमात्रै नभई खुल्लामञ्चभित्रै पसलहरु सञ्चालन गर्दै आइरहेका छन् ।
futhpath

Thursday, March 6, 2014

क्यान्सर पीडित ६ वर्षीय बालकलाई ९ वर्षीया बालिकाद्धारा १० हजार उपचार सहयोग

काठमाडौं, फाल्गुन २२ । नौ वर्षीया बालिका रैना शाहले रक्त क्यान्सरबाट पीडित ६ वर्षीय बालक दिपेश श्रेष्ठको उपचार खर्चका लागि १० हजार रुपैयाँ सहयोग गरेर सामाजिक सेवाको एउटा उदाहरण प्रस्तुत गरेकी छिन्

। शाहले आफ्नो खाजा खर्चबाट जम्मा गरेको रकम तथा जन्मदिनका अवसरमा उपहार स्वरुप प्राप्त भएको रकम संकलन गरी १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण गोरखा, बोर्लाङ ४ का बालक दिपेश श्रेष्ठले उचित उपचार गराउन समस्या भोगिरहेका छन् ।

यस्तै, उनको उपचारका लागि अमेरिकामा सैलुन र स्पा व्यवसाय चलाउँदै आएका दुई नेपाली महिलाले ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका रेणु शाह र युभा राणाले उपचारका लागि रकम सहयोग गरेका हुन् । अमेरिकामा युनिभर्सल सैलुन तथा स्पा व्यवसाय चलाउँदै आएका शाह र राणाले उनीहरुको कमाईबाट दैनिक पाँच डलर जम्मा गरेर सहयोग रकम पठाएका हुन् ।

अमेरिकाबाट आएको ४० हजार रुपैयाँमा आफ्नो तर्फबाट थप १० हजार रुपैयाँ थपेर चेल्सी इन्टरनेसनल विद्यालयमा कक्षा तीनमा अध्ययरत रैना शाहले आज जन्मदिनको अवसर पारेर कुल ५० हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

अमेरिकाबाट सहयोग प्रदान गर्ने रेणु शाह र युभा राणाले आगामी दिनमा पनि रकम जम्मा गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्यान्सर पीडित दिपेश श्रेष्ठका बुवा दीपक श्रेष्ठले विदेशमा बस्ने दाजुभाइ–दिदीबहीनीहरुले यस्तै सहयोग गर्दै आए थुप्रै पीडितको दुःख कम हुने बताए । सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले छोराको उपचारमा अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

उनले छोराको उपचार गर्न १७ लाख लाग्ने बताए । उनले छोरोको जीवन रक्षाका लागि ग्लोबल आइएमइ बैंकको खाता नं. १११२०९०५६१०८ मा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

आफूसँग भएको सम्पति बेचेर हाल कान्ति अस्पतालमा छोराको उपचार गराइरहेको उनले बताए  ।

गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा जन्मियो बच्चा

बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाइ ट्वाइलेटमा बच्चा जम्माएकी छिन् । पेट दुखेपछि उनी विहानै शौचालय गरेकी थिइन, जहाँ उनले बच्चा जन्माइन्।

वेल्स काउन्टीकी गैनो जेप्कोले २.९ किलो वजन भएको बच्चा जम्माएको मिरर न्यूजले जनाएको छ । बच्चाको नाम ओले जेम्स राखिएको छ ।
जेप्कोले आफू गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् । ‘लगातार पीरियड भइरहेको थियो । तर, तौल केही बढेको थियो’ उनले भनेकी छिन्-’गर्भवती भएको कुनै लक्ष्यण देखिएन । न मर्निङ सिकनेस, न दुखाइ ।’

यो समयमा उनले सुपर मार्केटमा काम गरिरहिन् । यतिसम्म कि उनले म्याराथुनमा समेत भाग लिइन । अहिले बच्चा जन्माएको समयका आधारमा हिसाव गर्दा त्यसबेला ५ महिनाको गर्भ थियो ।

उनका अनुसार क्रिसमसम्म उनको तौल बढेको थिएन । तर, त्यसपछि केही बढ्यो । उनले भने पार्टीहरुमा धेरै खानाले यस्तो भएको अनुमान गरिन् ।

चिकित्सकहरुका अनुसार ६०० मा एक महिलालाई गर्भवती भएको थाहा नहुन सक्छ ।