Friday, February 24, 2017
विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’
Sunday, October 9, 2016
Saturday, October 8, 2016
युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा
Saturday, October 1, 2016
यस्तो छ १८ बर्षमै मोडलिङ्मा जमेकी बिनाको सफलता
Monday, March 17, 2014
काफलघारीमा बाँदरको आतंक
कास्की (काफलघारी) चैत ३ – पोखराबाट ७ किलोमिटर पूर्व लागेपछि कास्कीको कालिका गाविस काफलघारीमा पुगिन्छ ।
Saturday, March 15, 2014
कृषिबाटै सक्षम र उदाहरणीय बन्छु: बिनिता बराल
चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा बढि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् ।
अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँगको संक्षिप्त कुराकानीःरंगिन रंगमञ्चलाई छाडेर किन सबैले हेपेको कृषिमा आउनुभयो ?
रंगमञ्चलाई छाडेको छैन । हामी कृषि प्रधान देशमा जन्मिएका हुनाले कृषि हामी सबैको कर्तब्य हो । मैले पनि कृषिमा केही योगदान गर्न सक्छु किनकी म एक जना कृषकको छोरी भएको नाताले केही गर्न सक्छु भन्ने आंटले यता लागेकी हुँ । सबैले हेँला गरेको पेशा भईदियो कृषि जबकि नेपाल सक्षम हुने एउटै मात्र आधार हो । मैले कृषिमा आफ्नो उत्तरदायित्व सम्झेर लागेकी हुं ।
सिनेमा नपाएर कृषिमा लाग्नुभएको त होईन रु असफल हुन्छु भन्ने डरले कृषिमा लागेपछि चर्चा पाईन्छ भनेर पो हो कि र?
कतिपयले यसरी पनि हल्ला गरेको पाएँ । मेरो चपली हाईट भन्ने सिनेमाले कति सफलता पायो भन्ने त सबैलाई थाहा भएकै कुरा हो । त्यो हिसाबले त असफल भन्न नमिल्ने नै हो । मैले फिल्म क्षेत्र त छाडेकै छैन नि । मेरो बिचारमा कृषि क्षेत्र त्यस्तो पेशा होइन जुन अन्य क्षेत्रबाट असफल भएपछि मात्र गरिन्छ । तैंले केही गर्न सकिनस् अब हलो जोतेर खा भन्ने पेशा कृषि हुंदै
होईन । यस्तै सोंच ,बिचार र संस्कृतिले गर्दा नेपालमा युवाहरु कृषिमा आउन नसकेका हुन् ।
त्यसोभए अब समाजसेवा पनि गरौं भन्ने मनसायले यता आउनु भएको हो र?
होईन ठ्याक्कै समाजसेवा भनेर मात्रै म यो पेशामा आएको होईन । कृषिबाट म आंफै सक्षम भएर समाजलाई उदाहरण देखाउन खोजेको हो । कृषिमा मैले आफ्नो भबिष्य खोजिरहेकी छु । मलाई कृषिमा भबिष्य छ भनेर पनि थाहा छ । म आफै पनि पैसा कमाउन चाहन्छु र समाजलाई पनि सकारात्मक सन्देश दिन चाहन्छु । बिशेषतः युवा पुस्तालाई, त्यसैले पनि म कृषिमा लागेकी हुं । कृषि प्रधान देशमा बसेर, किसानकै छोराछोरी भएर कृषि पेशा गर्नेलाई हेला गर्ने संस्कृतिले कसरी देशको बिकास हुन सक्छ ?
कृषिबाटै जीवन धानिन्छ जस्तो लाग्छ र?
मैले जीवन धान्ने आधार र सक्षम हुने आधार नै कृषि बनाउन खोजेकी हुँ । म कृषिकर्म गरेरै कार चढ्ने बन्न
चाहन्छु । कृषि गरेरै ठुलो महल खडा गर्न चाहन्छु । मलाई कृषिबाट राम्रो भबिष्य बनाउन सकिन्छ भन्ने देखाउनु छ ।
त्यसोभए तपांई किसान र?
हो , तर किसान र सिनेकर्मी दुवै । तर कसैले किसान विनिता भन्दा बढि गर्वको अनुभुति हुन्छ ।
कृषकलाई कसरी बुझ्नुहुन्छ ?
मैले किसान भन्दा त्यस्तो ब्यक्ति जसको शारिरिक शक्ति , मानसिक शक्ति उसको धैर्यता , क्षमता र उसको एकतालाई बढि बुझ्छु । तर साधारणतया मानिसहरुले किसान भन्नासाथ मैला लुगा लगाएको पसिना आउने ,मकै ,चिउरा खाईराखेको सबैभन्दा निम्नस्तरको जीवन बाँच्ने
बुझ्छन् । तर मैले त्यसरी बुझ्दिन । किसान भनेको महान् मान्छे हो ।
हाल कृषिमा के के गरिरहनुभएको छ र?
मैले टोखाको १० रोपनी जग्गामा सिजनल अर्गानिक तरकारी खेती गरिरहेकी छु । त्यो बाहेक लाजिम्पाटको सांग्रीला होटेल अगाडि अर्गानिक पसल पनि खोलेकी छु । दःुख गरेर उत्पादन गरेर मात्र हुँदो रहेनछ त्यसलाई सही तरिकाले बेच्न नसक्दा नोक्सान हुनेरहेछ भन्ने बुझेर हामीले लाजिम्पाटमा सानो अर्गानिक आउटलेट पनि राखेका छौं । यो काममा म मात्रै एक्लै होइन हामी दुईजना छौ । निरन्जन जी र
म । हामीले पाट्नरशिपमा यो फर्म सञ्चालन गरेका छौं ।
अर्गानिक खेतीतर्फ कसरी लाग्नुभयो र?
हामीले कृषि गर्ने त भन्यौं तर फेरी मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने बिषादी राखेर ब्यापार गर्दा हामी जस्तो बुझेका मान्छेले गर्न हुँदैन बरु नबुझेका मानिसलाई पनि जनचेतना फैलाउनुपर्छ र प्रेरणा दिनुपर्छ भनेर हामी लागेका हौं । पैसा कमाउने
मात्र उद्देश्य राखेको भए म पनि बिषादीयुक्त खेती गर्न जान्थे होला । मानिसलाई स्वस्थ राख्न खाना खुवाउने हो न कि झन् रोगको कारण बनाउन । यसैले अर्गानिक खेती तर्फ लागियो । सबैको घरमा क्यान्सर अथवा कुनै न कुनै रोग हुनुको कारण बिषादीले नै गर्दा हो । त्यसैले नेपालबाट बिषादीलाई हटाउनुपर्छ भन्ने अभियानमा म लागेकी हुँ ।
Wednesday, March 12, 2014
अब पानीबाट रक्सी बन्ने
केही दिनअघि सम्म भगवानले मात्र पानीलाई पानीलाई रक्सीमा परिवर्तन गर्न सक्थे । तर अब जोकोहीले यसो गर्न सक्ने छन् । यसको लागि तपाईंहरुले केवल ४९९ डर तिरेर मिराकल बोतल किन्नुपर्ने छ ।
यो बोतलले काम गर्ने प्रक्रिया निकै सरल छ, यसमा पानी हाल्नुहोस्, बाहिर वाइन निस्किन्छ । सबैभन्दा रामाइलो कुरा के छ, यसमा विभिन्न स्वाद र प्रकारको वाइन पनि बनाउन सकिन्छ । यस्तो चमत्कारी मेसिनको निर्माण गर्ने कम्पनी हो अमेरिकाको क्यालिफोर्नियामा रहेको कस्टमभाइन । यस मेसिनलाई प्रयोग गर्न प्रयोगकर्ताले उक्त मेसिनमा रहेको डब्बमा आवश्यक सामग्री राख्नुपर्छ । त्यसपछि त्यसको मेनुमा रहेको वाइनको प्रकार छानेर त्यसमा पानी हालेर मेसिनलाई चालु गर्नुपर्छ । केही समय पर्खेपछि त्यस बोतलमा रक्सी निर्माण हुन्छ । रक्सी भयो कि भएन भनेर तपाईंले जाँच पनि गरिराख्नुपर्दैन । यसलाई तपाईंको स्मार्टफोनमा जोडेर प्रक्रियालाई जहाँकहीँ बसेर नियाल्न सक्नुहुनेछ । यो प्रक्रिया पूर्णरुपमा सकिन र पानीबाट वाइन बन्न करिब ३ दिन समय मात्र लाग्छ । यस कम्पनीका सिइओ केभिन बोयर भन्छन्, ‘यसले केही सामग्री राखेपछि पानीलाई वाइन बनाउँछ । यो गर्दा समय र पैसा दुवैको वचत हुन्छ ।’ एउटा बोतल वाइन बन्दा करिब २ डलर मात्र खर्च लाग्ने गर्छ । अहिले कम्पनीले यस प्रकारको मेसिनको व्यवसायिक रुपमा निर्माण गर्नका लागि अहिले किकस्टार्टरमा रकम संकलन गर्दैछ ।
Friday, March 7, 2014
विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे
नायिका रेजिना उप्रेतीसँग विवाह बन्धनमा बाँधिएकै भोली पल्ट उनका पति सुरज पोखरेल लण्डन उडेका छन् ।
खुलामञ्चमा सुरुवाल, आकासेपुलमा लिपिस्टिक (फोटोफिचर)
राजधानीका सार्वजनिकस्थल व्यापारीको कब्जामा
माघ, काठमाडौं । पञ्चायतकालमा राजनीतिक दललाई काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने छुट थिएन । यद्यपि खुल्लामञ्च अहिलेजस्तो अतिक्रमित अवस्थामा थिएन । लोकतन्त्रमा त झनै राजधानीमा कम्तिमा एउटा आमसभास्थल सुरक्षित रहनुपर्नेमा कट्टु र सुरुवालको व्यापार गर्ने थलोमा रुपान्तरित भएको छ काठमाडौंको खुल्लामञ्च ।
Thursday, March 6, 2014
टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि आयो !
के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।
सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्तेजना पैदा गर्नेछन् ।
फन्डवियर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै :
मोबाइलको कारण नायिका क्षितिजा तनावमा : “म नेता होइन, अभिनेत्री हुँ प्लिज”
सधैं बजीरहने मोबाइलको रिङ्ग टोन पनि आज कर्कश लाग्न थालेको छ उहाँलाई । एउटासँगको धन्यवाद र बधाइ खान पाएको छैन पुनः अर्को रिङ्ग टोन….उफ् …….हरे राम…….! हेलो….दिदीलाई बधाई छ…..शुभकामना….“कङ्ग्राच्युलेसन”……! राम्रो गर्नु पर्छ अब त, सबैलाई काम गरेर देखाउनु पर्छ………यस्तै यस्तै शुभकामना र बधाइहरुले आजकल दिन भरी नै कान टट्याई रहेको छ मोडल तथा नायिका क्षितिजा शाक्यको
। सोचमा पर्नु हुन्छ उहाँ र कल्पनाले झप्पक्क छोप्छ एक क्षण “आफूद्धारा अभिनित चलचित्र मिस नेपालको भरखर मात्र काठमाण्डौंका केहि हलहरुमा च्यारिटी सो प्रर्दशन भएको थियो ….सोचेको भन्दा पनि राम्रा बनेछ “मिस नेपाल” ! अभिनय राम्रो गर्ने प्रयास त गरेकै हो, पर्दामा त झनै राम्रो पो भए छ की क्या हो ! मेरो अभिनयबाट प्रभावित भएर मलाई यत्रो बधाइ र शुभकामना …….होइन, होइन……यति मात्र त अवश्य होइन ।” दोस्रो दिन त दिन भरी मोबाइल अफ गर्न बाध्य नै हुनु प¥यो । कसलाई भन्ने ! के गर्ने ! उफ्……..! तेस्रो दिन मोबाइल अन मात्र के गरिएको थियो फेरि त्यहि ताल ………! के भइरहेको छ यो ! कसको काम होला !…..अनि बिगतमा भएका यस्तै अपरिचितका अनौठा बातचितहरुको स्मरण गर्नु भयो नायिका शाक्यले । “ओहो….! केहि महिना अघि पनि मलाई यसरी नै कल आउने गरेको थ्यो । कोशेली ल्याएको छु……तपाईको बसोवास कहाँ निर हो ?…..रड् कहाँ झार्ने हो…..सिमेन्ट…..आदि इत्यादि । …स्मरण नटुङ्गिदै पुनः कल “म नेता होइन, अभिनेत्री हुँ प्लिज…….ए त्यसो पो ! …..म शिक्षा मन्त्रि ज्यू होइन ।” बल्ल पो पत्तो लागेछ, शिक्षा मन्त्रि चित्रलेखा यादबको मोबाइल नं. सँग मिल्दो जुल्दो भएकै कारण केहि दिन यतादेखि यत्रो तनाव झेल्नु परिरहेको रहेछ नायिका क्षितिजालाई, धन्न पत्तो पाइन । हत्तेरी मिल्दो जुल्दो नम्बरले पनि कति दुःख पाइने रहेछWednesday, March 5, 2014
चराले पनि गर्छन् सम्बन्ध बिच्छेद
काठमाडौं, फागुन २१ - एक अर्कासंग चित्त नबुझे दाम्पत्य जीवनमा समस्या आउन कुनै नौलो होइन ।
अब यस्तो भयो भने चल्छन् नेपाली फिल्म
Monday, March 3, 2014
Sunday, March 2, 2014
यसरी मनाइन् गीतकार निराले आफ्नो जन्मदिन
नरेन्द्र प्यासीको स्वरमा रहेको म त तिम्रो मान्छे बन्न सकिन, प्रमोद खरेलको आवाजमा सजिएको मनको घाउ निको पार्ने जस्ता चर्चित गितकी रचनाकार निरा पिजीले चितवनको एक विद्यालयलाई आर्थिक सहयोग गरेकी छिन् ।
आफ्नो जन्मदिनको अवसरमा निराले चितवनको जगतपुर गाविसमा रहेको रा.प्रा.बी घौलाघारीलाई सो आर्थिक सहयोग गरेकी हुन् । विद्यालयमा भएको शैक्षिक गुणस्तर वृद्धिका लागि आयोजना गरिएको सहयोग संकलन कार्यक्रममा निराले १० हजार १ सय र गित संगीतको अर्को कार्यक्रमका लागि ६ हजार सहयोग गरेकी छिन् ।वि.स २०५९ सालको बाढी प्रभावित सो स्कूलमा दलित बोटे लगायत गरिब एवम् जेहेन्दार २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । कास्की जिल्लाको पोखरामा जन्मिएकी गितकार निरा हाल युकेमा स्थाई बसोबास गर्दै आएकी छिन् । समाज सेवामा रुची राख्ने निराले २०६९ सालमा आफ्नो एकल शब्द रचना र संगितकार राजकुमार बगरको एकल संगितमा निरासा एल्बमलाई नेपाली संगित बजारमा ल्याएकी थिइन् ।
गायक, नरेन्द्र प्यासी, प्रमोद खरेल, गायिका अन्जु पन्त र अन्जना गुरुङ्गको स्वरमा सजिएको सो एल्बमले उनीलाई एकल गितकारको रुपमा समेत चिनाइसकेको छ । आफ्नै व्यक्तिगत जीवन भोगाइका क्षणहरुलाई गितमा उतारेको बताउने निराको निरासा एल्बमको गित म त तिम्रो मान्छे बन्न सकिन ले यसै वर्ष सम्पन्न कालिका एफ.एम म्युजिक अवार्ड २०७० मा सर्वोत्कृष्ट सुगम संगित गायन पुरुष तर्फ गायक नरेन्द्र प्यासी र सर्वोत्कृष्ट सुगम संगित तर्फ संगितकार राजकुमार बगरले अवार्ड समेत हात पारेका थिए ।
Saturday, March 1, 2014
'छ एकान छ' लाई अष्ट्रेलियामा २० लाख
नेपालमा सफल हास्यब्यङ्ग फिल्म 'छ एकान छ' ले अष्ट्रेलियामा २० लाख रुपैयाँ संकलन गरेको छ । दर्शकहरुको चाहना अनुसार उक्त चलचित्रलाई आयोजकले ४ शो थप गर्नुपरेको छ ।
सिड्नीका साथै अष्ट्रेलियाकै सातवटै प्रमुख सहरहरुमा प्रदर्शन भइरहेको यो चलचित्रलाई यहाँका दर्शकहरुले अत्याधिक मन पराएको आयोजकले बताएको छ । सिड्नीमा ५ सो र अन्य शहरहरुको सबै शो हाउसफुल भएको छ । सिड्नीका साथै यो चलचित्र ब्रिसबन, एडिलेड, पर्थ, मेलबर्न, गोल्डकोष्ट, डार्बिन र तास्मानियामा प्रदर्शन गरिरहिएको छ । एजुकेशन पार्क र प्यासिफिक हिमालयन मनी ट्रान्सफरले यो चलचित्रलाई १० लाख ५० हजार तिरेर अष्ट्रेलियाभरि प्रदर्शनको अनुमती लिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष भूपाल सिटौलाले अहिलेसम्मको कलेक्सन हेर्दा करिब २० लाखको हाराहारीमा टिकट बिक्रीबाट रकम संकलन भएको सुनाए । उनका अनुसार सबै सहरहरुमा हाउसफुल भइसकेको यो चलचित्र ६ हजारभन्दा बढी दर्शकहरुले हेरेर मनोरञ्जन लिनेछन् । उक्त चलचित्रले करिब डेढ बर्षअघि ल्याइएको चलचित्र लुटकै हाराहारीमा सफलता पाएको छ । 'वास्तवमा राम्रो चलचित्र निर्माण गर्ने हो भने बिदेशमा पनि नेपाली चलचित्रले बजार पाउँछ भन्ने यो प्रमाण हो,' अध्यक्ष सिटौलाल भने । उनले चाँडै नै यस्तै गुणस्तर भएको नेपाली चलचित्र प्रदर्शनको लागि ल्याउने तयारी भइरहेको सुनाए ।
सिड्नीमा जम्मा ५ शो मात्र गर्ने उद्देश्य राखिएको भएपनि दर्शकको अनुरोधका कारण आयोजकले ४ शो थप गरेको छ । यसैगरि नारी हकहितमा काम गरिरहेको संस्था नारी निकुञ्जलाई समेत एक शो प्रदर्शनका लागि सित्तैमा चलचित्र उपलब्ध गराएको छ ।
तितो सत्य, जिरे खुसार्नी लगायतका हाँस्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, निता ढुङ्गाना, सिताराम कट्टेल, केदार घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्र हास्यरसले भरिनुका साथै सामाजिक सन्देश समेत रहेको छ । दर्शकहरुले चलचित्रलाई अहिलेसम्मकै उत्कृट चलचित्र भएको बताए । सिड्नीमा चलचित्र हेरेर फर्किएका प्रकाश खरेलले लामो समयपछि गुणस्तरीय चलचित्र हेर्न पाएको प्रतिक्रिया दिदै यस्तै चलचित्र निर्माण गर्नुपर्ने सुझाव दिए ।
पछिल्ला समयमा नेपाली चलचित्रहरुले अष्ट्रेलियामा राम्रो बजार लिदै आइरहेको छ । नेपालमा बनेका सबै चलचित्रले अष्ट्रेलियाको बजार नपाएपनि नेपालमा सफल मानिएका प्राय चलचित्रहरुले अष्ट्रेलियाका नेपाली दर्शकहरुको राम्रो माया पाउँदै आएका छन् ।
ध्रमपान गर्नेको नाम बटुल्दै प्रहरी
बझाङ, फागुन १७ – सार्वजनिक स्थानमा धुम्रपान गर्दै हुनुहुन्छ भने होसियार । जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक स्थानमा धुम्रपान गर्नेको नामावली संकलन सुरु गरेको छ ।
आइतबार प्रहरीले गस्ती गर्दै सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुको नाम संकलन थालेको हो ।
पहिलो चरणका उनीहरुलाई समान्य सुझाव दिने र त्यसभन्दा पछाडी अरु कारवाही गर्ने तयारीमा प्रहरी रहेको आजको नयाँ पत्रिकामा यो समचार छापिएको छ ।
Friday, February 28, 2014
‘काली’ रेखा अब ‘हिम्मतवाली’
‘काली’ चलचित्रको अपार सफल्तापछि अब नायिका रेखा थापा ‘हिम्मतवाली’ भएर आउँदैछिन् ।
Wednesday, February 26, 2014
मोदीका लागी नांगिइन् मोडेल
भावी भारतको प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको समर्थनमा एउटा मोडेलले न्युड फोटो सुट गराइएकी छिन् ।
मोडल तथा नायिका मेघना पटेलले मोदीको समर्थनमा आफ्नो शरीरको कपडा उतारेकी हुन् ।
भारतीय जनता पार्टीले नायिकाले नाङ्गो फोटो सुट गरेर मोदीको प्रचार गरेकोमा आपत्ती जनाउँदै भनेको छ, “प्रचार गर्नु पर्ने हो पार्टीको तरिकाबाट गरिनुपथ्र्यो ।” तर, त्यसको बिरोध गर्दै पटेलले भनेकि छन् “मैले अश्लिलता फैलाएको हैन् । मेरो मायाको प्रदर्शन मात्र गरेकी हुँ – मोदीका लागी भारतीय जनता र बिजेपीका लागी ।”