Showing posts with label अन्तर्राष्ट्रिय. Show all posts
Showing posts with label अन्तर्राष्ट्रिय. Show all posts

Wednesday, March 8, 2017

सुनकाे मुल्य ५४ हजार ७ सय

सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो। बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।

Thursday, March 2, 2017

बिकास निर्माणमा युवाको सहभागीता

प्रेम ढुंगाना मुम्बई- देशमा बढ्दो गरिबी, बेरोजगारी, उच्च शिक्षा प्राप्तिका समस्या आदि विभिन्न समस्याका कारणले लाखौ लाख नेपाली युवाहरु बिदेसिएका छन । यसरी प्रवासीने नेपाली एसिया, युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका आदि महादेशमा छ्न । भारतमा कति प्रवासी नेपाली छन भनेर नेपाल सरकार र भारत सरकार संग यसको तथ्यांक छैन । भारत प्रवासमा कार्यरत नेपाली जन संगठनको ठम्याइ अनुसार करिब ४० देखि ५० लाख युवा भारतमा रहेको अनुमान गर्न सकिन्छ । यसरी प्रवासिने नेपाली युवाहरु बिश्वका कुना कुनामा र गल्लि गल्लीमा, खाडी मुलुकको ५२ डिग्री तापक्रममा श्रम गरि रहेका छन । नेपाली युवा प्रवासिने रहरले होईन बाध्यताले हो । स्वदेशमै रोजगारी, शिक्षा, दिक्षा प्रगतिका उपाय भएको भए बिदेशीने ती युवा हरु आफ्ना आमा बुवा, छोराछोरी, घरखेत, खोला नाला र जन्म भुमी नै छोडेर आशुँका धारा चुहाउँदै ‘बाचे भेटौला’ भन्दै विदेशिनु पर्ने थिएन । प्रवासमा कतै पुँजीपतिले नेपाली चेलीको अस्तित्व लुटेका चित्कार गुर्जिन्छ्न त कतै कारखानाको मेसिनमा परेर ज्यान नै जान्छ । कतिपयकोे हत्या भएर रातो बाकसमा प्याक भएर लास नेपाल आउँछ । यो समस्या समाधानका लागि राज्य सत्ता चलाईरहेका नेताले कहिले सोच्ने ? अहिलेसम्म अरु सबै बिषयमा केही भए गरेको देखिन्छ तर युवाको बिषयमा भने ठोस योजना पारित भएको छैन । एक वर्षमा ४ लाख युवाहरुलाई रोजगार दिलाउछु भनेर नेकपा एमाले पार्टीले आफ्नो घोषणा पत्रमा जारी गरेको र अरु कुनै पार्टीले युवाको बिषयमा सोचेको देखिएन । निबर्तमान केपि ओली सरकारले ल्याएको योजना अनुसार युवा परिषद भनेर गठन भएको छ । सबै जिल्ला हरुमा युवा परिषद गठन पनि भइ सकेको छ । अब यो युवा परिषदले युवाहरुलाई सीप, कला र क्षमता योग्यता अनुसारको काम, माम र दाम दिन तर्फ अग्रसर हुनैपर्छ । नेपालको आमूल परिवर्तनको निम्ति बिगत २००७ साल देखि अहिले सम्मका विभिन्न आन्दोलनहरुमा नेपालका होनहार युवा हरुको महत्वपूर्ण भुमिका रहेको छ । कति युवाहरुले त्यो आन्दोलनमा परि शहादत प्राप्त गरेकाछन भने त कति युवाहरु अंग भंग भएको इतिहास हामी संग छ । अब त्यसो हो भने के आम नेपाली यूवाहरुले देशमा आन्दोलन गर्दै शाशन सत्तामा परिवर्तन गराइदिने र आफूहरु विदेशमा काम गर्न जाने भनेर त कदापी होईन होला । उनिहरुले आफ्नै देशमा केही गर्नुपर्छ, शाशन सत्ताको परिवर्तन पश्चात युवाहरुले पनि राहत महसुस गर्न पाउलान भन्ने आश र अपेक्षाका कारण नै उनिहरु सहभागी बनेका होलान नि कि कसो ? नेपालका राजनीति दलले नेपालका दक्ष युवा हरुलाई ‘युज एण्ड थ्रो’ गरेको देखिएको छ । चुनावी माहोलमा पार्टीको झन्डा बोकेर हिड्ने तिनै युवा हरु हुन्छन जब निर्वाचन सम्पन्न हुन्छ भने जस्तो केही उपाय नपाए पछि फेरि निराश भएर बिदेशिने युवा पनि तिनै हुनछन । नेपालका युवा शक्ति विना नेपालको कुनै पनि आन्दोलन सफल भएको छैन । देश र जनताको लागि आफ्नो ज्यान नै आहुती दिने युवा हरुलाई किन स्वदेशमै रोजगारीको बाताबरण श्रृजना भएन वा गरिएन ? सहानुभूतिले मात्र देश बन्दैन । देश बनाउन हिम्मत, परिश्रम, अनुभव र सक्षम नेतृत्व चाहिन्छ । त्यसैले देशका कर्णदार भनेर चिनिने जुझारु युवा शक्तिको देश निर्माण कार्यमा ठूलो खाँचो छ । अब युवाहरु एकताको मियो बनेर आउनु पर्छ । बिखण्डनकारी अतिवादी विरुद्ध सुनामी बन्नु पर्छ । नेपाल आमाको रक्षा गर्न सच्चा देश भक्त सपूत बनेर युवाहरु शान्तीगामी नेपाली जनताको दियो बनेर अगाडी बढ्नु पर्छ । देशका युवा शक्ति प्रदेसी जीवनयापन गरिरहेका छन । गाउँ घर र सिङ्गो देश युवा बिहिन छ । बुढा आमा बुवाहरु बुढेशकालमा समेत चिन्तामा बाँच्न विवश छन । बालकहरु टुहुरा भयका छन । दिनमा करोडौं रुपैँया नेपालमा रेमिटेन्समार्फत पठाइरहेकाछन । बिदेशी भुमिमा रगत र पसिना बगाएर, ज्यानको बाजी लगाएर हाम्रा युवा शक्तिले काम गरिरहेका छन । तर नेपालमा बस्ने राजनेताहरुले प्रवाशी नपालीहरुका पिडाहरुलाई बुझ्न सकेका छैनन । यदि यो पीडा कुनै पार्टीले बुझेको छ भने त्यो पार्टीको नाम हो नेकपा एमाले ! एमाले पार्टीको भिजन योजना र सम्माननिय प्रधानमन्त्री केपी ओलीले अघि सार्नुभएको योजना अनुसार काम गर्न पाएको भए पक्कै पनि नेपालमा यूवाहरुका लागि केहि गर्ने अवसरहर सिर्जना हुन्थे । नेपालको मुहार बदलिने थियो । यतिधेरै युवा शक्ति विदेसिने थिएनन तर बिडम्बना काम गर्ने क्षमता र हिम्मत भएको मान्छेलाई नेपालमा काम गर्न दिदैनन । यदि यो सरकार पुरा अवधी टिक्न सकेको भए लाखोँ नेपाली युवाहरुले श्रण प्राप्त गर्दै आफ्नो सिर्जनशीलता आफ्नै भुमिमा पोख्न पाउने थिए । जसले गर्दा नेपाल झन मलिलो हुने थियो र देशले कम्तिमा पनि आर्थीक सम्वृद्वता तर्फ अग्रसर हुने मौका पाउने थियो । दिनहुँ सयौँ नेपालीहरु विदेश जान लाम लाग्ने थिएनन । बरु त्यो लाम देश बनाउने ठाँउमा, देशको रुप परिवर्तन गर्ने ठाँउमा, विकास निर्माण गर्ने ठाँउमा लाग्थ्यो । देश निर्माण र नेपाली युवाहरुको निम्ति आएको राम्रो योजना पारित नै हुन नदिएर आ–आफ्नो स्वार्थको लागि सरकार बनाउने र ढाल्ने खेलमा लाग्छन नेपालका हाम्रा आदरणीय नेताहरु । बर्तमान केपि ओलि नेतृत्वको लोक प्रिय सरकारलाई ढालेर नौ महिना माओवादी केन्द्र ले सरकारको नेतृत्व गर्ने अनि नौ महिना नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने सहमति भएको कुरा बाहिर आएको छ । नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने देशमा कसरी बिकास निर्माण होला । देसको अर्थतन्त्रको हालत के होला । अनि देश कसरी अगाडि बढ्न सक्छ ? आदरणीय बिकास प्रेमी नेता ज्यु, एक बच्चा स्वस्थ् रुपमा जन्मिन त नौ महिना भन्दा बढि समय कुर्नुपर्ने हुन्छ । यहाँ त देशलाई जवान बनाउने कुरा छ, देशको समुन्नती गर्ने कुरा छ । देशलाई आर्थीक, सामाजीक अनि सांस्कृतीक रुपमा आत्मजिनर्भर अनि विकसित बनाउने कुरा छ । अनि कसरी त्यो काम, योजना सम्पन्न हुनसक्छ र नौ महिनामा ? नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने तपाई हरु अझ देसलाई दस वर्ष पछाडी धकेल्ने काम गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोस नेपालमा परिवर्तनको निम्ति लोक प्रिय काम एमाले पार्टी बाट मात्र देखिएको कुरा अब नेपाली जनताले बिर्सने छैनन् । बिसं २०५१ सालमा मनमोहन अधिकारीको शासन काल र बर्तमान केपि ओलिको नौ महिने कार्यकालमा भएका काम जस्तो इतिहासमा कसैले पनि गर्न सकेनन । सबल र समृद्धि राष्ट्र निर्माणका निम्ति जस्तो सुकै परिस्थितिमा पनि अगाडी बढ्दै, लोकप्रियता आर्जन गर्दै गरेको अबस्थामा काम गर्ने हिम्मत र आट भएको क्षमतावान व्यक्ती लाई काम गर्न किन यो सरकारलाई दिइएन ? के यहाँहरुको पार्टीले देखाएका सिपनाहरु यिनै हुन त जनतालाई हरेक नौ नौ महिनामा सरकार परिवर्तन मात्रै गर्ने ? अब देशको अवस्था परिवर्तन गर्न तिर लाग्नुपर्ने बेलामा तपाइहरु आफ्नो र आफ्नाहरुको अवस्था परिवर्तन गर्दै हिडिरहनुभएको छ । के यहि हो त यहाँहरुको चाहना, आज सिगों प्रवाशी नेपाली समाज दुःखी छ । भावविवहल छ यहाँहरुका लज्जास्पद गतिविधिबाट, सत्ता मोहबाट । युवा हरुको निम्ति साच्चै योजना र कार्यक्रम आएको भए नेपालको युवा शक्ति बिदेसीने अबस्था आउने थिएन । अर्काको देशमा रगत र पसिना बगाउने युवाहरु के आफ्नो देशमा अवसर सिर्जना गरिएको खण्डमा बगाउन सक्दैनन् ? अबस्य सक्छन । अनि युवा देश निर्माणको कार्यमा जुट्ने माध्यम राज्य बाट मिल्यो भने नेपालको बिकास हुन कुनै असम्भव छैन । देशमा थुप्रै सम्भावना हुदाहुदै पनि बिकास हुन सकिरहेको छैन । बिकास नचाहने नेताका कारण आज देश बिश्व को दुई नम्बर गरिब देशमा परिणत हुदैछ । नेपाली युवा हरु अबसरको खोजीमा छन अबसर पाएका छैनन । अब युवाहरुलाई विशेष गरि अबसर प्रदान गरियोस । अब देश भक्ती युवाहरु एक जुट भएर खबरदारी गर्नुपर्छ । नेपालको बिकास निर्माण नचाहने प्रतिगामी विरुद्ध भन्डाफोर गर्दै प्रतिकार गर्नुपर्छ । अब जाग्नु पर्यो अति नै भइ सक्यो । अब तपाई हामीले सहेर बस्ने अबस्था छैन । नेपाली युवाहरुले राणाकाल ढाले, पन्चायत ढाले राजतन्त्र ढाले सबै परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहेको छ । अब युवाहरुले कसैको पुच्छर भएर लाग्नु हुदैन । ठिक र बेठिक छुट्याउनु जान्नु पर्यो, जसले युवाहरुको निम्ती राम्रो योजना ल्याएको छ त्यसलाई समर्थन गर्नुपर्छ । जब सम्म युवा शक्तिलाई देश निर्माणकार्यमा समावेस गरिदैन तब सम्म नेपाल राष्ट्रको बिकास निर्माण कदापी अगाडी बढ्ने सक्दैन । अन्तमा अब युवा हरुलाई बिदेशी भुमिमा होईन नेपाली भुमीमा बस्ने व्यबस्थाको सिर्जना गरियोस । प्रवासी नेपाली युवाहरुको दुख पीडा बुझ्न को निम्ति ठोस योजना बनोस । अब नेपाली यूवाहरुको मेहनतले हिमाल देखि तराईका फाँटहरुसम्म सम्वृदिका रेखाहरु कोरीएको देख्न पाइयोस । अब देशमै आम यूवाहरुले रोजगार पाउने अवसरको सिर्जना गरियोस ।

Tuesday, February 28, 2017

प्रनेसंघ प्रा स को सम्मेलन सम्पन्न

प्रेम ढुंगाना "प्रभात" मुम्बइ प्रवासी नेपाली संग भारत महाराष्ट्र गुजरात संयुुक्त राज्य समिति अन्तर्गत पर्ने नवि मुम्बई नगर समितिको मातहतमा रहेको पनवेल प्रासको प्रथम सम्मेलन बल बहादुर कडायतको अध्यक्षतामा र टंक रावलको संचालनमा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति अध्यक्ष कटक शाहीको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रुपमा राज्य समिति सह कोषाध्यक्ष भिम त्रामु ,राज्य समिति सचिवालय सदस्य राधा रावल ,राज्य समिति सदस्य नीर सिंजालि ,भिम बराल ,नवि मुम्बई नगर समिति सदस्य घन श्याम सिंजालि र पृथ्वी भाटको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिको अध्यक्षमा खेमराज काफ्ले जोशी उपाध्यक्ष श्रीमती सुमित्रा शाही सचिव भीम खनाल सहसचिव महेश रावल कोषाध्यक्ष लालसिंग बि क सदस्यहरु : धिरेन्द्र शाही,जनक बि क,कमल धामी,रामबहादुर बडुवाल,भरत भण्डारी, धेब दास, श्रीमती देबु बि क, श्रीमती कमला रावल,श्रीमती मिना काफ्ले जोशी,देबेन्द्र शाही, लोकनाथ ढकाल, बिनोद बिष्ट र श्रीमती मिना बिष्ट रहेका छ्न । सल्लाहकार समितिमा राधा रावल ,टंक रावल ,बल कडायत रहेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले बिगत लामो समय देखि नेपालमा स्थानीय निकायको निर्वाचन हुन सकिरहेको थियन बर्तमान सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत योग्य रहेको छ ।अब हुने निर्वाचन लाई सफल पार्नको लागि भारतव्यापी अभियान जारी गर्दै नेकपा एमालेको नीति र एमालेको नेतृत्व लाई अगाडि बढाउन पर्ने र नेपाल राष्ट्र लाई समृद्धि र नया धरातलमा पुगाउनको लागि एमाले पार्टी संग सहि नीति र भिजन रहेकोले अबको निर्वाचनमा एमाले लाई जिताउनको निम्ति आम प्रवासी नेपाली आमा बुवा ,दिदिबहिनी र दाजुभाइ लाई अनुरोध गर्दै निर्वाचित समिति लाई पद तथा गोनियताको सफत ग्रहण गराउनु भयो ।

Monday, November 21, 2016

कानपुरमा रेल दुर्घटना ५५ को मृत्यु १५० भन्दा बढी घाइते

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो। पटना-इन्डोर एक्सप्रेसका १४ डिब्बा पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय अधिकारीहरूका अनुसार अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। समाचार अनुसार स्लिपर क्लासका ६ र एसी क्लासका ३ डिब्बा पूरै दुर्घटनाग्रस्त छन्। मृत्यु हुने अधिकांश यही डिब्बाका यात्री रहेको भारतीय प्रहरीले जनाएको छ। युपी प्रहरीका अनुसार सबैभन्दा बढी हाताहाती एस १ र एस ३ डिब्बाका यात्री छन्। यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले रेल दुर्घटनाको बारेमा छानबिन गर्न आदेश दिएका छन्। भारतीय रेलवे सेवाले एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न निर्देशन दिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले रेल दुर्घटनाबाट आफू अत्यान्त दुखी भएको भन्दै ट्विट गरेका छन्। यस्तै गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुखी हुँदै उद्धार र उपचारको लागि तत्काल व्यवस्था गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। यूपीका सीएम अखिलेश यादवले कानपुर ट्रेन दुर्घटनाका घाइतेको उद्धार र उपचारका लागि सबैसँग आग्रह गरेका छन्।

Wednesday, November 9, 2016

५०० र १००० का भारु नोटवारे राष्ट्र वैंकले गर्‍यो यस्तो निर्णय

भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको अने । नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए । भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए । भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए । भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ । राष्ट्र वैंकका निर्देशक राजेन्द्र पण्डितकाे भनाइ जस्ताकाे जस्तै: आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ । भारत सरकारको निर्णयपछि आज विहान राष्ट्र वैंकका अध्यक्षको नेतृत्वमा व्यवस्थापनको बैठक बसेको छ । र, तत्काल गर्नुपर्ने केही कुरा निर्णय भएको छ । जस्तै पहिलो कुरा–बैक तथा वित्तिय संस्था मनी ट्रान्फरहरुसँग आफुसँग भएको स्टक पैसाको जानकारी तुरुन्त नेपाल राष्ट्र बैकलाई जानकारी गराउनु भन्ने सर्कुलर गर्दैछ । हिजो साँझको क्लोजिङ स्टक हो । धेरै कुरा भातरीय केन्द्रीय वैंकको निर्णयमा भर पर्छ । अहिले १० बजेपछि भारतीय रिजर्व बैंकसंग टेलिफोन वा कुनै माध्यमबाट सम्पर्क भएपछि मात्र स्पष्ट कुरा आउँछ । हामीले यहाँ संकलन गरेका नोटहरुको कसरी सटही हुन्छ भन्ने निश्चित जवाफ आउँछ । त्यसकै आधारमा सर्वसाधारणसँग भएका नोट कसरी वा कुन माध्यमबाट साटने भन्ने तुरुन्त सूचना जारी गरिन्छ । हाम्रो अर्थ व्यवस्थामा प्रभाब पर्न सक्छ । भारत सरकारले हाम्रो आन्तरिक रुपमा वा देश भित्र कारोबार गर्नको लागि बनाएको नोट हैन् । यसको कारोबार गर्दा भारतीय विधान अनुसार नै गर्नुपर्ने हुन्छ हामीले । भारत भ्रमणको बेला प्रयोगमा ल्याउन सकिन्छ । आर्थिक र अन्य सम्बन्ध अत्यन्त निकट भएका कारणले सर्वसाधारण ठुलो मात्रामा विदेशी मुद्रा होल्ड नगर्नु, कारोबार नगर्नु भन्ने सूचना पटक–पटक सूचना जारी भएको हुन्छ । तै पनि केही मुद्रा होल्ड गरिराखेको हुन सक्छन् । संकलन र संचय गर्न भनिएको छैन । त्यसकारण यी नोट भारतको नीति र उनले कारोबार गर्नु भने अनुसारनै प्रयोग गर्नुपर्छ । भारतको प्रतिक्रिया के आउँछ र कत्तिसम्म हामीले भारतमा लगेर जम्मा गर्न सक्छौं त्यही अनुसार नै भारतलाई सूचना जारी गर्नु पर्ने हुन्छ । अहिले सर्वसाधारणले आत्तिनु पर्दैन । राष्ट्र बैंकको सूचना पर्खनु राम्रो हुन्छ । कारोबारको लागि नेपालको आर्थिक क्षेत्रमा के प्रभाव पर्छ भन्नेमा यो कारोबारको लागि राखिएको नोट हैन । कारोबारको लागि नेपाली रुपैंयाँ नै जम्मा गरिएको हुन्छ । ठूलो प्रभाव पर्ला जस्तो लाग्दैन । कत्तिपय ब्यक्तिले कानुनको उलंघन गरि ठुलो रकम जम्मा गरेर राखेका छन् भने उनीहरुलाई केही समस्या पर्ने हुन्छ । भारत सरकारले पनि नक्कली नोट र गैरकानुनी रुपमा राखिएको नक्कली नोटलाई ध्यानमा राखेर ल्याएकाले धेरै असर नगर्ला ।

Thursday, October 13, 2016

कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामा रहेका ३५ सय नेपाली कामदारबाट संकलित पैसाले सुरुमा ब्युटिसियन सम्बन्धी प्रोडक्टहरु खरिद गर्ने गरिएको पाइएको छ । नेपाली कामदारको पैसाले किनिएका ती सौन्दर्य सामाग्री चिनियाँ बिचौलिया एवं व्यापारीहरुले कोरियाबाट चीन निर्यात गर्ने गरेका थिए । यो काम सन् २०११ अगस्तदेखि निरन्तर हुँदै आएको थियो । नेपाली कामदारले आफ्नो घरमा पठाएको पैसाले चिनियाँहरुले व्यापार गर्ने गरेका थिए । र, त्यसबाट कमाएको मुनाफा एवं कमिसन नेपालमा पठाइन्थ्यो । कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ नेपाली कामदारले आफ्नो कमाइ परिवारका सदस्यसम्म पुगेको ठान्ने गरे पनि त्यो पैसाबाट चिनियाँहरुले मस्तसँग व्यापार गरेको लगभग पाँच वर्ष बितिसकेको रहेछ । व्यापारमा चिनियाँहरु कतिसम्म चण्डाल बनिसकेका छन् र सोझा नेपालीलाई कसरी ‘मूर्गा’ बनाउने गरेका रहेछन् भन्ने यसबाट खुलासा भएको छ । तर, तपाईहरुले नठान्नोस् कि चिनियाँहरुमात्रै धूर्त छन् । बरु चिनियाँ विचौलियासँग मिलेमतो गरेर नेपाली कामदारको पसीनाको दुरुपयोग गर्ने धन्दामा नेपालीको समेत संलग्नता खुलेको छ । घटनामा एक नेपालीसमेत पक्राउ परेका छन् । स्थानीय समाचारमा जनाइए अनुसार पक्राउ पर्ने नेपाली कामदार ३६ वर्षका छन् भने चिनियाँ विद्यार्थी ३० वर्षका छन् । उनीहरु कोरियामा रहेका ३५ सय नेपाली कामदारहरुको पैसा नेपाल पठाउने नाममा हुण्डीको धन्दामा संलग्न रहेको बताइएको छ । गैरकानूनीरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा कोरियन प्रहरीले एक नेपाली कामदारसहित १० विदेशी नागरिकलाई गिरफ्तार गरेको छ । कोरियाको प्रान्तीय प्रहरीले जनाएअनुसार एक चिनियाँ विद्यार्थी र आप्रवासी नेपाली कामदार कोरियाको विदेशी मुद्रा विनिमय अधिनियम उल्लंघनको आरोपमा पक्राउ परेका छन् । साथमा अरु ८ जना विदेशीहरु पनि पक्राउ परेको कोरियाली प्रहरीले त्यहाँको सञ्चार माध्यमलाई जानकारी दिएको छ । कोरियाली प्रहरीको दाबी अनुसार पक्राउ परेका दुईजनाले नेपाली कामदारको पैसा कोरियन ब्युटी प्रोडक्ट खरिदका लागि प्रयोग गर्दै आएका थिए । त्यो सामान चिनियाँ विचौलियामार्फत चीन पठाउने कार्यमा विचौलियाहरु सन् २०११ अगस्तदेखि २०१६ सम्म संलग्न थिए ।
कोरियाबाट नेपालमा झण्डै साढे ४ अर्बको कारोबार समाचार स्रोतका अनुसार कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ । नेपाली कामदारको पैसा चीनसम्म जाने यो प्रक्रियाबाट करिब ५० अर्ब कोरियन वन गैरकानूनी ढंगले नेपाल भित्रिएको कोरियाली प्रहरीको दाबी छ । कोरियन प्रहरीको भनाइ यो पनि छ कि आतंकवादी समूहहरुले पनि यसैगरी बैंकिङ सिस्टममा नभई हुण्डीको माध्यमबाट आर्थिक कारोबार गर्ने गरेका छन् । त्यसैले पक्राउ परेका नेपाली, चिनियाँ र अन्य विदेशी नागरिकमाथि थप अनुसन्धान गरिने प्रान्तीय प्रहरीले जनाएको छ । २०७३ असोज २७ गते १०:५८ मा प्रकाशित

Saturday, September 17, 2016

विद्यार्थीलाई दिईने गृहकार्यमा प्रतिबन्ध

काठमाडौं– पोर्टल्याण्डका विद्यालयका विद्यार्थीलाई गृहकार्य दिन प्रतिबन्ध लगाइएको छ । पोर्टल्याण्डको ओरिगन नामक एक संस्थाले गरेको अध्ययनले विद्यालयहरुले विद्यार्थीलाई दिने गृहकार्यले भन्दा अन्य अतिरिक्त कृयाकलापले उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्ने निश्कर्ष निकाले पछि यो प्रतिबन्ध लगाइएको हो । उक्त संस्थाले गृहकार्यको विद्यार्थीलाई बाहिर खेल्नका लागि उत्साहित गर्नुपर्ने पनि सुझाव दिएको मेट्रो न्युज अनलाईनले जनाएको छ । ‘विद्यार्थीलाई घरमा भन्दा बाहिर खेल्न मिल्ने वातावरणको आवश्यकता छ, गृहकार्यले उनीहरुलाई समाजमा खुल्नमा बाधा उत्पन्न गराउँछ ।’ अध्ययनमा उल्लेख छ । ओरिगनको उक्त निश्कर्ष सार्वजनिक भएपछि त्यहाँका प्रारम्भिक विद्यालयहरुका प्रधानाध्यापकहरुले तय गरेको योजनालाई अभिभावकहरुले पनि साथ दिएका छन् । सोही अनुसार विद्यार्थीलाई गृहकार्यको सट्टा बाहिरको वातावरणमा घुलमिल हुने किसिमका गतिविधि गर्नका लागि प्रोत्साहन गर्न थालिएको छ । गृहकार्य भन्दा अन्य बाहिरी गतिविधि र क्रियाकलापले बाल्यकाललाई अझ समृद्ध र उत्पादनशील बनाउने निश्कर्ष सहित गृहकार्यलाई निषेध गरेको प्रअहरुले जनाएका छन् । विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलाप गर्न उत्साहित गर्न थालिएको छ । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई गृहकार्यको ठाउँमा विद्यालय बाहिरको वातावरणसँग घुलमिल गराउने, आमाबाबुसँग खेलाउने, नयाँ नयाँ किताव अध्ययन गर्न लगाउने गर्दा विद्यार्थीलाई सक्रिय बनाउन सकिने भएपछि उक्त नीति अवलम्बन गरिएको हो । एक जना प्रअ केट बार्करले विद्यार्थीलाई गृहकार्य नदिएको दिन निक्कै खुसी हुने बताइन् । उनले गृहकार्यले बालबालिकाहरुलाई सहयोग नगर्ने निष्कर्ष सुनाईन् । ‘हामीले गृहकार्य गर्न थप सहयोग चाहिने विद्यार्थीका गृहकार्यले उनीहरुको विकासमा बाधकको भूमिका खेलेको थाह पायौं ।’ प्रिन्सिपल बार्कर भन्छिन्, ‘त्यसैले विद्यार्थी गृहकार्यका साथ घर फर्किँदा अभिभावक र विद्यार्थीबीच सकारात्मक अन्तरक्रिया नै हँुदैन ।’

Thursday, September 15, 2016

सुर्खेत–कोरिया सम्पर्क समितिको गठन

सुर्खेत, ३० भदौ । सुर्खेत–कोरिया सम्पर्क समितिको अध्यक्षमा लक्ष्मीनारायण बस्नेत निर्वाचित भएका छन् । दक्षिण कोरियाको सिउलमा सम्पन्न समितिको तेस्रो साधारणसभाले बस्नेतलाई अध्यक्षमा सर्बसहमतिमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा खगेन्द्र सुनार, सचिवमा भोजराज जोशी, सहसचिवमा विश्व राष्ट्र विश्व विसी र कोषाध्यक्षमा विलिन विसी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कुमार भट्टराई, गगन रावल, पुरन थापा र कविन्द्र रावल निर्वाचित भएका छन् ।
11 सदस्यीय कार्यसमिति हुने बिधान भयकोले ऊक्त समितिले दुई जना थप सदस्य मनोनित गर्ने छ । कोरियामा तीन सय भन्दाबढी सुर्खेतीहरु कार्यरत रहेका छन् । नवनिर्वाचित अध्यक्ष बस्नेतले कोरियामा कार्यरत सुर्खेतीहरुको हक, अधिकार र उनीहरुका पक्षमा आफूले काम गर्ने बताए । ‘यसका साथै विदेशमा कमाएको धन र यहाँको सिपलाई आफ्नो जिल्लामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा पनि मेरो र मेरो टीमको ध्यान रहने छ’ उनले भने, ‘समितिमार्फत जिल्लामा केही नयाँ सामाजिक कार्य गर्ने धेय रहेको र छिट्टै ऊक्त नवगठित समितिको पहिलो बैठेकले केहि थप नया सर्जनात्मक निर्णय गर्ने अध्यक्ष बस्नेतले बताऊनु भयो।कार्यक्रम सुर्खेति युवाहरुका अगुवा तथा कोरियन शिक्षक आसाराम ढुगंनाको प्रमुख आथित्यमा समापन भयको थियो।कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका सदस्य किरण प्रकाश बि सि ले सहजकर्ताको भुमिका निभाऊनु भयको थियो।बि सि किरणले बिगत 2008 देखि अहिले सम्म करिब 8 बर्षको समयमा कुनैपनि सुर्खेतिले दुर्घटनाको कारण ज्यानको क्षति नहुनु एक सुखद सन्देश भयको बताऊनु भयो।सुर्खेतिहरुको सदैब सकरात्मक सहयोगको लागि नेपाल सम्पर्क समितिको केन्द्रीय टिममा आफुले थप छलफल गर्नेपनि ऊहाले बताऊनु भयो।

Wednesday, March 5, 2014

मृत्युदण्ड सुनाइएका अनिसको जीवन रक्षार्थ महाअभियान

युएई दुवईमा मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईको विषय अहिले सबैको चासो र चिन्ताको विषय बनिरहेको छ । दुवईको अदालतले मृत्युदण्डको सजाय सुनाएपछि अनिसको जीवन रक्षार्थ केवल दुईटा मात्रै विकल्प बाकी थियो । मृत्युदण्डको सजायबाट अनिसलाई उन्मुक्ति दिलाउनका लागि एउटा नेपालको राष्ट्र प्रमुखबाट त्यहाँको राष्ट्र प्रमुखसँग आममाफीको आह्वान गर्ने र अर्को अदालतले तोकेको ब्लडमनी तिर्ने ।

२०७० माघ २५ गतेतिरको कुरा हो, अनिस परिवारको अनुनय विनयसँगै एउटा मानवीयताको हिसाबले हामीले दुई वटै विकल्पलाई खुल्ला राखेर अनिसको जीवन रक्षार्थ अनौपचारिक छलफल सुरु ग¥यौ र त्यही छलफलबाट नारदकुमार राईको संयोजकत्वमा ११ सदस्यीय अनिस खालिङ राई बचाउँ अभियान समिति गठन गर्ने निष्कर्ष निकाल्यौं । उक्त समितिको सञ्चार संयोजकमा मलाई तोकियो । यो जिम्मेवारी एकदमै चुनौतिपूर्ण थियो । त्यत्तिखेरसम्म अनिसको मृत्युदण्ड बारे न मिडियालाई थाहा थियो न त कुनै संघसंस्थालाई नै । स्वयं हाम्रो लागि पनि यो घटना एका देशको कथा जस्तै थियो ।
जन्मभूमी छोडेर परदेश जाने रहर कसलाई होला र ? तर, बाध्यताको रहरको अगाडि के नै लाग्छ र ? अनेकौं बाध्यतामा बाँधिएर नेपालीहरु विदेशिन बाध्य छन् । प्रीयजनहरुलाई घरदेशमा छोडेर परदेशमा बस्नु पर्दा मन सायद अमिलो हँुदो हो ? अझ विदेशी भूमीमा नै आफू मारिने मिति तोकिए, मन कति अमिलो होला ? यो जोे कोहीको लागि कल्पना बाहिरको बिषय हो । तर, यही नियती खेपीरहेका छन्, संखुवासभाका अनिस खालिङ राई । आफु र आफ्नो परिवारको सुन्दर भविष्यको लागि मिठो सपना बोकेर २०६८ सालमा युएइ दुबई पुगेका मत्स्यपोखरी–३ का अनिस आफ्नो घोषित मृत्युको मिति कुरेर बसेका छन् यतिबेला । सबै सपनालाई जेलको छिडिमा थन्काएर मृत्यु कुरेर बस्दा उनको मन कस्तो हुँदै होला ? अनिशलाई दुबईको अदालतले मृत्यदण्डको सजाय सुनाएको छ । भनिएको छ, ‘अब तलाई यही मारिन्छ ।’ पुस्तौदेखी दुःख खेप्दै आएका परिवारलाई दुःखबाट मुक्त पार्ने मिठो सपना बोकर दुबई पुगेका अनिस यतिखेर परिवारकै लागि अकल्पनीय दुःखको स्रोत बनेका छन् । गाउँमा अत्यन्त सोझो र इमानदार छविको अनिसलाई एक पाकिस्तानीको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनको कुनै मान्छे मार्ने नियत थिएन । सँगै काम गर्ने ४० वर्षीय पाकिस्तानी नागरिक (जो समलिङगी थिए) ले अनिशमाथि पटक–पटक गरेको यौन दुव्र्यवहारको प्रतिकार गर्ने क्रममा भवितव्य घटना भएको थियो । ती पाकिस्तानीको दुव्र्यवहारबाट धेरै आजित थिए । अनिशले यौनदुव्र्यवहार प्रतिकार गर्ने क्रममा झगडा हुँदा घाइते भएका ती पाकिस्तानीको उपचारका क्रममा मृत्यु भएको बताइन्छ । ती पाकिस्तानीको हत्या गरेको भन्दै उनलाई लामो समयदेखि जेलमा थुनिएको छ । केही महिनाअघि उनलाई दुबईको अदालतले मृत्यूदण्डको सजाय सुनाएको हो । अनिसले नियतवश अपराध गरेको प्रमाणित भएको भए उनले तत्कालै मृत्यूदण्डको सजाय पाइसक्थे । नियतवश ज्यान लिनेलाई तत्काल मृत्युदण्ड दिने दुबईमा कानुन छ । तर, अनिलाई अहिलेसम्म जेलमा राखिएको छ । उनी मृत्युदण्डको भागीदार नहुँदै पनि भाषा समस्याको कारणले उनलाई फसाईएको हुन सक्ने अनुमान लगाउन त्यत्ति गाह्रो पर्दैन ।
जुन दिन समिति गठन भयो त्यो दिनसम्म अनिसको बारेमा आधिकारिक कागजको रुपमा दुबई अवुधावीस्थित नेपाली दुताबासले नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई पठाएको एउटा पत्रबाहेक हामीसँग अरु केही पनि थिएन । मिति २०७० साल पुस ४ गते जारी गरिएको उक्त पत्रमा अनिस खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा मुद्धा चलाउने क्रममा तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायलाई नै माथिल्लो अदालतले पनि सदर गरेको र अनिसलाई उक्त सजायबाट उन्मुक्ति दिलाउन ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) तिर्नुपर्ने उल्लेख थियो ।
हामीले राज्यका विभिन्न निकायहरुसँग आममाफीको आह्वानको लागि लबिङ ग¥यौ तर त्यसको सम्भावना एकदमै न्यून हुँदै थियो । धेरै दौडधुपको क्रममा अधिकांशले आममाफीको आशा नगरे हुन्छ अनिसलाई बचाउने हो भने ब्लडमनी संकलन गर्नुको कुनै विकल्प छैन भन्ने सुझाव पायौं । भलै, परराष्ट्र मन्त्रालयकै सहसचिवसमेतलले हामीलाई यस्तै सुझाव दिनुभयो । त्यसपछि सरकारले उपलब्ध गराएको पत्रलाई नै आधिकारिक मान्दै समितिले एउटा संकल्प ग¥यो ‘अनिसको जीवन रक्षार्थ ब्लडमनी संकलनको महाअभियान थाल्ने’ । तर अदालतले तोकेको ब्लडमनी समितिको पहुँच भन्दा निक्कै माथि थियो । तैपनि हामीले आँट कस्यौं । एक जना नेपाली युवाको अनायसै मारिदै थियो त्यो जो कसैको लागि सहय थिएन । तथापी, एक जना नेपालीको दुखमा साथ दिन सपथ नै खायौं हामीले ।
हामी चरणबद्ध रुपमा बैठक बस्न थाल्यौं । धेरै वटा प्रस्तावहरुमध्ये एउटा प्रस्तावमाथिको छलफलबाट हामी निर्णयमा पुग्यौं ‘२०७० माघ २९ गतेको दिन रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अनिस परिवारको पीडा पोख्ने र अभियान समितिको अभियानबारे जानकारी गराएर ब्लडमनी संकलनको काम सुरु गर्ने’ । त्यसै अनुरुप मेरै अफिसमा धेरैपटक बैठक बस्यौं । समितिको आधिकारिक लेटर प्याट, छाप लोगो, चिठ्ठी, पे्रस विज्ञप्ती, फ्लेक्स जस्ता समाग्री तयार पार्ने काम भयो । त्यसको लागि संयोजक नारदकुमार राई, सहसंयोजक सुजन खालिङ, सचिव देवेन्द्र खालिङ र सञ्चार संयोजक म (प्रकाश खालिङ) खटिएका थियौं । २९ गतेको निर्धारित समयभन्दा ५ मिनेट अगाडि पत्रकार सम्मेलन स्थल रिपोर्टर्स क्लब पुग्दा हलभरी क्यामेरा तेर्सिएको थियो । मलाई धेरै खुशी लाग्यो हाम्रो निमन्त्रणालाई पत्रकारहरुले रेस्पोन्स गरेको अनुभव भयो । तर जब अघिल्ला कार्यक्रम सकिएर हाम्रो कार्यक्रमको सुरुवात हुन लाग्यो पत्रकार र क्यामराम्यनहरु एक पछि अर्को गर्दै बाहिरिन थाले । अघि पुरै हल भरिने पत्रकारहरु त हाम्रो कार्यक्रमको लागि होइन अघिल्लो कार्यक्रममा आएका रहेछन् भन्ने कुरा त्यसपछि बल्ल बुझियो । म सञ्चार संयोजकको हैसियतले आत्मग्लानी भयो तर त्यसमा मेरो कमजोरी थिएन । मैले त धेरै पत्रकार साथीहरुलाई फोन गरेर इमेल पठाएर पत्रकार सम्मेलनमा बोलाएकै थिए उनीहरु नआइदिएपछि कसको के लाग्छ र ?
पत्रकार सम्मेलनको भोली पल्टको मैले आधा दर्जन राष्ट्रिय दैनिक किने तर गोरखापत्रमा राजेश चाम्लिङले बाइलाइनसहितको समाचारबाहेक अरु कुनै पनि पत्रिकाको प्रयोरिटीमा परेन हाम्रो पत्रकार सम्मेलन । केही अनलाइनहरुले कभरेज गरे । केही टेलिभिजनमा समाचार आयो भन्ने सुनियो तर लोडसेडिङले हामीले देख्न पाएनौं । त्यसको अर्थ हामीले गरेको पत्रकार सम्मेलनको समाचार आउनै पथ्र्यो भन्ने होइन, अनिस परिवारको पीडा र अभियान समितिको ब्लडमनी संकलनको अभियानबारे कति धेरैलाई सुनाउन सक्यौं भन्ने हिसाबले यो कुरा भनिरहेको छु । राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको त्यो पत्रकार सम्मेलनको समाचार हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्प्रेसन गर्न थाल्यौं । देश विदेशबाट लाइक र कमेन्ट आउन थाल्यो । हामीले प्रश्न र प्रतिप्रश्नको व्यवस्थित ढंगबाट उत्तरित गर्ने कोशिस ग¥यौं । हामीले संयोजक नारद कुमार राई र अनिसकी श्रीमती रविता राईको नाममा ग्लोबल आइएमइ बैंक, चाबहिल शाखामा खोलिएको बैंक खाता र समितिका सबैजनाको मोबाइल नम्बर सार्वजनिक ग¥यौं । अनिसको वास्ताविकता सार्वजनिक ग¥यौं । बृद्ध आमा, नाबालक छोरीलाई काखी च्यापेर आफ्नो श्रीमान्को जीवन रक्षाको लागि भीख मागिरहेको अनिसकी श्रीमती रविताको अवस्था सार्वजनिक ग¥यौं । त्यसपछि विस्तारै अभियान त्यही फेसबुकको माध्यमबाट प्रभावकारी रुपमा अघि बढ्न थाल्यो । समितिका सबै जनाको मोबाइलमा देश विदेशबाट तारन्तार फोन आउन थाल्यो । छ महिनाको भित्र अदालतले तोकेको ५६ लाख रुपैयाँ संकलन गरिसक्ने लक्ष्यका साथ अभियान समिति अघि बढिरह्यो । उक्त रकम संकलन गरेर अनिसको जीवन रक्षार्थ जस्तो सुकै मुल्य चुकाउन पनि तयार भएर समिति अनवरत रुपमा लागि परिरह्यो । तर जुन रुपमा समितिले आफ्नो लक्ष्य बनाएको थियो, त्यो भन्दा अझ बढि प्रभावकारी रुपमा रकम संकलन हुन थाल्यो । सिधै बंैकमा जम्मा गर्ने र स्वयं अनिस परिवारलाई रकम हस्तान्तरण गर्नेको भीड नै लाग्यो । फलस्वरुप ६ महिनाको अवधिमा ५६ लाख रकम संकलन गर्ने समितिको लक्ष्य करिब डेढ महिनामै पूरा भयो ।
विडम्बनाको कुरा ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) होइन ३ लाख ५ हजार दिरहाम (८६ लाख हो भन्ने पत्र दुताबासले पठायो । २०७० माघ २० गते राजदुतले परराष्ट्रलाई पठाएको उक्त पत्रले हाम्रो सिंगो अभियानलाई नै एक पटक धर्मराइदियो । हामीमाथि फेरी एउटा चुनौति थपियो । जुन नेपाल सकारकै गम्भिर लाचारीपनको उपज हो भन्ने हाम्रो ठहर हो । तर अहिलेसम्म सुरुमा २ लाख र पछि ३ लाख ५ हजार दिरहाम भन्ने दुईटा पत्र किन आयो भन्ने कुरा भनेको छैन । अहिलेसम्म अनिसको बारेमा न राज्यको कुनै निकाय बोलेको छ न त अन्य निकायहरूले नै । हामीले ब्लडमनी संकलनसँगै कुटनीतिक र कानुनी प्रक्रियाहरुलाई पनि सँगसँगै अघि बढाउँदै आएका छौं । यसअघि तत्कालिन परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेलाईसमेत भेटेर यसको बारेमा सुझाएका थियौं । म बुझ्छु भन्ने रेडिमेट उत्तरबाहेक हामीले अरु उत्तर पाएनौं । हाम्रो भनाइ के हो भने दुई लाख दिरहामबाट किन एकाएक ३ लाख ५ हजार दिरहाम भन्ने पत्र पठाइयो । समितिलाई सबै भन्दा अप्ठेरो विषय यही हो । यस विषयलाई लिएर धेरैले हैरान बनाइरहेका छन् हामीलाई । यसबारे सरकार अर्थात राजदुत स्वयंले तत्काल उत्तर पठाइयोस् । अनि अर्को कुरा ब्लडमनी संकलन भएपछि, त्यो बुझाउने विधी प्रक्रियाहरु केके हुन् यसको बारेमा राज्यले छिटोभन्दा छिटो पहल गर्नुपर्छ ।

हामीले समिति बनाएर पनि राज्यलाई अनावश्यक दबाब दिने कुनै क्रियाकलाप गर्नुको सट्टा स्वतस्फुर्त रुपमा सबैलाई झकझकाउने र जिम्मेवारी बोध गराउने अविभावकीय गतिविधिमात्रै गरिरहेका छौं । हामीले चाहेको भए सरकारलाई दबाबमुलक कार्यक्रम आन्दोलन, अनसन बस्न सक्थ्यौं । त्यस्तो छलफल नभएको पनि होइन तर त्यो गर्नु हुँदैन भन्ने निचोड निकालेर हामी सौहार्दपूर्ण तरिकाबाट राज्यले गर्नुपर्ने काम समितिले सम्हालिरहेको छ । पछिल्लो समय हामी समितिलाई ब्लडमनी संकलन गर्न मद्दत पु¥याउने त्यही फेसबुक सञ्चालले हामीलाई हैरान बनाउन थालेको छ । फेसबुकमार्फत अनावश्यक टिक्काटिप्पनी तथा समाचारहरु सम्पे्रशन गर्ने काम भइरहेको छ । सबभन्दा बढि त अभियान समितिले गरेको कामको श्रेयको आफुले पाउन लुछाचुडी नै भइरहेको छ ।
यो लेख तयार पार्दासम्मको अवस्थामा हाम्रो आधिकारिक बैंक खातामा एक करोडको हाराहारीमा ब्लडमनी जम्मा भइसकेको छ । जुन रकम संकलन गर्नका लागि अमुल्य योगदान पु¥याउने सबै सहयोगदाता देश विदेशमा रहनुभएका नेपाली मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । ब्लडमनी संकलन बढि उठ्यो, अब त्यो बढि भएको रकम के गर्ने, कसलाई दिने जस्ता अनावश्यक क्रियाप्रतिक्रिया भइरहेको छ । यस्तै विषयलाई उछालेर अनिस खालिङ राई बचाउ अभियान समितिमाथि अविश्वास पैदा गराउने काम भइरहेको छ । यो भन्दा दुःख विषय के हुन सक्छ ? हामी समिति जुन लक्ष्य र उद्देश्यका साथ लागि पर्दै आएका छौं जसमा अहिले पनि हामी प्रतिबद्ध छौं । आर्थिक पारदर्शीताको विषयमा धेरैको आशंका छ त्यसमा हामी एकदमै सजक र प्रष्ट छौं । हामी हिजो पनि एउटा नेपाली नागरिकको जीवन रक्षाको लागि अभियान सुरू गरेका थियौं र अहिले पनि उनलाई कसरी सकुशल स्वदेश फिर्ता ल्याउने भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्यहरू अघि बढाइरहेको छ । जब अनिस नेपाली भूमिमा ल्याइसकेपछि उसको नाममा संकलित रकम कहाँ के गर्ने भन्ने कुराको छिनोफानो गरिने छ । यस विषयमा अहिले नै अनावश्यक क्रियाप्रतिक्रिया गर्नुको कुनै अर्थ छैन ।

Saturday, March 1, 2014

माओवादी आक्रमणमा सात प्रहरीको मृत्यु

भारतको छत्तिसगंढको दन्तेवाडा जिल्लामा रहेको कुवाकोण्डामा शुक्रबार माओवादीको एम्बुसमा एक सब इन्स्पेक्टरसहित ७ प्रहरीको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार मृत्यु हुने सब इन्सपेक्टर विवेक शुक्ला हुन् । उक्त क्षेत्रमा बाटो खुलाउन गएका प्रहरी टोलीमाथि माओवादीले आक्रमण गरेको थियो । आक्रमणका बेला प्रहरीहरु मोटरसाइकलमा यात्रा गरिरहेका थिए । नक्सलीहरुले प्रहरीको मोटरसाइकलमा आगो लगाइदिएका छन् भने उनीहरुको हतियारहरु लुटेर लगेका छन् । उक्त आक्रमण घाइते भएका दुई प्रहरीको उद्दार गरी जगदलपुरको अस्पतालमा लगिएको छ । - 

Tuesday, February 25, 2014

कलेजको शौचालयमा छात्राले जन्माइन् बच्चा

चीनको युआन प्रान्तमा अवस्थित एग्रीकल्चर भोकेसनल कलेजमा एक छात्राले शौचालयमा बच्चालाई जन्म दिएर चुपचाप फेरि आफ्नो कक्षामा फर्केकी छिन् । यसबारेमा उनले कक्षामा कसैलाई पनि जानकारी समेत दिइनन् ।


उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो । यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । अहिले बच्चा सुरक्षित छ र उसको हालत स्थिर छ । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन ।

Saturday, February 8, 2014

माइक्रोसफ्ट प्रमुखमा सत्य नाडेला: भारतको छवि विस्तार

सत्य नाडेला माइक्रोसफ्टका नयाँ कार्यकारी प्रमुख बनेकोमा भारतले बुधबार खुसी मनाएको छ र यसले भारतमा जन्मेका प्रतिभा 

विश्वको सबैभन्दा ठूलो अमेरिकी संस्थाको उच्च पदमा पुगेको कुरालाई समर्थन गरेको ठानिएको छ ।


नाडेला मङ्गलबार उक्त ठूलो कम्पनीका तेस्रा प्रमुख कार्यकारी अधिकारी बन्नुभएको हो । उहाँ भारतको दक्षिणी स्थानमा रहेको हैदराबाद नगरमा जन्मेका तथा हुर्केका व्यक्ति हुनुहुन्छ । उहाँले मंगलौर विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो र थप अध्ययन तथा नोकरीका लागि अमेरिका जानुभयो । ‘‘भारतले एउटा शक्तिको बिन्दु बनाएको छ’’, टाइम्स अफ इन्डिया समाचारपत्रले ४६ वर्षीय यी क्रिकेट प्रशंसकको नियुक्तिमा उल्लेख गरेको छ । ‘‘भारत स्पष्ट रूपमा एउटा प्रतिभाको यन्त्रको रूपमा उदाएको छ जसले निरन्तर रूपमा विश्वका प्रमुख कार्यकारी अधिकारीहरू उत्पादन गरिरहेको छ’’, यस दैनिकले भनेको छ । नाडेलाले आफ्नो जीवनको आधा भाग प्रविधिको यो ठूलो संस्थामा काम गर्नुभएको छ । उहाँ भारतमा जन्मेका व्यापारिक नेताहरूको एक शृङ्खलामा पर्नुहुन्छ जसले सम्मानित प्रमुख कार्यकारी अधिकारीको पद प्राप्त गरेका छन् । यस समूहमा पेप्सिीकोका इन्दिरा नुई तथा मास्टरकार्डका अजय बाङ्गा पनि पर्नुहुन्छ । विक्रम पण्डितले सन् २०१२ को अन्त्यसम्म सिटीबैङ्क सञ्चालन गर्नुभएको थियो ।
NADELA
अंशु जैन हाल जर्मन बैङ्क डुएच बैङ्कका प्रमुख हुनुहुन्छ । हैदरवादमा रहेको लोकज इन्टरप्राइजेज सलुसनका संस्थापक उत्तम मजुमदारले नाडेलाको नियुक्ति निकै गौरवको विषय भएको बताउनुभयो । ‘‘उहाँ लाखौँ युवाका लागि नमुना व्यक्तित्व हुनसक्नुहुन्छ । उहाँको नियुक्तिले विश्वको आँखामा एक मुलुकको रूपमा भारतको छवि विस्तार गर्छ’’ उहाँले भन्नुभयो । फिलिपक्यापिटल इन्डियाका कार्यकारी अधिकारी विभोर सिंघलले प्रतिभालाई बाहिरबाट आएर माथिसम्म पुग्न दिने कुरालाई स्वीकार गर्ने अमेरिकी खुलापनको कारण भारतमा जन्मेका कार्यकारी अधिकारीहरूले सफलता प्राप्त गरेको बताउनुभयो । लगानी तथा वित्तीय अनुसन्धान संस्थाका निर्देशक इक्वेन्टिस रिसर्चका निर्देशक विक्रम धवनले अङ्ग्रेजी भाषामा दक्षताले पनि भारतीय नागरिकलाई प्रतिस्पर्धामा मौका दिने बताउनुभयो । दक्षिण एसियाली मुलुक भारतले प्रति वर्ष करिब १० लाख इन्जिनियरिङ स्नातक उत्पादन गर्छ र यसले सूचना प्रविधिको क्षेत्रमा अन्य मुलुकका लागि काम गर्ने केन्द्रको रूपमा ख्याति कमाएको छ ।
ठूलो सङ्ख्यामा शिक्षित कामदार तथा उनीहरूको सस्तो श्रम लागत पनि यसको प्रमुख कारण हो । धेरै उच्च प्रतिभा भएका मध्यमस्तरीय युवाहरू राम्रो वेतन दिने नोकरी र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्थान नपाएका कारण मुलुक छोड्छन् । आईआईटीमा निकै ठूलो प्रतिस्पर्धा हुन्छ र स्थान सीमित छ । यसैले यहाँ स्थान पाउन नसक्नेहरूका लागि अमेरिका अर्को छनौट हुनेगर्छ । ‘‘सत्य नाडेलाको नियुक्ति भारतीय प्रतिभाको छनौट हो कि भारतीय प्रणालीमा एक थप्पड हो ?’’, फस्र्टपोस्ट अनलाइन समाचार केन्द्रको सम्पादकीयमा भनिएको छ । सम्पादकीयमा नाडेलाको नियुक्तिमा भारतले खुसी मनाउनु सट्टा किन यत्ति धेरै प्रतिभा आफ्नै भूमिमा नबसी विदेश पलायन हुन्छन् भन्ने प्रश्न गर्नुपर्ने उल्लेख गरिएको छ । भारतमा पारिवारिक सम्पर्क व्यक्तिको योग्यता जस्तै महत्वपूर्ण हुन्छ । सन् २०१२ मा अमेरिकी विचारक संस्था प्यु रिसर्च सेन्टरले मध्यमस्तरीय भारतीय अमेरिकीको वार्षिक आय ८८ हजार अमेरिकी डलर रहेको र यो एसियाली अमेरिकीको ६६ हजार अमेरिकी डलरभन्दा निकै अधिक रहेको देखाएको थियो । मध्यमस्तरीय अमेरिकी घर परिवारको वार्षिक आय ४९ हजार ८०० अमेरिकी डलर रहेको छ । भारतीय अमेरिकीमा २५ वर्षभन्दा माथिका ७० प्रतिशतले स्नातक शिक्षा प्राप्त गरेको देखिएको छ ।
एसियन अमेरिकीमा यो प्रतिशत ४९ रहेको छ । विश्व मोबाइल इन्टरनेट युगमा प्रवेश गरिरहेको समयमा नाडेलाले माइक्रोसफ्टले भोगेका चुनौतीलाई सामना गर्नुपर्छ । उहाँलाई भारतीय बजारको बारेमा राम्रो जानकारी भएकाले उहाँ भारतमा यस उद्योगमा रहेकाहरूका लागि अवसर सिर्जना गर्न सहयोगी हुने अनुमान गरिएको छ । ‘‘पूर्वले दिनसक्ने सबैभन्दा राम्रो कुरालाई पश्चिमले मङ्गलबार स्वीकार गरेको छ र गृहमुलुकमा पनि परिवर्तनको हावा बहन्छ भन्ने ठूलो आशा गरिएको छ’’, द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

पेटमा हुर्किरहेको बच्चालाई निकालेपछि मृत घोषणा गरिने

कुन आमाको  लागि  सह्य होला यस्तो जसले आफूले जन्मदिएको बच्चाको  अनुहार पनि हेर्न नपाई  संसारबाट विदा हुनुपर्नेछ ।  दिमागी रुपमा ब्रेनडेथ भएकी  क्यानाडाकी राबिन नामकी एक महिलाले आफ्नो बच्चालाई जन्मदिने वित्तिकै  यस संसारबाट विदा हुनेछिन ।   उनलाई विदा दिईनेछ ।

 
२०१३ को  डिसेम्बर अन्तिम हप्ताहको  विहान उनको  टाउको जोडसँग दुख्यो । उनले आफ्ना श्रीमान  बेनसोन डोलानलाई टाउको दुखेको औषधि ल्याउन अह्राइन । श्रीमान उनलाई छोडेर औषधि लिन बाहिर निस्कए । तर, घर फर्कदा आफ्नी श्रीमतीलाई बेहोस भएर पल्टिरहेको  अबस्थामा पाए ।  डेलानले श्रीमतीलाई हतार–हतार उठाएर नजिकैको अस्पतालमा पु¥याए  । तर, अस्पतालमा उनको ब्रेनडेथ भइसकेको घोषणा डाक्टरहरूले गरिदिए । तर, उनको पेटमा रहेको २२ हप्ताको बच्चालाई बचाउनका लागि भने अहिले उनलाई भेन्टिलेटरमा राखेर  कृतिम स्वास दिइएको छ । 
उनको पेटमा हुर्किरहेको बच्चाको अबस्था स्वस्थ रहेको र  बच्चालाई अप्रेसन गरेर निकालिने पनि  विक्टोरिया जनरल अस्पतालका प्रवक्ताले  जनाएका छन् ।  बच्चालाई निकालेपछि उनलाई मृत घोषणा गरिनेछ ।
           डेलान एकातिर नयाँ बच्चालाइ हेर्न र पिता बन्नका लागि आतुर रहेको  छन् भने अर्कोतिर बच्चालाई जन्माउनसाथ आफ्नी प्यारी श्रीमतीलाई आफूबाट मात्र नभएर संसारबाट विदा दिनुपर्ने पीडामा रहेका बताउछन् रोबिनका श्रीमान । ३२ वर्षीय डेलान भन्छन “मलाई उनको खुब याद आउनेछ ।”

Wednesday, February 5, 2014

यी हुन बिश्वको उत्कृष्ट तस्वीरका प्रतिस्पर्धीहरु

‘सोनी वर्ल्ड फोटोग्राफी एवार्ड २०१४’को प्रतिस्पर्धामा रहेका तस्वीरहरुको सूची सार्वजनिक गरिएको छ । यो बर्ष विश्वका १ सय ६६ मुलुकका फोटोग्राफरहरुले कूल एक लाख ४० हजार तस्वीर पेस गरेका थिए ।

Sony-Photography-Awards
यो संख्या गत ७ वर्षयताकै धेरै हो । गत १२ महिनाभित्र खिचिएका अद्धितीय तस्वीरले पुरस्कार जित्नेछन् । यो एवार्ड तीन बिधामा हुने छ । प्रोफेसनल, ओपन र युथ मुख्य बिधामा दर्जनौं उप बिधाहरु तोकिएका छन जसअन्र्तगत सयौं तस्वीर प्रतिस्पर्धामा छन् ।
हामीले यहाँ तपाईलाई प्रोफेसनल र ओपन बिधामा प्रतिस्पर्धारत केही तस्वीरहरु पेश गरेका छौं जो जीतको दौडमा छन् ।
Sony Photography Awards 1
Sony-Photography-Awards-2
The image taken by Li Hao is titled 'Beer Festival in Munich' and was taken during last year's Oktoberfest celebrations. The photographer says that late at night the festival site feels relatively deserted but the gaudy decorations still give it a sense of joy
This simple image by Luis Angel Martínez Hernández is titled 'Friendly Smile'. The photographer captured the subject as she looked at him while they sat in a cafe in Madrid. He had never met her before and hasn't seen her since
This photograph, titled 'Mother and Son 07', was taken in Cairo, Egypt by photographer Denis Dailleux. The strange vulnerability of a bare-chested man in the presence of his mother is striking, and was one of the main reasons for the image being nominated
Photographer George Logan shows a lion getting up close and personal with a domestic moggy. Titled 'Big Cat, Little Cat' it was originally used in an advertising campaign for Whiskas cat food
 
Rescue workers struggle amid the rubble of an eight-storey building which collapsed at Savar, Bangladesh in this stunning photograph by K. M. Asad. More than a thousand garment factory workers died during the collapse, which came just a day after the factory owner boasted the building would 'stand a hundred years'
Stunning: Louise Porter from the United States took this picture of three young men who are members of Ethiopia's Kara Tribe close to the Omo river, the country's most important waterway
Destiny Pierman, 13, collects belongings from the damaged bedroom of her home in Moore, OKlahoma following a massive tornado. The photograph was taken by Melissa Golden and is simply titled '9'
A drug dealer sits with a gun in the notorious Scampia neighbourhood in Naples, Italy in this photograph titled 'What is Missing 01' by Esposito Salvatore. The area is the biggest drug selling neighbourhood in Europe and is controlled by the Camorra mafia
Jorge Herrera prepares for several months up to a fight. Morning and evening for three hours each time. Only Sunday he relaxes. The training alternates between technique, fitness and strength
This dramatic untitled photograph by YongSheng Zheng shows a cow race in the city of Padang in Indonesia. With its 400-year-old history, cow racing usually takes place in the city after a rice harvest
 
The series photo was taken at the breath taking views of Biella area, where the photographer's camera is penetrating undirected intimates moments
 
All images were taken in the southern and central parts of Iceland. These areas were carefully scouted and selected for their particular qualities such as formations and color pallet
 
Wolfgang Weinhardt who took this photo said: 'This year I had the pleasure to join the pilgrims and devotees of the Maha Kumbh Mela - the largest spiritual gathering on the planet, held every 12 years'
That's Dance, Sunward and Zeybeks is the name of this photo taken by Hasan Baglar

'Sparkle, baby' explores girl culture in Australia within the phenomena of beauty pageants, particularly those directed at the young
 
This image names The Depth Winter was taken by Kacper Kowalski.  The photographer said: 'I take to the skies above Poland to gain a vantage point over a country gripped by harsh winter. Temperatures can drop to - 30 C degrees and stay below zero for months'
 
Vakil Bath was taken by Mohammad Reza Domiri Ganji. The photographer said: 'Images here are Panorama and taken using my Fisheye lens and canon 7D. Vakil bath is a very Popular historical site located in Shiraz, Iran'
 
This image does not have a name but was taken by photographer  Guillermo Barquero</p><br />
<p>Year: 2014</p><br />
<p>Image Description: </p><br />
<p>Series Name: </p><br />
<p>Series Description: </p><br />
<p>Copyright: © Guillermo Barquero_CostaRica_Shortlist_Open_People_2014 Sony World Photography Awards
 
This photo taken by Anurag Kumar is called Yellow Fellow. Holi is one of the major festival of India and is the most vibrant of all. The joys of Holi knows no bound. The festival is celebrated across the four corners of India or rather across the globe. The festival is filled with so much fun and frolic that the very mention of the word 'Holi' draws smile and enthusiasm amongst the people. Holi also celebrates the arrival of Spring, a season of joy and hope.

Sunday, February 2, 2014

माउन्ट सिजनबुंग ज्वालामुखी विस्फोट, १४ को मृत्यु


इण्डोनेशियाको सुमात्रा द्वीवपमा सक्रिय ज्वालामुखी विस्फोट हुँदा आसपासका गाउँका १४ जनाको मृत्यु भएको छ । माउन्ट सिजनबुंग ज्वालामुखी शनिबार विहान विस्फोट भएको थियो । जसका कारण आलो र ढंगाका टुक्राहरु आसपासका दुई किलोमिटर क्षेत्रसम्म फैलिएको थियो ।
अधिकारीहरुका अनुसार मारिनेमा चार स्कुल बालिका छन् भने एक शिक्षक पनि छन् । माउन्ट सिजनबुंग ज्वालामुखी तीन वर्षदेखि निश्क्रिय थियो । तर, गत सेप्टेम्बरमा सक्रिय भएपछि आसपासका गाउँका हजारौं मानिसलाई सुरिक्षत स्थानमा सारिएको थियो ।
volcano
शुक्रबार मात्र केही मानिसलाई आफ्नो घर फर्कने अनुमति दिइएको थियो । शविबार भएको ज्वालामुखीको तस्वीर भयानाक थियो । निकै टाढासम्म यसको मुस्लो आएको थियो भने मानिसहरु भागिरहेका थिए ।
२०१० मा माउन्ट सिजनबुंग ज्वालामुखी सक्रिय भएको थियो । त्यसबेला २ जनाको ज्यान गएको थियो भने ३० हजारले घर छाड्नु परेको थियो । त्यसअघि भने ४ सय वर्षसम्म कुनै हलचल थिएन । माउन्ट सिजनबुंग इन्डोनेशियाको सक्रिय १ सय ३० ज्वालामुखी मध्ये एक छन् ।
volcano1
volkano2
volkano3
volkano4
volkano5
volkano6
volkano7

Sunday, August 25, 2013

फोटो पत्रकारमाथि मुम्बईमा सामूहिक बलात्कार


मुम्वई, (एजेन्सी)भारतको मुम्बई शहरमा एक फोटो पत्रकारको सामूहिक बलात्कार भएको शुक्रबार प्रहरीले जनाएको छ।

गत डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एउटा बसभित्र एक युवतीमाथि भएको बलात्कार विरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन हुँदा सरकारले बलात्कारसम्बन्धी प्रचलित कानुनमाथि पुनर्विचार गर्नुपरेको थियो। बिहीबार बेलुका भएको उक्त घटनालाई लिएर सोसियल समडियालगयत सबैतिरबाट व्यापक विरोध हुन थालेका छन्। महिलाहरूका लागि भारतकै सबैभन्दा सुरक्षित मानिएको मुम्बई भएको यस घटनाप्रति अधिकांश व्यक्ति स्तब्ध भएका छन्। यस सिलसिलामा हिजो एक पुरुषलाई गिरफ्तार गरिइसकेको र पहिचान भइसकेका अन्य चार जनाको २० सदस्यीय प्रहरी टोलीले खोजीकार्य जारी राखेको मुम्बई प्रहरी आयुक्त सत्यपाल सिंहले जानकारी दिएका छन्। सिंहले भने– ‘अदालतमा अभियुक्तहरूविरुद्ध सप्रमाण मुद्दा चलाउनका लागि प्रहरीले यथासम्भव कोसिस गरी सम्पूर्ण प्रमाण संकलन गर्नेछ।’ जसले गर्दा दोषीहरूलाई अधिकतम सजाय दिन सकिन्छ। हामीले सरकारलाई कानुनी प्रक्रिया छिटोछरितो ढंगले अघि बढाउने अदालतमा तिनीहरूलाई मुद्दा चलाउन अनुरोध गर्नेछौं। संसदको माथिल्लो सदनमा विपक्षी विधायकहरूले यस वर्ष यौन अपराधविरुद्ध कडा कानुन ल्याइए तापनि सरकारले महिलाहरूको सुरक्षाका लागि यथेष्ट कार्य नगरेको आरोप लगाएका छन्। करिब २० वर्ष उमेरकी ती पीडित युवतीलाई दक्षिण मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको छ। अस्पताल सूत्रले उनको स्थिति स्थिर रहेको जनाएको छ। पूर्व औद्योगिक क्षेत्र तथा हाल शानदार अपार्टमेन्ट, मल र बारहरू सञ्चालनमा रहेको लोअर पारेलको एउटा सुनसान कपडा कारखानामा सूर्यास्त लगै उक्त घटना घटेको थियो। प्रहरीका अनुसार कामको सिलसिलामा आफ्नो एक पुरुष सहकर्मीसँग त्यहाँ पुगेका बेला उनको सहकर्मीलाई पेटीले बाँधेर ती युवकहरूले उनीमाथि बलात्कार गरेका थिए। दक्षिणपन्थी राजनीतिक पार्टी शिव सेनाका दर्जनौं समर्थकहरूले उक्त घटनाको उजुरी लेखाइएको प्रहरी चौकीबाहिर विरोध प्रदर्शन गरेका थिए। गत डिसेम्बरको बलात्कारमा मुछिएका चार पुरुष र एक किशोरविरद्धको मुद्दा आगामी तीन साताभित्र टुंगिने अनुमान गरिएको छ।

Sunday, August 4, 2013

चीनमा बन्दैछ ६ सय ३० मिटर टावर


२० साउन, नेपाल। चीनको सबैभन्दा अग्लो टावर बनाएको छ । विश्वको दोस्रो अग्लो भवन शांघाई टावर लगभग तयार भएको छ । आकास छोइएला झै अग्लो भवनको अन्तिम बीम राखिएकोमा खुसी मनाइएको छ । अन्तिम बीम राखिएपछि शांघाई टावरले औपचारिक रुपमा ताइवानको ५ सय ९ मिटर अग्लो ‘ताइपे १०१’ एसियाको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा गर्नेछ ।

shanghai tower निर्माण पूरा हुँदा यसको उचाई ६ सय ३० मिटरभन्दा बढी हुनेछ । जुन विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । तर, यो विश्वकै अग्लो दुबईको बुर्ज खलीफाभन्दा करिव २ सय मिटर होचो हुनेछ । बुर्ज खलीफाको उचाई लगभग ८ सय ३० मिटर छ । चीनमा आर्थिक विकासका क्रममा व्यापारिक केन्द्र बनेको शांघाईमा यो नयाँ भवनहरुको समूहमा अन्तिम समूह हुनेछ । यो चीनको लौजियाशुई फाइनान्स एण्ड ट्रेड जोनमा बनेको छ । जसमा शांघाई वल्र्ड फाइनान्सियल सेन्टर र जिन माओ टोवर बनेको छ । शांघाई टावर बनाउन लगभग २.४ अरब डलर लागेको छ । यो २०१४ मा बनिसक्नेछ । यसको निर्माण २००८ मा शुरु भएको थियो । यसको डिजाइन अमेरिकी कम्पनी जेंसेलरले बनाएको हो । शांघाई टावरमा हारामदायक होटलदेखि संग्राहलयसम्म हुनेछ । -बीबीसी