Wednesday, March 8, 2017

सुनकाे मुल्य ५४ हजार ७ सय

सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो। बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।

यसरी भर्नुहोस काेरियन भाषा परिक्षाकाे अन्लाइन आवेदन फारम

इपिएस टपिकको लागी परीक्षा मिति आउँदो जेठ २७ र २८ गतेलाई निर्धारण गरिएको छ जसमा पास भएर अन्य योग्यता पुगेमा करिब दश हजार २ सय जना नेपाली रोजगारीका लागी कोरिया जाने छन। त्यसको लागी १८ वर्ष पुरा भई ३९ वर्ष नघाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनीरुपमा बसोबास गरे बापत फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको नेपाली नागरिक हुनुपर्ने छ। कोरियन भाषा परीक्षा उर्तीण आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम,थर, जन्म मिति) राहादानी भन्दा फरक परेमा भाषा परीक्षामा उर्तिण भएपनि कोरिया जान नपाइने हुँदा होसपुर्वक आवेदन भर्नुपर्ने हुन्छ। इपिएस परिक्षाको आवेदन फाराम अनलाइनबाट भर्नुपर्ने हुन्छ जसका लागी इपीएस नेपालको अनलाईन आवेदन फाराम बुझाउनको लागी परीक्षार्थीहरुले eoers.epsnepal.gov.np मा गएर लग्इन गर्नुपर्ने हुनेछ। नयाँ परीक्षार्थी ‘पेपर वेस्ड टेस्ट’ लेखिएको विकल्प सेलेक्ट गर्नुपर्ने हुनेछ भने पहिला गएर आइसकेका पुराना परीक्षार्थीले ‘कम्प्युटर वेस्ड टेस्ट’ भन्ने अफसन सेलेक्ट गर्नुपर्नेछ। ग्लोबल आइएमइ बैंकबाट रकम जम्मा गरी प्राप्त गरेको भौचर नम्बर अथवा एसएमएस मार्फत आएको भौचर नम्बर सिस्टममा राखी परीक्षार्थीको पासवर्ड राखेर ‘नेक्सट्’ अपसनमा क्लिक गर्नुपर्ने छ। त्यसपछि आउने साइटमा आफ्नो पासवर्डको स्क्यान गरिएको फोटो अपलोड गर्नुपर्नेछ । फोटो जेपिइजी फरम्याटमा हुनुपर्ने छ। २५० डिपिआई रिजोलुसन भएको फोटो अपलोड गरेमा पासवर्डको डिटेल्स अटोम्याटिकरुपमा फर्ममा आउनेछ। पासवर्डको डिटेल्स अपलोड भएपछि इपिएस नेपालको आवेदन फर्म खुल्ने छ जसमा परीक्षार्थीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सो फर्मको पाँच नम्बरमा देखिने उद्योगको प्रकार र वृस्तित् कार्यक्षेत्रमा आफूले इच्छयाएको कार्य छान्नु पर्ने छ। त्यसपछि आफ्नो मोबाइल नम्बर, इमेल ठेगाना तथा इच्छाएको परिक्षा स्थान सेलेक्ट गर्नुपर्ने छ। त्यसपछि आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गरी त्यसभन्दा तलको नियम एवंम सर्तहरुमा टिक लगाई बुझाउनु पर्नेछ। कन्फरमेसन पेजमा आफूले भरेको विवरण सहि या छैन भनेर पुर्ण चेक गरेर केहि सच्याउनु परेमा इडिट बटम क्लिक गर्नुहोस र फर्म सब्मिट गर्नुहोस। फर्म सब्मिट भएपछि एसएमएस मार्फत जानकारी पाउनुहनेछ र इमेलमा परिक्षा प्रवेशपत्र प्राप्त गर्नुहुनेछ जसलाइ प्रिन्ट गरेर प्राप्त गर्न सकिने छ। यस पेज चैत ९ गते अघि भने खुल्ने छैन।

Thursday, March 2, 2017

बिकास निर्माणमा युवाको सहभागीता

प्रेम ढुंगाना मुम्बई- देशमा बढ्दो गरिबी, बेरोजगारी, उच्च शिक्षा प्राप्तिका समस्या आदि विभिन्न समस्याका कारणले लाखौ लाख नेपाली युवाहरु बिदेसिएका छन । यसरी प्रवासीने नेपाली एसिया, युरोप, अस्ट्रेलिया, उत्तर तथा दक्षिण अमेरिका, अफ्रिका आदि महादेशमा छ्न । भारतमा कति प्रवासी नेपाली छन भनेर नेपाल सरकार र भारत सरकार संग यसको तथ्यांक छैन । भारत प्रवासमा कार्यरत नेपाली जन संगठनको ठम्याइ अनुसार करिब ४० देखि ५० लाख युवा भारतमा रहेको अनुमान गर्न सकिन्छ । यसरी प्रवासिने नेपाली युवाहरु बिश्वका कुना कुनामा र गल्लि गल्लीमा, खाडी मुलुकको ५२ डिग्री तापक्रममा श्रम गरि रहेका छन । नेपाली युवा प्रवासिने रहरले होईन बाध्यताले हो । स्वदेशमै रोजगारी, शिक्षा, दिक्षा प्रगतिका उपाय भएको भए बिदेशीने ती युवा हरु आफ्ना आमा बुवा, छोराछोरी, घरखेत, खोला नाला र जन्म भुमी नै छोडेर आशुँका धारा चुहाउँदै ‘बाचे भेटौला’ भन्दै विदेशिनु पर्ने थिएन । प्रवासमा कतै पुँजीपतिले नेपाली चेलीको अस्तित्व लुटेका चित्कार गुर्जिन्छ्न त कतै कारखानाको मेसिनमा परेर ज्यान नै जान्छ । कतिपयकोे हत्या भएर रातो बाकसमा प्याक भएर लास नेपाल आउँछ । यो समस्या समाधानका लागि राज्य सत्ता चलाईरहेका नेताले कहिले सोच्ने ? अहिलेसम्म अरु सबै बिषयमा केही भए गरेको देखिन्छ तर युवाको बिषयमा भने ठोस योजना पारित भएको छैन । एक वर्षमा ४ लाख युवाहरुलाई रोजगार दिलाउछु भनेर नेकपा एमाले पार्टीले आफ्नो घोषणा पत्रमा जारी गरेको र अरु कुनै पार्टीले युवाको बिषयमा सोचेको देखिएन । निबर्तमान केपि ओली सरकारले ल्याएको योजना अनुसार युवा परिषद भनेर गठन भएको छ । सबै जिल्ला हरुमा युवा परिषद गठन पनि भइ सकेको छ । अब यो युवा परिषदले युवाहरुलाई सीप, कला र क्षमता योग्यता अनुसारको काम, माम र दाम दिन तर्फ अग्रसर हुनैपर्छ । नेपालको आमूल परिवर्तनको निम्ति बिगत २००७ साल देखि अहिले सम्मका विभिन्न आन्दोलनहरुमा नेपालका होनहार युवा हरुको महत्वपूर्ण भुमिका रहेको छ । कति युवाहरुले त्यो आन्दोलनमा परि शहादत प्राप्त गरेकाछन भने त कति युवाहरु अंग भंग भएको इतिहास हामी संग छ । अब त्यसो हो भने के आम नेपाली यूवाहरुले देशमा आन्दोलन गर्दै शाशन सत्तामा परिवर्तन गराइदिने र आफूहरु विदेशमा काम गर्न जाने भनेर त कदापी होईन होला । उनिहरुले आफ्नै देशमा केही गर्नुपर्छ, शाशन सत्ताको परिवर्तन पश्चात युवाहरुले पनि राहत महसुस गर्न पाउलान भन्ने आश र अपेक्षाका कारण नै उनिहरु सहभागी बनेका होलान नि कि कसो ? नेपालका राजनीति दलले नेपालका दक्ष युवा हरुलाई ‘युज एण्ड थ्रो’ गरेको देखिएको छ । चुनावी माहोलमा पार्टीको झन्डा बोकेर हिड्ने तिनै युवा हरु हुन्छन जब निर्वाचन सम्पन्न हुन्छ भने जस्तो केही उपाय नपाए पछि फेरि निराश भएर बिदेशिने युवा पनि तिनै हुनछन । नेपालका युवा शक्ति विना नेपालको कुनै पनि आन्दोलन सफल भएको छैन । देश र जनताको लागि आफ्नो ज्यान नै आहुती दिने युवा हरुलाई किन स्वदेशमै रोजगारीको बाताबरण श्रृजना भएन वा गरिएन ? सहानुभूतिले मात्र देश बन्दैन । देश बनाउन हिम्मत, परिश्रम, अनुभव र सक्षम नेतृत्व चाहिन्छ । त्यसैले देशका कर्णदार भनेर चिनिने जुझारु युवा शक्तिको देश निर्माण कार्यमा ठूलो खाँचो छ । अब युवाहरु एकताको मियो बनेर आउनु पर्छ । बिखण्डनकारी अतिवादी विरुद्ध सुनामी बन्नु पर्छ । नेपाल आमाको रक्षा गर्न सच्चा देश भक्त सपूत बनेर युवाहरु शान्तीगामी नेपाली जनताको दियो बनेर अगाडी बढ्नु पर्छ । देशका युवा शक्ति प्रदेसी जीवनयापन गरिरहेका छन । गाउँ घर र सिङ्गो देश युवा बिहिन छ । बुढा आमा बुवाहरु बुढेशकालमा समेत चिन्तामा बाँच्न विवश छन । बालकहरु टुहुरा भयका छन । दिनमा करोडौं रुपैँया नेपालमा रेमिटेन्समार्फत पठाइरहेकाछन । बिदेशी भुमिमा रगत र पसिना बगाएर, ज्यानको बाजी लगाएर हाम्रा युवा शक्तिले काम गरिरहेका छन । तर नेपालमा बस्ने राजनेताहरुले प्रवाशी नपालीहरुका पिडाहरुलाई बुझ्न सकेका छैनन । यदि यो पीडा कुनै पार्टीले बुझेको छ भने त्यो पार्टीको नाम हो नेकपा एमाले ! एमाले पार्टीको भिजन योजना र सम्माननिय प्रधानमन्त्री केपी ओलीले अघि सार्नुभएको योजना अनुसार काम गर्न पाएको भए पक्कै पनि नेपालमा यूवाहरुका लागि केहि गर्ने अवसरहर सिर्जना हुन्थे । नेपालको मुहार बदलिने थियो । यतिधेरै युवा शक्ति विदेसिने थिएनन तर बिडम्बना काम गर्ने क्षमता र हिम्मत भएको मान्छेलाई नेपालमा काम गर्न दिदैनन । यदि यो सरकार पुरा अवधी टिक्न सकेको भए लाखोँ नेपाली युवाहरुले श्रण प्राप्त गर्दै आफ्नो सिर्जनशीलता आफ्नै भुमिमा पोख्न पाउने थिए । जसले गर्दा नेपाल झन मलिलो हुने थियो र देशले कम्तिमा पनि आर्थीक सम्वृद्वता तर्फ अग्रसर हुने मौका पाउने थियो । दिनहुँ सयौँ नेपालीहरु विदेश जान लाम लाग्ने थिएनन । बरु त्यो लाम देश बनाउने ठाँउमा, देशको रुप परिवर्तन गर्ने ठाँउमा, विकास निर्माण गर्ने ठाँउमा लाग्थ्यो । देश निर्माण र नेपाली युवाहरुको निम्ति आएको राम्रो योजना पारित नै हुन नदिएर आ–आफ्नो स्वार्थको लागि सरकार बनाउने र ढाल्ने खेलमा लाग्छन नेपालका हाम्रा आदरणीय नेताहरु । बर्तमान केपि ओलि नेतृत्वको लोक प्रिय सरकारलाई ढालेर नौ महिना माओवादी केन्द्र ले सरकारको नेतृत्व गर्ने अनि नौ महिना नेपाली काङ्ग्रेसले नेतृत्व गर्ने सहमति भएको कुरा बाहिर आएको छ । नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने देशमा कसरी बिकास निर्माण होला । देसको अर्थतन्त्रको हालत के होला । अनि देश कसरी अगाडि बढ्न सक्छ ? आदरणीय बिकास प्रेमी नेता ज्यु, एक बच्चा स्वस्थ् रुपमा जन्मिन त नौ महिना भन्दा बढि समय कुर्नुपर्ने हुन्छ । यहाँ त देशलाई जवान बनाउने कुरा छ, देशको समुन्नती गर्ने कुरा छ । देशलाई आर्थीक, सामाजीक अनि सांस्कृतीक रुपमा आत्मजिनर्भर अनि विकसित बनाउने कुरा छ । अनि कसरी त्यो काम, योजना सम्पन्न हुनसक्छ र नौ महिनामा ? नौ–नौ महिनामा सरकार बनाउदै जाने हो भने तपाई हरु अझ देसलाई दस वर्ष पछाडी धकेल्ने काम गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोस नेपालमा परिवर्तनको निम्ति लोक प्रिय काम एमाले पार्टी बाट मात्र देखिएको कुरा अब नेपाली जनताले बिर्सने छैनन् । बिसं २०५१ सालमा मनमोहन अधिकारीको शासन काल र बर्तमान केपि ओलिको नौ महिने कार्यकालमा भएका काम जस्तो इतिहासमा कसैले पनि गर्न सकेनन । सबल र समृद्धि राष्ट्र निर्माणका निम्ति जस्तो सुकै परिस्थितिमा पनि अगाडी बढ्दै, लोकप्रियता आर्जन गर्दै गरेको अबस्थामा काम गर्ने हिम्मत र आट भएको क्षमतावान व्यक्ती लाई काम गर्न किन यो सरकारलाई दिइएन ? के यहाँहरुको पार्टीले देखाएका सिपनाहरु यिनै हुन त जनतालाई हरेक नौ नौ महिनामा सरकार परिवर्तन मात्रै गर्ने ? अब देशको अवस्था परिवर्तन गर्न तिर लाग्नुपर्ने बेलामा तपाइहरु आफ्नो र आफ्नाहरुको अवस्था परिवर्तन गर्दै हिडिरहनुभएको छ । के यहि हो त यहाँहरुको चाहना, आज सिगों प्रवाशी नेपाली समाज दुःखी छ । भावविवहल छ यहाँहरुका लज्जास्पद गतिविधिबाट, सत्ता मोहबाट । युवा हरुको निम्ति साच्चै योजना र कार्यक्रम आएको भए नेपालको युवा शक्ति बिदेसीने अबस्था आउने थिएन । अर्काको देशमा रगत र पसिना बगाउने युवाहरु के आफ्नो देशमा अवसर सिर्जना गरिएको खण्डमा बगाउन सक्दैनन् ? अबस्य सक्छन । अनि युवा देश निर्माणको कार्यमा जुट्ने माध्यम राज्य बाट मिल्यो भने नेपालको बिकास हुन कुनै असम्भव छैन । देशमा थुप्रै सम्भावना हुदाहुदै पनि बिकास हुन सकिरहेको छैन । बिकास नचाहने नेताका कारण आज देश बिश्व को दुई नम्बर गरिब देशमा परिणत हुदैछ । नेपाली युवा हरु अबसरको खोजीमा छन अबसर पाएका छैनन । अब युवाहरुलाई विशेष गरि अबसर प्रदान गरियोस । अब देश भक्ती युवाहरु एक जुट भएर खबरदारी गर्नुपर्छ । नेपालको बिकास निर्माण नचाहने प्रतिगामी विरुद्ध भन्डाफोर गर्दै प्रतिकार गर्नुपर्छ । अब जाग्नु पर्यो अति नै भइ सक्यो । अब तपाई हामीले सहेर बस्ने अबस्था छैन । नेपाली युवाहरुले राणाकाल ढाले, पन्चायत ढाले राजतन्त्र ढाले सबै परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहेको छ । अब युवाहरुले कसैको पुच्छर भएर लाग्नु हुदैन । ठिक र बेठिक छुट्याउनु जान्नु पर्यो, जसले युवाहरुको निम्ती राम्रो योजना ल्याएको छ त्यसलाई समर्थन गर्नुपर्छ । जब सम्म युवा शक्तिलाई देश निर्माणकार्यमा समावेस गरिदैन तब सम्म नेपाल राष्ट्रको बिकास निर्माण कदापी अगाडी बढ्ने सक्दैन । अन्तमा अब युवा हरुलाई बिदेशी भुमिमा होईन नेपाली भुमीमा बस्ने व्यबस्थाको सिर्जना गरियोस । प्रवासी नेपाली युवाहरुको दुख पीडा बुझ्न को निम्ति ठोस योजना बनोस । अब नेपाली यूवाहरुको मेहनतले हिमाल देखि तराईका फाँटहरुसम्म सम्वृदिका रेखाहरु कोरीएको देख्न पाइयोस । अब देशमै आम यूवाहरुले रोजगार पाउने अवसरको सिर्जना गरियोस ।

Wednesday, March 1, 2017

जनता बहुमुखी क्याम्पस विद्यापूरमा नेविसंघको पुरै प्यानल विजयी

पश्चिम सुर्खेतको बिद्यापुरमा रहेको विद्यापुर बहुमुखी क्याम्पसमा आज मिति २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ काे सम्पुर्ण प्यानल विजयी भएको छ । नेविसंघ, अखिल र अखिल (क्रान्तिकारी) का छुट्टाछ्ट्टै प्यानल दर्ता भएकोमा नेविसंघको प्यानल विजयी भएको हो । नेविसंघका तर्फबाट सभापतिमा पुर्ण बहादुर रावलले (४९) मत ल्याइ विजयी भएका छन् भने सोही प्यानलबाट सचिवमाा कमल बास्तोला (४७) मत ल्याइ विजयी भएका छन्, कोषाध्यक्षमा बिष्णु धमाला (४८) मत ल्याइ विजयी भएका छन् । यस्तै सदस्यहरुमा बिनोद राम्जालि (५४),चक्र बि क (५०) ,कृष्ण धमाला (५०) दुर्गा पौडेल (४७) विजयी भएकाछन् । जम्मा ९० मत खसेकाे २ मत बदर भएको थियो । अखिल क्रान्तिकारीका सभापतिका उम्मेदवार रोसन राम्जालिले १४ र अनेरास्ववियुका नन्दराम खनालले २५ मत ल्याएकाछन् ।

Tuesday, February 28, 2017

प्रनेसंघ प्रा स को सम्मेलन सम्पन्न

प्रेम ढुंगाना "प्रभात" मुम्बइ प्रवासी नेपाली संग भारत महाराष्ट्र गुजरात संयुुक्त राज्य समिति अन्तर्गत पर्ने नवि मुम्बई नगर समितिको मातहतमा रहेको पनवेल प्रासको प्रथम सम्मेलन बल बहादुर कडायतको अध्यक्षतामा र टंक रावलको संचालनमा सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति अध्यक्ष कटक शाहीको उपस्थिति रहेको थियो भने अन्य अतिथिका रुपमा राज्य समिति सह कोषाध्यक्ष भिम त्रामु ,राज्य समिति सचिवालय सदस्य राधा रावल ,राज्य समिति सदस्य नीर सिंजालि ,भिम बराल ,नवि मुम्बई नगर समिति सदस्य घन श्याम सिंजालि र पृथ्वी भाटको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिको अध्यक्षमा खेमराज काफ्ले जोशी उपाध्यक्ष श्रीमती सुमित्रा शाही सचिव भीम खनाल सहसचिव महेश रावल कोषाध्यक्ष लालसिंग बि क सदस्यहरु : धिरेन्द्र शाही,जनक बि क,कमल धामी,रामबहादुर बडुवाल,भरत भण्डारी, धेब दास, श्रीमती देबु बि क, श्रीमती कमला रावल,श्रीमती मिना काफ्ले जोशी,देबेन्द्र शाही, लोकनाथ ढकाल, बिनोद बिष्ट र श्रीमती मिना बिष्ट रहेका छ्न । सल्लाहकार समितिमा राधा रावल ,टंक रावल ,बल कडायत रहेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले बिगत लामो समय देखि नेपालमा स्थानीय निकायको निर्वाचन हुन सकिरहेको थियन बर्तमान सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत योग्य रहेको छ ।अब हुने निर्वाचन लाई सफल पार्नको लागि भारतव्यापी अभियान जारी गर्दै नेकपा एमालेको नीति र एमालेको नेतृत्व लाई अगाडि बढाउन पर्ने र नेपाल राष्ट्र लाई समृद्धि र नया धरातलमा पुगाउनको लागि एमाले पार्टी संग सहि नीति र भिजन रहेकोले अबको निर्वाचनमा एमाले लाई जिताउनको निम्ति आम प्रवासी नेपाली आमा बुवा ,दिदिबहिनी र दाजुभाइ लाई अनुरोध गर्दै निर्वाचित समिति लाई पद तथा गोनियताको सफत ग्रहण गराउनु भयो ।

Monday, February 27, 2017

बिद्यापुरका लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न नसके पनि नेपाली कलाकारहरु पछिल्लो समयमा बढिरहेको कलाप्रतिको आकर्षणले निकै उत्साहित देखिएका छन् । स्वदेशमा साथै विदेशमा नेपाली कलाकारले सिर्जना गरेका कलाकृतिहरुको माग बढेका कारण पनि विगत केही वर्षयता कलाकारिताप्रति नेपालीहरुको आकर्षण बढेको छ । भारत बङगलादेशलगायतका विदेशी राष्ट्रहरुले कलाकारिताको विकासलाई उच्च प्राथमिकतामा राखेको कुरालाई नेपालमा गम्भीरताका साथ लिँदै कलाको विकासका लागि लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको कलाकारहरुको भनाइ छ ।
पछिल्लो समयमा नेपाली कलाकारिता क्षेत्रमा भविष्य रहेको भन्दै यस क्षेत्रमा नयाँ–नयाँ अनुहार देखा पर्न थालेका छन् । यसको एउटा ज्वलन्त उदहारण हो सुर्खेत बिध्यापुर छ घर भैइ बिगत तीन बर्स एता U.A.E मा कार्यरत रहेका लोकेन्द्र पौडेल । भन्छन ‘मलाई विदेशमा भन्दा अब नेपालमै म्यूजिक भिडियो खेल्ने ठूलो रहर छ, ‘मलाई कलाकारीता एकदमै मनपर्ने क्षेत्र हो । देख्न मा म जस्तो भए पनि आफू लाई राम्रै लाग्छ । उनले कलाकारिता क्षेत्रमा दुःख छ । तर, खुसी मनले यो क्षेत्रमा लाग्यो भने दुःखको अनुभव पनि नहुने बताए । त्यसैले अहिले मेरो रोजाई भनेको कलाकारिता क्षेत्र नै हो ।’

Saturday, February 25, 2017

चुनावले कक्षा ११ र १२ काे पिरक्षा सर्ने

कक्षा ११ र १२ काे पिरक्षा सरेकाे छ । स्थानिय तहकाे चुनाव बैषाख ३१ मा हुने तय भएपछि कक्षाा ११ र १२ काे पिरक्षा सर्ने भएकाे छ । र्निवाचन अायाेगले बैषाख २५ गते देखि बैषाख ३१ गते सम्म सबैविद्यालयहरु वन्द गर्न सरकारलाइ निर्देशन दिइसकेकाे हुनाले पिरक्षा सार्ने निर्णय राष्टिय पिरक्षाा वाेर्डले गरेकाे हाे ।

'लुट २':

चार वर्ष अगाडि एउटा फिल्म रिलिज भयो। त्यो एउटा अर्को फिल्ममात्र थिएन, फगत एउटा संख्याका रूपमा गनिने। सो फिल्मले एउटा भिन्न नाम र परिचय बनायो। फिल्म थियो 'लुट'। एउटा खासै नाम नसुनिएको युवा निश्चल बस्नेतले निर्देशन गरेको फिल्मले नेपाली फिल्ममा एउटा कोशेढुङ्गा स्थापित गर्‍यो जसको चर्चा नेपाली फिल्म निर्माणको नालीबेलीमा कहिले छुट्ने छैन्। नेपाली फिल्म इतिहासको उकाली ओरालीमा फिल्मको चर्चा 'पोस्ट' र 'प्री' लुट भनेर भइरहनेछ। सो फिल्मबाट निश्चल नेपाली फिल्मका एउटा गर्विला अनुहार भए। उनै निश्चल चार वर्षपछि तेस्रो फिल्मका रूपमा आफ्नै पहिलो फिल्मको सिक्वेल लिएर दर्शकमाझ आएका छन्। शुक्रबारबाट रिलिज भएको फिल्ममा धेरैको नजर छ, फिल्म कस्तो बन्यो भनेर? वर्षकै सर्वाधिक प्रतिक्षित बनेको फिल्मको कथा देशमा गत वर्ष भारतले लगाएको नाकाबन्दी वरिपरि घुमेको छ। नाकाबन्दीमा पेट्रोल,डिजेल, मट्टीतेल र ग्यासको अभावले काठमाडौं सिथिल छ। विनाशकारी भूकम्पले थिल्थिलिएको देशमा नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको कालोबजारी मौलाएको छ, त्यसमै मौलाएको छ 'हाकु काले' (सौगात मल्ल)को कालो कारोबार। भूकम्पको मौकामा जेलबाट भागेका नरे (कर्मा), गोफ्ले (दयाहाङ),पाण्डे (सुशिल राज पाण्डे), देवेन (प्रतिक राज न्यौपाने) आफूलाई फासाउने हाकुलाई बदला लिन दिनरात खोजिरहेका छन्। उनीहरूले हाकुलाई कसरी भेट्टाउँछन् र आफ्नो बदला लिन सक्छन् या सक्दैनन् यसैको सेरोफेरोमा फिल्मको कथा अगाडि बढ्छ। 'लुट-२' 'लुट' जत्तिकै राम्रो छ कि छैन्? दर्शकको दिमागमा आउने पहिलो प्रश्न यही हो। फिल्म पहिलो सिक्वेल जत्ति बलशाली छैन्। यसका लागि फिल्मको पटकथा जिम्मेवार छ। पटकथाले मुख्य रूपमा हाकु काले तथा गोफ्लेलाई बढी ठाउँ दिदाँ खुकुलो बनेको छ। दर्शक हसाउँने ध्याउन्नमा फिल्म फस्दा केही दृश्य फिल्ममा चाहिनेभन्दा बढी लामा छन्। चाहे त्यो गोफ्लेको प्रेमिकासँगका दृश्य हुन् या हाकु कालेसँग गोफ्लेको टोली भिड्दा। ती दृश्यले फिल्मको लयमा स्पिड ब्रेकरको काम गरेका छन्। उनीहरूलाई प्राप्त ज्यादा ठाउँले सुशील, कर्मा, प्रतिकको स्क्रिन स्पेस खुम्चिएको छ। त्योसँगै तिनले फिल्मलाई लम्बाउने काम पनि गरेका छन्। फिल्मले यी कुरामा ध्यान नदिदाँ कथा अनुसार घटेको छ। माथि उल्लेखित कुराहरूलाई सम्पादनमा कस्न सकिन्थ्यो। तर, सम्पादनमा पनि खुकुलो छोडिएको छ। सम्पादन खुकुला हुँदा फिल्मले दर्शकमाथि पार्ने प्रभाव कम हुन पुगेको छ। करिब २ घण्टा १० मिनेट लम्बाइको फिल्मलाई सम्पादनबाट केही छोटो बनाउने काम गरिएको भए फिल्म मजबुत हुने थियो। पटकथा तथा सम्पादनमा यी कमजोरी भए पनि कलाकारहरूको अभिनय फिल्ममा सबैभन्दा अब्बल छ। 'हाकु'को रूपमा सौगातले आफ्नो लयलाई पहिलेको जस्तै गरी समाइरहेका छन्। 'गोफ्ले' बनेका दयाहाङ आफ्नो भूमिकामा एकदमै फिट छन्। 'पित्तल' बनेका विपिन कार्कीले आफूलाई प्राप्त स्क्रिनस्पेसमा बेग्लै उभ्याएका छन्। उनको कमिङ टाइमिङले दर्शकलाई सर्वाधिक प्रभावित पार्छ। विपिन आफ्ना अघिल्ला फिल्महरू जस्तै यसमा पनि भर्सटायल छन्। नरे बनेका कर्मा र खत्री बनेका प्रतिकले पनि पाएको भूमिकालाई सहज निर्वाह गरेका छन्। यसै गरी सिर्जना सुब्बा (पुतली) र प्रविण खतिवडा (माने) को काम स्वभाविक छ। फिल्ममा नवप्रवेशी अलिशा राईले सुन्दरीको भूमिकालाई सहजै गरेकी छन्। आफ्नै उमेरको भूमिकाबाट उनले पनि दर्शकको मन जित्छिन्। यसैगरी कामेश्वर चौरसियाले राम्रो काम गरेका छन्। निर्देशकका रूपमा निश्चल फिल्ममा सर्वोत्कृष्ट देखिएका छैनन्। उनको निर्देशन फस्ट डिभिजन भन्दा केही माथि मात्रै छ। कथासँग स्क्रिन प्लेको सन्तुलन मिलाउन उनी केही असफल देखिए। फिल्मका लेखक पनि उनी स्वयम् भएकाले फिल्म लम्बाइ-चौडाइसँग उनी जत्ति कोही साक्षात्कार हुन सक्दैन्। तर पनि उनले स्क्रिन प्लेलाई कस्न धरमराएका छन्। फिल्ममा उनले गरेको ट्रिटमेन्ट तारिफयोग्य छ। फिल्म उनले 'ट्विस्ट'हरूको राम्रो प्रयोग गरेका छन् तर तिनको असर फिल्म लामो हुँदा कम प्रभावशाली पनि छ। दर्शकलाई बदला कसले लेला भन्ने कुरामा बाँधिराख्ने उनको प्रयत्न इमानदार छ भलै त्यो पहिलो श्रृखंलाको दाँजोमा उभिएको छैन्। फिल्ममा प्रयूक्त संवादका लागि भने निश्चल सर्वाधिक प्रशंसाका पात्र हुन्। पहिलो श्रृखंलामा रहेको संवाद लयलाई उनले यसमा पनि उत्कृष्ट ढंगले निरन्तरता दिएका छन्। संवादहरू बोलिदा दर्शकहरूले बजाउने ताली र सिठ्टीले उनको उत्कृष्टतालाई सहजै प्रमाणित गर्छ।

कर्मचारीलाई कुटपिट गरेपछि नेविसंघका नेता फरार

ललितपुर – पाटन संयुक्त क्याम्पसमा नेविसंघका विद्यार्थी नेताहरुले क्याम्पसका एक कर्मचारीलाई आक्रमण गरी सख्त घाइते बनाएका छन् । क्याम्पस प्रशासनका अनुसार घाइते हुनेमा लाइबे्ररीका सुरक्षा गार्ड सानो कान्छा तामाङ रहेका छन् । नेविसंघका इकाइ नेता तथा पाटन क्याम्पसका लागि स्ववियु सभापतिका दाबेदार समेत रहेका राजेश काफले र नेविसंघकै पाटन इकाइका कार्यबाहक अध्यक्ष रमेश राउत लगायतले तामाङलाई आक्रमण गरेका हुन् । लाईब्रेरी बन्द रहेको अबस्थामा शुक्रबार विहानै जबरजस्ती गेट खोल भन्दै तामाङलाई आक्रमण गरेको पाटन इकाइकै अखिलका एक नेताले जानकारी दिए । तामाङको पेटमा चिरिएको र अल्का अस्पतालमा उपचार गराइएको ती नेताले जानकारी दिए । आक्रमणमा संलग्न दुबै जना फरार रहेको र तिनिहरुलाई कारबाहीको दायरामा ल्याउन क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनबीच छलफल भैरहेको बताइएको छ । साभार http://www.ratopati.com/news/120358/

Friday, February 24, 2017

कति राम्रा स्वदेशी उत्पादन

२८ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौंला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। ६ दिनसम्म चल्ने मेलामा आकर्षक स्वदेशी उत्पादनहरु राखिएको छ। ति उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको घरेलू तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जानकारी दिए। मेलामा ३ सय भन्दा बढि स्टल रहेको र ३ सय ५० जना भन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी भएका छन्। मेलामा स्थानीय बस्तुहरुको महत्वबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ। मेलामा ३ लाख अवलोकनकर्ता सहभागी हुने आयोजकले जनाएको छ।
मेलामा नेपालको स्थानीय स्तरमा उत्पादन हुने ढाका कपडा, बाँस र बाँसका सामग्रीहरु, चिया, कफी, हाते कागज, खुकुरी, करुवा जस्ता सामग्रीहरु राखिएका छन्। मेलाको उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साना, घरेलु तथा मझौला उद्योगको विकासले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे। मेलामा करिव ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्: नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरुलाई धन्यवाद दिइन् । उनले आफू नेपाल बस्छ या बस्दैन भनेर विभिन्न खालका चर्चा भएको भन्दै भनिन्–‘नेपालमा पनि डान्सको संभावना छ । तर, म नेपाल बसेर काम गरे भने सबैले तेरिया भनेर चिन्छन् । तर, नेपाल बाहिर बसेर काम गरे भने सबैले नेपालकी तेरिया भनेर चिन्छन् ।’ उनले सधै आफूलाई यसरि नै सहयोग गर्न नेपालीलाई आग्रह गरिन् । उनले आफूलाई नेपालकी तेरिया भनेर चिनिनु छ भनिन् । तेरियाले ‘तेरिया मगर फाउन्डेशन’लाई पनि अगाडि बढाउने बताइन् । आफूले कमाएका रकममध्येको केहि रकम यो फाउन्डेशनमा राख्ने र ठूली भएपछि आफै ह्यान्डल गर्ने समेत बताएकी छिन् ।

Monday, November 21, 2016

कानपुरमा रेल दुर्घटना ५५ को मृत्यु १५० भन्दा बढी घाइते

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो। पटना-इन्डोर एक्सप्रेसका १४ डिब्बा पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतीय अधिकारीहरूका अनुसार अहिलेसम्म ५५ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। समाचार अनुसार स्लिपर क्लासका ६ र एसी क्लासका ३ डिब्बा पूरै दुर्घटनाग्रस्त छन्। मृत्यु हुने अधिकांश यही डिब्बाका यात्री रहेको भारतीय प्रहरीले जनाएको छ। युपी प्रहरीका अनुसार सबैभन्दा बढी हाताहाती एस १ र एस ३ डिब्बाका यात्री छन्। यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले रेल दुर्घटनाको बारेमा छानबिन गर्न आदेश दिएका छन्। भारतीय रेलवे सेवाले एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न निर्देशन दिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले रेल दुर्घटनाबाट आफू अत्यान्त दुखी भएको भन्दै ट्विट गरेका छन्। यस्तै गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुखी हुँदै उद्धार र उपचारको लागि तत्काल व्यवस्था गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। यूपीका सीएम अखिलेश यादवले कानपुर ट्रेन दुर्घटनाका घाइतेको उद्धार र उपचारका लागि सबैसँग आग्रह गरेका छन्।

Thursday, November 17, 2016

एएफसी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं—एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। उपाधि विजेता टोलीलाई स्वागत गर्न युवा तथा खेलकुल मन्त्री दलजित श्रीपाली स्वयं विमानस्थल पुगेका थिए। टाेलीकाे स्वागतका लागि राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव केशवकुमार विष्ट, एन्फा कार्यवाहक अध्यक्ष मणि कुँवर, राष्ट्रिय टाेलिका पूर्व प्रशिक्षक, पूर्व कप्तान तथा राष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, कृषण थापा, बालगाेपाल महर्जन, हरि खड्कालगायत पनि ड्रमसेटलगायत बाजागाजासहित विमानस्थल पुगेका थिए। विजयी टोलीको स्वागतका लागि नेपालको यु–१४ राष्ट्रिय फुटबल टोली तथा महिला फुटबल टोली राष्ट्रिय झन्डा लिएर विमानस्थलमा पुगेको थियो। त्यस्तै हजारौं फुटबल समर्थक अाम सर्वसाधारणसमेत टाेलीकाे भव्य स्वागतमा अन्तरार्ष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले नेपाल ! नेपाल !! भन्दै नारा लगाएका थिए। उनीहरूले बाजागाजाका साथ 'याे मन त मेराे नेपाली हाे..,' 'याे नेपाली शीर उचाली..' जस्ता राष्ट्रिय गीतहरू गाएका थिए। टाेलीकाे स्वागतमा उपस्थित नेपाली राष्ट्रिय फूटबल टाेलीका पूर्व कप्तान हरि खड्काले नेपाली टाेली लामाे समयपछि सही ट्रयाकमा फर्किएकाे प्रतिक्रिया दिएका छन्। 'याे विगतमा गरिएकाे मेहनतकाे फल हाे,' उनले नागरिकसँग भने, 'याे उपलब्धिलार्इ जाेगाउँदै साफ च्याम्पियनशीप जित्न अब नेपाली टाेलीकाे लक्ष्य हुनुपर्छ।' खेलाडीकाे जीवनस्तर सुधार्न तथा उनीहरूकाे अार्थिक उन्नति र तालिमका लागि सरकारले एन्फाले विशेष पहल लिनु पर्ने उनकाे धारणा थियाे। विजयी टोलीलाई एयरपोर्टबाट गौशाला–बत्तिसपुतली–मैतिदेवी–पुतलीसडक–घण्टाघर–शहिदगेट–न्युराेड–त्रिपुरेश्वर–थापाथली–पुल्चोक–मंगलबजार–ग्वार्को परिक्रमा गराउँदै एन्फा मुख्यालय पुर्याइने छ। मंगलबार मकाउलाई १–० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कप जितेको थियो।

Saturday, November 12, 2016

मुरी भित्र्याउने चटारो

मुख्य चाडपर्व मनाएपछि फुर्सदिला बनेका किसान यतिबेला धान भित्र्याउने चटारोमा छन् । हिजोआज जिल्लाका अधिकांश भेगका किसानहरु धान थन्काउन व्यस्त देखिन्छन् । असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने किसानलाई भ्याईनभ्याई भएको हो । धान पाकेर खेत पहेलपुर भएपछि किसानलाई खेतमा चरा मुसाले सखाप पार्ने चिन्ता हुन्छ । ‘धान नभित्रेसम्म चयनले बस्न सकिदैन, वीरेन्द्रनगर–१४ मनिकापुरका अगुवा किसान हर्क खत्रीले भने, चाडपर्व मनाइँयो । अब धान स्याहार्न जुटेका छौं ।’ उनको खेतमा अघिल्लो वर्षको तुलनामा यसपटक धान राम्रो फलेको छ । हाइबे्रड ‐१५१) जातको धानको उत्पादन भने त्यति राम्रो नभएको उनले बताए । ‘गत वर्ष धानले फूल खेल्न नपाउँदै सुख्खा लाग्दा उत्पादन कम भयो’, उनले भने, यो साल मौसमले साथ दिँदा उत्पादन राम्रो छ ।’ उनी जस्तै किसानहरुका घरमा केही दिनभित्र धानका भकारी कसिँदै छन् । ‘यो वर्ष समयमै वर्षा भएकाले जिल्लाभर धान उत्पादनमा २० प्रतिशतले वृद्धि हुने देखिन्छ, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले भने, ‘किसानले समयमै रोपाइँ गर्न पाए । धानमा लाग्ने रोगकीराको प्रकोप पनि देखिएन ।’ जिल्लाको धेरै धान फल्ने वीरेन्द्रनगरको तल्लो भाग, रामघाट, दशरथपुर, मेहलकुना, सहारे, मालारानी, गुमी, दहचौर, बाबियाचौर, विद्यापुरलगायतका भेकका किसानहरु धान भिœयाउन जुटिरहेका छन् । मौसमले साथ दिएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानहरुका लागि पनि यो वर्ष सुखद रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय अन्तरगतको सहारे सेवा केन्द्रका प्रमुख छत्रबहादुर खत्रीले यो वर्ष मालारानी र सहारेमा धान उत्पादन राम्रो हुने बताए । खत्रीले भने, ‘विगतका वर्षमा किसानहरुबाट धानमा रोग लागेको समस्या आइरहन्थ्यो । यसपटक त्यस्तो समस्या लिएर कोही आएनन् । रोगकीरा नलागेपछि उत्पादन बढ्ने निश्चित छ ।’ उनका अनुसार किसानहरु यतिबेला धान काट्न, चुट्न र दाही हाल्न व्यस्त छन् । सहारे बेल्डमा ७० प्रतिशत धान खेती गरिँछ । कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्षभन्दा धानखेती गरिएको क्षेत्रफलसमेत यस वर्ष बढी छ । गत वर्ष १३ हजार २ सय ९७ हेक्टर खेतीमा धान रोपाइँ भएकोमा यस वर्ष १४ हजार ६ हजार हेक्टरमा धानखेती गरिएको गरिएको छ । गत वर्ष ५० हजार ३ सय ७३ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ५५ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । ‘विगतका वर्षमा मौसम अनुकूल नहुँदा बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन, कृषि प्रसार अधिकृत थापाले भने, ‘यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ ।’ गत वर्ष वर्षा ढिला भएका कारण उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै वर्षा नहँुदा गत वर्ष एक हजार हेक्टर बाँझो रहेको थियो । रोपाइँका लागि अनुकूल वर्षा भएपछि किसानहरुले यो वर्ष समयमै धान रोप्न पाएका थिए । जिल्लामा करिब ४० प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जिल्लाका केही क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष धानमा रोगकीराको प्रभाव नगन्य पाइएको छ । उन्नत बीउ, प्रविधि, मलको उपलब्धता, आवश्यकता अनुसार रोगव्याधीको उपचारलगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउने प्रयास जिल्ला कृषि विकास कार्यालयले गर्दै आएको छ । जिल्लाका कुल ५५ हजार २ सय खेती योग्य जमिन मध्ये १४ हजार ४ सय हेक्टरमा धान खेती हुन्छ । संस्थानले धानको मूल्य तोकेन खाद्य संस्थानले धानको मूल्य तोक्न ढिलाई गरेको छ । किसानले धान काटेर बेच्न शुरु गरिसक्दा संस्थानले भने धानको मूल्य र कोटा निर्धारण गर्न सकेको छैन । केन्द्रबाट नै कुनै आदेश नआएकाले धानको मूल्य तोक्न नसकिएको खाद्य संस्थान, भेरी अञ्चल कार्यालय, नेपालगञ्जले जनाएको छ । संस्थानले बेलैमा धानको मूल्य नतोकिदा किसानले सस्तो मूल्यमा व्यापारीलाई बेच्न थालिसकेका छन् । धेरै धान हुने किसानले राखेर राम्रो मूल्य कायम भएपछि बेच्ने गरेपनि साना किसान जसलाई तुरुन्त पैसाको आवश्यक पर्छ उसले चाडै नै बेच्ने गर्दछन् । संस्थानका नेपालगञ्ज प्रमुख श्रीमणी खनालले मंसिर पहिलो सातासम्ममा धानको मूल्य कायम हुन सक्ने बताए । ‘अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन, खनालले भने, धानको मूल्य र खरिद गर्ने कोटाको निर्णय एकैपटक आउँला ।’ यसपाली धानको उत्पादन राम्रो भएको र साना किसानले धानलाई तत्काल बेच्ने भएकाले संस्थानलाई मूल्य निर्धारण गर्न किसानले दबाब दिएका छन् । ढिलो गरी धानको मूल्य निर्धारण हुँदा व्यापारी मालामाल हुन्छन् । गतवर्ष संस्थानले मोटो धान एक हजार नौ सय २५ र मध्यम धान दुई हजार २५ मा खरिद गरेको थियो । संस्थानले धानको मूल्य तोक्ने बित्तिकै सस्तोमा कारोबार गर्ने व्यापारीले रातारात सरकारी मूल्य भन्दा केही बढीमा खरिद थाल्ने गर्दछन् । बाह्रैमास चामल पठाउने कर्णाली अञ्चललगायतका जिल्लाका लागि संस्थानले धान खरिद गरेर बर्दियाको राजापुरमा रहेको आफ्नै मिलमा कुटान गर्ने गर्दछ । समयमै धानको मूल्य तोकेर खरिद प्रक्रिया शुरु गरेमा संस्थान र किसान दुवैलाई फाइदा हुने भएपनि सरकारले यस काममा वर्षेनी ढिलो नै गर्ने गर्दछ । कतिपयले यसलाई कमिसनको खेलका रुपमा अथ्र्याउने गर्दछन् ।

Friday, November 11, 2016

लगाम गाविसमा बाघको बिगबिगी

सुर्खेतको पश्चिम लगाम गाविसमा बाघको बिगबिगी बढ्दै गयको छ । लगाम गाबिस स्थित वडा ५ धनरास, धामिशैन र तालागाउमा बाघले दिनहु किसानका बाख्रा लगायत अन्य पशु मार्न थाले पछी स्थानिय चिन्तित बनेका छन। प्रा.बि धामिशैनका स्थानीय शिक्षक टेक बहादुर वलिले दियको जानकारी अनुसार मेरो लगायत छिमेकी गाउँमा दर्जनौ बाख्रा बाघले मारेको बताए बाघको बिगबिगी झन् बढ्दै गयपछि आजभोली त स्थानीय गोठाला जान पनि डराउन थालेका छन् उनले भने । स्थानीयको मुख्य आयश्रोत पशुपालन नै भयकोले स्थानीय पशुपालक किसान समस्यामा परेकाछ्न ।

पश्चिम सुर्खेत काे कृषि नमुना बन्दै सालकाेट

" सालकोटमा भयको टमाटर खेतिको अनुगमनका लागि आउनुभयका HVAP का आयोजना प्रमुख राजेन्द्र भारी सर लगयत टिम/डोनर एजेन्सिका प्रतिनिधिहरु,उधोग बाणिज्य क्षेत्रका प्रतिनिधिहरु, सामाजिक परिचालन क्षेत्रमा काम गर्ने संस्था वातावरण सुधार संस्थाका सरहरु समेतको टिमले अनुगमन गिरएकाे थियाे।"कृषि,प्रयटन र पुर्बाधार,सम्बृद्द सालकोट का तीन आधार" भन्ने मुलमन्त्र लाई बोकेर लक्षप्राप्तिका लागि सालकोटबासिहरु जुटिरहेको अबस्था।आखिर गरे के हुदैन र भन्ने उखान लाइ साँच्चिकै सावित गरेका छन् सालकाेट का किसानहरुले।

Wednesday, November 9, 2016

५०० र १००० का भारु नोटवारे राष्ट्र वैंकले गर्‍यो यस्तो निर्णय

भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको अने । नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए । भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए । भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए । भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ । राष्ट्र वैंकका निर्देशक राजेन्द्र पण्डितकाे भनाइ जस्ताकाे जस्तै: आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ । भारत सरकारको निर्णयपछि आज विहान राष्ट्र वैंकका अध्यक्षको नेतृत्वमा व्यवस्थापनको बैठक बसेको छ । र, तत्काल गर्नुपर्ने केही कुरा निर्णय भएको छ । जस्तै पहिलो कुरा–बैक तथा वित्तिय संस्था मनी ट्रान्फरहरुसँग आफुसँग भएको स्टक पैसाको जानकारी तुरुन्त नेपाल राष्ट्र बैकलाई जानकारी गराउनु भन्ने सर्कुलर गर्दैछ । हिजो साँझको क्लोजिङ स्टक हो । धेरै कुरा भातरीय केन्द्रीय वैंकको निर्णयमा भर पर्छ । अहिले १० बजेपछि भारतीय रिजर्व बैंकसंग टेलिफोन वा कुनै माध्यमबाट सम्पर्क भएपछि मात्र स्पष्ट कुरा आउँछ । हामीले यहाँ संकलन गरेका नोटहरुको कसरी सटही हुन्छ भन्ने निश्चित जवाफ आउँछ । त्यसकै आधारमा सर्वसाधारणसँग भएका नोट कसरी वा कुन माध्यमबाट साटने भन्ने तुरुन्त सूचना जारी गरिन्छ । हाम्रो अर्थ व्यवस्थामा प्रभाब पर्न सक्छ । भारत सरकारले हाम्रो आन्तरिक रुपमा वा देश भित्र कारोबार गर्नको लागि बनाएको नोट हैन् । यसको कारोबार गर्दा भारतीय विधान अनुसार नै गर्नुपर्ने हुन्छ हामीले । भारत भ्रमणको बेला प्रयोगमा ल्याउन सकिन्छ । आर्थिक र अन्य सम्बन्ध अत्यन्त निकट भएका कारणले सर्वसाधारण ठुलो मात्रामा विदेशी मुद्रा होल्ड नगर्नु, कारोबार नगर्नु भन्ने सूचना पटक–पटक सूचना जारी भएको हुन्छ । तै पनि केही मुद्रा होल्ड गरिराखेको हुन सक्छन् । संकलन र संचय गर्न भनिएको छैन । त्यसकारण यी नोट भारतको नीति र उनले कारोबार गर्नु भने अनुसारनै प्रयोग गर्नुपर्छ । भारतको प्रतिक्रिया के आउँछ र कत्तिसम्म हामीले भारतमा लगेर जम्मा गर्न सक्छौं त्यही अनुसार नै भारतलाई सूचना जारी गर्नु पर्ने हुन्छ । अहिले सर्वसाधारणले आत्तिनु पर्दैन । राष्ट्र बैंकको सूचना पर्खनु राम्रो हुन्छ । कारोबारको लागि नेपालको आर्थिक क्षेत्रमा के प्रभाव पर्छ भन्नेमा यो कारोबारको लागि राखिएको नोट हैन । कारोबारको लागि नेपाली रुपैंयाँ नै जम्मा गरिएको हुन्छ । ठूलो प्रभाव पर्ला जस्तो लाग्दैन । कत्तिपय ब्यक्तिले कानुनको उलंघन गरि ठुलो रकम जम्मा गरेर राखेका छन् भने उनीहरुलाई केही समस्या पर्ने हुन्छ । भारत सरकारले पनि नक्कली नोट र गैरकानुनी रुपमा राखिएको नक्कली नोटलाई ध्यानमा राखेर ल्याएकाले धेरै असर नगर्ला ।

तरुणदलको अध्यक्षमा हरी विष्ट

तरुण दल जिल्ला समिति सुर्खेतको अध्यक्षमा हरी विष्ट विजयी भएका छन् । आफ्नो प्रतिद्धन्द्धी नवल गिरीलाई ९९ मतको भारी अन्तरले विष्ट अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा चित्रजंग शाही, सचिवमा भने, कृष्ण भण्डारी विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा प्रेमप्रकाश खत्री बिजयी भएका छनर । सबै बिजयी पदाधिकारीहरु बिष्ट प्यानलका हुन । - See more at: http://kankrebihar.com/content/news-275.html#sthash.JRqncahf.dpuf

Monday, November 7, 2016

यस्ताे छ पञ्चपुरी नगरपालिका र चौंकुने गाउँपालिका

पञ्चपुरी नगरपालिका पञ्चपुरी नगरपालिकामा साविकका कुल ४५ वडाहरु मिलाएर नयाँ ११ वडाको प्रस्ताव गरिएको छ । जसमा वडा नं. १ मा साल्कोटका १, २ र ३, वडा नं. २ मा साल्कोटको ४ र ५, वडा नं. ३ मा साल्कोटका ६, ७, ८ र ९, वडा नंं. ४ मा बावियाचौरका ६, ७ र ९, वडा नं. ५ मा बावियाचौरका १, २ र ३, वडा नं. ६ मा बावियाचौरका ४, ५ र ८, वडा नं. ७ मा छाप्रेका १ देखि ९, वडा नं. ८ मा बिद्यापुरका ५, ६, ७, ६ र ८, वडा नं. ९ मा १, २, ३, ४ र ९, वडा नं. १० मा तातापानीका १, २, ३, ४ र ५ र वडा नं. ११ मा ६, ७, ८ र ९ वडाहरु समेटिएका छन् । चौंकुने गाउँपालिका चौकुने गाउपालिकामा साविकका ४५ वडाहरु मिलाएर नयाँ ९ वडाको प्रस्ताव गरिएको छ । चौकुने गाउँपालिकामा साविकको लगामका १ देखि ९ वडा नं. १, बेतानका १ देखि ९ वडा नं. २, बिजौराका १, २, ७, ८ र ९ वडा नंं. ३, बिजौरा कै ३, ४,५ र ६ वडा नं. ४, गुटुका १, २, ३ र ४ वडा नं. ५, गुटु कै ५, ६ र ७ वडा नं. ६, गुटु गाविस कै ८ र ९ मिलाएर वडा नं. ७, घाटगाउँका ५, ७, ८ र ९ वडा नं. ८ र घाटगाउँ कै १, २, ३, ४ र ६ लाई मिलाएर नयाँ वडा नं. ९ बनाईएको छ ।

Sunday, November 6, 2016

अब गाउँ-गाउँमा इन्टरनेट

काठमाडौं, १८ कात्तिक। अबको केहि वर्षा पछि नेपालका गाउँ-गाउँमा ब्रोडब्याण्ड मार्फत इन्टरनेट सेवा पुग्ने भएको छ . जस्कोलागी दूरसञ्चार प्राधिकरणले ९१ करोड रुपैयाँ खर्च गर्ने भएको छ । लामोसमयदेखि खर्च हुन नसकेको ग्रामिण दूरसञ्चार कोषमा जम्मा भएको रकम खर्च गर्दै गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याउने काम सुरु गर्न लागेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । प्राधिरकणले चालु आथिक वर्षमै कोषमा जम्मा भएको रकम मध्येबाट ९१ करोड ५० लाख रुपैयाँ खर्थ गर्दै सातै प्रदेशमा प्योकजअनुसार गाविस, विद्यालय, शैक्षिक संस्था, हेल्थपोष्ट, अस्पताल लगायतको सरकारी अफिसमा इन्टरनेट सेवा विस्तारको लागि ब्रोडव्याण्ड पूर्वाधार निर्माण गर्ने गरी वाषिर्क कार्ययोजना तय गरेको छ । यसै गरी प्राधिकरणले दूरसञ्चार कोषमै जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडव्याण्ड सेवा मार्फत इन्टरनेट सेवा विस्तारको लागि तीन वटा प्याकेजमा ३३ करोड रुपैयाँ खर्च गर्दै ब्रोडव्याण्ड पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यस्तै ग्रामिण दूरसञ्चार कोषमार्फतनै नेपाल टेलिकमको सहकार्यमा ‘अप्टिकल फाइवर नेटवेर्क विस्तारमा २ अर्ब रुपैयाँ र अन्य सेवा प्रदायक छनोट गरी अप्टिकल फाइवर नेटवर्क विस्तारकै लागि ३ अर्ब रुपैयाँ खर्च गर्दै काम सुरु गर्ने कार्ययोजना घोषणा गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा मात्रै अप्टिकल फाइवर नेटवर्क विस्तारका लागि कुल ५ अर्ब रुपैयाँ खर्च गर्न लागेको अर्यालले बताए । - See more at: http://nepalbharat.com/2016/11/3118/#sthash.d3zGKHKf.dpuf