Sunday, August 25, 2013

सङ्गिनीको कुल कारोबार दुइकरोड, ४४ लाख बढी


म्याग्दी /जब महिलाको आर्थिकस्तरमा वृद्धि, तब देशमा शान्ति र समृद्धि’ भन्ने मूल नारासहित महिलाहरुको आफ्नै सक्रियतामा सञ्चालित म्याग्दीको सदरमुकाम बेनीको सङ्गिनी बचत तथा ऋण सहकारीको शनिबार प्रथम साध


ारणसभा सम्पन्न भएको छ । संस्थाले कुल कारोबार दुइकरोड, ४४ लाख, ४६ हजार, छसय ४७ रुपैयाँ पु¥याएको छ ।

महिलालाई सिपमूलक र व्यवसायमार्फत आत्मनिर्भर बनाई आर्थिक स्तर सुधार्ने उद्देश्यले स्थापना भएको छोटो समयमै संस्थाले उक्त कारोबार गर्न सफल भएको हो
। संस्थाले हालसम्म ४५ लाख, ९५ हजार नौसय रुपैयाँ शेयर सङ्कलन, गतवर्ष २०६९÷७० मा २२ लाख, २७ हजार, दुइसय २० रुपैयाँ निक्षेप सङ्कलन र ६७ लाख, ५६ हजार, तिनसय ५४ रुपैयाँ लगानी गरेको सहकारीले जनाएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष देउप्रसाद छन्त्यालले सहकारी भन्नाले सहकार्य गरेर अगाडि बढ्नु हो भन्ने बताउँदै सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाले न्यून आयस्तरका महिलाहरुलाई सहुलियत दरमा ऋण सहयोग गरेको बताउनुभयो ।

उनले संस्थामा सबै शेयर सदस्यहरुको अमूल्य सहयोगले महत्वपूर्ण भूमिका खेल्ने भएकाले म्याग्दी जिल्लाका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीले टेवा पु¥याउने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमका अन्य वक्ताहरुले भने सहकारीले आर्थिक क्षेत्रमा मात्र नभई अरु सामाजिक क्षेत्रमा पनि लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच संस्थाले आगामी दिनहरुमा स्वरोजगार सिर्जना, अध्ययन अवलोकन, सामाजिक क्षेत्र, गोष्ठी सेमिनार तथा तालिम लगायतका भावी कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । संस्थाले स्थापना भएको प्रारम्भिक साधारण सभादेखि हालसम्म १३ पटक वैठक बसी ४४ वटा निर्णयहरु गरेको छ ।
साधारणसभामा संस्थाको सचिव गौरी थापा मगरले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तेजकुमारी बानियाँ गङ्गाले पेश गरेको आर्थिक प्रतिवेदनलाई बन्द सत्रले आवश्यक छलफल गरी संशोधनसहित पारित गरेको बताइएको छ । कार्यक्रम सहकारीको अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, सचिव गौरी थापा मगरको सञ्चालन र उपाध्यक्ष साधनाकुमारी श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

Wednesday, August 21, 2013

उत्कृष्ट गन्तव्य गोसाइँकुण्ड

आज हिन्दूहरूको विशेष पर्व जनैपूर्णिमाको दिन। हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड हिन्दू धर्मालम्बीहरूका लागि यो दिन उचित र एकमात्र गन्तव्यको रूपमा प्रसिद्ध छ। हिमाली शृंखला र पहाडको उपत्यका रहेको गोसाइँकुण्ड धार्मिक महत्त्व त छँदै छ,

पर्यटकीय दृष्टिकोणले त अति नै ख्याति कमाएको छ।
सामुन्द्रिक सतहबाट १४ हजार फिट अर्थात् ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ छ सय मिटर र चौडाइ ३ सय ७० मिटर भूभाग क्षेत्रफमा फैलिएको छ। गंगा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्ने यहाँ दशहरामा भन्दा जनैपूर्णिमाको मेलामा धेरै जिल्लाका हजारौं श्रद्धालु भक्तजन र विदेशी पर्यटकहरूको जमघट हुने थलो हो गोसाइँकुण्ड। यद्यपि, बाह्य पर्यटकहरू भने जुनसुकै महिनामा पनि यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक छटा र सुन्दरतालाई हरबखत साक्षात्कार गर्न पुगिरहन्छन्। यसर्थ पनि गोसाइँकुण्डको महिमा धार्मिक, जैविक विविधता, ऐतिहासिक, पर्यटकीय, कला र संस्कृतिले धनी मानिन्छ भने यी सबै आयामहरूलाई बुझन एउटा पुस्तकमा झैं सजिलै अध्ययन गर्न सकिने थलोका रूपमा गोसाइँकुण्डलाई नै लिन सकिन्छ।
यहाँ आएर नुहाउँदा पाप पखालिने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। हिन्दूबाहेक बौद्ध र बोन्पो धर्मावलम्बीहरूको समेत यो पवित्र तीर्थस्थल हो। जनैपूर्णिमाका लागि पञ्चमीदेखि शुरू हुने मेला एकादशी र पूर्णिमाको दिन बढी भीड लाग्छ, यही यहाँको प्रमुख आकर्षण हो। पापबाट मोक्ष हुन र पुण्य कमाउन जीवनमा एकपटक पुग्नैपर्ने धार्मिक आस्थाका अनि प्रचलनका कारण धेरै टाढाबाट युवादेखि वृद्धवृद्धासमेत हिमालको काखमा रहेको कुण्डमा स्नान गर्न आइपुग्छन्। भारतको वनारस र काठमाडौंको पशुपतिनाथदेखि जोगी बाबाहरू आउने प्रचलन पुरानै हो। पशुपतिनाथबाट जटाधारी बाबाजोगीले टाउकामा भगवान् शिवजीको मूर्ति बोकेर आउँछन् भने बाबासँगै प्रहरीको टोलीसमेत खटाइएको हुन्छ।
पवित्रस्थल गोसाइँकुण्डप्रति हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्था र श्रद्धा अझै पनि उत्तिकै कायम छ। पौराणिक किंवदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवान्को सल्लाहअनुसार राक्षस र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्यपान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के।
यसैक्रममा कालकुट विष पनि निस्कियो। कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे। जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भस्म गराउन सक्थ्यो। यो अवस्था देखेपछि सबै देव र दानव भगवान् शिवको शरणमा पुगेपछि दयाकारी भगवान् शिवले उक्त विष सेवन गरेका थिए। पुनः समुन्द्र मन्थनमा देवता र दानव लागिपरे। विष पिएका कारण भगवान् शिवलाई डाहा भएर छट्पटाउँदै भौंतारिएका उनले विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे। त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यहीं त्रिशूुलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ। सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ।
पुराणमा उल्लेख भएअनुसार जो कोही मानिस यो कुण्डमा साउनमास अर्थात् जनैपूर्णिमामा आएर नुहाउँछ, उसले जीवनमा गरेका सबै पाप नष्ट हुन्छ भन्ने किंवदन्ती रहिआएको छ। गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम क्षेत्र पनि हो। विषले निस्लोट भएको शिवले पहाडको भित्तामा गाडेको त्रिशूलबाट निस्किएको पानीबाट नै नदी बगेको हुँदा नदीको नामसमेत त्रिशूली हुन पुगेको विश्वास छ।
रसुवाको स्याफ्रु गाविसको उच्च स्थानमा पर्ने यस कुण्डमा पुग्न सदरमुकाम धुन्चेदेखि एक दिनको पैदलयात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ। धुन्चेबाट देउराली, च्योलाङपाटी, चन्दनबारी, लौरीविनायकको उकालोपछि गोसाइँकुण्ड पुगिन्छ। यात्राको क्रममा पटकपटक वर्षा भइरहने र अत्याधिक चिसो हुने हुनाले बाटोमा जुका लाग्ने समस्याले यात्रुहरूलाई सताउने गर्दछ। यसबाहेक ढिस्सा अर्थात् तीन हजार मिटरदेखि माथिको उचाइमा पुगेपछि लेक लाग्न शुरू हुन्छ।
चिसोले पेट फुल्ने, रिंगटा लाग्ने र बाटोमा हुने अनेकथरि फूलका कारण टाउको दुख्ने यात्रुहरूका लागि अर्को समस्या हो। गोसाइँकुण्ड यात्राको क्रममा धेरै ताल र कुण्डहरू भेट्न सकिन्छ। यहाँबाट देखिने अन्नपूर्ण, गणेश हिमाल, मनास्लु, लाङटाङलगायतका तिब्बतका हिमशृंखलाहरूले पर्यटक तथा तीर्थालु भक्तजनहरूको मनलाई रोमाञ्चित तुल्याउँछ। यहाँबाट देखिने सूर्यास्तले पनि यात्रालाई सहज बनाउन हौसला दिनुका साथै अन्य प्राकृतिक मनोरमले सबैको मन लोभ्याउँछ। बाटो आसपासमा बौद्ध धर्म मान्नेहरूले टाँगेका प्रे–फ्ल्यागहरूले आतिथ्यतापूर्वक आगन्तुक भक्तजनहरूको स्वागत गरिरहेको अनुभूति दिन्छ।
एक सयभन्दा बढी प्रजातिका फुल्ने फूल र वनस्पती, जटामसी, पदचामललगायत यस भेगमा पाइने चखेवा चखेवी, खोयाहाँस, कालिजुरे, विश्वकै अति दुर्लभ वन्यजन्तु रेडपाण्डा जस्ता वन्यजन्तुको क्रियाकलाप र दृश्यले यहाँ अर्को छुट्टै मनोरञ्जन प्रदान गरिदिन्छ। तामाङ संस्कृतिको बाहुलयता रहे तापनि यो क्षेत्रमा अन्य जातिको पनि बसोबास रहेको छ। तर, गोसाइँकुण्ड मानव बस्तीबाट एक दिनको पैदल दूरी आसपासमा मात्र भेटिन्छ। तामाङ जातिको बाहुल्यता भएका कारण पनि यो पदमार्गलाई तामाङ हेरिटेज ट्रेल भनेर प्रख्याति कमाएको छ।
गोसाइँकुण्ड क्षेत्र कुण्डैकुण्डको क्षेत्र पनि हो। यस क्षेत्रमा भैरव कुण्ड, सूर्यकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दूधकुण्ड, पार्वती कुण्डलगायतका महत्त्वपूर्ण मानिने १ सय ८ वटा कुण्डहरू छन्। कतिपय कुण्डहरू भने प्रचारमा आउन सकेका छैनन्। लाङटाङ र गणेश हिमाल आसपारमा रहेका दर्जनौँ ताल र कुण्डका बारेमा पनि अध्ययन अनुसन्धान र नामाकरण हुन बाँकी नै छन्। विश्व सम्पदा सूचीमा सूचीकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ। निकुञ्जद्वारा संरक्षित क्षेत्र भएकाले पनि त्यस ठाउँको वातावरण अत्यन्त आकर्षक र मनमोहक देखिन्छ।
गोसाइँकुण्डमा घाम लागेका बेला महादेव शिवको आकृतिजस्तो गेरु रंगको चट्टान देखिन्छ। त्यसैले यसलाई शिवकुण्ड पनि भनिन्छ। धार्मिक मात्र होइन गोसाइँकुण्डलाई अनेकौं महत्त्वले साक्षात्कार गर्नैपर्ने अपरिहार्य क्षेत्रको मान्यता बोकेको छ। ऐतिहासिक र पर्यटकीय रूपमा पनि उत्तिकै महत्त्वको ठाउँ गनिने गोसाइँकुण्डको बारेमा खोजीनीति गर्न चाहनेका लागि यो क्षेत्र एउटा दस्तावेज बन्न सक्छ। भगवान् शिवले विश्व रक्षाका लागि कालकुट विष सेवन गरेको प्रसंगसँग जोडिएको यो कुण्डको धार्मिक महत्त्वको वर्णन एकातिर छँदै छ,  नेपालका प्रथम प्रधानमन्त्री अमरसिंह थापाले आफ्नो जीवनको अन्तिम क्षण गुजारेको ऐतिहासिक महत्त्व र रामसार सूचीमा सूचीकृत भएको प्राकृतिक महत्त्व ज्यादा छ। यस कुण्डको सम्बन्ध नेपाली धर्म संस्कृति र इतिहाससँग मात्र नभएर विभिन्न जातजाति, कलासंस्कृति र साहित्यमा पनि उत्तिकै महत्त्वका साथ जोडिएको पाइन्छ। यो साँच्चिकै प्राकृतिक मनोरमताले भरिपूर्ण छ।
जनैपूपिर्णममा गोसाइँकुण्ड पुग्ने जो कसैले त्यहाँको तामाङ संस्कृतिमा रहेका तामाङसेलो, मेन्दोमायाँ, ढ्याङ्ग्रे नाच र अन्य सम्प्रदायबाट प्रदर्शन गरिएका भजन कीर्तन, खैंजरी नाँच आदिले धार्मिक पर्यटकहरूलाई रमणीय वातावरण सिर्जना गरिदिन्छ। कुण्डको निलो पानी वरिपरि उभिएका भीमकाय र अग्ला पहाड, पहाडनजिकका चाँदीझैं टल्किरहने हिमाल र हिम शृंखला, स्वच्छन्द हावा, मनमोहक वातावरण, त्यस्तो स्थान कसलाई मन नपर्ला र⁄ बरू साँच्चै नै स्वर्गको अनुभूति गर्न सकिने गोसाइँकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरूका लागि उत्कृष्ट तपोभूमि मानिन्छ। एकपटक गोसाइँकुण्डको यात्रा गर्ने हो कि? गोसाइँकुण्डको यात्राले पर्यटकहरूलाई धार्मिक दृष्टिकोणले मात्र नभएर वातावरणीय धरातलमा समेत रहेर अवलोकन गर्ने मौका प्रदान गर्छ।
लाङटाङ राष्ट्रिय निकुञ्जले संरक्षण गरेको जंगल र त्यहाँका हिमाली वन्यजन्तुले पनि गोसाइँकुण्डमा जाने मानिसहरूलाई थप आकर्षण प्रदान गर्दछन्। जनजाति र संस्कृतिसँग रुचिराख्ने मानिसहरूका लागि रसुवा जिल्लामा तामाङसंस्कृतिको बारेमा अध्ययन अनुसन्धान गर्न समेत मौका मिल्छ। तिब्बतसँग भएको नेपालको लडाइँमा किल्ला बनाइएको रसुवागढीको ऐतिहासिक स्थल पनि गोसाइँकुण्ड जाने बेलामा पुग्न सकिन्छ। रसुवा जिल्लाको दक्षिणी भेगका ग्रामीणबस्ती सरमथली, जिवजिवे, कालिकास्थान र राम्चे वरपरका पहाडी बस्तीहरूले पनि गोसाइँकुण्ड जाने यात्रुहरूलाई रोमाञ्चित बनाउँछ। प्राकृतिक र धार्मिक सन्तुष्टि प्राप्तिका लागि सके पटकपटक नसके एकपटक पुग्नैपर्ने गतिलो गन्तव्य गोसाइँकुण्ड।

जापानिज स्वयम्सेवकसँग अनाथ बालबालिका

कसैका आमा छैनन्, कसैका बाबु । आमा बाबु कस्ता थिए धेरैले अनुहारसम्म पनि देख्न पाएनन् । कसैको बाबुआमा कालगतिले मरे, त कति राज्य र माओवादीबीचको सशस्त्र द्वन्द्वमा मारिए

। आफन्त हुनेलाई त सबैले हेर्छन्, तर अनाथ र टुहुराले आफ्ना पीडा कसलाई भन्ने? राज्य र राजनीतिक दलले समेत अनाथ र टुहुरा बालबालिकाहरूलाई चासो दिन नभ्याइरहेका बेला जापानबाट आएका युवायुवतीले यसै हप्ता अनाथ र असहाय बालबालिकाहरूसँग खुसीमात्रै साटेनन्, उनीहरूलाई खुसी पार्न विभिन्न खेलकुद कार्यक्रमसमेत गरे ।
अनेकन बाध्यताले अनाथालयमा बस्न विवश बालबालिकाहरूका लागि शनिबार काठमाडौंको कपनमा विशेष खेलकुद कार्यक्रम गरियो । जापानबाट आएको स्वयंसेवकहरूको संयोजनमा अनाथालयका बालबालिकाहरूलाई फुटबल, दौड, रिलेदेखि जापानिज सामुराई खेलसमेत खेलाइयो । कार्यक्रमस्थलमा जापानिज युवायुवतीले विभिन्न नाचसमेत देखाए ।
राजधानीका चारवटा अनाथआश्रमका ६ टिमले सहभागिता जनाएको फुटबलमा सहारा इन्टरनेसनल बुढानिलकण्ठ प्रथम, मानवीय सरोकार केन्द्र चपली द्वितीय र नवयुवा बालसुधार समाज भक्तपुर तृतीय भयो । अहिंसावादी महाबौद्ध अनाथ विद्यापीठ, नवलपरासी सान्त्वना भए । पहिलो हुनेलाई नगद २० हजार ५ सय, द्वितीयलाई १८ हजार ५ सय, तृतीयलाई १५ हजार ५ सय रुपियाँ, सान्त्वनालाई १५ हजार ५ सय पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरियो ।
नेपालका अनाथ तथा असहाय बालबालिकाहरूको क्षेत्रमा कार्यरत स्पेक जापान नामक संस्थाले खेलकुदको आयोजना गरेको हो । जसका लागि १६ जना जापानिज युवायुवतीको टोली एक महिना अगाडिदेखि काठमाडौं आइपुगेको थियो । उनीहरूले नै एक महिनासम्म बालबालिकाहरूलाई खेलकुदको प्रशिक्षणसमेत दिएका थिए ।
मानवीय विपत्तिबाट अनाथ आश्रमको शरण लिन बाध्य बालबालिकाहरूलाई वर्षमा एक पटक भने पनि आश्रम बाहिर निकालेर मनोरञ्जन दिलाउन यो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक गणेशमान लामाले जानकारी दिनुभयो । गतवर्षदेखि शुरू गरिएको यो कार्यक्रमले बालबालिकाहरूमा सकारात्मक प्रभाव परेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा भाग लिन जापानिज टोलीको प्रतिनिधित्व गर्दै नेपाल आइपुगेका स्पेक जापानका युसुके योसोकावाले अनाथ आश्रममा बसेका बालबालिकाहरूलाई समाजमा घुलमिल गराउन यो कार्यक्रम गरिएको जानकारी दिनुभयो । नेपाली बालबालिकाहरूसँग खुसी साट्न पाउँदा आफूहरू निकै खुसी भएको उहाँले जानकारी दिनुभयो ।

होण्डाको डिलर कोहलपुरमा

काठमाडौं, (नेस)होण्डा मोटरसाइकल तथा स्कुटरको सर्भिस सेन्टर तथा जेन्यून स्पेयर पार्टससहितको बिक्री कक्ष बाँकेको कोहलपुरमा शुरू भएको छ।
उक्त शोरूमको उद्घाटन होण्डा मोटरसाइकलको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिका उपाध्यक्ष सुहृद ज्योति र कोहलपुर उद्योग वणिज्य संघका अध्यक्ष  चिन्तामणि धितालबाट संयुक्त रूपमा भएको छ। उक्त कोहलपुर क्षेत्रमा स्याकार ट्रेङिग कम्पनी प्रालिले यज्ञलक्ष्मी अटो डिष्ट्रिब्युटरलाई होण्डा मोटरसाइकल तथा स्कुटरको बिक्री तथा बिक्रीपछिको सेवाको लागि आधिकारिक डिलर पनि नियुक्त गरेको छ।

Sunday, August 11, 2013

आज नागपञ्चमी

२७

साउन, काठमाण्डौ । आज श्रावण शुक्ल पञ्चमी । हिन्दु धर्मावलम्बीहरूले घरका मूलढोकामा नाग टाँसेर नागको पूजाआजा गरी नागपञ्चमी मनाउँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि मा गरिन्छ । नागको पूजा गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको छ ।

नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ ।

Friday, August 9, 2013

‘…यस्तो एसपी फेरि नजन्मियोस भन्नुहोला’

भर्खरै मोरङ प्रहरी प्रमुखको पद सम्हालेका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र जिल्लालाई अपराधमुक्त बनाउने दाबी गरेका छन् ।


काठमाडौबाट सरुवा भई ११ साउनमा विराटनगर आएका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफ्ना कर्मचारीसँग परिचय गर्न नभ्याउँदै १२ साउनमा पत्रकार सम्मेलन गरेर आफू आर्थिक प्रलोभनमा परेको थाहा पाए ‘तपाई जस्तो नालायक एसपी फेरि पृथ्वीमा नजन्मिउन’ भनेर गाली गर्न पत्रकारलाई आग्रह गरेका छन् ।


आफ्ना कुरा रेकर्ड गरेर राख्न आग्रहसहित उनले एउटै कुरा तेस्रो पटकसम्म भने –“म आर्थिक प्रलोभनमा परें भने यस्तो नालायक एसपी फेरि नजन्मियोस भन्नु होला ।”
आफ्नो कुरा पत्रकारलाई सुनाएर मात्रै काम थालनी गर्न भेटघाट कार्यक्रम राखिएको बताउ“दै पोखरेलले आर्थिक प्रलोभनमा पर्नु पर्ने अवस्था आए नालायक बन्नु भन्दा सरुवा मागेर मोरङबाट जाने दाबी गरे ।
“समाज बिग्रिनुको मुख्य जड नै आर्थिक प्रलोभन हो” उनले आफू तलव र रासनको भरमा मात्रै रहने स्पष्ट पारे । मातहतका कर्मचारी पनि आर्थिक प्रलोभनमा परेर गलत काम गरेको थाहा पाए तत्काल कारवाहीको दायरामा ल्याउने उनको भनाई छ ।
“अपराधीलाई कारवाही गर्न नसक्नु, तस्करी रोक्न नसक्नु पनि आर्थिक प्रलोभनमा पर्नु हो” पोखरेलले भने, “कुनैपनि विषयमा पारदर्शी रहेर ब्यवसायीक धर्म भन्दा बाहिर गएर काम गर्दैन ।”
उनले समाजका सबै खाले बिकृति हटाउन सञ्चार माध्यमको भुमिका आवश्यक भएको भन्दै राजनीतिक संरक्षणमा रहेर गुण्डागर्दी गर्ने, टेण्डर कब्जा गर्ने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सञ्चारकर्मीको सहयोग चाहिने उल्लेख गरेका थिए ।

Thursday, August 8, 2013

चुरोट पिउनेहरु सावधान !

विश्वमा धेरै मानिसले धूमपान गर्छन् । धूमपान स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने अधिकांशलाई थाहा हुन्छ तरपनि धूमपानको लत छाड्न मानिसहरुले सकिरहेका हुन्नन् ।
धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धूमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।         तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर यो तस्वीरहरु हेर्ने होभने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाईंले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्न बाध्य हुनुहुनेछ ।