Saturday, January 25, 2014
एक मिनेट झोला राखेको पाँच सय !
Friday, January 24, 2014
विदेशमा नेपाली भाषाको मोह
देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ
l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ l सबैले श्रद्धा गर्दछौ l नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला l यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ l बिलय हुन् केहि क्षण लाग्दैन lThursday, December 12, 2013
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौ, मंसिर २७ - मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमलाई रु एक अर्ब ६५ करोड ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअनुसार कर्मचारी सञ्चयकोषबाट लिइने रु ८५ करोड र नागरिक लगानी कोषबाट लिइने रु ८० करोड ऋणमा नेपाल सरकार जमानत बस्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले मेलम्ची खानेपानी आपूर्ति आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४२ करोड सहायतासम्बन्धी सम्झौताको वार्ता अघि बढाउन सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।
बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पद सम्हाल्ने जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई दिएको छ ।
त्यसैगरी, काभ्रेको धुलिखेलमा सञ्चालन हुने ट्रमा सेन्टरका लागि दिइएको सो स्थानको १६ रोपनी जग्गा काठमाडौँ विश्वविद्यालयलाई ३० वर्षका लागि भाडामा दिने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
त्यसैगरी आगामी २०१४ फेब्रुअरी १४ मा अमेरिकामा हुने क्षमता वृद्धि कार्यशालामा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश थापालाई पठाइने भएको छ ।
बैठकले मेक्सिको र बेल्जियमका लागि अवैतनिक दूतको म्याद थप गरेको छ । यस्तै नेपाली सेनाका प्राविधिक सेनानी गेहेन्द्र लाललाई महासेनानीमा बढुवा गरिएको छ ।
बैठकले शिक्षा विभागमा रहेको एक हजार ७५ स्रोत व्यक्तिको दरबन्दीलाई कटौती गरी एक हजार ५५ कायम गरेको छ । त्यस्तै क्यासिनोसम्बन्धी नियमावलीको स्वीकृति दिने र श्रम तथा वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालय स्थापना गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/27/full-story/380639.html#sthash.oLwyAWgd.ZZYAY1pN.dpuf
Saturday, November 30, 2013
पोखरामा गीता गुञ्जन
कास्की, मंसिर १४ -
हँसिलो मुद्रामा साहित्यकार गीता त्रिपाठी स्टेजमा चढिन् । पोखरा उद्योग
वाणिज्य संघको अमृत कक्षमा बसेका साहित्य पारखीहरूले ताली बजाएर स्वागत गरे
'आमा तिमी कति महान् छौ' शीर्षक कविता सुनाउँदा सुरुमै साहित्यपारखीहरू एकाग्र भए । कविताको विषय प्रस्ट्याउँदै उनी मिठासपूर्ण शैलीमा कविता सुनाउँदै थिइन् । साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवयित्री सरस्वती प्रतीक्षा लगायत साहित्यकार उनका कविताका खाँटी श्रोता बनेका थिए ।
श्रोताहरूलाई भिन्न स्वाद दिन बीचमा गीताले लयबद्ध गीति कवितासमेत पस्कँदै गइन् । गीति कवितामा श्रोता चाख अझ बढी देखिन्थ्यो । श्रोताहरूलाई अझ उत्साही बनाउन उनले यस्तो प्रेमभाव झल्कने गीत सुनाइन्- हृदयको एउटा टुक्रा यहीं खसाएछ कसले यहाँ सुगन्धको बास बसाएछ...
पहिलो पटक एकल कविता वाचनमा सहभागी भएकी गीताले साहित्य कला र संगीतको उर्वर भूमि पोखरामा कविता सुनाउन पाउँदा आफू निकै गौरवान्वित बनेको बताइन् । उनले नारी संवेदना, सामाजिक कुरीति, राष्ट्रिय अस्मिता, राजनीतिक विसंगति लगायतका विषयका कवितामार्फत एकल वाचनलाई श्रवणयोग्य तुल्याइन् ।
सरुभक्तले गीताका कविता सुन्ने आफ्नो अभिलाषा पूरा भएको बताए । 'साँच्ची नै उनका कवितामा उत्कृष्टताको छनक पाइन्छ,' उनले भने, 'वाचनमा पनि त्यतिकै प्रखरता रहेछ ।'
निबन्धकार तथा समालोचकका रूपमा समेत ख्याति कमाएकी गीतालाई सुन्न नयाँ-पुराना सबै छिमलका साहित्यकार/साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो । उनका श्रीमान् यादवसमेत मन्द मुस्कानसाथ श्रोतादीर्घामा जमेका थिए ।
दुई घन्टा चलेको एकल वाचनमा गीताले ४० भन्दा बढी कविता तथा गीत सुनाइन् । वाचनमा उनलाई सरस्वती प्रतीक्षा तथा रूपीन्द्र प्रभावीले पनि साथ दिए । आयोजक संस्थाका अनुज कुलुङले गीताको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।
दुई दशकदेखि नेपाली वाङ्मय क्षेत्रमा सक्रिय गीताका 'थुँगा वनफूलका' गीत संग्रह, 'एक्लै एक्लै' र 'सारांश' गीति एल्बम, 'नृशंस पर्खालहरू' कविता संग्रह, 'दृष्टि विचरण' र 'कृति विश्लेषण ः प्रायोगिक आयाम' समालोचना तथा 'म एक्लो र उदास उस्तै' निबन्ध संग्रह निक्लेका छन् । विभिन्न पुरस्कार र सम्मानसमेत पाइसकेकी उनले कार्यक्रमपछि भनिन्, 'पोखरा साँच्चिकै साहित्यको उर्वर थलो रहेछ ।'
Wednesday, September 25, 2013
डरलाग्दो सिंहसित युवतीको मस्ती
देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।
Saturday, September 21, 2013
दिल्लीमा यसरी भेटिए नेपाली चेली
कमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा ।
तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको मनलाई तृप्त गर्ने गर्दछन् ।भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगंजको कोठी नं ६४, जहाँ सैयौंको संख्यामा कलिला नेपाली चेलीहरुलाई बन्दी बनाएर नर्कको जीवन बाँच्न बाध्य पारिएको छ। दैनिकरुपमा एक जनाले ५० देखि ६० यौनपिपासुहरुको मन शान्त पार्नु उनीहरूको दैनिकी बनेको छ ।ती कोठरीहरुमा यौनचाहना मेटाउन चाहनेहरुमा भारतीय, बिदेशी गोरा लगायत नेपालीहरु पनि पर्दछन् । साँझ परेपछि पहाडगंजको सडकमा यसैका लागि भनेर ठुलो भिड देख्न सकिन्छ ।बिशेष गरी बेलुका ५ बजेदेखि राति १२ बजेसम्म हजारौ संख्यामा यौन पिपासुहरुको आवत जावत हुने यस सडकलाइ जीपी रोडका नामले सजिलैसँग चिन्न सकिन्छ। केही दिन अगाडि मलगायत दुइजना नेपालीहरू वास्तविकता के रहेछ भनेर जीपी रोडतर्फ लाग्यौं ।
समय साँझ ७ बजेको थियो । हामी खोज्दा खोज्दै जीपी रोडमा रिक्साबाट झर्नेवितिकै एउटा भर्खरको उमेरले लगभग १७ बर्षको युवा हुनुपर्छ, ले सोध्यो ६४ कहाँ पडता है ? हामीलाई पनि थाहा थिएन । त्यो यूवा हतार हतारमा अगाडि बढ्यो । लाग्यो, यसका पछि पछि जाऔं भनेर हामीले पनि उसलाई पिछा गर्न थाल्यौं ।मन थामी नसक्नू भयो । खुट्टा काँपिरहेका थिए। यो जीपी रोडको माहौल देखेर मनमा धेरै तर्कनाहरु उछाल खेल्न थाले । फेरि एउटा बंगालीले पनि सोध्यो, भाइ ६४ कहां है ? हामी पनि त त्यही ६४ खोज्दै हिडेका थियौं । अगाडिको केटा त्यो भिडबाट हराइसक्यो । अब यही सरदारलाई पिछा गर्ने भनेर उसको पछिपछि लाग्यौं ।दिल्लीको त्यो चरम गर्मी उसै पनि खप्न गाह्रो । पसीनाले भिजेर निथु्रक्क हामी जीपी रोडमा अगाडि हिँड्दै गर्दा त कहाँ ६४ ? त्यहाँ त ठुलो बजार नै रहेछ । मलाई त्यतिबेला ठमेल र रत्नपार्क अनि दरबार मार्गको सम्झना आयो । काठमाण्डौको रात्री जीवन र यौन व्यवसायीहरु कोही बाटोमै त कोही होटेल, रेष्टुराँ अनि कोही ठूल्ठूला स्टार होटेलमा पनि हुने गरेका परिदृश्य दिमागमा फल्यासआउट भए ।
जीपी रोडको बाटोमा पिछा गर्दै जाँदा २० मीटरजति पछि त्यो पञ्जाबी र उसका साथीहरु एउटा सानो गल्लीमा पसेको देखें, उनीहरुभित्र गइसकेपछि हामी त्यहाँ अडियौं । त्यहीँ अगाडि खुद्रके सामान बेच्ने साहुलाई सोध्यौँ । भाइ साहेब ६४ कहाँ है ? अबे सामने नही देखरा है ? कान्छी है कान्छी । तुम्हारे गाउँके है, सब, अच्छी अच्छी माल मिलती है । जाओ उधर । त्यो साहुको कुरा सुनेर म त पागल झै भएँ । दिमाग चक्कराउन थाल्यो, खुट्टा काँप्न थाले । धर्ति चिरिएर भासिएको जस्तो लाग्यो । पुरै आकाशमै माथि आएर थिचे झै भयो । मनमा आगो बल्यो । हामीलाई यति साह्रो हेपेर बोल्यो कि मैले उसको कुरा सुन्नै सकेको थिएन । तेरे गाऊँ के लड्किया भन्दै छ, म बर्बराउन थालंेछु । मलाई साथीले आवेशमा नआउन अनुरोध गरेपछि सम्हालिएँ…….। लामो सुस्केरा हाल्दै, पछी पो थाहा भयो म एउटा नेपालीले महान भारतको राजधानी दिल्लीमा, त्यो पनि जीपी रोडमा छु भनेर । पछि आफूलाई सम्हाल्दै त्यही पसलमा १ बोटल पानी किनेर खाएँ । साथीले ल ल फर्किउ भन्दै थिए तर पछि मैले उल्टै सम्झाएँ । हामी यहाँ आउनुको मुख्य कारण बताएर सम्झाएँ ।
तीनैजना बिस्तारै भर्याङ. चढ्दै थियौं । खुट्टाको मासु नै पल्टिएला झै लाग्दैछ । मुटुको ढुकढुकी एक मिनेटमै १७१ पुगिसक्यो । डर, भय, त्रास सबै कुरालाई मनमै थाती राखेर एक सुरमा भित्र पस्यांै । एक तलामाथि के पुगेका थियौं त्यहाँ त २ जना दिल्ली पुलिसका जवान डिउटी मै खटिएका रहेछन् । मैले साथीहरुलाई भनें भाग, भाग । अब हामीलाई पनि थुन्ने भयो, तीनैजना कुदेर १ कि मी टाढा पुग्यौ । धन्य हो, भगवान पशुपति बचाइस् भन्दै पहाडगञ्ज डेरासम्म आइपुग्यौं ।
दोस्रो साताको प्रयास
फेरि अर्को साता मलगायत साथीहरु त्यही ठाउँमा गयौं । वास्तविकता देखेर मात्र हुँदैन, बुझ्नुपर्छ भन्दै रु १२ सय भारु तिरेर ४ सयका दरले तीनजनाले त्यहीँ बस्ने पूर्व तयारीका साथ रातभर त्यहीँ बस्ने भनेर गयौं ।त्यहाँ जसले जुन केटी रोजे पनि हुँदो रहेछ । तर सबै जना पाचांैतलाको माथिल्लो छतमा सँगै सगोलमा बस्नु पर्ने । करीब २ सयजना ग्राहकसँगै थिए । २० जना जति नेपाली युवाहरु पनि त्यहीँ देखिन्थे । रक्सीको गन्ध, चूरोटको धूवाँ बस्न लायक नै छैन । उकुस मुकुस, दिल्लीको गर्मी । एउटी १३ बर्ष जतिकी बहिनीसँग बसेर सयौं जनाको बीचमा कुरा गर्न पनि कस्तो गाह्रो ।
नुवाकोट घर बताउने ती बहिनी नाम परिवर्तीत (सविना…) चुरोट किन्न पैसा छ दाइ भन्दै म र साथी संग ३०/३० मिनेटको हाराहारीमा २० मागिन् । सविनालाई सोध्यौं बहिनीको नाम के हो? घर कता हो? कसरी आइपुग्यौ? यस अँध्यारो कोठीमा कसले पुर्यायो ? आदि इत्यादि । चुरोट तान्दै नसुकेका ती ओठमा लिपीस्टिक, गाजल लगाएर चूल्ठो बाटेर चिटिक्क सविनालाई न घरको चिन्ता छ, न समाजको । केवल चिन्ता छ त पैसा कमाउने । रात छिप्पिँदै जाँदैछ, करीब मध्यरात भएको छेउ मै रहेको रेलवे स्टेशनको रेलको आवाजले संकेत गर्दैर्छ । त्यहाँ कसैलाई कसैको डर छैन । निर्धक्क छन् सबै ।
एकै छिनमा पानी पर्यो । छतको माथि टहराझै त्रिपालले छाएको छ । पानी तर्तर् गर्दैछ । हाम्रो कुराले गतिलिन छोडिसक्यो । त्यतिकै बसेँ । एकछिनमै जुन लाग्यो । म त अब रिसाउँछु बोल्दै बोल्दिँन, रुने मान्छेसंग दिल खोल्दैन..पानी परेपछिको आकाश खुले झै…. यो गीत मेरो मुखबाट अनायासै आयो, सविना हेरेकी हेर्यै भई र बोल्न थाली-
‘दाइहरु रिसाउनु भएको हैन ? किन र ? जवाफ फर्काउँछिन् । दाइले गाएको गीत र मौसम ठ्याक्कै मेल खायो । ‘दाइ मलाई त कलिलै उमेरमा यहाँ ल्याइपुर्यायो। ल्याउने मान्छे पनि चिन्दैन । मेरो घरको मान्छेलाई पनि थाहा छैन । म पनि बिर्सिसकें, कस्तो छ मेरो गाउँ ?……तर दाइ हामो्र गाउँमा पनि यस्तै पानी पर्छ । हाम्रो गाउँमा पनि यस्तै जून लाग्छ । हामी घाँस काट्न मेला जाने गथ्र्यौ, अरु मलाई केही थाहा छैन । …..लामो सास फेर्दै भन्छिन् गाउँ जाने मन त थियो, जाने कसरी ? यो ठाउँबाट बाहिर निस्कनै दिँदैनन् ।’
दुःख कतिको हुन्छ त…..? प्रश्न गर्न नपाउँदै, ‘तपाई त मेरै दाइजस्तै लाग्यो, बाच्न दिनु न, हामी नेपाल फर्किन्छौं भन्न थालिन् । माइती नेपालको नाम पनि थाहा रहेछ सविनालाई । भन्दै थिइन्- नेपाल गयो भने त घर जान नपाए पनि त्यही संस्थामा बस्ने थियौं ।
विहानको ४ बज्न थाल्यो । सविना भन्दै थिइन्-दाइ सहयोग गरिदिनूहोस् है । हामी पनि हुन्छ भन्दै बाहिर निस्क्यांै । तर, के नै गर्न सक्थ्यौं र हामीले…. । देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले सविनाजस्ता हजारौं नेपाली चेलीहरुको रोदन कहिले सुन्न सक्लान् ? दिनानुदिन चेलीहरुलाई भारतका मुख्य शहरहरुमा वेश्यावृति गर्न वाध्य पार्ने ती दलालहरुलाई न प्रहरीले केही गर्न सकेका छन् न सामाजिक सञ्जालहरुले नै । महिला मन्त्रालयको काम यसभित्र पर्छ कि पर्दैन ? नेपाली राजदुतावास भारतमा के गर्दैछ ? भन्ने प्रश्नको जवाफमा त्यहाँ बस्ने नेपालीहरुले ट्रेनको टिकेट काट्ने काम बाहेक एउटा झिँगा मार्न नसकेको गुनासो गर्छन् ।
जय हो । नेपालको कानुन दैवले जानुन्……।
Wednesday, September 18, 2013
भाइकाजी तिवारीले सर्वोत्कृष्ट निजामती पुरस्कार पाउँदा उनकै आदेशले घर भत्केर बेहाल भएकी लाजिम्पाटकी लक्ष्मी तुलाधर भक्कानिंदै थिइन् ।
सरकारले यो वर्षको निजामती सेवा दिवसमा पुरस्कृत गरेका ४१ जना निजामती कर्मचारीमा पनि सर्वोत्कृष्ट ठहरिए, भाइकाजी तिवारी ।
२१ भदौको मन्त्रिपरिषद् बैठकले सर्वोत्कृष्ट मानेका उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त छन् । दुई वर्षदेखि शुरू भएको राजधानीको सडक विस्तारका लागि उनी चर्चित छन् ।सडक विस्तारले राजधानीका साँघुरा सडक चौडा बनाएपछि ट्राफिक जामको समस्या केही घटेको छ । तर, यसको अर्को पाटो, राज्यले जसरी पनि सडक विस्तार गर्दा कतिपयलाई ‘दैव लागे’ जस्तो भयो । तिनैमध्येकी काठमाडौं लाजिम्पाटकी ५३ वर्षीया लक्ष्मी तुलाधर अहिले तिवारीले सर्वात्कृष्ट पुरस्कार पाउँदा भग्नावशेष बनेको घरको कुनामा असह्य पीडाबोध महसूस गर्दै बसेकी छन् । उनी भन्छिन्, “हामीलाई घरभित्र जिउँदै पुरेको भए अझ् ठूलो सम्मान पाउँथे होलान् ।”
उजाडिएको भविष्य
१५ असार बिहानको सात बज्दा लक्ष्मीले घर बाहिर हल्लीखल्ली सुनिन् । छोराहरू ओछ्यानमै रहेकाले के भएको भनी बाहिर निस्केर हेर्दा उनले ठूलो डोजर आफ्नो घरतिर सोझ्एिको देखिन् । केहीबेरमै डोजरले उनको तीनतले घर भत्काउन थाल्यो, जसलाई उनी र परिवारका सदस्यको हारगुहारले रोक्न सकेन । घरले पुर्ला भनेर ज्यान जोगाउन लाग्दा घरका धेरै सामान बाहिर निकाल्न पनि भ्याएनन्, उनीहरूले ।
डोजर लगाउनेहरूले नै घरका कैयौं सामानहरू ट्रकमा हालेर लगे भने कैयौं सामान पुरिए । त्यसरी लगिएको सामान अझै फिर्ता नपाएको लक्ष्मी बताउँछिन् । केहीबेरमै सात वटा पसल सहित १४ कोठे सो घर ओत मात्र लाग्न मिल्ने सानो कुना छाडेर सबै भत्कियो । अहिले उनीहरू त्यही कुनामा गुजारा चलाउँदैछन् । तीन दशकअघि बिहे गरेर यो घरमा भित्रिएकी लक्ष्मी २०५१ मा ललितकला क्याम्पसमा काम गर्ने पतिको मृत्यु भएपछि घरको मूली बनेकी थिइन् ।
आम्दानीको अरू स्रोत नभए पनि घरभाडाले गुजारा चलेको थियो । पतिको मृत्यु हुँदा गर्भमा रहेको कान्छो छोरो मञ्जिलरत्न (१८) ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका छन् । तर, उनलाई कसरी पढाउने भन्ने चिन्ता लक्ष्मीलाई थपिएको छ । माइलो छोरा सञ्जीलरत्न (२७) तीन सातादेखि बिरामी परेका छन् । घर भत्किएपछि दुवै छोराको मानसिक स्थिति पहिले जस्तो नहुँदा उनको चिन्ता अरू बढेको छ ।
बीआईटी (ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी) पढेर पनि उत्तीर्ण नभएका विवाहित जेठो छोरा अञ्जिलरत्न (३०) घर भत्केपछि पत्नी बिरामी भएकाले ससुराली बस्न थालेका छन् । विगत र वर्तमान तुलना गर्दा भक्कानिने लक्ष्मी बहिनीको सहयोगले जेनतेन गुजारा चलाएको बताउँछिन् ।
घर भत्किंदा बिजुली र खानेपानीको लाइन काटिएको र शौचालय पनि भत्केको छ । सडकबाट भत्केको ठाउँ हुँदै छिर्ने धूलोको मुस्लो रोक्न पुराना काठको छेकबारले सकेको छैन ।
निर्दयी राज्य
सडक विस्तारले आफ्नो घर भत्किने भएपछि लक्ष्मी पनि अरू जसरी नै महानगरपालिका, सडक विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । बासको अर्को व्यवस्था भएपछि आफैं घर भत्काउने उनको वचन अनुसार ती कार्यालयका प्रमुखहरूले पनि ‘अर्को व्यवस्था नभएसम्म नहटाउने’ आश्वासन दिएका थिए । त्यस अनुसार, कामदार खटाएर ईंटा र काठ जोगाउँदै उनले घर भत्काउन पनि थालिन् । तर, १५ असारमा ‘माथिको आदेश’ भन्दै ईंटा निकाल्न पनि समय नदिई उनको घरमा डोजर चल्यो ।
त्यसअघि उनी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापित र जिल्ला आयुक्त भाइकाजी तिवारीकोमा पनि पुगेकी थिइन् । चार पुस्ता बसेको सो घर अहिले कान्छी छोरी अनितासँग बस्ने उनकी ८० वर्षीया सासू अष्टकुमारीको नाममा थियो । तर, स्थापित र तिवारीले भने अनुसार लालपुर्जा लैजान खोजी गर्दा मात्र उनलाई सासूको कान्छी छोरीले घर बेचिसकेको थाहा भयो । त्यसपछि स्थापितले सुझाए अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र अहिले पनि मुद्दा चलिरहेको उनी बताउँछिन् ।
लक्ष्मीको घर भत्केपछि ११५ जना टोलवासीले ‘लक्ष्मी सुकुम्बासी नभएर लाजिम्पाटकै स्थायी बासिन्दा भएको’ व्यहोरा लेखी हस्ताक्षर गरिदिए । जसलाई बोकेर उनी सबै सरकारी कार्यालय पुगेकी छिन् । त्यो कागजात लिएर पुगेकी उनलाई तिवारीले भत्काउने निर्णय माथिबाट भएकाले ‘माथि’ नै जान भने । लक्ष्मी भन्छिन्, “पुग्नुपर्ने सबै ठाउँ पुगे पनि कतैबाट न्याय पाइनँ ।”
काठमाडौं उपत्यकाको चक्रपथमा केन्द्रबाट ३१–३१ मीटर, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा २४–२४ मीटर, चक्रपथ भित्र र बाहिरका मुख्य सडकमा ११–११ मीटर, शाखा सडकमा ७–७ मीटर र उपशाखा सडकमा ५.५–५.५ मीटर छाड्नुपर्ने नियम अनुसार सरकारले सडक भत्काएको हो । जसको, शिकार १०० वर्षअघि बनेको लक्ष्मीको घर पनि भयो ।












