Saturday, January 25, 2014

बुबाको सम्झना बृद्धबृद्धालाई भोजन

पत्रकार सुशील शर्माले आफ्ना दिवंगत बुबाको सम्झनामा शनिवार प्रशान्ति बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराएका छन् ।

दिवंगत बुवा इमाखर अधिकारीको सम्झनामा शर्माले आफ्ना आमा कौशिला अधिकारीसहित सहभागी भएर भोजन गराएका हुन् । उनले पहिले ब्राह्मणलाई दान पिण्ड दिने गरिएकोमा अवदेखि माघ ४ गते बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराउने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा उनलाई बृद्धाश्रमले सम्मानसमेत गरेको थियो । करिव ५० जना बृद्धबृद्धालाई भोजन गराइएको छ । भोजन कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले दाताहरुको सहयोगले बृद्धाश्रम संचालन भएकोले यसलाई क्षेत्रीय स्तरको बनाउन आग्रह गरेका छन् ।

ए डिभिजन लिगमा मनाङलाई तीन अंकको अग्रता

११ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार भएको खेलमा संकटालाई २–० ले पराजित गरेको मनाङको ८ खेलबाट १९ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटले मनाङलाई ६० मिनेट बढीसम्म रोकेको थियो । तर, ६६ औं मिनेटमा योनाले शुलभ मास्केको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा गोल गर्दै मनाङको जित पक्का गरे ।
अर्को खेलमा जाउलाखेलले ब्वाइज युनियनलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेलको पााचौं मिनेटमा भेट्रान खेलाडी प्रदिप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जाउलाखेल ११ औं स्थानमा छ र उसले रेलिगेशनको खतरा टार्दै लगेको छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुछारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।

एक मिनेट झोला राखेको पाँच सय !

११ माघ, काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक चिया पसलमा केहिबेर झोला राख्दा जुम्लाका रामजीप्रसाद न्यौपाने पाँच सय तिर्नु परेको छ
जुम्ला गज्याङ्कोट गाविस खल्लावाडाका २५ वर्षीय न्यौपानेले आफ्नो पसलमा झोला राखेको भन्दै पसलले ५ सय लिएका हुन् । झोला राखी पिसिओबाट फर्किसकेपछि झोला लिन खोज्दा एक हजार ‘भ्याट’ लाग्छ भनेर झोला दिन नमानउनले बताए ।
पछि बल्लतल्ल पाँच सय तिरेर झोला लिएको उनले बताए । उनका अनुसार झोलामा एकजोडा कपडा र दुईवटा किताब थियो । रासस

Friday, January 24, 2014

विदेशमा नेपाली भाषाको मोह

विजय चालिसे 

देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ

l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ l सबैले श्रद्धा गर्दछौ l नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला l यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ l बिलय हुन् केहि क्षण लाग्दैन l 
र हाम्रा पुर्खाले जोगाई राखेको भाषा र साझा सम्पर्कको अमुल्य नासो बिलिन हुनेछ l हाम्रा पिढीहरुले हामीलाई के जवाफ दिने ? हाम्रो भाषा कुन हो भनि हामीलाई प्रश्न गर्दा उचित जवाफ दिन सक्नु पर्छ l राजनैतिक परिवर्तन सगै राष्ट्रिय पोशाक समेत ओझेलमा परेको छ l हाम्रो राष्ट्रिय पोसाक के हो भनि कसैले सोधे भने हामिसंग त्यसको सहि जवाफ नहुन सक्छ किनभने राष्ट्रका सेवक त राष्ट्रिय पोसाक लगाउदैनन l कालान्तरमा भाषा पनि संकटमा नपर्ला भन्न सकिने अवस्था छैन यसको प्रत्याभूति कसले गर्ने या दिने ?बिदेशी माटोमा रहदा मात्रीभूमिले मुलुकले लगाएको गुणको पैचो तिर्न एउटा बिदेसिएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीत र साहित्यलाई हतियारको रुपमा प्रयोग गरि आफ्ना कुराहरु पस्कि रहेको हुन्छ l सर्वप्रथम हामी नेपाली हौ l 
हामी नेपालीमा नै नेपाली समुदायसंग बोल्न रुचाउछौ किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l नेपाली भाषा प्रति छाती फुलाउदछौ र यसले हाम्रो शिर उच्च पारेको छ l हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ l किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् र नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न मुस्किल हुन्छ l राष्ट्र रहे सम्म राष्ट्रिय भाषा र सम्पर्कको भाषालाई सम्मान गर्न हरेक नेपाली तत्पर हुन्छ l 
नेपाली भाषा धनि छ र भाषाको विकास हेतु प्रसस्त सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश ,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ l नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ l नेपाली भाषाको जननी संस्कृत भाषा हो l lमात्री भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बीच गहिरो साईनो लगाई दिन्छ l नेपालीले नेपाली भाषा बोल्दा सबैको मन प्रफुल्ल बनाई दिन्छ l बिदेशी माटोमा आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु अपरिहार्य हुन्छ किनभने नया पिढीहरुले छिटो टिप्छन l यसो गरेमा भाषा मुर्झिदैन l 
नेपालमा बस्ने नेपालीहरुले हिन्दि भाषा सिकेका हैनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोल्न सक्ने नभए पनि बोल्न सक्छौ l परदेश या स्वदेश जहाँ भए पनि आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषामा कुरा गर्न सकियो र प्राथमिकता दिन सक्यौ भने नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l केहि शताब्दी पछि अंग्रेजी भाषाले ब्रम्हाण्ड भरि ढक मक्क ढाक्ने संकेत देखिदैछ l अंग्रेजी भाषा बिना कही पनि बाच्न नसकिने अवस्था छ l 
जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले प्राथमिकता दिएका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई माया मात्र गरे हाम्रो भाषा कहिले न अस्ताउने हुन्छ l सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भै सकेको उल्लेख गरेको हुनाले हाम्रो भाषा नेपाली भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने यो खतराको मुल्य हामी सबैले चुकाउनु पर्ने हुन्छ l 
परदेशमा कुनै कार्यक्रममा एक जना बिदेशीको उपस्थितिको कारण मात्र हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याएको देखेका छौ र विदेशी अतिथिले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु स्वाभाविक हुन्छ l नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ। गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा - क्वॉंटी,जुजु धौ ,तामाङ भाषामा -जॉंड-रक्सी र लिम्बू भाषामा -चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् l 
 हाम्रो राष्ट्रिय र सम्पर्कको भाषाको रक्षार्थ ऐक्यबद्दता जनाउनु पर्ने हुन्छ l बिदेशमा अभिभावकले घर भित्र बोलि दिने गरे हाम्रो भाषा कहिले ऒझेलमा नपर्ने हुन्छ l यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अंग्रेजी मिसाएर बोलेको हो या अंग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गार्हो हुन्छ l परदेशमा आगन्तुक शब्दहरु स्वीकार गर्द्दै यो पनि डाइसपोरा(प्रवासी )शब्द भै सकेको छ र आफु पनि बिदेशी भै सकेको भन्ने तिर हामी गयौ भने नेपाली शब्दहरु बिस्थापित हुने बढी सम्भावना हुन्छ l 
भाषा नै यस्तो माध्यम हो जस्को कारण मुलुकको विकास र विस्तारमा हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सरल र सम्भव हुन्छ l बिदेशी माटोबाट पनि हाम्रो राष्ट्रिय भाषाको संरक्षण र प्रबर्धन गर्न सकेमा भाबी पिढीले हाम्रो योगदानको कदर गर्ने छन् र भाषा मौलाउने छ l
- See more at: http://newsabhiyan.com/index1.php?option=newsDetail&newsId=538&catId=7#sthash.iwDeVqT5.dpuf
विजय चालिसे 
देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ l सबैले श्रद्धा गर्दछौ l नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला l यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ l बिलय हुन् केहि क्षण लाग्दैन l 
र हाम्रा पुर्खाले जोगाई राखेको भाषा र साझा सम्पर्कको अमुल्य नासो बिलिन हुनेछ l हाम्रा पिढीहरुले हामीलाई के जवाफ दिने ? हाम्रो भाषा कुन हो भनि हामीलाई प्रश्न गर्दा उचित जवाफ दिन सक्नु पर्छ l राजनैतिक परिवर्तन सगै राष्ट्रिय पोशाक समेत ओझेलमा परेको छ l हाम्रो राष्ट्रिय पोसाक के हो भनि कसैले सोधे भने हामिसंग त्यसको सहि जवाफ नहुन सक्छ किनभने राष्ट्रका सेवक त राष्ट्रिय पोसाक लगाउदैनन l कालान्तरमा भाषा पनि संकटमा नपर्ला भन्न सकिने अवस्था छैन यसको प्रत्याभूति कसले गर्ने या दिने ?बिदेशी माटोमा रहदा मात्रीभूमिले मुलुकले लगाएको गुणको पैचो तिर्न एउटा बिदेसिएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीत र साहित्यलाई हतियारको रुपमा प्रयोग गरि आफ्ना कुराहरु पस्कि रहेको हुन्छ l सर्वप्रथम हामी नेपाली हौ l 
हामी नेपालीमा नै नेपाली समुदायसंग बोल्न रुचाउछौ किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l नेपाली भाषा प्रति छाती फुलाउदछौ र यसले हाम्रो शिर उच्च पारेको छ l हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ l किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् र नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न मुस्किल हुन्छ l राष्ट्र रहे सम्म राष्ट्रिय भाषा र सम्पर्कको भाषालाई सम्मान गर्न हरेक नेपाली तत्पर हुन्छ l 
नेपाली भाषा धनि छ र भाषाको विकास हेतु प्रसस्त सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश ,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ l नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ l नेपाली भाषाको जननी संस्कृत भाषा हो l lमात्री भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बीच गहिरो साईनो लगाई दिन्छ l नेपालीले नेपाली भाषा बोल्दा सबैको मन प्रफुल्ल बनाई दिन्छ l बिदेशी माटोमा आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु अपरिहार्य हुन्छ किनभने नया पिढीहरुले छिटो टिप्छन l यसो गरेमा भाषा मुर्झिदैन l 
नेपालमा बस्ने नेपालीहरुले हिन्दि भाषा सिकेका हैनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोल्न सक्ने नभए पनि बोल्न सक्छौ l परदेश या स्वदेश जहाँ भए पनि आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषामा कुरा गर्न सकियो र प्राथमिकता दिन सक्यौ भने नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l केहि शताब्दी पछि अंग्रेजी भाषाले ब्रम्हाण्ड भरि ढक मक्क ढाक्ने संकेत देखिदैछ l अंग्रेजी भाषा बिना कही पनि बाच्न नसकिने अवस्था छ l 
जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले प्राथमिकता दिएका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई माया मात्र गरे हाम्रो भाषा कहिले न अस्ताउने हुन्छ l सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भै सकेको उल्लेख गरेको हुनाले हाम्रो भाषा नेपाली भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने यो खतराको मुल्य हामी सबैले चुकाउनु पर्ने हुन्छ l 
परदेशमा कुनै कार्यक्रममा एक जना बिदेशीको उपस्थितिको कारण मात्र हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याएको देखेका छौ र विदेशी अतिथिले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु स्वाभाविक हुन्छ l नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ। गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा - क्वॉंटी,जुजु धौ ,तामाङ भाषामा -जॉंड-रक्सी र लिम्बू भाषामा -चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् l 
 हाम्रो राष्ट्रिय र सम्पर्कको भाषाको रक्षार्थ ऐक्यबद्दता जनाउनु पर्ने हुन्छ l बिदेशमा अभिभावकले घर भित्र बोलि दिने गरे हाम्रो भाषा कहिले ऒझेलमा नपर्ने हुन्छ l यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अंग्रेजी मिसाएर बोलेको हो या अंग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गार्हो हुन्छ l परदेशमा आगन्तुक शब्दहरु स्वीकार गर्द्दै यो पनि डाइसपोरा(प्रवासी )शब्द भै सकेको छ र आफु पनि बिदेशी भै सकेको भन्ने तिर हामी गयौ भने नेपाली शब्दहरु बिस्थापित हुने बढी सम्भावना हुन्छ l 
भाषा नै यस्तो माध्यम हो जस्को कारण मुलुकको विकास र विस्तारमा हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सरल र सम्भव हुन्छ l बिदेशी माटोबाट पनि हाम्रो राष्ट्रिय भाषाको संरक्षण र प्रबर्धन गर्न सकेमा भाबी पिढीले हाम्रो योगदानको कदर गर्ने छन् र भाषा मौलाउने छ l
- See more at: http://newsabhiyan.com/index1.php?option=newsDetail&newsId=538&catId=7#sthash.iwDeVqT5.dpuf

Thursday, December 12, 2013

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौ, मंसिर २७ - मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमलाई रु एक अर्ब ६५ करोड ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

यसअनुसार कर्मचारी सञ्चयकोषबाट लिइने रु ८५ करोड र नागरिक लगानी कोषबाट लिइने रु ८० करोड ऋणमा नेपाल सरकार जमानत बस्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले मेलम्ची खानेपानी आपूर्ति आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४२ करोड सहायतासम्बन्धी सम्झौताको वार्ता अघि बढाउन सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।
बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पद सम्हाल्ने जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई दिएको छ ।
त्यसैगरी, काभ्रेको धुलिखेलमा सञ्चालन हुने ट्रमा सेन्टरका लागि दिइएको सो स्थानको १६ रोपनी जग्गा काठमाडौँ विश्वविद्यालयलाई ३० वर्षका लागि भाडामा दिने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
त्यसैगरी आगामी २०१४ फेब्रुअरी १४ मा अमेरिकामा हुने क्षमता वृद्धि कार्यशालामा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश थापालाई पठाइने भएको छ ।
बैठकले मेक्सिको र बेल्जियमका लागि अवैतनिक दूतको म्याद थप गरेको छ । यस्तै नेपाली सेनाका प्राविधिक सेनानी गेहेन्द्र लाललाई महासेनानीमा बढुवा गरिएको छ ।
बैठकले शिक्षा विभागमा रहेको एक हजार ७५ स्रोत व्यक्तिको दरबन्दीलाई कटौती गरी एक हजार ५५ कायम गरेको छ । त्यस्तै क्यासिनोसम्बन्धी नियमावलीको स्वीकृति दिने र श्रम तथा वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालय स्थापना गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/27/full-story/380639.html#sthash.oLwyAWgd.ZZYAY1pN.dpuf

Saturday, November 30, 2013

पोखरामा गीता गुञ्जन

कास्की, मंसिर १४ -
हँसिलो मुद्रामा साहित्यकार गीता त्रिपाठी स्टेजमा चढिन् । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा बसेका साहित्य पारखीहरूले ताली बजाएर स्वागत गरे

। एकल कविता वाचनको लहर चलिरहेको तालनगरीमा शुक्रबार उनी पनि कविता तथा गीतको पोको बोकेर काठमाडौंदेखि आएकी थिइन् । एड इन्टरटेनमेन्ट हाउसले गरेको सशुल्क एकल वाचन उनले आमाको महिमा गाइएको कविताबाट सुरु गरिन् ।

'आमा तिमी कति महान् छौ' शीर्षक कविता सुनाउँदा सुरुमै साहित्यपारखीहरू एकाग्र भए । कविताको विषय प्रस्ट्याउँदै उनी मिठासपूर्ण शैलीमा कविता सुनाउँदै थिइन् । साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवयित्री सरस्वती प्रतीक्षा लगायत साहित्यकार उनका कविताका खाँटी श्रोता बनेका थिए ।

श्रोताहरूलाई भिन्न स्वाद दिन बीचमा गीताले लयबद्ध गीति कवितासमेत पस्कँदै गइन् । गीति कवितामा श्रोता चाख अझ बढी देखिन्थ्यो । श्रोताहरूलाई अझ उत्साही बनाउन उनले यस्तो प्रेमभाव झल्कने गीत सुनाइन्- हृदयको एउटा टुक्रा यहीं खसाएछ कसले यहाँ सुगन्धको बास बसाएछ...

पहिलो पटक एकल कविता वाचनमा सहभागी भएकी गीताले साहित्य कला र संगीतको उर्वर भूमि पोखरामा कविता सुनाउन पाउँदा आफू निकै गौरवान्वित बनेको बताइन् । उनले नारी संवेदना, सामाजिक कुरीति, राष्ट्रिय अस्मिता, राजनीतिक विसंगति लगायतका विषयका कवितामार्फत एकल वाचनलाई श्रवणयोग्य तुल्याइन् ।

सरुभक्तले गीताका कविता सुन्ने आफ्नो अभिलाषा पूरा भएको बताए । 'साँच्ची नै उनका कवितामा उत्कृष्टताको छनक पाइन्छ,' उनले भने, 'वाचनमा पनि त्यतिकै प्रखरता रहेछ ।'

निबन्धकार तथा समालोचकका रूपमा समेत ख्याति कमाएकी गीतालाई सुन्न नयाँ-पुराना सबै छिमलका साहित्यकार/साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो । उनका श्रीमान् यादवसमेत मन्द मुस्कानसाथ श्रोतादीर्घामा जमेका थिए ।

दुई घन्टा चलेको एकल वाचनमा गीताले ४० भन्दा बढी कविता तथा गीत सुनाइन् । वाचनमा उनलाई सरस्वती प्रतीक्षा तथा रूपीन्द्र प्रभावीले पनि साथ दिए । आयोजक संस्थाका अनुज कुलुङले गीताको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

दुई दशकदेखि नेपाली वाङ्मय क्षेत्रमा सक्रिय गीताका 'थुँगा वनफूलका' गीत संग्रह, 'एक्लै एक्लै' र 'सारांश' गीति एल्बम, 'नृशंस पर्खालहरू' कविता संग्रह, 'दृष्टि विचरण' र 'कृति विश्लेषण ः प्रायोगिक आयाम' समालोचना तथा 'म एक्लो र उदास उस्तै' निबन्ध संग्रह निक्लेका छन् । विभिन्न पुरस्कार र सम्मानसमेत पाइसकेकी उनले कार्यक्रमपछि भनिन्, 'पोखरा साँच्चिकै साहित्यको उर्वर थलो रहेछ ।'

Wednesday, September 25, 2013

डरलाग्दो सिंहसित युवतीको मस्ती

देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।

दक्षिण अपि|mकाको वाटरवर्ग क्षेत्रमा युवती र उनको सिंहबीचको दोस्ती देख्दा जो कोहीपनि अचम्ममा पर्छन् । गएको वसन्त ऋतुमा सानो डमरुलाई घरमा ल्याएर पालेकी एन्नेलले त्यसको नाम टिम्बा राखिन् । अहिले त्यो डमरु बडेमाको सिंह बनिसकेकेा छ । एन्नेल र टिम्बाको असाधारण जोडी अहिले धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ ।
lion2
गेष्ट हाउस संचालन गरेकी एन्नेलले केवल यो टिम्बा मात्र पालेकी छैनिन् । उनले धेरै बिराला, चिताको डमरु, पाँचवटा सिंह तथा चितुवा समेत पालेकी छिन् ।
टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । त्यो हिंश्रक जिवले कुनैदिन आक्रमण पनि गर्न सक्छ तर उनलाई त्यसकेा कुनै परवाह छैन । एन्नेलको जिवनमा टिम्बा यति नजिक भैसकेको छ की ऊ एन्नेलको ओछ्यानमा समेत सँगै सुत्छ कहिलेकाहीँ ।
lion3 lion4 lion5 lion6 lion7 lion8 lion9
- See more at: http://www.onlinekhabar.com/2013/09/119551/#sthash.xnJdQBIV.Cf39HPdO.dpuf