Saturday, February 1, 2014

Amazing Tricks to Speedup Pendrive Data transfer.



Pen drives
or USB are quite popular in the digital world for instant transfer of data. Using USB flash drives, one can easily transfer large files from one PC to another, from PC to laptop, from laptop to TV, and vice versa. This latest technology has made our work easier than before.

In current times, you can move Gigabytes of information into just a tiny pen drive within few seconds.
In recent years, a lot of changes has been made in storage devices. When you compare new pen drives with the older ones, you will notice a considerable high transfer rate in the latest ones. However, there are times when you can get irritated with slow transfer speed of pen drives while copying data in pen drives. Well, this article shall provide you with some tricks using which you can Speedup Pendrive Data Transfer Rate

Factors responsible for data transfer rate:


Before knowing the tricks, we shall have a look at some factors responsible for data transfer rate , and they are as follows.
1.Pen drive ageing: Well, this is common for any device that when it becomes old, the rates gets slower.
2.Type of files: The transfer rate of data also depends on the file type; you might have noticed that songs, videos and documents take very less time in transfer while application files need more time.
3.USB port version: The most popular version of USB is 2.0, and it will give you 35mbps speed. So, if you want fast speed then buy 2.0 version pen drives.

Few tricks to Speedup Pendrive Data Transfer Rate:


1.File system should be NTFS: If you want to Speedup Pendrive , then make sure you have NTFS as file system. You can do so by Right clicking on your pendrive and selecting Format,Select NTFS File system, Uncheck Quick Format And Click On Start.
2.Disk errors: To check disk errors go to the properties tab of your pen drive, then select ‘tools’ tab. You will find a ‘check now’ button, click it and then hit ‘start’ to fix the errors. The time taken for scan depends on the size of the pen drive.
Speedup Pendrive
3.Device policy: Under properties of your pen drive, select ‘hardware’ tab. Then select USB device from there that will lead you to a pop up window where you need to change settings. You can even have better performance of pen drive by clicking the option under ‘hardware’ tab.
4.Format: This is one of the effective options that many users have tried. When you have used your pen drive for quite a long time, you can speed it up by formatting the device.
Carefully test your pen drive with the factors given above to Speedup Pendrive. In addition to this, you should keep checking for these aspects regularly, say twice or thrice in a month.

बाबुरामको प्रस्ताव ‘राष्ट्रिय सम्मेलनको सट्टा, महाधिवेशनमा जाऔं’

काठमाडौ, माघ १७ – एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।

शुक्रबार केन्द्रीय कार्यालयको बैठकमा भट्टराईले वैचारिक कुरामै छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको हो ।  ‘बरु पछि गरौं तर महाधिवेशन नै गरौं’ भनेर भट्टराईले प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेकोमा भट्टराईले असोज कात्तिकतिर भएपनि महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । भट्टराईले हेटौंडा महाधिवेशनको कार्यदिशा र सिंगो माओवादी आन्दोलनका विषयमा समीक्षा र बहस गर्नुपर्ने आवश्यकता भन्दै  महाधिवेशनमा जोड दिनुभएको छ ।
‘हामीले हेटौंडा महाधिवेशनमा तीन सरकार, सदन र सरकारको मोर्चा भनेर तीन स को कुरा गरेका हौं, त्यतिबेला हामी सरकारमा थियौं’ भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘तर अहिले हामी सरकारमा छैनौं अब तीन स को मोर्चा कसरी हुन्छ ? आन्दोलनका विषयमा पनि समीक्षा हुनुपर्छ ।’
भट्टराईले सिंगो माओवादी आन्दोलनका विषयमा पनि समीक्षा र वैचारिक बहस गरी कार्यदिशा बनाउनुपर्नेमा भट्टराईको प्रस्ताव छ । ‘कुनै कमिटी सानो वा ठूलो भयो र कसलाई कहाँ खटाउने भन्ने कुराले समस्या समाधान हुन्न’ भट्टराईले भन्नुभएको छ ‘अहिले माओवादी आन्दोलन कहाँ छ ?यसको समीक्षा र मूल्याङ्कन गरेर कार्यदिशा बनाउनुपर्छ । त्यसपछि मात्रै सही ठाउँमा पुगिन्छ ।’

नारायणकाजी पनि छिटो महाधिवेशनका पक्षमा

महाधिवेशन गर्ने कुरामा अर्का नेता नारायणकाजी श्रेष्ठले पनि जोड दिनुभएको छ । तर श्रेष्ठले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र जतिसक्दोछिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘महाधिवेशनका लागि तीन वर्ष कुर्नुहुन्न, राष्ट्रिय सम्मेलन गरेर छिटो महाधिवेशन गर्नुपर्छ’ श्रेष्ठको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘महाधिवेशन गरेर हेटौंडा महाधिवेशनको कार्यदिशा व्याख्या गरी थप समृद्ध र समयानुकल बनाउनु पर्ने आवश्यकता छ ।’
नेपालकै र विश्व कम्यूनिष्ट आन्दोलनबाट सिकेर नयाँ ढंगको पार्टी निर्माणका लागि पनि छिटो महाधिवेशनमा जानुपर्ने श्रेष्ठको तर्क छ ।

नेपालगञ्ज रेफर गरेको गर्भवतीको अछाममा नै सफल अपरेशन

अछाम, माघ १७ – तीन दिनदेखि सुत्केरी व्यथा लागेर नेपालगञ्ज रिफर गरिएकी अछाम मंगलसेन ५ की सवी नगार्जीको वयालपाटा अस्पतालमा शल्यक्रिया गरी  सुत्केरी गराइएको छ ।

जिल्ला अस्पतालले शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा बेहोस पार्न नसकेपछि नेपालगञ्ज रेफर गरेको थियो । नेपालगञ्ज लैजाने एम्बुलेन्स खोज्दै बयालपाटा अस्पताल पुर्याइएकी सवीलाई अस्पतालका मेडिकल निर्देशक डा. श्रीराम तिवारीले नेपालजञ्ज पुग्न नसक्ने अवस्था देखेपछि त्यहीँ अप्रेशन गर्नुभएको हो ।
अवस्था निकै जटिल रहेको र नेपालगञ्ज पुर्‍याउँदा गर्भवतीको ज्यानै जानसक्ने खतरा देखेर अप्रेशन गरेको डा. तिवारीले बताउनुभयो । बिहीवार बिहान शुरु गरिएको अप्रेशन करिब ४ घण्टामा सफल भएको थियो ।
छोरा जन्माएकी सवी र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म २० महिलाको अप्रेशन गरी सुत्केरी गराएको मेडिकल निर्देशक डा. श्रीराम तिवारीले बताउनुभयो ।

Friday, January 31, 2014

माग्ने बूढालाई तक्मेको गुन

केदार घिमिरे (माग्ने बूढा)ले तक्मे बूढाको चरित्रमा जन्माएका विल्सन बिक्रम राईले अहिले माग्ने बूढाको गुन तिरिरहेका छन् । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बूढो)

को जोडी फुटेपछि धुर्मुस श्रीमती कुञ्जना घिमिरे (सुन्तली) लाई जोडी बनाएर कार्यक्रमहरुमा हिंड्न थाले, एक्लै परेका माग्ने बूढा स्टेजमा विरलै देखिन थाले।
यस्तो वेलामा आफैंले तक्मे बूढाको चरित्रमा जमाएको विल्सन बिक्रम राईले उनको उद्दार गरेका छन्। तक्मे बूढा अहिले देश–विदेश गर्ने नम्बर एक नेपाली हास्यकलाकारमा पर्छन्।
अहिले तिनै तक्मे बूढाले आफूलाई हिट बनाएको गुन तिर्न माग्ने बूढालाई जोडी बनाएका छन्। नभन्दै, दुई बूढाले पछिल्ला ८ महीनामा ५ महीना विदेशमै विताएका छन्। कतिपय कलाकारहरु भन्न थालेका छन्– चेलो होस् त तक्मे जस्तो!

Thursday, January 30, 2014

दिल्ली हुँदै हङकङ हिंडेका नेपाली सेन्झेनमा अलपत्र

अवैद्य रुपमा हङकङ छिराएर काममा लगाइदिने नेपाली र भारतीय दलालको योजना अनुसार दिल्ली हुँदै चीनको सेन्झेन पुगेका तीन नेपाली दश दिनदेखि अलपत्र परेका छन्।
हङकङ बस्ने भारतीय मूलका दलालले सेन्झेनबाट चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ प्रवेश गराउन प्रतिव्यक्ति हजार अमेरिकी डलर (एक लाख रुपैयाँ) मागेको तर त्यत्रो पैसा नभएपछि सेन्झेनमै अड्किएको पीडितले बताएका छन्।
१५ पुसमा दिल्लीबाट स्पाइसजेट चढेर दक्षिण चीनको ग्वान्झाओ उत्रिएका कास्कीका अखिल भण्डारी, बुद्धि गुरुङ र अशोक पौडेल दश दिनदेखि हङकङ नजिकको चिनियाँ शहर सेन्झेनमा अलपत्र परेका हुन्। भण्डारीका अनुसार उनीहरूलाई रमेश सुवेदी मुख्य हिस्सेदार रहेको पोखराको मेनपावर कम्पनी एसआरके ओभरसिजले हङकङ पुर्‍याई काममा लगाइदिने आश्वासनमा दिल्लीस्थित चिनियाँ दूताबासबाट एक महिनाको भिजिट भिसा लगाएर चीन उडाएको हो।
‘हङकङमा बस्ने लोरिज नाम गरेको भारतीय दलालले फोनमा प्रति व्यक्ति एक हजार अमेरिकी डलर लिएर बोर्डरमा आउनु, हङकङ छिराइदिन्छु भन्यो, तर त्यत्रो पैसा हामीसँग थिएन’, तीन जनाकै पकेट रित्तिएपछि सेन्झेनको बैँकमा खाता खोलेर नेपालबाट पैसा मगाएको बताउँदै भण्डारीले भने,’दिल्लीबाट उड्दा तीन जनाको पकेटमा जम्मा एक हजार अमेरिकी डलर थियो, दश दिन सेन्झेनको सस्तो होटलमा बसेर नुडल मात्र खाँदा पनि त्यो पैसा सकियो।’
भण्डारीका अनुसार हङकङ प्रवेश गरेपछि शरणार्थी कार्ड लिएर काम गर्न पाइन्छ, महिनाको आठ हजार हङकङ डलर (करिब एक लाख रुपैयाँ) कमाउन सकिन्छ भनेर दलालले प्रति व्यक्ति दश लाख असुलेर ल्याएका हुन्।’एसआरके ओभरसिजका रमेश सुवेदीलाई मैले वैशाखमै पासपोर्ट र चार लाख रुपैयाँ दिएको थिएँ, उसले दिल्लीबाटै चीनको भिसा हान्यो होला’, भण्डारीले फोनमा भने,’हङकङमा नेपालीलाई वर्क परमिट दिँदैन भन्ने थाहा थिएन, जसरी पनि छिराउँछौँ भनेपछि कम्पनीकै दिल्ली एजेण्ट रोशन क्षेत्रीको सहयोगमा हामी उड्यौँ।’
सन् २००५ देखि हङकङ सरकारले भिसा कडाई गरेपछि नेपालीहरू पनि दालल मार्फत् ग्वान्झाओ–सेन्झेन आएर चिनियाँ र पाकिस्तानीको सहयोगमा राती डुँगामा चढेर अवैद्य रुपमा हङकङ छिर्न थालेका थिए। नेपालमा यातना पाएको दावी गरी शरणार्थीको रुपमा हङकङ बस्ने र गैरकानुनी रुपमा काम गर्ने विदेशीलाई हङकङ सरकारले फिर्ता गर्न थालेपछि केही वर्षयता त्यसरी आउने क्रम घटेको थियो। महावाणिज्यदूत महेश दाहालका अनुसार शरणार्थी दावी गरी बस्ने १४ र नेपाल फर्के यातना पाउने दावी गरेर बस्ने १२ जना नेपाली हङकङमा रहेको जानकारी गत वर्ष हङकङ सरकारले दिएको थियो।
एसआरके ओभरसिजको यो नयाँ धन्दाले नेपालीलाई अवैद्य रुपमा हङकङ छिराउने गिरोह फेरी सक्रिय भएको र त्यसमा भारतीय मूलका व्यक्ति समेत संलग्न भएको नयाँ तथ्य खुलेको छ। चीनको बाटो भएर दर्जन बढी नेपालीलाई अवैद्य रुपमा हङकङ छिराएको पाइएको छ।
पोखराको यो कम्पनीलाई दश लाख ख्वाएर हङकङ प्रवेश गर्न सफल भएका अन्य पाँच जना नेपाली हालै हङकङ प्रहरी समक्ष आत्मसमर्पण गरी ग्वान्झाओ हुँदै काठमाडौँ फिर्ता भएका छन्। भारतीय दलालको सहयोगमा छुट्टाछुट्टै मितिमा दिल्ली–ग्वान्झाओ हुँदै सेन्झेन आएर हङकङ प्रवेश गरेका कास्कीका केशवबहादुर ढकाल, प्रेमबहादुर खत्री र प्रकाश गुरुङ तथा तनहुँका जीवन राना र खोटाङका गोपाल ढकाल १५–२० दिन हङकङको शरणार्थी शीवीरमा बसेपछि प्रहरीसमक्ष हात उठाएर नेपाल फर्केका हुन्।
‘सेन्झेनस्थित चीनको लोउ अध्यागमन पार गरेपछि हङकङ अध्यागमन पुग्ने बित्तिकै हात उठाएर नेपालमा ज्यानको खतरा भएर आएको भन्नु भनेर दलाले सिकाएको रहेछ’, पाँच जना पीडितलाई नेपाल फर्काउन सहयोग गरेका गैरआवासीय नेपाली संघ एनआरएनए चीनका अध्यक्ष सुन्दर थापाले गोपाल ढकाललाई उद्धृत गर्दै भने,’अध्यागमन अधिकारीलाई नेपालमा यातना पाएको भनेपछि एक जना भारतीय मूलको सोलिसिटर आएर बयान लिए अनि गाडीमा राखेर हङकङको शरणार्थी शीवीर पुर्‍याइयो।’
शीवीरमा सरकारी भत्ता र खानाको सुविधा सहित १५–२० दिन बिताए पनि दलालले आश्वासन दिए अनुसार सहज रुपमा बाहिर निस्केर काम गर्ने र महिनाको एक लाख कमाउने अवस्था नदेखेपछि नेपाल फर्कने निर्णय गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनीहरूले बताएका छन्। ९ पुसमा प्रहरीले पहिले हङकङ प्रवेश गरेको लोउ पोर्टमै लगेर चीनको अध्यागमनलाई जिम्मा लगाएपछि बेखर्ची भएर उनीहरूले एनआरएनएलाई गुहारेका थिए।
‘मध्य राती बेखर्ची भइयो भनेर फोन आएपछि ग्वान्झाउमै होटलमा लगेर राख्यौँ’, ग्वान्झाओ बस्ने श्याम सेढाईको सहयोगमा पीडितलाई उद्धार गरिएको बताउँदै एनआरएनए महिला संयोजक अमृता थापाले भनिन्,’चीनको एक महिने भिजिट भिसा अवधी नसकिएका दुई जना १० पुसमै काठमाडौँ उडे, चार दिन ओभर स्टे भएका तीन जनालाई दैनिक पाँच सयका दरले छ हजार युयान (करिब एक लाख रुपैयाँ) जरिवाना लिएर अध्यागमनले १५ पुसमा मात्र नेपाल फर्कने अनुमती दियो।’
हङकङ छिरेका पाँच जना आत्मसमर्पण गरी नेपाल फर्केको सुनेपछि बेखर्ची भएर सेन्झेनमा रोकिएका भण्डारी, गुरुङ र पौडेल पनि अब हङकङ प्रवेश नगर्ने बरु नेपाल नै फर्कने मनस्थितिमा पुगेका छन्।’काम गर्न नपाइने भएपछि बोर्डरमा अर्को एक लाख दलाललाई दिएर हङकङ छिर्नुको अर्थ रहेन’, भण्डारीले भने।
तीन–चार जनाले पोखराको सभागृह चोकमा कार्यालय राखेर सञ्चालन गरेको एसआरके (शंकर, रमेश, कृष्ण) ओभरसिजबारे आफुलाई राम्रो जानकारी रहेको बताउँदै भण्डारीले चेतावनी दिए,’हामीलाई झुक्याएर यहाँसम्म ल्याउने कम्पनीलाई अब नेपाल नै फर्कने व्यवस्था मिलाइदेउ भनेका छौँ, दुःख त पायौँ नै, पैसा फिर्ता गरेन भने पोखरा पुगेपछि उनीहरूलाई घेरा हाल्छौँ।’

नेपालगन्जमा कुष्ठरोगीको स्वास्थ्य संस्थामा पहुँच बढ्दो

नेपालगन्ज,  माघ १६ गते । मध्यपश्चिमका विभिन्न जिल्लामा रहेका कुष्ठरोगीहरूको अहिले स्वास्थ्य संस्थामा उपचारका लागि जाने क्रम बढेको पाइएको छ ।


पूर्वजन्मको पाप तथा देवीदेवताको श्रापका कारण कुष्ठरोग लाग्छ भन्ने गलत मानसिकतालाई तोड्दै पछिल्लो समम बिरामीहरू उपचारको खोजीमा अस्पताल पुग्नेक्रम बढेको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको पछिल्लो आङ्कडाअनुसार, अहिले मध्यपश्चिम क्षेत्रमा २७३ कुष्ठरोगीले नियमित ओखती सेवन गरिरहेका छन् ।
गत आर्थिक वर्ष २०६९÷७० मा २८७ जनाले नियमितरूपमा औषधि लिइरहेकोमा चालु आर्थिक वर्ष २०७०÷७१ को पहिलो चौमासिकमा ९८ जना बिरामी थपिएका छन् । ती बिरामीमध्ये चार बालक र ३१ महिला छन् ।
निर्देशनालयका अनुसार यस क्षेत्रका जिल्लामा प्रति दश हजारमा एक जनाभन्दा बढी व्यक्ति कुष्ठरोगबाट प्रभावित छन् ।

बालिका बलात्कार गर्ने सेनाका जवान पक्राउ

गोरखा, माघ १६ गते । जिल्लाको घ्याल्चोक गाविसस्थित वडा नं ९ मा गएको माघ ६ गते विद्यालय पढ्ने १५ वर्षीया बालिका बलात्कार गर्ने २८ वर्षीय विवाहित महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


पीडितको उजुरीको आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आफूलाई जबर्जस्ती बलात्कार गरेर कसैलाई भनेमा सिध्याइदिने धम्की दिएको पिडितले बताएकी छन् ।
बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोध्ने क्रममा बलात्कारको रहस्य खुलेको हो । स्थानीयको बिहेमा रत्यौली हेर्न गएका बेला बालिका बलात्कृत भएकी थिइन् । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।