Tuesday, February 4, 2014

रीपञ्चमी आज, सरस्वतीको पूजा गरी बालबालिकालाई पढ्न सिकाइँदै

२१ माघ, काठमाण्डौं । वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व आज मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरी मनाइरहेका छन् । ससाना बालबालिकालाई अक्षरारम्भ अर्थात विद्यारम्भको रूपमा लिइने यस अवसरमा नेवार समुदायले स्वयम्भूको आनन्दकुटी विहारसँगै रहेको गुरु महामन्जुश्रीको पूजा आराधना गर्ने गर्दछ भने गैर नेवार समुदायले महामन्जुश्रीलाई विद्यादान गर्ने देवीका रूपमा सरस्वतीको पूजा गर्ने प्रचलन छ ।


महामन्जुश्रीलाई नेवार समुदायले ससुमाँजूको रूपमा पनि सम्बोधन गर्ने गरिन्छ । श्रीपञ्चमीका दिन हिन्दू तथा बौध्दधर्मावलम्बी विशेष गरी छात्रछात्राको स्वयम्भूमा ठूलो घुइँचो लाग्छ ।

संस्कृतिविद् डा चुन्दा वज्राचार्यका अनुसार नेवार समुदायमा श्रीपञ्चमीको दिन महामन्जुश्री तिब्बतबाट नेपाल आउने भएकाले उनलाई थकाई मार्न बेलुका भक्तजनले उनको शरीरमा खानेतेल घसिदिने परम्परा छ ।

श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ ।

स्वयम्भू पुरानअनुसार उपत्यका उत्पत्तिसँग जोडिएको महामन्जुश्रीको कथामा महामन्जुश्रीले आफ्नो खड्गले प्रहार गरी उपत्यकाका ठूल्ठूला पहाड फुटाएर पानीले भरिएको काठमाडौँ उपत्यकामा निकास खोली पानी बाहिर पठाई मानव वस्ती बसालेको उल्लेख रहेको डा वज्राचार्यको भनाई छ ।

आजकै दिनदेखि होली पर्व सुरु हुने र ऋतु परिवर्तन हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ ।

हिन्दू शास्त्रअनुसार ऋग्वेदमा वागदेवीका नामले प्रसिद्धि पाएकी ब्रहृमायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजा गर्ने चलन रहेको छ ।

गान्धर्व पुराणमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।

साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो ।

काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

Monday, February 3, 2014

हिमालयनलाई संकटाले हरायो


काठमाडौं– हिमालयन शेर्पालाई हेराउँदै संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
भर्खरै सम्पन्न खेलमा संकटाले हिमालयनमाथि २–१ को जित हात पार्‍यो। संकटाका लागि राजीव गुरुङले खेलको ६५ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको पाँच मिनेट नबित्दै कालु थापाले संकटाका लागि दोस्रो गोल गरे। खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा हिमालयन शेर्पाका पासाङ लामाले गोल गर्दै हार अन्तर कम गरेका थिए। यसअघि हिजोको खेलमा जावलाखेल र नेपाल पुलिस क्लव विजयी भएका थिए।

माइत बसेको निहुँमा बाबुले गरे छोरीको हत्या

नवलपरासीको बेनीमणिपुर गाविस-२ ढुडेमा आफ्नै बाबुले छोरीको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । ५९ वर्षका कृष्ण सापकोटाले ३५ वर्षीया छोरी लक्ष्मीसिंह ठकुरीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।



छोरी लक्ष्मी दुई दिनदेखि गाउँमा नदेखिएपछि गाउँलेले प्रहरीमा उजुरी दिएका र उजुरीपछि उनलाई खोज्ने क्रममा उनका बाबुले नै हत्या गरेको रहस्य खुलेको हो । करिब नौ महिनादेखि माइतीमै बस्दै आएकी छोरी र बुबाबीच घर नगई माइतमा बसेको भन्ने विषयमा पटकपटक विवाद हुने गरेको र गत माघ १६ गतेपछि सोही विषयमा विवाद हुँदा दुईबीच कुटाकुट भएको र सोही क्रममा बाबुले छोरीको हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन अधिकारीले बताए ।

बुबा सापकोटाले छोरीको हत्या गरी घर नजिकै खाडल खनेर पुरेको समेत खुल्न आएको छ । सापकोटाले झगडा हुने क्रममा पिट्दा घरको धुरीखाँबोमा ठोक्किएर छोरीको मृत्यु भएको र मृत्युपछि आफैँले जमिनमुनि गाडेको प्रहरीसामु बयान दिएका छन् । उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुर कावासोतीमा राखिएको छ । सापकोटाले माघ १६ गते हत्या गरेको बुझिएको छ ।

Sunday, February 2, 2014

माउन्ट सिजनबुंग ज्वालामुखी विस्फोट, १४ को मृत्यु


इण्डोनेशियाको सुमात्रा द्वीवपमा सक्रिय ज्वालामुखी विस्फोट हुँदा आसपासका गाउँका १४ जनाको मृत्यु भएको छ । माउन्ट सिजनबुंग ज्वालामुखी शनिबार विहान विस्फोट भएको थियो । जसका कारण आलो र ढंगाका टुक्राहरु आसपासका दुई किलोमिटर क्षेत्रसम्म फैलिएको थियो ।
अधिकारीहरुका अनुसार मारिनेमा चार स्कुल बालिका छन् भने एक शिक्षक पनि छन् । माउन्ट सिजनबुंग ज्वालामुखी तीन वर्षदेखि निश्क्रिय थियो । तर, गत सेप्टेम्बरमा सक्रिय भएपछि आसपासका गाउँका हजारौं मानिसलाई सुरिक्षत स्थानमा सारिएको थियो ।
volcano
शुक्रबार मात्र केही मानिसलाई आफ्नो घर फर्कने अनुमति दिइएको थियो । शविबार भएको ज्वालामुखीको तस्वीर भयानाक थियो । निकै टाढासम्म यसको मुस्लो आएको थियो भने मानिसहरु भागिरहेका थिए ।
२०१० मा माउन्ट सिजनबुंग ज्वालामुखी सक्रिय भएको थियो । त्यसबेला २ जनाको ज्यान गएको थियो भने ३० हजारले घर छाड्नु परेको थियो । त्यसअघि भने ४ सय वर्षसम्म कुनै हलचल थिएन । माउन्ट सिजनबुंग इन्डोनेशियाको सक्रिय १ सय ३० ज्वालामुखी मध्ये एक छन् ।
volcano1
volkano2
volkano3
volkano4
volkano5
volkano6
volkano7

दैनिक तीन घण्टा खानुस्, मासिक ५ लाख बसि-बसि कमाउनुस्

मानिसहरु पैसा कमाउन अनेक उपाय लगाउँछन् । त्यस्ता उपाय कतिपय निकै दुःखपूर्ण पनि हुन्छन् ।
तर, तपाईलाई कसैले टेवलमा बसेर आनन्दले मिठा मिठा परिकार खान दिन्छ र त्यसबापत मनग्ये पैसा पनि कमाउहुन्छ भने त्यसलाई तालुमा आलु फलेको भन्दा फरक पर्दैन् ।
आजकल कोरियामा यस्तै तालुमा आलु फल्न लागेको एक महिलालाई । उनले टेवलमा बसेर खाना खाएकै भरमा झण्डै ५ हजार ६ सय अमेरिकी डलर-करिव साढे पाँच लाख रुपैयाँ) कमाउँछिन् ।
दक्षिण कोरियाको राजधानी सियोलकी ३४ वर्षीया पार्क सियो इआन हरेक दिन क्यामेराअगाडी बसेर मजाले मिठो मिठो खान्छिन् । उनले खाएको दृष्य भिडियो स्टि्रमिङ वेबसाइटमार्फत् लाइभ प्रसारण भइरहेको हुन्छ ।
मानिसहरु उनले खाएको हेर्न मात्रै इन्टरनेटअगाडी बस्छन् । यो क्रम हरेक दिन झण्डै तीन घण्टासम्म चल्छ ।
Park-Seo-yeon-1
पार्क खाना खान झण्डै तीन घण्टा लगाउँछिन् । वेबसाइटमा विज्ञापन र अन्य सहयोगबाट उनले मासिक ५ हजार ६ सय डलरभन्दा बढी कमाउँछिन् ।
दक्षिण कोरियामा पछिल्ला दिनमा प्रचलनमा आएको यो प्रबृत्तिलाई ‘फुड पोर्न’ अर्थात अश्लिल खावाईका रुपमा चिनिन्छ । कोरियामा एकल परिवारको संख्या बढ्दै गएको र यसले खानासम्बन्धी यस्ता साइट लोकप्रिय हुँदै गएको द डेलि मेलले जनाएको छ ।
अर्गनाइजेशन फर इकोनोमिक को-अपरेशन एण्ड डेभलोपमेन्ट रिसर्चका अनुसार कोरियामा एकल परिवारका संख्या २०१२ को भन्दा २५.३ प्रतिशतले बढेको छ ।
Living hand to mouth: Park has been able to quit her office job and now lives off her eating show from which she makes an average $9,400 a month
Dinner time: Park prepares food for her food-eating show in her apartment in Incheon, west of Seoul
Sharing time: Park shows a spoonful of food to the camera, to get her viewers involved as she eats and chats with them on her streaming site
Perfection: The 34-year-old former consultancy worker has professional cameras and lighting to ensure she can put on a show for her fans
Serious business: More than 3,500 people in South Korea run online video blogs, streaming themselves having dinner, but The Diva is one of the most popular
Joining in: Research has found that the number if single households in South Korea is spiking, something which could explain The Diva's popularity
Gluttony: The Diva can eat more than 30 eggs in one sitting, which takes several hours and is streamed live
Paid: The stars' gluttinous antics are rewarded with credits which cost their fans about seven pence each

विश्वनाथ उपाध्यायको शोकमा आज सम्पूर्ण न्यायालय बन्द

१९ माघ, काठमाडौं । पूर्व प्रधानन्ययाधीश विश्वनाथ उपाध्यायको शोक आज सम्पूर्ण न्यायलयहरु बन्द हुने भएका छन् ।



सर्वोच्च अदालतले आज नेपालभरका सबै अदालत, विशेष अदालत र न्यायाधीकरणमा बिदा दिने निर्णय गरेको हो । विक्रम संबत २०४८ देखि २०५२ सम्म प्रधान न्यायाधीश रहेका उपाध्यायले त्यसअघि सर्वोच्च अदालतका न्यायाधीश, नेपाल कानुन सुधार आयोगका अध्यक्ष, नेपाल अधिराज्यको संविधान २०४७ को मस्यौदा गर्न गठित संविधान सुझाव आयोगको अध्यक्षलगायतका निकायमा रहेर उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
परिवारका सदस्यहरुसँग गफगाफ गर्ने क्रममा अचानक ढलेका उपाध्ययको मस्तिष्कमा रगत जमेको थियो । मस्तिष्कमा जमेको रगत निकाल्न शल्यक्रिया गरेपछि सिकिस्त बिरामी परेका उनको उपचारका क्रममा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

फेसबुकको प्रेम, न्यूयोर्ककी ‘पार्टी गर्ल’ हरियाणाको गाउँमा

अमेरिकाको क्यालिफोर्नियाकी एड्रियाना पेरल फेसबुकबाट प्रेम गाँसिएका भारत हरियाणाका मुकेश कुमारसँग विवाह गरेर उनको घर गोठ स्याहार्दैछिन् ।

क्यालिफोर्नियाकी ४१ वर्षीय एड्रियाना र उनीभन्दा १६ वर्ष कान्छा भारत हरियाणको गाउँका युवक मुकेशको फेसबुके प्रेम यसरी झाँगियोकी अन्ततः एड्रियानाले भारत आएर मुकेशको सिंदुर पोते लगाइन् । क्यालिफोर्नियाकी ‘पार्टी गर्ल’ अहिले मुकेशको परिवारसहित घर गोठको जिम्मेवारी सम्हालेर खुशीसाथ बसेकी छन् ।

मुकेशसँग फेसबुकमा चलेको रोमान्स र विश्वासले एड्रियाना आफ्नी २५ वर्षकी छोरीलाई अमेरिकामै छोडेर गत अगस्त महिनामा भारत आइन् र भारतीय युवकसँग विहे गरिन् । अहिले उनी घर सफा गर्ने, खाना बनाउने, खेतमा काम गर्ने, वस्तुभाउ स्याहार्ने लगायतका ग्रामिण गृहणीका सबै काम गर्दै कहिल्यै नपाएको खुशी पाएको बताउँछिन् ।
आफू मुकेशसँग निकै खुशी भएको र उनलाई कुनै पनि मूल्यमा छोड्न नसक्ने बताउने एड्रियानाले अमेरिकामा छँदा आफू धेरै सम्बन्धमा गाँसिए पनि साँचो प्रेम पाउन नसकेको बताउँछिन् । उनले एक वर्षअघि मात्रै फेसबुकमा मुकेशसँग भेट भएको बताइन् ।
फेसबुकमा झाँगिएको प्रेम अभिव्यक्त गर्न एक साँझ मुकेशले एड्रियानालाई एसटिडी कल गरेरै आफू उनको प्रेममा डुबेको बताए । एड्रियाना भन्छिन्, “त्यसबेला के प्रतिक्रिया दिउँ जस्तो भयो र हाँसे मात्रै ।” त्यसपछि उनीहरुको फोनवार्ताको क्रम बढदै गयो र उनले मुकेश आफ्नो प्रेममा गम्भीर भएको थाहा पाइन् उनी भन्छिन, “त्यसपछि मैले भारत आउने निर्णय गरें, मुकेशसँगै बाँच्ने–मर्ने निधो गरेर ।”
एड्रियानाले आफू भारत जाने निर्णय सुनाएपछि उनका आफन्त, साथी र छोरीले त्यसो नगर्न धेरै अनुनय गरेका थिए । “छोरीले त रुँदै मुकेश भन्ने कोही बदमाश होला, भारत महिलाका सुरक्षित ठाउँ हैन नजानुस भनेकी थिई” उनी भन्छिन, “मैले छोरीलाई सम्झाएँ पनि केही द्विविधा भने थियो तर, दिल्ली एअरपोर्टमा मुकेशलाई देखेपछि मेरो खुशीको सीमा रहेन । ”
“शुरुशुरुमा त यहाँको सबै कुरा अचम्म लाग्थ्यो, वाथरुम, चर्पी, घर बाहिरको भान्सा र गाइबस्तुसँगैको बेडरुम सबै अचम्म,” उनी अनुभव सुनाउँछिन, “तर अहिले बुझिसकें सुखी र खुशी हुन सुविधा होइन माया चाहिंदो रहेछ ।”
नजिकैको बजारदेखि आधाघण्टाको दुरीमा रहेको मुकेशको गाउँ पोपरानमा एड्रियानाले गुइँठा बनाउन समेत सिकिसकेकि छन् ।
एड्रियानाले अब भारतीय रहन(सहन र भारतीय पहिरन लगाउँछिन् । उनी भन्छिन, “यहां गाउँमा विदेशीहरु देखिंदैनन् त्यसैले म जहाँ गए पनि मलाई हेर्न मान्छेको भीड जम्मा हुन्छ, लाग्छ म कुनै सेलेब्रेटी हुँ, तर अब यो सबैको बानी परिसकेको छ ।”
मुकेशले एड्रियानासँग अंग्रेजी भाषा सिक्दै छन् र भन्छन, “ एड्रियाना इज ए गुड वाइफ, उनले घरको सबै काम गर्छिन्, आमाले खाना पकाउँदै गर्दा यो त मेरो काम हो भन्छिन् । म उनीसँग धेरै खुशी छु ।”
एड्रियानकी सासु विमलादेवी भन्छिन, “छोराले विदेशी बुहारी भित्र्याएकोमा खुशी लागेको छ, उसले मेरो सम्मन गर्छे उसको सट्टा यही गाउँकी कुनै बुहारी ल्याएको भए पनि यति धेरै रमाइलो हुँदैनथ्यो होला ।”
यो जोडीले आफ्नो परिवार बढाउने बारेमा पनि सोच्दै छ । एड्रियाना भन्छिन, “सासुलाई त दुईवटा नाति–नातिनी चाहिएको छ ।” उनलाई एकपटक आफ्नो परिवार लिएर अमेरिका जान पनि मन छ ।
“मेरो यो नयाँ घर र गाउँका मान्छे असाध्यै राम्रा छन, मलाई सबैले मुटुमै राखेका छन् ।”