Wednesday, February 26, 2014

धुम्रपान तथा सुर्तिजन्य पदार्थबारे जानकारी

धू्रमपान तथा सूर्ती सेवनबाट उत्पन्न हुने स्वास्थ्य समस्याहरु निम्न छन् ः
क.तत्कालै हुने समस्या
–खोकी लाग्ने
–श्वास फेर्न गाह्रो हुने,दम बढ्ने
–कसै कसैलाई वाक वाक लाग्ने
–पेट दुख्ने
–रुची घट्ने दुब्लाउदै जाने
–यौन चाहनामा हस आउने
ख.दीर्घकालिन समस्याहरु
–दाँत बिग्रने
–औला पहेलो हुने
–स्याँ स्याँ (दम बढ्ने ) तथा अन्य श्वास प्रश्वास सम्बन्धी जीर्ण रोगहरु
–रगत तथा रक्त नलीहरुमा असामान्य परिवर्तन हुने
–मुटुको रोग
–मस्तिष्कमा रक्तश्राव
–क्यान्सर रोग (धूम्रपान नगर्नेलाई भन्दा गर्नेहरुलाई शरीरका विभिन्न भागहरुको क्यान्सर हुने अधिक सम्भावना रहन्छ ।
–निस्क्रिय धूम्रपानः
धूम्रपान गर्ने व्यक्तिले हावामा फालेको धुवा उसका वरपर रहेका व्यक्तिले लिन्छन् ।

यसरी हावामा फालिएको धुवा लिने व्यक्तिलाई निस्क्रिय धूम्रपानकर्ता भनिन्छ ।
चुरोटबाट निस्कने धुवाँ मध्ये २५ प्रतिशत धूम्रपान गर्ने व्यक्तिले शरीर भित्र तान्छ र बाँकी ७५ प्रतिशत हावामा फाल्ने गर्छ । धूम्रपानको असरबारे कुरा गर्दा विगतमा भन्दा हाल आएर धूम्रपानले गरेको धुवाले धूम्रपान नगर्ने निस्क्रिय धूम्रपानकर्तालाई पनि उत्तिकै समस्या उत्पन्न गराउँछ भन्ने चर्को बहस हुन थालेको छ । हावामा फालिएको धुँवामा धूम्रपान गर्ने व्यक्तिले तानेको धुवामा भन्दा दुईगुणा निकोटिन तीन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनमोनोअक्साईड र ५० गुणा भन्दा बढी क्यान्सर जन्य रसायनहरु हुन्छन् । जबबाट निस्क्रिय धूम्रपानकर्ताले धूम्रपान सम्बन्धी थुप्रै प्राणघातक रोगहरु लाग्ने जोखिममा पर्दछन् । गर्भको शिशुलाई पनि निस्क्रिय धूम्रपानले असर गर्दछ । श्रीमानले गरेको धूम्रपानबाट उसको श्रीमतीीलाई असर गर्दछ र यदी श्रीमती गर्भवती छिन् भने उक्त धुवाँले गर्भमा रहेको भ्रुणलाई समेत घातक असर पु¥उाँदछ ।चुरोट पिउने गर्भवतीबाट तौल कम भको बच्चा जन्मने, त्यस्तो बच्चा जन्मेको केही दिनमै मर्न सक्ने र सकैकसैको त मृत बच्चा समेत पैदा हुन सक्छ । धूम्रपान नगर्नेहरुको भन्दा धूम्रपानी आमाबुवाका केटाकेटीहरु धरीधरी रुघाखोकी,ब्रोङकाईटिस वा निमोनिया जस्ता छातिका
रोगहरुबाट संक्रमित हुने सम्भावना बढी हुन्छ ।
धूम्रपान त्याग्दा हुने फाइदाहरुः
(स्वास्थ्य,सुन्दर र सुरक्षित जीवन बाँच्न पाउने ।
खानेकुराहरुको स्वाद सप्रिने र रुची बढी हुने ।
तौल बढ्ने र हृष्टपुष्ट हुने ।
छाला चाउरीने समस्याबाट मुक्ति तथा दाँत र औला पहेलो नहुने ।
दम,खोकी ह्दयघात तथा क्यान्सर जस्ता प्राणघातक रोगबाट मुक्ति पाइने ।
केटाकेटीहरुलाई छातिको संक्रमित रोगहरुकम हुने ।
स्वास्थ्य बच्चाको जन्म हुने ।
पैसा खर्च कम हुने र पारिवारिक सन्तुष्टि प्राप्त हुने ।
छोरा छोरीहरुले धूम्रपान सिक्ने सम्भावना कम हुने ।
धुवाँ सहित वातावरण बाँच्न पाउने पारिवारिक अधिकार पूरा हुने ।
धूम्रपान कसरी त्याग्नेः
धुम्रपानको लत लागि सकेपछि छोडन त्यति सजिलो हुँदेन । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन । त्यसले चाहेर पनि धुम्रपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन त्याग्न सक्दैन ।
धुम्रपान छुटाउने कुनै अचुक औषधी र काइदा छैन तर छोड्न सकिन्छ । धेरैले छोडेका पनि छन् । धुम्रपान गर्ने धेरै जसोलाई सोध्दा उनीहरिुलाई यसबाट हानीहरुबारे थाहा हुादा र छोड्ने इच्छा समेत हुँदा पनि छोड्न सकिरहेका हुँदैनन् । उनीहरुको एउटै गुनासो के छ भने धुम्रपान छोड्नलाई पर्याप्त तरीकाहरु तथा सूचना र जानकारी मूलक सामाग्रीहरु भेटिदैनन् । धुम्रपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु पर्दछ ।
ध्रूमपान किन कहिले र केका लागि छोड्ने र कसको सहयोग लिने भनेर स्पष्ट हुनुपर्छ । धूम्रपानपूर्ण रुपले छोड्नलाई कसैको सहयोग आवश्याक पर्दछ भन्ने बिर्सनु हुदैन ।
धूम्रपान एकै पटक चट्टै छोड्न पनि सकिन्छ र संख्या कम गर्दै वा धूम्रपान गर्न ढिलाई गरेर पनि छोड्न सकिन्छ । तर चाहनेले एकै पटक भट्टै छोड्न सक्दा उपयुक्त हुन्छ किन भने संख्या कम गर्ने उपाय त्यति सफल नहुन सक्छ भने धूम्रपान गर्न ढिलाई गर्दा पनि लामो समय बैचनी हुन सक्छ ।
योजनाबद्ध ढंगले धूम्रपान छोड्दा अवश्य सफल भइन्छ , यसका लागि तलका बुदाहरु हेरौं ः
– सर्वप्रथम धूम्रपानसँग सम्बन्धित बानी व्यहोरा हटाउन आफ्नो दैनिक जीवन शैलाी नै परिवर्तन गर्नु पर्ने हुुन्छ । (जीवनशैली नै परिवर्तन बिहानदेखि नै शुरु गर्नु पर्ने हुन्छ । जस्तै ः चिया समय घटाउनु पर्छ ।
– धूम्रपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ । जस्तै ः बैशाख १ गतेदेखि ।
–धूम्रपान छोड्नु भन्दा अगाडि यसले हुने हानीबारे स्पष्ट हुनु पर्छ र यसले फाइदा गर्दै गर्दैन केवल हानी मात्र गर्छ भनि मनमा लिनु पर्छ । आखिर वास्तविक कुरो पनि यहि नै हो ।
–धूम्रपान छोड्न चाहनेले आफूसँग बस्न चाहनेले आफु बस्ने कोठाहरुमा पनि यसले गर्दा हुने हानीहरुको तस्वीर वा चित्र टाँस्ने गर्नुपर्दछ । ताकि धूम्रपान गर्नेतिर ध्यान केन्द्रीत नहोस् ।
–धूम्रपान गर्न मन लाग्ने चहना रहने वातावरणको सृजना गर्ने जस्तै –धूम्रपान सम्बन्धी सामाग्रीहरु चुरोट, सलाई , एष्ट्रे आफूसँग नराख्ने ।
– धूम्रपान गर्न मन लागेको बेला धूम्रपान को अलवा अन्य केही उपाय रोज्न सकिन्छ ।
जस्तै–चुइगम वा ल्वाङ्ग चपाउने
–बिस्तारै लामो लामो स्वाश लिने र फाल्ने ।
–प्रशस्त पानी पिउने ।
–अन्य रचानात्मक काममा व्यस्त रहने आदि ।
यी सबै उपायहरु अवलम्बन गरि दह्रो आत्मबलको साथ धूम्रपान त्याग्ने अठोट गरेमा अवश्य पनि सफल भइन्छ । यसरी प्रयास गर्दा गर्दै पनि पुन ः शुरु गर्न सक्ने सम्भावना करिब एक महिनासम्म अधिक रहन्छ । त्यसैले यस्तो वातावरण सृजना हुन नदिन सचेत रहनु पर्दछ । धूम्रपानको तलतल धूम्रपानछोडेको दुई तिन दिन सम्म अत्याधिक रहन्छ र त्यसपछि यो क्रम कम हुदै जान्छ र खानामा रुची बढ्न थाल्छ । धूम्रपान छोडेको दुई हप्ता भित्रै २ देखि ३ के.जी. तौल बढ्न सक्छ । त्यसैले नआतिनोस् र तपाई पनि यस किसिमको आत्पबलको विकास गर्नोस् र धूम्रपान त्याग्नोस् पहिला जीवन रोज्नोस् , धूम्रपान होइन् ।
धूम्रपान पुन ः शुरु गर्ने अवस्थाहरु ः
–जाँड, रक्सी पिउँदा ।
–साथीहरुबाट चिन्तामा ।
–निरुत्साह वा असफलतामा ।

धूम्रपान छोड्न निरन्तरता दिनका लागि केही बुदाहरु ः
–आफैले धूम्रपान गर्दा हानी गरेको कल्पना गर्ने ।
–सधै मनमा के कारणले धूम्रपान छोड्नु भएको हो सोच्ने र सधैका लागि छोड्ने प्रण गर्ने ।
–धूम्रपान छाड्दा प्राप्त गर्ने फाइदाहरु बारे सोच्ने ।
–धूम्रपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने ।
–धूम्रपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धूम्रपान त्याग्न सल्लाह दिने ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

स्तन क्यान्सरबाट बच्न गाजर खाऔं

वैज्ञानिकहरूले गाजर र सक्करखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्श निकालेका छन्।

यिनीहरूमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ। यसको एसिडले क्यान्सर लाग्न जाने कोशिकाहरूलाई परिवर्तन गरी क्यान्सर रोग लाग्न दिँदैन। यो अम्ल वास्तविकतामा भिटामिन ‘ए’ बाट प्राप्त हुन्छ। यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनको प्रभावित गर्ने यो रसायनले मानिसलाई युवा बनाइराख्न मद्दत गर्दछ। डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार वैज्ञानिकहरू यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खोज्न लागि परेका छन्। मुख्य वैज्ञानिक फिलाडेल्पि्कयाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अनुसार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरूलाई बढ्न दिँदैन।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

मोदीका लागी नांगिइन् मोडेल

भावी भारतको प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको समर्थनमा एउटा मोडेलले न्युड फोटो सुट गराइएकी छिन् ।
मोडल तथा नायिका मेघना पटेलले मोदीको समर्थनमा आफ्नो शरीरको कपडा उतारेकी हुन् ।

उनले नाङ्गो फाटो सुटमा आफ्नो बदन मोदीको पोष्टरले ढाकेकी छिन् । यो फोटो सुटको बिषयलाई लिएर मोदीको पार्टी भारतीय जनता पार्टीले आपत्ती जनाएको छ ।
भारतीय जनता पार्टीले नायिकाले नाङ्गो फोटो सुट गरेर मोदीको प्रचार गरेकोमा आपत्ती जनाउँदै भनेको छ, “प्रचार गर्नु पर्ने हो पार्टीको तरिकाबाट गरिनुपथ्र्यो ।” तर, त्यसको बिरोध गर्दै पटेलले भनेकि छन् “मैले अश्लिलता फैलाएको हैन् । मेरो मायाको प्रदर्शन मात्र गरेकी हुँ – मोदीका लागी भारतीय जनता र बिजेपीका लागी ।”
Meghna-Patel-Supports-Modi

मन्त्रीमण्डल विस्तारसँगै सत्तारुढ दलमा चर्कियो कलह

काठमाडौं, फागुन १४ – मन्त्रीपरिषद विस्तार हुनासाथ सत्तारुढ दलमा कलह चर्किएको छ । कसैलाई मन्त्री नपाएकोमा चिन्ता छ भने कोही भने पाएकै मन्त्री पदबाट सन्तुष्ट छैनन् । काँग्रेस र एमालेभित्रका विभिन्न गुटभित्रका नेताहरुबीच असन्तुष्टी बढेको छ । खुशी छैनन् प्रकाशमान उप–प्रधानसहित स्थानिय विकास मन्त्रीको सपथ खाएका काँग्रेस महामन्त्री प्रकाशमान सिंहलाई यतिबेला मन्त्री पद ‘नखाउँ त दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भएको छ ।

सिंह खासमा गृह मन्त्रालय चाहन्थे । प्रधानमन्त्री सुशील कोइरालाले संसदीय दलको नेता चुनीन देउवा प्यानलमा गइसकेका प्रकाशमानलाई गृहको लोभ देखाएर आफनो गुटमा तानेका थिए । प्रकाशमान गृहमन्त्री बन्ने भएकाले रामचन्द्र पौडेल पनि कोइरालाकै पक्षमा खडा भए । तर, सरकार बनाउने क्रममा एमालेको दबाब सामु कोइराला झुके । सरकार टिकाउन गृह मन्त्रालय एमालेलाई दिन बाध्य भए । बामदेव गृहमन्त्री भए । जसका कारण गृहमन्त्री बन्ने प्रकाशमानको धोको पुरा हुन सकेन । खिन्न महत र निधि अर्कोतिर आफू पार्टीको मर्यादा क्रममा माथि रहेका भन्दै उप प्रधानमन्त्री बन्न चाहेका डा. रामशरण महत पनि खासै खुशी छैनन् । उप्रधानमन्त्री नपाएकोमा उनी खिन्न छन् । उपप्रधानमन्त्रीको आश गरेर बसेका अर्का नेता बिमलेन्द्र नीधिले पनि भौतिक तथा यातायात मन्त्रीमै सन्तोष गर्नु परेको छ । तर, भित्र भित्र उनी पनि खुशी छैनन । असन्तुष्ट आचार्यद्वय २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका महेश आचार्य यसपाली पनि अर्थमन्त्री बन्न चाहन्थे । तर, उनको चाहना पुरा भएन । वन मन्त्रालयको जिम्मेवारी पाएका आचार्र्य पनि खिन्न छन् । सुचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाउने भनिएका नरहरी आचार्य पनि हिस्स भए । उनले कानुन मन्त्रालय पाए । निकटकै संकट प्रधानमन्त्रीका निकट भनेर चिनिएका आनन्दप्रसाद ढुंगाना र दिलबहादुर घर्तीको मन्त्री बन्ने सपना पनि पुरा भएन । कोइराला परिवारका सुजाता, शेखर र शशांक पनि मन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग क्रुध्द छन् । अर्कोतीर शेरबहादुर देउवा पक्षका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, डा प्रकाश शरण महत, वालकृष्ण खाँडलगायतका नेता पनि मन्त्री हुन नपाएकोमा खिन्न छन् । पौडेलको पारो चढ्यो सोमवार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेलले मधेशका तर्फबाट पदमनारायण चौधरीको नाम प्रस्ताव गरेका थिए । महामन्त्री कृष्णप्रसाद सिटौलासहितका केही नेताहरुको दबाबमा प्रधानमन्त्री कोइरालाले मन्त्रीको सूचीबाट चौधरीको नाम हटाए । यतिबेला पौडेल मुुर्मुरीएका छन् । ‘न त प्रकाशमानलाई गृहमन्त्री बनाए, न मेरो मान्छेलाई मन्त्री बनाए, सुशील दाई सोझा भनेको त….’, बोहराटारमा मंगलबार साँझ पौडेल यसोभन्दै बम्किएको सुत्र बताउँछ । मुस्लिम समुदाय रुष्ट मुसलमान समुदायका तर्फबाट फरमुल्लाह मन्सुर मन्त्री बन्ने पक्का थियो । अन्तिम समयमा उनको नाम पनि हटाइएपछि यतिबेला मुस्लिम समुदाय पनि काँग्रेससँग रुष्ट भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले महामन्त्री सिटौलाको दबाब थेग्न नसकी मिनेन्द्र रिजाललाई सञ्चार मन्त्री बनाए । देउवा प्यानलबाट भड्किएका मिनेन्द्रलाई कोइरालाले खासै विश्वास गरेका थिएनन । तर, सिटौला सामु उनी झुके । क्रुद्ध छन् केसी अरुको के कुरा, आफुलाई काँग्रेसको गतिलै खेलाडि ठान्ने अर्जुननरसिंह केसी पनि मन्त्री हुनसकेनन । उनको नाम पनि अन्तिम समयमा हटेको बुझिएको छ । यही कारण केसीले यो सरकारप्रति असन्तुष्टीका स्वर उराल्न थालीसकेका छन् । उनले नेकपा एमालेलाई गृहसहितका महत्वपुर्ण मन्त्रालय दिनु कांग्रेसका लागि दुर्भाग्य भएको बताएका छन् । गृह मन्त्रालयकै लागि १५ दिनसम्म मन्त्रीमण्डल बिस्तार नगरी बसको कांग्रेसले एमालेलाई नै गृह सुम्पदा जनतामा नकारात्मक सन्देश गयो’, नुवाकोट क्षेत्र नम्बर १ को रातमाटेमा मंगलबार आयोजित जुनियर युवा रेडक्रसको जिल्लास्तरीय कार्यक्रममा नेता केसीले भने, ‘एमालेलाई गृहलगायतका महत्वपूर्ण मन्त्रालय दिनु कांग्रेसका लागि दुर्भाग्य हो ।’ मुर्मुरीए माधव नेपाल एमालेमा पनि असन्तुष्टी चर्किएको छ । मन्त्रीका रुपमा बधाई समेत पाएका रविन्द्र अधिकारी, गोकर्ण विष्ट, योगेश भट्टराईजस्ता युवादेखि पार्टीका सचिव विष्णु पौडेलसम्म मन्त्री हुन पाएनन् । सञ्चार मन्त्रालय दाबी गरेका पौडेल रोजेको मन्त्रालय नपाएपछि अन्तिममा आएर सरकारमा नजाने निधो गरे । ग्रान्डी अस्पतालबाट ओलीको तजविजमा मन्त्री छानिएको भन्दै असन्तुष्टी पोखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकटका नेता भीम रावललाई मन्त्री बनाउन खोजेका थिए । तर असफल भए । यसबाट माधव मुर्मुरीएका छन् ।

दोलखा भीमसेनलाई आज फेरि ‘पसिना’ आयो

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई साढें दुई महिनापछि फेरि ‘पसिना’ आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा धेरै अनिष्ट वा धेरै राम्रो हुने मान्यता रहँदै आएको छ । यसअघि साढें दुई महिनाअघि मंसिर ३० गते भीमसेनलाई पसिना आएको थियो

आज दिउँसो पौने ३ बजेबाट पसिना आउन सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । भीमेश्वरको शीलाको दायाँ–बायाँ दुबै भागबाट पसिना आएको अध्यक्ष श्रेष्ठले बताए ।

दायाँ भागबाट पसिना आउँदा राजापक्ष र बायाँ भागबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको शीलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमा–पूजा गरेका छन् ।

क्षमा–पूजाकै लागि शीलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पठाउने गरिएको छ । राजतन्त्रमा भने पसिना आउँदा भने राजदरबारबाट क्षमा–पूजाका लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भूकम्पअघि भीमेश्वरलाई पसिना जानकारहरु बताउँछन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/36073/29/.shtml#sthash.77df4NRE.dpuf

एमाले सरकारमा जाँदा राजेन्द्र राईले त्रुटि देखे, रामकुमारीले गीत सम्झिन्

काठमाडौं, फागुन १४ – बल्लतल्ल गृह मन्त्रालय पाएर एमाले सरकारमा गइसक्दा पनि पार्टीभित्र असन्तुष्टी पोखिन छाडेको छैन । सभासद नभएकाले मन्त्री बनाएकोमा धेरैले पार्टी नेतृत्वको आलोचना गरेका छन् । मन्त्रीहरुको छनौट प्रक्रिया संगत र संस्थागत नभएको युवा नेताहरुको आरोप छ ।

संविधानसभामा पहिले प्रत्यक्ष र पछि समानुपातिकमा समेत नपरेको बेला पार्टी नेतृत्वको आलोचना गरेका युवा नेताहरु राजेन्द्र राई र रामकुमारी झाँक्रीले यसपटक पनि तीतो पोखेका छन् । फेसबुक मार्फत राजेन्द्र राईले गरेको टिप्पणी यस्तो छ :

एमाले सरकारमा गयो तर त्रुटि कति कति ?

१ मन्त्रीहरुको छनौट प्रक्रिया सङ्गत र संस्थागत ढंगले गरिएन । एमालेको मन्त्री छनौट गर्ने खास कमिटी भनेको केन्द्रीय कमिटी हो । तर केन्द्रीय कमिटीबाट मन्त्रीहरुको छनौट गरिएन, गराउने प्रयास समेत गरिएन ।
यहाँ स्मरण गर्नै पर्ने कुरा के छ भने केन्द्रीय कमिटीको बैठक नबसी रहेको अवस्थामा मन्त्रीहरुको छनौट गर्नु पर्यो भने तुरुन्त बैठक बसानु पर्छ भने अहिले त त्यसको विपरित केन्द्रीय कमिटीको बैठक जारी रहेको बेला मन्त्रीको छनौट केन्द्रीय कमिटीबाट गराइएन । केन्द्रीय कमिटीबाट मात्र होइन अरु कुनै पनि कमिटीबाट रित पुर्‍याएर मन्त्रीको छनौट गरियो ।
मन्त्रीहरुको बारेमा स्थायी कमिटीमा छलफल गरिएको भनिए पनि त्यस कमिटीले पनि औपचारिक र अन्तिम रुपमा मन्त्रीहरु छनौट गरेन बरु स्थायी कमिटीको नाममा अनौपचारिक ढङ्गले मन्त्रीहरु छनौट गरियो । कम्युनिष्ट पार्टी जसले कमिटी पद्धतिलाई अत्यन्तै जोड दिन्छ अथवा त्यसको कमिटी पद्धति अत्यन्तै व्यवस्थित हुनु पर्छ भन्ने मान्यता राखिन्छ त्यसको यो तरिकाको मन्त्री छनौटलाई निश्चय पनि त्रुटिपूर्ण मान्नु पर्छ ।
२ जातीय, लैङ्गिक सन्तुलन, समावेशिता, समानताको आवाज बेजोड ढङ्गले उठिरहेको छ, एमाले त्यस आवाजको पक्षमा पनि छ । तर एमालेको मन्त्री छनौटमा गम्भीर जातीय, लैङ्गिक असन्तुलन देखियो । १० जना मन्त्री मध्ये महिला १ जना, जनजाति १, मधेशी जना मात्र छन्, अझ दलित त एक जना पनि छैन ।
३ दश जना मध्ये ६ जना गैर सांसद मन्त्री बनाइयो ।
४ काङ्ग्रेसले १ जना बाहेक सबै हेभी ओएट व्यक्तित्व भएकालाई मन्त्री बनायो तर एमालेले केही बाहेक सबै नै सामान्य व्यक्तित्व भएकालाई मन्त्री बनायो । संयुक्त सरकारमा यस्ता कुराको गम्भीर अर्थ रहने निश्चित छ ।
५ एमालेले गृह मन्त्रालय पाउनुलाई नै ठूलै जित र उपलब्धि ठानेर अरु राम्रा मन्त्रालय लिन सकेन ।
६ गुटगत मानसिकताले मन्त्री छनौट गरिएकोले मन्त्री छनौटमा योग्यता, इमान्दारिता आदि हेरिएन । त्यसैले कतिपय राम्रालाई पनि पूर्वाग्रहवश मन्त्री बनाइएन । आदि, इत्यादि ।
९ कतिपय बुज्रुकहरुले यस्ता कुरा पार्टी भित्रै राख्नु पर्छ भनेर अर्ति दिने छन् फेरि तर मैले माथि नै सङ्केत गरी सकेको छु पार्टीमा राख्ने अवसर नै कहाँ पाइयो र पाइन्छ र ?

रामकुमारी झाँक्रीले त मन्त्रीको नाम देखेर एउटा गीत नै सम्झनुभयो । उहाँले आफ्नो फेसबुकमा लेखेको टिप्पणी छ :

थोड़ा इन्तजारके और मज्जा लिजिए

और मज्जा लिजिए ।।

२०५४ सालको माघ महिना तिरको कुरा हो यो । नेकपा एमाले को छैठौ महाधिवेशन हुदै थियो नेपालगंजमा । हामी फ़रक मतवाला । महाधिवेशन स्थल भन्दा करीव करीव २÷३ किलोमीटर वरपर जान हामीलाई करीव करीव प्रतिबन्ध थियो ।
पुष्पलाल चोक वरपर थियो हाम्रो केन्द्र ।दिनभर वस्ने के भएको छ भनेर बन्दशत्रको सूचना लिने सिनियरहरूले गरेको बिश्लेषण सुन्ने ।
दिनहरू यसरी बितीरहेका थिए । मेरो मनमा अनेक कुरा खेल्न थाले म एकदम निराशा भएँ त्यो अर्घेलो व्यवहार देखेर । हामीहरू कुरा गरीरहेका थियौ हाम्रो पार्टीमा कसरी संकट देखिदै छरु हाम्रो समाज, हाम्रो राजनीति कसरी संकटमा पर्दैछ भनेर ?
ठिक त्यही वेला कुन्नी कुन फ़िल्म हो नाम त बिर्से, कसमू हो कि ? त्यसको खुव प्रचार प्रसार हुदै थियो ।रिक्सामा माइक राखेर ठूल्ठलो आवाजमा गीत बज्दै थियो
थोड़ा इन्तजारके और मज्जा लिजिए और मज्जा लिजिए
टंक कार्की दाइले त्यही गीत गाएर सम्झाउनु भएको थियो । राजनीति कति निर्मम हुन्छ भन्ने कुराको एउटा दृष्टान्त थियो योगेश दाइ र रूपनारायण को पार्टी संगठित सदस्यता नै हलले खारेज गरेको थियो त्यो बेला । मलाई आज त्यही दिन र त्यही गीत को याद आईरहेको छ ।
तर पार्टी सचिव शंकर पोखरेलले फेसबुका गरेको टिप्पणी चाहिँ अर्कै छ ।
नेकपा एमालेका तर्फबाट पार्टी नेता कमरेड वामदेव गौतमको नेतृत्वमा सरकारमा नयाँ व्यक्तिहरुको टिमले प्रवेश पाएको छ । सरकार संचालनको प्रत्यक्ष अनुभव नभए पनि राजनीतिको जीवन संघर्षमा आफ्नै प्रकारको विशिष्ट योगदान दिएका कमरेडहरु नै पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुनु भएको छ ।
नेपाली कांग्रेसका पुराना अनुहारसंगको सहकार्यमा नेकपा एमालेको नयाँ र जुझारु व्यक्तिहरुको यस टिमले अनुभवी र जुझारु नेता कमरेड वामदेव गौतमको नेतृत्वमा आफ्नो मिसन पुरा गर्न र पार्टीको प्रतिष्ठा माथि उठाउन सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
साथै आज मन्त्रीपदको सपथ ग्रहण गर्नुहुने कमरेडहरु उपप्रधानमन्त्री तथा गृहमन्त्री कमरेड वामदेव गौतम, परराष्ट्रमन्त्री कमरेड महेन्द्र पाण्डे, स्वास्थमन्त्री कमरेड खगराज अधिकारी, उर्जामन्त्री कमरेड राधाकुमारी ज्ञवाली, पर्यटनमन्त्री कमरेड भिम आचार्य, सामान्य प्रशासन मन्त्री कमरेड लालवावु पण्डित, उद्योग मन्त्री कमरेड कर्णवहादुर थापा, भुमिसुधार मन्त्री कमरेड दलवहादुर राना, युवा तथा खेलकुद मन्त्री कमरेड पुरुशोत्तम पौडेल र कृषि व्यवस्था मन्त्री कमरेड हरी पराजुलीलाई धेरै धेरै वधाई तथा कार्यसफलताका हार्दिक शुभकामना ।
नेपाली कांग्रेसका तर्फवाट सरकारमा सहभागी सम्पूर्ण मन्त्रीहरुलाई पनि धेरै धेरै वधाई । प्रमुख दुई पार्टीको सहभागीता रहेको यस टिमले सरकार गठनका समयमा पैदा भएको तिक्ततालाई विर्साउने गरी गठवन्धन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने शुमेच्छा समेत प्रकट गर्दछु ।

खोला खुसुक्क दर्ता गर्न खोज्ने विरुद्ध उजुरी

बाजुरा, फागुन – बाजुरा बाजुराको कोर्दीगाड खोला खुसुक्क दर्ता गर्न खोज्ने विरुद्ध जल जमिन र जंगलको अग्राधिाकार माग राख्दै स्थानीय उपभोक्ताको उजुरी परेको छ ।

स्थानीय उपभोक्तालाई कुनै जानकारी नगराई गएको साउनमा बुढीगंगा गाविसका तत्कालिन सचिव कृष्णप्रसाद जैशीले खोला दर्ताको सिफारिस गरेपछि दर्ता खारेजी गरीपाऊँ भन्दै जिल्ला जलश्रोत समिति समक्ष उजुरी दिएको स्थानीय उपभोभोक्ता पदम बडुवालले जानकारी दिनुभयो ।

ब्रमतोलाको लागि प्रस्तावित कोर्दीगाड लघुजलविद्युत आयोजना सञ्चालन गर्न स्थानीयसँग कुनै सहमती नगरी ब्रमतोला गाविसका जनताले उपभोक्ता समिति सहित गठन दर्ता प्रक्रिया अगाडि बढाएका थिए ।
जलश्रोत नियमावली २०५० को नियम १९ को उपनियम २ मा परियोजना सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा जसले पनि उजुरी दिन सक्ने व्यवस्था अनुसार जिल्ला विकास समिति बाजुरा जलश्रोत समितिले ले ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
सूचना प्रकाशन भएपछि गाविसका अर्का सचिव मदनराज जैशीले दर्ता खारेजीको लागि अर्को सिफारिस पत्र पठाएपछि एक सचिव सिफारिस गर्ने अर्को सचिव उजुरी परेको भन्दै रद्ध गर्ने सिफारिसले थप विवाद उत्पनन भएको छ ।
एकसय ७३ जना स्थानीय उपभोक्ताहरुको हस्ताक्षर सहित उजुरी परेपछि स्थानीय विकास अधिकारी विष्णुप्रसाद घिमिरेले आज अपरान्ह चार बजेपछि पत्राचार गर्नुभएको छ ।