Thursday, March 6, 2014

टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि आयो !

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।



सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन् ।

फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै :

सडकमा सौर्यबत्ती राखिँदै

काठमाडौं- दरबारमार्गमा तीन लाइनको सोलार सडक बत्ती जडान कार्य सुरु भएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा साताअघि सो कार्य सुरु गरिएको हो। वैशाख १ गते बत्ती बल्ने बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जनाए।

३० मिटर क्षेत्रमा जडान हुने बत्तीका लागि सडकको बीचभागमा पोल गाड्ने काम सकिएको छ।
सडकको दायाँबायाँ र बीच गरी तीन लाइनमा ९० वटा बत्ती जडान गर्ने बोर्डको तयारी छ। प्रत्येक पोलमा ६५ वाटका दुईवटा बत्ती बाल्ने बोर्डले जनाएको छ।
सडकपेटीमा भने महानगरले सडक सुधार गरेपछि मात्रै पोल गाड्ने बोर्डको योजना छ। यो क्षेत्रमा सडकबत्ती नहुँदा दुर्घटना बढेको थियो।
बत्तीको पोल आधुनिक तथा गुणस्तरीय रहेको कक्षपतिले बताए। 'टिकाउ होस् भनेर केही महँगो पोल राखेका छौं,' उनले भने, ‘अहिले बजारमा भएको भन्दा भिन्न डिजाइनको भएकाले यो पोल आकर्षक पनि छ।'
विद्युत प्राधिकरण र महानगरपालिकाले बत्ती नबालेपछि बोर्डको पहलमा सोलारबत्ती जडान गर्न लागिएको कक्षपतिले बताए।
यो कार्यक्रमका लागि बोर्डले एक करोड बजेट छुट्टयाएको छ। व्यवसायीबाट ऋण तथा सहयोग संकलन गरी बजेट जुटाएको कक्षपतिले बताए। पोललाई विज्ञापन बोर्ड राख्न दिएर आम्दानी गरी ऋण तिर्ने योजना रहेको उनले जानकारी दिए। 'अत्यन्त गुणस्तरीय तथा साना विद्युतीय बोर्डमात्र प्रयोग गर्न दिनेछौं,' उनले भने।
सडक बत्ती जडान गर्न महानगर र विद्युत प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा पनि वास्ता नगरेको उनले बताए। यी दुई निकायको विवादका कारण १८ वर्षदेखि सडकमा बत्ती नबलेको कक्षपतिले दाबी गरे। 'साइनबोर्डमा राखिएको बत्तीको भर थियो, त्यही पनि बन्द भएपछि सडक अन्धकार हुन्छ,' उनले भने।

मोबाइलको कारण नायिका क्षितिजा तनावमा : “म नेता होइन, अभिनेत्री हुँ प्लिज”

सधैं बजीरहने मोबाइलको रिङ्ग टोन पनि आज कर्कश लाग्न थालेको छ उहाँलाई । एउटासँगको धन्यवाद र बधाइ खान पाएको छैन पुनः अर्को रिङ्ग टोन….उफ् …….हरे राम…….! हेलो….दिदीलाई बधाई छ…..शुभकामना….“कङ्ग्राच्युलेसन”……! राम्रो गर्नु पर्छ अब त, सबैलाई काम गरेर देखाउनु पर्छ………यस्तै यस्तै शुभकामना र बधाइहरुले आजकल दिन भरी नै कान टट्याई रहेको छ मोडल तथा नायिका क्षितिजा शाक्यको

। सोचमा पर्नु हुन्छ उहाँ र कल्पनाले झप्पक्क छोप्छ एक क्षण “आफूद्धारा अभिनित चलचित्र मिस नेपालको भरखर मात्र काठमाण्डौंका केहि हलहरुमा च्यारिटी सो प्रर्दशन भएको थियो ….सोचेको भन्दा पनि राम्रा बनेछ “मिस नेपाल” !  अभिनय राम्रो गर्ने प्रयास त गरेकै हो, पर्दामा त झनै राम्रो पो भए छ की क्या हो ! मेरो अभिनयबाट प्रभावित भएर मलाई यत्रो बधाइ र शुभकामना …….होइन, होइन……यति मात्र त अवश्य होइन ।” दोस्रो दिन त दिन भरी मोबाइल अफ गर्न बाध्य नै हुनु प¥यो । कसलाई भन्ने ! के गर्ने ! उफ्……..! तेस्रो दिन मोबाइल अन मात्र के गरिएको थियो फेरि त्यहि ताल ………!  के भइरहेको छ यो ! कसको काम होला !…..अनि बिगतमा भएका यस्तै अपरिचितका अनौठा बातचितहरुको स्मरण गर्नु भयो नायिका शाक्यले । “ओहो….! केहि महिना अघि पनि मलाई यसरी नै कल आउने गरेको थ्यो । कोशेली ल्याएको छु……तपाईको बसोवास कहाँ निर हो ?…..रड् कहाँ झार्ने हो…..सिमेन्ट…..आदि इत्यादि । …स्मरण नटुङ्गिदै पुनः कल “म नेता होइन, अभिनेत्री हुँ प्लिज…….ए त्यसो पो ! …..म शिक्षा मन्त्रि ज्यू होइन ।” बल्ल पो पत्तो लागेछ, शिक्षा मन्त्रि चित्रलेखा यादबको मोबाइल नं. सँग मिल्दो जुल्दो भएकै कारण केहि दिन यतादेखि यत्रो तनाव झेल्नु परिरहेको रहेछ नायिका क्षितिजालाई, धन्न पत्तो पाइन । हत्तेरी मिल्दो जुल्दो नम्बरले पनि कति दुःख पाइने रहेछ

Wednesday, March 5, 2014

चराले पनि गर्छन् सम्बन्ध बिच्छेद

काठमाडौं, फागुन २१ - एक अर्कासंग चित्त नबुझे दाम्पत्य जीवनमा समस्या आउन कुनै नौलो होइन ।

एक अर्कासंग संगै जीवन बिताउन कठिन माने महिला/पुरुषले सम्बन्धबिच्छेद गर्नुलाई सामान्य रुपमै लिईन्छ, तर त्यस्तो सम्बन्धबिच्छेद मानिसले मात्रै होइन चराले पनि गर्छन् भन्दा अनौठो लाग्न सक्छ ।

एक अध्ययनका अनुसार चराका केहि यस्ता प्रजाती हुन्छन्, जसले आफ्नो पति/पत्नी भन्दा अरु चरा आकर्षक देखे वा दाम्पत्य जीवनमा खटपट भए सम्बन्ध तोड्ने गर्छन । अध्ययन अनुसार यस्ता चराले आफ्नो जोडीसंग झगडा भएमा वा अर्को चरा सुन्दर देखे सम्बन्धविच्छेद गर्न ढिला गर्दैनन ।
केहि चराहरु सम्बन्ध बनाउन पनि शौखिन हुने गरेकाले पनि उनीहरुको सम्बन्ध लामो समयसम्म नटिक्ने भारतको अलिगढ मुस्लिम युनिभर्सिटीका वन्य जन्तु विभागका प्रोफेसर एचएसए याहयाले गरेको अध्ययनमा पत्ता लागेको छ । उनले ४० वर्षदेखि चराका बारेमा अध्ययन गर्दै आएका छन् ।
सानो तोपचरा सबै भन्दा धेरै जोडी बनाउने प्रजातिमा पर्छ । भाले चराले गुँड बनाउँदा बनाउँदै आधीमा नै छोडिदिन्छ र जोडी पाएपछि दुईटै मिलेर गूँड बनाउने गर्छन् भने पोथी चराले राम्रो भाले भेटे पुरानो जोडीलाई छोडिदिने गरेको छ । यस्तै भाले मयूर जोडी खोज्न खप्पिस हुन्छन् । जोडी बनाउनका लागि विशेष खालको आवाज निकालेर नाच्ने भाले मयूरको कलाबाट पोथी मयूर निकै प्रभावित हुने गरेका छन् ।
अमेरिकन मोकिंग वर्ल्ड, पोलिएन्ड्री र वर्ल्ड अफ प्याराडाईज प्रजातिका चरामा पोथीहरु एक भन्दा बढी भालेसँग सम्बन्ध कायम गर्ने गर्छन् । एक भन्दा बढी भालेसँगको सम्बन्ध नै सम्बन्ध बिच्छेदको मुख्य कारण बन्ने गरेको छ ।
गलत साथीको चयन वा आफ्नो जोडी दुर्घटनामा घाईते भए भाले या पोथी दुवैले जोडी तोड्ने गरेका छन् । आफ्नो जोडी भन्दा बाहेक अरु भाले बढी आकर्षक भए पोथी चरा साथी छोड्न ढिलाई गर्दैनन् ।  
चराविद् हेमसागर बरालका अनुसार यो एउटा प्राकृतिक प्रक्रिया नै भएकाले अनौठो मान्नु पर्दैन । बराल भन्नुहुन्छ ‘केहि प्रजातिका चरा एक पटक जोडी बनेपछि जीन्दगीभर जोडी टुटाउँदैनन भने केहि चराको गुण नै सम्बन्ध धेरै बनाउने खालको हुन्छ ।’

छिन्चु—जाजरकोट सडक कालेपत्रे अन्तिम चरणमा

कर्णाली अञ्चलको जाजरकोट जिल्ला जोड्ने छिन्चु—जाजरकोट सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

सुर्खेतको पोखरेदेखि जाजरकोटसम्मको ८० किलोमिटरमध्ये ७५ किलोमिटर कालोपत्रे भइसकेको छिन्चु जाजरकोट सडक योजनाको कार्यालयले जनाएको छ ।

विश्व बैंकको ५० करोड रुपैयाँ सहयोगमा कालोपत्रेको काम सुरु भएको थियो । पोखरेदेखि जाजरकोटसम्मको बाँकी ५ किलोमिटर यसै आर्थिक बर्षमा कालोपत्रे भइसक्ने कार्यालयको भनाई छ ।  

सडकको स्तरोन्नती भएपछि यो सडकमा यातायात सेवा सहज हुने भएको छ । जाजरकोट सडक सञ्जालमा जोडिएपनि कच्ची सडकका कारण यात्रा कष्टपूर्ण थियो । ७ बर्षअघि ट्रयाक खोलिएको यो सडकको कुल लम्बाई भने १ सय ७ किलोमिटर छ ।

सडक कालेपत्र भएपनि बिच बिचमा पर्ने खोलामा भने पुल हालिएको छैन । यस सडकको राकम खलंगा खण्डमा एक दर्जन खोलानाला पर्छन् । ६ ठाउँमा भने मोटरेवल पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सुर्खेतले हालै टेण्डर आह्वान गरिसकेको प्रमुख भानु जोशीले बताउनुभयो ।

सडकको कालोपत्रे गर्ने काम सकिएपनि राकमको भेरी नदीमा निर्माण थालिएको पुल १० बर्षसम्म पनि नबन्दा छिन्चु जाजरकोट सडकको यातायात सेवा प्रभाबकारी हुन सकेको छैन । कालोपत्रेका साथै भेरी पुल र अन्य पुल यसै आर्थिक बर्षमा निर्माण भइसकेपछि यो सडक १२ महिना नै निर्बाध सञ्चालन हुने जोशीले बताउनुभयो ।

‘काठमाडौं संसारकै चौथो सस्तो सहर

काठमाडौं, फागुन २१– सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (2013-01-15 15.16.12ईआईयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेको हो ।



काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको छ । न्युयोर्कलाई आधार रेखा मानेर विश्वका १ सय ३१ सहरमा गरिएको सो सर्वेक्षणमा भारतको मुम्बई विश्वमा नै सबैभन्दा सस्तो सहर बनेको छ । त्यस्तै, पाकिस्तानको कराँची र भारतकै नयाँ दिल्ली क्रमशः दोस्रो र तेस्रो सस्तो सहर बनेका छन् ।
सो सर्वेक्षणअनुसार सिंगापुर सबैभन्दा महँगो सहर सिद्ध भएको छ । सिंगापुर लुगा किन्नका लागिसमेत विश्वमा नै सबैभन्दा महँगो सहर सावित भएको छ । मूल्यवृद्धि र बलियो मुद्राका कारण सिंगापुरलाई सो स्थानमा पु¥याएको बताइन्छ ।
गत वर्ष सबैभन्दा महँगो बनेको सहर अहिले छैटौं स्थानमा झरेको छ भने दोस्रो र तेस्रोमा क्रमशः पेरिस र ओस्लो बनेका छन् ।
त्यस्तै, जुुरिच, सिड्नी र भेनेजुयला क्रमशः चौथो, पाँचौं र छैटौं महँगा सहर भएको सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, जेनेभा र मेलबर्न पनि छैटौं स्थानमा रहेका छन् भनेर आजको राजधानी दैनिकमा यो समचार छापिएको छ ।

मृत्युदण्ड सुनाइएका अनिसको जीवन रक्षार्थ महाअभियान

युएई दुवईमा मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईको विषय अहिले सबैको चासो र चिन्ताको विषय बनिरहेको छ । दुवईको अदालतले मृत्युदण्डको सजाय सुनाएपछि अनिसको जीवन रक्षार्थ केवल दुईटा मात्रै विकल्प बाकी थियो । मृत्युदण्डको सजायबाट अनिसलाई उन्मुक्ति दिलाउनका लागि एउटा नेपालको राष्ट्र प्रमुखबाट त्यहाँको राष्ट्र प्रमुखसँग आममाफीको आह्वान गर्ने र अर्को अदालतले तोकेको ब्लडमनी तिर्ने ।

२०७० माघ २५ गतेतिरको कुरा हो, अनिस परिवारको अनुनय विनयसँगै एउटा मानवीयताको हिसाबले हामीले दुई वटै विकल्पलाई खुल्ला राखेर अनिसको जीवन रक्षार्थ अनौपचारिक छलफल सुरु ग¥यौ र त्यही छलफलबाट नारदकुमार राईको संयोजकत्वमा ११ सदस्यीय अनिस खालिङ राई बचाउँ अभियान समिति गठन गर्ने निष्कर्ष निकाल्यौं । उक्त समितिको सञ्चार संयोजकमा मलाई तोकियो । यो जिम्मेवारी एकदमै चुनौतिपूर्ण थियो । त्यत्तिखेरसम्म अनिसको मृत्युदण्ड बारे न मिडियालाई थाहा थियो न त कुनै संघसंस्थालाई नै । स्वयं हाम्रो लागि पनि यो घटना एका देशको कथा जस्तै थियो ।
जन्मभूमी छोडेर परदेश जाने रहर कसलाई होला र ? तर, बाध्यताको रहरको अगाडि के नै लाग्छ र ? अनेकौं बाध्यतामा बाँधिएर नेपालीहरु विदेशिन बाध्य छन् । प्रीयजनहरुलाई घरदेशमा छोडेर परदेशमा बस्नु पर्दा मन सायद अमिलो हँुदो हो ? अझ विदेशी भूमीमा नै आफू मारिने मिति तोकिए, मन कति अमिलो होला ? यो जोे कोहीको लागि कल्पना बाहिरको बिषय हो । तर, यही नियती खेपीरहेका छन्, संखुवासभाका अनिस खालिङ राई । आफु र आफ्नो परिवारको सुन्दर भविष्यको लागि मिठो सपना बोकेर २०६८ सालमा युएइ दुबई पुगेका मत्स्यपोखरी–३ का अनिस आफ्नो घोषित मृत्युको मिति कुरेर बसेका छन् यतिबेला । सबै सपनालाई जेलको छिडिमा थन्काएर मृत्यु कुरेर बस्दा उनको मन कस्तो हुँदै होला ? अनिशलाई दुबईको अदालतले मृत्यदण्डको सजाय सुनाएको छ । भनिएको छ, ‘अब तलाई यही मारिन्छ ।’ पुस्तौदेखी दुःख खेप्दै आएका परिवारलाई दुःखबाट मुक्त पार्ने मिठो सपना बोकर दुबई पुगेका अनिस यतिखेर परिवारकै लागि अकल्पनीय दुःखको स्रोत बनेका छन् । गाउँमा अत्यन्त सोझो र इमानदार छविको अनिसलाई एक पाकिस्तानीको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनको कुनै मान्छे मार्ने नियत थिएन । सँगै काम गर्ने ४० वर्षीय पाकिस्तानी नागरिक (जो समलिङगी थिए) ले अनिशमाथि पटक–पटक गरेको यौन दुव्र्यवहारको प्रतिकार गर्ने क्रममा भवितव्य घटना भएको थियो । ती पाकिस्तानीको दुव्र्यवहारबाट धेरै आजित थिए । अनिशले यौनदुव्र्यवहार प्रतिकार गर्ने क्रममा झगडा हुँदा घाइते भएका ती पाकिस्तानीको उपचारका क्रममा मृत्यु भएको बताइन्छ । ती पाकिस्तानीको हत्या गरेको भन्दै उनलाई लामो समयदेखि जेलमा थुनिएको छ । केही महिनाअघि उनलाई दुबईको अदालतले मृत्यूदण्डको सजाय सुनाएको हो । अनिसले नियतवश अपराध गरेको प्रमाणित भएको भए उनले तत्कालै मृत्यूदण्डको सजाय पाइसक्थे । नियतवश ज्यान लिनेलाई तत्काल मृत्युदण्ड दिने दुबईमा कानुन छ । तर, अनिलाई अहिलेसम्म जेलमा राखिएको छ । उनी मृत्युदण्डको भागीदार नहुँदै पनि भाषा समस्याको कारणले उनलाई फसाईएको हुन सक्ने अनुमान लगाउन त्यत्ति गाह्रो पर्दैन ।
जुन दिन समिति गठन भयो त्यो दिनसम्म अनिसको बारेमा आधिकारिक कागजको रुपमा दुबई अवुधावीस्थित नेपाली दुताबासले नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई पठाएको एउटा पत्रबाहेक हामीसँग अरु केही पनि थिएन । मिति २०७० साल पुस ४ गते जारी गरिएको उक्त पत्रमा अनिस खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा मुद्धा चलाउने क्रममा तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायलाई नै माथिल्लो अदालतले पनि सदर गरेको र अनिसलाई उक्त सजायबाट उन्मुक्ति दिलाउन ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) तिर्नुपर्ने उल्लेख थियो ।
हामीले राज्यका विभिन्न निकायहरुसँग आममाफीको आह्वानको लागि लबिङ ग¥यौ तर त्यसको सम्भावना एकदमै न्यून हुँदै थियो । धेरै दौडधुपको क्रममा अधिकांशले आममाफीको आशा नगरे हुन्छ अनिसलाई बचाउने हो भने ब्लडमनी संकलन गर्नुको कुनै विकल्प छैन भन्ने सुझाव पायौं । भलै, परराष्ट्र मन्त्रालयकै सहसचिवसमेतलले हामीलाई यस्तै सुझाव दिनुभयो । त्यसपछि सरकारले उपलब्ध गराएको पत्रलाई नै आधिकारिक मान्दै समितिले एउटा संकल्प ग¥यो ‘अनिसको जीवन रक्षार्थ ब्लडमनी संकलनको महाअभियान थाल्ने’ । तर अदालतले तोकेको ब्लडमनी समितिको पहुँच भन्दा निक्कै माथि थियो । तैपनि हामीले आँट कस्यौं । एक जना नेपाली युवाको अनायसै मारिदै थियो त्यो जो कसैको लागि सहय थिएन । तथापी, एक जना नेपालीको दुखमा साथ दिन सपथ नै खायौं हामीले ।
हामी चरणबद्ध रुपमा बैठक बस्न थाल्यौं । धेरै वटा प्रस्तावहरुमध्ये एउटा प्रस्तावमाथिको छलफलबाट हामी निर्णयमा पुग्यौं ‘२०७० माघ २९ गतेको दिन रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अनिस परिवारको पीडा पोख्ने र अभियान समितिको अभियानबारे जानकारी गराएर ब्लडमनी संकलनको काम सुरु गर्ने’ । त्यसै अनुरुप मेरै अफिसमा धेरैपटक बैठक बस्यौं । समितिको आधिकारिक लेटर प्याट, छाप लोगो, चिठ्ठी, पे्रस विज्ञप्ती, फ्लेक्स जस्ता समाग्री तयार पार्ने काम भयो । त्यसको लागि संयोजक नारदकुमार राई, सहसंयोजक सुजन खालिङ, सचिव देवेन्द्र खालिङ र सञ्चार संयोजक म (प्रकाश खालिङ) खटिएका थियौं । २९ गतेको निर्धारित समयभन्दा ५ मिनेट अगाडि पत्रकार सम्मेलन स्थल रिपोर्टर्स क्लब पुग्दा हलभरी क्यामेरा तेर्सिएको थियो । मलाई धेरै खुशी लाग्यो हाम्रो निमन्त्रणालाई पत्रकारहरुले रेस्पोन्स गरेको अनुभव भयो । तर जब अघिल्ला कार्यक्रम सकिएर हाम्रो कार्यक्रमको सुरुवात हुन लाग्यो पत्रकार र क्यामराम्यनहरु एक पछि अर्को गर्दै बाहिरिन थाले । अघि पुरै हल भरिने पत्रकारहरु त हाम्रो कार्यक्रमको लागि होइन अघिल्लो कार्यक्रममा आएका रहेछन् भन्ने कुरा त्यसपछि बल्ल बुझियो । म सञ्चार संयोजकको हैसियतले आत्मग्लानी भयो तर त्यसमा मेरो कमजोरी थिएन । मैले त धेरै पत्रकार साथीहरुलाई फोन गरेर इमेल पठाएर पत्रकार सम्मेलनमा बोलाएकै थिए उनीहरु नआइदिएपछि कसको के लाग्छ र ?
पत्रकार सम्मेलनको भोली पल्टको मैले आधा दर्जन राष्ट्रिय दैनिक किने तर गोरखापत्रमा राजेश चाम्लिङले बाइलाइनसहितको समाचारबाहेक अरु कुनै पनि पत्रिकाको प्रयोरिटीमा परेन हाम्रो पत्रकार सम्मेलन । केही अनलाइनहरुले कभरेज गरे । केही टेलिभिजनमा समाचार आयो भन्ने सुनियो तर लोडसेडिङले हामीले देख्न पाएनौं । त्यसको अर्थ हामीले गरेको पत्रकार सम्मेलनको समाचार आउनै पथ्र्यो भन्ने होइन, अनिस परिवारको पीडा र अभियान समितिको ब्लडमनी संकलनको अभियानबारे कति धेरैलाई सुनाउन सक्यौं भन्ने हिसाबले यो कुरा भनिरहेको छु । राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको त्यो पत्रकार सम्मेलनको समाचार हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्प्रेसन गर्न थाल्यौं । देश विदेशबाट लाइक र कमेन्ट आउन थाल्यो । हामीले प्रश्न र प्रतिप्रश्नको व्यवस्थित ढंगबाट उत्तरित गर्ने कोशिस ग¥यौं । हामीले संयोजक नारद कुमार राई र अनिसकी श्रीमती रविता राईको नाममा ग्लोबल आइएमइ बैंक, चाबहिल शाखामा खोलिएको बैंक खाता र समितिका सबैजनाको मोबाइल नम्बर सार्वजनिक ग¥यौं । अनिसको वास्ताविकता सार्वजनिक ग¥यौं । बृद्ध आमा, नाबालक छोरीलाई काखी च्यापेर आफ्नो श्रीमान्को जीवन रक्षाको लागि भीख मागिरहेको अनिसकी श्रीमती रविताको अवस्था सार्वजनिक ग¥यौं । त्यसपछि विस्तारै अभियान त्यही फेसबुकको माध्यमबाट प्रभावकारी रुपमा अघि बढ्न थाल्यो । समितिका सबै जनाको मोबाइलमा देश विदेशबाट तारन्तार फोन आउन थाल्यो । छ महिनाको भित्र अदालतले तोकेको ५६ लाख रुपैयाँ संकलन गरिसक्ने लक्ष्यका साथ अभियान समिति अघि बढिरह्यो । उक्त रकम संकलन गरेर अनिसको जीवन रक्षार्थ जस्तो सुकै मुल्य चुकाउन पनि तयार भएर समिति अनवरत रुपमा लागि परिरह्यो । तर जुन रुपमा समितिले आफ्नो लक्ष्य बनाएको थियो, त्यो भन्दा अझ बढि प्रभावकारी रुपमा रकम संकलन हुन थाल्यो । सिधै बंैकमा जम्मा गर्ने र स्वयं अनिस परिवारलाई रकम हस्तान्तरण गर्नेको भीड नै लाग्यो । फलस्वरुप ६ महिनाको अवधिमा ५६ लाख रकम संकलन गर्ने समितिको लक्ष्य करिब डेढ महिनामै पूरा भयो ।
विडम्बनाको कुरा ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) होइन ३ लाख ५ हजार दिरहाम (८६ लाख हो भन्ने पत्र दुताबासले पठायो । २०७० माघ २० गते राजदुतले परराष्ट्रलाई पठाएको उक्त पत्रले हाम्रो सिंगो अभियानलाई नै एक पटक धर्मराइदियो । हामीमाथि फेरी एउटा चुनौति थपियो । जुन नेपाल सकारकै गम्भिर लाचारीपनको उपज हो भन्ने हाम्रो ठहर हो । तर अहिलेसम्म सुरुमा २ लाख र पछि ३ लाख ५ हजार दिरहाम भन्ने दुईटा पत्र किन आयो भन्ने कुरा भनेको छैन । अहिलेसम्म अनिसको बारेमा न राज्यको कुनै निकाय बोलेको छ न त अन्य निकायहरूले नै । हामीले ब्लडमनी संकलनसँगै कुटनीतिक र कानुनी प्रक्रियाहरुलाई पनि सँगसँगै अघि बढाउँदै आएका छौं । यसअघि तत्कालिन परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेलाईसमेत भेटेर यसको बारेमा सुझाएका थियौं । म बुझ्छु भन्ने रेडिमेट उत्तरबाहेक हामीले अरु उत्तर पाएनौं । हाम्रो भनाइ के हो भने दुई लाख दिरहामबाट किन एकाएक ३ लाख ५ हजार दिरहाम भन्ने पत्र पठाइयो । समितिलाई सबै भन्दा अप्ठेरो विषय यही हो । यस विषयलाई लिएर धेरैले हैरान बनाइरहेका छन् हामीलाई । यसबारे सरकार अर्थात राजदुत स्वयंले तत्काल उत्तर पठाइयोस् । अनि अर्को कुरा ब्लडमनी संकलन भएपछि, त्यो बुझाउने विधी प्रक्रियाहरु केके हुन् यसको बारेमा राज्यले छिटोभन्दा छिटो पहल गर्नुपर्छ ।

हामीले समिति बनाएर पनि राज्यलाई अनावश्यक दबाब दिने कुनै क्रियाकलाप गर्नुको सट्टा स्वतस्फुर्त रुपमा सबैलाई झकझकाउने र जिम्मेवारी बोध गराउने अविभावकीय गतिविधिमात्रै गरिरहेका छौं । हामीले चाहेको भए सरकारलाई दबाबमुलक कार्यक्रम आन्दोलन, अनसन बस्न सक्थ्यौं । त्यस्तो छलफल नभएको पनि होइन तर त्यो गर्नु हुँदैन भन्ने निचोड निकालेर हामी सौहार्दपूर्ण तरिकाबाट राज्यले गर्नुपर्ने काम समितिले सम्हालिरहेको छ । पछिल्लो समय हामी समितिलाई ब्लडमनी संकलन गर्न मद्दत पु¥याउने त्यही फेसबुक सञ्चालले हामीलाई हैरान बनाउन थालेको छ । फेसबुकमार्फत अनावश्यक टिक्काटिप्पनी तथा समाचारहरु सम्पे्रशन गर्ने काम भइरहेको छ । सबभन्दा बढि त अभियान समितिले गरेको कामको श्रेयको आफुले पाउन लुछाचुडी नै भइरहेको छ ।
यो लेख तयार पार्दासम्मको अवस्थामा हाम्रो आधिकारिक बैंक खातामा एक करोडको हाराहारीमा ब्लडमनी जम्मा भइसकेको छ । जुन रकम संकलन गर्नका लागि अमुल्य योगदान पु¥याउने सबै सहयोगदाता देश विदेशमा रहनुभएका नेपाली मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । ब्लडमनी संकलन बढि उठ्यो, अब त्यो बढि भएको रकम के गर्ने, कसलाई दिने जस्ता अनावश्यक क्रियाप्रतिक्रिया भइरहेको छ । यस्तै विषयलाई उछालेर अनिस खालिङ राई बचाउ अभियान समितिमाथि अविश्वास पैदा गराउने काम भइरहेको छ । यो भन्दा दुःख विषय के हुन सक्छ ? हामी समिति जुन लक्ष्य र उद्देश्यका साथ लागि पर्दै आएका छौं जसमा अहिले पनि हामी प्रतिबद्ध छौं । आर्थिक पारदर्शीताको विषयमा धेरैको आशंका छ त्यसमा हामी एकदमै सजक र प्रष्ट छौं । हामी हिजो पनि एउटा नेपाली नागरिकको जीवन रक्षाको लागि अभियान सुरू गरेका थियौं र अहिले पनि उनलाई कसरी सकुशल स्वदेश फिर्ता ल्याउने भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्यहरू अघि बढाइरहेको छ । जब अनिस नेपाली भूमिमा ल्याइसकेपछि उसको नाममा संकलित रकम कहाँ के गर्ने भन्ने कुराको छिनोफानो गरिने छ । यस विषयमा अहिले नै अनावश्यक क्रियाप्रतिक्रिया गर्नुको कुनै अर्थ छैन ।