Friday, March 7, 2014

मेचीदेखि महाकालीसम्म अत्याधुनिक रेल !

रेल सेवालाई संसारभर सुविधा सम्पन्न र सस्तो यातायातका रुपमा लिने गरिन्छ ।

पछिल्लो समय संसारका धेरै देशले अत्याधुनिक रेल सञ्चालनमा ल्याएर यो सेवा अझै प्रभावकारी बनाइरहेका छन् । तर नेपालमा भने रेलसेवा सुरु भएको ७० वर्षसम्म पनि प्रभावकारी हुन सकेको छैन ।

नेपालको जनकपुरबाट जयनगरसम्मको २९ किलोमिटरमा मात्र चल्ने रेल सेवाको कन्तविजोग छ । पछिल्लो समय पूर्वपश्चिम रेलमार्गको चर्चाले नेपाली नागरिकमा आधुनिक रेल चढ्ने इच्छा पुरा हुने आशा पलाएको छ । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम नै सुरु गरिसकेको छ । पूर्व मेचीबाट पश्चिम महाकालीसम्म संसारमै चर्चित रेल कम्पनीका अत्याधुनिक रेल सञ्चालन गर्ने सरकारको तयारी छ । यो रेलमार्गको निर्माणपछि नेपालीले युरोप र अमेरिकामा सञ्चालन हुने आधुनिक रेल चढ्न पाउने छन् । सन् २०१८ मा पुरा गर्ने लक्ष्य राखिएको यो रेलमार्गको निर्माण पुरा हुने मिति भने अहिले नै यकिन गर्न नसकिने भौतिक पुर्बाधार तथा यातायात ब्यवस्था मन्त्रालयले बताएको छ ।
मन्त्रालयको रेल विभागका अनुसार पूर्वपश्चिम रेल मार्गको सम्भाव्यता अध्ययनपछि अहिले विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ । त्यसो त यो रेलमार्गमध्ये जयनगर—बर्दिवास खण्डमा झण्डै पाँच किलोमिटर र विराटनगर खण्डमा झण्डै १२ किलोमिटर ट्रयाक बोर्ड खोल्ने काम समेत भइसकेको छ । विभागका महानिर्देशक रामेश्वरमान सिंहका अनुसार मेची महाकालीको नौ सय ४५ किलोमिटर रेल मार्गलाई विभिन्न खण्डमा विभाजन गरिएको छ ।
त्यसमा काठमाडौदेखि पोखरासम्म १ सय ८७ किलोमिटरको रेलमार्ग पनि पर्छ । यो मार्गको पाँचवर्षदेखि सम्भाव्यता अध्ययन शुरु भएको थियो । अहिले पनि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपालको सिल्ट कन्सल्टेन्ट, भारतको राइटस इन्डिया र कोरियाका विभिन्न तीनवटा कम्पनी पूर्वपश्चिम रेलमार्गको निर्माणका विभिन्न प्रक्रियामा सहभागी भएका छन् । विभिन्न खण्डको विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपीआर बनाउने काम भैरहेको छ ।
मोरङको बिराटनगर—जोगवनी र जयनगर—बर्दिवास खण्डमा अहिले जग्गा अधिग्रहणको काम भैरहेको छ । लगभग यी खण्डमा जग्गा अधिग्रहणको सकिन थालेको महानिर्देशक सिंहले जानकारी दिनुभयो । पूर्वपश्चिम रेल मार्गका लागि चालु आर्थिक वर्षमा सरकारले एक अर्ब ४० करोड रुपैयाँ रकम छुट्याएको छ । पूर्वपश्चिम राजमार्गको नजिकैबाट जोडिने भएकाले रेलमार्गबाट पनि प्रमुख शहरहरु जोड्नेगरी सहायक मार्गहरु बनाउने सरकारको तयारी छ । तराईका भारतीय सीमासंग नजिक रहेका शहरहरु काँकडभिट्टा, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जमा लिङ्क मार्ग राखिने छ । यसको कुल लम्बाई ७२ किलोमिटर हुनेछ । लिङ्क मार्गका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको छ ।

रेलमार्गलाई कसरी जुट्दैछ रकम ?  

सरकारले पूर्वपश्चिम रेलमार्गलाई राष्ट्रिय गौरबको आयोजनामा सूचीकृत गरेको छ । यसको सबै काम सक्न साढे ६ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान छ । अहिलेसम्म सरकारले आन्तरिक श्रोतबाटै यसको काम अघि बढाइरहेको छ । पूर्वपश्चिम रेलमार्गमा आर्थिक वर्ष ०६५/६६ देखि रकम विनियोजन भैरहेको छ । विभागका महानिर्देशक सिंहले तत्कालका लागि आफ्नै स्रोत साधनबाट काम भैरहेको बताउनुभयो । डिपिआर तयार भएपछि विभिन्न दातृ निकायसंग सहयोगका लागि आग्रह गर्ने उहाँको भनाई छ ।
मुअव्जा दिनुपर्ने भएका कारण आयोजना शुरुमा अनुमान गरिएभन्दा भन्दापनि महंगो पर्ने सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वी नेपालका दुईवटा खण्डको मुअव्जाको काम सकिनै लाग्दा ठाउँ ठाउँमा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष लगायत तराईका संरक्षण क्षेत्रबाट रेल मार्ग सञ्चालनमा समस्या पर्ने देखिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन र निकुञ्जको अनुमतिले गर्दा रेलमार्गको डिपिआर निर्माणका लागि समेत समस्या परेको रेल विभागले जनाएको छ । सबै खण्डको डिपिआर तयार भएपछि आर्थिक सहयाताका लागि आह्वान गर्ने तयारी सरकारको छ ।

काठमाडौमा मेट्रो रेल

पूर्वपश्चिम र प्रमुख शहर जोड्ने मात्र होइन सरकारले राजधानी काठमाडौंमा पनि मेट्रो रेलको योजना अगाडि बढाएको छ । घन्टौंसम्म गाडीको जामको समस्या हटाउनका लागि काठमाडौं उपत्यक भित्र मेट्रो रेलसेवाको खाका तयार पारेको सरकारले जनाएको छ । अहिलेको चक्रपथ भित्र र बाहिरका ठाउँलाई जोड्नेगरी ५ वटा लाइन प्रस्ताव गरिएको छ । झण्डै ६६  किलोमिटर लामो रेल सञ्जालको मुख्य केन्द्र भने अहिलेको बस, टेम्पोको मुख्य ठाउँ अर्थात रत्नपार्कनै बनाउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । यसको अध्ययन पनि नेपाल र कोरियाका कम्पनीले गरेका थिए ।
काठमाडौंमा तीन तहमा मेट्रो रेलसेवा संचालन गर्ने गरी डिपिआर तयार भइरहेको छ । काठमाडौं उपत्यकामा जमिनमुनि, जमिनमाथि र जमिनको सतहमा गरी तीन प्रकारका रेल मार्गको कल्पना गरिएको छ । रत्नपार्क जोड्नेगरी बनाइने झण्डै ३५ किलोमिटर रेललाइनले चक्रपथका सबैजसो चोकलाई छुनेछ । हरेक चोकमा यात्रु चढ्ने र ओर्लने स्टेशन समेत बनाईने योजना छ ।

जनकपुर जयनगर रेलको विजोग

सरकारले देशैभरका नागरिकलाई प्रभाव पार्ने गरी काम थालेपनि भएको जनकपुर रेलको अवस्था भने दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको छ । सात दशक भन्दा धेरै समयको इतिहास बोकेको  नेपालको एक मात्र रेल जनकपुर—जयनगर रेल सेवाको भने स्तर उन्नती हुन सकेको छैन । पहिले निकै आम्दानी गर्ने यो रेलसेवाले अहिले कर्मचारी खर्च समेत उठाउन सकेको छैन । धेरैजसो रकम कर्मचारीको तलब सुविधामा खर्च हुने गरेको छ । जनकपुर र आसपासका बासिन्दाले रेल सेवा कहिलेकाँही  नियमित संचालन नहुँदा आफूूहरु मर्कामा परेको बताएका छन् ।
पहिले जनकपुर रेल्वे भारतीय सीमावर्ती जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालन हुन्थ्यो । तर कमजोर व्यवस्थापनका कारण अहिले जनकपुर जयनगरमै सीमित छ । धनुषा जिल्लाका झण्डै दुई दर्जन गाउँ बिकास समितिलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र साधन हो । आफूले जनकपुर रेल्वेको सुधारमा काम गरिरहेको रेल्वेका सहायक प्रबन्धक रामेश्वर यादवले बताउनुभयो । अहिले पनि आर्थिक अवस्था निकैनै कमजोर छ ।
जनकपुर जयनगर रेल्वे यात्रु नभएका कारणले आर्थिक अवस्था कमजोर भएको भने होइन । रेल सञ्चालन भएका बेला हेर्दा संसारमै उदाहरणीय रुपमा मानिसको ओहोर दोहोर देखिन्छ  ।  रेलको छत, झ्याल, ढोका र फल्याक राखेर समेत यात्रु आवतजावत गर्ने गरेका छन् ।

विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे

नायिका रेजिना उप्रेतीसँग विवाह बन्धनमा बाँधिएकै भोली पल्ट उनका पति सुरज पोखरेल लण्डन उडेका छन् ।

बिगत ६ बषदेखि लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग रेजिनाको काठमाडौंको बल्खुस्थित भुवनेश्वरीदेवीको मन्दिरमा शुक्रबारमात्र विवाह भएको थियो ।
विवाहको भोली पल्टै लण्डन उडेका पतिलाई छाड्न शनिबार विमानस्थल पुगेकी रेजिनाले बिबाह भएकै भोलीपल्ट श्रीमानलाई विमानस्थलमा छाड्न जाँदा केही नरमाइलो लागेको बताईन् ।
‘पहिलो चोटी भेट भएको हैन, पाँच वर्षअघि देखिको भेटघाट हो’ सुरजको र आफ्नो लण्डन आउने जाने क्रम चलिरहने भन्दै रेजिनाले उज्यालो अनलाइनसित भनिन् ‘तर त्यस्तै नराम्रो भन्ने चैं छैन ।’
धादिङकै बासिन्दा सुरजसँग रेजिनाको ५ वर्षदेखि प्रेम सम्बन्ध थियो । सुरज लण्डनमा रहेको आफ्नो मामाको ट्राभल एजेन्सीमा कार्यरत छन् ।
फागुन १० गते नै उनीहरुबीच विवाह हुने तय अनुसार सुरजले छुट्टी पनि मिलाएको र पहिल्यै लण्डन जाने टिकट काटिसकेको कारण हतार हतार गएको रेजिनाले बताइन् ।
सुरजको आफन्तको निधन भएपछि फागुन १० गतेका लागि तय गरिएको विवाह रोकिएको थियो । विवाह एक हप्ता सारेपनि फेरि रेजिनाको घर परिवारमा जुठो परेपछि उनको कन्यादान मावली पक्षले गरिदिएका हुन् । विवाहमा सिमित सञ्चारकर्मी बाहेक अन्य कलाकारहरु कोही देखिएनन् ।
रेजिनाले बिबाहको एक हप्ता अघि फागुन १० गते नै कलंकीको एक ब्याक्वेटमा भव्य पार्टी दिएकी थिइन् । जहाँ उनका समकालिन कलाकार सञ्चारकर्मी तथा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताकहरुको बाक्लो उपस्थित रहेको थियो ।
विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे
विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे

सीप सिकेपछि चञ्चलीमायाको लोभलाग्दो प्रगति

काठमाडौ, फागुन २३ – बानेश्वरको निजामती अस्पताललाई देब्रे पारेर पाँच मिनेट पैदल हिंडेपछि चञ्चलीमाया गहतराजको पसलमा पुगिन्छ ।

तीनतले घरको भुईतलाको सामान्य पसलमा एउटा र्‍याक, दुईवटा लुगा सिलाउने मेसिन छ । भित्ताका ह्याङ्गरमा सिलाई सकिएको कपडा तन्द्र्याङतुन्द्रुङ झुण्ड्याइएको छ । एउटा मेसिनमा चञ्चलीमायाले लुगा सिलाउनुहुन्छ भने अर्को मेसिनमा सप्तरीकी देवकुमारी चौधरी कपडा सिउँदै हुनुहुन्छ ।
सिन्धुपाल्चोककी चञ्चलीमायाले यो ठाउँमा पसल खोलेको ६ महिना भयो । पसल खोल्नुअघि उहाँले ड्रेस मेकिङ सम्बन्धि तीन महिने निःशुल्क तालिम लिनुभएको थियो । तालिम दिने संस्थाकै सल्लाहमा उहाँले ६० हजार रुपैयाँ लगानी गरेर पसल खोल्नुभएको हो । पसल खोलेकै दिनदेखि कामको खाँचो छैन उहाँलाई ।
काठमाडौं बसाईका धेरै बर्ष उहाँका त्यसै बिते । विदेशमा श्रीमानले कमाउने रकमबाट बालबच्चाको पढाई खर्च र कोठाभाडा तिनै पनि मुश्लिक पर्थ्यो । त्यसैले मन हुँदाहुँदै पनि रकम तिरेर सिलाई तालिम लिन सक्नुभएको थिएन । निःशुल्क तालिमले भने उहाँलाई स्वरोजगार बन्ने अवसर दियो । ‘सिलाई सिकौं भनेपनि पैसा तिर्न नसकिने चिन्ता थियो’ चञ्चलीमायाले भन्नुभयो ‘निःशुल्क तालिम पाएपछि त धेरै सजिलो भयो ।’
उहाँको पसल हेर्दा अरुलाई जागिर दिनुभएको छ भनेर पत्याउन मुश्किल पर्छ । तर उहाँले आफुसँगै तालिम लिएकी देवकुमारीलाई महिनाको साढे ६ हजार रुपैयाँ तलब दिएर काममा लगाउनुभएको छ । पसलको सबै खर्च कटाउँदा महिनामा झण्डै १५ हजार रुपैयाँ कमाई हुन्छ । यही रकमबाट घरखर्च चलाएर चञ्चलीमायाले सहकारीमा बचत पनि गर्नुभएको छ । तालिम दिएको संस्थाले २ प्रतिशत व्याजमा तीन बर्षका लागि दुई लाख ऋण दिने व्यबस्था मिलाएपछि पसललाई अलि ठूलो बनाउने योजना बुन्दै हुनुहुनछ चञ्चलीमाया ।
अब पसलमा मेसिन थपेर फेरि एक जनालाई जागिर दिने योजनामा हुनुहुन्छ उहाँ । पसललाई आकर्षक बनाउन फर्निचर थप्ने र कपडा पनि बिक्री गर्ने तयारी रहेको उहाँले बताउनुभयो । ‘अब म दिनमा कम्तीमा एक हजार रुपियाँ बचत गर्नेगरी काम गर्छु’ चञ्चलीमायाले भन्नुभयो । सप्तरीकी देवकुमारी चौधरीलाई पनि कमाइ गर्न सक्ने बनाएको त्यही तालिमले हो । घरमा बसेर त्यसै बित्ने समय काम गरेर दिनको दुई–तीनसय कमाउन पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । ‘काम नगरी घरमा त्यसै बस्दा तनाव पनि उत्तिकै हुन्थ्यो’ देवकुमारी भन्नुहुन्छ ‘अहिले त चाहिएको ठाउँमा खर्च गर्ने रकम आफैसँग हुँदा खुशी लागेको छ ।’
ड्रेस मेकिङको तालिम दिने संस्था जाउलाखेलको स्किल नेपालका अनुसार गएको बर्ष यस्ता तालिम लिएका कुनैपनि महिला खाली हात छैनन् । तालिम लिएकामध्ये सबैजसोले आफैंले पसल खोलेका छन् । थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरुकोमा काम खोज्नु भन्दा आफ्नै पसल खोल्छन् भन्नुहुन्छ स्किल नेपालका वरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत ईन्द्रकुमार नकर्मी । आफुहरुले तालिमसँगै सुरुदेखिनैं बचत गर्ने बानी सिकाएको उहाँ बताउनुहुन्छ । सीप सिकेपछि स्वरोजगारमा जान चाहनेलाई थोरै पूँजीबाट काम सुरु गर्न अथवा एक्लै सकिन्न भने अर्को एक जनालाई साथ लिएर काम थाल्न परामर्श दिने गरिएको नकर्मीको भनाई छ ।
सीप सिकेकै कारणले सिन्धुपाल्चोककी चञ्चलीमायाँ र सप्तरीकी देवकुमारीको आम्दानीका बाटोहरु खुलेका हुन् । त्यसैले काम पाईंदैन भनेर चुप लागेर बस्नुहुन्न । आफ्नो रुची मिल्दो सीपमुलक तालिम सिकाउने ठाउँ खोजेर तालिम लिने हो भनें त्यहि तालिम जीवनयापनको आधार बन्न सक्छ ।

खुलामञ्चमा सुरुवाल, आकासेपुलमा लिपिस्टिक (फोटोफिचर)

राजधानीका सार्वजनिकस्थल व्यापारीको कब्जामा

khulla-manch-3

माघ, काठमाडौं । पञ्चायतकालमा राजनीतिक दललाई काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने छुट थिएन । यद्यपि खुल्लामञ्च अहिलेजस्तो अतिक्रमित अवस्थामा थिएन । लोकतन्त्रमा त झनै राजधानीमा कम्तिमा एउटा आमसभास्थल सुरक्षित रहनुपर्नेमा कट्टु र सुरुवालको व्यापार गर्ने थलोमा रुपान्तरित भएको छ काठमाडौंको खुल्लामञ्च ।

khulla-manch-1
अनलाइनखबरका फोटोग्राफर वीर अस्पताल नजिकैको खुल्लामञ्चमा पुग्दा उदेकलाग्दा दृश्य देखिए । वीर अस्पतालपट्टकिो भागमा आधाजति ढाकेर गाडी पार्किङ गरिएका थिए । उत्तरपूर्वीभागमा कपडा व्यापारीदेखि मकै र रोटी पोल्नेहरुले धुँवा उडाइरहेका थिए ।
खुल्लामञ्चभित्रै पसेर हेर्दा कोही माछा बेचिरहेका, कोही रोटी पकाइरहेका भेटिए भने कोही झोला, जुत्ता, बेलुन र सुरुवाल किनमेल गरिरहेका अवस्थामा फेला परे । खुल्लामञ्चको भित्तापट्टी एक वृद्ध ‘वनझाँक्रीबाट चिताएको काम पूरा हुने’ ब्यानर टाँगेर झोक्राइरहेका थिए ।khulla-manch-2
यात्रुको रहेन आकासेपुल
यात्रुहरुलाई बाटो काट्नका लागिबनाइएका रत्नपार्क आसपासका आकासेपुल पनि यात्रुलाई हिँड्नै बाधा पर्ने गरी व्यापारीले कब्जा जमाएका छन् । आकासेपुलमा कोही मकै पोलेर पैसा गनिरहेका भेटिन्छन् त कोही फुटपाथे सामानको मोलमोलाइ गरिरहेका हुन्छन् । रानीपोखरीबाट भोटाहिटीतर्फ जाने आकासेपुल बाटो काट्ने यात्रुका लागि नभई व्यापारीका लागि बनाएको प्रतीत हुन्छ ।aakase-pool-business-1
सडक व्यापार : राजधानीको जटिल समस्या
राजधानीको सडक जतिसुकै विस्तार गरिए पनि सडकमा निस्केर सामान बेच्ने साना व्यापारीहरुको समस्याबाट राजधानी झनै आक्रान्त बन्दै गएको छ । संविधानसभा भवन अगाडि बेलुका हुँदै गएपछि पेटीमा हिँड्नै सकिन्न । यात्रु हिँड्ने पेटी व्यापारीले कब्जा गरेपछि यात्रुहरु वीच सडकबाटै हिँड्न बाध्य हुने गरेका छन् । के सडक, के पेटी, के आकाशे पुल र के खुल्लामञ्च, जतासुकै सडक व्यापारीको कब्जा छ ।khulla-manch-4
कुनै राजनीतिक दलले खुल्लामञ्च भरिने गरी प्रदर्शन गर्छु भन्यो भने त्यो अब हास्यास्पद हुनेछ । किनभने खुल्लमञ्च पहिल्यै भरिइसकेको छ । काठमाडौं महानगरपालिकाले अस्वीकार गर्दागर्दै गृहमन्त्रालयले खुल्लामञ्चमा प्रवेश गराएका व्यापारीहरु अब प्रहरीको गतिलो लाठीचार्जविना शायदै बाहिरिएलान् । तर, त्यसबेला उनीहरुले खुल्लामञ्च कब्जा गर्न पाउनुपर्ने मागसहित आन्दोलन गरे भने त्यसलाई पनि अनौठो नमाने हुन्छ ।khulla-manch-1
khulla-manch-5
khulla-manch-6
khulla-manch-7
khulla-manch-8


वामदेवलाई फुटपाथ पसलेको ठाडो चुनौती

जिफन्टसमेत गृहमन्त्रीको विरोधमा उत्रियो


rayali

२३ फागुन, काठमाडौं । सिंहदरबारमा पदबहाली गरेकै दिन गृहमन्त्री वामदेव गौतमले राजधानीका सडकहरुमा अव्यवस्थित रुपमा खोलिएका फुटपाथे पसलहरु हटाएर सडकलाई व्यवस्थित गराउने प्रतिवद्धता जनाएका थिए । गौतमको प्रतिवद्धतालगत्तै गृहमन्त्रालयले ११ दिनदेखि फुटपाथका पसल हटाउने अभियान जारी राखेको छ ।

तर, एमाले नेतृत्वको गृहमन्त्रालयको यो अभियानलाई चुनौती दिँदै फुटपाथका पसलेहरुले विहीबार राजधानीको सुन्धाराबाट र्‍यालीसमेत निकालेका छन् । र्‍यालीमा एमालेका मजदुरसमेत सामेल भएका छन् ।
सडकलाई व्यवस्थित गराउने अभिव्यिक्त दिएका गृहमन्त्रीका लागि सडक व्यापारीहरुले थालेको यो आन्दोलन एउटा जटिल चुनौतीको विषय बन्न पुगेको छ । गौतमले दाबी गरेजस्तै राजधानीका सडकहरु खाली गर्न र व्यवस्थित बनाउन सजिलो र सहज छैन भन्ने विहीबारको जुलुसले स्पष्ट देखाइसकेको छ ।
गृहमन्त्रीले बल प्रयोग गराएर राजधानीका सडक र खुल्लामञ्च खाली गाउने हो भने विगतमा बाबुराम भट्टराईको सरकारले सुकुम्वासीलाई हटाएजस्तै विरोध आउन सक्छ । तर, फुटपाथे पसलहरुलाई यत्तिकै रहन दिने हो भने सहकमा हिँड्नै नसकिने अवस्था आउन सक्छ । यतिबेला आकाशे पुल, सडकमा यात्रुहरु हिँड्ने पेटी, सार्वजनिक स्थल एवं सार्वजनिक सभा गर्ने खुल्लामञ्चसमेत सडक व्यापारीहरुले कब्जामा लिएको अवस्था छ ।
जिफन्टसमेत वामदेवको विरोधमा
एमाले नेता वामदेव गौतमले फुटपाथका पसल हटाउन निर्देशन दिएपछि गृहमन्त्रालयले फुटपाथका पसल हटाउने अभियान शुरु गरेको छ । तर, यसको विरोधमा विहीबार एमालेकै जनवर्गीय संगठन जिफन्टका कार्यकर्तासमेत झण्डा लिएर सडकमा ओर्लिएका छन् । आफ्नै पार्टीका उपाध्यक्षको नेतृत्वमा रहेको गृहमन्त्रालयले थालेको अभियानलाई असफल गराउने आन्दोलनमा एमालेकै मजदुरहरु सडकमा उत्रिएपछि यो समस्या झनै जटिल बन्न पुगेको छ ।
गृहमन्त्रालयको अभियानको विरोध गर्दै विहीबार सुन्धाराबाट प्रदर्शन गरिएको जुलुसमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का साथै राष्ट्रिय स्वरोजगार व्यापार संघको ब्यानर देखिएको थियो । जुलुसपछि कोणसभामा बोल्दै जिफन्टका नेताहरुले सरकारले विकल्प नदिई फुटपाथका पसल हटाउन नपाउने चेतावनी दिएका छन् । सरकारले जनतालाई रोजगारी दिन सक्देन भने विकल्प दिनुपर्ने एमालेकै मजदुर नेताहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले भने आफ्नै घरमा पसल राख्नुबाहेक अर्को विकल्प नभएको भन्दै दबाव दिएर सार्वजनिक सडक एवं खुल्ला मञ्चमा पसल चलाउन नपाइने भन्दै गृहमन्त्रालयको निर्देशनअनुसार पसल हटाइएको जवाफ प्रतिक्रिया दिएका छन् ।
फुटपाथ पसलेहरुले यतिबेला आकाशे पुल र सडकका पेटीमात्रै नभई खुल्लामञ्चभित्रै पसलहरु सञ्चालन गर्दै आइरहेका छन् ।
futhpath

Thursday, March 6, 2014

क्यान्सर पीडित ६ वर्षीय बालकलाई ९ वर्षीया बालिकाद्धारा १० हजार उपचार सहयोग

काठमाडौं, फाल्गुन २२ । नौ वर्षीया बालिका रैना शाहले रक्त क्यान्सरबाट पीडित ६ वर्षीय बालक दिपेश श्रेष्ठको उपचार खर्चका लागि १० हजार रुपैयाँ सहयोग गरेर सामाजिक सेवाको एउटा उदाहरण प्रस्तुत गरेकी छिन्

। शाहले आफ्नो खाजा खर्चबाट जम्मा गरेको रकम तथा जन्मदिनका अवसरमा उपहार स्वरुप प्राप्त भएको रकम संकलन गरी १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण गोरखा, बोर्लाङ ४ का बालक दिपेश श्रेष्ठले उचित उपचार गराउन समस्या भोगिरहेका छन् ।

यस्तै, उनको उपचारका लागि अमेरिकामा सैलुन र स्पा व्यवसाय चलाउँदै आएका दुई नेपाली महिलाले ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका रेणु शाह र युभा राणाले उपचारका लागि रकम सहयोग गरेका हुन् । अमेरिकामा युनिभर्सल सैलुन तथा स्पा व्यवसाय चलाउँदै आएका शाह र राणाले उनीहरुको कमाईबाट दैनिक पाँच डलर जम्मा गरेर सहयोग रकम पठाएका हुन् ।

अमेरिकाबाट आएको ४० हजार रुपैयाँमा आफ्नो तर्फबाट थप १० हजार रुपैयाँ थपेर चेल्सी इन्टरनेसनल विद्यालयमा कक्षा तीनमा अध्ययरत रैना शाहले आज जन्मदिनको अवसर पारेर कुल ५० हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

अमेरिकाबाट सहयोग प्रदान गर्ने रेणु शाह र युभा राणाले आगामी दिनमा पनि रकम जम्मा गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्यान्सर पीडित दिपेश श्रेष्ठका बुवा दीपक श्रेष्ठले विदेशमा बस्ने दाजुभाइ–दिदीबहीनीहरुले यस्तै सहयोग गर्दै आए थुप्रै पीडितको दुःख कम हुने बताए । सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले छोराको उपचारमा अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

उनले छोराको उपचार गर्न १७ लाख लाग्ने बताए । उनले छोरोको जीवन रक्षाका लागि ग्लोबल आइएमइ बैंकको खाता नं. १११२०९०५६१०८ मा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

आफूसँग भएको सम्पति बेचेर हाल कान्ति अस्पतालमा छोराको उपचार गराइरहेको उनले बताए  ।

गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा जन्मियो बच्चा

बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाइ ट्वाइलेटमा बच्चा जम्माएकी छिन् । पेट दुखेपछि उनी विहानै शौचालय गरेकी थिइन, जहाँ उनले बच्चा जन्माइन्।



वेल्स काउन्टीकी गैनो जेप्कोले २.९ किलो वजन भएको बच्चा जम्माएको मिरर न्यूजले जनाएको छ । बच्चाको नाम ओले जेम्स राखिएको छ ।
जेप्कोले आफू गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् । ‘लगातार पीरियड भइरहेको थियो । तर, तौल केही बढेको थियो’ उनले भनेकी छिन्-’गर्भवती भएको कुनै लक्ष्यण देखिएन । न मर्निङ सिकनेस, न दुखाइ ।’

यो समयमा उनले सुपर मार्केटमा काम गरिरहिन् । यतिसम्म कि उनले म्याराथुनमा समेत भाग लिइन । अहिले बच्चा जन्माएको समयका आधारमा हिसाव गर्दा त्यसबेला ५ महिनाको गर्भ थियो ।

उनका अनुसार क्रिसमसम्म उनको तौल बढेको थिएन । तर, त्यसपछि केही बढ्यो । उनले भने पार्टीहरुमा धेरै खानाले यस्तो भएको अनुमान गरिन् ।

चिकित्सकहरुका अनुसार ६०० मा एक महिलालाई गर्भवती भएको थाहा नहुन सक्छ ।