Monday, March 17, 2014

अछाम जिल्ला Achham district

Achham district, a part of Seti zone, with Mangalsen as its headquarters, covers an area of 1,692 sq km(653.3 sq mi) and has a population of 257,477 (2011)

Sanfebajar Achham
A view of Sanfebajar, Achham 
It is accessible by automobiles from Kathmandu and Nepalgunj  via a national Highway. Achham is a beautiful place with various forts and natural resources.
We can stay in Achham at Sanfebagar, mangalsen and kamalbajar.
Location
Longitude: 810 7”- 810 35” 
Latitude: 280 45”-290 22”
Area:1,692 km2 (653.3 sq mi)
headquarter: Mangalsen

Boundary
East: Dailekh and Kalikot 
West: Doti, 
North: Bajura and Bajhang, 
South: Surkhet and Dailekh.

Ramaroshan Achham
Beautiful view of Ramaroshan
Climate
Sub-tropical,Mild-temperate,cool- temperate. 
Temperature:-
Maximum: 30.00 °Centigrade 
Minimum: 1.00 °Centigrade 
Rainfall 1790.8 ml.

Predominant culture
Nepali, Dotyali, Achhami.










Map Of Achham District
Map of Achham District

Tourist attraction centers
Mangalsen, Jayagadh, Gajara, Ramaroshan, Binayak.
Baidhyanath Temple
Baidhyanath Temple Achham
Bayalpata Hospital
Bayalpata Hospital Achham
Our Culture,Our Pride
Dhakari in Sunny day
Dhakari in Sunny day
school with under construction Road
Ramaroshan
Beautiful view of Ramaroshan


Villages of Achham:
Mangalsen Achham
Mangalsen, Achham
Babala  · Bannatoli  · Baradadivi  · Basti  ·Batulasen  · Baijinath  · Bayala  · Bhagyaswor  ·Bhairavsthan  · Bhatakatiya  · Bhuli  · Binayak  ·Bindhyawasini  · Birpath  · Budhakot  · Chalsa  ·Chandika  · Chapamandau  · Chhatara  · Darna  ·Devisthan  · Dhakari  · Dhaku  · Dhamali  · Dharaki  · Dhodasain  · Dhudharukot  · Dhungachalna  ·Dumi  · Gajara · Ghodasen · Hatikot  · Hichma  ·Jalapadevi  · Janalibandali  · Janalikot  · Jupu  ·Kalagaun  · Kalekanda  · Kalika  · Kalikasthan  ·Khaptad  · Khodasadevi  · Kuika  · Kuntibandali  ·Kushkot  · Layati  · Lungra  · Malatikot  · Marku  ·Mashtanamdali  · Mastamandau  · Nada  ·Nandegata  · Nawathana  · Oligau  · Patalkot  ·Payal  · Pulletala  · Rahaph  · Ramarosan  ·Raniban  · Ridikot  · Risidaha  · Sakot  · Santada  ·Sera  · Siddheswor  · Siudi  · Sutar  · Tadigaira  · Thanti  · Timilsain  · Toli  · Tosi  · Tumarkhad  ·Walant  · Warla 

Saturday, March 15, 2014

प्रधानमन्त्रीले भने– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा ?’

देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई सरकारको मन्त्रालय र देशको सिमा लगायतका विषयमा कत्तिको जानकारी होला ? सायद सवैलाई लाग्ला उनी यी सबै कुरामा जानकार नै होलान् । तर, कसैले प्रधानमन्त्री सबै कुरा जान्दछन् भन्ने सोच्यो भने गलत सावित हुनेछ ।


प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री भेटन् जानेहरुलाई प्रधानमन्त्रीले नै उल्टैै सोधिदिन्छन त्यो कुन मन्त्रालय अन्र्तगत पर्छ ? त्यो के हो ? कहाँ पर्छ ? जस्ता प्रश्न तेत्र्याउछन् ।’
यस्तै प्रधानमन्त्रीका विषयमा यस्तै रोचक तथ्य रातोपाटीले फेला पारेको छ ।
प्रंसग नं. १ – प्रधानमन्त्रीले गृहजिल्ला बाँके पुगेर ‘टनकपुर नेपालमा पर्दैन ? यो कुरा कसले भन्यो भनेर पत्रकारलाई जफाव दिए ।’ खासमा उनको त्यो अभिब्यक्ति आउनुमा उनलाई टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ भन्ने पत्तो नै नभएको रातोपाटीले तथ्य पत्ता लगाएको छ । त्यो अभिब्यतिका कारण सुशीलको निकै चर्को आलोचना भएपछि नेपालगंजमा दाजुको घरमा पुगेर उनले निजी सचिव लक्ष्मण ढकाललाई बोलाएर भने,– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा पर्छ ? बुझ त ?’ ढकालले सबैतिर फोन गरेर त्यो नेपालमा पर्ने बताएपछि भोलिपल्ट विहानै उनले टनकपुरमा भारतले नेपालको ७ मिटर भुगोल मात्र मिचेको अभिब्यत्ति दिएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
प्रसंग नं. २ – फागुन २४ गते शनिवारका दिन दिउँसो १२ बजेको समयमा मध्यपश्चिम क्षेत्रका कांग्रेसका अगुवा कार्यक्रता प्रधानमन्त्रीलाइ भेट गर्न सरकारी निवास बालुवाटार पुगे । आफ्नै क्षेत्र र पार्टीका प्रधानमन्त्री भएका कारण कांग्रेस कार्यक्रताका मागका चाङ्ग नै थिए । उनीहरुले मध्यपश्चिममा बन्न लागेको अपर कर्णाली, कालिकोटमा ९ महिनादेखि बन्द शान्निघाट लघु जलबिद्युत आयोजना मर्मत, कर्णाली राजमार्ग र जाजरकोटको सडक स्तर उन्नतीका बिषयमा माग लिएर गएका थिए ।
जव ती मागहरु अगुवा कार्यक्रताले प्रधानमन्त्रीको टेबुलमा राखे । कांग्रेसका कार्यक्रताले यी बिषयमा प्रधानमन्त्रीको ध्यान जाओस् भने तव प्रधानमन्त्री मुखबाट ती कार्यक्रतालाई नै सोधे ‘ यो सडक बिभाग कुन मन्त्रालय अन्र्तगत पर्छ ? बिजुली कुन मन्त्रालय हेर्छ ?’
विकासे माग लिएर गएका कार्यक्रतालाई प्रधानमन्त्रीले यसरी प्रश्न तेस्र्याएपछि कार्यक्रताहरु मुखामुख गरे । भेटमा सहभागी एक मध्यपश्चिमका अगुवा कार्यक्रताका अनुसार ‘प्रधानमन्त्रीले सामान्य ज्ञान त राख्नु पर्ने हो नी तर सामान्य ज्ञान पनि नहनु दुःखद् कुरा हो । कोइराला थरका कारणले मात्र पार्टीको माथिल्लो निकायमा पुगेको ’ उनको भनाई छ ।
प्रसंग नं. – ३ प्रधानमन्त्री कोइराला यसभन्दा अघि दुई पटक सांसद बनेका थिए । कोइराला कहिले पनि संसदको अघिल्लो बेन्चमा बस्ने गरेका थिएनन् । उनी सधै पछाडीको कुर्सीमा बस्ने र निदाउने काम मात्र गर्ने गरेको उनीसँगै सांसद बनेको कांग्रेसका एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए । उनी भन्छन‘ खासै कुनै बिषयमा उनको चासो थिएन् ।’ यसभन्दा अघिका दुई संसदमा उनले कुनै पनि बिषयमा पनि संसदमा बोलेको आफुले नदेखेको उनको भनाई छ

कृषिबाटै सक्षम र उदाहरणीय बन्छु: बिनिता बराल

चपली हाईट मार्फत नेपाली सिने जगतमा उदाएकी नायिका बिनिता बराल अहिले सिनेकर्मी भन्दा बढि अर्गानिक किसानका नामले बढि चर्चामा छिन् । कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी छन् ।

अर्गानिक खेती अभियानमा समेत लागेकी अभिनेत्री बरालसँगको  संक्षिप्त कुराकानीः
रंगिन रंगमञ्चलाई छाडेर किन सबैले हेपेको कृषिमा आउनुभयो ?
रंगमञ्चलाई छाडेको छैन । हामी कृषि प्रधान देशमा जन्मिएका हुनाले कृषि हामी सबैको कर्तब्य हो । मैले पनि कृषिमा केही योगदान गर्न सक्छु किनकी म एक जना कृषकको छोरी भएको नाताले केही गर्न सक्छु भन्ने आंटले यता लागेकी हुँ । सबैले हेँला गरेको पेशा भईदियो कृषि जबकि नेपाल सक्षम हुने एउटै मात्र आधार हो । मैले कृषिमा आफ्नो उत्तरदायित्व सम्झेर लागेकी हुं ।
सिनेमा नपाएर कृषिमा लाग्नुभएको त होईन रु असफल हुन्छु भन्ने डरले कृषिमा लागेपछि चर्चा पाईन्छ भनेर पो हो कि र?
कतिपयले यसरी पनि हल्ला गरेको पाएँ । मेरो चपली हाईट भन्ने सिनेमाले कति सफलता पायो भन्ने त सबैलाई थाहा भएकै कुरा हो । त्यो हिसाबले त असफल भन्न नमिल्ने नै हो । मैले फिल्म क्षेत्र त छाडेकै छैन नि । मेरो बिचारमा कृषि क्षेत्र त्यस्तो पेशा होइन जुन अन्य क्षेत्रबाट असफल भएपछि मात्र गरिन्छ । तैंले केही गर्न सकिनस् अब हलो जोतेर खा भन्ने पेशा कृषि हुंदै
होईन । यस्तै सोंच ,बिचार र संस्कृतिले गर्दा नेपालमा युवाहरु कृषिमा आउन नसकेका हुन् ।
त्यसोभए अब समाजसेवा पनि गरौं भन्ने मनसायले यता आउनु भएको हो र?
होईन ठ्याक्कै समाजसेवा भनेर मात्रै म यो पेशामा आएको होईन । कृषिबाट म आंफै सक्षम भएर समाजलाई उदाहरण देखाउन खोजेको हो । कृषिमा मैले आफ्नो भबिष्य खोजिरहेकी छु । मलाई कृषिमा भबिष्य छ भनेर पनि थाहा छ । म आफै पनि पैसा कमाउन चाहन्छु र समाजलाई पनि सकारात्मक सन्देश दिन चाहन्छु । बिशेषतः युवा पुस्तालाई, त्यसैले पनि म कृषिमा लागेकी हुं । कृषि प्रधान देशमा बसेर, किसानकै छोराछोरी भएर कृषि पेशा गर्नेलाई हेला गर्ने संस्कृतिले कसरी देशको बिकास हुन सक्छ  ?
कृषिबाटै जीवन धानिन्छ जस्तो लाग्छ र?
मैले जीवन धान्ने आधार र सक्षम हुने आधार नै कृषि बनाउन खोजेकी हुँ । म कृषिकर्म गरेरै कार चढ्ने बन्न
चाहन्छु । कृषि गरेरै ठुलो महल खडा गर्न चाहन्छु । मलाई कृषिबाट राम्रो भबिष्य बनाउन सकिन्छ भन्ने देखाउनु छ ।
त्यसोभए तपांई किसान र?
हो , तर किसान र सिनेकर्मी दुवै । तर कसैले किसान विनिता भन्दा बढि गर्वको अनुभुति हुन्छ ।
कृषकलाई कसरी बुझ्नुहुन्छ ?
मैले किसान भन्दा त्यस्तो ब्यक्ति जसको शारिरिक शक्ति , मानसिक शक्ति उसको धैर्यता , क्षमता र उसको एकतालाई बढि बुझ्छु । तर साधारणतया मानिसहरुले किसान भन्नासाथ मैला लुगा लगाएको पसिना आउने ,मकै ,चिउरा खाईराखेको सबैभन्दा निम्नस्तरको जीवन बाँच्ने
बुझ्छन् । तर मैले त्यसरी बुझ्दिन । किसान भनेको महान् मान्छे हो ।
हाल कृषिमा के के गरिरहनुभएको छ र?
मैले टोखाको १० रोपनी जग्गामा सिजनल अर्गानिक तरकारी खेती गरिरहेकी छु । त्यो बाहेक लाजिम्पाटको सांग्रीला होटेल अगाडि अर्गानिक पसल पनि खोलेकी छु । दःुख गरेर उत्पादन गरेर मात्र हुँदो रहेनछ त्यसलाई सही तरिकाले बेच्न नसक्दा नोक्सान हुनेरहेछ भन्ने बुझेर हामीले लाजिम्पाटमा सानो अर्गानिक आउटलेट पनि राखेका छौं । यो काममा म मात्रै एक्लै होइन हामी दुईजना छौ । निरन्जन जी र
म । हामीले पाट्नरशिपमा यो फर्म सञ्चालन गरेका छौं ।
अर्गानिक खेतीतर्फ कसरी लाग्नुभयो र?
हामीले कृषि गर्ने त भन्यौं तर फेरी मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने बिषादी राखेर ब्यापार गर्दा हामी जस्तो बुझेका मान्छेले गर्न हुँदैन बरु नबुझेका मानिसलाई पनि जनचेतना फैलाउनुपर्छ र प्रेरणा दिनुपर्छ भनेर हामी लागेका हौं । पैसा कमाउने
मात्र उद्देश्य राखेको भए म पनि बिषादीयुक्त खेती गर्न जान्थे होला । मानिसलाई स्वस्थ राख्न खाना खुवाउने हो न कि झन् रोगको कारण बनाउन । यसैले अर्गानिक खेती तर्फ लागियो । सबैको घरमा क्यान्सर अथवा कुनै न कुनै रोग हुनुको कारण बिषादीले नै गर्दा हो । त्यसैले नेपालबाट बिषादीलाई हटाउनुपर्छ भन्ने अभियानमा म लागेकी हुँ ।

Friday, March 14, 2014

नाकले टाइप गरेर विश्व कृतिमान ,,,,,


एक भारतीय नागरिकले नाकले सबैभन्दा तिव्र गतिमा टइप गरेर विश्व कृतिमान बनाएका छन् । हैदरावादका २२ वर्षीय मोहम्मद खुर्शीद हुसैनले आफ्नो नाकले सबै भन्दा द्रुत टाइप गरेर गिनिज बुक अप वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।



खुर्शीदले गत २७ फेब्रुअरीमा ४७ दशमलव ४४ सेकेन्डमा १०३ अक्षरको वाक्य नाकले टाइप गरेका थिए । १७ शब्दको सो वाक्य उनले सहजै नाकले टाइप गरे । उनलाई यस अघि सोही शब्द लेख्न ५३ सेकेण्ड लाग्ने गरेको थियो  ।

खुर्शीदले आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएका हुन् ।

सन् २००८ मा भारतकै आप्रबासी महिला नीताले १ मिनेट ३३ सेकण्डमा एक वाक्य नाकले टाइप गरेर रेकर्ड राखेकी थिइन् । पछि खुर्शीदले सो रेकर्ड तोडेका थिए ।

खुर्शीदले सात वर्षको उमेर देखि नाकले टाइप गर्ने अभ्यास गर्दै आएको बताएका छन् ।

Wednesday, March 12, 2014

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,

तर सधै यस्तो हुँदैन ।
यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।
त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा
१.डिम्ब निष्कासन,
२.यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।
शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ ।
सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।
उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ ।
सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै क्रममा हामिले तपाई पाठकका लागि अनुसन्धानबाट प्राप्त तथ्यहरु प्रस्तुत गरेका छौ जुन यसप्रकार छन् ।
 १. सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
 २. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
 ३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।
 ४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
 ५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
 ६.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।

अब पानीबाट रक्सी बन्ने

केही दिनअघि सम्म भगवानले मात्र पानीलाई पानीलाई रक्सीमा परिवर्तन गर्न सक्थे । तर अब जोकोहीले यसो गर्न सक्ने छन् । यसको लागि तपाईंहरुले केवल ४९९ डर तिरेर मिराकल बोतल किन्नुपर्ने छ ।

यो बोतलले काम गर्ने प्रक्रिया निकै सरल छ, यसमा पानी हाल्नुहोस्, बाहिर वाइन निस्किन्छ । सबैभन्दा रामाइलो कुरा के छ, यसमा विभिन्न स्वाद र प्रकारको वाइन पनि बनाउन सकिन्छ । यस्तो चमत्कारी मेसिनको निर्माण गर्ने कम्पनी हो अमेरिकाको क्यालिफोर्नियामा रहेको कस्टमभाइन । यस मेसिनलाई प्रयोग गर्न प्रयोगकर्ताले उक्त मेसिनमा रहेको डब्बमा आवश्यक सामग्री राख्नुपर्छ । त्यसपछि त्यसको मेनुमा रहेको वाइनको प्रकार छानेर त्यसमा पानी हालेर मेसिनलाई चालु गर्नुपर्छ । केही समय पर्खेपछि त्यस बोतलमा रक्सी निर्माण हुन्छ । रक्सी भयो कि भएन भनेर तपाईंले जाँच पनि गरिराख्नुपर्दैन । यसलाई तपाईंको स्मार्टफोनमा जोडेर प्रक्रियालाई जहाँकहीँ बसेर नियाल्न सक्नुहुनेछ । यो प्रक्रिया पूर्णरुपमा सकिन र पानीबाट वाइन बन्न करिब ३ दिन समय मात्र लाग्छ । यस कम्पनीका सिइओ केभिन बोयर भन्छन्, ‘यसले केही सामग्री राखेपछि पानीलाई वाइन बनाउँछ । यो गर्दा समय र पैसा दुवैको वचत हुन्छ ।’ एउटा बोतल वाइन बन्दा करिब २ डलर मात्र खर्च लाग्ने गर्छ । अहिले कम्पनीले यस प्रकारको मेसिनको व्यवसायिक रुपमा निर्माण गर्नका लागि अहिले किकस्टार्टरमा रकम संकलन गर्दैछ ।

Monday, March 10, 2014

कसरी थाहा पाउने, फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो ?

आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्‍यो भनेर थाहा पाउने ।

सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त हुन्छन् ।



कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।

तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो भन्ने सूचना थाहा पाउन सकिदैन् ।

हो, फेसबुकलाई थाहा हुन्छ कि तपाईको प्रोफाइल कसले चेक गर्‍यो ? तर, उनीहरुले अहिलेसम्म यो तथ्याङ्क प्रयोगकर्तालाई दिएका छैनन, जसका कारण अहिलेसम्म जोजसले फेसबुक प्रोफाइल हेरेको थाहा पाउने टुल भनेर दावी गरिरहेका छन ती सवै झुट हुन, उनीहरुले चाहँदैमा फेसबुकका सूचना ल्याउन सक्दैनन् । फेसबुकको आधिकारिक पेजमा यसबारेमा प्रष्टै भनिएको छ ।

प्रोफाइल हेरेको थाहा दिन्छौ भनेर दावी गरिएका यस्ता एपको जथाभावी इस्टलले तपाईको कम्प्युटरमा खरावी ल्याउनेबाहेक अन्य कुनै उपलब्धी हुँदैन् । कतिपय एपले सो एप इन्स्टल गरेको प्रयोगकर्ताहरुको मात्र सूचना दिन सक्छन, सवै प्रयोगकर्ताको हैन् ।


यदि तपाईले फेसबुक प्रोफाइल हेरेको जानकारी दिने दावी गरिएका कुनै एप इन्स्टल गर्नुभएको छ भने त्यसलाई फटाफट हटाउनु नै बुद्धिमानी हुन्छ । यदि त्यस्ता एप्लिकेसनले तपाईको कम्प्युटरमा अनाबश्यक स्क्रिप्ट फैलाएको वा तपाईको गोपनियता भंग गरेको पाइएमा तपाईले उजुरी पनि गर्न सक्नुहुन्छ ।