Thursday, January 14, 2016

माल्भिका सुब्बा गर्भवती, खोलिन् यस्तो रहस्य

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू र आफ्ना श्रीमान्ले बिहे गरेको ५ बर्षपछि सन्तान जन्माउने निर्णय गरेको खुलासा गरेकी छिन् । आफ्नो इन्स्ट्राग्राममा श्रीमान् र आफ्नो तस्बिर उनले पोष्ट गरेकी छिन् । उनले आफ्नो पेटमा स्वस्थ बच्चा हुर्कदै गरेको समेत जनाएकी छिन् । - See more at: http://www.onlinekhabar.com/2016/01/374501/#sthash.kipBMqsw.dpuf

Monday, March 17, 2014

अब बसभित्रै फ्रि वाईफाई

काठमाडौ, फागुन २९ – सार्वजनिक बसमा चढ्दा सिट पाउनै मुश्किल । सिट पाइहालेमा पनि गोडा तन्काउन नमिल्ने, कक्रक्क भएर बस्नुपर्ने ।

त्यसमाथि गाडीवालासँग भाडाको विषयमा सधैं कचकच । चढेपछि नझर्दासम्म सास्ती मात्रै । लामो दूरीमा यात्रा गर्ने यात्रुले खेप्ने गरेको साझा व्यथा हो यो ।
तर सडकमा सास्ती दिने मात्रै होइन, आरामदायी सिट र धेरै सुविधा भएका गाडी पनि गुड्छन् । केही वर्षयता एसी र डिलक्स सेवाका बस चल्न थालेपछि यात्रुले भरपुर सुविधा पाउन थालेका छन् । अरु साधारण बसमा भन्दा भाडा केही महंगो भएपनि यात्रा अवधिभर यात्रुले आराम र सुविधाको महसुस गर्न पाउँछन् । यात्रुलाई सुविधा थप्ने क्रममा यस्ता बसहरुले पछिल्लोपटक निशुल्क वाईफाई इन्टरनेट सुविधा उपलव्ध गराएका छन् । इन्टरनेट चलाउन मिल्ने मोवाइल छ र साथमा ल्यापटप पनि बोक्नुभएको छ भने तपाईं बसमा यात्रा गरेकै बेला निःशुल्क इमेल–इन्टरनेट चलाउन सक्नुहुन्छ ।
‘६ महिना जति भयो लामो दूरीका रात्री बसमा जीपिएस र वाईफाई सेवा उपलव्ध हुन थालेको छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्ष सरोज सिटौलाले उज्यालो अनलाइनसित भन्नुभयो ‘पूर्वका लामो दूरी चल्ने ५० भन्दा धेरै रात्री बसमा यो सुविधा छ, अरु बसमा पनि विस्तार हुँदैछ ।’
अहिले मितेरी, चिनारी, यती र जगदम्बा कम्पनीका बसहरुमा यो सुविधा छ । ‘जीपिएस सिस्टममार्फत हाम्रा गाडीहरु कहाँ कुन हालतमा छ भन्ने कुरा काठमाडौंमै बसेर अनुगमन गर्न सक्छौं, यो चाहिँ हाम्रो लागि हो’ यति र चिनारी बस कम्पनीका अध्यक्ष देवेन्द्र न्यौपानेले उज्यालो अनलाइनसित भन्नुभयो ‘फ्रि वाईफाई सेवा चाहिँ यात्रुको सुविधाको लागि हो ।’
नेपाल टेलिकम र एनसेलको इन्टरनेट सेवाबाट बसमा निशुल्क वाईफाई सेवा उपलव्ध गराइएको हो । टेलिकम र एनसेलको सिग्नल आउने ठाउँमा बसभित्रै वाईफाई इन्टरनेट चलाउन सकिन्छ । ‘हाललाई हामीले टेलिकम र एनसेलको डाटा कार्ड मार्फत बसमा छुट्टै राउटर राखेर सिग्नल क्याच गर्न मिल्ने व्यवस्था गरेका छौं’ जिफोर्स सिष्टम एन टेक्नोलोजी आइटी प्रमुख सुनिल पाण्डेले भन्नुभयो । उहाँका अनुसार अरु बसले पनि यसैगरी सेवा थप्न आग्रह गरिरहेका छन् ।
निशुल्क वाईफाई सेवा उपलव्ध गराए बापत यात्रुबाट थप रकम नलिने व्यवसायीहरु बताउँछन् । ‘एसी र डिलक्स सुविधा भएका बसमा यसअघि जे भाडादर थियो, त्यही हो’ यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भन्नुभयो ।

भिडियो कोचपछि एसी र डिलक्स

यात्रुलाई आकर्षित गर्न बसवालाले पहिले भिडियो राख्थे । भित्र भिडियो नचलेपनि बाहिर भिडियो कोच भनेर लेख्ने चलन थियो । अहिले भिडियोसँगै एसी र डिलक्स सुविधा राख्ने होड बढेको छ ।
पूर्वका विभिन्न जिल्लामा चल्ने मेट्रो, मितेरी, मकालु, सितालगायतका बसले एसी र डिलक्स सेवा दिएका छन् । यस्तै पश्चिममा चल्ने महाकाली, सुदूरपश्चिम, साकिरालगायत कम्पनीको पनि एसी र डिलक्स सेवाका बस छन् । यी बसका अगाडि, पछाडि जता बसेपनि उत्तिकै आरामदायी र सुविधा हुने व्यवसायीहरु बताउँछन् ।
एसी बसमा एसी, पंखा, लचकतार र आरामदायी सिट लगाएका सुविधा हुन्छन् । डिलक्समा चाहिँ एसी बाहेकका अरु सुविधा हुन्छन् । यी बसमध्ये कतिले यात्रुलाई आफैं खाना खुवाउँछन् । पानी, कुरकुरे र अरु खानेकुराको सुविधा पनि छ । ‘सबैभन्दा मुख्य कुरा यस्ता बसले बिचमा यात्रु चढाउने र अनावश्यक रुपमा रोक्ने गर्दैनन्’ सिटौलाले भन्नुभयो । एसी र डिलक्स बस सुरु भए लगत्तै अरु बसमा यात्रु कम मात्रै चढ्ने गरेको व्यवसायीहरुको भनाई छ । ‘पूर्व र पश्चिमका मुख्य शहरसँगै पोखरा, बुटवल लगायतका धेरै शहरमा यस्ता बस चल्न थालिसकेका छन्’ सिटौलाले भन्नुभयो, ‘यही स्थितिमा जाने हो भने अबको एक वर्षमा साधारण बस बिस्थापित भैसक्छन् ।’
पर्यटक बसमा भन्दा पनि राम्रो सुविधा एसी र डिलक्स बसले दिने गरेको व्यवसायी बताउँछन् । पूर्व र पश्चिममा चल्ने झण्डै ५ सय बसमा एसी र डिलक्स सुविधा छ । सुविधा धेरै भएकाले यस्ता बसको भाडादर पनि बढी छ । ‘सुविधा अनुसार पैसा दिन यात्रु तयार देखिन्छन्’ सिटौलाले भन्नुभयो ‘डिलक्समा सामान्य बसमा भन्दा २० प्रतिशत र एसीमा ४० प्रतिशत बढी भाडा पर्छ ।’
एसी र डिलक्स बसमा आकर्षण बढेपनि अरु बसमा भन्दा सिट कम हुने भएकाले धेरै यात्रु अटाउन सक्दैनन् । सामान्य बसमा ४२ वटा सिट हुने भएपनि एसी र डिलक्स बसमा ३१ वटा मात्रै सिट हुन्छ । एसी सेवा भएको बसलाई ६५ लाख र डिलक्सलाई ५८ लाख रुपैयाँ पर्ने व्यवसायीहरु बताउँछन् ।

पुराण सुनेर फर्किएका बृद्धको दुर्घटनामा मृत्यु

तेह्रथुम, चैत ३ – आफन्तकोमा पुराण सुनेर घर फर्कदै गर्दा ट्याक्सी दुर्घटनामा परेर संक्रान्ति बजारमा एक वृद्धको ज्यान गएको छ ।

डाडागाउँमा आफन्तको घरमा पुराण सुनेर मे १ च २५६६ नम्बरको ट्याक्सीमा घर फर्कदै गर्दा संक्रान्तिको ग्रामीण सडकमा दुर्घटनामा परेर ७३ वर्षका तारानाथ उप्रेतीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।
कच्ची सडकमा ब्यालेन्स नहुदा ट्याक्सी पल्टिएको प्रहरीको भनाई छ । ट्याक्सीमा रहेका अरु ६ जना भने सकुशल रहेका छन् । ट्याक्सी चालक झापाका कमलराज काफ्ले भने फरार रहेका प्रहरीले जनाएको छ ।

काफलघारीमा बाँदरको आतंक

कास्की (काफलघारी) चैत ३ – पोखराबाट ७ किलोमिटर पूर्व लागेपछि कास्कीको कालिका गाविस काफलघारीमा पुगिन्छ ।

जहाँका वासिन्दाले बिहानदेखि बेलुकीसम्म बाँदर कुर्ने  ड्यूटी गर्नुपर्छ । यताबाट लखेट्दा उताबाट बारीमा छिर्छ, उताबाट लखेट्यो फेरि अर्कोतिरबाट । त्यहाँका बासिन्दालाई बाँदरको ड्युटी गर्दा खाना खाने फुर्सद समेत हुँदैन । ‘जति गर्दा पनि बाँदरबाट मुक्ति पाइएन, घरमा बुढाबुढी मात्रै छौं, पालो गरेर खाना खानुपर्छ’ स्थानीय योगमाया भण्डारी भन्नुहुन्छ ‘एउटा बोटमा एक किलो आलु फल्थ्यो, जोगाउन नसके पछि खेती गर्नै छोड्यौं । अहिले किनेर खानुपर्छ ।’
वरिपरी घना जंगल, त्यसको बीचमा बाक्लो वस्ती र उर्बरभूमि छ । तर बाँदरकै लागि खेती गरिदिए जस्तो हुन थालेपछि त्यहाँका वासिन्दा खेतीपाती गर्नै छोडिसके । कृषक समूहका सचिव इन्द्रप्रसाद गौतमका अनुसार शुरुमा त बाँदरले नखाने खेती गर्ने तयारी भएको थियो । बाँदरले पहिले पहिले मुला, केरा, प्याज, लसुन खाँदैनथ्यो । तर अहिले सबै चिज खाने र नष्ट गर्न थालेपछि त्यो योजना पनि सफल हुन सकेन । ‘बाँदरले भेटेको चिज केही पनि चोखो राख्दैन । त्यसैले काफलघारीका बासिन्दाले अलिअलि बचेका केरा, मेवा पनि प्लाष्टिकले बेरेर राख्नुपरेको छ’ उहाँले भन्नुभयो ।
केही समय पहिलेसम्म बाँदरले यति धेरै सताउँदैनथियो र मान्छे देख्दा भाग्थ्यो पनि । तर अहिले अन्नवाली नष्ट गर्ने मात्र होइन, बाँदरले मान्छे माथि नै पटकपटक आक्रमण गरिसकेको छ । स्थानीय ६० वर्षकी लक्ष्मीमाया भण्डारीलाई घरमै पुगेर बाँदरले आक्रमण गर्यो । ‘घरभित्रबाट मकै लिएर फर्कने क्रममा उसलाई अवरोध गरेपछि चिथोरेर भाग्यो’ लक्ष्मीमायाले भन्नुभयो ‘पहिलेको बाँदर यस्ता थिएनन्, मान्छे देखेर डराउँथ्यो, अहिले धेरै शुरु भएछ । मलाई चिथोरेरै गयो ।’
युवाहरु गाउँमा छैनन्, कोही जागिरमा त कोही विदेशमा । घरमा पुरुष छैनन् । केटाकेटी र महिलालाई बाँदरले टेर्दैन । त्यसैले बाँदरले पेटभरी अन्नबाली खाएर वा नष्ट गरेर जाँदा पनि हेरेको हेरयै हुनु परेको छ त्यहाँका महिलाहरु । स्थानीय अम्बिका भण्डारीका अनुसार बाँदरले पनि महिलाहरुलाई हेप्ने गरेको छ । ‘पुरुषहरु देख्दा डराउँछ, हामीलाई देखेको नदेख्यै गर्छ, यताबाट हान्दा उता फर्कन्छ’ अम्बिका भन्नुहुन्छ ‘बाँदर भगाउन नसक्दा त खेतीपाती नै बाँदरका लागि गरिदिए जस्तै भएको छ । पेटभरी भएर जाँदा र सबै नष्ट गर्दा पनि चुप लागेर बस्नु पर्छ कि, कि डरले लुक्नुपर्छ ।’
महिलाहरु स्वभावैले नरम स्वभावका, दया गर्ने र डराउने, आत्तिने, कराउने खालका हुन्छन् । बाँदरविद डा. मुकेश चालिसे भन्नुहुन्छ ‘यो कुरा बाँदरले बुझिसकेको हुन्छ, जसले गर्दा बाँदरले महिलालाई बढी हेप्न खोज्छ ।’ यस्तै पुरुषको तुलनामा महिलाहरु छरितो भएर नहिँड्ने, साडी, फरिया, सल लगाएर हिँड्ने र त्यसले भाग्दा अल्झिने, लड्ने भएकाले बाँदरले त्यसलाई महिलाको कमजोरीका रुपमा लिन्छ र झनै हेप्न खोज्छ । अहिले  नेपालमा एक लाखभन्दा बढी बाँदर रहेको अनुमान गरिन्छ । वासस्थानको विनास, संख्यात्मक बृद्धि र जंगलमा प्रयाप्त आहारको कमीले बाँदर मानव वस्तीमा जाने क्रम बढेको छ । त्यसैले बाँदरबाट जोगिन केही उपाय अपनाउनुपर्ने चालिसेको सुझाव छ । उहाँका अनुसार, बाँदरले अमिलो, पिरो, तितो वा गन्ध आउने चिज बढी रुचाउँदैन । त्यसैले उसले नखाने खेतीपातीतिर बढी ध्यान दिनुपर्छ ।  
साह्रै बदमास बाँदर छ भने त्यसलाई भगाएर आफ्नो वासस्थानबाट टाढा भगाउनुपर्छ । आवश्यक परे सरकार वा सम्बन्धित निकायसँग अनुमति लिएर वा सल्लाह गरेर बाँदरलाई हटाउन सकिन्छ । अनि बाँदरले धेरै नै दुःख दिने गरेको भए त्यसलाई समातेर औषधि विज्ञानमा पठाई दिनुपर्छ । ताकि औषधिको परीक्षणमा बाँदर प्रयोग होस् । किनकी संसारभरि औषधि विज्ञानका लागि भनेर दशौं हजार बाँदर प्रयोग गरिएको हुन्छ ।

क्रिकेटले राष्ट्रियता जुरुक्कै उचाल्दा

काठमाडौ, चैत ३ – सार्वजनिक कार्यक्रममा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्ने नेताहरुको विचार र भावना आइतबार एउटै बन्यो ।

फेसबुक र ट्वीटरमा नियमित छाइरहने नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालका शीर्ष नेताहरुले आइतबार सार्वजनिक गरेको विचार हेरौं:
बाबुराम भट्टराई: ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाली टिमले हङकङमाथि शानदार जित हासिल गरेर सम्पूर्ण नेपालीको शिर उचो गरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र वसन्त रेग्मी ले यो जितमा विशेष भूमिका निर्वाह गरे । सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद र वधाइ ।
कमल थापा: Congrats Nepali cricket team for the wonderful win. Historic debut. Today you guys have made our nation proud. Keep it up.
रामशरण महत:  Congratulations boys,Shakti Gauchan in particular! You ve famished a team that many considered formidable for u until a few hours ago !
Remarkable bowling, Cricket Nepal destined for a big win over Hong Kong. Keep it up boys ! Good show by Cricket Nepal in batting ! Well done, expect bawlers to show their mettle!
शंकर पोखरेल: बधाई छ नेपाली क्रिकेट टोलीलाई , राम्रो खेलका लागि । नेपाली क्रिकेटलाई प्रोत्साहन दिन भोली नै सरकारले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने रकम उपलब्ध गराउने घोषणा गर्नु राम्रो हुन्छ ।
राजनीतिक दलका नेताहरुको मात्रै होइन, फरक विचार र धारणा राख्ने सबैको भावना आइतबार यस्तै साझा थियो । त्यो र यो, म र तँ भनेर मनमुटाव गरिरहनेहरुको मन एउटै बनाउने काम गरेको थियो बंगलादेशमा भइरहेको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटले । त्यो दल र यो दल भनेर आपसमा मारमुङ्ग्री गरेपनि खेलले आपसमा दलदल होइन, एकताको बल प्रदान गर्छ भन्ने कुरा आइतबार पनि पुष्टी भयो ।
बंगलादेशको राजधानी ढाकाबाट पनि निकै परको ठाउँ चटगाउँ आइतबार सबै नेपालीका लागि आफ्नै आँखा अगाडिको आँगन सरह भयो । लेखपढ र कामको सिलसिलामा बंगलादेशमा रहेकाहरु त मैदानमै पुगेका थिए । कतिपय त खेल हेर्नकै लागि नेपालबाटै बंगलादेश गएका थिए ।  देशभित्र र बंगलादेशभन्दा बाहिरी देशमा रहेका नेपालीहरुलाई पनि चटगाउँ आफ्नै गाउँ र ठाउँजस्तो भयो । नेता, अभिनेता, सरकारी कर्मचारीदेखि गाउँठाउँका साधारण किसानले पनि टेलिभिजनको पर्दामा आफैंले बलिङ र ब्याटिङ गरेजसरी मज्जाले खेल हेरे ।
नेपाल लेखिएको जर्सी लगाएका आशालाग्दा युवा खेलाडी । ‘नेपाल, नेपाल, नेपाल...’ भन्दै हातमा चन्द्रसूर्य अंकित राता झण्डा, गालामा पनि झण्डा र देशको नाम पेन्टिङ गरेका युवायुवतीको उत्साह । टेलिभिजनको पर्दामा आँखा झिमिक्क नगरी बसेका दर्शक ।
बेलुकी साँझ पर्ने बेला चटगाउँको मैदानमा जब नेपाली खेलाडी ओर्लिए, त्यसपछि टेलिभिजन हेरिरहेका दर्शकको मन ढक्क फुल्यो । राष्ट्रिय गानको धुन गुञ्जन थालेपछि सबैलाई जुरुकजुरुक बनायो । नेपाली झण्डा फहराएसँगै राष्ट्रियताको भावना सलबलाउन थाल्यो । खेल अवधिभर सबैले नेपाल र नेपाली मात्र सम्झे । आपसी वैमनश्यता र मनमुटाब चटक्कै बिर्सिए ।
खेलाडी ११ जना भएपनि टेलिभिजन हेर्ने सबैलाई आफैंले खेल खेले झैं बनायो । ‘थुक्क, ला, उफ्...’ भनेर चुकचुकाउनुभन्दा हुर्रे, स्याबास् भनेर उफ्रने क्षण मात्रै आयो । गालीभन्दा तालीको वर्षा भयो । मनमा निराशा भन्दा आशा र उत्साह मात्रै बढायो । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामीको जय जयकार भयो । दिनभरि होली मनाएर नुहाईधुवाई गरेर क्रिकेट हेर्न बसेकाहरुलाई मध्यरातमा फेरि जितको खुशीयाली मनाउने अवसर जुर्‍यो ।
सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियताको भावनाले प्रफुल्ल पार्ने, फरफराएको झण्डा र गुञ्जिएको राष्ट्रिय गानले जुरुकजुरुक बनाउने अवसर यस्तै क्षणमा मात्र दोहोरिन्छ । विश्वकप क्रिकेटले आइतबार ल्याएको खुशीयाली र एकताको भावना मंगलबार फेरि दोहोर्याउने पर्खाईमा आम नेपाली बसेका छन् ।

मुखमैथुन गराउने शिक्षक पक्राउ

डोटी, चैत ३ – गगुडा–१ को भवानी निमावि, पलाडीमा कार्यरत शिक्षक योगेन्दबहादुर बोगटी आफ्नै विद्यार्थीलाई मुखमैथुन गर्न लगाएको आरोपमा पक्राउ परेका छन् । उनले ६ महिनादेखि चारजना बालबालिकालाई लगातार मुखमैथुन गराउँदै आएको आरोप छ ।


विभिन्न बहानामा छात्रा शौचालयमा लगेर बोगटीले उनीहरूलाई मुखमैथुन गर्न लगाउने गरेको पीडितका अभिभावकले बताएका छन् । उनले कक्षा १ र २ मा अध्ययन गर्ने चार विद्यार्थीमाथि यौनदुव्र्यवहार गर्ने गरेका हुन् । शिक्षक बोगटीलाई प्रहरीले हिरासतमा लिएको छ । उनी सोही ठाउँका स्थानीयवासी हुन् ।
बोगटीले कक्षा १ अध्ययन गर्ने पाँच वर्षीया बालिका एकजना र ६ वर्षीया दुई तथा कक्षा २ मा अध्ययन गर्ने आठ वर्षीया बालिकालाई विभिन्न बहानामा मुखमैथुन गर्न लगाएको पीडित बालिकाहरूले बताएका छन् । आरोपी शिक्षक बोगटीले छात्राका यौनांग चलाउने, आफ्नो यौनांग चलाउन लगाउने र मुखमैथुन गर्ने गरेको उनीहरूको दाबी छ ।
विद्यार्थीमाथि यौनदुव्र्यवहार भएको भन्ने आफूहरूलाई थाहा भएपछि शुक्रबारै अरोपी शिक्षक बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम पठाइसकेको चनुकाँडा प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दीपकबहादुर सिंहले जानकारी दिए । घटनाको स्थलगत अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ । इन्चार्ज सिंहले भने, ‘विगत लामो समयदेखि शिक्षकले त्यस्तो दुव्र्यवहार गर्दै आएका रहेछन्, हामीलाई ढिलो जरी जानकारी आयो, कारबाही प्रक्रिया अगाडि बढिसकेको छ ।’
बोगटीले कक्षा २ मा अध्ययनरत एक बालिकालाई जबरजस्ती करणी गर्ने प्रयाससमेत गरेको बताइएको छ । अभिभावकका अनुसार बालिकाहरू घरमा आएर वाकवाक गर्ने, विद्यालय जान डराउने, खाना खाँदा बान्ता गर्न थालेपछि सोधखोज गर्दा यौनदुव्र्यवहारको घटना थाहा भएको हो भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । -

नेपाल को डोटी जिल्ला Doti District Nepal

The former Doti Kingdom included not only Doti district; it was expanded up to Achham, Bajhang, Bajura, Dadeldhura, Baitadi, Kailali, Kanchanpur, Darchula, extending as far as Dehradun and Kumaun Garwal. History of Doti kingdom is little known. Doti was the capital of that kingdom. Deuki tradition, basically, is practiced not in proper Doti but nearby districts including Dadeldhura, Baitadi and Darchula. During the reign of King Nagi Malla in the 17th century, western Nepal was in ruin. Natural calamities, drought and cholera consumed his Kingdom. The priests predicted that relief would come if the king offered his daughter to the temple of Bhageshwor Mahadev. Housing facilities were immediately prepared, and the princess began her life with the Gods. When the difficulties in the kingdom were eased, a new tradition was born, that has grossly degenerated and developed in new era and that all credit went to King Mandhata Shahi "Rainka", the next king after Nagi Malla who has honestly claimed 'Deuki Pratha', and now mars the image of cultural purity that Nepal would proudly claim. The story of ‘Deuki’ practice dominates the tradition of the region. 
Shaileshwari Temple, Doti
Shaileshwari Temple, Doti

Chhaupadi Tradition: The traditions prevailing in the far western region in Nepal is mainly women dominated. During the period of menstruation, the females have to live in small huts, separate from their family. But, it is gradually eroding.

Political Boundary 
East: Achham, 
West: Dadheldhura, Baitadi, 
North: Bajhang and Baitadi, 
South: Kailali, Kanchanpur and Surkhet. 
Mustard field in Doti
                                             Mustard field in Doti



Location
Rajpur Doti Nepal
Rajpur, Doti
Longitude: 80’’ 34””-81’’ 12””
Latitude: 28’’ 56””-29’’ 24”
Headquarter: Silgadhi 
Area 2916 sq. km.

Population:
Total household: 41,440
Male: 97,252
Female: 114,494
Total Populations: 211,746 

Climate

Sub- tropical, Cool- temperate, Alpine Temperature. 
Maximun Temperature: 33.7 °Centigrade 
Minmum Temperature: 3.0 °Centigrade
Rainfall 860.8 ml.

Predominant cultures 
Nepali,Doteli ,Dalit, Gurung, Newar, Tamang. 

Tourist attraction centers
Shaileshwari temple, Silgadhi, Malikasthan, Jorayal,  Lana Kedareshwar, Seti river. 
Silgadi Doti
Silgadi Doti

Gadsera village of Doti
Gadsera village of Doti (Photo: Kishor Bikram Shah)
Bandurisen Doti
Bandurisen, Doti


Bandugrisain village Doti
Bandugrisain village of Doti


Dhurkot jat
Dhurkot jat(Religious festival) in Doti

Dhurkot Village
Dhurkot Village, Doti

Dhurkot jat in Doti
Resting now (Dhurkot jat in Doti)

fodder for  Domestic Animal
Women of Banedungrisain Doti carrying fodder for  Domestic Animal

Pachanali Doti
Pachanali Doti

Sirkholi Doti
Scenario of Sirkholi Doti

Talkot Doti
Talkot, Doti

Bhadipatal village of Doti
Bhadipatal village of Doti

Latakafali jaat in Mudbhara
Latakafali jaat in Mudbhara, Doti

Students are taking class
Students are taking class in sunny day in Doti

Map Of Doti District
Doti District map

 












Major rivers 
Seti, Budhi Ganga, Karnali, and Thuligad. 
West Seti River doti
West Seti River in Doti
Towns and Villages 
  • Banalekh
  • Banjha Kakani  
  • Barchhain  
  • Basu Devi 
  • Bhawardanda  
  • Bhadhegau 
  • Bhumiraj mandau 
  • Chamara Chautara
  • Chhapali 
  • Chhatiwan
  • Dahakalika 
  • Daud 
  • Dhanglagau
  • Dhirka mandau
  • Dipayal Silgadhi Municipality
  • Durga Mandau 
  • Gadasera 
  • Gaguda 
  • Gaihra Gaon 
  •  Ganjari 
  • Ghanteshwor 
  • Girichauka 
  • Jijodamandau 
  • Kadamandau 
  • Kalena 
  • Kalikasthan
  • Kanachaur
  • Kapalleki 
  • Kedar Akhada 
  • Khatiwada 
  • Khirsain 
  • Lada Gada
  • Lami khal
  • Lana Kedareswor 
  • Latamandau 
  • Laxminagar
  • Mahadevsthan 
  • Mannakapadi 
  • Mudabhara 
  • Mudhegaon 
  • Nirauli
  • Pachanali 
  • Pokhari 
  • Rana Gaon 
  • Sana Gaon 
  • Saraswotinagar 
  • Satphari 
  • Seemchaur 
  • Tijali 
  • Tikha 
  • Tikhatar
  • Toleni 
  • Wagalek 
  • Warpata 
Most of all Photos are taken by Photographer Kisan Mahara. Who is one of the part of our mission.
Source :- http://beautifulfarwestnepal.blogspot.in/2012/02/doti-district.html