Friday, September 16, 2016

गाबिसमा काम गर्ने संस्थाले मासिक प्रतिबेदन बुझाउनु पर्ने

गाबिसमा कार्यरत सम्पूर्ण संघ संस्था हरुकाे साझेदारी बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ ।त्रैमासिक रुपमा गाबिसमा काम गर्ने संघ संस्था हरुकाे चुनाैति, उपलब्धि सिकाई तथा अागामी दिनमा गर्नुपर्ने कामकाे बारेमा छलफल गरिएको थियाे । बैठक मा गाबिस मा रहेका सराेकार निकाय का गरि ३२ भन्दा बढीको सहभागिता रहेको थियोे । कार्यक्रममा वाम का रत्ना रावत, सुन्दर नेपालका खगिसरा मर्साङगी, सेलर्डका नैनसरा बलामी, ईक्वेल एक्सेसका धर्म राज खनाल र गाेमा सुनार, अावाजका काेकिला कठायत, एकता फाउन्डेसनका दुर्गबहादुर बि क, HC3 का शान्ती थापा मगर, किर्डाक नेपालका कृष्ण बि क ले प्रतिबेदन प्रस्तुत गरेका थिए । वडा नागरिक मञ्च, सचेतना केन्द्र, महिला सञ्जाल, युवा संजाल, राजनीतिक दल ले प्रगति प्रतिबेदन माथि छलफल तथा सल्लाह सुझाव दिएका थिए । बैठकमा साझेदारी बिकास परियाेजना अन्तरगत का साझेदार संस्था र अन्य संस्था बिच अापसी छलफल गरि थप कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र साे काे जानकारी गाबिस मा दिनुपर्ने सहभागीहरुले बताएका छन् । बैठकमा गाबिस सचिव भद्रबहादुर थापाले गाबिसमा रहेका कार्यरत संघ संस्थाहरु गरेका कामहरुकाे जानकारी गराउनुपर्ने बताउनुभएको छ । USAID साझेदारी बिकास परियाेजना काे सहयाेगमा सुन्दर नेपाल संस्था काे अायाेजनामा संचालन भएको बैठक मा गाबिस कार्यालय ले समन्वय गरेकाे थियाे ।
साभार अमर कार्की बाबियाचाैर

Thursday, September 15, 2016

बसन्तपुरमा इन्द्रजात्राको रौनक, हेर्नुस् ९ तस्वीर

३० भदौ, काठमाडौं । जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइएको छ । जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बिहीबार दरबार स्क्वायरस्थित तल्लो टोलमा रथ तानिएको छ । भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेकाहरू अझै भएकोले रथ यसपालि पनि दिउँसै तानिएको छ ।
भोलि शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचाःयाः भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचाःयाः को दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।
भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखेर व्यवस्थापन गरिएको बताइएको छ । जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन, त्यसैले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ ।

सुर्खेत–कोरिया सम्पर्क समितिको गठन

सुर्खेत, ३० भदौ । सुर्खेत–कोरिया सम्पर्क समितिको अध्यक्षमा लक्ष्मीनारायण बस्नेत निर्वाचित भएका छन् । दक्षिण कोरियाको सिउलमा सम्पन्न समितिको तेस्रो साधारणसभाले बस्नेतलाई अध्यक्षमा सर्बसहमतिमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा खगेन्द्र सुनार, सचिवमा भोजराज जोशी, सहसचिवमा विश्व राष्ट्र विश्व विसी र कोषाध्यक्षमा विलिन विसी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कुमार भट्टराई, गगन रावल, पुरन थापा र कविन्द्र रावल निर्वाचित भएका छन् ।
11 सदस्यीय कार्यसमिति हुने बिधान भयकोले ऊक्त समितिले दुई जना थप सदस्य मनोनित गर्ने छ । कोरियामा तीन सय भन्दाबढी सुर्खेतीहरु कार्यरत रहेका छन् । नवनिर्वाचित अध्यक्ष बस्नेतले कोरियामा कार्यरत सुर्खेतीहरुको हक, अधिकार र उनीहरुका पक्षमा आफूले काम गर्ने बताए । ‘यसका साथै विदेशमा कमाएको धन र यहाँको सिपलाई आफ्नो जिल्लामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा पनि मेरो र मेरो टीमको ध्यान रहने छ’ उनले भने, ‘समितिमार्फत जिल्लामा केही नयाँ सामाजिक कार्य गर्ने धेय रहेको र छिट्टै ऊक्त नवगठित समितिको पहिलो बैठेकले केहि थप नया सर्जनात्मक निर्णय गर्ने अध्यक्ष बस्नेतले बताऊनु भयो।कार्यक्रम सुर्खेति युवाहरुका अगुवा तथा कोरियन शिक्षक आसाराम ढुगंनाको प्रमुख आथित्यमा समापन भयको थियो।कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका सदस्य किरण प्रकाश बि सि ले सहजकर्ताको भुमिका निभाऊनु भयको थियो।बि सि किरणले बिगत 2008 देखि अहिले सम्म करिब 8 बर्षको समयमा कुनैपनि सुर्खेतिले दुर्घटनाको कारण ज्यानको क्षति नहुनु एक सुखद सन्देश भयको बताऊनु भयो।सुर्खेतिहरुको सदैब सकरात्मक सहयोगको लागि नेपाल सम्पर्क समितिको केन्द्रीय टिममा आफुले थप छलफल गर्नेपनि ऊहाले बताऊनु भयो।

लाखे नाचमा आएका युवक नारायणीमा वेपत्ता

३० भदौ, नारायणगढ । चितवनमा आयोजित पाचौं राष्ट्रिय लेखा नाच प्रतियोगितामा सहभागी हुन आएका एक युवक नारायणी नदीमा वेपत्ता भएका छन् । धरान घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका अन्दाजी २२ वर्षका सौगात मोक्तान विहीबार दिउँसो वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । उनी बुधबार चितवन आएका थिए । गर्मी भयो भन्दै विहीबकार नुहाउन नदीमा गएका उनी दिउँसो दुई बजेदेखि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष तालिम प्राप्त टोली परिचालन गरिएको छ ।

Sunday, September 11, 2016

‘संविधान संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र’

२६ भदौ, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले विदेशी शक्तिले त्यस्तो षड्यन्त्र गरेकाले एकताबद्ध र संगठित प्रतिवाद गर्नुपर्ने आवश्यकतासमेत औाल्याए । तर, कुन शक्तिले पार्टी फुटाउने षड्यन्त्रका के–कस्ता योजना बनाइरहेका छन् भन्ने कुरा ओलीले स्पष्टसँग खुलाएनन् । उनले एमालेबाहेक राप्रपा नेपाललगायतका अरू राष्ट्रवादी शक्तिलाई समेत जसरी पनि फुटाएर संविधान संशोधनका लागि दुईतिहाइ पुर्‍याउने खेल भइरहेकोसमेत चर्चा गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘उहाँले संविधान संशोधनका लागि एमालेलगायतका राष्ट्रवादी शक्तिलाई फुटाउने षड्यन्त्र भइरहेकाले गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो,’ ओलीलाई उद्धृत गर्दै एक पदाधिकारीले भने । सरकारले प्रधानमन्त्रीको भारत भ्रमणअगावै आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने गृहकार्य गरिरहेका वेला प्रमुख विपक्षी एमाले अध्यक्ष ओलीले स्थायी समितिमा त्यस्तो भनाइ राखेका हुन् ।

आजीवन पेन्सनको व्यवस्था गर्न द्वन्द्वपीडित सुरक्षाकर्मीको माग

२६ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वका पीडित सुरक्षाकर्मीका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर आजीवन पेन्सनको व्यवस्था गर्न माग गरेका छन् । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले सत्य निरुपण तथा मेलमिलाप आयोगको दायराभित्र आफ्ना समस्या समावेश गर्न, पीडित सुरक्षाकर्मी र परिवारलाई पीडितको पहिचानसहित सुविधाको व्यवस्था गर्न, मृतक सुरक्षाकर्मीलाई पनि शहिद घोषणा गर्न, पीडित सुरक्षाकर्मीलाई आजीवन पेन्सनको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटमा प्रधानमन्त्रीले द्वन्द्वपीडित सुरक्षाकर्मीका मागलाई हेरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । प्रधानमन्त्रीले भने, ‘तपाईहरुले आफ्ना समस्या र मागबारे अवगत गराउनु भयो । म बुझेर आवश्यक निर्णय गराउनेछु ।’ आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रहेका द्वन्द्वपीडित सुरक्षाकर्मीका प्रतिनिधिहरु सहभागी थिए ।

Monday, August 8, 2016

‘ब्वाइफ्रेन्ड एउटै हुँदा त कहाँसम्म !’ http://bit.ly/2aHoSsv

कलाकारहरू सिंगल कमै हुने गर्छन्। अविवाहित अवस्थामा कसैसँग रिलेसनसिपमा रहे पनि यस्तामध्ये कमैले यो कुरा स्विकार्ने गर्छन्। किन होला? जवाफ आलिया भट्टले दिएकी छन्। उनका अनुसार, रिलेसनसिपकै कारणले महिलाहरूबारे अनेक टिप्पणी हुने गरेकाले यो मामिलामा बलिउड अभिनेत्रीहरू मौन रहने गरेका हुन्। किनकि, सम्बन्ध एउटासँग मात्रै सधैँ नरहन पनि सक्छ र ब्रेकअपपछि सिंगलै बसिन्छ भन्ने हुन्न। ‘भारतमा हामी समाजको एउटा अंग हुने गर्छौं, यस्तो समाजको जुन निकै जजमेन्टल हुने गर्छ,’ उनले हफिङटनपोस्टसँग भनेकी छन्, ‘यस्तो समाजमा कुनै केटीका धेरै ब्वाइफ्रेन्ड हुनु भनेको अझै पनि ठूलै जोखिमको कुरो हो। त्यसैले, समाजको खिसीटयुरीबाट बच्न बलिउड अभिनेत्रीहरू आफ्नो प्राइभेट लाइफबारे सार्वजनिक रूपमा कुरै गर्न चाहन्नन्। मेरो बचावट मैले नै गर्नुपर्छ, हामीकहाँ।’ आलियाले अमेरिकी गायिका टेलर स्विफ्टको सन्दर्भ उठाउँदै थपिन्, ‘टेलरले आफूले यो उमेरसम्म आइपुग्दा धेरै जनासँग डेटिङमा रहेको स्विकारेकी छन्। उनी भारतमा भएकी भए र यस्तै कुरा गरेकी भए आत्मग्लानिले सामाजिक अपहेलनाका कारण मर्नुपथ्र्यो अनि उनको इमेज अर्कै बनिसक्थ्यो। अभिनेता सिद्धार्थ मलहोत्रासँगको सम्बन्ध उनले स्विकारे के हुन्थ्यो होला भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘मैले स्विकारुँला, तर यो सधैँ यस्तै रहन आवश्यक नहुन पनि सक्छ। भोलि म उनीसँगको रिलेसनसिपबाट बाहिर निक्लेँ र यसबारे भिन्न तरिकाले सोच्न थालेँ भने? यही कुरालाई लिएर भोलि समाज मेरो पछाडि परोस् भन्ने म चाहन्नँ। ओहो तिम्रो ब्रेकअप भयो, अब अर्को को त भन्ने खालका प्रश्नले महिलालाई उनीहरूले चाहेजसरी स्वतन्त्र–स्वच्छन्द भएर बाँच्ने अनुमति दिँदैन।’ प्रकाशित: श्रावण १९, २०७३ कान्तिपुर ›मनोरञ्जन ›एजेन्सी http://bit.ly/2aHoSsv