Sunday, October 9, 2016

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ । अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । “हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने। “रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,”एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने । रासस/सिन्ह्वा

महिला क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने जिम्मा जसको काँधमा छ

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपाली युथ–१९ टोली पहिलोपल्ट क्रिकेट खेल्न हङकङ गएको थियो। त्यो युवा टोलीमा नेपालका उपकप्तान थिए, राजु बस्नेत जो पछि राष्ट्रिय टोलीमा पनि सम्मिलित भए। उनै राजुसँग १९ वर्षपछि एउटा संयोग जुरेको छ। उनी विश्वकप छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हुन्। र, आफूले सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको देश हङकङमा फरक भूमिका बोकेर पुनः मैदानमा ओर्लिंदै छन्। त्यतिबेला राजुले बल, ब्याट र क्षेत्ररक्षण तीनवटै विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए। यसपालि उनले नेपाली चेलीबाट कस्तो प्रदर्शन गराउलान्? यसले उनको भविष्य पनि तय गर्नेछ। कारण, राजुले प्रशिक्षणको लेभल–३ कोर्स गरिसकेका छन्। यो कोर्स गर्नेमा नेपालमा उनीबाहेक राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, विनोद दास, दीपेन्द्र चौधरी, महेश रिजाल र नवीन सिंह मात्र छन्। राजुको नेतृत्वमा गत वर्ष मलेसियामा नेपाली युथ–१६ टोलीले उपाधि जितेको थियो। उनको अनुभवबाट महिला टोलीले पनि केही फाइदा उठाउने विश्वास गरिएको छ। राजु घरेलु प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) को टिम हेर्ने गर्छन्। उनको प्रशिक्षणमा रहेको एपिएफले तीन महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। हङकङमा नेपाली महिला टोली चीन, हङकङ र थाइल्यान्डसँग भिड्दैछ। दुई वर्षअघिको प्रदर्शनलाई मनन गर्ने हो भने नेपालको प्रदर्शन यी तीनवटै राष्ट्रविरूद्ध कमजोर छ। त्यसैले यो समूहमा नेपाल सबैभन्दा कमजोर प्रतिद्वन्द्वी मानिन्छ। राजुका लागि आइतबार सुरु हुने छनोट खेल धेरै अर्थमा महत्वपूर्ण छ। विश्वकप छनोटअन्तर्गत एसियाको समूहमा रहेको नेपालले आफूलाई छनोटमा टिकाइरहन जुनसुकै हालतमा जित निकाल्नु अनिवार्य हुनेछ। यो समूहबाट विजेता बन्ने राष्ट्रले मात्र अर्को वर्ष ‘ग्लोबल क्वालिफाइङ’ मा भाग लिन पाउनेछ। र, ग्लोबल क्वालिफाइङमा छनोट भएको राष्ट्रले इङ्ल्यान्डमा आयोजना हुने महिला विश्वकप खेल्न पाउनेछ। ‘मलाई थाहा छ यो छनोट मेरो लागि निकै चुनौतिपूर्ण छ,’ ३६ वर्षीय प्रशिक्षक राजुले सेतोपाटीसँग भने, ‘यसको जानकारी हुँदाहुँदै मैले टिम लिने साहस गरेँ। म पहिलेदेखि नै चुनौतीलाई स्वीकार गर्ने खेलाडी हुँ।’ सन् २००३ मा नेपालमा भएको इमर्जिङ नेसन्स कपमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि राजुको खेल जीवन २०१४ सम्म लम्बिएको थियो, जब उनले दुई वर्षअघि अन्तिमपल्ट एसिसी ट्रफी खेले। यस अवधिमा उनले सबैभन्दा बढी तीनदिने खेल खेले। त्यसैले उनलाई ५० ओभरको फरम्याटको पूर्ण जानकारी छ। उनी यसको विशेषता पनि जान्दछन्। तर, सुषुप्त अवस्थामै रहेको नेपालको महिला टोलीलाई जीतको अनुभवबाट डोर्याउन पक्कै फलामको चिउरा चपाउनुजत्तिकै कठिन हुनेछ राजुका लागि। नेपालसँग भिड्न लागेका देशमध्ये चीनले महिला क्रिकेटमा धेरै लगानी गरेको छ। यही प्रतियोगिताका लागि थाइल्यान्डले आफ्नो पूरा तयारी श्रीलंकामा गरेको छ। हङकङको टिम भारतमा अभ्यास गरेर फर्किएको छ। तर, नेपालले एक महिनाअघि मात्र केही पुराना खेलाडीसँग नयाँ खेलाडीको खोजी गरेको थियो। अभ्यासका सुरुका दिन महिला खेलाडीलाई एउटा इनिङमा ४० रन कटाउन पनि धौ–धौ पर्थ्यो। अहिले उनीहरू आरामले १ सय २० रन बनाउन सक्ने भएका छन्। यसलाई राजु खेलाडीमा आएको परिवर्तन मान्छन्। र, मैदानमा ओर्लिंदासम्म थप सुधार देखिने बताउँछन्। ‘हाम्रो महिला क्रिकेट अहिले पनि परम्परागत हिसाबले चलेको छ। उनीहरूलाई क्लोज क्याम्पमा प्रशिक्षण दिँदा सुरुमा डिफेन्स कसरी गर्ने र फ्रन्ट फुटमा कसरी जाने भनेर सिकाउनुपर्ने अवस्था छ,’ उनले भने। रुबिना क्षेत्रीको कप्तानीमा रहेको महिला टोलीमा युवा खेलाडीको बाहुल्य छ। त्यसैले राजु पनि महिला क्रिकेटको भविष्यप्रति निकै आशावादी छन्। उनी एक वर्षअघि आफूले जिम्मेवारी लिएको युथ–१६ टोलीभन्दा महिला टोलीलाई खेलमा ढाल्न गाह्रो परेको अनुभव सुनाउँछन्। तर, उनको अगाडि अब कुनै उपाय छैन। विरूद्ध हङकङ (आइतबार र बिहीबार) विरूद्ध थाइल्यान्ड (सोमबार र शुक्रबार) विरूद्ध चीन (मंगलबार र शनिबार)

Saturday, October 8, 2016

युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् । उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो । ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे । उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे । ‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’ ‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् । ‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

भाइबरले नेपालमा तोक्यो फ्रि भाइबर क्षेत्र

अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । भोलि २२ गतेदेखि लागू हुने गरी पाँच स्थानलाई फ्रि भाइबर तोकेको हो । जसमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट -शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट -काठमाडौं मल) र डिजी टेक काठमाडौं -पाको न्यूरोड (ताम्राकार हाउसको अगाडी) छन् । सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध फि्र भाइबर क्षेत्रमा प्रयोगकर्ताहरुले निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । ‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ, भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भनेका छन् । उनका अनुसार भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरेको छ ।

Saturday, October 1, 2016

गुटु माविमा विद्यार्थिहरुलाइ चस्मा बितरण

असाेज 14 गते सुर्खेत गुटु माविमा गुटु स्वास्थ्य चाैकीकाे अायाेजना र जीवन ज्याेति मावीकाे सहकार्यमा अाँखा कमजाेर बिद्यार्थीलाई सुर्खेत अाँखा अस्पतालकाे सहयाेगमा निशुल्क चस्मा बितरण र जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतकाे स्वास्थ्य शिक्षा अन्तर्गत "मानव जीवनमा अाँखाकाे महत्त्व"
बिषयमा बक्तृत्वकला पुरस्कार सहित समपन्न ।यस कार्यक्रम लाई शुरू देखि अन्त सम्म स्वास्थ्य चाैकी गुटुकाे तर्फ बाट सि‍ अ हे व गगन पाण्डे ज्यूले यस कार्यत्रःममा बिषेश भुमिका निर्बाह गर्नुभएकाे थियाे ।

यस्तो छ १८ बर्षमै मोडलिङ्मा जमेकी बिनाको सफलता

जितमान विसी/ सुनौलोनेपाल काठमाडौं: नेपाली संगीत क्षेत्रको आकाशमा चम्किरहेकी चर्चित मोडेल बिना तामांङको चर्चाले एकताका स्वदेश तथा बिदेशको माहोल निकै तताएको थियो । सानै देखी अध्ययनमा लगनशिल बिनाले म कसरी अभिनयको क्षेत्रमा लागेर सबैसामु परिचित हुनसक्छु भन्ने सोच राखेकी थिइन् अन्तत: बिना जुन सपना बोकेर नेपाली संगीत क्षेत्रमा पाइला राखिन अहिले पुरा हुँदै गएको उनि बताउछिन । १८ बर्ष अगाडी चितवनमा जन्मिएकी बिना राम्री अनि सहनसील स्वभावकी छन् भनेर उनलाई चिन्ने र बिनाका आफन्त साथीभाई हरु बताउछन् । अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी बिना केहि महिना यता म्युजिक भिडियोमा देखा परिनन सुनौलोनेपाल संगको कुराकानीको क्रममा जोड्दै भनिन म संगीत क्षेत्र बाट केहि महिनाको अन्तरालमा जन्मथलो चितवनमै रहेर आफ्नो विजनेस सम्हाल्नु को साथ-साथै अहिले नया म्युजिक भिडियोमा पनि काम गरिसकेको बताएकी छिन । आफुले अभिनय गरेको म्युजिक भिडियोलाई माया गर्ने सम्पुर्ण दर्शकहरु प्रती आभार व्यक्त गर्दै आफुले अभिनय गरेको नेपाली म्युजिक भिडियो हेरेर सुनेर प्रतिक्रियाको साथमा माया गरिदिनु होला भनि आग्रह समेत गरेकी छिन । श्रोता, दर्शकको माया नै आफ्नो सफलता ठान्छिन विना “हजार जुनी जुनी” बोलको गीतबाट अभिनयको क्षेत्रमा पाइला टेकेकी बिना लाइ सोहि बोलको गीत “हजार जुनी जुनी” ले उनलाई बिना तामांङ भनेर चिनाएको र धेरै माथी पुर्याएको बताइन । अभिनयको क्षेत्रमा बिनाको उचाइले सफलताको शिखर चुम्नु सफल होस्, सुनौलो नेपालको तर्फवाट पनि बिनालाइ

आज घटस्थापना

आश्विन १५, २०७३- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । रासस