Thursday, October 13, 2016

कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामा रहेका ३५ सय नेपाली कामदारबाट संकलित पैसाले सुरुमा ब्युटिसियन सम्बन्धी प्रोडक्टहरु खरिद गर्ने गरिएको पाइएको छ । नेपाली कामदारको पैसाले किनिएका ती सौन्दर्य सामाग्री चिनियाँ बिचौलिया एवं व्यापारीहरुले कोरियाबाट चीन निर्यात गर्ने गरेका थिए । यो काम सन् २०११ अगस्तदेखि निरन्तर हुँदै आएको थियो । नेपाली कामदारले आफ्नो घरमा पठाएको पैसाले चिनियाँहरुले व्यापार गर्ने गरेका थिए । र, त्यसबाट कमाएको मुनाफा एवं कमिसन नेपालमा पठाइन्थ्यो । कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ नेपाली कामदारले आफ्नो कमाइ परिवारका सदस्यसम्म पुगेको ठान्ने गरे पनि त्यो पैसाबाट चिनियाँहरुले मस्तसँग व्यापार गरेको लगभग पाँच वर्ष बितिसकेको रहेछ । व्यापारमा चिनियाँहरु कतिसम्म चण्डाल बनिसकेका छन् र सोझा नेपालीलाई कसरी ‘मूर्गा’ बनाउने गरेका रहेछन् भन्ने यसबाट खुलासा भएको छ । तर, तपाईहरुले नठान्नोस् कि चिनियाँहरुमात्रै धूर्त छन् । बरु चिनियाँ विचौलियासँग मिलेमतो गरेर नेपाली कामदारको पसीनाको दुरुपयोग गर्ने धन्दामा नेपालीको समेत संलग्नता खुलेको छ । घटनामा एक नेपालीसमेत पक्राउ परेका छन् । स्थानीय समाचारमा जनाइए अनुसार पक्राउ पर्ने नेपाली कामदार ३६ वर्षका छन् भने चिनियाँ विद्यार्थी ३० वर्षका छन् । उनीहरु कोरियामा रहेका ३५ सय नेपाली कामदारहरुको पैसा नेपाल पठाउने नाममा हुण्डीको धन्दामा संलग्न रहेको बताइएको छ । गैरकानूनीरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा कोरियन प्रहरीले एक नेपाली कामदारसहित १० विदेशी नागरिकलाई गिरफ्तार गरेको छ । कोरियाको प्रान्तीय प्रहरीले जनाएअनुसार एक चिनियाँ विद्यार्थी र आप्रवासी नेपाली कामदार कोरियाको विदेशी मुद्रा विनिमय अधिनियम उल्लंघनको आरोपमा पक्राउ परेका छन् । साथमा अरु ८ जना विदेशीहरु पनि पक्राउ परेको कोरियाली प्रहरीले त्यहाँको सञ्चार माध्यमलाई जानकारी दिएको छ । कोरियाली प्रहरीको दाबी अनुसार पक्राउ परेका दुईजनाले नेपाली कामदारको पैसा कोरियन ब्युटी प्रोडक्ट खरिदका लागि प्रयोग गर्दै आएका थिए । त्यो सामान चिनियाँ विचौलियामार्फत चीन पठाउने कार्यमा विचौलियाहरु सन् २०११ अगस्तदेखि २०१६ सम्म संलग्न थिए ।
कोरियाबाट नेपालमा झण्डै साढे ४ अर्बको कारोबार समाचार स्रोतका अनुसार कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ । नेपाली कामदारको पैसा चीनसम्म जाने यो प्रक्रियाबाट करिब ५० अर्ब कोरियन वन गैरकानूनी ढंगले नेपाल भित्रिएको कोरियाली प्रहरीको दाबी छ । कोरियन प्रहरीको भनाइ यो पनि छ कि आतंकवादी समूहहरुले पनि यसैगरी बैंकिङ सिस्टममा नभई हुण्डीको माध्यमबाट आर्थिक कारोबार गर्ने गरेका छन् । त्यसैले पक्राउ परेका नेपाली, चिनियाँ र अन्य विदेशी नागरिकमाथि थप अनुसन्धान गरिने प्रान्तीय प्रहरीले जनाएको छ । २०७३ असोज २७ गते १०:५८ मा प्रकाशित

Monday, October 10, 2016

दाेधारा चाँदनि

Mahakali Bridge(commanly known as Dodhara Chandani Bridge) is a suspansion bridge overMahakali(sharada) River with a length about 1,496.5m. Which is located on Kanchanpur District of Malakali Zone in Farwestern development Region. It is famous for it's unique style of engineering technique.There are only 2 vdc of nepal beyond mahakali river chadani and dodhara,connection with own land is by this bridge. Mahakali river also serves as the border between Nepal and India. It is near the shuklaphanta Wildlife Reserve is the one of the main attraction of this western Nepal. It is constructed by Nepal-Japan Co-opration.

Sunday, October 9, 2016

मँ त मर्छु कि क्याहाे कालि हा हा हा हा हँसायाे


राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ । अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । “हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने। “रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,”एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने । रासस/सिन्ह्वा

महिला क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने जिम्मा जसको काँधमा छ

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपाली युथ–१९ टोली पहिलोपल्ट क्रिकेट खेल्न हङकङ गएको थियो। त्यो युवा टोलीमा नेपालका उपकप्तान थिए, राजु बस्नेत जो पछि राष्ट्रिय टोलीमा पनि सम्मिलित भए। उनै राजुसँग १९ वर्षपछि एउटा संयोग जुरेको छ। उनी विश्वकप छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हुन्। र, आफूले सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको देश हङकङमा फरक भूमिका बोकेर पुनः मैदानमा ओर्लिंदै छन्। त्यतिबेला राजुले बल, ब्याट र क्षेत्ररक्षण तीनवटै विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए। यसपालि उनले नेपाली चेलीबाट कस्तो प्रदर्शन गराउलान्? यसले उनको भविष्य पनि तय गर्नेछ। कारण, राजुले प्रशिक्षणको लेभल–३ कोर्स गरिसकेका छन्। यो कोर्स गर्नेमा नेपालमा उनीबाहेक राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, विनोद दास, दीपेन्द्र चौधरी, महेश रिजाल र नवीन सिंह मात्र छन्। राजुको नेतृत्वमा गत वर्ष मलेसियामा नेपाली युथ–१६ टोलीले उपाधि जितेको थियो। उनको अनुभवबाट महिला टोलीले पनि केही फाइदा उठाउने विश्वास गरिएको छ। राजु घरेलु प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) को टिम हेर्ने गर्छन्। उनको प्रशिक्षणमा रहेको एपिएफले तीन महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। हङकङमा नेपाली महिला टोली चीन, हङकङ र थाइल्यान्डसँग भिड्दैछ। दुई वर्षअघिको प्रदर्शनलाई मनन गर्ने हो भने नेपालको प्रदर्शन यी तीनवटै राष्ट्रविरूद्ध कमजोर छ। त्यसैले यो समूहमा नेपाल सबैभन्दा कमजोर प्रतिद्वन्द्वी मानिन्छ। राजुका लागि आइतबार सुरु हुने छनोट खेल धेरै अर्थमा महत्वपूर्ण छ। विश्वकप छनोटअन्तर्गत एसियाको समूहमा रहेको नेपालले आफूलाई छनोटमा टिकाइरहन जुनसुकै हालतमा जित निकाल्नु अनिवार्य हुनेछ। यो समूहबाट विजेता बन्ने राष्ट्रले मात्र अर्को वर्ष ‘ग्लोबल क्वालिफाइङ’ मा भाग लिन पाउनेछ। र, ग्लोबल क्वालिफाइङमा छनोट भएको राष्ट्रले इङ्ल्यान्डमा आयोजना हुने महिला विश्वकप खेल्न पाउनेछ। ‘मलाई थाहा छ यो छनोट मेरो लागि निकै चुनौतिपूर्ण छ,’ ३६ वर्षीय प्रशिक्षक राजुले सेतोपाटीसँग भने, ‘यसको जानकारी हुँदाहुँदै मैले टिम लिने साहस गरेँ। म पहिलेदेखि नै चुनौतीलाई स्वीकार गर्ने खेलाडी हुँ।’ सन् २००३ मा नेपालमा भएको इमर्जिङ नेसन्स कपमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि राजुको खेल जीवन २०१४ सम्म लम्बिएको थियो, जब उनले दुई वर्षअघि अन्तिमपल्ट एसिसी ट्रफी खेले। यस अवधिमा उनले सबैभन्दा बढी तीनदिने खेल खेले। त्यसैले उनलाई ५० ओभरको फरम्याटको पूर्ण जानकारी छ। उनी यसको विशेषता पनि जान्दछन्। तर, सुषुप्त अवस्थामै रहेको नेपालको महिला टोलीलाई जीतको अनुभवबाट डोर्याउन पक्कै फलामको चिउरा चपाउनुजत्तिकै कठिन हुनेछ राजुका लागि। नेपालसँग भिड्न लागेका देशमध्ये चीनले महिला क्रिकेटमा धेरै लगानी गरेको छ। यही प्रतियोगिताका लागि थाइल्यान्डले आफ्नो पूरा तयारी श्रीलंकामा गरेको छ। हङकङको टिम भारतमा अभ्यास गरेर फर्किएको छ। तर, नेपालले एक महिनाअघि मात्र केही पुराना खेलाडीसँग नयाँ खेलाडीको खोजी गरेको थियो। अभ्यासका सुरुका दिन महिला खेलाडीलाई एउटा इनिङमा ४० रन कटाउन पनि धौ–धौ पर्थ्यो। अहिले उनीहरू आरामले १ सय २० रन बनाउन सक्ने भएका छन्। यसलाई राजु खेलाडीमा आएको परिवर्तन मान्छन्। र, मैदानमा ओर्लिंदासम्म थप सुधार देखिने बताउँछन्। ‘हाम्रो महिला क्रिकेट अहिले पनि परम्परागत हिसाबले चलेको छ। उनीहरूलाई क्लोज क्याम्पमा प्रशिक्षण दिँदा सुरुमा डिफेन्स कसरी गर्ने र फ्रन्ट फुटमा कसरी जाने भनेर सिकाउनुपर्ने अवस्था छ,’ उनले भने। रुबिना क्षेत्रीको कप्तानीमा रहेको महिला टोलीमा युवा खेलाडीको बाहुल्य छ। त्यसैले राजु पनि महिला क्रिकेटको भविष्यप्रति निकै आशावादी छन्। उनी एक वर्षअघि आफूले जिम्मेवारी लिएको युथ–१६ टोलीभन्दा महिला टोलीलाई खेलमा ढाल्न गाह्रो परेको अनुभव सुनाउँछन्। तर, उनको अगाडि अब कुनै उपाय छैन। विरूद्ध हङकङ (आइतबार र बिहीबार) विरूद्ध थाइल्यान्ड (सोमबार र शुक्रबार) विरूद्ध चीन (मंगलबार र शनिबार)

Saturday, October 8, 2016

युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् । उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो । ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे । उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे । ‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’ ‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् । ‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

भाइबरले नेपालमा तोक्यो फ्रि भाइबर क्षेत्र

अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । भोलि २२ गतेदेखि लागू हुने गरी पाँच स्थानलाई फ्रि भाइबर तोकेको हो । जसमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट -शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट -काठमाडौं मल) र डिजी टेक काठमाडौं -पाको न्यूरोड (ताम्राकार हाउसको अगाडी) छन् । सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध फि्र भाइबर क्षेत्रमा प्रयोगकर्ताहरुले निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । ‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ, भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भनेका छन् । उनका अनुसार भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरेको छ ।