Saturday, February 8, 2014

पाँचथरमा पानी माग्दा छोरी दिन्छन्, धनगढीमा पानीकै कारण बिहे रद्द

बिहेको तयारी पूरा भइरहेका बेला एक्कासि केटी पक्षबाट बिहे हुन नसक्ने सन्देश आएपछि गोदावरी गाविसका रहने बिकको घरमा सन्नाटा छायो । माघ २१ गते श्रीपञ्चमीको दिन दुलही लिन जन्ती जाने तयारी अन्तिम चरणमा पुगेको थियो केटी पक्षबाट आएको फोनले छरछिमेकसमेत स्तब्ध भए । बिहे रोकिनुको कारण सुनेपछि भने गाउँका सबैले बेइजयती महसुस गरे तर बदाला लिने वा उजुरी गर्ने अवस्थै रहेन । केटी पक्षबाट भनियो,’पानी लिन ५ किलोमिटर टाढा जानुपर्ने रहेछ, यस्तो दुःख हुने ठाउँमा छोरी दिन सक्तिनँ, दुःख नमान्नु होला ।

कुरा छिनेर जन्ती पठाउन लागेकै बेला बिहे रोकिएको यो पहिलो घटना भए पनि गाउँका युवालाई कन्या खोज्न गाह्रो भइरहेको घटना भने गाउँलेका लागि अनौठो होइन । ‘खानेपानीका लागि ५ किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्यताले यहाँ कसैले पनि छोरी-चेली दिन मान्दैनन्,’ गाविसका पूर्व अध्यक्ष भानसिंह बिकले भने, ‘खानेपानीका लागि दैनिक ५ किलोमिटर टाढा पुगे पनि स्वाच्छ पानी पाइदैन् ।’ खानेपानी टाढा हुँदा बिहेबारीलाई मात्र समस्या परेको होइन्, खानेपानी बोक्नुपर्ने बाध्यताले विद्यालय जाने उमेरका केटाकेटी पढ्नबाट वञ्जित भएका पनि छन् ।
पाँचथरमा छोरी दिन्छन्, पानी पाउन मुस्किल
रानीगाउँ-८ की ३४ वर्षकी मायादेवी सम्बाहाम्फे एक गिलास खानेपानी दिन हिच्किचाइन् । प्यासले हरहर भएको बटुवाले ‘जति पैसा परे पनि एक गिलास पानी दिन’ अनुरोध गरेपछि नजिकै बसेकी अन्दाजी १५-१६ वर्षकी छोरीलाई देखाउँदै उनले भनिन्,’बरु यो छोरी दिन्छु पानी दिन सक्दिनँ ।’
रानीगाउँकै सावित्रा सम्बाहाम्फे पनि कसैले माग्दैमा पानी दिन नसक्ने बताउँछिन् । ‘पानी दिन मन भएमात्र के गर्नु, कहिल्यै घरमा पानी हुन्न्,’ उनले भनिन् ‘बनिबुतो गरेको प्रसाले पानी जोहो गरेको हुन्छ, कसरी दिन सकिन्छ ?’
खानेपानीको मुहान सुकेपछि रानीगाउँमा समस्या बढेको कारोबार दैनिकमा खबर छ । मुहान सुकेपछि यहाँका बासिन्दा चर्को मूल्यमा पानी किनेर दैनिकी चलाउन बाध्य भएका छन् । ‘प्रतिलिटर अढाई रुपैयाँका दरले पानी किन्छौं,’ मायादेवीले भनिन, ‘व्यापारीहरुले सवारी साधनबाट कोसी नदीको पानी गाउँमा ल्याएर बिक्री गर्छन ।’उनका अनुसार सामान्य परिवारले पनि प्रतिदिन २ सय ५० लिटर पानी किन्ने गरेको छ ।

महिलाले घोडाको बच्चा जन्माएपछि….

यसलाई आश्चर्य भनौ वा ईश्वरको लिला । सुन्दा पनि विचत्र लाग्ने घटना । तर, सत्य । नाइजेरियाको बेनिनमा एक महिलाले घोडाको बच्चा जन्माएकी छन् ।

यद्यपि महिलाको गर्भमा घोडाको बच्चा हुर्किरहेको स्वयम महिलालाई नै थाहा नभएको बताइएको छ। तर, जब जन्म भयो तब सबै अचम्ममा परे। महिलाले घोडाको बच्चा जन्मएको यो घटना नाइजेरियाको बेनिन सहरमा हो। जो अहिले सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। अझ अचम्मको कुरा त महिलाले अस्पताल वा घरमा होइन चर्चमा घोडाको बच्चा जन्माएकी हुन् जतिबेला प्रार्थना चलिरहेको थियो । सबै प्रार्थना गरिरहेका बेला महिलालाई सुत्केरी बेथाले च्यापेको थियो । अचानक सुरु भएको प्रसव पीडाले सबैलाई स्तब्ध पारेको थियो । उनलाई अस्पताल लैजाने समय पनि थिएइन । त्यसैले उनले चर्चमै बच्चा जन्माएकी हुन् । जुन देखेर सबै हैरान भए। घोडाको बच्चा भने मृत अवस्थामा जन्मेको थियो ।

माइक्रोसफ्ट प्रमुखमा सत्य नाडेला: भारतको छवि विस्तार

सत्य नाडेला माइक्रोसफ्टका नयाँ कार्यकारी प्रमुख बनेकोमा भारतले बुधबार खुसी मनाएको छ र यसले भारतमा जन्मेका प्रतिभा 

विश्वको सबैभन्दा ठूलो अमेरिकी संस्थाको उच्च पदमा पुगेको कुरालाई समर्थन गरेको ठानिएको छ ।


नाडेला मङ्गलबार उक्त ठूलो कम्पनीका तेस्रा प्रमुख कार्यकारी अधिकारी बन्नुभएको हो । उहाँ भारतको दक्षिणी स्थानमा रहेको हैदराबाद नगरमा जन्मेका तथा हुर्केका व्यक्ति हुनुहुन्छ । उहाँले मंगलौर विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो र थप अध्ययन तथा नोकरीका लागि अमेरिका जानुभयो । ‘‘भारतले एउटा शक्तिको बिन्दु बनाएको छ’’, टाइम्स अफ इन्डिया समाचारपत्रले ४६ वर्षीय यी क्रिकेट प्रशंसकको नियुक्तिमा उल्लेख गरेको छ । ‘‘भारत स्पष्ट रूपमा एउटा प्रतिभाको यन्त्रको रूपमा उदाएको छ जसले निरन्तर रूपमा विश्वका प्रमुख कार्यकारी अधिकारीहरू उत्पादन गरिरहेको छ’’, यस दैनिकले भनेको छ । नाडेलाले आफ्नो जीवनको आधा भाग प्रविधिको यो ठूलो संस्थामा काम गर्नुभएको छ । उहाँ भारतमा जन्मेका व्यापारिक नेताहरूको एक शृङ्खलामा पर्नुहुन्छ जसले सम्मानित प्रमुख कार्यकारी अधिकारीको पद प्राप्त गरेका छन् । यस समूहमा पेप्सिीकोका इन्दिरा नुई तथा मास्टरकार्डका अजय बाङ्गा पनि पर्नुहुन्छ । विक्रम पण्डितले सन् २०१२ को अन्त्यसम्म सिटीबैङ्क सञ्चालन गर्नुभएको थियो ।
NADELA
अंशु जैन हाल जर्मन बैङ्क डुएच बैङ्कका प्रमुख हुनुहुन्छ । हैदरवादमा रहेको लोकज इन्टरप्राइजेज सलुसनका संस्थापक उत्तम मजुमदारले नाडेलाको नियुक्ति निकै गौरवको विषय भएको बताउनुभयो । ‘‘उहाँ लाखौँ युवाका लागि नमुना व्यक्तित्व हुनसक्नुहुन्छ । उहाँको नियुक्तिले विश्वको आँखामा एक मुलुकको रूपमा भारतको छवि विस्तार गर्छ’’ उहाँले भन्नुभयो । फिलिपक्यापिटल इन्डियाका कार्यकारी अधिकारी विभोर सिंघलले प्रतिभालाई बाहिरबाट आएर माथिसम्म पुग्न दिने कुरालाई स्वीकार गर्ने अमेरिकी खुलापनको कारण भारतमा जन्मेका कार्यकारी अधिकारीहरूले सफलता प्राप्त गरेको बताउनुभयो । लगानी तथा वित्तीय अनुसन्धान संस्थाका निर्देशक इक्वेन्टिस रिसर्चका निर्देशक विक्रम धवनले अङ्ग्रेजी भाषामा दक्षताले पनि भारतीय नागरिकलाई प्रतिस्पर्धामा मौका दिने बताउनुभयो । दक्षिण एसियाली मुलुक भारतले प्रति वर्ष करिब १० लाख इन्जिनियरिङ स्नातक उत्पादन गर्छ र यसले सूचना प्रविधिको क्षेत्रमा अन्य मुलुकका लागि काम गर्ने केन्द्रको रूपमा ख्याति कमाएको छ ।
ठूलो सङ्ख्यामा शिक्षित कामदार तथा उनीहरूको सस्तो श्रम लागत पनि यसको प्रमुख कारण हो । धेरै उच्च प्रतिभा भएका मध्यमस्तरीय युवाहरू राम्रो वेतन दिने नोकरी र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्थान नपाएका कारण मुलुक छोड्छन् । आईआईटीमा निकै ठूलो प्रतिस्पर्धा हुन्छ र स्थान सीमित छ । यसैले यहाँ स्थान पाउन नसक्नेहरूका लागि अमेरिका अर्को छनौट हुनेगर्छ । ‘‘सत्य नाडेलाको नियुक्ति भारतीय प्रतिभाको छनौट हो कि भारतीय प्रणालीमा एक थप्पड हो ?’’, फस्र्टपोस्ट अनलाइन समाचार केन्द्रको सम्पादकीयमा भनिएको छ । सम्पादकीयमा नाडेलाको नियुक्तिमा भारतले खुसी मनाउनु सट्टा किन यत्ति धेरै प्रतिभा आफ्नै भूमिमा नबसी विदेश पलायन हुन्छन् भन्ने प्रश्न गर्नुपर्ने उल्लेख गरिएको छ । भारतमा पारिवारिक सम्पर्क व्यक्तिको योग्यता जस्तै महत्वपूर्ण हुन्छ । सन् २०१२ मा अमेरिकी विचारक संस्था प्यु रिसर्च सेन्टरले मध्यमस्तरीय भारतीय अमेरिकीको वार्षिक आय ८८ हजार अमेरिकी डलर रहेको र यो एसियाली अमेरिकीको ६६ हजार अमेरिकी डलरभन्दा निकै अधिक रहेको देखाएको थियो । मध्यमस्तरीय अमेरिकी घर परिवारको वार्षिक आय ४९ हजार ८०० अमेरिकी डलर रहेको छ । भारतीय अमेरिकीमा २५ वर्षभन्दा माथिका ७० प्रतिशतले स्नातक शिक्षा प्राप्त गरेको देखिएको छ ।
एसियन अमेरिकीमा यो प्रतिशत ४९ रहेको छ । विश्व मोबाइल इन्टरनेट युगमा प्रवेश गरिरहेको समयमा नाडेलाले माइक्रोसफ्टले भोगेका चुनौतीलाई सामना गर्नुपर्छ । उहाँलाई भारतीय बजारको बारेमा राम्रो जानकारी भएकाले उहाँ भारतमा यस उद्योगमा रहेकाहरूका लागि अवसर सिर्जना गर्न सहयोगी हुने अनुमान गरिएको छ । ‘‘पूर्वले दिनसक्ने सबैभन्दा राम्रो कुरालाई पश्चिमले मङ्गलबार स्वीकार गरेको छ र गृहमुलुकमा पनि परिवर्तनको हावा बहन्छ भन्ने ठूलो आशा गरिएको छ’’, द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

२३ औ जन्मदिनमा २३ जना युवकसंग सेक्स गर्दैछिन यी युवती

जन्मदिन मनाउने हरेक मानिसहरुको आ–आफ्नै  तरिका  हुन्छन् । कसैले केक काटेर मनाउने गर्छन् त कसैले साथीभाईसँग घुम्न  गएर त कसैले चकलेट बाँडेर आफ्नो जन्मदिन मनाउने गर्छन् । तर, क्यानाडाकी एक पोर्नस्टारले आफ्नो २३ औ जन्मदिनको दिन  २३ जना युवकहरुसंग सेक्स गरेर मनाउने  घोषणा गरेर सबैलाई चकित पारेकी छन ्।

 
 क्यानडाको टोरन्टोबाट प्रकाशित पत्रिका ‘टोरन्टो सन ’ का अनुसार पोर्नस्टार हेदी बेन हर्नीले आफ्नो जन्मदिनलाई अरुको भन्दा फरक देखाउनका लागि नै २३ जना अपरिचत पुरुषहरुसंग सेक्स गर्ने घोषण गरेकी हुन् ।  यी युवतीसँग  सेक्स सम्बन्ध बनाउन संसारभरीका  झण्डै  ५ सय   व्यक्तिले आवेदन दिएका  छन भने  ती मध्ये २३ जनालाई उनले  छनौट गरीसकेकी छन् ।   
 अर्को कुरा उनले २३ जनासंग यौनक्रिडा गरेको दृश्यलाई एक्सएक्सएक्स एडी ४ प्रोडक्सनले सुटिङ गर्नेछ । यसको अनलाईन लाइभ स्ट्रिमिङ पनि गरिने बताइएको छ । उनीसंग सेक्स  सम्बन्ध बनाउने युवकले आफुहरुलाई कसैले पनि नचिनोस् भन्नका लागि माक्सको समेत प्रयोग गर्न सकिने  पनि समाचारमा जनाइएको छ ।  
 
सेक्समा संलग्न  हुन चाहेका २३ जना पुरुषहरुको स्वास्थ्य परिक्षण पश्चात मात्र आफुले यौनक्रियाकलाप गर्ने  पनि टोरन्टो सनसित हेदीले बताएकी छन् । यदि कसैमा यौन रोग पाइएमा उनीहरुको ठाउँमा अरुलाई मौका दिने समेत उनले बताएकी छन् । सबै युवकलाई उनीहरुले चाहे अनुसारको यौनक्रिडा गर्न समेत छुट दिईनेछ । १० वटा पोर्न फिल्ममा समेत काम गरिसकेकी हेदीले सामुहिक सम्भोगको घोषणाले पोर्न उद्योगमा समेत सनसनी मच्चिएको छ ।  

पेटमा हुर्किरहेको बच्चालाई निकालेपछि मृत घोषणा गरिने

कुन आमाको  लागि  सह्य होला यस्तो जसले आफूले जन्मदिएको बच्चाको  अनुहार पनि हेर्न नपाई  संसारबाट विदा हुनुपर्नेछ ।  दिमागी रुपमा ब्रेनडेथ भएकी  क्यानाडाकी राबिन नामकी एक महिलाले आफ्नो बच्चालाई जन्मदिने वित्तिकै  यस संसारबाट विदा हुनेछिन ।   उनलाई विदा दिईनेछ ।

 
२०१३ को  डिसेम्बर अन्तिम हप्ताहको  विहान उनको  टाउको जोडसँग दुख्यो । उनले आफ्ना श्रीमान  बेनसोन डोलानलाई टाउको दुखेको औषधि ल्याउन अह्राइन । श्रीमान उनलाई छोडेर औषधि लिन बाहिर निस्कए । तर, घर फर्कदा आफ्नी श्रीमतीलाई बेहोस भएर पल्टिरहेको  अबस्थामा पाए ।  डेलानले श्रीमतीलाई हतार–हतार उठाएर नजिकैको अस्पतालमा पु¥याए  । तर, अस्पतालमा उनको ब्रेनडेथ भइसकेको घोषणा डाक्टरहरूले गरिदिए । तर, उनको पेटमा रहेको २२ हप्ताको बच्चालाई बचाउनका लागि भने अहिले उनलाई भेन्टिलेटरमा राखेर  कृतिम स्वास दिइएको छ । 
उनको पेटमा हुर्किरहेको बच्चाको अबस्था स्वस्थ रहेको र  बच्चालाई अप्रेसन गरेर निकालिने पनि  विक्टोरिया जनरल अस्पतालका प्रवक्ताले  जनाएका छन् ।  बच्चालाई निकालेपछि उनलाई मृत घोषणा गरिनेछ ।
           डेलान एकातिर नयाँ बच्चालाइ हेर्न र पिता बन्नका लागि आतुर रहेको  छन् भने अर्कोतिर बच्चालाई जन्माउनसाथ आफ्नी प्यारी श्रीमतीलाई आफूबाट मात्र नभएर संसारबाट विदा दिनुपर्ने पीडामा रहेका बताउछन् रोबिनका श्रीमान । ३२ वर्षीय डेलान भन्छन “मलाई उनको खुब याद आउनेछ ।”

अछाममा पहिलो पटक हिस्ट्रेकटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालियो

अछाममा पहिलोपटक हिस्टे«कटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालिएको छ । बााजुराको बुढिगंगा गाविस वडा नम्वर १ का सुन्तला वडुवालको जिल्ला अस्पताल अछाममा अप्रेशन गरेर मृतक बच्चा निकालिएकोे हो ।

पेटमा रहेको बच्चाको मृत्यु भएको र अप्रेशनको क्रममा रगत नरोकिदा पाठेघर नै काटेर आमाको ज्यान बचाउन अप्रेशन गरिएको थियो । बच्च निकालेपछि सुत्केरी महिलाको अवस्था सामान्य रहेको डाक्टर ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला अस्पताल अछाममा पहिलो हिस्टे«कटोमी अप्रेशन भएको डाक्टरहरुले बताएका छन् । 

पूर्णबहादुर खड्का
अछाम ,माघ २४ गते । अछाममा पहिलोपटक हिस्टे«कटोमी अप्रेशनबाट आमाको गर्भबाट मृतक बच्चा निकालिएको छ । बााजुराको बुढिगंगा गाविस वडा नम्वर १ का सुन्तला वडुवालको जिल्ला अस्पताल अछाममा अप्रेशन गरेर मृतक बच्चा निकालिएकोे हो । पेटमा रहेको बच्चाको मृत्यु भएको र अप्रेशनको क्रममा रगत नरोकिदा पाठेघर नै काटेर आमाको ज्यान बचाउन अप्रेशन गरिएको थियो । बच्च निकालेपछि सुत्केरी महिलाको अवस्था सामान्य रहेको डाक्टर ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला अस्पताल अछाममा पहिलो हिस्टे«कटोमी अप्रेशन भएको डाक्टरहरुले बताएका छन् ।

श्रीमान्को हत्या गरी अर्कैसँग विवाह

कतारबाट घर फर्किदै गर्दा हत्या गरिएका जुम्लाका राजन बुढाको हत्यामा उहाँकै श्रीमती संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढा) ले यहाँ अर्कैसँग विवाह गर्ने निधोमा पुगिसकेकाले श्रीमान्को हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।अर्कैसँग विवाह गर्ने निधो गरिसकेकी गीताले नयाँ श्रीमान्लाई पुरानो श्रीमान्ले मार्न सक्ने भन्दै पहिले नै मार्ने योजना बनाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताउनुभयो ।



श्रीमान्को हत्या गरेपछि गीता पूर्व योजनाअनुसार अर्काे बिहे गरेर भागेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ । गीताले बिहे गरेर गएका व्यक्तिको नाम भने अनुसन्धानमा अवरोध हुनसक्ने भन्दै प्रहरीले सार्वजनिक गरेको छैन ।ती व्यक्तिको पनि घटनामा संलग्नता रहेकाले अहिले दुवै जना फरार रहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । श्रीमान् बुढालाई हत्याको योजना र श्रीमतीको यहाँको कुनै पनि क्रियाकलापबारे जानकारी नभएको र फोनमा कुराकानी गरी भेटेर जङ्गलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।कतारबाट फर्किदै गरेका गीताका श्रीमान्, हत्याका अभियुक्त गीता र गीताको नयाँ श्रीमान् तीनै जना माओवादीका पूर्व लडाकु हुन् ।

 मुख्य अभियुक्त गीता पक्राउ नपरेपनि घटनामा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गढी–१ का ३३ वर्षका इन्द्रबहादुर रामजाली, वीरेन्द्रनगर–५ का ७० वर्षका देवीलाल न्यौपाने, जर्वुटा–२ का १७ वर्षीय अमृत भनिने पूर्णबहादुर सुनार र लेखगाउँ–४ की ३३ वर्षीया पविसरा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।घटनाको मुख्य योजनाकार गीताले श्रीमान्को हत्या गर्न अनेक उपाय अपनाएको समेत प्रहरीले जनाएको छ । त्यसै क्रममा ७० वर्षीय न्यौपानेको घटनामा मुख्य भूमिका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । न्यौपानेले बुढालाई जादु टुनामुना गरी बाटोमै मार्ने जिम्मा लिने र त्यसको लागि आफूलाई रु एक लाख दिनुपर्ने भनी तीस हजार रकम बैनासमेत लिइसकेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । “न्यौपानेकोे घटनामा ठूलो हात रहेछ” – उहाँले भन्नुभयो, “बुढालाई मार्ने भनी एक लाखको सम्झौता गरेको पहिले नै तीन हजार लगिसकेको भेटियो, तीस हजार हामीले बरामद पनि गरिसक्यौ ।”

 अभियुक्त न्यौपाने यहाँको वीरेन्द्रनगर–५ को कालिका मन्दिरका पुजारी हुन् । यस्तै, पक्राउ परेका रामजाली र सुनारको पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेको र अर्की पविसराले घटनाका योजना थाहा पाए पनि खबर नगरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ । पविसरा मृतककी दिदी सासु हुन् । उनका श्रीमान् पनि मृतक बुढाले काम गरेकै कम्पनीमा काम गर्ने र केही समयमा फर्किन लागेकाले बहिनीले बनाएको सबै योजना उनलाई थाहा भएको प्रहरीको दाबी छ ।बुढाको यही माघ ६ गते हत्या गरिएको भएपनि १५ गते मात्रै शव फेला परेको थियो । घाँस काट्न गएका महिलाले जर्वुटा–१ मा पर्ने शिव सामुदायिक वनमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शवको साथमा एउटा झोला भेटिएको र त्यसमा कतार अन्तर्राष्ट्रिय विमानस्थलको गेट पास र दुई वर्ष अगाडि मेडिकल जाँच गरेको रसिद मात्रै भेटिएको थियो । अनुसन्धानबाट बुढा यही माघको ४ गते नै कतारबाट काठमाडौँ आइसकेको र त्यहाँबाट ६ गते सुर्खेत आइपुगेपछि बाटा मै भेटेर हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।