Wednesday, February 26, 2014

डण्डीफोरबाट बच्ने घरेलु उपाय

डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ ।

यदि तपाई पनि डण्डीफोरको क
ारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ ।
- नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ ।
- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् ।
- चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Tuesday, February 25, 2014

डन दीपक मनाङ्गे फुटबल हेर्दाहेर्दै पक्राउ

काठमाडौं, फागुन १३- चर्चित डन दीपक दीपक मनाङ्गे मंगलबार पक्राउ परेका छन् । कुटपिट, सर्वसाधरणलाई आतंकित बनाएको, अवैध कृयाकलापमा संलग्न भएको तथा जवरजस्ती रकम असुलेकोलगाएत  अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

मनाङ मर्स्याङ्गदी र पुलिस क्लबबीचको फुटबल खेल हेर्न राजधानीको दशरथ रंगशाला पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको प्रहरीले जनाएको छ । रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएयता प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अभियान चलाएको छ । खरेलले गुण्डागर्दी र आपराधिक गतिविधिलाई परास्त गरेरै छाड्ने बताउँदै आएका छन् । उनको घोषणा अनुसार अहिलेसम्म दर्जनौं गुण्डा र तिनका नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । मनांगे  यसअघि पनि पटक पटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।मनाङेलने काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाई अपराधिक गतिविधि गर्दै आएका छन् -

क्षतिपूर्ति नदिए बदला लिने राउटेको चेतावनी

सुर्खेत, फागुन १३ – बसको ठक्करबाट राउटे युवा सुरेन्द्रबहादुर शाहीको मृत्यु भएपछि राउटे समुदायले क्षतिपूर्तिका लागि यही फागुन २१ गतेसम्मको समयसीमा दिदैँ क्षतिपूर्ति नपाए बदला लिने चेतावनीसमेत दिएका छन् ।


गत बिहीबार बाँकेको नेपालगन्जबाट दैलेख जाँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा सुर्खेतको गढी गाविसको छेडा भन्ने ठाउँमा राउटे युवा शाहीको मृत्यु भएपछि आक्रोशित बनेको राउटे समुदायले क्षतिपूर्ति नपाए आफूहरुले पनि बदला लिने चेतावनी दिएका हुन् । क्षतिपूर्तिका लागि निरन्तर जिल्ला प्रहरी कार्यालय सुर्खेत धाएका राउटे मुखियाहरुले यस्तो चेतावनी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा आएका मुखियाहरु सूर्यनारायण शाही र ऐनबहादुर शाहीले आफूहरुले छलफल गर्दा क्षतिपूर्ति नपाए आफूहरुले कडा बदला लिने निर्णय गरेको बताए ।
उनीहरुले भने, “फागुन २१ गतेपछि हामी कसैको पैसा पनि लिन्नौँ, बदला लिन्छौँ ।” उनीहरुले आफ्ना युवा मार्नेलाई कानुन नलागेको भन्दै आफूहरुले पनि कानुन नमान्ने बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रक्रियागत रुपमा काम गर्दा क्षतिपूर्ति दिलाउन केही ढिला भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण शाहीले प्रक्रियाले गर्दा केही ढिलो भएको तर राउटेहरु आक्रोशमा आउँदा काम गर्न गाह्रो भएको बताउनुभयो । आक्रोशित राउटेहरुलाई सम्झाउनका लागि सोमबार बस समितिले रु सात हजार दिएको छ ।
बसको ठक्करबाट राउटे युवाको मृत्यु भएपछि राउटे समुदाय कहिले जिल्ला प्रहरी त कहिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिइरहेका छन्

कलेजको शौचालयमा छात्राले जन्माइन् बच्चा

चीनको युआन प्रान्तमा अवस्थित एग्रीकल्चर भोकेसनल कलेजमा एक छात्राले शौचालयमा बच्चालाई जन्म दिएर चुपचाप फेरि आफ्नो कक्षामा फर्केकी छिन् । यसबारेमा उनले कक्षामा कसैलाई पनि जानकारी समेत दिइनन् ।


उनी कक्षामा यसरी पुगिन् कि उनलाई केही पनि भएको छैन । स्रोतका अनुसार यो घटना बिहानको लगभग ६ बजे घटेको थियो । यो घटना त्यतिबेला सार्वजनिक भयो जब अन्य छात्राले शौचालयमा बच्चा रोएको आवज सुने । उनीहरुले तुरुन्तै कलेजका अधिकारीहरुलाई उक्त घटनाको जानकारी दिए र बच्चालाई नजिकैको अस्पतालमा लगियो । अहिले बच्चा सुरक्षित छ र उसको हालत स्थिर छ । बच्चाको आमाको नाम भने सार्वजनिक गरिएको छैन ।

असन्तुष्ट माधवले वामदेवलाई भने, ‘हतार नगर्नुस्’

काठमाडौं, फागुन १३ – एमालेका अध्यक्ष झलनाथ खनालको पक्षमा लागेर उपाध्यक्ष वामदेव गौतमलाई पाखा लगाउने रणनीतिमा रहेका पार्टीका नेता माधवकुमार नेपालले गौतमको नेतृत्वमा पार्टी कुनैपनि हालतमा सरकारमा जानु हुँदैन भने लविगं शुरु गरेका छन् । ग्राण्डी अस्पतालमा भएको मन्त्री पठाउने निर्णय वैधानिक कसरी हुन्छ भन्दै यसलाई सच्याउनुपर्ने भन्दै आफ्ना निकटबीच गोप्य रुपले छलफल चलाएका छन् ।



ग्रयाण्डी अस्पतालमा बसेको स्थायी समितिको बैठकमा अनुपस्थित रहेर त्यसको विरोध समेत गरेका नेता नेपालले वामदेव गौतमलाई उपप्रधान तथा गृहमन्त्री दिएर खनालजीले आफ्नो खुट्टामा आफै बन्चरो हानेको समेत भन्न थालेका छन् । काँग्रेसले आफ्नो मन्त्रीको नाम चयन गरिसकेपनि एमालेमा देखिएको विवादका कारण वामदेव गौतमबाहेक अरु कसैको नाम चयन गर्न सकेको छैन । यता विष्णु पौडेललाई सञ्चार मन्त्री बनाउने कुरा पार्टीमा आन्तरिक छलफल भइसकेको थियो तर वामदेवलाई गृह र आफूलाई पाखा लगाउन लागेको भन्दै कुनैपनि मन्त्रालय नलिने भन्दै ओलीको निर्णयलाई विरोध गरेको स्रोतले जनाएको छ । स्थायी समितिले खनाल, केपी ओली र वामदेव गौतमलाई मन्त्री छान्ने जिम्मा दिएको छ । तर, विहानैदेखि वामदेव गौतम एक्लै नेताहरुको घर घर दौडी रहेका छन् ।

माधव नेपालको चित्त दुखाईका कारण मन्त्री चयनमा खनालले चासो देखाएका छैन भने ओली अस्पतालमा भएको कारण गौतम मन्त्री छान्नमा एक्लै दौडिरहेका छन् । माधव नेपाल निकट स्रोतले भने गौतले विहानै नेपाललाई भेटी मन्त्री चयन गरेर आजै शपथ लिन आग्रह गर्नुभएको थियो तर नेता नेपालले हतार किन आफ्नो पार्टीको मन्त्री चयन गर्ने प्रकृया नै गलत भएका कारण हतार नगर्न सल्लाह दिएको पठाएका छन् ।’ माधव नेपाल विद्या देवी भण्डारीको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने प्रस्ताव लगेका थिए तर केपीले ठाडै इन्कार गरेपछि ओली र नेपालको दुरी झन बढेको बताइन्छ । एमालेले थप मन्त्रीको बारेमा निर्णय गर्न नसकेपनि काँग्रेस मन्त्रीको साथमा वामदेवले एक्लै भएपनि गृहमन्त्रीको शपथ दिउँसो एक बजे खाने भएको छ ।

वामदेव गौतमलाई गृहमन्त्री दिनु हुँदैन भनि निष्कर्षमा पुगिसकेका काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सोही पार्टीका नेता शेरवहादुर देउवाले सहयोग नगरेपछि वामदेवलाई गृह दिन बाध्य भएको बताइन्छ । केपी ओली अस्पताल भर्ना हुनु र वामदेव गौतम गृहमन्त्रीका लागि चयन हुनु संयोग मात्र होइन एमालेका एक नेताले भने, झलनाथ खनाल समूहलाई झुक्याउन र प्रधानमन्त्री कोइरालाई गलाउन ग्रयाण्डीमा ग्राण्ड डिजाइन बनेको बताइन्छ ।

प्रहरी बैठकमा खरेलको आलोचना

काठमाडौं, फागुन १३ – प्रहरी प्रधान कार्यालयमा सोमबार भएको साप्ताहिक बैठक काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको आलोचनामै केन्द्रित भएको छ ।
महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा भएको बैठकमा कार्य विभागका निमित्त प्रमुख डीआईजी केदारप्रसाद साउद, प्रशासन विभागका निमित्त प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारी, मानव स्रोत संसाधन विभागका निमित्त प्रमुख प्रमुख डीआईजी रमेशशेखर बज्राचार्य र तालिम निर्देशनालयका प्रमुख डीआईजी गणेश राई थिए ।


त्यस्तै नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त प्रमुख डीआईजी नारायण बास्ताकोटी, अपराध अनुसन्धान विभागका निमित्ति प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाह, लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी प्रतापसिंह थापा, महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी विश्वराजसिंह शाही र विशेष ब्युरोका निमित्त प्रमुख एसएसपी देवेन्द्र सुवेदी पनि बैठकमा उपस्थित थिए ।
बैठकमा एसएसपी खरेललाई जथाभाबी बोल्न संगठन प्रमुखले धेरै छुट दिएको भन्दै आक्रोश व्यक्त गरिएको थियो ।
बैठकका सहभागीले खरेलले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताले प्रहरी संगठनभित्र र बाहिर नराम्रो सन्देश गएको भन्दै महानिरीक्षक अर्यालको ध्यानाकर्षण गराएका थिए । प्रहरीको मिडिया नीतिभन्दा बाहिर गएर खरेल प्रस्तुत भएको भन्दै उनीहरू कड्किएका थिए । खरेल काठमाडौंका प्रहरी प्रमुख हुन् कि समग्र प्रहरी संगठनका प्रमुख हुन् ? उनले जे बोले पनि हुने ? यसको जबाफ कसले दिन्छ ?, एक डीआईजीले नेतृत्वसँग प्रश्न गरेका थिए ।
सस्तो लोकप्रियताका लागि खरेलले सञ्चारमाध्यममा खुलेरै राज्यको संयन्त्र कमजोर छ भन्ने अभिव्यक्ति दिएको विषयमा पनि सहभागीले प्रश्न उठाएका थिए । प्रहरी महानिरीक्षकले समेत यो राम्रो र त्यो नराम्रो प्रहरी अधिकृत नभनेको अवस्थामा एसएसपीले डीआईजीको मूल्यांकन गर्ने ? यो छुट खरेललाई कसले दियो ?, बैठकमा सहभागी डीआईजीहरूको प्रश्न थियो भनेर आजको अन्नपूर्ण पोस्टमा यो खवर छापिएको छ ।

सूर्यबहादुरका छोरा आपूर्ति मन्त्री

काठमाडौं, फागुन १३ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुहुने पक्का भएको छ ।

सुशील कोइरालाको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको राप्रपाले सुनिल थापालाई पठाउन लागेको हो ।
‘उहाँलाई नै पठाउने कुरा भएको छ, दिउँसोसम्ममा यसबारे निर्णय हुन्छ’ राप्रपा स्रोतले भन्यो ।
कांग्रेस एमालेबीच राप्रपालाई वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको हो ।  
थापा धनकुटा क्षेत्र नं २ बाट १० हजार ९३ मत ल्याएर संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।