Wednesday, March 5, 2014

शंकरदेव स्ववियु सभापति हतियारसहित पक्राउ

काठमाडौं, फागुन २१ – शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेतलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । स्वयम्भू प्रहरीले उनलाई सीतापाइलाबाट म्याग्नम टुटु एक थान र त्यसमा लाग्ने गोली ११ राउन्डसहित पक्राउ गरेको हो ।


प्रहरीले सीतापाइलास्थित फस्कु चोकबाट बा१ज ७६७० नम्बरको ट्याक्सीमा उनीसहित पाँचजनालाई हतियारसहित पक्राउ गरेको हो । भीमढुंगाबाट सीतापाइलातर्फ आइरहेको ट्याक्सीलाई चेकजाँच गर्ने क्रममा ट्याक्सीमा रहेका बस्नेत र उनका सहयोगीलाई पक्राउ गरेको हो । सो ट्याक्सीबाट मालिगाउँ बस्ने ४५ वर्षीय लीलाबहादुर खड्काको साथबाट म्याग्नम १ थान, त्यसको गोली ४३ राउन्ड, सर्ट गन १ थान, त्यसको गोली १६ राउन्ड फेला परेको पनि प्रहरीले जनाएको छ भनेर आजको राजधानी दैनिकमा यो समचार छापिएको छ ।

अब यस्तो भयो भने चल्छन् नेपाली फिल्म

यतिबेला शहरमा चर्चा छ त नेपाली फिल्म ‘६ एकान ६’ को । निर्माणपक्षले बताएअनुसार फिल्मले ‘उधुम’ व्यापार गरिरहेको छ । हलवालाहरुले पनि यसको पुष्टी गरिरहेका छन् । मिडियामा पनि फिल्मको रेस्पोन्स राम्रो छ । लामो समय पछि एउटा नेपाली फिल्मले दुई हप्ताको बिचमा २ करोड बराबरको व्यापार गरेको छ । फिल्मको व्यापारले यसको निर्माताहरुलाई त हँसाउने नै भयो, यसले नेपाली फिल्म मेकर्सहरुलाई एउटा राहत दिएको छ ।
फिल्म फ्लप हुनु नेपाली फिल्म उद्योगमा अब नौलो कुरै रहेन । कतिपय फिल्मले त पानी समेत माग्न पाउँदैनन् । पछिल्ला दृश्यहरुलाई हेर्ने हो भने नेपाली फिल्महरु कुनै पनि व्यवसायिक रुपमा सफल हुन नसकिरहेको अवस्था थियो । राष्ट्रिय दैनिक कान्तिपुरको समाचारअनुसार हेर्ने हो भने,‘देशभरका सिंगल थिएटरमा पनि ‘छ एकान छ’ ले नै वर्चस्व कायम राखेको छ । अहिलेसम्मको ग्रस आम्दानी दुई करोड नजिक छ, निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीका अनुसार यो फिल्म जम्मा ६५ लाख रुपैयाँमा बनेको हो ।’
यो फिल्मसँगै जुधेको अर्को फिल्म वितेका पल ले पनि पुर्व तिर सिंगल थिएटरमा राम्रो व्यापार गरिरहेको रिपोर्टहरु आएका छन् । धुम थ्री ताका बलिउडी हेजेमोनी रहेको नेपाली फिल्मको मार्केट अहिले ठ्याक्कै मोडिएको छ । यसलाई नेपाली फिल्म मेकर्सहरुले कसरी ग्रयाब गर्ने हुन् त्यो भने अबको दिनले अवश्य देखाउला ।
loot posterफ्ल्यासब्याक :
नेपाली फिल्म धमाधम फ्लप भैरहँदा संकटकालसम्म लगाउने कुरा आउँदा केहि वर्ष अगाडी फिल्म लुट आयो । विषयवस्तु, प्रस्तुतीकरण र कलकारहरु केहि नयाँ थिए, त्यो फिल्ममा । तत्कालिन समयमा लुटले नेपाली दर्शकलाई हलसम्म तान्यो । फिल्मले नेपाली फिल्म उद्योगमै एउटा नयाँ अध्यायको शुरुवात गरेको मानियो । लुट सँगसँगै आएको अर्को फिल्म ‘चपली हाईट’को पनि व्यापार राम्रो भयो ।
नयाँपन भएकै कारण लुट र चपली हाईटले दर्शकलाई आकर्षित गरे । तर त्यसपश्चात सबै फिल्म या त लुट पाराको या चपली हाईट पाराको बन्न थाले । मुलधारको एकैखाले फिल्म हेरेर दिक्क भएका दर्शकहरु पुनः एउटै खालको प्रस्तुतीकरण र कथा भएको फिल्म हेर्न छोडे । लुट र चपली हाईटको नाम जप्दै कतिपय छाडा फिल्महरु पनि बने । र, ती फिल्मले राम्रा भनिएका अन्य फिल्मको व्यापारमा समेत प्रत्यक्ष असर पारे । फिल्म चल्न छोड्यो ।
अहिलेको स्थिती :
लामो समय पछि आएर अहिले नेपाली फिल्मप्रति पुन: दर्शकहरु तानिएका छन् । कान्तिपुरका अनुसार अहिले मल्टिप्लेक्सहरुले पनि यो फिल्मको शो बढाएका छन् । सिंगल थिएटरमा पनि दर्शको संख्या दोस्रो हप्तासम्म आईपुग्दा बाक्लै भएको रिपोर्ट छ ।
दर्शकहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने यो फिल्म चल्नुको मुख्य कारण भनेको मनोरञ्जन हो । दर्शकले यसलाई ‘पैसा असुल’ फिल्म भनेका छन् । दर्शक फिल्म हलसम्म मनोरञ्जन मात्र प्राप्त गर्न जान्छन् भन्ने कुरा यसले पुष्टी गर्दछ । फिल्ममा कमेडी छ त्यसैले दर्शकले यसबाट मनोरञ्जन प्राप्त गरे । त्यसैमाथि यो फिल्ममा त्यस्ता कमेडियनहरुले मनोरञ्जन गराएका छन्, जो पहिल्यैदेखि दर्शकको प्यारो बनिसकेका थिए । त्यसैले अब नेपाली फिल्मले मनोरञ्जनका लागि कमेडी बेसका स्टोरीहरुलाई समात्ने र त्यस्तै फिल्मको लर्को लाग्ने छाँटकाँट पनि यसले देखाएको छ ।
यस्तो फेरी हुन सक्छ है ?
लुट हिट भएपश्चात थिएटर आर्टिस्टहरुले फिल्ममा खुब चान्स पाए । केहि समय थिएटर आर्टिस्टकै हालिमुहाली फिल्ममा चल्यो । तर कुनै पनि फिल्मले लुट जस्तो व्यापार गर्न सकेनन् । जुन तामझामका साथ थिएटर आर्टिस्ट आए, त्यसरी नै उनीहरु सेलाए । धेरै थिएटर आर्टिस्टहरु यतिबेला नाटकतर्फ नै फर्किएका छन् । फिल्ममा उनीहरुको माग अहिले घट्दो छ ।  फेरी त्यहि ट्रेन्ड समात्ने हो भने अबका फिल्महरुमा कमेडियन आर्टिस्टलाई लिने क्रम बढ्न सक्छ । स्टोरी पनि सबै एकै खाले हुन सक्छन् । र, फेरी दर्शक विच्किन सक्छन् । त्यसैले हरेक फिल्मलाई लुट र ६ एकान ६ जस्तै हिट बनाउनका लागि नेपाली फिल्म मेकर्सले नयाँ सोँच, प्रस्तुती र कथालाई अगाडि ल्याउनुपर्ने देखिन्छ ।
chapali_height_poster_copyकेहि मान्छेको भनाईलाई मान्ने हो भने लुट हिट भएकै कारण चपली हाईट हिट भएको हो । खासमा भन्ने हो भने चपली हाईट राम्रो चल्ने फिल्म नै होईन । लुट पश्चात त्यस्तै खालको फिल्मको अपेक्षा गर्दै लुट कै दर्शक हलसम्म पुग्दा चपली हाईट भेटिएका कारण फिल्म चल्यो, यो पनि एक पक्षको भनाई हो । कतिपय अवस्थामा यो तर्क सत्य हुन सक्छ ।
ठिक त्यसरी नै ६ एकान ६ चल्नुमा पनि हिन्दी फिल्म धुम थ्री को हात छ भन्नेहरु पनि अहिले निक्लिएका छन् । धुम थ्री ले नेपाली फिल्म हलहरुमा धेरै पछि त्यति धेरै दर्शकलाई ओरालेको थियो । त्यसकै प्रभाव ६ एकान ६ मा परेको उनीहरु बताउँछन् । यो पनि केहि हदसम्म सहि तर्क हुनसक्छ ।
पक्कै पनि फिल्म चल्नलाई फिल्म राम्रो हुनु त पर्छ नै । ६ एकान ६ को हकमा कुरा गर्ने हो भने यो फिल्म धुम थ्रीको प्रभावमा भन्दा पनि चर्को हल्लाखल्लाको कारणले चलेको मान्न सकिन्छ । त्यसैले फिल्म चलाउनका लागि प्रमोशन सबैभन्दा महत्वपुर्ण हुँदो रैछ भन्ने कुरा यसले पुष्टी गरेको छ । तर हल्लामात्रै गरेको आधारमा फिल्म राम्रो भैदिएन भने छड्केजसरी आलोचित पनि बन्न सकिन्छ । त्यसैले राम्रो फिल्म बनाऔँ, दर्शक हलतर्फ आकर्षित भैरहेको बेलामा फिल्म नजुधाऔँ, प्रस्तुतीकरण, विषयवस्तु जस्ता कुरामा ध्यान पु¥याउँ । नेपाली फिल्म पक्कै चल्छन् ।

Tuesday, March 4, 2014

डनसँग कुम जोड्दै प्रधानमन्त्री

यो तस्वीरमा प्रधानमन्त्री शुसील कोइरालासँग कुम जोडने व्यक्ति को होलान् ? उनका छोरा त पक्कै हैनन, किनकी प्रधानमन्त्री अविवाहीत छन् । यी उनका पिए पनि हैनन् । न त उनी काँग्रेसका त्यागी र इमानदार कार्यकर्ता हुन्

। उनी हुन, डान्सबारमा युवतिको नग्न नृत्य गराएबापत मानव बेचविखनको आरोपमा पटक पटक पक्राउ परेका र राजनीतिक आडमा छुटेका डन रोज राणा । स्वच्छ छवीका भनीएका प्रधानमन्त्रीलाई यस्ता डनहरुसँग सँगत किन गर्नुपरेको होला ? भन्ने प्रश्न उत्पन्न हुन्छ । तर, यो राजनीति हो । जे देखिन्छ, त्यो बास्तवमा हुँदैन, अनी जे देखिदैन, त्यही हुन्छ । प्रधानमन्त्रीको उठबस डनहरुसँग पनि हुँदो रहेछ । मानव बेचविखनको आरोप लागेका रोज राणाको खास नाम सरोज थापा हो । चलचित्र क्षेत्रमा शक्रिय भएपछि यसरी थापालाई राणा बनाउन पछि नपर्ने रोज राजधानीका कुख्यात डनको सूचीमा पर्छन् । केही वर्षअघि बागबजारस्थित टप भिआइपी डान्सबारमा छापा मार्ने क्रममा अश्लील नृत्य गरेको अभियोगमा पक्राउ परेका महिला कामदारले भनेका थिए, ‘हामीलाई रोज राणाले धम्की दिएर जर्बजस्ती नग्न नृत्य गराएका हुन् ।’ त्यसपछि उनी पक्राउ परे । विभिन्न राजनीतिक शक्तिको दबाबमा उनलाई चोख्याइयो । र ७ दिन हिरासतमा बसी उनी धरौटीमा रिहा भएका थिए । त्यसैगरी गोंगवु र डिल्लीबजारमा रहेको शो गर्ल डान्स बारमा छापा मार्दा नांगो नाच देखाएको आरोपमा पक्राउ परेका महिला कामदारले पनि आफुहरुलाई धम्क्याएर नांगो नाच्न बाध्य पारेको बताएपछि राणा फरार भएका थिए । काठमाडौंमा रोजका दर्जनौं डान्स बार छन, जहाँ नग्न नृत्य गराइन्छ । आफ्ना अपराधबाट बच्न रोजले राजनीतिक संरक्षणको आड लिए । काँग्रेसका सभापति शुसील कोइरालाकहाँ धाउन थाले । शुसीलले पनि डन (रमेश खरेलको भाषामा फ्याउरे गुन्डा) भन्ने थाहा हुँदा हुँदै यस्ता फयाउरे गुण्डालाई सँधै दाहीना बनाइरहे । अचेल यी र यस्ता डनहरुको चुरीफुरी निकै बढेको छ ।  

डनको घेरामा प्रधानमन्त्री फागुनको पहिलो साता प्रधानमन्त्री कार्यालयबाट प्रहरी सँगठनमा एउटा फोन गरीयो । फोन गर्ने व्यक्ति थिए, प्रधानमन्त्रीका पिए लक्ष्मण ढकाल । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेलले संचालन गरेको गुण्डा अपरेशनको क्रममा पक्राउ परेका काभ्रेका बलराम सापकोटा उर्फ बले र तेजेन्द्र गुरुङलाई छुटाउन पिए ढकालले चर्को दबाब दिएका थिए । उनले प्रहरीका हाकीमलाई फोनमा धम्क्याउँदै भनेका थिए, ‘हाम्रो मानिसलाई समात्ने हिम्मत कसले ग¥यो ? काँग्रेसको सरकारमा काँग्रेसकै मानिसलाई पक्राउ गर्ने को हो ? त्यसलाई जागीर खान मन छ की छैन ?’ यसरी बले र तेजेन्द्रलाई रिहा नगरे जागीर नै खाइदिने धम्की त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै आएपछि प्रहरी संगठनमा हलचल मच्चीयो । यो खबर रमेश खरेलको कानसम्म पुग्यो । उनले प्रधानमन्त्री कार्यालयकै दबाबका भरमा रिहा नगर्ने बताए । यो थाहा पाएपछि प्रहरी अधिकारीलाई थर्काउन काभ्रेका काँग्रेस सभासद तिर्थ लामा हनुमान ढोका पुगेका थिए । त्यसपछि पनि बले र तेजेन्द्र रिहा नभएपछि प्रधानमन्त्रीका पिए लक्ष्मण ढकालले फेरी फोन गरी ‘आइजीपी उपेन्द्र अर्याल र रमेश खरेल दुबैको जागीर खाइदिन्छौं, अब बामदेव गौतम आएर यिनलाई तह लगाउँछन्’ भनेका थिए । यसरी डनलाई छुटाउन प्रधानमन्त्री कार्यालयकै दुरुपयोग गर्ने पिए ढकालको करतुतप्रति प्रधानमन्त्री भने मौन छन् । ‘सादगी’ र ‘निश्कलंक’ भनिएका प्रधानमन्त्रीमाथि यस्ता घटनाले कलंकको दाग लाग्न थालेकोमा इमानदार कांग्रेसजन चिन्तित छन् ।

Monday, March 3, 2014

पुरस्कृत कल्पना फाउन्डेसन द्वारा गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग

गजलकार कल्पना पौडेल जिग्यासुको गजल सङ्र्ह ' भावनाका भेलहरु ' पुरस्कृत कल्पना फाउन्डेसन द्वारा गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग



रोजगारीको शिलशिलामा बिगत सात बर्ष देखि इजरायलमा कार्यरतनवलपरासी गैडाकोट ४ कि गज़लकार कल्पना पौडेल जिज्ञासुको पहिलो गज़ल संग्रह ' भावनाका भेलहरु ' हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनबाट पुरस्कृत भएको छ। फागुन १७ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले आयोजना गरेको स्रष्टा सम्मान एक भव्य साहित्यिक कार्यक्रमका विच पौडेलको अनुपस्थितीको कारण उहांको कान्छो छोरा संकल्प शर्मा लाइ यस वर्ष प्रदान गरिएको गजलश्री पुरस्कारसंगै सम्मान गरेको थियो । गजल सङ्र्ह भावनाका भेलहरु बिक्री गरेर आएको रकम बाट केही पैसा सामाजिक कार्यमा लगाउने जिग्यासुको चाहाना अनुरुप उक्त गजल संग्रहवाट संकलित रकम मध्ये १० हजार रुपैया कल्पना फाउनडेसनका सस्थापक सदस्य मान बहादुर थापा ले गामवेसीको चेपाङ संरक्षण केन्द्रका
अध्यक्ष के पि किरण शर्मा लाई हस्तान्तरण गर्नु भएको थियो थापाले मन्तब्यमा बोल्दै कल्पना पौडेल जिग्यासु रोजगारीको क्रममा इजरायल प्रवेश गर्नुभन्दा पहिला चितवनमा रहेका सडक वालवालीकाहरूलाई जम्मा गरेर आफनै खर्चमा निशुल्क पढाउने , सरसफाई गर्न सिकाउने गरेको र इजरायलवाट फर्किएपछी पनि आफुलाई सामाजीक कार्यमा विशेषत वालवालीकाहरूको सेवामा व्यस्त राख्ने सोच भएको हुँदा कल्पना फाउन्डेसन नामक संस्था समेत स्थापना गरिसकिएको र फाउन्डेसनका संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासुजी रहेको कुरा यसै फाउनडेसनका सस्थापक सदस्य मान बहादुर थापाले जनाउदै स्पस्ट पार्नु भएको थियो ।

जान्नुहोस् नोकियाको पहिलो एन्ड्रोइड स्मार्टफोनको नालीवेली

यतिबेला टेक बजारमा नोकियाको पहिलो एन्ड्रोइड स्मार्टफोन ‘नोकिया एक्स’को चर्चा छ ।


एन्ड्रोइड अपरेटिङ सिस्टमले मोबाइल बजारको ८० प्रतिशत हिस्सा कब्जा गरिसकेपछि बल्ल नोकियाले एन्ड्रोइडलाई अंगाल्ने हिम्मत गरेको छ ।
बिकासशील मुलुकका कम आय भएका उपभोक्तालाई लक्षित गरि ल्याइएको यो फोनमा के कस्ता सुबिधा छन ? ओर्जिनल एन्ड्रोइड फोनभन्दा यो कति फरक छ ? मूल्य कति छ ? सुबिधा के छन् ? आउनुस् आज हामी तपाईलाई यही फोनको नालीवेली दिँदै छौं जो छिटै नेपाली बजारमा पनि उपलब्ध हुने छ ।
महत्वपूर्ण कुरा के हो भने यो फोन भारत, चीन, इण्डोनेसिया, अफ्रिका लगायतका एशिया तथा अफ्रिकी मुलुकका लागि लक्षित गरिएको छ । त्यसैले यो फोन अमेरिका, क्यानडा, जापान, कोरिया लगायतका बिकशित मुलुकमा उपलब्ध हुने छैन् ।
नोकिया एक्स सेरिजमा तीन मोडलमा उपलब्ध छ– नोकिया एक्स, नोकिया एक्स प्लस र नोकिया एक्सएल ।
यी तीनवटै मोडल डुअल कोर प्रोसरयुक्त छन र दुईवटा सीमकार्ड राख्न सकिन्छ ।
नोकियाको एक्स सेरिजमा गुगलको एन्ड्रोइड जेलिवीन ४.१ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
नोकिया एक्स : नोकिया एक्समा ४ इन्चको एलसीडी स्त्रिन छ, ५१२ एमवी ¥याम छ र ३ मेगाफिक्सेलको क्यामेरा छ । यसको बजार मूल्य ८९ युरो अर्थात झण्डै १२ हजार रुपैयाँ तोकिएको छ ।
नोकिया एक्स प्लसः ४ इन्चकै स्क्रिन रहेको नोकिया एक्स प्लसमा ७६८ एमवी ¥याम छ भने ४ जीवी माइक्रो एसडी कार्ड छ भने अन्य फिचर नोकिया एक्सकै जस्तो छ ।
नोकिया एक्सएल : ५ इन्चको स्क्रिनयुक्त नोकिया एक्सएलमा ५ मेगापिक्सेलको क्यामेरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा प्रयोग गरिएको छ । यसमा ७६८ एमवी ¥याम छ ।
ओर्जिनल एन्ड्रोइडभन्दा कति भिन्न ?
नोकियाको यो पहिलो एन्ड्रोइड फोन भएपनि अरु एन्ड्रोइड फोनमा जति फिचर छैनन् । यसमा एन्ड्रोइडको कस्टुमाइज्ड भर्सन प्रयोग गरिएको छ । यसमा गुगलका सेवाहरु जस्तै गुगल म्याप, गुगल एप स्टोर, क्रोम लगायतका सुबिधा पाइने छैन् ।
यसको सट्टा नोकिया एक्स सेरिजमा माइक्रोसफ्टको आउटलुक, माइक्रोसफ्ट एक्सचेन्ज, नोकिया एक्सप्रेस ब्राउजर र हेयर म्याप्स प्रयोग गरिएको छ ।
झ्ट्ट हेर्दा यसको स्क्रिन र लेआउट एन्ड्रोइड हैन, विण्डोज फोन र नोकियाको आशा सेरिजको जस्तो देखिन्छ ।
नोकियाले आफ्ना एन्ड्रोइड फोनका लागि बेग्लै एप स्टोर ल्याउने तयारी गरिरहेको छ जसले गुगल प्ले स्टोरको बिकल्प दिने छ ।

नेपालीको सामाजिक सञ्जाल मेरोपोस्ट डटकम भरपर्दो हुने दाबी

फेसबुक, ट्वीटर जस्तै नेपाली युवाद्वारा सञ्चालित ‘मेरोपोस्ट डटकम’ नामक नेपाली सामाजिक सञ्जाल भरपर्दो हुने दाबी गरिएको छ ।

सो सामाजिक सञ्जालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी विश्वमा प्रख्यात सामाजिक सञ्जाल फेसबुकभन्दा प्रयोगकर्ताका लागि बढी विश्वसनीय, गोप्य र सुरक्षित हुने बताइएको छ ।

सञ्जालका निर्देशक सुनिल चौलगार्इंले स्वदेशमै सञ्चालनमा ल्याइएको सामाजिक सञ्जाल भएकाले सत्य र गोप्य हुने दाबी गरे । सञ्जालले कानुन विपरीत काम गरेमा सरकारले कारबाही गर्नसमेत सक्ने भएकाले यो सञ्जाल प्रयोगकर्ताका लागि बढी विश्वसनीय भएको उनले बताए ।


सूचना र प्रविधिको अध्ययन गरेका दक्ष नेपाली जनशक्तिलाई अवसर दिन, झुटो आइडीको नियन्त्रण गर्न, सामाजिक एकतामा वृद्धि गर्न, व्यवसायको प्रवद्र्धन गर्न र अङ्ग्रेजी भाषा नजान्नेका लागि नेपाली भाषामा सहज रूपमा सूचना दिन यो सञ्जाल सञ्चालन ल्याइएको उनले बताए ।

सो सामाजिक सञ्जालमा श्रव्य, दृश्य, समाचार र तस्बिर हेर्न, प्रोफाइल भेरिफिकेसन गर्न, प्रोफाइल डिजाइन गर्न, खुल्ला समुदायको अवधारणा राख्न, नेपाली भाषामा पोस्ट गर्न, मोबाइलबाट सजिलै प्रयोग गर्न सकिने सुविधा रहेका छन् । सञ्जालको स्थापना विसं २०६६ मा भएको भएपनि अहिले भने यसलाई सामूहिक रूपमा अगाडि बढाउने उद्देश्यका साथ काम सुरु गरिएको निर्देशक चौलागाईंले जानकारी दिए ।

जूनकिरी चम्किनुको रहस्य

सामान्यत: गर्मी मौसममा मात्र पाइने जूनकिरीको पछाडि पिलपिल गरि बल्ने बत्ती विभिन्न रसायनहरूको समीश्रणका कारण बल्छ ।

यी रसायनहरूमा अक्सिजन,ल्युसिफेरिन नामक पिग्मेन्ट, ल्युसिफेरेज नामक इन्जाइम र कोषमा शक्तिप्रदान गर्ने तत्व एडिनोसिन ट्राइफोस्फेट पर्छन ।

बत्ती बाल्नको लागिप्रयोग गरिने कोषहरूमा रहेका युरिक एसिडका क्रिस्टलहरूले प्रकाशलाई परावर्तन गरेर बत्तीलाई अझ चम्किलो पार्छन् । यद्यपि जूनकिरीको बत्ती पिलपिल गर्नुको कारणमा भने जूनकिरीको स्नायु कोषहरूले गर्छन कि अक्सिजनको प्रवाहले गर्छ भन्ने कुरामा वेज्ञानिकहरू द्विविधामा छन । तर, करिब 2 हजार प्रजातिहरू रहेका यि जुनकिरीहरूको बत्ति पिलपिल गर्नुका धेरै प्रायोजन भने थाहा लागेको छ ।

जूनकिरीहरू विपरित लिङ्गीलाई आकर्षित गर्न पिलपिल बत्ति बाल्छन । विभिन्न प्रजातिका जूनकिरीहरू छुट्टाछुट्टै शैलीमा पिलपिल गर्दछन । यसले जूनकिरीहरूलाई आफ्नै प्रजातिको अर्को जूनकिरी थाहा पाउन सजिलो हुन्छ । यिनीहरू यो पिलपिल गर्ने बत्तिलाई सुचना अदानप्रदान गर्न पनि प्रयोग गर्दछन ।

जूनकिरीबाहेक अरू थुप्रै प्राणीहरूले पनि बत्ती बाल्छन । यस्तो बत्ती बाल्ने प्राणीको गुणलाई वैज्ञानिक भाषामा बायोल्युमिनेसेन्स भनिन्छ । वैज्ञानिकहरूको धारणा के छ भने समुन्द्रको गहिरो भागमा बस्ने 90 प्रतिशत प्राणीहरूमा बायोल्युमिनेसेन्स गुण हुन्छ।