Saturday, September 17, 2016

रावावैङ्क बिद्यापुरमा पुनर्स्थापना हुने

पश्चिम क्षेत्रको एक आर्थिक विकास को लागि पुनर्स्थापनाअार्थ विद्यापुर मा रहेको विस्थापित वैङ्क मिति २०७३ः५ः२८ गतेका दिन रावावैङ्क क्षेत्रीय कार्यालय नेपालगन्ज का प्रबन्धक प्रेम वहादुर चन्द र रावा वैङ्क सुर्खेत का मेनेजर होताराम योगि सहितको संयुक्त टोलिद्वारा अनुगमन कार्य सम्पन्न अव २ / ३ महिना भित्र राव ले पश्चिम क्षेत्रका जनताकाे लागि अाफ्नाे निरन्तर सेवा सुविधा प्रदान गर्ने प्रबन्धक प्रेम वहादुर चन्द ले बताउनु भयाे फाेटाे : अेमप्रकाश बास्ताेला

विद्यार्थीलाई दिईने गृहकार्यमा प्रतिबन्ध

काठमाडौं– पोर्टल्याण्डका विद्यालयका विद्यार्थीलाई गृहकार्य दिन प्रतिबन्ध लगाइएको छ । पोर्टल्याण्डको ओरिगन नामक एक संस्थाले गरेको अध्ययनले विद्यालयहरुले विद्यार्थीलाई दिने गृहकार्यले भन्दा अन्य अतिरिक्त कृयाकलापले उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्ने निश्कर्ष निकाले पछि यो प्रतिबन्ध लगाइएको हो । उक्त संस्थाले गृहकार्यको विद्यार्थीलाई बाहिर खेल्नका लागि उत्साहित गर्नुपर्ने पनि सुझाव दिएको मेट्रो न्युज अनलाईनले जनाएको छ । ‘विद्यार्थीलाई घरमा भन्दा बाहिर खेल्न मिल्ने वातावरणको आवश्यकता छ, गृहकार्यले उनीहरुलाई समाजमा खुल्नमा बाधा उत्पन्न गराउँछ ।’ अध्ययनमा उल्लेख छ । ओरिगनको उक्त निश्कर्ष सार्वजनिक भएपछि त्यहाँका प्रारम्भिक विद्यालयहरुका प्रधानाध्यापकहरुले तय गरेको योजनालाई अभिभावकहरुले पनि साथ दिएका छन् । सोही अनुसार विद्यार्थीलाई गृहकार्यको सट्टा बाहिरको वातावरणमा घुलमिल हुने किसिमका गतिविधि गर्नका लागि प्रोत्साहन गर्न थालिएको छ । गृहकार्य भन्दा अन्य बाहिरी गतिविधि र क्रियाकलापले बाल्यकाललाई अझ समृद्ध र उत्पादनशील बनाउने निश्कर्ष सहित गृहकार्यलाई निषेध गरेको प्रअहरुले जनाएका छन् । विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलाप गर्न उत्साहित गर्न थालिएको छ । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई गृहकार्यको ठाउँमा विद्यालय बाहिरको वातावरणसँग घुलमिल गराउने, आमाबाबुसँग खेलाउने, नयाँ नयाँ किताव अध्ययन गर्न लगाउने गर्दा विद्यार्थीलाई सक्रिय बनाउन सकिने भएपछि उक्त नीति अवलम्बन गरिएको हो । एक जना प्रअ केट बार्करले विद्यार्थीलाई गृहकार्य नदिएको दिन निक्कै खुसी हुने बताइन् । उनले गृहकार्यले बालबालिकाहरुलाई सहयोग नगर्ने निष्कर्ष सुनाईन् । ‘हामीले गृहकार्य गर्न थप सहयोग चाहिने विद्यार्थीका गृहकार्यले उनीहरुको विकासमा बाधकको भूमिका खेलेको थाह पायौं ।’ प्रिन्सिपल बार्कर भन्छिन्, ‘त्यसैले विद्यार्थी गृहकार्यका साथ घर फर्किँदा अभिभावक र विद्यार्थीबीच सकारात्मक अन्तरक्रिया नै हँुदैन ।’

दाहाल र मोदीद्वारा २५ बुँदे संयुक्त बक्तव्य जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतवार २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । त्यसमा ५० हजार भुकम्प पीडितलाई थप एक लाख रुपैयाँ दिनेदेखि रोकिएका विकास निर्माण कार्यहरु अघि बढाउन छुट्टै संयन्त्र बनाउनेसम्मका बुँदाहरु रहेका छन् । संयुक्त बक्तव्यमा दुई पक्षीय संयन्त्रका वैठकहरु निरन्तर रुपमा वस्न र त्यसका निर्णयहरु कार्यान्वयन गर्न दुवैले निर्देशन दिइएको छ । त्यसैगरी सार्क र विमेस्टेको फ्रेमवर्क भित्र क्षेत्रीय सहकार्यलाई अगाडी वढाउने, प्रवुद्ध समूहको वैठकले दुई पक्षीय सम्वन्धलाई सुदृढ वनाउन सल्लाह दिने पनि रहेको छ । प्रधानमन्त्री दाहालले गत अघिल्लो बर्षको महाभुकम्पका बेला भारतले गरेको सहयोगको सरहना गरेको छ । साथै भारत सरकारले ५० हजार भुकम्प पीडितलाई घर वनाउन थप एक लाख दिने सहमति गरेको छ । रोकिएका विकासका परियोजनाको अनुगमन गर्न एउटा संयन्त्र वनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । जलविद्युत परियोजनाहरुलाई तिव्रता दिने, पन्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडी वढाउने सहमति गरेका छन् । नेपालले थप एयर रुटको माग गरेमा त्यस सम्बन्धमा थप छलफल गदै जाने सहमति भएको उल्लेख छ । हुलाकी राजमार्गका निर्माणलाई तिव्रता दिन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यसैगरी संयुक्त बक्तव्यमा क्रस वोर्डर रेलवे निर्माणमा भएको प्रगति समिक्षा गर्दै पाँच प्वाइन्टमा रेलवे निर्माण गर्ने ट्रान्समिसन लाइन र सवस्टेसन निर्माण कार्यलाई गति दिने निर्देशन दिएका छन् । उर्जा व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने, पेट्रोलियम पाइपलाइन निर्माणलाई तिव्रता दिने र नेपालमा विदेशी लगानीको संरक्षण गर्ने विषय पनि संयुक्त बक्तब्यको अंश बनेको छ । पशुपतिनाथको पुर्ननिर्माण र जिर्णोद्धारका लागि पशुपति विकास कोष र भारतको पुरातत्व विभागबीच छिट्टै सम्झौता गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई दाहालले दिएको नेपाल भ्रमण निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गर्दै मिति कुटनितिक माध्यममार्फत टुंगो लगाउने उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधान संशोधन प्रकृयामा सबै क्षेत्र समेटिने विश्वास संयुक्त बक्तव्यमा पनि गरेका छन् । प्रकाशित: भाद्र ३१, २०७३ कान्तिपुर ›समाचार ›कमलदेव भट्टराई http://bit.ly/2d3Y9qg

Friday, September 16, 2016

गाबिसमा काम गर्ने संस्थाले मासिक प्रतिबेदन बुझाउनु पर्ने

गाबिसमा कार्यरत सम्पूर्ण संघ संस्था हरुकाे साझेदारी बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ ।त्रैमासिक रुपमा गाबिसमा काम गर्ने संघ संस्था हरुकाे चुनाैति, उपलब्धि सिकाई तथा अागामी दिनमा गर्नुपर्ने कामकाे बारेमा छलफल गरिएको थियाे । बैठक मा गाबिस मा रहेका सराेकार निकाय का गरि ३२ भन्दा बढीको सहभागिता रहेको थियोे । कार्यक्रममा वाम का रत्ना रावत, सुन्दर नेपालका खगिसरा मर्साङगी, सेलर्डका नैनसरा बलामी, ईक्वेल एक्सेसका धर्म राज खनाल र गाेमा सुनार, अावाजका काेकिला कठायत, एकता फाउन्डेसनका दुर्गबहादुर बि क, HC3 का शान्ती थापा मगर, किर्डाक नेपालका कृष्ण बि क ले प्रतिबेदन प्रस्तुत गरेका थिए । वडा नागरिक मञ्च, सचेतना केन्द्र, महिला सञ्जाल, युवा संजाल, राजनीतिक दल ले प्रगति प्रतिबेदन माथि छलफल तथा सल्लाह सुझाव दिएका थिए । बैठकमा साझेदारी बिकास परियाेजना अन्तरगत का साझेदार संस्था र अन्य संस्था बिच अापसी छलफल गरि थप कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र साे काे जानकारी गाबिस मा दिनुपर्ने सहभागीहरुले बताएका छन् । बैठकमा गाबिस सचिव भद्रबहादुर थापाले गाबिसमा रहेका कार्यरत संघ संस्थाहरु गरेका कामहरुकाे जानकारी गराउनुपर्ने बताउनुभएको छ । USAID साझेदारी बिकास परियाेजना काे सहयाेगमा सुन्दर नेपाल संस्था काे अायाेजनामा संचालन भएको बैठक मा गाबिस कार्यालय ले समन्वय गरेकाे थियाे ।
साभार अमर कार्की बाबियाचाैर

Thursday, September 15, 2016

बसन्तपुरमा इन्द्रजात्राको रौनक, हेर्नुस् ९ तस्वीर

३० भदौ, काठमाडौं । जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मनाइएको छ । जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा बिहीबार दरबार स्क्वायरस्थित तल्लो टोलमा रथ तानिएको छ । भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेकाहरू अझै भएकोले रथ यसपालि पनि दिउँसै तानिएको छ ।
भोलि शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचाःयाः भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचाःयाः को दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।
भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखेर व्यवस्थापन गरिएको बताइएको छ । जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण हुन सकेको छैन, त्यसैले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ ।

सुर्खेत–कोरिया सम्पर्क समितिको गठन

सुर्खेत, ३० भदौ । सुर्खेत–कोरिया सम्पर्क समितिको अध्यक्षमा लक्ष्मीनारायण बस्नेत निर्वाचित भएका छन् । दक्षिण कोरियाको सिउलमा सम्पन्न समितिको तेस्रो साधारणसभाले बस्नेतलाई अध्यक्षमा सर्बसहमतिमा चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा खगेन्द्र सुनार, सचिवमा भोजराज जोशी, सहसचिवमा विश्व राष्ट्र विश्व विसी र कोषाध्यक्षमा विलिन विसी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा कुमार भट्टराई, गगन रावल, पुरन थापा र कविन्द्र रावल निर्वाचित भएका छन् ।
11 सदस्यीय कार्यसमिति हुने बिधान भयकोले ऊक्त समितिले दुई जना थप सदस्य मनोनित गर्ने छ । कोरियामा तीन सय भन्दाबढी सुर्खेतीहरु कार्यरत रहेका छन् । नवनिर्वाचित अध्यक्ष बस्नेतले कोरियामा कार्यरत सुर्खेतीहरुको हक, अधिकार र उनीहरुका पक्षमा आफूले काम गर्ने बताए । ‘यसका साथै विदेशमा कमाएको धन र यहाँको सिपलाई आफ्नो जिल्लामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा पनि मेरो र मेरो टीमको ध्यान रहने छ’ उनले भने, ‘समितिमार्फत जिल्लामा केही नयाँ सामाजिक कार्य गर्ने धेय रहेको र छिट्टै ऊक्त नवगठित समितिको पहिलो बैठेकले केहि थप नया सर्जनात्मक निर्णय गर्ने अध्यक्ष बस्नेतले बताऊनु भयो।कार्यक्रम सुर्खेति युवाहरुका अगुवा तथा कोरियन शिक्षक आसाराम ढुगंनाको प्रमुख आथित्यमा समापन भयको थियो।कार्यक्रममा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका सदस्य किरण प्रकाश बि सि ले सहजकर्ताको भुमिका निभाऊनु भयको थियो।बि सि किरणले बिगत 2008 देखि अहिले सम्म करिब 8 बर्षको समयमा कुनैपनि सुर्खेतिले दुर्घटनाको कारण ज्यानको क्षति नहुनु एक सुखद सन्देश भयको बताऊनु भयो।सुर्खेतिहरुको सदैब सकरात्मक सहयोगको लागि नेपाल सम्पर्क समितिको केन्द्रीय टिममा आफुले थप छलफल गर्नेपनि ऊहाले बताऊनु भयो।

लाखे नाचमा आएका युवक नारायणीमा वेपत्ता

३० भदौ, नारायणगढ । चितवनमा आयोजित पाचौं राष्ट्रिय लेखा नाच प्रतियोगितामा सहभागी हुन आएका एक युवक नारायणी नदीमा वेपत्ता भएका छन् । धरान घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका अन्दाजी २२ वर्षका सौगात मोक्तान विहीबार दिउँसो वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । उनी बुधबार चितवन आएका थिए । गर्मी भयो भन्दै विहीबकार नुहाउन नदीमा गएका उनी दिउँसो दुई बजेदेखि वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजीका लागि सशस्त्र प्रहरी बलको विशेष तालिम प्राप्त टोली परिचालन गरिएको छ ।