Friday, September 23, 2016

" सुन खाेज्न छाेडेर ज्ञान खाेज्दै कशोरी "

अमर कार्की बिद्यापुर, ७ असाेज सुर्खेत "शाथीहरुकाे लहलहैमा लागेर पढाइ बिचैमा छाेडे तर जीवनकाे बाटाे देखाउने पढाइ नै रहेछ" याे भनाइ बिद्यालय पुनः भर्ना भएकी किशोरी काे हाे । सुर्खेत जिल्लाको पश्चिम बिद्यापुर १ कि अमृता राजी अाजभाेली पढाइ लाई महत्त्व दिन्छिन् । उनिसंगका शाथीहरु बिद्यालय बिचैमा छाेडेका र उनिहरुकाे लहलहैमा लागेर उनले पनि माध्यमिक तहमा नै पढाइ राेकिन अनि सुरु भयाे उनका दुखका दिनहरु । ९ जनाकाे परिवार त्यसैमाथि कमजाेर अार्थिक अवस्था र अाम्दानीका श्राेत हरु पनि कम भएका कारण दैनिकी संघर्ष पुर्ण बन्याे । घर नजिकै रहेको माद्यामिक बिद्यालय मा उनका शाथिहरु पढ्न जाँदै गर्दा उनी नदिकाे वगरमा र खाेलाकाे छेउमा जान्थिन ।दैनिक रुपमा माछा मार्ने, सुन खाेज्ने र केही समय खेतीपाती गर्ने यस समुदायको दैनिकी रहेकाे छ । युवाहरु बिचैमा कक्षा छाेडेर भारतमा गएर ज्याला मजदुरी गर्ने भएकोले माध्यमिक तह पूरा गरेका हरुकाे संख्या न्यून रहेकाे छ ।
स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र किर्डाक नेपाल द्वारा संचालित संवाद केन्द्र उनकाे लागि मार्गदर्शक बनेकाे छ । पढाइ छाेडेकी अमृता संवाद केन्द्र कि सहजकर्ता अञ्जु थापा काे पहलमा नियमित संवाद केन्द्र मा अाउन थालेकि छन् ।दैनिक २ घण्टा छलफल हुने संवाद केन्द्र मा किशोर किशोरी का समस्या, सामाजिक सवालहरु, स्वास्थ्य सरसफाइ, पञ्जीकरण, सरकारी सेवा सुबिधा, अधिकार र कर्तव्य, शुसासन, बिपद, बचत लगाएतका अन्य बिषयमा छलफल हुने गरेकाे छ । संवाद केन्द्रमा जीवन उपयोगी सिपकाे बारेमा महसुस गरेर पुन: बिद्यालय भर्ना भएको उनी बताउँछिन् । घर वरपरकाे बाताबरण सरसफाइ, करेसाबारी निर्माण, संवाद मा भएको छलफल घरपरिवारमा छलफल गर्ने र बिद्यालय मा पनि नियमित जान थालेपछि समुदायका अरुले पनि सिकाे गर्न थालेका छन् । दैनिक रुपमा अनावश्यक खर्च हुने रकम बाट बचाएर उनले १२०० रुपैयाँ बचत गरेकी छन् ।
बचत गरेकाे रकम बाट अाफ्नाे पढाइमा लगानी गर्ने गरेकि छन् । अाफ्नाे पढाइलाई अगाडि बढाउन किर्डाकले गरेकाे सहयाेग मा खुसी ब्यक्त गरेकी छन् । लाेपउन्मुख जाती काे रुपमा रहेकाे राजि समुदाय यस क्षेत्रमा १० घर रहेका छन् । संवाद सहयोग समिति का अध्यक्ष जुनिसरा राजीले अब अरु किशोरी लाई पनि सकारात्मक सन्देश दिदै ब्यवसायमा लाग्न उत्प्रेरित गर्ने बताउनुभएको छ

दशैंको टिकट बुक गर्नै सास्ती, पाँच घण्टासम्म लाइनमा

७ असोज, काठमाडौं । दशैंमा घर जाने टिकटका लागि टिकापुरका रोशन कोइराला बिहान ५ बजे नै लाइनमा आए । उनी आउँदा नयाँ बसपार्कमा टिकट काट्नेहरुको लामो लाइन लागिसकेको थियो । बिहान १० बजे बल्ल तल्ल टिकट काटेर उनी निस्किए । पाँच घण्टा लाइनमा उभिएर टिकट लिएपछि सन्तुष्टीको सास फेर्दै उनले भने, ‘दशैंका लागि अगि्रम टिकट हात पार्नु एउटा युद्ध जित्नु जस्तै हुन्छ ।’ अघिल्ला वर्षहरुमा पनि यसैगरी लाइनबाटै टिकट लिन्थे । यो वर्ष भने केही सहज हुन्छ कि भन्ने लागेको थियो उनलाई । तर, कोइरालाले यसपाली पनि झण्डै ५ घण्टा लाइनमा बस्नै पर्‍यो । अब्यवस्थित लाइन हरेक वर्ष दशैंको अग्रिम टिकट बुकिङ खुले पनि टिकट बिक्री वितरणको काम भने निकै अव्यवस्थित देखिन्छ जसका कारण यात्रुहरु सास्ती खेप्न बाध्य छन् । ‘काउन्टरहरु धेरै भएको भए लामो लाइनमा बस्नु पर्दैनथ्यो, टिकट खुलेको मात्रै हो । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने कसैलाई लागेकै रहनेछ,’ रोशन कोइरालाले भने । उनले भनेजस्तै नयाँ बसपार्कमा लागेको टिकट काट्नेको लाइन पटक्कै व्यवस्थित देखिँदैन । नयाँ बसपार्क मात्रै होइन, कोटेश्वर, कलंकी, गौशाला, पुरानोबसपार्क लगायतका स्थानमा अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरु लाइन व्यवस्थित नगरिँदा समस्यामा छन् । घाममा लाइन बस्नेहरु घण्टौं उभिनुपरेको गुनासो गर्छन् । ट्राफिक प्रहरीकाअनुसार बिहान ३ बजे नै यात्रुहरु टिकटका लागि लाइनमा थिए । सुर्खेतको टिकट काट्न लाइनमा उभिएका सरोज रोका भन्छन्, ‘जेका लागि पनि लाइनमा बस्ने बानी नै लागिसक्यो । तर, प्रहरीले चासो नदिँदा बीच-बीचबाट आएर छिर्नेहरुले हैरान पारिसके । हामी अघि सर्नै पाएका छैनौं । अरु जे-जे भएपनि प्रहरीले लाइन मिलाउने काम त राम्रोसँग गर्न सक्थ्यो होला ।’ बस ब्यावसायी समितिले पनि काउन्टरमा पर्याप्त कर्मचारी राखेका छैनन् । एकजनालाई टिकट काट्न नै ५-१० मिनेटभन्दा बढी लाग्ने कारण काउन्टरको भीड घट्नै नसकेको देखिएको छ । काउन्टरमा रहेका कर्मचारी पनि समय-समयमा हराउँदा लाइनमा बस्नेहरुले सास्ती भोगेको देखिन्छ । विशेषलाई लाइन छैन टिकट काउन्टरमा महिला र अशक्त, अपांग तथा जेष्ठ नागरिकका लागि पनि छुट्टै लाइन राखिएको छैन । महिला र पुरुषको छुट्टाछुट्टै लाइन नहुँदा महिलाहरुले समस्या भोगिरहेका छन् । प्रहरीले त्यसमा सहजीकरण गर्नुपर्ने देखिएको छ । सबै काउन्टर आसपास ट्राफिक प्रहरीले भाडादरसहित हेल्प डेस्क खडा गरेको छ । तर, लाइन व्यवस्थित बनाउने भूमिका उनीहरुबाट भएको देखिएन । बझाङ जानका लागि टिकट काट्न लाइनमा बसेकी सुनिता कालाखेती भन्छिन्, ‘पुरुषहरुको बीचमा भीडमा उभिँदा साह्रै असहज भइरहेको छ । बेलमा-बेलामा अगाडि पछाडिबाट त्यसै घचेट्छन् । टिकट नै नकाटी फर्किउँ कि जस्तो भइसक्यो ।’ उनले भनेजस्तै धेरै महिलाहरु लाइनमा अप्ठेरोसँग उँभिरहेका देखिन्छन् । विद्यार्थी छुट छैन अग्रिम टिकट काट्दा कुनै बस व्यावसायी समितिले विद्यार्थी छुटको कार्यान्वयन गरेका छैनन् । नेपालगञ्जका लागि टिकट काटेका सुदर्शन थारु विद्यार्थीलाई दिइने छुट नदिएकोमा आक्रोशित देखिए । ‘यो छुट दशैंका बेलामा नदिने भनेर कतै सुनिएको छैन । राज्यले निर्णय गरेर खुलेको अग्रिम टिकट बुकिङमा विद्यार्थीका लागि छुट नदिनुपर्ने किन ?’ उनले भने, ‘प्रहरीलाई भन्दा पनि सुनेनन् । दशैं उनीहरुको कमाउने बेला होला । तर, खुलेआम ठग्न त दिन भएन नि ।’ महाकाली बस व्यावसायी समितिका कर्मचारी दुईवटा सिट मात्रै विद्यार्थीका लागि राखिएको बताउँछन् । त्यो पनि बस चढ्ने दिन नै तोकेर भाडा फिर्ता दिने उनीहरुको दावी छ । अहिले सार्वजनिक सवारीमा चढ्ने विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने ब्यवस्था छ । असोज ११ देखि २२ गतेसम्म दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ भइरहेको छ । नयाँबसपार्कस्थित अग्रिम टिकट बुकिङ काउन्टरमा देखिएका थप दृश्य यस्ता छन् । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

Monday, September 19, 2016

जण्डिस छिटो निको पार्ने एक मात्र औषधी :भुइँअमला

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

Saturday, September 17, 2016

रावावैङ्क बिद्यापुरमा पुनर्स्थापना हुने

पश्चिम क्षेत्रको एक आर्थिक विकास को लागि पुनर्स्थापनाअार्थ विद्यापुर मा रहेको विस्थापित वैङ्क मिति २०७३ः५ः२८ गतेका दिन रावावैङ्क क्षेत्रीय कार्यालय नेपालगन्ज का प्रबन्धक प्रेम वहादुर चन्द र रावा वैङ्क सुर्खेत का मेनेजर होताराम योगि सहितको संयुक्त टोलिद्वारा अनुगमन कार्य सम्पन्न अव २ / ३ महिना भित्र राव ले पश्चिम क्षेत्रका जनताकाे लागि अाफ्नाे निरन्तर सेवा सुविधा प्रदान गर्ने प्रबन्धक प्रेम वहादुर चन्द ले बताउनु भयाे फाेटाे : अेमप्रकाश बास्ताेला

विद्यार्थीलाई दिईने गृहकार्यमा प्रतिबन्ध

काठमाडौं– पोर्टल्याण्डका विद्यालयका विद्यार्थीलाई गृहकार्य दिन प्रतिबन्ध लगाइएको छ । पोर्टल्याण्डको ओरिगन नामक एक संस्थाले गरेको अध्ययनले विद्यालयहरुले विद्यार्थीलाई दिने गृहकार्यले भन्दा अन्य अतिरिक्त कृयाकलापले उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्ने निश्कर्ष निकाले पछि यो प्रतिबन्ध लगाइएको हो । उक्त संस्थाले गृहकार्यको विद्यार्थीलाई बाहिर खेल्नका लागि उत्साहित गर्नुपर्ने पनि सुझाव दिएको मेट्रो न्युज अनलाईनले जनाएको छ । ‘विद्यार्थीलाई घरमा भन्दा बाहिर खेल्न मिल्ने वातावरणको आवश्यकता छ, गृहकार्यले उनीहरुलाई समाजमा खुल्नमा बाधा उत्पन्न गराउँछ ।’ अध्ययनमा उल्लेख छ । ओरिगनको उक्त निश्कर्ष सार्वजनिक भएपछि त्यहाँका प्रारम्भिक विद्यालयहरुका प्रधानाध्यापकहरुले तय गरेको योजनालाई अभिभावकहरुले पनि साथ दिएका छन् । सोही अनुसार विद्यार्थीलाई गृहकार्यको सट्टा बाहिरको वातावरणमा घुलमिल हुने किसिमका गतिविधि गर्नका लागि प्रोत्साहन गर्न थालिएको छ । गृहकार्य भन्दा अन्य बाहिरी गतिविधि र क्रियाकलापले बाल्यकाललाई अझ समृद्ध र उत्पादनशील बनाउने निश्कर्ष सहित गृहकार्यलाई निषेध गरेको प्रअहरुले जनाएका छन् । विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलाप गर्न उत्साहित गर्न थालिएको छ । प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई गृहकार्यको ठाउँमा विद्यालय बाहिरको वातावरणसँग घुलमिल गराउने, आमाबाबुसँग खेलाउने, नयाँ नयाँ किताव अध्ययन गर्न लगाउने गर्दा विद्यार्थीलाई सक्रिय बनाउन सकिने भएपछि उक्त नीति अवलम्बन गरिएको हो । एक जना प्रअ केट बार्करले विद्यार्थीलाई गृहकार्य नदिएको दिन निक्कै खुसी हुने बताइन् । उनले गृहकार्यले बालबालिकाहरुलाई सहयोग नगर्ने निष्कर्ष सुनाईन् । ‘हामीले गृहकार्य गर्न थप सहयोग चाहिने विद्यार्थीका गृहकार्यले उनीहरुको विकासमा बाधकको भूमिका खेलेको थाह पायौं ।’ प्रिन्सिपल बार्कर भन्छिन्, ‘त्यसैले विद्यार्थी गृहकार्यका साथ घर फर्किँदा अभिभावक र विद्यार्थीबीच सकारात्मक अन्तरक्रिया नै हँुदैन ।’

दाहाल र मोदीद्वारा २५ बुँदे संयुक्त बक्तव्य जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतवार २५ बुँदे संयुक्त बक्तब्य जारी गरेका छन् । त्यसमा ५० हजार भुकम्प पीडितलाई थप एक लाख रुपैयाँ दिनेदेखि रोकिएका विकास निर्माण कार्यहरु अघि बढाउन छुट्टै संयन्त्र बनाउनेसम्मका बुँदाहरु रहेका छन् । संयुक्त बक्तव्यमा दुई पक्षीय संयन्त्रका वैठकहरु निरन्तर रुपमा वस्न र त्यसका निर्णयहरु कार्यान्वयन गर्न दुवैले निर्देशन दिइएको छ । त्यसैगरी सार्क र विमेस्टेको फ्रेमवर्क भित्र क्षेत्रीय सहकार्यलाई अगाडी वढाउने, प्रवुद्ध समूहको वैठकले दुई पक्षीय सम्वन्धलाई सुदृढ वनाउन सल्लाह दिने पनि रहेको छ । प्रधानमन्त्री दाहालले गत अघिल्लो बर्षको महाभुकम्पका बेला भारतले गरेको सहयोगको सरहना गरेको छ । साथै भारत सरकारले ५० हजार भुकम्प पीडितलाई घर वनाउन थप एक लाख दिने सहमति गरेको छ । रोकिएका विकासका परियोजनाको अनुगमन गर्न एउटा संयन्त्र वनाउन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । जलविद्युत परियोजनाहरुलाई तिव्रता दिने, पन्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रोलाई अगाडी वढाउने सहमति गरेका छन् । नेपालले थप एयर रुटको माग गरेमा त्यस सम्बन्धमा थप छलफल गदै जाने सहमति भएको उल्लेख छ । हुलाकी राजमार्गका निर्माणलाई तिव्रता दिन दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । त्यसैगरी संयुक्त बक्तव्यमा क्रस वोर्डर रेलवे निर्माणमा भएको प्रगति समिक्षा गर्दै पाँच प्वाइन्टमा रेलवे निर्माण गर्ने ट्रान्समिसन लाइन र सवस्टेसन निर्माण कार्यलाई गति दिने निर्देशन दिएका छन् । उर्जा व्यापार सम्झौतालाई कार्यान्वयन गर्ने, पेट्रोलियम पाइपलाइन निर्माणलाई तिव्रता दिने र नेपालमा विदेशी लगानीको संरक्षण गर्ने विषय पनि संयुक्त बक्तब्यको अंश बनेको छ । पशुपतिनाथको पुर्ननिर्माण र जिर्णोद्धारका लागि पशुपति विकास कोष र भारतको पुरातत्व विभागबीच छिट्टै सम्झौता गर्ने भएको छ । भारतीय प्रधानमन्त्रीलाई दाहालले दिएको नेपाल भ्रमण निम्तोलाई भारतीय प्रधानमन्त्री मोदीले स्वीकार गर्दै मिति कुटनितिक माध्यममार्फत टुंगो लगाउने उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधान संशोधन प्रकृयामा सबै क्षेत्र समेटिने विश्वास संयुक्त बक्तव्यमा पनि गरेका छन् । प्रकाशित: भाद्र ३१, २०७३ कान्तिपुर ›समाचार ›कमलदेव भट्टराई http://bit.ly/2d3Y9qg

Friday, September 16, 2016

गाबिसमा काम गर्ने संस्थाले मासिक प्रतिबेदन बुझाउनु पर्ने

गाबिसमा कार्यरत सम्पूर्ण संघ संस्था हरुकाे साझेदारी बैठक अाज बाबियाचाैरमा सम्पन्न भएको छ ।त्रैमासिक रुपमा गाबिसमा काम गर्ने संघ संस्था हरुकाे चुनाैति, उपलब्धि सिकाई तथा अागामी दिनमा गर्नुपर्ने कामकाे बारेमा छलफल गरिएको थियाे । बैठक मा गाबिस मा रहेका सराेकार निकाय का गरि ३२ भन्दा बढीको सहभागिता रहेको थियोे । कार्यक्रममा वाम का रत्ना रावत, सुन्दर नेपालका खगिसरा मर्साङगी, सेलर्डका नैनसरा बलामी, ईक्वेल एक्सेसका धर्म राज खनाल र गाेमा सुनार, अावाजका काेकिला कठायत, एकता फाउन्डेसनका दुर्गबहादुर बि क, HC3 का शान्ती थापा मगर, किर्डाक नेपालका कृष्ण बि क ले प्रतिबेदन प्रस्तुत गरेका थिए । वडा नागरिक मञ्च, सचेतना केन्द्र, महिला सञ्जाल, युवा संजाल, राजनीतिक दल ले प्रगति प्रतिबेदन माथि छलफल तथा सल्लाह सुझाव दिएका थिए । बैठकमा साझेदारी बिकास परियाेजना अन्तरगत का साझेदार संस्था र अन्य संस्था बिच अापसी छलफल गरि थप कार्यक्रम प्रभावकारी बनाउनुपर्ने र साे काे जानकारी गाबिस मा दिनुपर्ने सहभागीहरुले बताएका छन् । बैठकमा गाबिस सचिव भद्रबहादुर थापाले गाबिसमा रहेका कार्यरत संघ संस्थाहरु गरेका कामहरुकाे जानकारी गराउनुपर्ने बताउनुभएको छ । USAID साझेदारी बिकास परियाेजना काे सहयाेगमा सुन्दर नेपाल संस्था काे अायाेजनामा संचालन भएको बैठक मा गाबिस कार्यालय ले समन्वय गरेकाे थियाे ।
साभार अमर कार्की बाबियाचाैर