Saturday, October 8, 2016

युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् । उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो । ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे । उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे । ‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’ ‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् । ‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

भाइबरले नेपालमा तोक्यो फ्रि भाइबर क्षेत्र

अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । भोलि २२ गतेदेखि लागू हुने गरी पाँच स्थानलाई फ्रि भाइबर तोकेको हो । जसमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट -शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट -काठमाडौं मल) र डिजी टेक काठमाडौं -पाको न्यूरोड (ताम्राकार हाउसको अगाडी) छन् । सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध फि्र भाइबर क्षेत्रमा प्रयोगकर्ताहरुले निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । ‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ, भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भनेका छन् । उनका अनुसार भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरेको छ ।

Saturday, October 1, 2016

गुटु माविमा विद्यार्थिहरुलाइ चस्मा बितरण

असाेज 14 गते सुर्खेत गुटु माविमा गुटु स्वास्थ्य चाैकीकाे अायाेजना र जीवन ज्याेति मावीकाे सहकार्यमा अाँखा कमजाेर बिद्यार्थीलाई सुर्खेत अाँखा अस्पतालकाे सहयाेगमा निशुल्क चस्मा बितरण र जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतकाे स्वास्थ्य शिक्षा अन्तर्गत "मानव जीवनमा अाँखाकाे महत्त्व"
बिषयमा बक्तृत्वकला पुरस्कार सहित समपन्न ।यस कार्यक्रम लाई शुरू देखि अन्त सम्म स्वास्थ्य चाैकी गुटुकाे तर्फ बाट सि‍ अ हे व गगन पाण्डे ज्यूले यस कार्यत्रःममा बिषेश भुमिका निर्बाह गर्नुभएकाे थियाे ।

यस्तो छ १८ बर्षमै मोडलिङ्मा जमेकी बिनाको सफलता

जितमान विसी/ सुनौलोनेपाल काठमाडौं: नेपाली संगीत क्षेत्रको आकाशमा चम्किरहेकी चर्चित मोडेल बिना तामांङको चर्चाले एकताका स्वदेश तथा बिदेशको माहोल निकै तताएको थियो । सानै देखी अध्ययनमा लगनशिल बिनाले म कसरी अभिनयको क्षेत्रमा लागेर सबैसामु परिचित हुनसक्छु भन्ने सोच राखेकी थिइन् अन्तत: बिना जुन सपना बोकेर नेपाली संगीत क्षेत्रमा पाइला राखिन अहिले पुरा हुँदै गएको उनि बताउछिन । १८ बर्ष अगाडी चितवनमा जन्मिएकी बिना राम्री अनि सहनसील स्वभावकी छन् भनेर उनलाई चिन्ने र बिनाका आफन्त साथीभाई हरु बताउछन् । अहिलेसम्म ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी बिना केहि महिना यता म्युजिक भिडियोमा देखा परिनन सुनौलोनेपाल संगको कुराकानीको क्रममा जोड्दै भनिन म संगीत क्षेत्र बाट केहि महिनाको अन्तरालमा जन्मथलो चितवनमै रहेर आफ्नो विजनेस सम्हाल्नु को साथ-साथै अहिले नया म्युजिक भिडियोमा पनि काम गरिसकेको बताएकी छिन । आफुले अभिनय गरेको म्युजिक भिडियोलाई माया गर्ने सम्पुर्ण दर्शकहरु प्रती आभार व्यक्त गर्दै आफुले अभिनय गरेको नेपाली म्युजिक भिडियो हेरेर सुनेर प्रतिक्रियाको साथमा माया गरिदिनु होला भनि आग्रह समेत गरेकी छिन । श्रोता, दर्शकको माया नै आफ्नो सफलता ठान्छिन विना “हजार जुनी जुनी” बोलको गीतबाट अभिनयको क्षेत्रमा पाइला टेकेकी बिना लाइ सोहि बोलको गीत “हजार जुनी जुनी” ले उनलाई बिना तामांङ भनेर चिनाएको र धेरै माथी पुर्याएको बताइन । अभिनयको क्षेत्रमा बिनाको उचाइले सफलताको शिखर चुम्नु सफल होस्, सुनौलो नेपालको तर्फवाट पनि बिनालाइ

आज घटस्थापना

आश्विन १५, २०७३- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ८ बजेर ३५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । रासस

Friday, September 23, 2016

" सुन खाेज्न छाेडेर ज्ञान खाेज्दै कशोरी "

अमर कार्की बिद्यापुर, ७ असाेज सुर्खेत "शाथीहरुकाे लहलहैमा लागेर पढाइ बिचैमा छाेडे तर जीवनकाे बाटाे देखाउने पढाइ नै रहेछ" याे भनाइ बिद्यालय पुनः भर्ना भएकी किशोरी काे हाे । सुर्खेत जिल्लाको पश्चिम बिद्यापुर १ कि अमृता राजी अाजभाेली पढाइ लाई महत्त्व दिन्छिन् । उनिसंगका शाथीहरु बिद्यालय बिचैमा छाेडेका र उनिहरुकाे लहलहैमा लागेर उनले पनि माध्यमिक तहमा नै पढाइ राेकिन अनि सुरु भयाे उनका दुखका दिनहरु । ९ जनाकाे परिवार त्यसैमाथि कमजाेर अार्थिक अवस्था र अाम्दानीका श्राेत हरु पनि कम भएका कारण दैनिकी संघर्ष पुर्ण बन्याे । घर नजिकै रहेको माद्यामिक बिद्यालय मा उनका शाथिहरु पढ्न जाँदै गर्दा उनी नदिकाे वगरमा र खाेलाकाे छेउमा जान्थिन ।दैनिक रुपमा माछा मार्ने, सुन खाेज्ने र केही समय खेतीपाती गर्ने यस समुदायको दैनिकी रहेकाे छ । युवाहरु बिचैमा कक्षा छाेडेर भारतमा गएर ज्याला मजदुरी गर्ने भएकोले माध्यमिक तह पूरा गरेका हरुकाे संख्या न्यून रहेकाे छ ।
स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र किर्डाक नेपाल द्वारा संचालित संवाद केन्द्र उनकाे लागि मार्गदर्शक बनेकाे छ । पढाइ छाेडेकी अमृता संवाद केन्द्र कि सहजकर्ता अञ्जु थापा काे पहलमा नियमित संवाद केन्द्र मा अाउन थालेकि छन् ।दैनिक २ घण्टा छलफल हुने संवाद केन्द्र मा किशोर किशोरी का समस्या, सामाजिक सवालहरु, स्वास्थ्य सरसफाइ, पञ्जीकरण, सरकारी सेवा सुबिधा, अधिकार र कर्तव्य, शुसासन, बिपद, बचत लगाएतका अन्य बिषयमा छलफल हुने गरेकाे छ । संवाद केन्द्रमा जीवन उपयोगी सिपकाे बारेमा महसुस गरेर पुन: बिद्यालय भर्ना भएको उनी बताउँछिन् । घर वरपरकाे बाताबरण सरसफाइ, करेसाबारी निर्माण, संवाद मा भएको छलफल घरपरिवारमा छलफल गर्ने र बिद्यालय मा पनि नियमित जान थालेपछि समुदायका अरुले पनि सिकाे गर्न थालेका छन् । दैनिक रुपमा अनावश्यक खर्च हुने रकम बाट बचाएर उनले १२०० रुपैयाँ बचत गरेकी छन् ।
बचत गरेकाे रकम बाट अाफ्नाे पढाइमा लगानी गर्ने गरेकि छन् । अाफ्नाे पढाइलाई अगाडि बढाउन किर्डाकले गरेकाे सहयाेग मा खुसी ब्यक्त गरेकी छन् । लाेपउन्मुख जाती काे रुपमा रहेकाे राजि समुदाय यस क्षेत्रमा १० घर रहेका छन् । संवाद सहयोग समिति का अध्यक्ष जुनिसरा राजीले अब अरु किशोरी लाई पनि सकारात्मक सन्देश दिदै ब्यवसायमा लाग्न उत्प्रेरित गर्ने बताउनुभएको छ

दशैंको टिकट बुक गर्नै सास्ती, पाँच घण्टासम्म लाइनमा

७ असोज, काठमाडौं । दशैंमा घर जाने टिकटका लागि टिकापुरका रोशन कोइराला बिहान ५ बजे नै लाइनमा आए । उनी आउँदा नयाँ बसपार्कमा टिकट काट्नेहरुको लामो लाइन लागिसकेको थियो । बिहान १० बजे बल्ल तल्ल टिकट काटेर उनी निस्किए । पाँच घण्टा लाइनमा उभिएर टिकट लिएपछि सन्तुष्टीको सास फेर्दै उनले भने, ‘दशैंका लागि अगि्रम टिकट हात पार्नु एउटा युद्ध जित्नु जस्तै हुन्छ ।’ अघिल्ला वर्षहरुमा पनि यसैगरी लाइनबाटै टिकट लिन्थे । यो वर्ष भने केही सहज हुन्छ कि भन्ने लागेको थियो उनलाई । तर, कोइरालाले यसपाली पनि झण्डै ५ घण्टा लाइनमा बस्नै पर्‍यो । अब्यवस्थित लाइन हरेक वर्ष दशैंको अग्रिम टिकट बुकिङ खुले पनि टिकट बिक्री वितरणको काम भने निकै अव्यवस्थित देखिन्छ जसका कारण यात्रुहरु सास्ती खेप्न बाध्य छन् । ‘काउन्टरहरु धेरै भएको भए लामो लाइनमा बस्नु पर्दैनथ्यो, टिकट खुलेको मात्रै हो । यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने कसैलाई लागेकै रहनेछ,’ रोशन कोइरालाले भने । उनले भनेजस्तै नयाँ बसपार्कमा लागेको टिकट काट्नेको लाइन पटक्कै व्यवस्थित देखिँदैन । नयाँ बसपार्क मात्रै होइन, कोटेश्वर, कलंकी, गौशाला, पुरानोबसपार्क लगायतका स्थानमा अग्रिम टिकट बुकिङ गर्ने यात्रुहरु लाइन व्यवस्थित नगरिँदा समस्यामा छन् । घाममा लाइन बस्नेहरु घण्टौं उभिनुपरेको गुनासो गर्छन् । ट्राफिक प्रहरीकाअनुसार बिहान ३ बजे नै यात्रुहरु टिकटका लागि लाइनमा थिए । सुर्खेतको टिकट काट्न लाइनमा उभिएका सरोज रोका भन्छन्, ‘जेका लागि पनि लाइनमा बस्ने बानी नै लागिसक्यो । तर, प्रहरीले चासो नदिँदा बीच-बीचबाट आएर छिर्नेहरुले हैरान पारिसके । हामी अघि सर्नै पाएका छैनौं । अरु जे-जे भएपनि प्रहरीले लाइन मिलाउने काम त राम्रोसँग गर्न सक्थ्यो होला ।’ बस ब्यावसायी समितिले पनि काउन्टरमा पर्याप्त कर्मचारी राखेका छैनन् । एकजनालाई टिकट काट्न नै ५-१० मिनेटभन्दा बढी लाग्ने कारण काउन्टरको भीड घट्नै नसकेको देखिएको छ । काउन्टरमा रहेका कर्मचारी पनि समय-समयमा हराउँदा लाइनमा बस्नेहरुले सास्ती भोगेको देखिन्छ । विशेषलाई लाइन छैन टिकट काउन्टरमा महिला र अशक्त, अपांग तथा जेष्ठ नागरिकका लागि पनि छुट्टै लाइन राखिएको छैन । महिला र पुरुषको छुट्टाछुट्टै लाइन नहुँदा महिलाहरुले समस्या भोगिरहेका छन् । प्रहरीले त्यसमा सहजीकरण गर्नुपर्ने देखिएको छ । सबै काउन्टर आसपास ट्राफिक प्रहरीले भाडादरसहित हेल्प डेस्क खडा गरेको छ । तर, लाइन व्यवस्थित बनाउने भूमिका उनीहरुबाट भएको देखिएन । बझाङ जानका लागि टिकट काट्न लाइनमा बसेकी सुनिता कालाखेती भन्छिन्, ‘पुरुषहरुको बीचमा भीडमा उभिँदा साह्रै असहज भइरहेको छ । बेलमा-बेलामा अगाडि पछाडिबाट त्यसै घचेट्छन् । टिकट नै नकाटी फर्किउँ कि जस्तो भइसक्यो ।’ उनले भनेजस्तै धेरै महिलाहरु लाइनमा अप्ठेरोसँग उँभिरहेका देखिन्छन् । विद्यार्थी छुट छैन अग्रिम टिकट काट्दा कुनै बस व्यावसायी समितिले विद्यार्थी छुटको कार्यान्वयन गरेका छैनन् । नेपालगञ्जका लागि टिकट काटेका सुदर्शन थारु विद्यार्थीलाई दिइने छुट नदिएकोमा आक्रोशित देखिए । ‘यो छुट दशैंका बेलामा नदिने भनेर कतै सुनिएको छैन । राज्यले निर्णय गरेर खुलेको अग्रिम टिकट बुकिङमा विद्यार्थीका लागि छुट नदिनुपर्ने किन ?’ उनले भने, ‘प्रहरीलाई भन्दा पनि सुनेनन् । दशैं उनीहरुको कमाउने बेला होला । तर, खुलेआम ठग्न त दिन भएन नि ।’ महाकाली बस व्यावसायी समितिका कर्मचारी दुईवटा सिट मात्रै विद्यार्थीका लागि राखिएको बताउँछन् । त्यो पनि बस चढ्ने दिन नै तोकेर भाडा फिर्ता दिने उनीहरुको दावी छ । अहिले सार्वजनिक सवारीमा चढ्ने विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने ब्यवस्था छ । असोज ११ देखि २२ गतेसम्म दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ भइरहेको छ । नयाँबसपार्कस्थित अग्रिम टिकट बुकिङ काउन्टरमा देखिएका थप दृश्य यस्ता छन् । तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर