एक दशकदेखि नाइट शो नचलेका झापाका फिल्म हलहरुमा ‘झोला’ हेर्न भने दर्शकको घुँइचों लाग्ने गरेको छ ।
झापा, दमकस्थित निलकण्ठ चित्र मन्दिरको ढोका अचेल राति अबेरसम्म खुल्लै
हुन्छ । दुई सातादेखि मौलिक फिल्म ‘झोला’ले दर्शकलाई तानिरहेको छ । “राति
हल खोल्ने बानी हराइसकेको रहेछ,” हलका प्रबन्धक बलराम पराजुली भन्छन्,
“बितेको ११ वर्षमा एकपटक ‘मेरो एउटा साथी छ’ तीन नाइट शो चलेको थियो, अहिले
‘झोला’ हेर्न टाढा–टाढाबाट पनि दर्शक आइरहेका छन् ।
साहित्यकार कृष्ण धरावासीको वहुचर्चित ‘झोला’ कथाको विषयवस्तुमाथि निर्देशक यादव भट्टराईले बनाएको ९० मिनटको फिल्म ‘झोला’ देशभरका विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ ।
0 comments:
Post a Comment