Friday, July 26, 2013

मंसिर ४ मा चुनाव भएरै छाड्छ : ज्ञवाली

११ साउन, वीरगञ्ज । नेकपा एमालेका नेता एवम् प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जुनसुकै अवस्थामा भए पनि आगामी मङ्सिर ४ गते संविधानसभाको चुनाव भएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले लोकतन्त्रमा निर्वाचन अनिवार्य भएकाले यसलाई सर्तका रूपमा दलहरूले लिन नहुने वताउनुभयो ।pradip gyawali नेकपा-एमाले पर्साले शुक्रवार वीरगञ्जमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भन्नुभयो, “मुलुकलाई सही दिशामा फर्काउने एकमात्र विकल्प र वैधानिक बाटो संविधानसभाको निर्वाचन भएकाले यसलाई अब कसैले चाहेर पनि पर धकेल्न सक्दैन ।” आसन्न संविधानसभाको निर्वाचनबाट आफ्नो पार्टी पहिलो शक्ति हुने आधार देखापरेको उल्लेख गर्दै उहाँले लोकतन्त्र नचाहने र एमालेबाट डराएका पक्षले चुनाव बिथोल्न चाहेको आरोप लगाउनुभयो । संविधानसभाको चुनावलाई ध्यानमा राखेर चुनावी रणनीति तय गरी आम नेपालीको घरदैलोमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आसन्न संविधानसभा चुनावलाई बिथोल्न खोज्ने वा चुनाव हुन नदिन चाहने शक्तिविरुद्ध सबै लोकतान्त्रिक शक्ति एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस



0 comments: