Friday, July 26, 2013

कबिता भन्छिन, म रेजिनालाई जहाँ गए पनि छोददिन


केही समय अघि सम्म अंकमाल गर्दै हिड्ने नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठ बिच अहिले काटमारकै अवस्था श्रृजना भएको छ । रेजिनाले ‘बरदान’ सिनेमा बनाएर आफूलाई फसाँएको भन्दै कविता निर्माता संघ र हनुमान ढोका प्रहरी प्रभागको ढोका ढकढकाइरहेकी छिन् । तर नायिका उप्रेती भने निर्मात्री श्रेष्ठको सम्पर्कमा आएकी छैनन् । रेजिना अहिले कमला श्रेष्ठसँग ब्यूटिसियनको तालिम लिइरहेकी छिन् ।

उनको योजना केही दिनमै यूके उड्ने र त्यहाँ रहेका प्रेमीसँग बिहे गर्ने छ । तर यता निर्मात्री श्रेष्ठ भने ‘बरदान’ बनाउँदा भएको सहमती अनुसार रेजिनाले रकम नतिरेको भन्दै आक्रोशित भएकी छिन् । ‘बरदान’ बनाउँदा रेजिनाले आफूलाई फकाएर ठगेको आरोप उनको छ । आखिर के हो त रेजिना र कविताको जुहारीको मुख्य जड, हामीले कविताकै भाषामा यहाँ प्रस्तुत गरेका छौ : चलचित्र ‘बरदान’ आफ्नो नाउँमा बनाउँदा सिनेमा भयंकर चल्ने सोचाइ थियो रेजिनाको । उनले रेजिना फिल्मस् दर्ता गरेपनि ३ बर्षसम्म कुनै सिनेमा बनाउन सकेकी थिइनन् । यसैले पनि उनले मलाई १० लाख लगानी गरिदिनुहोस्, अरु म गर्छु भनिन् । मैले पनि बैनीको नाताले हुन्छ भन्दै छायांकन सुरु गरे । तर रेजिनाले एक रुपिँया पनि निकाल्ने कुरा नै गरिनन् । यसपश्चात मैले अब पैसा छैन भन्दै छायांकन रोक्ने बताए । तर रेजिनाले आफूले ब्याज समेत तिर्ने भन्दै बाँकी रकम हाल्नु भनिन् । उनीसँग १५ लाखसम्मको कुनै ब्याज नलिने यसपश्चात लागेको रकमको २४ प्रतिशत ब्याज रेजिनाले दिने सहमती भयो । तर आज रेजिना मेरो सम्पर्क भन्दा बाहिर छिन् । उनले विदेशमा १० लाख रकम उठाएर मलाई जम्मा ७० हजार ल्याएर दिएकी छिन् । मैले उनको यूकेमा रहेका प्रेमी सुरजलाई पनि कुरा गरे । उनले रेजिनासँग कुरा गर्छु भने तर केही गरेनन् । रेजिनालाई लागेको थियो आफ्नो नाम जोडिएपछि सिनेमाले प्रशस्त पैसा कमाउँछ । तर आज उनी एक रुपिया पनि नतिरी यूके भाग्न लागेकी छिन् । उनी हाल कमला श्रेष्ठसँग ब्यूटीपार्लरको तालिम लिइरहेकी छिन् । म उनलाई यूके गएपनि छोड्दिन । किनकी सिनेमा बनाएपछि घाटा र नाफाको हिसाब गर्न सक्नुपर्छ । यूके गएपनि म राजदुतावास मार्फत उनलाई यूकेमै कारबाही गरेरै छोड्छु । मैले रेजिनाका प्रेमीलाई पैसा नपाएपनि उनको बेइजत गरेरै छोड्छु भनेको छु । मैले निर्माता संघका उजुरी दिइसके, अब हनुमान ढोका पनि पुग्छु । यता नायिका रेजिना उप्रेती भने कविताको कुरालाई ठाडै अस्विकार गर्छिन् । रेजिना फिल्मस् आफ्नो नाउँमा भएकाले कसैले पनि मुद्दा दायर गर्न नसक्ने भनाई रेजिनाको छ । ‘आफ्नै नाममा भएको फिल्म कम्पनी विरुद्ध कसरी कविता जी ले मुद्दा हाल्न सक्नुहुन्छ र ?’ रेजिना भन्छिन् । रेजिना चलचित्रको च्यारेटी शो र विदेशको प्रदर्शन गरेर कवितालाई ५ लाख दिएको बताउँछिन् । बाँकी रकम आफूले दिन नसक्ने रेजिनाको भनाई छ"|

0 comments: