Friday, July 26, 2013

बोल्न-सुन्नै नसक्नेलाई सामूहिक बलात्कार

बुटवल, श्रावण १० -
जन्मजात बोल्न र सुन्न नसक्ने एक महिलामाथि उनकै भतिजोसहितका ३ युवाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारले युवती घाइते भएकी छन् ।

रूपन्देही, पश्चिम अमुवाकी २८ वषर्ीया महिलामा आफ्नै घरमा बलात्कृत भएकी हुन् । भतिजा १८ वषर्ीय वसन्त रेग्मीसहितका स्थानीय ३ युवाले गत शनिबार साँझ योजनाबद्ध ढंगले बलात्कार गरेका थिए । सासू र दुई छोराछोरीसहित बस्ने ती महिलासँग त्यस साँझ घरमा नाबालक छोरामात्र थिए ।

शारीरिक अक्षमताको फाइदा उठाउँदै बलात्कारको योजना पनि वसन्तले नै बनाएका थिए । उनले साथीहरू सागर सुनार र प्रेम विकलाई बोलाएर बलात्कारमा सहभागी गराएका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर महिलाकी सासू धान रोप्ने खेताला खोज्न छिमेकीको घर गएकी थिइन् । पटक-पटक बलात्कारको योजना बनाए पनि सफल नभएका वसन्तले शनिबार साँझदेखि नै उनको घरमा चियो गरेका थिए ।

बोल्न-सुन्न नसक्ने ती महिला बाहिर निस्कन खोजेपछि वसन्तले पैसा दिएर विरोध नगर्न इसारा गरेका थिए । त्यो पनि नमानेपछि उनले दुई जना युवालाई कोठामा बोलाएका थिए । त्यसपछि तीनै जना युवाले समातेर महिलामाथि जबरजस्ती गरेका थिए । राति करिब साढे १० बजेतिर सासू घर आइपुग्दा महिला रगताम्मे भएर रुँदै बसिरहेकी थिइन् ।

सासूले बुहारीको न्यायका लागि छिमेकी गुहारे पनि केही आफन्तले उनीहरूलाई घरको घटना घरमै मिलाउन सल्लाह दिएका थिए । पीडितकी भाउजू र सासूले त्यसो नगर्ने अड्डी लिएका थिए । केही महिलाको सहयोगमा आइतबार बिहान छिमेकीसँग हारगुहार गर्दै पीडित महिलालाई अमुवा प्रहरी चौकीमा पुर्‍याइएको थियो । त्यसपछि छपिया प्रहरी हँुदै साँझ जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको हो । जिल्ला प्रहरी कार्यालयमै घटना दर्ता गरिएको हो । घटना विवरण महिलाका भाउजू र सासूले प्रहरीलाई बताएका हुन् । पीडित महिला बोल्न र सुन्न नसक्ने भए पनि लेख्न सक्छिन् ।

पीडित महिला हाल माइती नेपाल रूपन्देहीको संरक्षणमा छिन् । माइती नेपालकै पहलमा महिलाले बलात्कारमा संलग्न तीनै जनाविरुद्ध उजुरी दर्ता गराएको माइती नेपाल रूपन्देहीकी प्रमुख प्रभा खनालले बताइन्् । पीडितको उजुरीअनुसार प्रहरीले बलात्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोे छ ।

आवेशमा आएर बलात्कार गरेको भन्दै अभियुक्तहरूले गल्ती स्वीकारेका छन् । प्रहरी नायब उपरीक्षक पोषराज पोखरेलले अभियुक्तमाथि सामूहिक करणीको महलअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको बताए ।

पीडित महिलाका पति पनि कान सुन्न सक्दैनन् । हाल उनी रोजगारका लागि भारत गएका छन् ।

Thursday, July 25, 2013

एक मिनेटमा के–के हुन्छ इन्टरनेटमा ?

डाटा वा इमेल:
    सबैको जीवनको अहम हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ । यस्तै ६० सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ ।
फोटो–भिडियो:
    १ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन् । बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन् । १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ ।
मोबाइलबाट इन्टरनेट:
    स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसंग जोडिन्छन् । 

कम्प्यूटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के–के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो ।

गजल

कसलार्इ के थाहा छर कहाँ निर के हुन्छ
कहाँ गास अनि कहाँ गइ बास हुन्छ
हाँसो अनि खुसि त पाहुना जस्तै जिबनमा
कहाँ प्राण अनी कहाँ हाम्रो सास हुन्छ
जिउँदो शरीर थाहाछैन भीत्र भीत्रै गली सक्यो
कहाँ सोचाइ अनि कहाँ हाम्रो आाश हुन्छ
नसोचेको हुँदो रैछ जीन्दगि मा थाहा पाएँ
कहाँ सुरु हुन्छ अनि कहाँ गर्इ बिनास हुन्छ

यादब पौडेल
बिध्यापुर १ सुन्दरपुर (सुर्खेत)

Wednesday, July 24, 2013

निर्वाचन आचारसंहिता–२०७० लागू



उम्मेदवारहरुले ७५ हजारभन्दा बढी खर्च गर्न नपाउने
काठमाडौं, ७ साउन ।

   
अब हुने संविधानसभा निर्वाचनका लागि मंगलवारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन हुने १ सय २० दिन अघिबाट आचारसंहिता लागू गर्न निर्वाचन ऐनअनुसार मंगलवारबाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको १ सय ४ बुँदे आचारसंहितामा राजनीतिक दल, उम्मेदवारले गर्नपाउने खर्च प्रयोग गर्न भाषा, प्रचार प्रसार सामग्री सबै समेटिएका छन् ।
    आचारसंहितामा निर्वाचन प्रचार–प्रसार गर्दा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसंग सम्बन्धित व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारण जस्ता विषयमा प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन प्रतिवन्ध लगाइएको छ ।
    प्रत्यक्ष तर्फका उम्मेदवारले १० र समानुपातिका उम्मेदवारले ७५ हजार खर्च गर्न पाउने छन् । धार्मिक पुरातात्विक वा ऐतिहासिक भवन, स्मारक स्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खाल तथा निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानमा स्वीकृति नलिई पर्चा टाँस्न नपाइने भनिएको छ । आचारसंहिता लागू भएपछि नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र कुनै परियोजनाको साधन, स्रोत र सम्पत्ति प्रयोग गर्न नहुने तथा मतदातालाई प्रभाव पार्न उद्देश्यले नगद, जिन्सी र अन्य कुनैपनि सामग्री वितरण गर्न वा भोज भतेरको आयोजना गर्न पाइने छैन ।
    आचारसंहिताले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाबाहेक अन्य जिल्लामा हवाईजहाज तथा हेलिकप्टरजस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार–प्रसार गर्न प्रतिबन्ध लगाएको छ । उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा हलुका सवारी साधन प्रयोग गर्नसक्ने र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडासम्म प्रयोग गर्नसकिने जनाएको छ ।
संचार माध्यमलाई पनि आचारसंहिता
    निर्वाचनको अवधिमा आमसंचार माध्यमलाई पनि आचारसंहिता लागू हुनेछ । सूचना वा समाचारको संकलन तथा सम्प्रेषण रोक्न, दबाउन वा लुकाउन नहुने, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा समाचार सम्पादकीय लेख्न नपाइने भनिएको छ । आचारसंहिताको पालना भए नभएको जाँचबुझ वा अनुगमन गर्न आयोगले आवश्यकता अनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गरिनेछ ।
    कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।
 

Tuesday, July 23, 2013

बाबुको हत्यापछि छोराछोरीको विचल्ली



दैलेख, २९ असार ।
भाइद्वारा हत्या गरिएका कुसापानी–८ का बालाराम आर्चायका बालबालिका विचल्लीमा परेका छन् । बाबुको हत्यापछि ती बालबालिका विचल्लीमा परेका हुन् । जग्गा किनवेच र लिनेदेन सम्बन्धी विवाद हुँदा कान्छा बाबुको छोरा पूर्णप्रसाद आर्चायले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका थिए ।
बाबुको हत्यापछि बालबालिकाले राम्रो संग खानेकुरा नपाएको मृतककी पत्नी मानकुमारी आर्चायले रुदैं भनिन्, ‘अब हामीलाई कसले सहयोग गर्छ, केटाकेटी नाना छन् । म एक्लो महिलाले के गरुँ, खेतबारी बाँझै छ ।’ आफन्त कोही नभएपछि मृतकका १३ वर्षीय छोरा चक्रपाणि आर्चायले बाबुको काजकिरिया गरेको स्थानीयबासी शिवप्रसाद आचार्यले बताए । मृतकका २ छोरा १ छोरी छन् । जेठो छोरा महादेव मावि पानीपोखरा कक्षा–७ मा अध्ययनरत छन् ।
आर्थिक अवस्था कमजोर भएका आचार्य परिवारको लागि स्थानीयबासीले १७ हजार पैसा संकलन गरी पोष्टमार्टम र काजकिरियाको लागि सहयोग गरेको स्थानीयबासी झमलाल पौड्याले बताए । ‘काजकिरिया र पोष्टमार्टमको लागि गाउँलेले सहयोग गरे । छोराछोरीलाई कसरी पढाउने हो भन्ने चिन्ता लागेको छ,’ मानकुमारीले बताइन् ।
धारिलो हतियार प्रयोग गरी दाजुको हत्या गर्ने अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले अभियुक्तसंगै हत्यामा प्रयोग भएका सामग्री समेत ल्याएको छ । अभियुक्तको बयान अनुसार रिसको आवेगमा आइ आफूले हँसिया नै प्रयोग गरी हत्या स्वीकारेको प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । दाइको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो ।

रशियन नायिकाको नेपाली सिनेमा खेल्ने चाहना

रशियन चर्चित नायिका यानिना कालगानिभाले नेपाल फेरी घुम्न आउने इच्छा व्यक्त गरेकी छिन् । रसियन कल्चर सेन्टरमा आयोजना गरिएको एक कार्यक्रममा नायिका यानिनाले आफूलाई नेपाल र नेपाली अत्यन्त मन परेको बताइन् ।

उनले आफूलाई कसैले नेपाली सिनेमा खेल्न प्रस्ताव गरे खुशीका साथ तयार भएको समेत बताइन् । अंग्रेजी भाषा समेत राम्रोसँग बोल्न नजान्ने यानिनाले आफू १६ बर्षदेखि यो क्षेत्रमा लागेको बताइन् । उनले आफू अहिले २७ बर्षको भएको बताउदै आफ्नो नयाँ चलचित्र प्रदर्शनको क्रममा रहेको बताइन् । पत्रकारसँग कुराकानी पश्चात यानिनाले अभिनय गरेको पहिलो चलचित्र ‘लभ इन यू एस एस आई’ प्रदर्शन गरेकी थिइन् ।

Monday, July 22, 2013

घरमै वसेर महिनाको लाख मेरो कतार/अरवको कमाइ यही हो- उमा

image (1)ओख्रेनी (रामेछाप ), असार – महिनाको लाख रुपैया आर्जन गर्न ओख्रेनी ९ कटुन्जेकी उमा श्रेष्ठलाई खाडी मुलुक जानु परेको छैन । करेशावारीमा लगाएको तरकारी खेतिबाट मात्र उमालाई महिनाको झण्डै लाख आर्जन हुन्छ ।
करेसावारीमा काक्रोको स्याहार गर्दै उमाले भनिन्, ‘मेरो यही हो कतारको कमाई ।’ उनले एक महिनाको अवधिमा काक्रो वेचेर मात्र करिव ५० हजार कमाएकी छिन् । अझै हजारौंको काक्रो वेलामा झुण्डिरहेका छन् । उमाले जम्मा १२ वोट काक्रोबाट उक्त रकम कमाएकी हुन् । सडकसगैं जोडिएको जग्गा रहेकोले ढुवानी र वजारको समस्या खासै परेको छैन ।
उमाको घरमा फलेको काक्रो स्थानीय जातको हो । सुई लगाएर वजारमा ल्याईने काक्रोलाई त्यसले सजिलै विस्थापित गर्छ । ‘मगमग वास्ना आउने काक्रो त्यो पनि लोकल’ उमा भन्छिन्, ‘मलाइ विक्रीको लागि कुनै समस्या परेको छैन ।’ प्रतिकेजी ४० रुपैंयामा हारालुछ गरेर काक्रो किन्ने ग्राहक वजारमा वग्रेल्ति पाएकी छिन् उमाले ।
उमा र उनको परिवारका सदस्य आफनै माटोमा रमेका छन् । काक्रो सकिएर के भो झण्डै एक लाख आउने टमाटर वजार लानका लागि ठिक्क वेला भएको छ । ‘असारको अन्तिम तिर टमाटर निस्कन्छ’ उमाले भनिन्, ‘त्यसबाट एक लाख जति आउला ।’
सिमी, रुख भण्टा, करेला, अकवरे खोर्सानी, वेमौसमी काउली उनका अरु उत्पादन हुन् । वजारमा ति सवै वस्तु प्राय सँगसगैं पुगेका हुन्छन । विहीबार रामेछाप र सोमबार मन्थलीमा लाग्ने साप्ताहिक हाट वजार र जिल्ला सदरमुकाम मन्थलीमा अन्य दिन पनि उमाका उत्पादन पुग्ने गरेका छन् । ओख्रेनीमा उत्पादित तरकारी जिल्ला सदरमुकाम मन्थलीसम्म लैजानका लागि दिनका दुई वटा गाडी ओहोर दोहोर गरिरहेका हुन्छन् । गाडि चल्न थालेपछि ओख्रेनीका अधिकांश किसानको थाप्लोमा नाम्लो छुटेको छ ।
ओख्रेनीको कटुन्जेमा वसोवास गर्ने उमा जस्ता दर्जनौ किसानको मुख्य पेशा तरकारी खेति वनेको छ । स्थानीय हरिवहादुर तामाङ भन्छन्, ‘यहाँका किसानको जाँगर देखेर मैले सिंचाईको लागि पानीको मुहान नै दिएँ ।’ कटुन्जेमा नजिकैको ओख्रेनी खोलाबाट दुई बर्ष अघि लिली हेल्वेटासको सहयोगमा तामाकोशी सेवा समिति मन्थलीबाट तीनवटा सिंचाई पोखरीको निर्माण भएपछि स्थानीयहरु व्यवसायीक तरकारी खेतिमा जुटेका हुन् ।
पानी नहुदा हामीलाई साह्रै असजिलो थियो स्थानीय भुलवहादुर तामाङ्गले भने, ‘तर अहिले तरकारीमा पानी लगाउन पाईन भन्नु परेको छैन ।’ सिंचाई पोखरी वन्नु अघि केही अगुवा किसानले तरकारी खेति गरेपनि अधिकांशको जमिन वाँझै वस्ने गरेको थियो । तर अहिले कटुन्जेको जग्गा प्राय खालि वसेको पाईदैन ।