Monday, August 8, 2016

‘ब्वाइफ्रेन्ड एउटै हुँदा त कहाँसम्म !’ http://bit.ly/2aHoSsv

कलाकारहरू सिंगल कमै हुने गर्छन्। अविवाहित अवस्थामा कसैसँग रिलेसनसिपमा रहे पनि यस्तामध्ये कमैले यो कुरा स्विकार्ने गर्छन्। किन होला? जवाफ आलिया भट्टले दिएकी छन्। उनका अनुसार, रिलेसनसिपकै कारणले महिलाहरूबारे अनेक टिप्पणी हुने गरेकाले यो मामिलामा बलिउड अभिनेत्रीहरू मौन रहने गरेका हुन्। किनकि, सम्बन्ध एउटासँग मात्रै सधैँ नरहन पनि सक्छ र ब्रेकअपपछि सिंगलै बसिन्छ भन्ने हुन्न। ‘भारतमा हामी समाजको एउटा अंग हुने गर्छौं, यस्तो समाजको जुन निकै जजमेन्टल हुने गर्छ,’ उनले हफिङटनपोस्टसँग भनेकी छन्, ‘यस्तो समाजमा कुनै केटीका धेरै ब्वाइफ्रेन्ड हुनु भनेको अझै पनि ठूलै जोखिमको कुरो हो। त्यसैले, समाजको खिसीटयुरीबाट बच्न बलिउड अभिनेत्रीहरू आफ्नो प्राइभेट लाइफबारे सार्वजनिक रूपमा कुरै गर्न चाहन्नन्। मेरो बचावट मैले नै गर्नुपर्छ, हामीकहाँ।’ आलियाले अमेरिकी गायिका टेलर स्विफ्टको सन्दर्भ उठाउँदै थपिन्, ‘टेलरले आफूले यो उमेरसम्म आइपुग्दा धेरै जनासँग डेटिङमा रहेको स्विकारेकी छन्। उनी भारतमा भएकी भए र यस्तै कुरा गरेकी भए आत्मग्लानिले सामाजिक अपहेलनाका कारण मर्नुपथ्र्यो अनि उनको इमेज अर्कै बनिसक्थ्यो। अभिनेता सिद्धार्थ मलहोत्रासँगको सम्बन्ध उनले स्विकारे के हुन्थ्यो होला भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘मैले स्विकारुँला, तर यो सधैँ यस्तै रहन आवश्यक नहुन पनि सक्छ। भोलि म उनीसँगको रिलेसनसिपबाट बाहिर निक्लेँ र यसबारे भिन्न तरिकाले सोच्न थालेँ भने? यही कुरालाई लिएर भोलि समाज मेरो पछाडि परोस् भन्ने म चाहन्नँ। ओहो तिम्रो ब्रेकअप भयो, अब अर्को को त भन्ने खालका प्रश्नले महिलालाई उनीहरूले चाहेजसरी स्वतन्त्र–स्वच्छन्द भएर बाँच्ने अनुमति दिँदैन।’ प्रकाशित: श्रावण १९, २०७३ कान्तिपुर ›मनोरञ्जन ›एजेन्सी http://bit.ly/2aHoSsv