Wednesday, March 8, 2017

सुनकाे मुल्य ५४ हजार ७ सय

सुनको मूल्य ५५ हजारबाट ओर्लिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन बुधबार ३ सय रुपैयाँले घटेको हो। बुधबार ५४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन ८ सय ५ रुपैयाँ थियो।

यसरी भर्नुहोस काेरियन भाषा परिक्षाकाे अन्लाइन आवेदन फारम

इपिएस टपिकको लागी परीक्षा मिति आउँदो जेठ २७ र २८ गतेलाई निर्धारण गरिएको छ जसमा पास भएर अन्य योग्यता पुगेमा करिब दश हजार २ सय जना नेपाली रोजगारीका लागी कोरिया जाने छन। त्यसको लागी १८ वर्ष पुरा भई ३९ वर्ष नघाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनीरुपमा बसोबास गरे बापत फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको नेपाली नागरिक हुनुपर्ने छ। कोरियन भाषा परीक्षा उर्तीण आवेदकको व्यक्तिगत विवरण (जस्तै नाम,थर, जन्म मिति) राहादानी भन्दा फरक परेमा भाषा परीक्षामा उर्तिण भएपनि कोरिया जान नपाइने हुँदा होसपुर्वक आवेदन भर्नुपर्ने हुन्छ। इपिएस परिक्षाको आवेदन फाराम अनलाइनबाट भर्नुपर्ने हुन्छ जसका लागी इपीएस नेपालको अनलाईन आवेदन फाराम बुझाउनको लागी परीक्षार्थीहरुले eoers.epsnepal.gov.np मा गएर लग्इन गर्नुपर्ने हुनेछ। नयाँ परीक्षार्थी ‘पेपर वेस्ड टेस्ट’ लेखिएको विकल्प सेलेक्ट गर्नुपर्ने हुनेछ भने पहिला गएर आइसकेका पुराना परीक्षार्थीले ‘कम्प्युटर वेस्ड टेस्ट’ भन्ने अफसन सेलेक्ट गर्नुपर्नेछ। ग्लोबल आइएमइ बैंकबाट रकम जम्मा गरी प्राप्त गरेको भौचर नम्बर अथवा एसएमएस मार्फत आएको भौचर नम्बर सिस्टममा राखी परीक्षार्थीको पासवर्ड राखेर ‘नेक्सट्’ अपसनमा क्लिक गर्नुपर्ने छ। त्यसपछि आउने साइटमा आफ्नो पासवर्डको स्क्यान गरिएको फोटो अपलोड गर्नुपर्नेछ । फोटो जेपिइजी फरम्याटमा हुनुपर्ने छ। २५० डिपिआई रिजोलुसन भएको फोटो अपलोड गरेमा पासवर्डको डिटेल्स अटोम्याटिकरुपमा फर्ममा आउनेछ। पासवर्डको डिटेल्स अपलोड भएपछि इपिएस नेपालको आवेदन फर्म खुल्ने छ जसमा परीक्षार्थीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सो फर्मको पाँच नम्बरमा देखिने उद्योगको प्रकार र वृस्तित् कार्यक्षेत्रमा आफूले इच्छयाएको कार्य छान्नु पर्ने छ। त्यसपछि आफ्नो मोबाइल नम्बर, इमेल ठेगाना तथा इच्छाएको परिक्षा स्थान सेलेक्ट गर्नुपर्ने छ। त्यसपछि आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गरी त्यसभन्दा तलको नियम एवंम सर्तहरुमा टिक लगाई बुझाउनु पर्नेछ। कन्फरमेसन पेजमा आफूले भरेको विवरण सहि या छैन भनेर पुर्ण चेक गरेर केहि सच्याउनु परेमा इडिट बटम क्लिक गर्नुहोस र फर्म सब्मिट गर्नुहोस। फर्म सब्मिट भएपछि एसएमएस मार्फत जानकारी पाउनुहनेछ र इमेलमा परिक्षा प्रवेशपत्र प्राप्त गर्नुहुनेछ जसलाइ प्रिन्ट गरेर प्राप्त गर्न सकिने छ। यस पेज चैत ९ गते अघि भने खुल्ने छैन।