Friday, October 28, 2016

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल यसरी बने करोडपति

पोखराका व्यवसायी चन्द्रकान्त बरालले जीवनमा धेरै चुनौती खेपे । अन्तत: चुनौतीलाई सामना गरेरै उनले आफूलाई सफल व्यवसायी साबित गरे । पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा उनीसहित सात जना दाजुभाइले बाँडीचुँडी खाने दुई सय रोपनी जग्गा थियो । ३६ वर्षअघि सो जग्गा कृषि विकास बैंकमा धितो राखेर बरालले एक लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेका थिए । उनले हात हालेको व्यवसाय थियो, बंगुर पालन । केही गर्छु भन्ने सोचले बंगुर पाल्न थालेका बराललाई त्यो समयमा कम्ता आपत परेन ! बाहुनको छोराले बंगुर पालेको भनेर समाजबाट आलोचना मात्र खेपेनन्, कामदार पाउन समेत मुश्किल पर्‍यो । उता बंगुर पनि भटाभट मरेपछि व्यवसाय नै डुब्यो । एक लाख रुपैयाँ चोखै गुम्यो । त्यति रकम ०३७ साल ताका ठूलै थियो । उनले लाख रुपैयाँ डुबाएपछि धितो राखेको जग्गा फर्कनेमा दाजुभाइले समेत आस गुमाएका थिए । तर, बरालले हिम्मत नहारी समस्याको डटेर सामना गरे । भ्याक्सिन नपाउँदा बंगुर सखाप पशु सेवा कार्यालयमा तालिम लिएर ग्रामीण कार्यकर्ताको अनुभव बटुलेका बरालले बंगुरको एउटा पाठा बेचेर दुई सय ५० रुपैयाँसम्म कमाउने सपना बोकेका थिए । वर्षमा दुई पटकसम्म बंगुर उत्पादन हुने र एक पटकमा १८ देखि २२ वटासम्म पाठा जन्मने हुँदा परिवारमा पनि ठूलै आशा थियो । तर, जन्मेका पाठा भकाभक मर्न थालेपछि सबै आशा खरानी भयो । भ्याक्सिन नहुँदा स्वाइन फिभर रोगले बंगुर सखाप बनाएको बराल बताउँछन् । ‘त्यतिबेला बंगुरमा लगाउने भ्याक्सिन नहुँदा मेरो सपना मात्र तुहिएन, परिवारको भविष्य नै संकटमा पर्‍यो’, उनले भने । तर, उनीभित्र आशाको झिल्को बाँकी नै थियो । एकातिर बैंकको ऋण र अर्कोतिर बंगुर पालेर धर्म गुमाएको भन्दै समाजको आलोचना खेपिरहेकै थिए, दोहोरो तनावका कारण उनले घर जान समेत बिस्तारै कम गरेका थिए । पोखरामै खोलिएको सानो फिड इन्डष्ट्रिज र पछि मिलन फिडमा बरालले जागिर खाए । सफलताको सूत्र निरन्तर मिहिनेत व्यवसाय चुर्लुम्म डुबेपछि ऋण तिर्न नसक्दा बैंकले कालोसूचीमा राख्ने तयारी गर्दै थियो । त्यसमाथि घर परिवारले समेत विश्वास कम गर्दै गरेको बेला पनि बरालले हिम्मत हारेनन् । घर भाडामा लिएर कुखुरा पाल्न सुरु गरेको उनी स्मरण गर्छन् । तर, उनलाई समस्याले पिछा गर्न छाडेन । ‘सुरुमा कुखुरा पनि रोगाएर मरे, तर मैले मिहिनेत गर्न छाडिनँ,’ बराल बताउँछन् । कुखुराका लागि आवश्यक दानाको बजार देखेपछि उनको ध्यान त्यतातिर पनि गयो । यस्तै, कुखुरा हुर्काएर बेच्दै गर्दा मासु पनि बेच्नुपर्छ भन्ने सोच आयो । त्यसले उनको आर्थिक पाटो झनै बलियो बन्दै गयो ।
हाल आएर पशुपंक्षीको दानाका लागि पोखरा बिरौटामा ‘बराल फिड इन्डष्ट्रिज’ निकै चर्चित छ । पोखरा २५ पुम्दीभुम्दी सिरवानी स्थायी घर भएका बरालले पुर्ख्यौली जग्गामै ‘हिल प्वाइन्ट पोल्ट्री फार्म’ खोल्दै १६ हजार कुखुरा पाल्दै आएका छन् । चिनियाँ सेमिअटोमेटिक प्रविधिबाट बोइलर कुखुरा पालन गरिरहेका छन् । सात महिनाको अवधिमा ८० हजारभन्दा बढी कुखुरा उत्पादन गरेका बरालले मनग्य नाफा समेत लिइसकेका छन् । आगामी तीन महिनामा तीन करोड रुपैयाँ लगानी गर्दै थप १६ हजार कुखुरा थप्ने बरालको लक्ष्य छ । उनले अमेरिका र युरोपका साथै एसियाका केही मुलुकमा अवलोकन गरी बोइलर कुखुरा पालनमा फुल्ली अटोमेटिक सिस्टम भित्र्याउन लागेको र यो नेपालमा नयाँ प्रयोग हुने दाबी गरे । बरालको पोशाक दाना उत्पादन उद्योगमा पनि लगानी छ । यस्तै, फेवा मिट प्रोडक्ट लगायत विभिन्न क्षेत्रमा उनले सफलता हासिल गरेका छन् । निरन्तरको मिहिनेतले यस्तो सफलता हात परेको उनको अनुभव छ । हिजो हेपिए, आज बने करोडपति हिजोका दिनमा बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आज भने करोडपति बनेका छन् । कतिपय ठाउँमा सुनपानीले चोख्याएर मात्र घरभित्र पस्न दिने गरेको घटना उनी सम्झिन्छन् । अहिले विभिन्न व्यवसायबाट गरी वर्षमा दुई करोड रुपैयाँसम्म कमाउने गरेको उनी बताउँछन् । ‘काम गर्दै जाँदा सुरुमा अवरोध र आलोचना आइलाग्न सक्छ, तर जीवनमा मिहिनेत गर्न नछोडेमा सफलता अवश्य पाइने रै’छ’, बराल अनुभव सुनाउँछन् । कामलाई सम्मान गर्ने हो भने नेपालमै करोड कमाउन सकिने उनले उदाहरण देखाएका छन् ।

Tuesday, October 25, 2016

भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।

भगवती सलामी मगरको उपचारकोलागि ४२ लाख काेरियन रकम संकलन

सुर्खेत कुनाथरि स्थाई घर भयकि भगवती सलामी मगरको उपचारको लागि हाल 2016/10/23 बेलुकी सम्म 42 लाख Korean won भन्दा माथि रकम संकलन भएको छ। 1 रमेश लुंगेली,भोजपुर:-50,000वोन 2 नवीन गुरुङ्ग ,पोखरा:-100,000वोन 3 मनोज गुरुङ्ग, पोखरा :- 50,000वोन 4 याम थापा मगर , पोखरा :- 10,000वोन 5 प्रकाश गौली,सुर्खेत:-10,000 वोन 6 हिरा बहादुर छन्त्याल,बागलुङ्ग :-20,000 वोन 7 छिरिंग शेर्पा,नुवाकोट :-35,000 वोन 8 मिङ्ग्मार शेर्पा,सिन्धुपाल्चोक:-30,000 वोन 9 भुपेश थापा मगर,कञ्चनपुर:-20,000 वोन 10 बसन्त बोगटी,बझाङ :-15,000 वोन 11 टीका लिम्बू,इलाम :-20,000 वोन 12 राधे सापकोटा,हेटौडा:-33,333 वोन 13 सुमन राना, स्याङ्गजा:-30,000 वोन 14 गौरव रावल, कैलाली:-20,000 वोन 15 बमबहादुर थापामगर,अर्घखांची:-20,000 वोन 16 रामप्रसाद शर्मा,बागलुङ:-15,000 वोन 17 धनुष प्याउली राना,नवलपरासी :- 15,000वोन 18 सन्तकुमार लामा,नुवाकोट:-50,500 वोन 19 प्रेम बुढा मगर,........:-20,000 वोन 20 गोविन्द गौतम,..........:-20,000 वोन 21 प्रेम मगर,गुल्मी:-50,000 वोन 22 टेक बहादुर पुन,बागलुङ:- 50,000 वोन 23 नर बहादुर राना,तनँहु:-10,000 वोन 24 जित बहादुर राना, गोर्खा:-15,000 वोन 25 प्रेमसिंग गुरुंग,सुर्खेत:-30,000 वोन 26 बाबुराम केसी,दोलखा:-11,000 वोन 27 शान्ति सार्की ,बुटवल:-50,000 वोन 28 बिना पुन बागलुङ:-20,000 वोन 29 कमला तामाङ,रामेछाप:- 20,000 वोन 30 नेत्र राना मगर ,मकवानपुर:-25,000 वोन 31 अप्त पुन मगर,चितवन:-20,000 वोन 32 भेज ब. पुन मगर ,पर्बत :-20,000 वोन 33 तुल ब. थापामगर , तनँहु:-10,000 वोन 34 माया थापा आलेमगर,गोरखा:-50,000 वोन 35 विनोद थापामगर,तनँहु:-10,000 वोन 36 तिलक पुन, रुपन्देही :-20,000 वोन 37 जमिन बराल ,गोरखा:-20,000 वोन 38 छोपेल छिरिङ्ग लामा, काठमाण्डौ-20,000 वोन 39 अन्जन रानामगर, चितवन:-50,000 वोन 40 सन्तोष पौडेल, कालिका-4कास्की:-100,000 वोन 41 स्याङ्जा परिवार :- 100,000 वोन । 42 राजु भण्डारी,तुलसीभञ्ज्याङ्ग स्याँड़जा -31,000 वोन 43 बिजय थापा, कृष्ण गण्डकी-७, स्याँड़जा - 31,000 वोन 44 प्रकाश भट्टराई , कृष्ण गण्डकी -८, स्याँड़जा - 20,000 वोन 45 राजेन्द्र राई,भोजपुर:- 50,000 वोन 46 अनिल मगर , स्याङ्गजा:- 20,000 वोन 47 आङ्गफुरी सेर्पा,दोलखा:- 10,000 वोन 48 निर मगर, स्याङ्गजा :- 60,000 वोन 49 विजय कुमारलामा,सिन्दुपल्चोक:- 50,000 वोन 50 निमेष कुमार ओली, दाङ्ग:- 35,000 वोन 51 वीर कुमार ओली,रोल्पा:- 51,000 वोन 52 प्रकाश ओली दाङ्ग :- 50,000 वोन 53 सुजन केसी, रुकुम :- 30,000 वोन 54 मंगल रावल,टीकापुर:-11,000 वोन 55 सुजन राई,धरान:- 10,000 वोन 56 गोकर्ण थापा मगर,स्याङ्गजा:- 20,000 वोन 57 दल ब. पुन मगर ,पर्बत:- 20,000 वोन 58 हर्क ब. घर्ती मगर,रोल्पा:- 30,000 वोन 59 Cp मगर, स्याङ्गजा:- 20,000 वोन 60 घनश्याम चापागाई,कपिलवस्तु:- 20,000 वोन 61 सञ्जु थापा मगर,बुटवल:- 50,000 वोन 62 टोप ब. काला मगर,गुल्मी:- 15,000 वोन 63 सुवास थापा, कठमाण्डौ:-10,000 वोन 64 उमेश मास्के, दाङ्ग:- 20,000 वोन 65 कुलमान बिस्वकर्मा ,सिन्धुली:- 30,000 वोन 66 मेघराज पौडेल, दाङ्ग:-21,000 वोन 67 होम ब. केसी,सल्यान:- 10,000 वोन 68 गणेश गिरी, दाङ्ग :- 25,000 वोन 69 गजेन्द्र बुढा,सल्यान:- 61,000 वोन 70 बाबुराम थापा,तनँहु:- 10,000 वोन 71 सुजन थापा,पोखरा:- 21,100 वोन 72 देवेन्द्र सारु मगर,इलाम:- 30,000 वोन 73 जीवन शर्मा,सुर्खेत:- 35,000 वोन 74 दयाराम राना,सिन्धुली:- 30,000 वोन 75 पुर्णिमा रेष्टुरेण्ट, सुवन - 51,000 वोन 76 शुभद्रा लिम्बू पालुङ्ग्वा ,जेजूदो :-30,000 वोन 77 शिवशंकर थारु,पर्सा:-20,000 वोन 78 केशब पुन, ......?......:-50,000 वोन 79 चेत ब. बस्नेत,गोरखा:-30,000 वोन 80 अनिता पुन, म्याग्दी:-20,000 वोन 81 शिव घले गुरुंग, मनाङ:-20,000 वोन 82 अमर थापा, बाग्लुड़:-20,000 वोन 83 समिर सुनार , पोखरा:-20,000 वोन 84 दीपेन्द्र महत, सिन्धुपाल्चोक:-20,000 वोन 85 खड्ग थापामगर,गोरखा:-20,000 वोन 86 विकास आलेमगर,गोरखा:-20,000 वोन 87 जगत खाम्चामगर,रुपन्देही:-20,000 वोन 88 यामबहादुर थापा,बागलुङ:-20,000 वोन 89 मुन राना,गोरखा:-20,000 वोन 90 सुनिल घर्तीमगर, अर्घाखाची:- 20,000 वोन 91 आलेङ गुरुंग,कास्की:-10,000 वोन 92 उषाकिरण थापा मगर,झापा:-20,000 वोन 93 सुमन्त मगर,भोजपुर:-20,000 वोन 94 होबिर थापा मगर,स्याङ्गजा:-30,000 वोन 95 सगेन्द्र सम्बाहाम्फे ,पाँचथर:-10,000 वोन 96 गोरखा परिवार, गणतन्त्र कोरिया 1,01,000 वोन 95 भीम ब. चिडी,पाल्पा:-21,000वोन 96 माया गर्बुजा मगर, रुपन्देही:-20,000वोन 97 लेख ब. पुन मगर , पर्बत:-20,000वोन 98 नवीन घले गुरुंग,मकवानपुर:-20,000 वोन 99 पुस्कर भट्टराई,सुनसरी:-21,000 वोन 100 विष्णुप्रशाद काफ्ले,झापा:-15,000 वोन 101 कमल राई,इलाम:-25,000 वोन 102 हरिप्रसाद पौडेल,कैलाली:-25,000 वोन 103 मदन थापा ,गुल्मी:-25,000 वोन 104 सन्तोष लाम्गाली,बागलुङ:-25,000 वोन 105 गुणराज न्यौपाने,गोरखा:-15,000 वोन 106 सुजन खत्री ,बाग्लुड़ :-20,000 वोन 107 उत्तम दुलाल,ललितपुर:-20,000 वोन 108 पूर्ण गुरुंग,नवलपरासी:-21,000 वोन 109 कुमार थापा मगर,गोरखा:-20,000 वोन 110 बागलुङ सम्पर्क समित :-30,000 वोन 111 याम श्रीस,बागलुङ :-20,000 वोन 112 हिमानी गुरुंग, स्याङ्गजा:-20,000 वोन 113 युवराज श्रेष्ठ,झापा:-10,000 वोन 114 मिना थापा मगर,रुपन्देही:-20,000 वोन 115 शोभा कुमारी चौहान,रुपेन्देही:-20,000 वोन 116 प्रेम बुढा मगर,सुर्खेत:-20,000 वोन 117 कमल थापा,धादिंग:- 30,000 वोन 118 भीम आले मगर,गोरखा:-20,000 वोन 119 काजी नेपाल,मोरङ :-20,000 वोन 120 प्रमोद सत्याल ,काब्रे:-50,000 वोन 121 देव बोहरा......?....:-10,000वोन 122 देवी आले, स्याङ्गजा:-20,000वोन 123 कमला गुरुंग,कास्की:-20,000वोन 124 नगेन्द्र गिरी,सुर्खेत:-20,000वोन 125 कृष्ण राना मगर,स्याङ्गजा:-20,000वोन 126 बिक्रम रानामगर, स्याङ्गजा:-20,000 वोन #NCC कि वरिष्ठ उपाध्यक्ष अन्जु केसिको पहलमा संकलित रकम 127 अर्घाखाचि सम्पर्क मञ्च - 61,000 वोन 128 नमस्ते पाल्पा -51,000 वोन 129 रूपन्देही सम्पर्क समिति - 50,000 वोन 130 गुल्मी सम्पर्क समिति - 61,000 वोन 131 प्रेम शाह कैलाली - 31,000 वोन 132 अन्जु के सी रूपन्देही-- 30,000 वोन 133 सुन्दर लिम्बू पाचँथर - 20,000 वोन 134 किरण प्रकाश बि सि - 30,000 वोन 135 प्रितम गुरुङ रूपन्देही - 20,000 वोन 136 गंगा आले थापा तनहुँ - 10,000 वोन 137 सोम श्रेष्ठ तनहुँ - 10,000 वोन 138 मेगसन गुरुङ पोखरा - 11,000 वोन 139 तीर्थराज सन्याल कैलाली - 10,000 वोन 140 गणेश घिमिरे संखुवासभा - 20,000 वोन 141 भुपाल बस्नेत संखुवासभा - 10,000 वोन जम्मा 4,25,000 वोन 142 दिनेश केसी.........:-10,000वोन 143 मनु रोका मगर,म्याग्दी:-20,000वोन सुर्खेति महिला दिदि बहिनि को यो दुखद समस्यामा सहयोग गरेर पुन्य कमाऊने सबै जिल्लाका साथि भाई हरुलाई हार्दिक आभार प्रकट गर्न चाहान्छौ। साथै यो सहयोगमा प्रमुख भुमिका निभाऊने नेपाल सम्पर्क समिति दक्षिण कोरिया र मगर संघ कोरियालाई हामि सुर्खेति को तर्फबाट सलुट गर्नचाहान्छौ। कोरियामा सक्रिय संस्थाहरु र संस्थाका पदाधिकारी ले यस्ता सहयोगमा थुप्रै सहयोगको भुमिका निभायका देख्दा कुनैपनि नेपालि कोरियामा एक्लो छैन भन्ने आभास हुनेगरेको छ। यो सामाजिक सहयोगमा जोडियर यति धेरै गुण को रिणि बनाऊनुहने सबै सबै सहयोगि हातहरुलाई हामि सुर्खेतिको तर्फबाट नमन गर्दछौ।