Saturday, July 27, 2013

महिला हिंसा : एनजीओको बिकाउ मुद्दा

श्रावण ११ -

कोटेश्वर नजिकै नरेफाँटस्थित एउटा घरमा ६ वर्षदेखि १९ वर्षसम्मका २५ बालिका र किशोरी बस्छन् । यी सबै आफ्नै पिता, काका, मामा, दाजु या छिमेकीबाट बलात्कृत भएका हुन् । एबीसी नामक एउटा गैरसरकारी संस्थाले तिनलाई आरक्षण दिएको छ । संस्थाले तिनलाई पढाउने र सीपमूलक तालिम दिन्छ । 'तीन हजार रुपैयाँबाट महिला हिंसाविरुद्ध काम थालेको अहिले हामीले झन्डै दुई हजार पीडितलाई उद्धार गरिसकेका छौं', संस्थाकी अध्यक्ष दुर्गा घिमिरे भन्छिन्- 'सरकारी, गैरसरकारी सहयोगमा खर्च जुटाउँदै हाम्रो अभियान जारी छ

।'



ल ललितपुरको धोबीघाटमा महिला हिंसा न्युन गर्न भनेर अर्को संस्था छ, साथी । २० वर्षअघि खुलेको यो संस्थाले सुरुमा घरेलु हिंसाका मुद्दा उठाए पनि पछिल्लो समयमा महिलामाथि हुने अरु विभिन्न खाले हिंसा जस्तो- बलात्कार, दाइजो प्रथा, बोक्सी आदिमा काम गरिरहेको पैरवी अधिकृत शुभेच्छा राणा बताउँछिन् । साथीले ५ वर्षपछि महिला र बालबालिकाका लागि आरक्षण केन्द्र खोल्यो । हाल बालबालिकाका लागि ५ र महिलाका लागि काठमाडौं, नेपालगन्ज र कपिलवस्तुमा आरक्षण केन्द्र छ । 'बालबालिकालाई पढाइन्छ र हिंसा पीडित महिलालाई बढीमा ६ महिना आश्रय दिने नीति छ', भन्छिन्- 'मैनबत्ती बनाउने, पोते उन्ने, कपडा सिलाउने जस्ता तालिम दिन्छौं र स्वावलम्बी बनाउने हाम्रो प्रयत्न हुन्छ ।' यो संस्था पनि विदेशी दाताहरूको सहयोगमा चल्छ ।



बालिका, किशोरी र महिलाका अधिकारको नाममा खुलेका यस्ता गैरसरकारी संघ-संस्था मुलुकमा दुई हजारभन्दा बढी छन् । समाजकल्याण परिषदमा २०३४ देखि २०६७ सम्ममा विदेशबाट आर्थिक सहयोग लिने २ हजार ३ सय ९ वटा संस्था दर्ता भएका छन् । सरकारी स्तरमै पनि महिला मन्त्रालयदेखि राष्ट्रिय महिला आयोगजस्ता संस्था महिला सशक्तीकरणका लागि सक्रिय छन् । एकातिर सरकारी/गैरसरकारी स्तरमा महिला अधिकारका नाममा यति धेरै संघ-संस्था क्रियाशील छन्, अर्कोतर्फ यसै मुलुकमा सयौं महिला हत्या, हिंसा र दुव्र्यवहारको सिकार भइरहका छन् । पछिल्लो समय यौन हिंसाका घटनामा आश्चर्यजनक बढोत्तरी भएको छ । प्रहरी तथ्याङ्कअनुसार, दैनिक ६ देखि ७ महिला बलात्कारको सिकार भइरहेका छन् ।

कतिसम्म भने हालै पूर्वी तराईको झापा जिल्लामा दुई दिनमा तीन बलात्कारका घटना भए । एक, गत असार २३ गते झापाको धुलाबारीमा ५ वषर्ीया बालिका सीता राई -नाम परिवर्तन) आफ्नै साथीद्वारा बलात्कृत भइन् । उनलाई संँगै खेल्ने साथीहरू ११ वषर्ीय मुन्ना सहनी र १३ वषर्ीय कृष्ण राईले सडक रोकेर राखेको ट्रकमुनि लगेर बलात्कार गरेर र ब्लेडले योनि काटिदिए । घाउ पाकेपछि आमाबाबुले ती बालिकालाई अस्पताल लैजाँदा बलात्कार भएको थाहा भयो । दुई, झापाको अनारमनीमा ८० वषर्ीय देवलाल साहले १२ वषर्ीया सरिता मण्डल -नाम परिर्वतन) लाई डेरामा बोलाएर बलात्कार गरे । आँप खान दिने भनेर डेरा कोठामा बोलाएर जबर्जस्ती गरेका थिए । तीन, झापाकै गौरादहमा निमावि तहसम्म नेपाली र सामाजिक विषय पढाउने शिक्षकले मानसिक अवस्था ठीक नभएकी एक युवतीलाई बलात्कार गरे । ५५ वषर्ीय दिलबहादुर रायले ३५ वषर्ीया रामप्यारी चौधरी -नाम परिवर्तन) लाई घरमा कोही नभएका बेला प्रवेश गरेर बलात्कार गरे ।

किन बढ्यो बलात्कार ?

अबोध बालिकादेखि किशोरी या वृद्ध आइमाईसमेत बलात्कारको चपेटामा पर्नथालेका छन् । सामूहिक बलात्कारको अझ डरलाग्दो प्रवृत्तिले पनि टाउको उठाएको छ । किन समाज यसरी नैतिकहीन र क्रूर बन्दैछ ? मनोचिकित्सक डा. निराकरमान श्रेष्ठ बलात्कारका घटना घट्नुमा हाम्रो सामाजिक परिवेश जिम्मेवार ठान्छन् । 'समाजले महिलालाई सहनुपर्छ भन्ने सिकाएको छ, बलात्कारका घटना भएपछि बाहिर ल्याउँदा बदनामी हुने डरले बाहिर ल्याउँदैनन्', उनी भन्छन्- 'अनि खराब मनोवृत्ति भएका व्यक्तिले महिलाको त्यस सोझोपनको फाइदा उठाउँछन् ।' प्रहरीमा आएका उजुरी वा तथ्याङ्क १० प्रतिशतमात्र भएको बताउँदै उनी भन्छन्, '९० प्रतिशत त अझै पीडा खपेर नै बसेका छन् ।' 'कतिपय व्यक्तिको स्वभाव अर्कालाई पीडा दिँदा आनन्द आउने हुन्छ', उनी थप्छन्- 'यस्तै एन्टीसोसियल पर्सनालिटी' भएका व्यक्तिले यस्तो अपराधकर्म गर्छन् ।'

नेपाल प्रहरीका प्रवक्ता डीआईजी नवराज सिलवाल पनि आपराधिक मानसिकता भएका चिनजानकै व्यक्तिले बलात्कार गर्ने गरेको बताउँछन् । 'गाउँघर वा सहरतिर अँध्यारोमा एक्लै हिँड्ने, सुनसान बाटोबाट हिँडेको थाहा पाइराखेकाले यस्ता अनैतिक कर्म गर्ने गरेको देखिन्छ', उनी भन्छन् । कानुन व्यवसायी मिरा ढुंगाना समाजले व्यक्तिलाई त्यस्ता घटना गराउनतर्फ उत्प्रेरित गरेको आरोप लगाउँछिन् । 'बलात्कृतलाई कानुनी र अन्य उपचार गराउनुको सट्टा समाज उसको कुरा काट्न थाल्छ', उनी भन्छिन् 'समाज झन् प्रोत्साहित गर्छ ।'  सरकारले तयार पारेको एउटा प्रतिवेदनले भने असमान सामाजिक शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, सामाजिक कुरीतिको विद्यमानता र महिलाप्रति पूर्वाग्रही सोच, महिलाको शैक्षिक, आर्थिक स्थिति, कानुन कार्यान्वयनको कमजोर पक्ष र जनचेतना अभाव आदि कारणलाई यस्ता हिंसाको कारक मानेको छ । युएनडीपीको मानव विकास प्रतिवेदन २०११ अनुसार नेपाल विश्व मानचित्रमा लैंगिक असमानता सूचकांकमा १ सय १३ औं स्थानमा छ । यस्तै नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०११ को प्रतिवेदनअनुसार, नेपालमा ३५ प्रतिशत महिला कुनै न कुनै हिंसाबाट पीडित भएका छन् । ती मध्ये ५१ प्रतिशत महिला शिक्षाबाट बञ्चित छन् ।

बलात्कारको 'व्यापार’

सरकारी र गैरसरकारी दुबै तहमा महिला हिंसा, बलात्कारजस्ता मुद्दा 'बिकाउ' मुद्दा हुन् । यस मुद्दामा स्थानीय तहमा खुलेको स-साना महिला समूहदेखि केन्द्रीय स्तरका नाम चलेको एनजीओ/आईएनजीओ कार्यरत छन् । २३ सयभन्दा बढी त एनजीओ नै छन् । जति छन्, तिनले कसैले महिलालाई संरक्षण गर्ने, सीप सिकाउने तालिम दिन्छन्, कोही कानुनी सहायता परामर्श दिन्छन्, कोहीको मुख्य उद्देश्य जनचेतना जगाउनु हुन्छ । हरेक वर्ष अर्बौंको सहायता महिला हिंसा र महिला अधिकारको सुनिश्चितता गर्ने नाममा भित्रिन्छ । तर के यस मुद्दामा सरकार र दाताले जेजति लगानी गरेका छन्, त्यो अनुरुप यी संघ/संस्थाले काम गर्नसकेका छन् ? एबीसी नेपालकी अध्यक्ष दुर्गा घिमिरे गैरसरकारी संस्थाहरूले महिला हिंसाविरुद्ध प्रचार-प्रसार गरेकाले अहिले बलात्कारका घटना बाहिर आउन थालेको दाबी गर्छिन् । 'सहरदेखि गाउँसम्म संघ-संस्थाहरूले हिंसा विरोधी गतिविधि गरेका छन्', भन्छिन्, 'त्यसैको परिणाम आफूमाथि भएको अन्याय बाहिर आउन थालेका हुन् ।' साथीकी शुभेच्छा राणा पनि घिमिरेसंँग लयमा लय मिलाउँछिन्, 'यस्ता घटनाहरू समाजमा पहिला पनि हुन्थे, अहिले पीडितहरू घटनालाई लुकाएर राख्दैनन्, सार्वजनिक गर्न थालेका छन् ।' तर एनजीओमै संलग्न आलोचकहरूचाहिँ महिला अधिकारका नाममा खुलेका संघ/संस्था महिला हिंसाका घटनालाई आधार बनाएर 'डलरको खेती' गरिरहेको दाबी गर्छन् । 'दैनिक अखबारमा आएका खबरलाई आधार बनाएर रिपोर्ट तयार पार्दै फन्ड ल्याउनेमै धेरैजसो संस्था केन्दि्रत छ', एकजना महिला एनजीओकर्मी भन्छिन् ।

आर्थिक अपारदर्शिता

समाजकल्याण परिषदबाट प्राप्त एउटा तथ्याङ्कअनुसार, महिला, बालबालिका अधिकारका नाममा काम गर्ने २१ वटा संस्थाले विभिन्न नियोगबाट सन् २०१२/०१३ मा ४३ करोड ८९ लाख ९७ हजार २ सय १० रुपैयाँ आर्थिक सहयोग लिएका देखिन्छन् । तर यो नै पूर्ण तथ्याङ्क होइन । जानकार स्रोत भन्छ, विदेशी नियोगबाट आर्थिक सहयोग लिएर कार्यक्रम सञ्चालन गर्न समाजकल्याण परिषदको स्वीकृति लिनुपर्ने व्यवस्था हँुदाहँुदै परिषदमा जानकारी नगराई व्यक्तिगत रूपमा फन्ड ल्याउने गरिन्छ । 'त्यसकारण एनजीओको आर्थिक पारदर्शितामाथि सधैं प्रश्न उठ्छ', परिषदकै एक अधिकारी भन्छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्दा निर्धारित बैंकमा खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । यस्तै समाजकल्याण परिषदमा वाषिर्क प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । यद्यपि महिला हिंसा लगायत विभिन्न मुद्दामा काम गर्ने एनजीओहरूले आर्थिक पारदर्शिता कायम गर्नसकेका छैनन् । साथी संस्थासँंग वाषिर्क कति सहयोग आउँछ भनेर सोध्दा राणा अनुमानिता ६/७ करोड भन्छिन् । 'वाषिर्क ६ देखि ७ करोड रुपैयाँ विदेशी नियोगबाट आर्थिक सहयोग लिने गरेको छ', भन्छिन्- 'बिभिन्न विदेशी १८ वटा संस्थाले सहयोग दिने गरेको छ ।' एबीसी नेपालकी दुर्गा घिमिरेचाहिँ हिसाब-किताब अडिटका क्रममा भएकाले विदेशबाट आउने रकमबारे जानकारी दिन नमिल्ने बताउँछिन् ।

राज्यको जवाफदेहिता खोइ ?

मंसिरको दोस्रो साता भारतको नयाँंदिल्लीमा एक युवतीमाथि सार्वजनिक बसमा सामूहिक बलात्कार भएपछि सिंगो भारत आन्दोलनमय भयो । त्यसको असर नेपालमा पनि पर्‍यो । काठमाडौंमा महिला हिंसाविरुद्ध सय दिन आन्दोलन भए । त्यो आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले घटना अनुसन्धानका लागि उच्चस्तरीय आयोग बनाए । त्यसले महिला हिंसा हुनुका कारणबारे १ सय २१ पृष्ठ लामो प्रतिवेदन २०७९ माघ १० गते प्रधानमन्त्री भट्टराईलाई बुझायो । तर त्यो प्रतिवेदन बाबुराम भट्टराईको बहिर्गमनसँंगै थन्कियो । 'महिला हिंसा नियन्त्रण गर्न विद्यमान नीति, कानुन तथा प्रणालीमा सुधार अनुगमन समिति' नाम दिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयका सचिव राजुमान डंगोलको संयोजनमा ८ सदस्यीय समिति बनाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७०/०७१ का लागि विनियोजन गरेको कुल बजेटको २१ प्रतिशत 'महिला मैत्री बजेट' भनेर छुट्याएको छ । सरकारले विनियोजन गरेको ५ खर्ब १७ अर्ब बजेटमध्ये १ खर्ब ८ अर्ब बजेट महिलालाई प्रत्यक्ष लाभ पुग्नेगरी घोषणा गरेको छ । महिला हिंसाविरुद्ध सरकारी संयन्त्रसमेत सक्रिय नभएको भने होइन । राष्ट्रिय र जिल्ला स्तरमा नै यस्ता संयन्त्रहरू परिचालित छन् । प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा रहनेगरी मुख्य सचिवको संयोजनमा लंैगिक हिंसाको अन्त्य तथा लैंगिक सशक्तीकरण केन्द्रीय समन्वय समिति छ । त्यसमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग, मानवअधिकार आयोग, नेपाल प्रहरी महिला बालबालिका सेवा निर्देशनालय छन् । सल्लाहकार समिति र संयुक्त अनुगमन समितिसमेत त्यहाँ समावेश छ । यस्तै ७५ वटै जिल्लामा लैंगिक हिंसाको अन्त्य तथा लैंगिक सशक्तीकरण जिल्ला समिति, जिल्लास्थित महिला तथा बालबालिका कार्यालय तोकेको छ ।

महिला मन्त्रालय महिला हिंसाको पक्षमा सरकार गम्भीर भएको बताउँछ । मन्त्रालयका निमित्त सचिव उपेन्द्रप्रसाद अधिकारीका अनुसार, मन्त्रालयमा लैंगिक हिंसा निवारण कोष नै खडा गरिएको छ । मन्त्रालयका सचिव संयोजक रहनेगरी ३ वर्ष अघिदेखि सुरु भएको कोषमा २ करोड ६२ लाख मौज्दात छ । त्यो कोषबाट हिंसामा परेका महिलालाई तत्काल उद्धार गर्न बढीमा ५० हजार रुपैयाँसम्म रकम खर्च गरिन्छ । मंसिर अन्तिम साता बर्दियामा आफ्नै आमा र दाजुबाट आगो लगाइएकी शिवा हास्मीको रकम अभावका कारण उपचारमा समस्या देखिएपछि त्यसलाई बढाएर ५० हजार रुपैयाँ बनाइएको सहसचिव अधिकारीले बताए । 'त्योभन्दा पहिला धेरैमा १० हजारमात्र दिने व्यवस्था थियो', उनले भने, 'त्यो घटनाले पीडितको उद्धारका लागि धेरै रकम चाहिने आवश्यकता महसुस गरेर बैठकबाट पारित गरिएको थियो ।'

मन्त्रालयले ८ वटा गैरसरकारी संस्थासंँग प्रत्यक्ष कामसमेत गर्दै आएको छ । हिंसा पीडित भएर उद्धार गरिएका महिलाहका लागि सरकारले ८ जिल्लामा पुनःस्थापना केन्द्र बनाएको छ । ती काठमाडौं, सिन्धुपाल्चोक, कैलाली, झापा, पर्सा, रूपन्देही, बाँके र चितवनमा छन् । हिंसाबाट पीडित भएका महिलाहरूलाई स्वास्थ्य उपचार, कानुनी सेवा, राहत र मनोपरामर्श एकै थलोबाट दिनका लागिसमेत सरकारले अस्पताललाई केन्द्रविन्दु बनाएर १३ जिल्लामा एकद्वार संकट व्यवस्थापन केन्द्र बनाएको छ । काठमाडौंमा थापाथलीस्थित प्रसूतिगृहमा यसको स्थापना गरिएको छ । यस्तै घरेलु हिंसा प्रभावित १५ जिल्लामा सेवाकेन्द्र राखेको छ । ती जिल्लाहरू मकवानपुर, नवलपरासी, बाग्लुङ, डोटी, दाङ, कञ्चनपुर, जुम्ला, सोलुखुम्बु, काभ्रे, सुनसरी, बर्दिया, पाँचथर, सप्तरी, तनहुँ र सर्लाही हुन् ।

कमजोर कानुन

कानुन व्यवसायीहरू जबर्जस्ती करणीको हालको प्रावधान नै संकुचित रहेको बताउँछन् । महिलाको स्वतन्त्र मञ्जुरीबिना गरिएको करणी जबर्जस्ती करणी हुने देखिएको छ । मुलुकी ऐनमा व्यवस्था गरेअनुसार पीडितको उमेर अन्तर्राष्ट्रिय कानुन अनुकूल नदेखिएको बताउँछन् । ऐनमा सोह्र वर्षभन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी लिएर वा नलिई शारीरिक सम्पर्क राखे त्यसलाई बलात्कारको संज्ञा दिएको छ । तर बालबालिकासंँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धिले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई बालबालिका मानेको छ । १८ वर्षभन्दा कम उमेरका किशोरीमाथि यस्ता घटना घटे त्यसलाई पनि जबर्जस्ती नै मान्नुपर्ने कानुन व्यवसायी बताउँछन् । पीडितको उमेरका आधारमा पीडकलाई तोकिएको सजायको व्यवस्था व्यावहारिक देखिँदैन ।

जबर्जस्ती करणी गर्नेलाई फरक-फरक कानुनी व्यवस्था छ । दस वर्षभन्दा कम उमेर भएकी बालिकामाथि बलात्कार भएमा त्यसो गर्नेलाई दस वर्षदेखि १५ वर्षसम्मको कैद सजाय तोकेको छ । १४ वर्षभन्दा कम उमेरकी किशोरी बलात्कृत भए बलात्कारीले ८ देखि १२ वर्षसम्म सजाय पाउने कानुनी प्रावधान छ । १६ वर्षसम्मकीलाई बलात्कार भए ६ वर्षदेखि १० वर्षसम्म कैद राखिएको छ । २० वर्ष वा त्योभन्दा बढी उमेर भएकी युवती बलात्कृत भए बलात्कारीले ५ देखि ७ वर्षसम्म कैद सजाय पाउँछ ।

सर्वोच्च अदालतले पीडितलाई उजुरी दिने समय बढाउन आदेश दिए पनि कार्यान्वयन भएको छैन । ज्यादै छोटो हदम्यादका कारण फितलो अनुसन्धान र अभियोजन हुनसक्ने भन्दै २०६१ सालमा कानुन व्यवसायी सपना प्रधान मल्लले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । २०६५ असार २७ गते सर्वोच्चले नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिइसकेको थियो । मल्ल राज्यले महिलामाथि हुने हिंसालाई प्राथमिकतामा नराखेको बताउँंछिन् । दुई देशमा हुने द्वन्द्वलाई मात्र राज्यले युद्ध ठानिदिँदा महिलामाथि हुने हिंसामा कमी नआएको उनको भनाइ छ । 'महिलामाथि यस्ता घटना घटे भने राज्यले महिलाको मात्र मुद्दाजसरी हेर्छ, गम्भीरतासाथ लिँदैन', उनी भन्छिन्, 'तर यसको असर एउटी महिलालाई मात्र नभई सिंगो समाजलाई असर पारिरहेको हुन्छ ।'



बढ्दो बलात्कार

आर्थिक वर्ष      जबर्जस्ती करणी      करणी उद्योग



२०६९/०७०          ६७७    २४५

२०६८/०६९          ५५७    १६०

२०६७/०६८      ४८१           १५१

कुल           १७१५           ५५६



आर्थिक वर्ष २०६९/०७०

भित्रका बलात्कारका घटना

साउन           ६०

भदौ           ७२

असोज          ५५

कात्तिक           ५०

मंसिर           ६८

पुस           ७४

माघ         ७२

फागुन         ९०

चैत         ९२

वैशाख         ९५

जेठ         ९५

असार           ९९

जम्मा            ९२२

प्रहरी निगरानीमा प्लस टुका विद्यार्थी

श्रावण ११ -

विद्यालय पोसाकमा होटल, रेस्टुरेन्ट, व्यापारिक मल, पार्क, डिस्को, सिनेमा हल जाने विद्यार्थीमाथि अब प्रहरीले निगरानी थालेको छ । उपत्यकाका ३ जिल्ला र काभ्रेमा पनि निगरानी थालिएको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले त्यसका लागि प्रहरीसित सहकार्य गर्ने निर्णय गरेको छ



अनुगमनका निम्ति पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको अनुगमन समितिका सदस्य तथा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । 'युनिर्फममै एक्लै वा जोडाजोडी बाँधिएर हिंडेको वा सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गरेको पाइएमा प्रहरी प्रशासनले नियन्त्रणमा लिनसक्ने निर्णय भएको छ,' भण्डारीले कान्तिपुरसित भने, 'नियन्त्रणमा लिएपछि सम्बन्धित छात्रछात्राका अभिभावकलाई बोलाएर जिम्मा लगाउनुपर्नेछ ।'

प्रहरीको फेला परेकालाई पहिलोपटक सचेत गराएर अभिभावकलाई जिम्मा लगाउने र दोस्रोपटक फेला परे जरिवाना गरिनेछ । तेस्रोपटक पनि फेला परेका विद्यालयले विद्यार्थीलाई कारबाही गर्न सक्नेछ । परिषद्ले उच्च माध्यमिक विद्यालय संघ -हिसान), अभिभावक संघलगायतको अनुरोधमा गत वर्ष आचारसंहिता निर्माण गरेको हो । माध्यमिक तथा उच्च माध्यमिक तह कक्षा ११ र १२ मा पढ्दै गरेका विद्यार्थीलाई लक्षित आचारसंहिता कार्यान्वयन कडाइसाथ गरिने परिषद्ले जनाएको छ ।

आचारसंहिताले 'थ्रीएमबी' अर्थात् मिनिस्कर्ट, मोबाइल र मोटरसाइकलमाथि विशेष निगरानी राख्ने भनेको छ । जसअनुसार छात्राले स्कर्ट लगाएमा घुँडा दुई इन्ची छोपिने हुनुपर्ने, छात्रछात्राले चुच पाइन्ट लगाउन नपाउने, कम्मरमा मिलेको हुनुपर्ने भनेको छ । त्यसैगरी छात्रछात्राले युनिर्फममा मोटरसाइकल चलाउन नपाउने, मोबाइल कलेज हातामा प्रयोग गर्न नपाउने उल्लेख छ ।

विद्यालय सञ्चालकले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् । सञ्चालकहरू आफैंले भने उक्त संहिता पालना गरेका छैनन् । प्लस टुका विद्यार्थी अहिले पनि मोटरसाइकल लिएर विद्यालय जाने गरेका छन् । सञ्चालकहरूले त्यसमा कुनै रोक लगाएका छैनन् । सरकारले लाइसेन्स दिएको व्यक्तिलाई मोटरसाइकल चलाउन नदिने कुरा कानुनतः नमिल्ने भन्दै उनीहरू पन्छिन्छन् । हिसानका एक पदाधिकारीका अनुसार बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थी घट्ने डरले उच्चमावि आचारसंहिता कार्यान्वयनमा कम चासो दिइरहेका छन् । परिषद्ले भने संहिता कडाइसाथ कार्यान्वयन गर्ने जनाएको छ ।

Friday, July 26, 2013

मंसिर ४ मा चुनाव भएरै छाड्छ : ज्ञवाली

११ साउन, वीरगञ्ज । नेकपा एमालेका नेता एवम् प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जुनसुकै अवस्थामा भए पनि आगामी मङ्सिर ४ गते संविधानसभाको चुनाव भएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले लोकतन्त्रमा निर्वाचन अनिवार्य भएकाले यसलाई सर्तका रूपमा दलहरूले लिन नहुने वताउनुभयो ।pradip gyawali नेकपा-एमाले पर्साले शुक्रवार वीरगञ्जमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भन्नुभयो, “मुलुकलाई सही दिशामा फर्काउने एकमात्र विकल्प र वैधानिक बाटो संविधानसभाको निर्वाचन भएकाले यसलाई अब कसैले चाहेर पनि पर धकेल्न सक्दैन ।” आसन्न संविधानसभाको निर्वाचनबाट आफ्नो पार्टी पहिलो शक्ति हुने आधार देखापरेको उल्लेख गर्दै उहाँले लोकतन्त्र नचाहने र एमालेबाट डराएका पक्षले चुनाव बिथोल्न चाहेको आरोप लगाउनुभयो । संविधानसभाको चुनावलाई ध्यानमा राखेर चुनावी रणनीति तय गरी आम नेपालीको घरदैलोमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आसन्न संविधानसभा चुनावलाई बिथोल्न खोज्ने वा चुनाव हुन नदिन चाहने शक्तिविरुद्ध सबै लोकतान्त्रिक शक्ति एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस



हाई ब्लड प्रेसरमा के खाने, के नखाने ?



हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।
- कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।


- सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।
- गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।
- पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।
- ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।
- बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।
के नखाने ?
- नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।
- सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।
– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।
- खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।
- नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।
नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।
मनलाई स्वस्थ राख्ने उपाए
- टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।
- दैनिक स्नान गर्नुस् ।
- प्रतिदिन व्यायाम गर्नुस् ।
- खूब पानी पिउनुस् ।
- रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।
- सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।
- यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

कबिता भन्छिन, म रेजिनालाई जहाँ गए पनि छोददिन


केही समय अघि सम्म अंकमाल गर्दै हिड्ने नायिका रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठ बिच अहिले काटमारकै अवस्था श्रृजना भएको छ । रेजिनाले ‘बरदान’ सिनेमा बनाएर आफूलाई फसाँएको भन्दै कविता निर्माता संघ र हनुमान ढोका प्रहरी प्रभागको ढोका ढकढकाइरहेकी छिन् । तर नायिका उप्रेती भने निर्मात्री श्रेष्ठको सम्पर्कमा आएकी छैनन् । रेजिना अहिले कमला श्रेष्ठसँग ब्यूटिसियनको तालिम लिइरहेकी छिन् ।

उनको योजना केही दिनमै यूके उड्ने र त्यहाँ रहेका प्रेमीसँग बिहे गर्ने छ । तर यता निर्मात्री श्रेष्ठ भने ‘बरदान’ बनाउँदा भएको सहमती अनुसार रेजिनाले रकम नतिरेको भन्दै आक्रोशित भएकी छिन् । ‘बरदान’ बनाउँदा रेजिनाले आफूलाई फकाएर ठगेको आरोप उनको छ । आखिर के हो त रेजिना र कविताको जुहारीको मुख्य जड, हामीले कविताकै भाषामा यहाँ प्रस्तुत गरेका छौ : चलचित्र ‘बरदान’ आफ्नो नाउँमा बनाउँदा सिनेमा भयंकर चल्ने सोचाइ थियो रेजिनाको । उनले रेजिना फिल्मस् दर्ता गरेपनि ३ बर्षसम्म कुनै सिनेमा बनाउन सकेकी थिइनन् । यसैले पनि उनले मलाई १० लाख लगानी गरिदिनुहोस्, अरु म गर्छु भनिन् । मैले पनि बैनीको नाताले हुन्छ भन्दै छायांकन सुरु गरे । तर रेजिनाले एक रुपिँया पनि निकाल्ने कुरा नै गरिनन् । यसपश्चात मैले अब पैसा छैन भन्दै छायांकन रोक्ने बताए । तर रेजिनाले आफूले ब्याज समेत तिर्ने भन्दै बाँकी रकम हाल्नु भनिन् । उनीसँग १५ लाखसम्मको कुनै ब्याज नलिने यसपश्चात लागेको रकमको २४ प्रतिशत ब्याज रेजिनाले दिने सहमती भयो । तर आज रेजिना मेरो सम्पर्क भन्दा बाहिर छिन् । उनले विदेशमा १० लाख रकम उठाएर मलाई जम्मा ७० हजार ल्याएर दिएकी छिन् । मैले उनको यूकेमा रहेका प्रेमी सुरजलाई पनि कुरा गरे । उनले रेजिनासँग कुरा गर्छु भने तर केही गरेनन् । रेजिनालाई लागेको थियो आफ्नो नाम जोडिएपछि सिनेमाले प्रशस्त पैसा कमाउँछ । तर आज उनी एक रुपिया पनि नतिरी यूके भाग्न लागेकी छिन् । उनी हाल कमला श्रेष्ठसँग ब्यूटीपार्लरको तालिम लिइरहेकी छिन् । म उनलाई यूके गएपनि छोड्दिन । किनकी सिनेमा बनाएपछि घाटा र नाफाको हिसाब गर्न सक्नुपर्छ । यूके गएपनि म राजदुतावास मार्फत उनलाई यूकेमै कारबाही गरेरै छोड्छु । मैले रेजिनाका प्रेमीलाई पैसा नपाएपनि उनको बेइजत गरेरै छोड्छु भनेको छु । मैले निर्माता संघका उजुरी दिइसके, अब हनुमान ढोका पनि पुग्छु । यता नायिका रेजिना उप्रेती भने कविताको कुरालाई ठाडै अस्विकार गर्छिन् । रेजिना फिल्मस् आफ्नो नाउँमा भएकाले कसैले पनि मुद्दा दायर गर्न नसक्ने भनाई रेजिनाको छ । ‘आफ्नै नाममा भएको फिल्म कम्पनी विरुद्ध कसरी कविता जी ले मुद्दा हाल्न सक्नुहुन्छ र ?’ रेजिना भन्छिन् । रेजिना चलचित्रको च्यारेटी शो र विदेशको प्रदर्शन गरेर कवितालाई ५ लाख दिएको बताउँछिन् । बाँकी रकम आफूले दिन नसक्ने रेजिनाको भनाई छ"|

नेपालको प्रतिद्वन्द्वी बंगलादेश

काठमाडौ, श्रावण १० -
नेपालले साफ यू-१६ च्याम्पियनसिप फुटबलको सेमिफाइनल बंगलादेशविरुद्ध खेल्ने भएको छ । समूह 'बी' को अन्तिम खेलमा बिहीबार भारतले बंगलादेशलाई २-० ले हरायो । त्यसैले नेपाल र बंगलादेश सेमिफाइनलमा आमनेसामने हुने भएका हुन् ।

पहिलो संस्करणको उपविजेता भारतसँग हारेपछि बंगलादेश तीन देश सहभागी समूह 'बी' मा ३ अंकसहित उपविजेता भयो । दुई जित र एक बराबरी नतिजा निकाल्दै नेपाल समूह 'ए' मा उपविजेता भएको थियो । दुवै खेल जित्दै ६ अंक बनाएको भारत समूह 'बी' विजेता बन्यो । उसले सेमिफाइनलमा समूह 'ए' को उपविजेता अफगानिस्तानको सामना गर्नेछ ।

नेपाल र बंगलादेश साफ यू-१६ का परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई पहिलो साफमा दुईपल्ट भिडेका थिए । दशरथ रंगशालामा भएको समूह चरणको भेटमा यी दुईले गोलरहित नतिजा निकालेका थिए । तेस्रो स्थानका निम्ति भएको प्रतिस्पर्धामा नेपाल २-१ ले विजयी भएको थियो । यसपल्ट फाइनल प्रवेशका निम्ति नेपालविरुद्ध कडा संघर्ष गर्ने बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले बताए ।

नेपालविरुद्ध बंगलादेशको प्रतिस्पर्धा शनिबार दशरथ रंगशालामा हुनेछ । दोस्रो सेमिफाइनलमा भारत र अफगानिस्तान आइतबार आर्मी मैदान, लगनखेलमा भिड्नेछन् । बंगलादेशविरुद्ध लगनखेलमा प्राप्त भारतको जितमा वेदेश्वर सिंह र कृष्ण पण्डितले गोल गरे । सिंहले ४३ औं मिनेटमा गोलको खाता खोलेका थिए । पण्डितले इन्ज्युरी टाइममा गोल गर्दै भारतको जित निश्चित गरे ।

बोल्न-सुन्नै नसक्नेलाई सामूहिक बलात्कार

बुटवल, श्रावण १० -
जन्मजात बोल्न र सुन्न नसक्ने एक महिलामाथि उनकै भतिजोसहितका ३ युवाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारले युवती घाइते भएकी छन् ।

रूपन्देही, पश्चिम अमुवाकी २८ वषर्ीया महिलामा आफ्नै घरमा बलात्कृत भएकी हुन् । भतिजा १८ वषर्ीय वसन्त रेग्मीसहितका स्थानीय ३ युवाले गत शनिबार साँझ योजनाबद्ध ढंगले बलात्कार गरेका थिए । सासू र दुई छोराछोरीसहित बस्ने ती महिलासँग त्यस साँझ घरमा नाबालक छोरामात्र थिए ।

शारीरिक अक्षमताको फाइदा उठाउँदै बलात्कारको योजना पनि वसन्तले नै बनाएका थिए । उनले साथीहरू सागर सुनार र प्रेम विकलाई बोलाएर बलात्कारमा सहभागी गराएका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर महिलाकी सासू धान रोप्ने खेताला खोज्न छिमेकीको घर गएकी थिइन् । पटक-पटक बलात्कारको योजना बनाए पनि सफल नभएका वसन्तले शनिबार साँझदेखि नै उनको घरमा चियो गरेका थिए ।

बोल्न-सुन्न नसक्ने ती महिला बाहिर निस्कन खोजेपछि वसन्तले पैसा दिएर विरोध नगर्न इसारा गरेका थिए । त्यो पनि नमानेपछि उनले दुई जना युवालाई कोठामा बोलाएका थिए । त्यसपछि तीनै जना युवाले समातेर महिलामाथि जबरजस्ती गरेका थिए । राति करिब साढे १० बजेतिर सासू घर आइपुग्दा महिला रगताम्मे भएर रुँदै बसिरहेकी थिइन् ।

सासूले बुहारीको न्यायका लागि छिमेकी गुहारे पनि केही आफन्तले उनीहरूलाई घरको घटना घरमै मिलाउन सल्लाह दिएका थिए । पीडितकी भाउजू र सासूले त्यसो नगर्ने अड्डी लिएका थिए । केही महिलाको सहयोगमा आइतबार बिहान छिमेकीसँग हारगुहार गर्दै पीडित महिलालाई अमुवा प्रहरी चौकीमा पुर्‍याइएको थियो । त्यसपछि छपिया प्रहरी हँुदै साँझ जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको हो । जिल्ला प्रहरी कार्यालयमै घटना दर्ता गरिएको हो । घटना विवरण महिलाका भाउजू र सासूले प्रहरीलाई बताएका हुन् । पीडित महिला बोल्न र सुन्न नसक्ने भए पनि लेख्न सक्छिन् ।

पीडित महिला हाल माइती नेपाल रूपन्देहीको संरक्षणमा छिन् । माइती नेपालकै पहलमा महिलाले बलात्कारमा संलग्न तीनै जनाविरुद्ध उजुरी दर्ता गराएको माइती नेपाल रूपन्देहीकी प्रमुख प्रभा खनालले बताइन्् । पीडितको उजुरीअनुसार प्रहरीले बलात्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोे छ ।

आवेशमा आएर बलात्कार गरेको भन्दै अभियुक्तहरूले गल्ती स्वीकारेका छन् । प्रहरी नायब उपरीक्षक पोषराज पोखरेलले अभियुक्तमाथि सामूहिक करणीको महलअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको बताए ।

पीडित महिलाका पति पनि कान सुन्न सक्दैनन् । हाल उनी रोजगारका लागि भारत गएका छन् ।

Thursday, July 25, 2013

एक मिनेटमा के–के हुन्छ इन्टरनेटमा ?

डाटा वा इमेल:
    सबैको जीवनको अहम हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय ११ जीबी डाटा ट्रान्सफर हुन्छ । यस्तै ६० सेकेन्डमा २१ करोड ४१ लाख इमेल आदान प्रदान हुन्छ ।
फोटो–भिडियो:
    १ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन् । बिभिन्न साइटका प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन् । १३ लाखले युट्युब हेर्छन् भने १ मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ ।
मोबाइलबाट इन्टरनेट:
    स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसंग जोडिन्छन् । 

कम्प्यूटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले हालै इन्टरनेटमा १ मिनेटमा के–के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो ।

गजल

कसलार्इ के थाहा छर कहाँ निर के हुन्छ
कहाँ गास अनि कहाँ गइ बास हुन्छ
हाँसो अनि खुसि त पाहुना जस्तै जिबनमा
कहाँ प्राण अनी कहाँ हाम्रो सास हुन्छ
जिउँदो शरीर थाहाछैन भीत्र भीत्रै गली सक्यो
कहाँ सोचाइ अनि कहाँ हाम्रो आाश हुन्छ
नसोचेको हुँदो रैछ जीन्दगि मा थाहा पाएँ
कहाँ सुरु हुन्छ अनि कहाँ गर्इ बिनास हुन्छ

यादब पौडेल
बिध्यापुर १ सुन्दरपुर (सुर्खेत)

Wednesday, July 24, 2013

निर्वाचन आचारसंहिता–२०७० लागू



उम्मेदवारहरुले ७५ हजारभन्दा बढी खर्च गर्न नपाउने
काठमाडौं, ७ साउन ।

   
अब हुने संविधानसभा निर्वाचनका लागि मंगलवारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन हुने १ सय २० दिन अघिबाट आचारसंहिता लागू गर्न निर्वाचन ऐनअनुसार मंगलवारबाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको १ सय ४ बुँदे आचारसंहितामा राजनीतिक दल, उम्मेदवारले गर्नपाउने खर्च प्रयोग गर्न भाषा, प्रचार प्रसार सामग्री सबै समेटिएका छन् ।
    आचारसंहितामा निर्वाचन प्रचार–प्रसार गर्दा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसंग सम्बन्धित व्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको अवधारण जस्ता विषयमा प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन प्रतिवन्ध लगाइएको छ ।
    प्रत्यक्ष तर्फका उम्मेदवारले १० र समानुपातिका उम्मेदवारले ७५ हजार खर्च गर्न पाउने छन् । धार्मिक पुरातात्विक वा ऐतिहासिक भवन, स्मारक स्थल वा सरकारी वा सार्वजनिक भवन र शैक्षिक संस्थाको भित्ता वा पर्खाल तथा निजी घर कम्पाउण्ड, पसल, पर्खाल वा यस्तै अन्य स्थानमा स्वीकृति नलिई पर्चा टाँस्न नपाइने भनिएको छ । आचारसंहिता लागू भएपछि नेपाल सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, निकाय वा स्थानीय निकाय र कुनै परियोजनाको साधन, स्रोत र सम्पत्ति प्रयोग गर्न नहुने तथा मतदातालाई प्रभाव पार्न उद्देश्यले नगद, जिन्सी र अन्य कुनैपनि सामग्री वितरण गर्न वा भोज भतेरको आयोजना गर्न पाइने छैन ।
    आचारसंहिताले सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोट जिल्लाबाहेक अन्य जिल्लामा हवाईजहाज तथा हेलिकप्टरजस्ता सवारी साधन चार्टर गरी निर्वाचन प्रचार–प्रसार गर्न प्रतिबन्ध लगाएको छ । उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि एक निर्वाचन क्षेत्रमा बढीमा दुईवटा हलुका सवारी साधन प्रयोग गर्नसक्ने र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा चारवटा घोडासम्म प्रयोग गर्नसकिने जनाएको छ ।
संचार माध्यमलाई पनि आचारसंहिता
    निर्वाचनको अवधिमा आमसंचार माध्यमलाई पनि आचारसंहिता लागू हुनेछ । सूचना वा समाचारको संकलन तथा सम्प्रेषण रोक्न, दबाउन वा लुकाउन नहुने, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा समाचार सम्पादकीय लेख्न नपाइने भनिएको छ । आचारसंहिताको पालना भए नभएको जाँचबुझ वा अनुगमन गर्न आयोगले आवश्यकता अनुसार अनुगमन टोली वा अन्य संयन्त्र गठन गरिनेछ ।
    कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन गरेको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।
 

Tuesday, July 23, 2013

बाबुको हत्यापछि छोराछोरीको विचल्ली



दैलेख, २९ असार ।
भाइद्वारा हत्या गरिएका कुसापानी–८ का बालाराम आर्चायका बालबालिका विचल्लीमा परेका छन् । बाबुको हत्यापछि ती बालबालिका विचल्लीमा परेका हुन् । जग्गा किनवेच र लिनेदेन सम्बन्धी विवाद हुँदा कान्छा बाबुको छोरा पूर्णप्रसाद आर्चायले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका थिए ।
बाबुको हत्यापछि बालबालिकाले राम्रो संग खानेकुरा नपाएको मृतककी पत्नी मानकुमारी आर्चायले रुदैं भनिन्, ‘अब हामीलाई कसले सहयोग गर्छ, केटाकेटी नाना छन् । म एक्लो महिलाले के गरुँ, खेतबारी बाँझै छ ।’ आफन्त कोही नभएपछि मृतकका १३ वर्षीय छोरा चक्रपाणि आर्चायले बाबुको काजकिरिया गरेको स्थानीयबासी शिवप्रसाद आचार्यले बताए । मृतकका २ छोरा १ छोरी छन् । जेठो छोरा महादेव मावि पानीपोखरा कक्षा–७ मा अध्ययनरत छन् ।
आर्थिक अवस्था कमजोर भएका आचार्य परिवारको लागि स्थानीयबासीले १७ हजार पैसा संकलन गरी पोष्टमार्टम र काजकिरियाको लागि सहयोग गरेको स्थानीयबासी झमलाल पौड्याले बताए । ‘काजकिरिया र पोष्टमार्टमको लागि गाउँलेले सहयोग गरे । छोराछोरीलाई कसरी पढाउने हो भन्ने चिन्ता लागेको छ,’ मानकुमारीले बताइन् ।
धारिलो हतियार प्रयोग गरी दाजुको हत्या गर्ने अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले अभियुक्तसंगै हत्यामा प्रयोग भएका सामग्री समेत ल्याएको छ । अभियुक्तको बयान अनुसार रिसको आवेगमा आइ आफूले हँसिया नै प्रयोग गरी हत्या स्वीकारेको प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । दाइको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो ।

रशियन नायिकाको नेपाली सिनेमा खेल्ने चाहना

रशियन चर्चित नायिका यानिना कालगानिभाले नेपाल फेरी घुम्न आउने इच्छा व्यक्त गरेकी छिन् । रसियन कल्चर सेन्टरमा आयोजना गरिएको एक कार्यक्रममा नायिका यानिनाले आफूलाई नेपाल र नेपाली अत्यन्त मन परेको बताइन् ।

उनले आफूलाई कसैले नेपाली सिनेमा खेल्न प्रस्ताव गरे खुशीका साथ तयार भएको समेत बताइन् । अंग्रेजी भाषा समेत राम्रोसँग बोल्न नजान्ने यानिनाले आफू १६ बर्षदेखि यो क्षेत्रमा लागेको बताइन् । उनले आफू अहिले २७ बर्षको भएको बताउदै आफ्नो नयाँ चलचित्र प्रदर्शनको क्रममा रहेको बताइन् । पत्रकारसँग कुराकानी पश्चात यानिनाले अभिनय गरेको पहिलो चलचित्र ‘लभ इन यू एस एस आई’ प्रदर्शन गरेकी थिइन् ।

Monday, July 22, 2013

घरमै वसेर महिनाको लाख मेरो कतार/अरवको कमाइ यही हो- उमा

image (1)ओख्रेनी (रामेछाप ), असार – महिनाको लाख रुपैया आर्जन गर्न ओख्रेनी ९ कटुन्जेकी उमा श्रेष्ठलाई खाडी मुलुक जानु परेको छैन । करेशावारीमा लगाएको तरकारी खेतिबाट मात्र उमालाई महिनाको झण्डै लाख आर्जन हुन्छ ।
करेसावारीमा काक्रोको स्याहार गर्दै उमाले भनिन्, ‘मेरो यही हो कतारको कमाई ।’ उनले एक महिनाको अवधिमा काक्रो वेचेर मात्र करिव ५० हजार कमाएकी छिन् । अझै हजारौंको काक्रो वेलामा झुण्डिरहेका छन् । उमाले जम्मा १२ वोट काक्रोबाट उक्त रकम कमाएकी हुन् । सडकसगैं जोडिएको जग्गा रहेकोले ढुवानी र वजारको समस्या खासै परेको छैन ।
उमाको घरमा फलेको काक्रो स्थानीय जातको हो । सुई लगाएर वजारमा ल्याईने काक्रोलाई त्यसले सजिलै विस्थापित गर्छ । ‘मगमग वास्ना आउने काक्रो त्यो पनि लोकल’ उमा भन्छिन्, ‘मलाइ विक्रीको लागि कुनै समस्या परेको छैन ।’ प्रतिकेजी ४० रुपैंयामा हारालुछ गरेर काक्रो किन्ने ग्राहक वजारमा वग्रेल्ति पाएकी छिन् उमाले ।
उमा र उनको परिवारका सदस्य आफनै माटोमा रमेका छन् । काक्रो सकिएर के भो झण्डै एक लाख आउने टमाटर वजार लानका लागि ठिक्क वेला भएको छ । ‘असारको अन्तिम तिर टमाटर निस्कन्छ’ उमाले भनिन्, ‘त्यसबाट एक लाख जति आउला ।’
सिमी, रुख भण्टा, करेला, अकवरे खोर्सानी, वेमौसमी काउली उनका अरु उत्पादन हुन् । वजारमा ति सवै वस्तु प्राय सँगसगैं पुगेका हुन्छन । विहीबार रामेछाप र सोमबार मन्थलीमा लाग्ने साप्ताहिक हाट वजार र जिल्ला सदरमुकाम मन्थलीमा अन्य दिन पनि उमाका उत्पादन पुग्ने गरेका छन् । ओख्रेनीमा उत्पादित तरकारी जिल्ला सदरमुकाम मन्थलीसम्म लैजानका लागि दिनका दुई वटा गाडी ओहोर दोहोर गरिरहेका हुन्छन् । गाडि चल्न थालेपछि ओख्रेनीका अधिकांश किसानको थाप्लोमा नाम्लो छुटेको छ ।
ओख्रेनीको कटुन्जेमा वसोवास गर्ने उमा जस्ता दर्जनौ किसानको मुख्य पेशा तरकारी खेति वनेको छ । स्थानीय हरिवहादुर तामाङ भन्छन्, ‘यहाँका किसानको जाँगर देखेर मैले सिंचाईको लागि पानीको मुहान नै दिएँ ।’ कटुन्जेमा नजिकैको ओख्रेनी खोलाबाट दुई बर्ष अघि लिली हेल्वेटासको सहयोगमा तामाकोशी सेवा समिति मन्थलीबाट तीनवटा सिंचाई पोखरीको निर्माण भएपछि स्थानीयहरु व्यवसायीक तरकारी खेतिमा जुटेका हुन् ।
पानी नहुदा हामीलाई साह्रै असजिलो थियो स्थानीय भुलवहादुर तामाङ्गले भने, ‘तर अहिले तरकारीमा पानी लगाउन पाईन भन्नु परेको छैन ।’ सिंचाई पोखरी वन्नु अघि केही अगुवा किसानले तरकारी खेति गरेपनि अधिकांशको जमिन वाँझै वस्ने गरेको थियो । तर अहिले कटुन्जेको जग्गा प्राय खालि वसेको पाईदैन ।