Saturday, January 25, 2014

बुबाको सम्झना बृद्धबृद्धालाई भोजन

पत्रकार सुशील शर्माले आफ्ना दिवंगत बुबाको सम्झनामा शनिवार प्रशान्ति बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराएका छन् ।

दिवंगत बुवा इमाखर अधिकारीको सम्झनामा शर्माले आफ्ना आमा कौशिला अधिकारीसहित सहभागी भएर भोजन गराएका हुन् । उनले पहिले ब्राह्मणलाई दान पिण्ड दिने गरिएकोमा अवदेखि माघ ४ गते बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराउने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा उनलाई बृद्धाश्रमले सम्मानसमेत गरेको थियो । करिव ५० जना बृद्धबृद्धालाई भोजन गराइएको छ । भोजन कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले दाताहरुको सहयोगले बृद्धाश्रम संचालन भएकोले यसलाई क्षेत्रीय स्तरको बनाउन आग्रह गरेका छन् ।

ए डिभिजन लिगमा मनाङलाई तीन अंकको अग्रता

११ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार भएको खेलमा संकटालाई २–० ले पराजित गरेको मनाङको ८ खेलबाट १९ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटले मनाङलाई ६० मिनेट बढीसम्म रोकेको थियो । तर, ६६ औं मिनेटमा योनाले शुलभ मास्केको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा गोल गर्दै मनाङको जित पक्का गरे ।
अर्को खेलमा जाउलाखेलले ब्वाइज युनियनलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेलको पााचौं मिनेटमा भेट्रान खेलाडी प्रदिप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जाउलाखेल ११ औं स्थानमा छ र उसले रेलिगेशनको खतरा टार्दै लगेको छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुछारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।

एक मिनेट झोला राखेको पाँच सय !

११ माघ, काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक चिया पसलमा केहिबेर झोला राख्दा जुम्लाका रामजीप्रसाद न्यौपाने पाँच सय तिर्नु परेको छ
जुम्ला गज्याङ्कोट गाविस खल्लावाडाका २५ वर्षीय न्यौपानेले आफ्नो पसलमा झोला राखेको भन्दै पसलले ५ सय लिएका हुन् । झोला राखी पिसिओबाट फर्किसकेपछि झोला लिन खोज्दा एक हजार ‘भ्याट’ लाग्छ भनेर झोला दिन नमानउनले बताए ।
पछि बल्लतल्ल पाँच सय तिरेर झोला लिएको उनले बताए । उनका अनुसार झोलामा एकजोडा कपडा र दुईवटा किताब थियो । रासस

Friday, January 24, 2014

विदेशमा नेपाली भाषाको मोह

विजय चालिसे 

देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ

l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ l सबैले श्रद्धा गर्दछौ l नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला l यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ l बिलय हुन् केहि क्षण लाग्दैन l 
र हाम्रा पुर्खाले जोगाई राखेको भाषा र साझा सम्पर्कको अमुल्य नासो बिलिन हुनेछ l हाम्रा पिढीहरुले हामीलाई के जवाफ दिने ? हाम्रो भाषा कुन हो भनि हामीलाई प्रश्न गर्दा उचित जवाफ दिन सक्नु पर्छ l राजनैतिक परिवर्तन सगै राष्ट्रिय पोशाक समेत ओझेलमा परेको छ l हाम्रो राष्ट्रिय पोसाक के हो भनि कसैले सोधे भने हामिसंग त्यसको सहि जवाफ नहुन सक्छ किनभने राष्ट्रका सेवक त राष्ट्रिय पोसाक लगाउदैनन l कालान्तरमा भाषा पनि संकटमा नपर्ला भन्न सकिने अवस्था छैन यसको प्रत्याभूति कसले गर्ने या दिने ?बिदेशी माटोमा रहदा मात्रीभूमिले मुलुकले लगाएको गुणको पैचो तिर्न एउटा बिदेसिएको नेपालीले आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीत र साहित्यलाई हतियारको रुपमा प्रयोग गरि आफ्ना कुराहरु पस्कि रहेको हुन्छ l सर्वप्रथम हामी नेपाली हौ l 
हामी नेपालीमा नै नेपाली समुदायसंग बोल्न रुचाउछौ किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l नेपाली भाषा प्रति छाती फुलाउदछौ र यसले हाम्रो शिर उच्च पारेको छ l हाम्रा हृदय भित्र उकुस मुकुस भएर रहेका भावना र वेदनाहरुहरु यसै माध्यमबाट अभिव्यक्त गर्दछौ l किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् र नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न मुस्किल हुन्छ l राष्ट्र रहे सम्म राष्ट्रिय भाषा र सम्पर्कको भाषालाई सम्मान गर्न हरेक नेपाली तत्पर हुन्छ l 
नेपाली भाषा धनि छ र भाषाको विकास हेतु प्रसस्त सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश ,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ l नेपाली भाषा पनि यसरि नै निर्माण गरिएको छ l नेपाली भाषाको जननी संस्कृत भाषा हो l lमात्री भूमिमा मात्र नभै परदेशमा नेपाली भाषाले नेपाली नेपाली बीच गहिरो साईनो लगाई दिन्छ l नेपालीले नेपाली भाषा बोल्दा सबैको मन प्रफुल्ल बनाई दिन्छ l बिदेशी माटोमा आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउनु अपरिहार्य हुन्छ किनभने नया पिढीहरुले छिटो टिप्छन l यसो गरेमा भाषा मुर्झिदैन l 
नेपालमा बस्ने नेपालीहरुले हिन्दि भाषा सिकेका हैनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोल्न सक्ने नभए पनि बोल्न सक्छौ l परदेश या स्वदेश जहाँ भए पनि आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषामा कुरा गर्न सकियो र प्राथमिकता दिन सक्यौ भने नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l केहि शताब्दी पछि अंग्रेजी भाषाले ब्रम्हाण्ड भरि ढक मक्क ढाक्ने संकेत देखिदैछ l अंग्रेजी भाषा बिना कही पनि बाच्न नसकिने अवस्था छ l 
जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले प्राथमिकता दिएका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई माया मात्र गरे हाम्रो भाषा कहिले न अस्ताउने हुन्छ l सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने करिब छ हजार भाषा मध्ये तीन हजार भाषा लोप भै सकेको उल्लेख गरेको हुनाले हाम्रो भाषा नेपाली भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने यो खतराको मुल्य हामी सबैले चुकाउनु पर्ने हुन्छ l 
परदेशमा कुनै कार्यक्रममा एक जना बिदेशीको उपस्थितिको कारण मात्र हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याएको देखेका छौ र विदेशी अतिथिले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु स्वाभाविक हुन्छ l नेपाली भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ। गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा - क्वॉंटी,जुजु धौ ,तामाङ भाषामा -जॉंड-रक्सी र लिम्बू भाषामा -चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् l 
 हाम्रो राष्ट्रिय र सम्पर्कको भाषाको रक्षार्थ ऐक्यबद्दता जनाउनु पर्ने हुन्छ l बिदेशमा अभिभावकले घर भित्र बोलि दिने गरे हाम्रो भाषा कहिले ऒझेलमा नपर्ने हुन्छ l यदि हामीले भाषामा ध्यान दिएनौ भने भोलि नेपालीमा अंग्रेजी मिसाएर बोलेको हो या अंग्रेजीमा नेपाली मिसाएको हो भन्ने एकिन गर्न नै गार्हो हुन्छ l परदेशमा आगन्तुक शब्दहरु स्वीकार गर्द्दै यो पनि डाइसपोरा(प्रवासी )शब्द भै सकेको छ र आफु पनि बिदेशी भै सकेको भन्ने तिर हामी गयौ भने नेपाली शब्दहरु बिस्थापित हुने बढी सम्भावना हुन्छ l 
भाषा नै यस्तो माध्यम हो जस्को कारण मुलुकको विकास र विस्तारमा हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सरल र सम्भव हुन्छ l बिदेशी माटोबाट पनि हाम्रो राष्ट्रिय भाषाको संरक्षण र प्रबर्धन गर्न सकेमा भाबी पिढीले हाम्रो योगदानको कदर गर्ने छन् र भाषा मौलाउने छ l
- See more at: http://newsabhiyan.com/index1.php?option=newsDetail&newsId=538&catId=7#sthash.iwDeVqT5.dpuf
विजय चालिसे 
देश र भाषा सबै देशका जनताको लागि उतिकै माया हुन्छ l परदेसीएकालाई देश र भाषाको माया धेरै लाग्दछ l जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि सबै नेपालीको सम्पर्कको साझा भाषा नेपाली भाषा हरेक स्वाभिमानी नेपालीको हृदयमा संचित हुन्छ l यो हाम्रो सम्पत्ति हो र यो बिना हामि कल्पना पनि गर्न सक्दैनौ l सबैले श्रद्धा गर्दछौ l नेपाली भाषा सम्पर्कको भाषा भएकोले यदि यो रहेन भने हाम्रो पहिचान समाप्त हुन्छ भन्दा कुनै अतिशयोक्ति नहोला l यसको संरक्षण र प्रबर्धन हामी सबैले डटेर गर्दा मात्र नेपाली भाषाको पहिचान चिरस्थाई हुन्छ नत्र कुनै काल खण्डमा बिश्वमा भै रहेको भाषाको प्रभावमा यो पनि मासिने डर हुन्छ l बिलय हुन् केहि क्षण लाग्दैन l 