Saturday, February 25, 2017

चुनावले कक्षा ११ र १२ काे पिरक्षा सर्ने

कक्षा ११ र १२ काे पिरक्षा सरेकाे छ । स्थानिय तहकाे चुनाव बैषाख ३१ मा हुने तय भएपछि कक्षाा ११ र १२ काे पिरक्षा सर्ने भएकाे छ । र्निवाचन अायाेगले बैषाख २५ गते देखि बैषाख ३१ गते सम्म सबैविद्यालयहरु वन्द गर्न सरकारलाइ निर्देशन दिइसकेकाे हुनाले पिरक्षा सार्ने निर्णय राष्टिय पिरक्षाा वाेर्डले गरेकाे हाे ।

'लुट २':

चार वर्ष अगाडि एउटा फिल्म रिलिज भयो। त्यो एउटा अर्को फिल्ममात्र थिएन, फगत एउटा संख्याका रूपमा गनिने। सो फिल्मले एउटा भिन्न नाम र परिचय बनायो। फिल्म थियो 'लुट'। एउटा खासै नाम नसुनिएको युवा निश्चल बस्नेतले निर्देशन गरेको फिल्मले नेपाली फिल्ममा एउटा कोशेढुङ्गा स्थापित गर्‍यो जसको चर्चा नेपाली फिल्म निर्माणको नालीबेलीमा कहिले छुट्ने छैन्। नेपाली फिल्म इतिहासको उकाली ओरालीमा फिल्मको चर्चा 'पोस्ट' र 'प्री' लुट भनेर भइरहनेछ। सो फिल्मबाट निश्चल नेपाली फिल्मका एउटा गर्विला अनुहार भए। उनै निश्चल चार वर्षपछि तेस्रो फिल्मका रूपमा आफ्नै पहिलो फिल्मको सिक्वेल लिएर दर्शकमाझ आएका छन्। शुक्रबारबाट रिलिज भएको फिल्ममा धेरैको नजर छ, फिल्म कस्तो बन्यो भनेर? वर्षकै सर्वाधिक प्रतिक्षित बनेको फिल्मको कथा देशमा गत वर्ष भारतले लगाएको नाकाबन्दी वरिपरि घुमेको छ। नाकाबन्दीमा पेट्रोल,डिजेल, मट्टीतेल र ग्यासको अभावले काठमाडौं सिथिल छ। विनाशकारी भूकम्पले थिल्थिलिएको देशमा नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको कालोबजारी मौलाएको छ, त्यसमै मौलाएको छ 'हाकु काले' (सौगात मल्ल)को कालो कारोबार। भूकम्पको मौकामा जेलबाट भागेका नरे (कर्मा), गोफ्ले (दयाहाङ),पाण्डे (सुशिल राज पाण्डे), देवेन (प्रतिक राज न्यौपाने) आफूलाई फासाउने हाकुलाई बदला लिन दिनरात खोजिरहेका छन्। उनीहरूले हाकुलाई कसरी भेट्टाउँछन् र आफ्नो बदला लिन सक्छन् या सक्दैनन् यसैको सेरोफेरोमा फिल्मको कथा अगाडि बढ्छ। 'लुट-२' 'लुट' जत्तिकै राम्रो छ कि छैन्? दर्शकको दिमागमा आउने पहिलो प्रश्न यही हो। फिल्म पहिलो सिक्वेल जत्ति बलशाली छैन्। यसका लागि फिल्मको पटकथा जिम्मेवार छ। पटकथाले मुख्य रूपमा हाकु काले तथा गोफ्लेलाई बढी ठाउँ दिदाँ खुकुलो बनेको छ। दर्शक हसाउँने ध्याउन्नमा फिल्म फस्दा केही दृश्य फिल्ममा चाहिनेभन्दा बढी लामा छन्। चाहे त्यो गोफ्लेको प्रेमिकासँगका दृश्य हुन् या हाकु कालेसँग गोफ्लेको टोली भिड्दा। ती दृश्यले फिल्मको लयमा स्पिड ब्रेकरको काम गरेका छन्। उनीहरूलाई प्राप्त ज्यादा ठाउँले सुशील, कर्मा, प्रतिकको स्क्रिन स्पेस खुम्चिएको छ। त्योसँगै तिनले फिल्मलाई लम्बाउने काम पनि गरेका छन्। फिल्मले यी कुरामा ध्यान नदिदाँ कथा अनुसार घटेको छ। माथि उल्लेखित कुराहरूलाई सम्पादनमा कस्न सकिन्थ्यो। तर, सम्पादनमा पनि खुकुलो छोडिएको छ। सम्पादन खुकुला हुँदा फिल्मले दर्शकमाथि पार्ने प्रभाव कम हुन पुगेको छ। करिब २ घण्टा १० मिनेट लम्बाइको फिल्मलाई सम्पादनबाट केही छोटो बनाउने काम गरिएको भए फिल्म मजबुत हुने थियो। पटकथा तथा सम्पादनमा यी कमजोरी भए पनि कलाकारहरूको अभिनय फिल्ममा सबैभन्दा अब्बल छ। 'हाकु'को रूपमा सौगातले आफ्नो लयलाई पहिलेको जस्तै गरी समाइरहेका छन्। 'गोफ्ले' बनेका दयाहाङ आफ्नो भूमिकामा एकदमै फिट छन्। 'पित्तल' बनेका विपिन कार्कीले आफूलाई प्राप्त स्क्रिनस्पेसमा बेग्लै उभ्याएका छन्। उनको कमिङ टाइमिङले दर्शकलाई सर्वाधिक प्रभावित पार्छ। विपिन आफ्ना अघिल्ला फिल्महरू जस्तै यसमा पनि भर्सटायल छन्। नरे बनेका कर्मा र खत्री बनेका प्रतिकले पनि पाएको भूमिकालाई सहज निर्वाह गरेका छन्। यसै गरी सिर्जना सुब्बा (पुतली) र प्रविण खतिवडा (माने) को काम स्वभाविक छ। फिल्ममा नवप्रवेशी अलिशा राईले सुन्दरीको भूमिकालाई सहजै गरेकी छन्। आफ्नै उमेरको भूमिकाबाट उनले पनि दर्शकको मन जित्छिन्। यसैगरी कामेश्वर चौरसियाले राम्रो काम गरेका छन्। निर्देशकका रूपमा निश्चल फिल्ममा सर्वोत्कृष्ट देखिएका छैनन्। उनको निर्देशन फस्ट डिभिजन भन्दा केही माथि मात्रै छ। कथासँग स्क्रिन प्लेको सन्तुलन मिलाउन उनी केही असफल देखिए। फिल्मका लेखक पनि उनी स्वयम् भएकाले फिल्म लम्बाइ-चौडाइसँग उनी जत्ति कोही साक्षात्कार हुन सक्दैन्। तर पनि उनले स्क्रिन प्लेलाई कस्न धरमराएका छन्। फिल्ममा उनले गरेको ट्रिटमेन्ट तारिफयोग्य छ। फिल्म उनले 'ट्विस्ट'हरूको राम्रो प्रयोग गरेका छन् तर तिनको असर फिल्म लामो हुँदा कम प्रभावशाली पनि छ। दर्शकलाई बदला कसले लेला भन्ने कुरामा बाँधिराख्ने उनको प्रयत्न इमानदार छ भलै त्यो पहिलो श्रृखंलाको दाँजोमा उभिएको छैन्। फिल्ममा प्रयूक्त संवादका लागि भने निश्चल सर्वाधिक प्रशंसाका पात्र हुन्। पहिलो श्रृखंलामा रहेको संवाद लयलाई उनले यसमा पनि उत्कृष्ट ढंगले निरन्तरता दिएका छन्। संवादहरू बोलिदा दर्शकहरूले बजाउने ताली र सिठ्टीले उनको उत्कृष्टतालाई सहजै प्रमाणित गर्छ।

कर्मचारीलाई कुटपिट गरेपछि नेविसंघका नेता फरार

ललितपुर – पाटन संयुक्त क्याम्पसमा नेविसंघका विद्यार्थी नेताहरुले क्याम्पसका एक कर्मचारीलाई आक्रमण गरी सख्त घाइते बनाएका छन् । क्याम्पस प्रशासनका अनुसार घाइते हुनेमा लाइबे्ररीका सुरक्षा गार्ड सानो कान्छा तामाङ रहेका छन् । नेविसंघका इकाइ नेता तथा पाटन क्याम्पसका लागि स्ववियु सभापतिका दाबेदार समेत रहेका राजेश काफले र नेविसंघकै पाटन इकाइका कार्यबाहक अध्यक्ष रमेश राउत लगायतले तामाङलाई आक्रमण गरेका हुन् । लाईब्रेरी बन्द रहेको अबस्थामा शुक्रबार विहानै जबरजस्ती गेट खोल भन्दै तामाङलाई आक्रमण गरेको पाटन इकाइकै अखिलका एक नेताले जानकारी दिए । तामाङको पेटमा चिरिएको र अल्का अस्पतालमा उपचार गराइएको ती नेताले जानकारी दिए । आक्रमणमा संलग्न दुबै जना फरार रहेको र तिनिहरुलाई कारबाहीको दायरामा ल्याउन क्याम्पस प्रशासन र विभिन्न विद्यार्थी संगठनबीच छलफल भैरहेको बताइएको छ । साभार http://www.ratopati.com/news/120358/

Friday, February 24, 2017

कति राम्रा स्वदेशी उत्पादन

२८ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी मेला काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। हिमाल, पहाड र तराईमा रहेका साना तथा मझौंला उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो। ६ दिनसम्म चल्ने मेलामा आकर्षक स्वदेशी उत्पादनहरु राखिएको छ। ति उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको घरेलू तथा साना उद्योग विकास समितिका सह–कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले जानकारी दिए। मेलामा ३ सय भन्दा बढि स्टल रहेको र ३ सय ५० जना भन्दा बढि साना तथा मझौला उद्यमीहरु सहभागी भएका छन्। मेलामा स्थानीय बस्तुहरुको महत्वबारे जानकारी दिने व्यवस्था पनि गरिएको छ। मेलामा ३ लाख अवलोकनकर्ता सहभागी हुने आयोजकले जनाएको छ।
मेलामा नेपालको स्थानीय स्तरमा उत्पादन हुने ढाका कपडा, बाँस र बाँसका सामग्रीहरु, चिया, कफी, हाते कागज, खुकुरी, करुवा जस्ता सामग्रीहरु राखिएका छन्। मेलाको उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले साना, घरेलु तथा मझौला उद्योगको विकासले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे। मेलामा करिव ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्: नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । उनलाई मिडियासँग दोहोरो गफगाफ गर्न भने दिइएन । तर, आफ्नो भनाई राख्दै तेरियाले सबै सहयोगी नेपालीहरुलाई धन्यवाद दिइन् । उनले आफू नेपाल बस्छ या बस्दैन भनेर विभिन्न खालका चर्चा भएको भन्दै भनिन्–‘नेपालमा पनि डान्सको संभावना छ । तर, म नेपाल बसेर काम गरे भने सबैले तेरिया भनेर चिन्छन् । तर, नेपाल बाहिर बसेर काम गरे भने सबैले नेपालकी तेरिया भनेर चिन्छन् ।’ उनले सधै आफूलाई यसरि नै सहयोग गर्न नेपालीलाई आग्रह गरिन् । उनले आफूलाई नेपालकी तेरिया भनेर चिनिनु छ भनिन् । तेरियाले ‘तेरिया मगर फाउन्डेशन’लाई पनि अगाडि बढाउने बताइन् । आफूले कमाएका रकममध्येको केहि रकम यो फाउन्डेशनमा राख्ने र ठूली भएपछि आफै ह्यान्डल गर्ने समेत बताएकी छिन् ।