Saturday, November 12, 2016

मुरी भित्र्याउने चटारो

मुख्य चाडपर्व मनाएपछि फुर्सदिला बनेका किसान यतिबेला धान भित्र्याउने चटारोमा छन् । हिजोआज जिल्लाका अधिकांश भेगका किसानहरु धान थन्काउन व्यस्त देखिन्छन् । असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने किसानलाई भ्याईनभ्याई भएको हो । धान पाकेर खेत पहेलपुर भएपछि किसानलाई खेतमा चरा मुसाले सखाप पार्ने चिन्ता हुन्छ । ‘धान नभित्रेसम्म चयनले बस्न सकिदैन, वीरेन्द्रनगर–१४ मनिकापुरका अगुवा किसान हर्क खत्रीले भने, चाडपर्व मनाइँयो । अब धान स्याहार्न जुटेका छौं ।’ उनको खेतमा अघिल्लो वर्षको तुलनामा यसपटक धान राम्रो फलेको छ । हाइबे्रड ‐१५१) जातको धानको उत्पादन भने त्यति राम्रो नभएको उनले बताए । ‘गत वर्ष धानले फूल खेल्न नपाउँदै सुख्खा लाग्दा उत्पादन कम भयो’, उनले भने, यो साल मौसमले साथ दिँदा उत्पादन राम्रो छ ।’ उनी जस्तै किसानहरुका घरमा केही दिनभित्र धानका भकारी कसिँदै छन् । ‘यो वर्ष समयमै वर्षा भएकाले जिल्लाभर धान उत्पादनमा २० प्रतिशतले वृद्धि हुने देखिन्छ, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले भने, ‘किसानले समयमै रोपाइँ गर्न पाए । धानमा लाग्ने रोगकीराको प्रकोप पनि देखिएन ।’ जिल्लाको धेरै धान फल्ने वीरेन्द्रनगरको तल्लो भाग, रामघाट, दशरथपुर, मेहलकुना, सहारे, मालारानी, गुमी, दहचौर, बाबियाचौर, विद्यापुरलगायतका भेकका किसानहरु धान भिœयाउन जुटिरहेका छन् । मौसमले साथ दिएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानहरुका लागि पनि यो वर्ष सुखद रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय अन्तरगतको सहारे सेवा केन्द्रका प्रमुख छत्रबहादुर खत्रीले यो वर्ष मालारानी र सहारेमा धान उत्पादन राम्रो हुने बताए । खत्रीले भने, ‘विगतका वर्षमा किसानहरुबाट धानमा रोग लागेको समस्या आइरहन्थ्यो । यसपटक त्यस्तो समस्या लिएर कोही आएनन् । रोगकीरा नलागेपछि उत्पादन बढ्ने निश्चित छ ।’ उनका अनुसार किसानहरु यतिबेला धान काट्न, चुट्न र दाही हाल्न व्यस्त छन् । सहारे बेल्डमा ७० प्रतिशत धान खेती गरिँछ । कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्षभन्दा धानखेती गरिएको क्षेत्रफलसमेत यस वर्ष बढी छ । गत वर्ष १३ हजार २ सय ९७ हेक्टर खेतीमा धान रोपाइँ भएकोमा यस वर्ष १४ हजार ६ हजार हेक्टरमा धानखेती गरिएको गरिएको छ । गत वर्ष ५० हजार ३ सय ७३ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ५५ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । ‘विगतका वर्षमा मौसम अनुकूल नहुँदा बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन, कृषि प्रसार अधिकृत थापाले भने, ‘यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ ।’ गत वर्ष वर्षा ढिला भएका कारण उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै वर्षा नहँुदा गत वर्ष एक हजार हेक्टर बाँझो रहेको थियो । रोपाइँका लागि अनुकूल वर्षा भएपछि किसानहरुले यो वर्ष समयमै धान रोप्न पाएका थिए । जिल्लामा करिब ४० प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जिल्लाका केही क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष धानमा रोगकीराको प्रभाव नगन्य पाइएको छ । उन्नत बीउ, प्रविधि, मलको उपलब्धता, आवश्यकता अनुसार रोगव्याधीको उपचारलगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउने प्रयास जिल्ला कृषि विकास कार्यालयले गर्दै आएको छ । जिल्लाका कुल ५५ हजार २ सय खेती योग्य जमिन मध्ये १४ हजार ४ सय हेक्टरमा धान खेती हुन्छ । संस्थानले धानको मूल्य तोकेन खाद्य संस्थानले धानको मूल्य तोक्न ढिलाई गरेको छ । किसानले धान काटेर बेच्न शुरु गरिसक्दा संस्थानले भने धानको मूल्य र कोटा निर्धारण गर्न सकेको छैन । केन्द्रबाट नै कुनै आदेश नआएकाले धानको मूल्य तोक्न नसकिएको खाद्य संस्थान, भेरी अञ्चल कार्यालय, नेपालगञ्जले जनाएको छ । संस्थानले बेलैमा धानको मूल्य नतोकिदा किसानले सस्तो मूल्यमा व्यापारीलाई बेच्न थालिसकेका छन् । धेरै धान हुने किसानले राखेर राम्रो मूल्य कायम भएपछि बेच्ने गरेपनि साना किसान जसलाई तुरुन्त पैसाको आवश्यक पर्छ उसले चाडै नै बेच्ने गर्दछन् । संस्थानका नेपालगञ्ज प्रमुख श्रीमणी खनालले मंसिर पहिलो सातासम्ममा धानको मूल्य कायम हुन सक्ने बताए । ‘अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन, खनालले भने, धानको मूल्य र खरिद गर्ने कोटाको निर्णय एकैपटक आउँला ।’ यसपाली धानको उत्पादन राम्रो भएको र साना किसानले धानलाई तत्काल बेच्ने भएकाले संस्थानलाई मूल्य निर्धारण गर्न किसानले दबाब दिएका छन् । ढिलो गरी धानको मूल्य निर्धारण हुँदा व्यापारी मालामाल हुन्छन् । गतवर्ष संस्थानले मोटो धान एक हजार नौ सय २५ र मध्यम धान दुई हजार २५ मा खरिद गरेको थियो । संस्थानले धानको मूल्य तोक्ने बित्तिकै सस्तोमा कारोबार गर्ने व्यापारीले रातारात सरकारी मूल्य भन्दा केही बढीमा खरिद थाल्ने गर्दछन् । बाह्रैमास चामल पठाउने कर्णाली अञ्चललगायतका जिल्लाका लागि संस्थानले धान खरिद गरेर बर्दियाको राजापुरमा रहेको आफ्नै मिलमा कुटान गर्ने गर्दछ । समयमै धानको मूल्य तोकेर खरिद प्रक्रिया शुरु गरेमा संस्थान र किसान दुवैलाई फाइदा हुने भएपनि सरकारले यस काममा वर्षेनी ढिलो नै गर्ने गर्दछ । कतिपयले यसलाई कमिसनको खेलका रुपमा अथ्र्याउने गर्दछन् ।

Friday, November 11, 2016

लगाम गाविसमा बाघको बिगबिगी

सुर्खेतको पश्चिम लगाम गाविसमा बाघको बिगबिगी बढ्दै गयको छ । लगाम गाबिस स्थित वडा ५ धनरास, धामिशैन र तालागाउमा बाघले दिनहु किसानका बाख्रा लगायत अन्य पशु मार्न थाले पछी स्थानिय चिन्तित बनेका छन। प्रा.बि धामिशैनका स्थानीय शिक्षक टेक बहादुर वलिले दियको जानकारी अनुसार मेरो लगायत छिमेकी गाउँमा दर्जनौ बाख्रा बाघले मारेको बताए बाघको बिगबिगी झन् बढ्दै गयपछि आजभोली त स्थानीय गोठाला जान पनि डराउन थालेका छन् उनले भने । स्थानीयको मुख्य आयश्रोत पशुपालन नै भयकोले स्थानीय पशुपालक किसान समस्यामा परेकाछ्न ।

पश्चिम सुर्खेत काे कृषि नमुना बन्दै सालकाेट

" सालकोटमा भयको टमाटर खेतिको अनुगमनका लागि आउनुभयका HVAP का आयोजना प्रमुख राजेन्द्र भारी सर लगयत टिम/डोनर एजेन्सिका प्रतिनिधिहरु,उधोग बाणिज्य क्षेत्रका प्रतिनिधिहरु, सामाजिक परिचालन क्षेत्रमा काम गर्ने संस्था वातावरण सुधार संस्थाका सरहरु समेतको टिमले अनुगमन गिरएकाे थियाे।"कृषि,प्रयटन र पुर्बाधार,सम्बृद्द सालकोट का तीन आधार" भन्ने मुलमन्त्र लाई बोकेर लक्षप्राप्तिका लागि सालकोटबासिहरु जुटिरहेको अबस्था।आखिर गरे के हुदैन र भन्ने उखान लाइ साँच्चिकै सावित गरेका छन् सालकाेट का किसानहरुले।

Wednesday, November 9, 2016

५०० र १००० का भारु नोटवारे राष्ट्र वैंकले गर्‍यो यस्तो निर्णय

भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेका भारतीय नोट संकलन गर्ने जनाएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले राष्ट्र बैंक, विभिन्न बैंक तथा वित्तिय संस्था र सहकारीको काउण्टरमा भएको मौज्दात भारतीय नोटको विवरण लिने निर्णय गरेको अने । नेपाल र भारतीय सीमामा र ठुला शहरमा सबै दरका भारतीय नोट चलन चल्तीमा छन् । नेपाल भारतबीच खुला सिमाना र व्यापारिक सम्बन्ध पनि छ । भारत सरकारले भ्रष्टाचार र कालोबजारीलाई नियन्त्रण गर्न भन्दै पाँच सय र हजार दरका नोटमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि पर्न थालेको छ । काठमाण्डौमा संचालित बिभिन्न क्यासिनो बन्द भएको छ भने सटही काउन्टर के गर्ने भनेर अलमलमा परेका छन् । राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले नेपालमा रहेका पाँच सय र एक हजार दलका भारतीय नोटको विवरण संकलन गरेर भारतीय रिर्जभ बैंकसँग सम्पर्क गरी सटही कसरी गर्ने भन्ने बारेमा छलफल गरीने राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले जानकारी दिए । भारतीय नोट नेपालसँगै बंगालादेश, श्रीलंका, भुटानलगायत खाडी मुलुकहरुमा पनि निर्वाध रुपमा सटही हुन्छ । हाल नेपालभित्र भारतीय नोट कति संख्यामा छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । राष्ट्र बैंकले विभिन्न समयमा नोटलगायत वैदेशिक मुद्रा नराख्नु र संकलन नगर्नु भनेपनि त्यस्तो हुन नसकेको निर्देशक पण्डितले बताए । भारतीय नोट प्रतिबन्धित हुँदा समाजमा केही भ्रम सिर्जना हुन सक्ने भएपनि तत्कालै आत्तिनु पर्ने अवस्था छैन । मुद्राको अबैध कारोवार गर्ने भारतीय नोटको अवैध संचिती गर्नेलाई भने अफ्ठेरो पर्न सक्ने निर्देशक पण्डितले बताए । भारतले ५० दिनभित्र नोट संकलन गर्ने समयावधि तोकेको छ । भारतमा अहिले ३५ हजार करोड रुपैयाँ बजारमा रहेको बताइएको छ । बजारमा रहेको भारतीय रुपैयाँको चार प्रतिशत नक्कली नोट रहेको विभिन्न अध्ययनले देखाएको छ । राष्ट्र वैंकका निर्देशक राजेन्द्र पण्डितकाे भनाइ जस्ताकाे जस्तै: आकस्मिक रुपमा भारतीय सरकारले ५०० र १००० का नोट प्रतिवन्ध लगायो । निश्चित समय तोकेर सटही गर्ने व्यवस्था पनि गरेको छ । भारत सरकारको निर्णयपछि आज विहान राष्ट्र वैंकका अध्यक्षको नेतृत्वमा व्यवस्थापनको बैठक बसेको छ । र, तत्काल गर्नुपर्ने केही कुरा निर्णय भएको छ । जस्तै पहिलो कुरा–बैक तथा वित्तिय संस्था मनी ट्रान्फरहरुसँग आफुसँग भएको स्टक पैसाको जानकारी तुरुन्त नेपाल राष्ट्र बैकलाई जानकारी गराउनु भन्ने सर्कुलर गर्दैछ । हिजो साँझको क्लोजिङ स्टक हो । धेरै कुरा भातरीय केन्द्रीय वैंकको निर्णयमा भर पर्छ । अहिले १० बजेपछि भारतीय रिजर्व बैंकसंग टेलिफोन वा कुनै माध्यमबाट सम्पर्क भएपछि मात्र स्पष्ट कुरा आउँछ । हामीले यहाँ संकलन गरेका नोटहरुको कसरी सटही हुन्छ भन्ने निश्चित जवाफ आउँछ । त्यसकै आधारमा सर्वसाधारणसँग भएका नोट कसरी वा कुन माध्यमबाट साटने भन्ने तुरुन्त सूचना जारी गरिन्छ । हाम्रो अर्थ व्यवस्थामा प्रभाब पर्न सक्छ । भारत सरकारले हाम्रो आन्तरिक रुपमा वा देश भित्र कारोबार गर्नको लागि बनाएको नोट हैन् । यसको कारोबार गर्दा भारतीय विधान अनुसार नै गर्नुपर्ने हुन्छ हामीले । भारत भ्रमणको बेला प्रयोगमा ल्याउन सकिन्छ । आर्थिक र अन्य सम्बन्ध अत्यन्त निकट भएका कारणले सर्वसाधारण ठुलो मात्रामा विदेशी मुद्रा होल्ड नगर्नु, कारोबार नगर्नु भन्ने सूचना पटक–पटक सूचना जारी भएको हुन्छ । तै पनि केही मुद्रा होल्ड गरिराखेको हुन सक्छन् । संकलन र संचय गर्न भनिएको छैन । त्यसकारण यी नोट भारतको नीति र उनले कारोबार गर्नु भने अनुसारनै प्रयोग गर्नुपर्छ । भारतको प्रतिक्रिया के आउँछ र कत्तिसम्म हामीले भारतमा लगेर जम्मा गर्न सक्छौं त्यही अनुसार नै भारतलाई सूचना जारी गर्नु पर्ने हुन्छ । अहिले सर्वसाधारणले आत्तिनु पर्दैन । राष्ट्र बैंकको सूचना पर्खनु राम्रो हुन्छ । कारोबारको लागि नेपालको आर्थिक क्षेत्रमा के प्रभाव पर्छ भन्नेमा यो कारोबारको लागि राखिएको नोट हैन । कारोबारको लागि नेपाली रुपैंयाँ नै जम्मा गरिएको हुन्छ । ठूलो प्रभाव पर्ला जस्तो लाग्दैन । कत्तिपय ब्यक्तिले कानुनको उलंघन गरि ठुलो रकम जम्मा गरेर राखेका छन् भने उनीहरुलाई केही समस्या पर्ने हुन्छ । भारत सरकारले पनि नक्कली नोट र गैरकानुनी रुपमा राखिएको नक्कली नोटलाई ध्यानमा राखेर ल्याएकाले धेरै असर नगर्ला ।

तरुणदलको अध्यक्षमा हरी विष्ट

तरुण दल जिल्ला समिति सुर्खेतको अध्यक्षमा हरी विष्ट विजयी भएका छन् । आफ्नो प्रतिद्धन्द्धी नवल गिरीलाई ९९ मतको भारी अन्तरले विष्ट अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा चित्रजंग शाही, सचिवमा भने, कृष्ण भण्डारी विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा प्रेमप्रकाश खत्री बिजयी भएका छनर । सबै बिजयी पदाधिकारीहरु बिष्ट प्यानलका हुन । - See more at: http://kankrebihar.com/content/news-275.html#sthash.JRqncahf.dpuf

Monday, November 7, 2016

यस्ताे छ पञ्चपुरी नगरपालिका र चौंकुने गाउँपालिका

पञ्चपुरी नगरपालिका पञ्चपुरी नगरपालिकामा साविकका कुल ४५ वडाहरु मिलाएर नयाँ ११ वडाको प्रस्ताव गरिएको छ । जसमा वडा नं. १ मा साल्कोटका १, २ र ३, वडा नं. २ मा साल्कोटको ४ र ५, वडा नं. ३ मा साल्कोटका ६, ७, ८ र ९, वडा नंं. ४ मा बावियाचौरका ६, ७ र ९, वडा नं. ५ मा बावियाचौरका १, २ र ३, वडा नं. ६ मा बावियाचौरका ४, ५ र ८, वडा नं. ७ मा छाप्रेका १ देखि ९, वडा नं. ८ मा बिद्यापुरका ५, ६, ७, ६ र ८, वडा नं. ९ मा १, २, ३, ४ र ९, वडा नं. १० मा तातापानीका १, २, ३, ४ र ५ र वडा नं. ११ मा ६, ७, ८ र ९ वडाहरु समेटिएका छन् । चौंकुने गाउँपालिका चौकुने गाउपालिकामा साविकका ४५ वडाहरु मिलाएर नयाँ ९ वडाको प्रस्ताव गरिएको छ । चौकुने गाउँपालिकामा साविकको लगामका १ देखि ९ वडा नं. १, बेतानका १ देखि ९ वडा नं. २, बिजौराका १, २, ७, ८ र ९ वडा नंं. ३, बिजौरा कै ३, ४,५ र ६ वडा नं. ४, गुटुका १, २, ३ र ४ वडा नं. ५, गुटु कै ५, ६ र ७ वडा नं. ६, गुटु गाविस कै ८ र ९ मिलाएर वडा नं. ७, घाटगाउँका ५, ७, ८ र ९ वडा नं. ८ र घाटगाउँ कै १, २, ३, ४ र ६ लाई मिलाएर नयाँ वडा नं. ९ बनाईएको छ ।

Sunday, November 6, 2016

अब गाउँ-गाउँमा इन्टरनेट

काठमाडौं, १८ कात्तिक। अबको केहि वर्षा पछि नेपालका गाउँ-गाउँमा ब्रोडब्याण्ड मार्फत इन्टरनेट सेवा पुग्ने भएको छ . जस्कोलागी दूरसञ्चार प्राधिकरणले ९१ करोड रुपैयाँ खर्च गर्ने भएको छ । लामोसमयदेखि खर्च हुन नसकेको ग्रामिण दूरसञ्चार कोषमा जम्मा भएको रकम खर्च गर्दै गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याउने काम सुरु गर्न लागेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । प्राधिरकणले चालु आथिक वर्षमै कोषमा जम्मा भएको रकम मध्येबाट ९१ करोड ५० लाख रुपैयाँ खर्थ गर्दै सातै प्रदेशमा प्योकजअनुसार गाविस, विद्यालय, शैक्षिक संस्था, हेल्थपोष्ट, अस्पताल लगायतको सरकारी अफिसमा इन्टरनेट सेवा विस्तारको लागि ब्रोडव्याण्ड पूर्वाधार निर्माण गर्ने गरी वाषिर्क कार्ययोजना तय गरेको छ । यसै गरी प्राधिकरणले दूरसञ्चार कोषमै जम्मा भएको रकमबाट भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडव्याण्ड सेवा मार्फत इन्टरनेट सेवा विस्तारको लागि तीन वटा प्याकेजमा ३३ करोड रुपैयाँ खर्च गर्दै ब्रोडव्याण्ड पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यस्तै ग्रामिण दूरसञ्चार कोषमार्फतनै नेपाल टेलिकमको सहकार्यमा ‘अप्टिकल फाइवर नेटवेर्क विस्तारमा २ अर्ब रुपैयाँ र अन्य सेवा प्रदायक छनोट गरी अप्टिकल फाइवर नेटवर्क विस्तारकै लागि ३ अर्ब रुपैयाँ खर्च गर्दै काम सुरु गर्ने कार्ययोजना घोषणा गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा मात्रै अप्टिकल फाइवर नेटवर्क विस्तारका लागि कुल ५ अर्ब रुपैयाँ खर्च गर्न लागेको अर्यालले बताए । - See more at: http://nepalbharat.com/2016/11/3118/#sthash.d3zGKHKf.dpuf