Saturday, March 8, 2014

अफ्रिकी डान्स सेन्टरमा नेपाली चेली,

२४ फागुन, केन्या । अनेक तामझाम र औपचारिकताका साथ नेपालसहित विश्वले शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला पूर्वी अफि्रकी मुलुकमा नाच्ने कामका लागि पुर्‍याइएका नेपाली युवतीका बारे भने देशदुनियाँलाई कमै मात्र थाहा छ ।

झापा, बुधबारे घर बताउने २१ वर्षकी सुस्मिता शर्मा पूर्वी अफि्रकी मुलुक केन्याको राजधानी नैरोवी आइपुगेको ७ दिन मात्रै भयो । झापाको काँकरभिट्टा हुँदै सिलिगुडीबाट कोलकाता र त्यहाँबाट बिमान चढेर नैरोवी आएकी उनी आएकै साँझबाट पार्कल्यान्डको एउटा डान्स सेन्टरमा ‘नसोचेको नाचगान’ गर्न पुगिहालिन । केन्याका नैरोवी र मोम्बासा सहरमा एक दर्जनभन्दा बढी डान्स सेन्टर छन्, जसलाई भारतीय मूलका स्थानीय सञ्चालकले ‘मुज्रा’ भन्ने गरेका छन्, भलै त्यहाँ परम्परागत बुझाइका मुज्रा नभई चल्तीका डान्स गरिन्छ ।

अधिकांश डान्स सेन्टरमा नाच्नेहअरु २० देखि ३५ वर्षभित्रका नेपाली युवती मात्र छन् । ‘अन अराइभल भिसा’ पाइने केन्या र तान्जानियामा पर्यटक भिसामा तीन महिनाका लागि युवती ल्याएर रातभर डान्स सेन्टरमा नचाउने र दिनभर कुनै अज्ञात कोठामा थुनेर राख्ने एजेन्टहरु भारतीय र पाकिस्तानी मूलका रहेको कान्तिपुर दैनिकमा खबर छ ।

‘हाम्रो पासपोर्ट रेस्टुराँ मालिकसँगै छ, सातामा एक दिन पनि छुट्टी पाइदैन बेलुका ९ बजेदेखि विहान ४ बजेसम्मम नाचेको चाच्यै गर्नुपर्छ,’ के-वन बिल्डिङमा रहेको एउटा सेन्टरकी २५ वर्षे तामाङ युवतीले स्टेजमा नाचिरहेका बेला सुनाईन । केन्याको नियममा स्टेजमा रहेका केटीले ग्राहकको इच्छा र ‘फर्माइस’ अनुसार नाचेर देखाउन सके भने त्यस केटीमाथि पैसा फ्याँक्न पाइन्छ । तर, थुपि्रएको पैसा तत्कालै वेटरले उठाएरु मालिकहाँ लगेर बुझाइहाल्छन् ।

डान्स बारमा नाच्ने एक युवतीले भनिन् ‘दाइ मलाई नराम्ररी फसाइयो । मोबाइल पनि खोसियो, पासपोर्ट पनि साथमा छैन् । नेपालबाट मलाई यहाँ पठाउने मान्छे भन्नका लागि मात्रै मेरो लोग्ने हो, अरु एजेन्टबारे म तपाईलाई यहाँबाट निस्कन सकेँ भने बताउँला ।’

दिनभर अज्ञात स्थलमा राखेर रातभर नाच्न लगाउने डान्स सेन्टरका सञ्चालक भने युवतीलाई स्वतन्त्र छोड्दा कमाई नहुने बताउँछन् । सञ्चालक राजन थापा भन्छन्-’काठमाडौंबाट नैरोवीसम्म केटी ल्याउन कम्तीमा ३ लाख रुपैयाँ त सेटिङमा खर्च गर्छु । पैसा कमाउन गरेको व्यवसायमा केटीहरुलाई स्वतन्त्र छाडिउदएर कसरी धन्दा चल्छ ?’

भिनाजुकी पत्नी रेनुका भन्छिन्- नारी दिवस ? थाहा छैन

२४ फागुन, । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान । उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् ।

रामेछापको खिम्तीको सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।

दैनिक हजारौं गाडी र लाखौं मानिस ओहोर-दोहोर गर्ने शान्तिनगरको वागमती पुल नजिकै हावाको एक झोँक्काले धक्का दिँदा ढल्ने छाप्रोमुनि २० वर्षीया रेनुका भुजेल यद्यपि हाँसीखुसी नै देखिन्छिन् ।

केही बाँसका टाटी, थोत्रा जस्तापाता र मकिइसकेका काठले बेरिएको छाप्रोमा नयाँ साहुनीकारुपमा उनी यही फागुन १ बाट मात्रै प्रवेश गरेकी हुन् । त्यो छाप्रोमा यसअघि एकजना हजामले कपाल काट्थे, उनले फागुन १ को साइत पारेर सिलाइ मेसिन राखेर भविष्यका सपना बुन्न थालेकी छन् ।

रामेछापको खिम्तीको एक भुजेल परिवारमा जन्मेकी हुन् उनी । गरिब परिवारमा कान्छी छोरीका रुपमा जन्मेकी उनले अहिलेसम्म साउँ अक्षर पनि चिनेकी छैनन् ।

रेनुकालाई विद्यालय पुग्नै पाँच घण्टा लाग्थ्यो । बुबा आमाले पढाउन पनि चासो दिएनन् । उनका उमेरका साथीहरु आईए, बीए पास गरेर जागिरे भइसक्दा सानैदेखि भोक प्यास खेप्दै हुर्केकी रेनुका भने यतिबेला त्यही थोत्रे झुप्रोमा भविष्य खोजिरहेकी छन् ।

साली भेनाकी भएपछि..

बुबा आमाको लाडप्यारमा हुर्केकी रेनुकाकी माहिली दिदीको बिहे भएको ८ वर्ष भइसक्यो । दुःख गरेर हुर्काएका रेनुकाका दुई दिदीलाई बुबाआमाले मारे पाप पाले पुन्य भन्दै विहे गरेर जुवार्इंको घर पठाइदिए । जेठी दिदीका सन्तान भए पनि गाउँमै बिहे गरेकी माहिली दिदीको बिहे भएको ५ वर्षसम्म सन्तान भएका थिएनन् ।

बिहे गरेको यतिका समयसम्म सन्तान नभएपछि रेनुकाका भिनाजु शिवहरि भुजेल रन्थनिएका थिए । ‘साली कसको भेनाको’ नेपाली उखान राम्ररी बुझेका शिवहरिले फकाएपछि रेनुका तीन वर्षअघि दिदीको सौता लाग्न पुगिन् ।

भिनाजुले फकाएपछि बाबुअमालाई थाहै नदिई भागेकी रेनुका अढाइ वर्षसम्म रामेछापमै बसिन् । ‘दुई महिनासम्म दिदीसँग बोलचाल भएन, त्यसपछि दिदीले पनि आइ त गइस् अब कति दिन भागेर हिँड्छेस् भनेर बोलाइन्’, रेनुकाले भनिन् ।

छ महिनाअघि दिदीले सँगै बस्न बोलाएपछि रेनुका काठमाडौं छिरेकी हुन् । ‘दिदीले जे भयो भै गो, अब आइज, सँगै बसौं भनेपछि काठमाडौं छिरेकी हुँ’, रेनुकाले सुनाइन्, ‘म अनपढले गर्नु गल्ती गरिसकेँ, अब दिदीसँग मिलेर बस्ने कोशिसमा छु ।’

भिनाजुको सन्तानको चाहना पूरा गर्न दिदीको सौता लाग्न पुगेकी रेनुकाले भिनाजुलाई पति बनाएको वर्षदिनमै छोरी जन्माइन् । बहिनी आमा बनेको ६ महिना नबित्दै दिदी मीना पनि छोरीकी आमा भइन् ।

दिदी मीनाले मानिसका घर-घरमा पुगेर भाँडा माझ्ने र लुगा धुने काम गरेर केही आम्दानी गर्छिन् । पतिले घर बनाउने र अन्य सानातिना निर्माणको ठेक्कामा हात हालेका छन् ।

‘मलाई पनि केही गरेर खान मन लाग्यो अनि यहाँका बाँस ठेकेदार दाइलाई सिलाइ मेशिन छ, मैले साह्रै दुःख पाएकी छु भनेपछि हजामको सामान निकालेर मलाई बस्न दिएका हुन् ।’ रेनुकाले सुनाइन् ।

भत्कन लागेको छाप्रामा रेनुकाले व्यवसाय थालेको महिना दिन पनि भएको छैन । ‘अहिले त दिनमा ३ जना जति मात्रै आउँछन्, त्यो पनि नयाँ सिलाउन भन्दा थोत्रा टाली माग्न मात्रै’, उनले भनिन्, ‘दिनमा बल्लतल्ल ५० देखि ८० रुपैयाँमात्र आम्दानी हुन्छ ।’

Renuka-Bhujel

आम्दानी विवरण पतिलाई

दिदी मीना बिहानै उठेर अरुकहाँ भाँडा माझ्न निस्किन्छिन् । सानातिना निर्माणका ठेक्का गर्ने पति पनि विहानै काममा लाग्छन् । दिदी-बहिनी दुबैले जति कमाए पनि सबै हिसाब पतिलाई बुझाउनुपर्छ ।

‘दिदीले जति कमाए पनि दैनिक हिसाब बुझाउँछिन्, मैले पनि बुझाउने गरेकी छु’, अन्तरराष्ट्रिय नारी दिवसका दिन रेनुकाले अनलाइनखबरसँग भनिन्, ‘आम्दानी भएन भने पनि पतिलाई भन्नैपर्छ ।’

आफूहरुको आम्दानीको हिसाब खोज्ने पतिसँग मीना र रेनुकाले कहिलेकाँही उनको आम्दानीको पनि हिसाब खोज्छन् । तर पतिले उनीहरुलाई कहिल्यै कमाएको पैसाबारे बताउँदैनन् । ‘खान दिएकै छु, लाउन दिएकै छु, किन चाहियो तिमीहरुलाई हिसाब भनेर पतिले टार्छन् ।’ रेनुकाले भनिन् ।

गरिब भएकोमा रेनुकालाई साह्रै चित्त दुखेको छ । ८ मार्चमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी भने आफ्नो र छोरीको भविष्यको पिरलोमा थिइन् । ‘के गर्नु गरिबले दुख भए पनि खुसीसाथ बस्नुपर्छ, अहिले गरिब भएर के भो त, छाप्रोमै भए पनि लुगा सिलाउन थालेकी छु, थोरै कमाइ हुँदैछ’, रेनुका भन्छिन्, ‘मैलेजस्तो अनपढ भएर मेरी छोरीलाई बस्न दिन्न, पढेकी भएँ म पनि किन पो दिदीको सौता आउँथे र, छोरीलाई धेरै पढाएर मैले जस्तो दुःख भुक्तान गर्न दिन्न ।’

नारी दिवस ? मलाई केही थाहा छैन

काठमाडौंका सडकमा सुकिला-मुकिला लुगा लाएका महिला ८ मार्च मनाउन सडकमा निस्केका बेला रेनुका जस्ता गरीखाने वर्गका महिलालाई दुई छाक टार्नकै चिन्ता छ । ‘अन्तर्राष्ट्रिय नारी दिवसबारे मलाई केही थाहा छैन’, रेनुकाले सुनाइन्, ‘यो दिवसबारे म केही जान्दिँन, जुलुसमा पनि कसैले बोलाएका पनि छैनन् ।’

भिनाजुले बाँडेका सपना

बिहे गर्नुअघिसम्म भिनाजुले आफूलाई फकाउन बाँडेका सपना रेनुकाका आँखामा झलझली घुमिरहेका छन् । भत्कन लागेको छाप्रामा नजर डुलाउँदै रेनुका भावनामा बग्दैथिइन् । ‘विहे नगरुन्जेल पुरुषले यति धेरै माया गर्छु, मनमा सजाएर राख्छु भन्दा रहेछन्’, रेनुकाले सुनाइन्,- ‘विहेपछि भने वास्ता पनि गर्दैनन्, हामीले अलिक ठूलो स्वरले बोल्यो भने आँखा तरेर हेर्छन्, उस्तै परे हात हाल्न पनि पछि पर्दैनन् ।’

पढ्न लेख्न नपाएकाले रेनुकाले ठूला सपना सजाएकी छैनन् । ‘मेरो जीवनमा ठूलो सपना केही छैन, यही छाप्रे पसल चलिदिए हुन्थ्यो’ रेनुका भन्छिन्, ‘नानी सानी भएकाले ऊ ठूली भएपछि केही गर्ने योजना छ ।’

माया बराबर

दिदीसँग सौता आए पनि आफू र दिदी रेनुका दुबैलाई अहिलेसम्म बराबर माया गरेका छन् रे भेनाले । ‘दुईजना पत्नी भए पनि बुढाले हामी दुबैलाई बराबर माया गर्छन्, कहिलेकाहीँ झगडा हुँदा सौताको व्यवहार हुन्छ ।’ रेनुका भन्छिन् ।

दुईवटी पत्नी बनाएका शिवहरिले आफूले मात्रै दुईजनालाई पाल्न नसक्ने बताएपछि दुबै दिदी-बहिनी काममा लागेका हुन् । काम गरेर पैसा कमाओ भनेपछि दुबैजना आम्दानी गर्न जुटेका हुन् ।

दिदीको मन दुखाउँदिन

कानुनका नजरमा गलत गरेर दिदीको सौता लागेकी रेनुका दिदीको बोझ बन्न चाहन्नन् । महिलाका नजरमा सबैभन्दा ठूलो शत्रु सौता हो । तर, दिदीका नजरमा ठूलो शत्रु बनेकी रेनुका परिश्रम गरेर दिदीसँगै हाँसीखुशी बस्ने सपना बुन्दैछिन् । ‘दिदीका सन्तान भएनन् भनेर कोख भर्न आएकी थिएँ, मैले छोरी जन्माएपछि दिदीले पनि जन्माइन्’, रेनुकाले सुनाइन्, ‘अब पछुताएर के गर्नु, जे भयो भयो अब आफू पनि हाँसीखुसी रमाउने कोशिस गर्छु, दिदीको पनि मन दुखाउँदिन ।’

२४ फागुन, काठमाडौं । लामो कपाल, उज्यालो अनुहार, सर्लक्क मिलेको ज्यान । उनले एकपटक मुस्काउँदा जो कसैलाई मोहित पार्न सक्छिन् । रामेछापको खिम्तीको सट्टा काठमाडौंको कुलीन घरमा उनको जन्म भएको भए सायद उनी अहिले सुन्दरी प्रतियोगितामा बारुले कम्मर मर्काइरहेकी हुन्थिन् या कलेज पोशाकमा ठाँटिएर साथीहरुसँग ठट्टा गर्दै ए लेभल पढिरहेकी हुन्थिन् ।

- See more at: http://www.onlinekhabar.com/2014/03/174200/#sthash.7JpSkhy3.JiORROnO.dpuf

Friday, March 7, 2014

बोक्सीको नाममा आमालाई शोषण

साहित्यकार कृष्ण धरावासीकी आमा अम्बिका भट्टराई विधवा भएपछि गाउँलेले बोक्सीको आरोप लगाए। पति हुँदासम्म केही भन्ने आँट नगरेका गाउँलेले विधवा हुनासाथ ६५ वर्षीया भट्टराईलाई बोक्सीको आरोप लगाउँदै कुरा काट्थे।

'भट्टराईनी बज्यै त बोक्सी हुन्, अब धामीझाँकी लगाउनुपर्छ, बोक्सी आइमाई काम्दै आउँछे', गाउँभरि यस्तै कुरा हुन्थे।

'मेरी बूढी आमा धामीझाँक्री लगाउने भन्ने सुनेर रातभरि जागै बस्नुभयो', धरावासीले आमालाई बोक्सीको आरोप लगाउँदाको पीडा बिहीबार राजधानीमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा सुनाउँदा धेरैका आँखा रसाए। 'मेरा पनि नातिनातिनी दुब्लापातला छन्, म पनि निदाएँ भने बोलाउँछन् होला अनि तिमीहरूलाई क स्तो असर पर्ला भनेर सुत्नुहुन्नथ्यो', उनले २०५५ सालको घिनलाग्दो घटना सम्झिए।

कैलालीकी राजकुमारी रानाले बोक्सीका नाममा भोगेको पीडा छोरा रविबहादुरले सुनाइरहँदा त्यहाँ भेला भएकालाई पत्याउ नै गाह्रो पर्‍यो। घटना यस्तो थियो, बिहानै ४ बजे करिब ४० जनाको समूहमा आएका गाउँलेले राजकुमारीलाई सुतेको ठाउँबाट तानेर आगनमा लगे।

राजकुमारीको बोक्सी विद्याले आठ वर्षअगाडि आफ्नो गर्भपतन भएको भन्दै एक छिमेकीले हातपात गर्न थाले। भेला भएका गाउँले पनि खनिए। कैंची र ब्लेडले कपाल खौरिदिए। नांगै बनाएर लुगा जलाइदिए। घरघरबाट दिसापिसाब ल्याएर ख्वाए। यौनांगमा लठ्ठीसमेत कोचिदिए। उनको एउटा आँखा फुट्यो तर सहयोग गर्न कोही आए। उनलाई बोक्सीको आरोपमा यातना दिनेमा आफन्त पनि थिए। 'मेरी आमालाई आरोप लगाउनेमा आफन्त पनि थिए।' रविबहादुरले भने, 'यस्तो पीडा अर्की महिलाले सहन नपरोस्।' घटनाका दोषी अहिलेसम्म फरार छन्।

'लैंगिक हिंसा न्यूनीकरणका लागि तपाईं हाम्रो प्रतिबद्धता' कार्यक्रममा बोक्सीविरुद्धको ऐन ल्याउने अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै हलबाट बाहिरिन लागेका महिला, बालबालिका तथा समाजक ल्याण सचिव दिनेशहरि अधिकारीलाई बीचैमा रोक्दै बाँकेकी अमृता खड्काले प्रश्न गरिन्, 'हामी आइमाईका लागि सरकार छैन, किन?' आफ्नै छोराले बोक्सीको आरोप लगाएर यातना दिएको उनको वृत्तान्त सुनेपछि सचिवले आफूलाई पनि पीडाबोध भएको र यस घटनाबारे आधिकारिक रूपमा बुझ्न र उपचारको बाटोमा लाग्न जिम्मेवार प्रहरीलाई अनुरोध गर्ने बताए।

सरकारका प्रतिनिधिका रूपमा कार्यक्रममा उपस्थित सचिव अधिकारीसँग न्याय मागिरहेकी अमृताको पीडा झन् दर्दनाक छ।

नौ महिनासम्म गर्भमा राखेर जन्माएको छोराले नै बोक्सीको आरोपमा गाउँले बटुलेर आमालाई मरणासन्न हुने गरी कुटपिट गरे। ३४ वर्षीय छोरा तेजजंग खड्काले बोक्सीको आरोप लगाएर कुटपिट गर्‍यो भनेर ६६ वर्षीया अमृताले प्रहरी कार्यालयमा उजुरी नै गरिन् तर प्रहरीले घरझगडा घरमै मिलाउनु भन्दै फर्काइदियो। पछि स्थानीय पत्रपत्रिकामा उनको बारेमा समाचार प्रकाशित भएपछि गत वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा बल्ल उजुरी दर्ता गराएकी छन्।

प्रहरीले मुद्दा अदालतमा पेस गरेपछि वैशाख २८ गते पाँच हजार रुपैयाँ धरौटीमा छुटे। जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

तेजजंगले आफ्नो छोरालाई बोक्सी लगाएर बिरामी पारेको भन्दै आमालाई अपमान मात्रै गरेनन्, मरणासन्न हुने गरी पिटे। छोरासँग बस्न नसक्ने भएपछि छोरीको घरमा गएर बस्न थालिन्। त्यहाँ पनि केही महिनापछि 'आफ्नी छोरीलाई बोक्सी लगाएर बिरामी पारेको' आरोपमा उनी घरबाट निकालिइन्। आफ्नो पतिको मृत्युपछि छोराछोरीले समेत पालैपालो बोक्सीको आरोप लगाएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ। पुस्तौंदेखिको यो कुरीतिको सिकार अझै पनि धेरै महिला भइरहेका छन्।

कार्यक्रममा अन्नपूर्ण पोस्ट्का सम्पादक गुणराज लुइँटेलले बोक्सीको आरोप लगाई यातना र आक्रमण हुँदा ज्यानै जाने भएकाले ज्यान मार्ने उद्योग वा हत्या सरह कारबाही गर्ने कानुन बनाउन सञ्चारमाध्यमले दबाब दिनुपर्ने बताए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकका अनुसार यस वर्ष ६९ जना महिला बोक्सीको आरोपमा प्रताडित भएका छन्। उजुरी नै नभएका या बाहिर नै नआएका संख्या योभन्दा निकै बढी हुन सक्छन्। यद्यपि फितलो कानुनी कारबाहीका कारणले अझै पनि पीडितले न्याय पाएको अवस्था छैन।

अदालतको महलको दफा १० को(ख)मा 'कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोपमा यातना दिने, घर निकाला गर्नेलगायतका काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँचदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

पीडितलाई न्याय दिलाउनका लागि राष्ट्रिय महिला आयोगले तयार पारेर तीन वर्षअगाडि नै महिला मन्त्रालय पठाइसकेको बोक्सी विधेयकलाई जति सक्दो चाँडै संसद्मार्फत पारित गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुखअतिथि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बताए।

घर परिवारले नमानेपछि मञ्चमा भयो विवाह

काठमाडौं, फागुन २३ - त्यहाँ न कुनै ब्यान्ड बाजा थियो, न त जन्ती नै । त्यहाँ त बेहुलीका घर गाउँले पनि थिएनन् । बिबाह बन्धनमा बाँधिन लागेका बेहुली खैरो सुइटरमाथि खैरै रंगको ओढ्ने ओढेकी र निलो जिन्सको पाइन्टमा सजिएकी थिईन् ।

टिसर्टमाथि कालो कोट लगाएका बेहुलाले कालो पाइन्ट लगाएका थिए शुक्रबार दिउँसो काठमाडौंको संवाद डबलीको मञ्चमा जन्तीका रुपमा केही पत्रकार पुगेका थिए भने घर गाउँलेका रुपमा केही दलित अधिकारकर्मी थिए । बेहुलाका रुपमा संखुवासभा चैनपुर गाविस वडा नं. २ निवासी उमेश बराइली र बेहुलीका रुपमा चैनपुर ३ निवासी रुपशना शाक्य मुस्कुराउँदै सोफामा बसिरहनु भएको थियो ।

उहाँहरुले पत्रकार र अधिकारकर्मीको उपस्थितीमा ३ वटा मैन वत्ती बाल्नुभयो । मञ्चको नजिकै  दुवोको माला राखिएको थियो । उहाँहरु दुवैले त्यो दुबोको मालालाई हातमा उठाउनु भयो र एक अर्कालाई लगाई दिनुभयो । उपस्थित सबैले पररर ताली बजाए । विवाह सकियो । घर परिवारले विवाह गर्न अनुमति नदिएपछि बराईल र शाक्यको अन्तरजातीय जोडीले पत्रकारकै सामुन्ने यसरी विवाह गरेको हो । एक अर्कालाई माला पहिर्‍याउँदै बर र बधु दुवैले एकै स्वरमा आफूहरुले सोचविचार गरी राजीखुशीका साथ विवाह गरेको भन्दै आफूहरुको जीवनमा अवरोध नगर्न परिवारजन र समाजलाई आग्रह गर्नुभयो ।

‘हामी एक अर्का विना बाँच्न नसक्ने भएकाले विवाह बन्धनमा बाँधिने निधो गरेका हौं’ बराइलीले भन्नुभयो ‘हामीलाई अवरोध नगर्नुहोस् ।’

शाक्यले पनि आफूले लामो सोच विचार गरी आफ्नो भविश्यबारे निर्णय लिएको बताउनुभयो ।

‘जातीय छुवाछुतमा मैंले विश्वास गर्दिन, मैले गरेको निर्णयमा अवरोध भए मेरो जीवन नै बर्बाद हुन्छ’, शाक्यले भन्नुभयो ‘मेरो जीवनको लागि पनि सहयोग गरिदिनुस् ।’

२३ वर्षका बराइली र २२ वर्षकी शाक्यबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेपनि शाक्यको परिवारले विवाहलाई अस्वीकार गर्दै आएका थिए ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दुर्गा सोपलगायतले वैवाहिक जीवनको सुरुवात गरेकोमा दुर्वलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा समन्वय गरिरहेका पत्रकार तथा दलित अगुवा पदम विश्वकर्मालाई भने विवाह कार्यक्रममा जाँदै गर्दा प्रहरीले पक्राउ गरेको भन्दै कार्यक्रममा उपस्थित दतिल अधिकारकर्मीले विरोध जनाएका थिए ।

राष्ट्रपतिको उधारो सपनामा यसरी डुबे खनाल

एमाले केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे नेताहरू दुई धु्रवमा बाँडिए । एकातिर संसदीय दलका नेता केपी ओली थिए भने अर्कोतिर आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका पूर्व प्रधानमन्त्री माधव नेपाल । तर, अध्यक्ष खनाल भने बैठकमा मौन बसे ।

संसदीय दलको चुनावमा माधव नेपालसँग सहकार्य गरेका खनालको पछिल्लो रवैयाले नेपाल–माधव गठबन्धन कायम रहनेमा आशंका गरिएको छ ।
आगामी अध्यक्षको आकांक्षा राखेका वरिष्ठ नेता नेपाल संसदीय दलको चुनावमा बनेको नयाँ समीकरण तोड्न र आफ्नो तयारी गर्न केही समय लाग्ने भएकाले महाधिवेशन मिति केही पर धकेल्ने पक्षमा रहेको एमालेभित्र चर्चा हुन थालेको छ । संसदीय दलका नेता ओली र उपाध्यक्ष वामदेव गौतमको पक्ष छिटै महाधिवेशन टुंग्याएर नेतृत्व हस्तान्तरणको पक्षमा उभिएको बताइएको छ । दुवै समूहको चासो आगामी महाधिवेशनमा पार्टी कब्जा गर्ने हो । तर, अध्यक्षको रेसमा नरहेका खनाल चाहिं रमिता हेरेर बसेका छन् । उनले भावी नाफा घाटा हेरेर आफ्नो कदम चाल्ने स्रोतको भनाइ छ । स्थायी समितिले पहिले ९ वैशाख र पछि ३ जेठका लागि महाधिवेशनको प्रस्ताव ल्याएको थियो । उक्त निर्णय पनि विवादमा परेको थियो । पछिल्लो निर्णय अनुसार २४ जेठका लागि महाधिवेशन तय भएको छ ।
एमालेभित्र ओली र गौतम समर्थक केन्द्रीय सदस्यहरूले महाधिवेशनका लागि अवधि पुगेकाले ३ जेठमै गरिहाल्नुपर्ने माग उठाएका थिए । तर, नेपालनिकट केन्द्रीय सदस्यहरूले भने वैचारिक बहस र सांगठनिक तयारीका लागि पर्याप्त समय दिएर महाधिवेशन गर्नुपर्ने तर्क पेश गरेका थिए । केन्द्रीय समिति बैठकमा यति धेरै महाभारत हुँदा पनि अध्यक्ष खनाल पक्षधर नेताहरूले मनोरन्जन लिएका थिए न यता न उताको मोर्चामा गएर । यद्यपि संसदीय दलको चुनावमा ओलीसँग हार खाएपछि खनाल र ओलीको सम्बन्ध राम्रो छैन । संसदीय दलको चुनाव हारेपछि ओलीले खनाललाई भावी राष्ट्रपति बनाउने आश्वासन दिएर न्यूटल गर्ने कदम चालेका थिए । उधारो राष्ट्रपतिमा र्‍याल काढेर बसेका खनाललाई आफ्नो कित्तामा दृढताका साथ उभिन नेपालले आग्रह गरिरहेका छन् । महाधिवेशनको मितिबारे मौन बसेका अध्यक्ष खनाल जेठभित्रै गर्न पाए हुने भन्दै आफू नजिकका नेताहरूसँग बताएका थिए । अध्यक्ष खनाल अब निर्णय लिंदा संसदीय दलको चुनावको जस्तो नहोस् भन्नेमा सचेत रहेको पनि एमाले स्रोतको भनाइ छ ।
बैठकमा नेपाल निकटका युवराज ज्ञवाली, सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसाल, वेदुराम भुसाल र जगन्नाथ खतिवडा, रघुजी पन्त, योगेश भट्टराई, ठाकुर गैरे लगायतले सैद्धान्तिक–वैचारिक तयारीका लागि समय दिएर महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा राखेका थिए । सदस्यता नवीकरणका लागि समय नपुग्ने भएकाले पनि ३ जेठमा महाधिवेशन मुश्किल हुने नेपालपक्षका नेताहरूको दाबी छ ।
दुई समूहबीच राष्ट्रिय प्रतिनिधि परिषद् बैठक मार्फत विधान संशोधन गरेर महाधिवेशनमा जाने कि सीधै महाधिवेशनले विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरू स्वत: प्रतिनिधि हुने वा तलबाटै निर्वाचित भएर आउने भन्नेमा पनि विवाद देखिएको थियो । नेपालपक्षीय नेताहरू महाधिवेशनअघि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक गरी विधान संशोधन गर्नुपर्ने र केन्द्रीय सदस्यहरू स्वत: प्रतिनिधि हुनुपर्ने पक्षमा छन् । ओली र गौतमपक्षीय सदस्यहरू महाधिवेशनले नै विधान संशोधन गर्नुपर्ने र केन्द्रीय सदस्यहरू पनि तलबाटै निर्वाचित भएर प्रतिनिधि हुनुपर्ने अडानमा रहेका थिए । तर, आठौं महाधिवेशनले केन्द्रीय समितिका सबै महाधिवेशनको स्वत: प्रतिनिधि हुने प्रणाली अन्त्य गरी सबैले निर्वाचित हुनुपर्ने विधान पारित गरेको थियो ।

मेचीदेखि महाकालीसम्म अत्याधुनिक रेल !

रेल सेवालाई संसारभर सुविधा सम्पन्न र सस्तो यातायातका रुपमा लिने गरिन्छ ।

पछिल्लो समय संसारका धेरै देशले अत्याधुनिक रेल सञ्चालनमा ल्याएर यो सेवा अझै प्रभावकारी बनाइरहेका छन् । तर नेपालमा भने रेलसेवा सुरु भएको ७० वर्षसम्म पनि प्रभावकारी हुन सकेको छैन ।

नेपालको जनकपुरबाट जयनगरसम्मको २९ किलोमिटरमा मात्र चल्ने रेल सेवाको कन्तविजोग छ । पछिल्लो समय पूर्वपश्चिम रेलमार्गको चर्चाले नेपाली नागरिकमा आधुनिक रेल चढ्ने इच्छा पुरा हुने आशा पलाएको छ । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम नै सुरु गरिसकेको छ । पूर्व मेचीबाट पश्चिम महाकालीसम्म संसारमै चर्चित रेल कम्पनीका अत्याधुनिक रेल सञ्चालन गर्ने सरकारको तयारी छ । यो रेलमार्गको निर्माणपछि नेपालीले युरोप र अमेरिकामा सञ्चालन हुने आधुनिक रेल चढ्न पाउने छन् । सन् २०१८ मा पुरा गर्ने लक्ष्य राखिएको यो रेलमार्गको निर्माण पुरा हुने मिति भने अहिले नै यकिन गर्न नसकिने भौतिक पुर्बाधार तथा यातायात ब्यवस्था मन्त्रालयले बताएको छ ।
मन्त्रालयको रेल विभागका अनुसार पूर्वपश्चिम रेल मार्गको सम्भाव्यता अध्ययनपछि अहिले विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपिआर निर्माण भइरहेको छ । त्यसो त यो रेलमार्गमध्ये जयनगर—बर्दिवास खण्डमा झण्डै पाँच किलोमिटर र विराटनगर खण्डमा झण्डै १२ किलोमिटर ट्रयाक बोर्ड खोल्ने काम समेत भइसकेको छ । विभागका महानिर्देशक रामेश्वरमान सिंहका अनुसार मेची महाकालीको नौ सय ४५ किलोमिटर रेल मार्गलाई विभिन्न खण्डमा विभाजन गरिएको छ ।
त्यसमा काठमाडौदेखि पोखरासम्म १ सय ८७ किलोमिटरको रेलमार्ग पनि पर्छ । यो मार्गको पाँचवर्षदेखि सम्भाव्यता अध्ययन शुरु भएको थियो । अहिले पनि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपालको सिल्ट कन्सल्टेन्ट, भारतको राइटस इन्डिया र कोरियाका विभिन्न तीनवटा कम्पनी पूर्वपश्चिम रेलमार्गको निर्माणका विभिन्न प्रक्रियामा सहभागी भएका छन् । विभिन्न खण्डको विस्तृत अध्ययन तथा सर्वेक्षण प्रतिवेदन डिपीआर बनाउने काम भैरहेको छ ।
मोरङको बिराटनगर—जोगवनी र जयनगर—बर्दिवास खण्डमा अहिले जग्गा अधिग्रहणको काम भैरहेको छ । लगभग यी खण्डमा जग्गा अधिग्रहणको सकिन थालेको महानिर्देशक सिंहले जानकारी दिनुभयो । पूर्वपश्चिम रेल मार्गका लागि चालु आर्थिक वर्षमा सरकारले एक अर्ब ४० करोड रुपैयाँ रकम छुट्याएको छ । पूर्वपश्चिम राजमार्गको नजिकैबाट जोडिने भएकाले रेलमार्गबाट पनि प्रमुख शहरहरु जोड्नेगरी सहायक मार्गहरु बनाउने सरकारको तयारी छ । तराईका भारतीय सीमासंग नजिक रहेका शहरहरु काँकडभिट्टा, विराटनगर, जनकपुर, भैरहवा र नेपालगञ्जमा लिङ्क मार्ग राखिने छ । यसको कुल लम्बाई ७२ किलोमिटर हुनेछ । लिङ्क मार्गका लागि भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाईसकेको छ ।

रेलमार्गलाई कसरी जुट्दैछ रकम ?  

सरकारले पूर्वपश्चिम रेलमार्गलाई राष्ट्रिय गौरबको आयोजनामा सूचीकृत गरेको छ । यसको सबै काम सक्न साढे ६ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान छ । अहिलेसम्म सरकारले आन्तरिक श्रोतबाटै यसको काम अघि बढाइरहेको छ । पूर्वपश्चिम रेलमार्गमा आर्थिक वर्ष ०६५/६६ देखि रकम विनियोजन भैरहेको छ । विभागका महानिर्देशक सिंहले तत्कालका लागि आफ्नै स्रोत साधनबाट काम भैरहेको बताउनुभयो । डिपिआर तयार भएपछि विभिन्न दातृ निकायसंग सहयोगका लागि आग्रह गर्ने उहाँको भनाई छ ।
मुअव्जा दिनुपर्ने भएका कारण आयोजना शुरुमा अनुमान गरिएभन्दा भन्दापनि महंगो पर्ने सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वी नेपालका दुईवटा खण्डको मुअव्जाको काम सकिनै लाग्दा ठाउँ ठाउँमा समस्या देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष लगायत तराईका संरक्षण क्षेत्रबाट रेल मार्ग सञ्चालनमा समस्या पर्ने देखिएको छ । वातावरणीय अध्ययन प्रतिवेदन र निकुञ्जको अनुमतिले गर्दा रेलमार्गको डिपिआर निर्माणका लागि समेत समस्या परेको रेल विभागले जनाएको छ । सबै खण्डको डिपिआर तयार भएपछि आर्थिक सहयाताका लागि आह्वान गर्ने तयारी सरकारको छ ।

काठमाडौमा मेट्रो रेल

पूर्वपश्चिम र प्रमुख शहर जोड्ने मात्र होइन सरकारले राजधानी काठमाडौंमा पनि मेट्रो रेलको योजना अगाडि बढाएको छ । घन्टौंसम्म गाडीको जामको समस्या हटाउनका लागि काठमाडौं उपत्यक भित्र मेट्रो रेलसेवाको खाका तयार पारेको सरकारले जनाएको छ । अहिलेको चक्रपथ भित्र र बाहिरका ठाउँलाई जोड्नेगरी ५ वटा लाइन प्रस्ताव गरिएको छ । झण्डै ६६  किलोमिटर लामो रेल सञ्जालको मुख्य केन्द्र भने अहिलेको बस, टेम्पोको मुख्य ठाउँ अर्थात रत्नपार्कनै बनाउने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । यसको अध्ययन पनि नेपाल र कोरियाका कम्पनीले गरेका थिए ।
काठमाडौंमा तीन तहमा मेट्रो रेलसेवा संचालन गर्ने गरी डिपिआर तयार भइरहेको छ । काठमाडौं उपत्यकामा जमिनमुनि, जमिनमाथि र जमिनको सतहमा गरी तीन प्रकारका रेल मार्गको कल्पना गरिएको छ । रत्नपार्क जोड्नेगरी बनाइने झण्डै ३५ किलोमिटर रेललाइनले चक्रपथका सबैजसो चोकलाई छुनेछ । हरेक चोकमा यात्रु चढ्ने र ओर्लने स्टेशन समेत बनाईने योजना छ ।

जनकपुर जयनगर रेलको विजोग

सरकारले देशैभरका नागरिकलाई प्रभाव पार्ने गरी काम थालेपनि भएको जनकपुर रेलको अवस्था भने दिनप्रतिदिन समस्याग्रस्त बन्दै गएको छ । सात दशक भन्दा धेरै समयको इतिहास बोकेको  नेपालको एक मात्र रेल जनकपुर—जयनगर रेल सेवाको भने स्तर उन्नती हुन सकेको छैन । पहिले निकै आम्दानी गर्ने यो रेलसेवाले अहिले कर्मचारी खर्च समेत उठाउन सकेको छैन । धेरैजसो रकम कर्मचारीको तलब सुविधामा खर्च हुने गरेको छ । जनकपुर र आसपासका बासिन्दाले रेल सेवा कहिलेकाँही  नियमित संचालन नहुँदा आफूूहरु मर्कामा परेको बताएका छन् ।
पहिले जनकपुर रेल्वे भारतीय सीमावर्ती जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालन हुन्थ्यो । तर कमजोर व्यवस्थापनका कारण अहिले जनकपुर जयनगरमै सीमित छ । धनुषा जिल्लाका झण्डै दुई दर्जन गाउँ बिकास समितिलाई जिल्ला सदरमुकाम जोड्ने एक मात्र साधन हो । आफूले जनकपुर रेल्वेको सुधारमा काम गरिरहेको रेल्वेका सहायक प्रबन्धक रामेश्वर यादवले बताउनुभयो । अहिले पनि आर्थिक अवस्था निकैनै कमजोर छ ।
जनकपुर जयनगर रेल्वे यात्रु नभएका कारणले आर्थिक अवस्था कमजोर भएको भने होइन । रेल सञ्चालन भएका बेला हेर्दा संसारमै उदाहरणीय रुपमा मानिसको ओहोर दोहोर देखिन्छ  ।  रेलको छत, झ्याल, ढोका र फल्याक राखेर समेत यात्रु आवतजावत गर्ने गरेका छन् ।

विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे

नायिका रेजिना उप्रेतीसँग विवाह बन्धनमा बाँधिएकै भोली पल्ट उनका पति सुरज पोखरेल लण्डन उडेका छन् ।

बिगत ६ बषदेखि लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग रेजिनाको काठमाडौंको बल्खुस्थित भुवनेश्वरीदेवीको मन्दिरमा शुक्रबारमात्र विवाह भएको थियो ।
विवाहको भोली पल्टै लण्डन उडेका पतिलाई छाड्न शनिबार विमानस्थल पुगेकी रेजिनाले बिबाह भएकै भोलीपल्ट श्रीमानलाई विमानस्थलमा छाड्न जाँदा केही नरमाइलो लागेको बताईन् ।
‘पहिलो चोटी भेट भएको हैन, पाँच वर्षअघि देखिको भेटघाट हो’ सुरजको र आफ्नो लण्डन आउने जाने क्रम चलिरहने भन्दै रेजिनाले उज्यालो अनलाइनसित भनिन् ‘तर त्यस्तै नराम्रो भन्ने चैं छैन ।’
धादिङकै बासिन्दा सुरजसँग रेजिनाको ५ वर्षदेखि प्रेम सम्बन्ध थियो । सुरज लण्डनमा रहेको आफ्नो मामाको ट्राभल एजेन्सीमा कार्यरत छन् ।
फागुन १० गते नै उनीहरुबीच विवाह हुने तय अनुसार सुरजले छुट्टी पनि मिलाएको र पहिल्यै लण्डन जाने टिकट काटिसकेको कारण हतार हतार गएको रेजिनाले बताइन् ।
सुरजको आफन्तको निधन भएपछि फागुन १० गतेका लागि तय गरिएको विवाह रोकिएको थियो । विवाह एक हप्ता सारेपनि फेरि रेजिनाको घर परिवारमा जुठो परेपछि उनको कन्यादान मावली पक्षले गरिदिएका हुन् । विवाहमा सिमित सञ्चारकर्मी बाहेक अन्य कलाकारहरु कोही देखिएनन् ।
रेजिनाले बिबाहको एक हप्ता अघि फागुन १० गते नै कलंकीको एक ब्याक्वेटमा भव्य पार्टी दिएकी थिइन् । जहाँ उनका समकालिन कलाकार सञ्चारकर्मी तथा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताकहरुको बाक्लो उपस्थित रहेको थियो ।
विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे
विवाहको भोली पल्टै रेजिनाका पति लण्डन उडे

सीप सिकेपछि चञ्चलीमायाको लोभलाग्दो प्रगति

काठमाडौ, फागुन २३ – बानेश्वरको निजामती अस्पताललाई देब्रे पारेर पाँच मिनेट पैदल हिंडेपछि चञ्चलीमाया गहतराजको पसलमा पुगिन्छ ।

तीनतले घरको भुईतलाको सामान्य पसलमा एउटा र्‍याक, दुईवटा लुगा सिलाउने मेसिन छ । भित्ताका ह्याङ्गरमा सिलाई सकिएको कपडा तन्द्र्याङतुन्द्रुङ झुण्ड्याइएको छ । एउटा मेसिनमा चञ्चलीमायाले लुगा सिलाउनुहुन्छ भने अर्को मेसिनमा सप्तरीकी देवकुमारी चौधरी कपडा सिउँदै हुनुहुन्छ ।
सिन्धुपाल्चोककी चञ्चलीमायाले यो ठाउँमा पसल खोलेको ६ महिना भयो । पसल खोल्नुअघि उहाँले ड्रेस मेकिङ सम्बन्धि तीन महिने निःशुल्क तालिम लिनुभएको थियो । तालिम दिने संस्थाकै सल्लाहमा उहाँले ६० हजार रुपैयाँ लगानी गरेर पसल खोल्नुभएको हो । पसल खोलेकै दिनदेखि कामको खाँचो छैन उहाँलाई ।
काठमाडौं बसाईका धेरै बर्ष उहाँका त्यसै बिते । विदेशमा श्रीमानले कमाउने रकमबाट बालबच्चाको पढाई खर्च र कोठाभाडा तिनै पनि मुश्लिक पर्थ्यो । त्यसैले मन हुँदाहुँदै पनि रकम तिरेर सिलाई तालिम लिन सक्नुभएको थिएन । निःशुल्क तालिमले भने उहाँलाई स्वरोजगार बन्ने अवसर दियो । ‘सिलाई सिकौं भनेपनि पैसा तिर्न नसकिने चिन्ता थियो’ चञ्चलीमायाले भन्नुभयो ‘निःशुल्क तालिम पाएपछि त धेरै सजिलो भयो ।’
उहाँको पसल हेर्दा अरुलाई जागिर दिनुभएको छ भनेर पत्याउन मुश्किल पर्छ । तर उहाँले आफुसँगै तालिम लिएकी देवकुमारीलाई महिनाको साढे ६ हजार रुपैयाँ तलब दिएर काममा लगाउनुभएको छ । पसलको सबै खर्च कटाउँदा महिनामा झण्डै १५ हजार रुपैयाँ कमाई हुन्छ । यही रकमबाट घरखर्च चलाएर चञ्चलीमायाले सहकारीमा बचत पनि गर्नुभएको छ । तालिम दिएको संस्थाले २ प्रतिशत व्याजमा तीन बर्षका लागि दुई लाख ऋण दिने व्यबस्था मिलाएपछि पसललाई अलि ठूलो बनाउने योजना बुन्दै हुनुहुनछ चञ्चलीमाया ।
अब पसलमा मेसिन थपेर फेरि एक जनालाई जागिर दिने योजनामा हुनुहुन्छ उहाँ । पसललाई आकर्षक बनाउन फर्निचर थप्ने र कपडा पनि बिक्री गर्ने तयारी रहेको उहाँले बताउनुभयो । ‘अब म दिनमा कम्तीमा एक हजार रुपियाँ बचत गर्नेगरी काम गर्छु’ चञ्चलीमायाले भन्नुभयो । सप्तरीकी देवकुमारी चौधरीलाई पनि कमाइ गर्न सक्ने बनाएको त्यही तालिमले हो । घरमा बसेर त्यसै बित्ने समय काम गरेर दिनको दुई–तीनसय कमाउन पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । ‘काम नगरी घरमा त्यसै बस्दा तनाव पनि उत्तिकै हुन्थ्यो’ देवकुमारी भन्नुहुन्छ ‘अहिले त चाहिएको ठाउँमा खर्च गर्ने रकम आफैसँग हुँदा खुशी लागेको छ ।’
ड्रेस मेकिङको तालिम दिने संस्था जाउलाखेलको स्किल नेपालका अनुसार गएको बर्ष यस्ता तालिम लिएका कुनैपनि महिला खाली हात छैनन् । तालिम लिएकामध्ये सबैजसोले आफैंले पसल खोलेका छन् । थोरै लगानीबाट पनि व्यवसाय गर्न सकिने हुँदा अरुकोमा काम खोज्नु भन्दा आफ्नै पसल खोल्छन् भन्नुहुन्छ स्किल नेपालका वरिष्ठ अनुगमन तथा मुल्यांकन अधिकृत ईन्द्रकुमार नकर्मी । आफुहरुले तालिमसँगै सुरुदेखिनैं बचत गर्ने बानी सिकाएको उहाँ बताउनुहुन्छ । सीप सिकेपछि स्वरोजगारमा जान चाहनेलाई थोरै पूँजीबाट काम सुरु गर्न अथवा एक्लै सकिन्न भने अर्को एक जनालाई साथ लिएर काम थाल्न परामर्श दिने गरिएको नकर्मीको भनाई छ ।
सीप सिकेकै कारणले सिन्धुपाल्चोककी चञ्चलीमायाँ र सप्तरीकी देवकुमारीको आम्दानीका बाटोहरु खुलेका हुन् । त्यसैले काम पाईंदैन भनेर चुप लागेर बस्नुहुन्न । आफ्नो रुची मिल्दो सीपमुलक तालिम सिकाउने ठाउँ खोजेर तालिम लिने हो भनें त्यहि तालिम जीवनयापनको आधार बन्न सक्छ ।

खुलामञ्चमा सुरुवाल, आकासेपुलमा लिपिस्टिक (फोटोफिचर)

राजधानीका सार्वजनिकस्थल व्यापारीको कब्जामा

khulla-manch-3

माघ, काठमाडौं । पञ्चायतकालमा राजनीतिक दललाई काठमाडौंको खुल्लामञ्चमा आमसभा गर्ने छुट थिएन । यद्यपि खुल्लामञ्च अहिलेजस्तो अतिक्रमित अवस्थामा थिएन । लोकतन्त्रमा त झनै राजधानीमा कम्तिमा एउटा आमसभास्थल सुरक्षित रहनुपर्नेमा कट्टु र सुरुवालको व्यापार गर्ने थलोमा रुपान्तरित भएको छ काठमाडौंको खुल्लामञ्च ।

khulla-manch-1
अनलाइनखबरका फोटोग्राफर वीर अस्पताल नजिकैको खुल्लामञ्चमा पुग्दा उदेकलाग्दा दृश्य देखिए । वीर अस्पतालपट्टकिो भागमा आधाजति ढाकेर गाडी पार्किङ गरिएका थिए । उत्तरपूर्वीभागमा कपडा व्यापारीदेखि मकै र रोटी पोल्नेहरुले धुँवा उडाइरहेका थिए ।
खुल्लामञ्चभित्रै पसेर हेर्दा कोही माछा बेचिरहेका, कोही रोटी पकाइरहेका भेटिए भने कोही झोला, जुत्ता, बेलुन र सुरुवाल किनमेल गरिरहेका अवस्थामा फेला परे । खुल्लामञ्चको भित्तापट्टी एक वृद्ध ‘वनझाँक्रीबाट चिताएको काम पूरा हुने’ ब्यानर टाँगेर झोक्राइरहेका थिए ।khulla-manch-2
यात्रुको रहेन आकासेपुल
यात्रुहरुलाई बाटो काट्नका लागिबनाइएका रत्नपार्क आसपासका आकासेपुल पनि यात्रुलाई हिँड्नै बाधा पर्ने गरी व्यापारीले कब्जा जमाएका छन् । आकासेपुलमा कोही मकै पोलेर पैसा गनिरहेका भेटिन्छन् त कोही फुटपाथे सामानको मोलमोलाइ गरिरहेका हुन्छन् । रानीपोखरीबाट भोटाहिटीतर्फ जाने आकासेपुल बाटो काट्ने यात्रुका लागि नभई व्यापारीका लागि बनाएको प्रतीत हुन्छ ।aakase-pool-business-1
सडक व्यापार : राजधानीको जटिल समस्या
राजधानीको सडक जतिसुकै विस्तार गरिए पनि सडकमा निस्केर सामान बेच्ने साना व्यापारीहरुको समस्याबाट राजधानी झनै आक्रान्त बन्दै गएको छ । संविधानसभा भवन अगाडि बेलुका हुँदै गएपछि पेटीमा हिँड्नै सकिन्न । यात्रु हिँड्ने पेटी व्यापारीले कब्जा गरेपछि यात्रुहरु वीच सडकबाटै हिँड्न बाध्य हुने गरेका छन् । के सडक, के पेटी, के आकाशे पुल र के खुल्लामञ्च, जतासुकै सडक व्यापारीको कब्जा छ ।khulla-manch-4
कुनै राजनीतिक दलले खुल्लामञ्च भरिने गरी प्रदर्शन गर्छु भन्यो भने त्यो अब हास्यास्पद हुनेछ । किनभने खुल्लमञ्च पहिल्यै भरिइसकेको छ । काठमाडौं महानगरपालिकाले अस्वीकार गर्दागर्दै गृहमन्त्रालयले खुल्लामञ्चमा प्रवेश गराएका व्यापारीहरु अब प्रहरीको गतिलो लाठीचार्जविना शायदै बाहिरिएलान् । तर, त्यसबेला उनीहरुले खुल्लामञ्च कब्जा गर्न पाउनुपर्ने मागसहित आन्दोलन गरे भने त्यसलाई पनि अनौठो नमाने हुन्छ ।khulla-manch-1
khulla-manch-5
khulla-manch-6
khulla-manch-7
khulla-manch-8

वामदेवलाई फुटपाथ पसलेको ठाडो चुनौती

जिफन्टसमेत गृहमन्त्रीको विरोधमा उत्रियो

rayali

२३ फागुन, काठमाडौं । सिंहदरबारमा पदबहाली गरेकै दिन गृहमन्त्री वामदेव गौतमले राजधानीका सडकहरुमा अव्यवस्थित रुपमा खोलिएका फुटपाथे पसलहरु हटाएर सडकलाई व्यवस्थित गराउने प्रतिवद्धता जनाएका थिए । गौतमको प्रतिवद्धतालगत्तै गृहमन्त्रालयले ११ दिनदेखि फुटपाथका पसल हटाउने अभियान जारी राखेको छ ।

तर, एमाले नेतृत्वको गृहमन्त्रालयको यो अभियानलाई चुनौती दिँदै फुटपाथका पसलेहरुले विहीबार राजधानीको सुन्धाराबाट र्‍यालीसमेत निकालेका छन् । र्‍यालीमा एमालेका मजदुरसमेत सामेल भएका छन् ।
सडकलाई व्यवस्थित गराउने अभिव्यिक्त दिएका गृहमन्त्रीका लागि सडक व्यापारीहरुले थालेको यो आन्दोलन एउटा जटिल चुनौतीको विषय बन्न पुगेको छ । गौतमले दाबी गरेजस्तै राजधानीका सडकहरु खाली गर्न र व्यवस्थित बनाउन सजिलो र सहज छैन भन्ने विहीबारको जुलुसले स्पष्ट देखाइसकेको छ ।
गृहमन्त्रीले बल प्रयोग गराएर राजधानीका सडक र खुल्लामञ्च खाली गाउने हो भने विगतमा बाबुराम भट्टराईको सरकारले सुकुम्वासीलाई हटाएजस्तै विरोध आउन सक्छ । तर, फुटपाथे पसलहरुलाई यत्तिकै रहन दिने हो भने सहकमा हिँड्नै नसकिने अवस्था आउन सक्छ । यतिबेला आकाशे पुल, सडकमा यात्रुहरु हिँड्ने पेटी, सार्वजनिक स्थल एवं सार्वजनिक सभा गर्ने खुल्लामञ्चसमेत सडक व्यापारीहरुले कब्जामा लिएको अवस्था छ ।
जिफन्टसमेत वामदेवको विरोधमा
एमाले नेता वामदेव गौतमले फुटपाथका पसल हटाउन निर्देशन दिएपछि गृहमन्त्रालयले फुटपाथका पसल हटाउने अभियान शुरु गरेको छ । तर, यसको विरोधमा विहीबार एमालेकै जनवर्गीय संगठन जिफन्टका कार्यकर्तासमेत झण्डा लिएर सडकमा ओर्लिएका छन् । आफ्नै पार्टीका उपाध्यक्षको नेतृत्वमा रहेको गृहमन्त्रालयले थालेको अभियानलाई असफल गराउने आन्दोलनमा एमालेकै मजदुरहरु सडकमा उत्रिएपछि यो समस्या झनै जटिल बन्न पुगेको छ ।
गृहमन्त्रालयको अभियानको विरोध गर्दै विहीबार सुन्धाराबाट प्रदर्शन गरिएको जुलुसमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का साथै राष्ट्रिय स्वरोजगार व्यापार संघको ब्यानर देखिएको थियो । जुलुसपछि कोणसभामा बोल्दै जिफन्टका नेताहरुले सरकारले विकल्प नदिई फुटपाथका पसल हटाउन नपाउने चेतावनी दिएका छन् । सरकारले जनतालाई रोजगारी दिन सक्देन भने विकल्प दिनुपर्ने एमालेकै मजदुर नेताहरुले बताएका छन् ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले भने आफ्नै घरमा पसल राख्नुबाहेक अर्को विकल्प नभएको भन्दै दबाव दिएर सार्वजनिक सडक एवं खुल्ला मञ्चमा पसल चलाउन नपाइने भन्दै गृहमन्त्रालयको निर्देशनअनुसार पसल हटाइएको जवाफ प्रतिक्रिया दिएका छन् ।
फुटपाथ पसलेहरुले यतिबेला आकाशे पुल र सडकका पेटीमात्रै नभई खुल्लामञ्चभित्रै पसलहरु सञ्चालन गर्दै आइरहेका छन् ।
futhpath

Thursday, March 6, 2014

क्यान्सर पीडित ६ वर्षीय बालकलाई ९ वर्षीया बालिकाद्धारा १० हजार उपचार सहयोग

काठमाडौं, फाल्गुन २२ । नौ वर्षीया बालिका रैना शाहले रक्त क्यान्सरबाट पीडित ६ वर्षीय बालक दिपेश श्रेष्ठको उपचार खर्चका लागि १० हजार रुपैयाँ सहयोग गरेर सामाजिक सेवाको एउटा उदाहरण प्रस्तुत गरेकी छिन्

। शाहले आफ्नो खाजा खर्चबाट जम्मा गरेको रकम तथा जन्मदिनका अवसरमा उपहार स्वरुप प्राप्त भएको रकम संकलन गरी १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण गोरखा, बोर्लाङ ४ का बालक दिपेश श्रेष्ठले उचित उपचार गराउन समस्या भोगिरहेका छन् ।

यस्तै, उनको उपचारका लागि अमेरिकामा सैलुन र स्पा व्यवसाय चलाउँदै आएका दुई नेपाली महिलाले ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका रेणु शाह र युभा राणाले उपचारका लागि रकम सहयोग गरेका हुन् । अमेरिकामा युनिभर्सल सैलुन तथा स्पा व्यवसाय चलाउँदै आएका शाह र राणाले उनीहरुको कमाईबाट दैनिक पाँच डलर जम्मा गरेर सहयोग रकम पठाएका हुन् ।

अमेरिकाबाट आएको ४० हजार रुपैयाँमा आफ्नो तर्फबाट थप १० हजार रुपैयाँ थपेर चेल्सी इन्टरनेसनल विद्यालयमा कक्षा तीनमा अध्ययरत रैना शाहले आज जन्मदिनको अवसर पारेर कुल ५० हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

अमेरिकाबाट सहयोग प्रदान गर्ने रेणु शाह र युभा राणाले आगामी दिनमा पनि रकम जम्मा गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्यान्सर पीडित दिपेश श्रेष्ठका बुवा दीपक श्रेष्ठले विदेशमा बस्ने दाजुभाइ–दिदीबहीनीहरुले यस्तै सहयोग गर्दै आए थुप्रै पीडितको दुःख कम हुने बताए । सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले छोराको उपचारमा अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

उनले छोराको उपचार गर्न १७ लाख लाग्ने बताए । उनले छोरोको जीवन रक्षाका लागि ग्लोबल आइएमइ बैंकको खाता नं. १११२०९०५६१०८ मा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

आफूसँग भएको सम्पति बेचेर हाल कान्ति अस्पतालमा छोराको उपचार गराइरहेको उनले बताए  ।

गर्भवती भएको थाहै नपाई ट्वाइलेटमा जन्मियो बच्चा

बेलायतमा एक २५ वर्षीया महिलाले गर्भवती भएको थाहै नपाइ ट्वाइलेटमा बच्चा जम्माएकी छिन् । पेट दुखेपछि उनी विहानै शौचालय गरेकी थिइन, जहाँ उनले बच्चा जन्माइन्।

वेल्स काउन्टीकी गैनो जेप्कोले २.९ किलो वजन भएको बच्चा जम्माएको मिरर न्यूजले जनाएको छ । बच्चाको नाम ओले जेम्स राखिएको छ ।
जेप्कोले आफू गर्भवती भएको थाहा नै नभएको बताएकी छिन् । ‘लगातार पीरियड भइरहेको थियो । तर, तौल केही बढेको थियो’ उनले भनेकी छिन्-’गर्भवती भएको कुनै लक्ष्यण देखिएन । न मर्निङ सिकनेस, न दुखाइ ।’

यो समयमा उनले सुपर मार्केटमा काम गरिरहिन् । यतिसम्म कि उनले म्याराथुनमा समेत भाग लिइन । अहिले बच्चा जन्माएको समयका आधारमा हिसाव गर्दा त्यसबेला ५ महिनाको गर्भ थियो ।

उनका अनुसार क्रिसमसम्म उनको तौल बढेको थिएन । तर, त्यसपछि केही बढ्यो । उनले भने पार्टीहरुमा धेरै खानाले यस्तो भएको अनुमान गरिन् ।

चिकित्सकहरुका अनुसार ६०० मा एक महिलालाई गर्भवती भएको थाहा नहुन सक्छ ।

टाढैबाट सेक्स गर्न मिल्ने प्रविधि आयो !

के तपाईं आफ्ना प्रेमी प्रेमिकादेखि टाढा हुनु भएको छ ? यहाँ यस्तो प्रविधिको चर्चा हुँदैछ जसको मद्दतले तपाईं जहाँ जतिसुकै टाढा भए पनि आफ्नो प्रेमी प्रेमिकाका गोप्य अंगहरु प्रेमपूर्वक स्पर्श गर्न सक्नु हुन्छ ।

सुन्दा अपत्यारिलो लागे पनि तपाईं टाढै बसेर अब आफ्ना प्रेमी या प्रेमिकासँग सहवासको आनन्द लिन सक्नु हुन्छ । कन्डोम निर्माण गर्ने कम्पनी ड्यूरेक्‍सले यस्तो अन्तरवस्त्रको निर्माण गरेको छ कि जसमा जोडिएको सेन्सरले महिला र पुरुषको गोप्य अंगहरुमा प्रेमीको स्पर्शको अनुभूति र उत्‍तेजना पैदा गर्नेछन् ।

फन्डवि‍यर्स नाम दिइएको यस्तो प्रविधि जोडिएको वस्त्रलाई तपाईका प्रेमी या प्रेमिकाले स्मार्टफोनको माध्यमबाट चाहेको समयमा छुन र नियन्त्रण गर्न सक्नेछन् । सायद अब हामी पनि यो प्रविधिको प्रयोग गर्नेछौ छिट्टै :

सडकमा सौर्यबत्ती राखिँदै

काठमाडौं- दरबारमार्गमा तीन लाइनको सोलार सडक बत्ती जडान कार्य सुरु भएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा साताअघि सो कार्य सुरु गरिएको हो। वैशाख १ गते बत्ती बल्ने बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जनाए।

३० मिटर क्षेत्रमा जडान हुने बत्तीका लागि सडकको बीचभागमा पोल गाड्ने काम सकिएको छ।
सडकको दायाँबायाँ र बीच गरी तीन लाइनमा ९० वटा बत्ती जडान गर्ने बोर्डको तयारी छ। प्रत्येक पोलमा ६५ वाटका दुईवटा बत्ती बाल्ने बोर्डले जनाएको छ।
सडकपेटीमा भने महानगरले सडक सुधार गरेपछि मात्रै पोल गाड्ने बोर्डको योजना छ। यो क्षेत्रमा सडकबत्ती नहुँदा दुर्घटना बढेको थियो।
बत्तीको पोल आधुनिक तथा गुणस्तरीय रहेको कक्षपतिले बताए। 'टिकाउ होस् भनेर केही महँगो पोल राखेका छौं,' उनले भने, ‘अहिले बजारमा भएको भन्दा भिन्न डिजाइनको भएकाले यो पोल आकर्षक पनि छ।'
विद्युत प्राधिकरण र महानगरपालिकाले बत्ती नबालेपछि बोर्डको पहलमा सोलारबत्ती जडान गर्न लागिएको कक्षपतिले बताए।
यो कार्यक्रमका लागि बोर्डले एक करोड बजेट छुट्टयाएको छ। व्यवसायीबाट ऋण तथा सहयोग संकलन गरी बजेट जुटाएको कक्षपतिले बताए। पोललाई विज्ञापन बोर्ड राख्न दिएर आम्दानी गरी ऋण तिर्ने योजना रहेको उनले जानकारी दिए। 'अत्यन्त गुणस्तरीय तथा साना विद्युतीय बोर्डमात्र प्रयोग गर्न दिनेछौं,' उनले भने।
सडक बत्ती जडान गर्न महानगर र विद्युत प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा पनि वास्ता नगरेको उनले बताए। यी दुई निकायको विवादका कारण १८ वर्षदेखि सडकमा बत्ती नबलेको कक्षपतिले दाबी गरे। 'साइनबोर्डमा राखिएको बत्तीको भर थियो, त्यही पनि बन्द भएपछि सडक अन्धकार हुन्छ,' उनले भने।

मोबाइलको कारण नायिका क्षितिजा तनावमा : “म नेता होइन, अभिनेत्री हुँ प्लिज”

सधैं बजीरहने मोबाइलको रिङ्ग टोन पनि आज कर्कश लाग्न थालेको छ उहाँलाई । एउटासँगको धन्यवाद र बधाइ खान पाएको छैन पुनः अर्को रिङ्ग टोन….उफ् …….हरे राम…….! हेलो….दिदीलाई बधाई छ…..शुभकामना….“कङ्ग्राच्युलेसन”……! राम्रो गर्नु पर्छ अब त, सबैलाई काम गरेर देखाउनु पर्छ………यस्तै यस्तै शुभकामना र बधाइहरुले आजकल दिन भरी नै कान टट्याई रहेको छ मोडल तथा नायिका क्षितिजा शाक्यको

। सोचमा पर्नु हुन्छ उहाँ र कल्पनाले झप्पक्क छोप्छ एक क्षण “आफूद्धारा अभिनित चलचित्र मिस नेपालको भरखर मात्र काठमाण्डौंका केहि हलहरुमा च्यारिटी सो प्रर्दशन भएको थियो ….सोचेको भन्दा पनि राम्रा बनेछ “मिस नेपाल” !  अभिनय राम्रो गर्ने प्रयास त गरेकै हो, पर्दामा त झनै राम्रो पो भए छ की क्या हो ! मेरो अभिनयबाट प्रभावित भएर मलाई यत्रो बधाइ र शुभकामना …….होइन, होइन……यति मात्र त अवश्य होइन ।” दोस्रो दिन त दिन भरी मोबाइल अफ गर्न बाध्य नै हुनु प¥यो । कसलाई भन्ने ! के गर्ने ! उफ्……..! तेस्रो दिन मोबाइल अन मात्र के गरिएको थियो फेरि त्यहि ताल ………!  के भइरहेको छ यो ! कसको काम होला !…..अनि बिगतमा भएका यस्तै अपरिचितका अनौठा बातचितहरुको स्मरण गर्नु भयो नायिका शाक्यले । “ओहो….! केहि महिना अघि पनि मलाई यसरी नै कल आउने गरेको थ्यो । कोशेली ल्याएको छु……तपाईको बसोवास कहाँ निर हो ?…..रड् कहाँ झार्ने हो…..सिमेन्ट…..आदि इत्यादि । …स्मरण नटुङ्गिदै पुनः कल “म नेता होइन, अभिनेत्री हुँ प्लिज…….ए त्यसो पो ! …..म शिक्षा मन्त्रि ज्यू होइन ।” बल्ल पो पत्तो लागेछ, शिक्षा मन्त्रि चित्रलेखा यादबको मोबाइल नं. सँग मिल्दो जुल्दो भएकै कारण केहि दिन यतादेखि यत्रो तनाव झेल्नु परिरहेको रहेछ नायिका क्षितिजालाई, धन्न पत्तो पाइन । हत्तेरी मिल्दो जुल्दो नम्बरले पनि कति दुःख पाइने रहेछ

Wednesday, March 5, 2014

चराले पनि गर्छन् सम्बन्ध बिच्छेद

काठमाडौं, फागुन २१ - एक अर्कासंग चित्त नबुझे दाम्पत्य जीवनमा समस्या आउन कुनै नौलो होइन ।

एक अर्कासंग संगै जीवन बिताउन कठिन माने महिला/पुरुषले सम्बन्धबिच्छेद गर्नुलाई सामान्य रुपमै लिईन्छ, तर त्यस्तो सम्बन्धबिच्छेद मानिसले मात्रै होइन चराले पनि गर्छन् भन्दा अनौठो लाग्न सक्छ ।

एक अध्ययनका अनुसार चराका केहि यस्ता प्रजाती हुन्छन्, जसले आफ्नो पति/पत्नी भन्दा अरु चरा आकर्षक देखे वा दाम्पत्य जीवनमा खटपट भए सम्बन्ध तोड्ने गर्छन । अध्ययन अनुसार यस्ता चराले आफ्नो जोडीसंग झगडा भएमा वा अर्को चरा सुन्दर देखे सम्बन्धविच्छेद गर्न ढिला गर्दैनन ।
केहि चराहरु सम्बन्ध बनाउन पनि शौखिन हुने गरेकाले पनि उनीहरुको सम्बन्ध लामो समयसम्म नटिक्ने भारतको अलिगढ मुस्लिम युनिभर्सिटीका वन्य जन्तु विभागका प्रोफेसर एचएसए याहयाले गरेको अध्ययनमा पत्ता लागेको छ । उनले ४० वर्षदेखि चराका बारेमा अध्ययन गर्दै आएका छन् ।
सानो तोपचरा सबै भन्दा धेरै जोडी बनाउने प्रजातिमा पर्छ । भाले चराले गुँड बनाउँदा बनाउँदै आधीमा नै छोडिदिन्छ र जोडी पाएपछि दुईटै मिलेर गूँड बनाउने गर्छन् भने पोथी चराले राम्रो भाले भेटे पुरानो जोडीलाई छोडिदिने गरेको छ । यस्तै भाले मयूर जोडी खोज्न खप्पिस हुन्छन् । जोडी बनाउनका लागि विशेष खालको आवाज निकालेर नाच्ने भाले मयूरको कलाबाट पोथी मयूर निकै प्रभावित हुने गरेका छन् ।
अमेरिकन मोकिंग वर्ल्ड, पोलिएन्ड्री र वर्ल्ड अफ प्याराडाईज प्रजातिका चरामा पोथीहरु एक भन्दा बढी भालेसँग सम्बन्ध कायम गर्ने गर्छन् । एक भन्दा बढी भालेसँगको सम्बन्ध नै सम्बन्ध बिच्छेदको मुख्य कारण बन्ने गरेको छ ।
गलत साथीको चयन वा आफ्नो जोडी दुर्घटनामा घाईते भए भाले या पोथी दुवैले जोडी तोड्ने गरेका छन् । आफ्नो जोडी भन्दा बाहेक अरु भाले बढी आकर्षक भए पोथी चरा साथी छोड्न ढिलाई गर्दैनन् ।  
चराविद् हेमसागर बरालका अनुसार यो एउटा प्राकृतिक प्रक्रिया नै भएकाले अनौठो मान्नु पर्दैन । बराल भन्नुहुन्छ ‘केहि प्रजातिका चरा एक पटक जोडी बनेपछि जीन्दगीभर जोडी टुटाउँदैनन भने केहि चराको गुण नै सम्बन्ध धेरै बनाउने खालको हुन्छ ।’

छिन्चु—जाजरकोट सडक कालेपत्रे अन्तिम चरणमा

कर्णाली अञ्चलको जाजरकोट जिल्ला जोड्ने छिन्चु—जाजरकोट सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

सुर्खेतको पोखरेदेखि जाजरकोटसम्मको ८० किलोमिटरमध्ये ७५ किलोमिटर कालोपत्रे भइसकेको छिन्चु जाजरकोट सडक योजनाको कार्यालयले जनाएको छ ।

विश्व बैंकको ५० करोड रुपैयाँ सहयोगमा कालोपत्रेको काम सुरु भएको थियो । पोखरेदेखि जाजरकोटसम्मको बाँकी ५ किलोमिटर यसै आर्थिक बर्षमा कालोपत्रे भइसक्ने कार्यालयको भनाई छ ।  

सडकको स्तरोन्नती भएपछि यो सडकमा यातायात सेवा सहज हुने भएको छ । जाजरकोट सडक सञ्जालमा जोडिएपनि कच्ची सडकका कारण यात्रा कष्टपूर्ण थियो । ७ बर्षअघि ट्रयाक खोलिएको यो सडकको कुल लम्बाई भने १ सय ७ किलोमिटर छ ।

सडक कालेपत्र भएपनि बिच बिचमा पर्ने खोलामा भने पुल हालिएको छैन । यस सडकको राकम खलंगा खण्डमा एक दर्जन खोलानाला पर्छन् । ६ ठाउँमा भने मोटरेवल पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सुर्खेतले हालै टेण्डर आह्वान गरिसकेको प्रमुख भानु जोशीले बताउनुभयो ।

सडकको कालोपत्रे गर्ने काम सकिएपनि राकमको भेरी नदीमा निर्माण थालिएको पुल १० बर्षसम्म पनि नबन्दा छिन्चु जाजरकोट सडकको यातायात सेवा प्रभाबकारी हुन सकेको छैन । कालोपत्रेका साथै भेरी पुल र अन्य पुल यसै आर्थिक बर्षमा निर्माण भइसकेपछि यो सडक १२ महिना नै निर्बाध सञ्चालन हुने जोशीले बताउनुभयो ।

‘काठमाडौं संसारकै चौथो सस्तो सहर

काठमाडौं, फागुन २१– सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (2013-01-15 15.16.12ईआईयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेको हो ।

काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको छ । न्युयोर्कलाई आधार रेखा मानेर विश्वका १ सय ३१ सहरमा गरिएको सो सर्वेक्षणमा भारतको मुम्बई विश्वमा नै सबैभन्दा सस्तो सहर बनेको छ । त्यस्तै, पाकिस्तानको कराँची र भारतकै नयाँ दिल्ली क्रमशः दोस्रो र तेस्रो सस्तो सहर बनेका छन् ।
सो सर्वेक्षणअनुसार सिंगापुर सबैभन्दा महँगो सहर सिद्ध भएको छ । सिंगापुर लुगा किन्नका लागिसमेत विश्वमा नै सबैभन्दा महँगो सहर सावित भएको छ । मूल्यवृद्धि र बलियो मुद्राका कारण सिंगापुरलाई सो स्थानमा पु¥याएको बताइन्छ ।
गत वर्ष सबैभन्दा महँगो बनेको सहर अहिले छैटौं स्थानमा झरेको छ भने दोस्रो र तेस्रोमा क्रमशः पेरिस र ओस्लो बनेका छन् ।
त्यस्तै, जुुरिच, सिड्नी र भेनेजुयला क्रमशः चौथो, पाँचौं र छैटौं महँगा सहर भएको सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, जेनेभा र मेलबर्न पनि छैटौं स्थानमा रहेका छन् भनेर आजको राजधानी दैनिकमा यो समचार छापिएको छ ।

मृत्युदण्ड सुनाइएका अनिसको जीवन रक्षार्थ महाअभियान

युएई दुवईमा मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईको विषय अहिले सबैको चासो र चिन्ताको विषय बनिरहेको छ । दुवईको अदालतले मृत्युदण्डको सजाय सुनाएपछि अनिसको जीवन रक्षार्थ केवल दुईटा मात्रै विकल्प बाकी थियो । मृत्युदण्डको सजायबाट अनिसलाई उन्मुक्ति दिलाउनका लागि एउटा नेपालको राष्ट्र प्रमुखबाट त्यहाँको राष्ट्र प्रमुखसँग आममाफीको आह्वान गर्ने र अर्को अदालतले तोकेको ब्लडमनी तिर्ने ।

२०७० माघ २५ गतेतिरको कुरा हो, अनिस परिवारको अनुनय विनयसँगै एउटा मानवीयताको हिसाबले हामीले दुई वटै विकल्पलाई खुल्ला राखेर अनिसको जीवन रक्षार्थ अनौपचारिक छलफल सुरु ग¥यौ र त्यही छलफलबाट नारदकुमार राईको संयोजकत्वमा ११ सदस्यीय अनिस खालिङ राई बचाउँ अभियान समिति गठन गर्ने निष्कर्ष निकाल्यौं । उक्त समितिको सञ्चार संयोजकमा मलाई तोकियो । यो जिम्मेवारी एकदमै चुनौतिपूर्ण थियो । त्यत्तिखेरसम्म अनिसको मृत्युदण्ड बारे न मिडियालाई थाहा थियो न त कुनै संघसंस्थालाई नै । स्वयं हाम्रो लागि पनि यो घटना एका देशको कथा जस्तै थियो ।
जन्मभूमी छोडेर परदेश जाने रहर कसलाई होला र ? तर, बाध्यताको रहरको अगाडि के नै लाग्छ र ? अनेकौं बाध्यतामा बाँधिएर नेपालीहरु विदेशिन बाध्य छन् । प्रीयजनहरुलाई घरदेशमा छोडेर परदेशमा बस्नु पर्दा मन सायद अमिलो हँुदो हो ? अझ विदेशी भूमीमा नै आफू मारिने मिति तोकिए, मन कति अमिलो होला ? यो जोे कोहीको लागि कल्पना बाहिरको बिषय हो । तर, यही नियती खेपीरहेका छन्, संखुवासभाका अनिस खालिङ राई । आफु र आफ्नो परिवारको सुन्दर भविष्यको लागि मिठो सपना बोकेर २०६८ सालमा युएइ दुबई पुगेका मत्स्यपोखरी–३ का अनिस आफ्नो घोषित मृत्युको मिति कुरेर बसेका छन् यतिबेला । सबै सपनालाई जेलको छिडिमा थन्काएर मृत्यु कुरेर बस्दा उनको मन कस्तो हुँदै होला ? अनिशलाई दुबईको अदालतले मृत्यदण्डको सजाय सुनाएको छ । भनिएको छ, ‘अब तलाई यही मारिन्छ ।’ पुस्तौदेखी दुःख खेप्दै आएका परिवारलाई दुःखबाट मुक्त पार्ने मिठो सपना बोकर दुबई पुगेका अनिस यतिखेर परिवारकै लागि अकल्पनीय दुःखको स्रोत बनेका छन् । गाउँमा अत्यन्त सोझो र इमानदार छविको अनिसलाई एक पाकिस्तानीको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको हो । उनको कुनै मान्छे मार्ने नियत थिएन । सँगै काम गर्ने ४० वर्षीय पाकिस्तानी नागरिक (जो समलिङगी थिए) ले अनिशमाथि पटक–पटक गरेको यौन दुव्र्यवहारको प्रतिकार गर्ने क्रममा भवितव्य घटना भएको थियो । ती पाकिस्तानीको दुव्र्यवहारबाट धेरै आजित थिए । अनिशले यौनदुव्र्यवहार प्रतिकार गर्ने क्रममा झगडा हुँदा घाइते भएका ती पाकिस्तानीको उपचारका क्रममा मृत्यु भएको बताइन्छ । ती पाकिस्तानीको हत्या गरेको भन्दै उनलाई लामो समयदेखि जेलमा थुनिएको छ । केही महिनाअघि उनलाई दुबईको अदालतले मृत्यूदण्डको सजाय सुनाएको हो । अनिसले नियतवश अपराध गरेको प्रमाणित भएको भए उनले तत्कालै मृत्यूदण्डको सजाय पाइसक्थे । नियतवश ज्यान लिनेलाई तत्काल मृत्युदण्ड दिने दुबईमा कानुन छ । तर, अनिलाई अहिलेसम्म जेलमा राखिएको छ । उनी मृत्युदण्डको भागीदार नहुँदै पनि भाषा समस्याको कारणले उनलाई फसाईएको हुन सक्ने अनुमान लगाउन त्यत्ति गाह्रो पर्दैन ।
जुन दिन समिति गठन भयो त्यो दिनसम्म अनिसको बारेमा आधिकारिक कागजको रुपमा दुबई अवुधावीस्थित नेपाली दुताबासले नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई पठाएको एउटा पत्रबाहेक हामीसँग अरु केही पनि थिएन । मिति २०७० साल पुस ४ गते जारी गरिएको उक्त पत्रमा अनिस खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा मुद्धा चलाउने क्रममा तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजायलाई नै माथिल्लो अदालतले पनि सदर गरेको र अनिसलाई उक्त सजायबाट उन्मुक्ति दिलाउन ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) तिर्नुपर्ने उल्लेख थियो ।
हामीले राज्यका विभिन्न निकायहरुसँग आममाफीको आह्वानको लागि लबिङ ग¥यौ तर त्यसको सम्भावना एकदमै न्यून हुँदै थियो । धेरै दौडधुपको क्रममा अधिकांशले आममाफीको आशा नगरे हुन्छ अनिसलाई बचाउने हो भने ब्लडमनी संकलन गर्नुको कुनै विकल्प छैन भन्ने सुझाव पायौं । भलै, परराष्ट्र मन्त्रालयकै सहसचिवसमेतलले हामीलाई यस्तै सुझाव दिनुभयो । त्यसपछि सरकारले उपलब्ध गराएको पत्रलाई नै आधिकारिक मान्दै समितिले एउटा संकल्प ग¥यो ‘अनिसको जीवन रक्षार्थ ब्लडमनी संकलनको महाअभियान थाल्ने’ । तर अदालतले तोकेको ब्लडमनी समितिको पहुँच भन्दा निक्कै माथि थियो । तैपनि हामीले आँट कस्यौं । एक जना नेपाली युवाको अनायसै मारिदै थियो त्यो जो कसैको लागि सहय थिएन । तथापी, एक जना नेपालीको दुखमा साथ दिन सपथ नै खायौं हामीले ।
हामी चरणबद्ध रुपमा बैठक बस्न थाल्यौं । धेरै वटा प्रस्तावहरुमध्ये एउटा प्रस्तावमाथिको छलफलबाट हामी निर्णयमा पुग्यौं ‘२०७० माघ २९ गतेको दिन रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अनिस परिवारको पीडा पोख्ने र अभियान समितिको अभियानबारे जानकारी गराएर ब्लडमनी संकलनको काम सुरु गर्ने’ । त्यसै अनुरुप मेरै अफिसमा धेरैपटक बैठक बस्यौं । समितिको आधिकारिक लेटर प्याट, छाप लोगो, चिठ्ठी, पे्रस विज्ञप्ती, फ्लेक्स जस्ता समाग्री तयार पार्ने काम भयो । त्यसको लागि संयोजक नारदकुमार राई, सहसंयोजक सुजन खालिङ, सचिव देवेन्द्र खालिङ र सञ्चार संयोजक म (प्रकाश खालिङ) खटिएका थियौं । २९ गतेको निर्धारित समयभन्दा ५ मिनेट अगाडि पत्रकार सम्मेलन स्थल रिपोर्टर्स क्लब पुग्दा हलभरी क्यामेरा तेर्सिएको थियो । मलाई धेरै खुशी लाग्यो हाम्रो निमन्त्रणालाई पत्रकारहरुले रेस्पोन्स गरेको अनुभव भयो । तर जब अघिल्ला कार्यक्रम सकिएर हाम्रो कार्यक्रमको सुरुवात हुन लाग्यो पत्रकार र क्यामराम्यनहरु एक पछि अर्को गर्दै बाहिरिन थाले । अघि पुरै हल भरिने पत्रकारहरु त हाम्रो कार्यक्रमको लागि होइन अघिल्लो कार्यक्रममा आएका रहेछन् भन्ने कुरा त्यसपछि बल्ल बुझियो । म सञ्चार संयोजकको हैसियतले आत्मग्लानी भयो तर त्यसमा मेरो कमजोरी थिएन । मैले त धेरै पत्रकार साथीहरुलाई फोन गरेर इमेल पठाएर पत्रकार सम्मेलनमा बोलाएकै थिए उनीहरु नआइदिएपछि कसको के लाग्छ र ?
पत्रकार सम्मेलनको भोली पल्टको मैले आधा दर्जन राष्ट्रिय दैनिक किने तर गोरखापत्रमा राजेश चाम्लिङले बाइलाइनसहितको समाचारबाहेक अरु कुनै पनि पत्रिकाको प्रयोरिटीमा परेन हाम्रो पत्रकार सम्मेलन । केही अनलाइनहरुले कभरेज गरे । केही टेलिभिजनमा समाचार आयो भन्ने सुनियो तर लोडसेडिङले हामीले देख्न पाएनौं । त्यसको अर्थ हामीले गरेको पत्रकार सम्मेलनको समाचार आउनै पथ्र्यो भन्ने होइन, अनिस परिवारको पीडा र अभियान समितिको ब्लडमनी संकलनको अभियानबारे कति धेरैलाई सुनाउन सक्यौं भन्ने हिसाबले यो कुरा भनिरहेको छु । राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको त्यो पत्रकार सम्मेलनको समाचार हामीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्प्रेसन गर्न थाल्यौं । देश विदेशबाट लाइक र कमेन्ट आउन थाल्यो । हामीले प्रश्न र प्रतिप्रश्नको व्यवस्थित ढंगबाट उत्तरित गर्ने कोशिस ग¥यौं । हामीले संयोजक नारद कुमार राई र अनिसकी श्रीमती रविता राईको नाममा ग्लोबल आइएमइ बैंक, चाबहिल शाखामा खोलिएको बैंक खाता र समितिका सबैजनाको मोबाइल नम्बर सार्वजनिक ग¥यौं । अनिसको वास्ताविकता सार्वजनिक ग¥यौं । बृद्ध आमा, नाबालक छोरीलाई काखी च्यापेर आफ्नो श्रीमान्को जीवन रक्षाको लागि भीख मागिरहेको अनिसकी श्रीमती रविताको अवस्था सार्वजनिक ग¥यौं । त्यसपछि विस्तारै अभियान त्यही फेसबुकको माध्यमबाट प्रभावकारी रुपमा अघि बढ्न थाल्यो । समितिका सबै जनाको मोबाइलमा देश विदेशबाट तारन्तार फोन आउन थाल्यो । छ महिनाको भित्र अदालतले तोकेको ५६ लाख रुपैयाँ संकलन गरिसक्ने लक्ष्यका साथ अभियान समिति अघि बढिरह्यो । उक्त रकम संकलन गरेर अनिसको जीवन रक्षार्थ जस्तो सुकै मुल्य चुकाउन पनि तयार भएर समिति अनवरत रुपमा लागि परिरह्यो । तर जुन रुपमा समितिले आफ्नो लक्ष्य बनाएको थियो, त्यो भन्दा अझ बढि प्रभावकारी रुपमा रकम संकलन हुन थाल्यो । सिधै बंैकमा जम्मा गर्ने र स्वयं अनिस परिवारलाई रकम हस्तान्तरण गर्नेको भीड नै लाग्यो । फलस्वरुप ६ महिनाको अवधिमा ५६ लाख रकम संकलन गर्ने समितिको लक्ष्य करिब डेढ महिनामै पूरा भयो ।
विडम्बनाको कुरा ब्लडमनी २ लाख दिरहाम (५६ लाख रुपैयाँ) होइन ३ लाख ५ हजार दिरहाम (८६ लाख हो भन्ने पत्र दुताबासले पठायो । २०७० माघ २० गते राजदुतले परराष्ट्रलाई पठाएको उक्त पत्रले हाम्रो सिंगो अभियानलाई नै एक पटक धर्मराइदियो । हामीमाथि फेरी एउटा चुनौति थपियो । जुन नेपाल सकारकै गम्भिर लाचारीपनको उपज हो भन्ने हाम्रो ठहर हो । तर अहिलेसम्म सुरुमा २ लाख र पछि ३ लाख ५ हजार दिरहाम भन्ने दुईटा पत्र किन आयो भन्ने कुरा भनेको छैन । अहिलेसम्म अनिसको बारेमा न राज्यको कुनै निकाय बोलेको छ न त अन्य निकायहरूले नै । हामीले ब्लडमनी संकलनसँगै कुटनीतिक र कानुनी प्रक्रियाहरुलाई पनि सँगसँगै अघि बढाउँदै आएका छौं । यसअघि तत्कालिन परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेलाईसमेत भेटेर यसको बारेमा सुझाएका थियौं । म बुझ्छु भन्ने रेडिमेट उत्तरबाहेक हामीले अरु उत्तर पाएनौं । हाम्रो भनाइ के हो भने दुई लाख दिरहामबाट किन एकाएक ३ लाख ५ हजार दिरहाम भन्ने पत्र पठाइयो । समितिलाई सबै भन्दा अप्ठेरो विषय यही हो । यस विषयलाई लिएर धेरैले हैरान बनाइरहेका छन् हामीलाई । यसबारे सरकार अर्थात राजदुत स्वयंले तत्काल उत्तर पठाइयोस् । अनि अर्को कुरा ब्लडमनी संकलन भएपछि, त्यो बुझाउने विधी प्रक्रियाहरु केके हुन् यसको बारेमा राज्यले छिटोभन्दा छिटो पहल गर्नुपर्छ ।

हामीले समिति बनाएर पनि राज्यलाई अनावश्यक दबाब दिने कुनै क्रियाकलाप गर्नुको सट्टा स्वतस्फुर्त रुपमा सबैलाई झकझकाउने र जिम्मेवारी बोध गराउने अविभावकीय गतिविधिमात्रै गरिरहेका छौं । हामीले चाहेको भए सरकारलाई दबाबमुलक कार्यक्रम आन्दोलन, अनसन बस्न सक्थ्यौं । त्यस्तो छलफल नभएको पनि होइन तर त्यो गर्नु हुँदैन भन्ने निचोड निकालेर हामी सौहार्दपूर्ण तरिकाबाट राज्यले गर्नुपर्ने काम समितिले सम्हालिरहेको छ । पछिल्लो समय हामी समितिलाई ब्लडमनी संकलन गर्न मद्दत पु¥याउने त्यही फेसबुक सञ्चालले हामीलाई हैरान बनाउन थालेको छ । फेसबुकमार्फत अनावश्यक टिक्काटिप्पनी तथा समाचारहरु सम्पे्रशन गर्ने काम भइरहेको छ । सबभन्दा बढि त अभियान समितिले गरेको कामको श्रेयको आफुले पाउन लुछाचुडी नै भइरहेको छ ।
यो लेख तयार पार्दासम्मको अवस्थामा हाम्रो आधिकारिक बैंक खातामा एक करोडको हाराहारीमा ब्लडमनी जम्मा भइसकेको छ । जुन रकम संकलन गर्नका लागि अमुल्य योगदान पु¥याउने सबै सहयोगदाता देश विदेशमा रहनुभएका नेपाली मनहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । ब्लडमनी संकलन बढि उठ्यो, अब त्यो बढि भएको रकम के गर्ने, कसलाई दिने जस्ता अनावश्यक क्रियाप्रतिक्रिया भइरहेको छ । यस्तै विषयलाई उछालेर अनिस खालिङ राई बचाउ अभियान समितिमाथि अविश्वास पैदा गराउने काम भइरहेको छ । यो भन्दा दुःख विषय के हुन सक्छ ? हामी समिति जुन लक्ष्य र उद्देश्यका साथ लागि पर्दै आएका छौं जसमा अहिले पनि हामी प्रतिबद्ध छौं । आर्थिक पारदर्शीताको विषयमा धेरैको आशंका छ त्यसमा हामी एकदमै सजक र प्रष्ट छौं । हामी हिजो पनि एउटा नेपाली नागरिकको जीवन रक्षाको लागि अभियान सुरू गरेका थियौं र अहिले पनि उनलाई कसरी सकुशल स्वदेश फिर्ता ल्याउने भन्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्यहरू अघि बढाइरहेको छ । जब अनिस नेपाली भूमिमा ल्याइसकेपछि उसको नाममा संकलित रकम कहाँ के गर्ने भन्ने कुराको छिनोफानो गरिने छ । यस विषयमा अहिले नै अनावश्यक क्रियाप्रतिक्रिया गर्नुको कुनै अर्थ छैन ।