Saturday, October 8, 2016

युवतीले करोडपती वृद्धसँग विवाह गरिन्ः ३ महिनापछि थाहा भयो, श्रीमान् आफ्नै हजुरबुवा

अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् । गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् । उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो । ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने । उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे । उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए । तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे । ‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’ ‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए । कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् । ‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ । यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

भाइबरले नेपालमा तोक्यो फ्रि भाइबर क्षेत्र

अग्रणी सन्देश प्रदायक एप्स भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । भोलि २२ गतेदेखि लागू हुने गरी पाँच स्थानलाई फ्रि भाइबर तोकेको हो । जसमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट -शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट -काठमाडौं मल) र डिजी टेक काठमाडौं -पाको न्यूरोड (ताम्राकार हाउसको अगाडी) छन् । सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध फि्र भाइबर क्षेत्रमा प्रयोगकर्ताहरुले निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । ‘हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ, भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भनेका छन् । उनका अनुसार भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा प्रस्तुत गरेको छ ।