Saturday, March 1, 2014

'छ एकान छ' लाई अष्ट्रेलियामा २० लाख

नेपालमा सफल हास्यब्यङ्ग फिल्म 'छ एकान छ' ले अष्ट्रेलियामा २० लाख रुपैयाँ संकलन गरेको छ । दर्शकहरुको चाहना अनुसार उक्त चलचित्रलाई आयोजकले ४ शो थप गर्नुपरेको छ ।



सिड्नीका साथै अष्ट्रेलियाकै सातवटै प्रमुख सहरहरुमा प्रदर्शन भइरहेको यो चलचित्रलाई यहाँका दर्शकहरुले अत्याधिक मन पराएको आयोजकले बताएको छ । सिड्नीमा ५ सो र अन्य शहरहरुको सबै शो हाउसफुल भएको छ । सिड्नीका साथै यो चलचित्र ब्रिसबन, एडिलेड, पर्थ, मेलबर्न, गोल्डकोष्ट, डार्बिन र तास्मानियामा प्रदर्शन गरिरहिएको छ । एजुकेशन पार्क र प्यासिफिक हिमालयन मनी ट्रान्सफरले यो चलचित्रलाई १० लाख ५० हजार तिरेर अष्ट्रेलियाभरि प्रदर्शनको अनुमती लिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष भूपाल सिटौलाले अहिलेसम्मको कलेक्सन हेर्दा करिब २० लाखको हाराहारीमा टिकट बिक्रीबाट रकम संकलन भएको सुनाए । उनका अनुसार सबै सहरहरुमा हाउसफुल भइसकेको यो चलचित्र ६ हजारभन्दा बढी दर्शकहरुले हेरेर मनोरञ्जन लिनेछन् । उक्त चलचित्रले करिब डेढ बर्षअघि ल्याइएको चलचित्र लुटकै हाराहारीमा सफलता पाएको छ । 'वास्तवमा राम्रो चलचित्र निर्माण गर्ने हो भने बिदेशमा पनि नेपाली चलचित्रले बजार पाउँछ भन्ने यो प्रमाण हो,' अध्यक्ष सिटौलाल भने । उनले चाँडै नै यस्तै गुणस्तर भएको नेपाली चलचित्र प्रदर्शनको लागि ल्याउने तयारी भइरहेको सुनाए ।

सिड्नीमा जम्मा ५ शो मात्र गर्ने उद्देश्य राखिएको भएपनि दर्शकको अनुरोधका कारण आयोजकले ४ शो थप गरेको छ । यसैगरि नारी हकहितमा काम गरिरहेको संस्था नारी निकुञ्जलाई समेत एक शो प्रदर्शनका लागि सित्तैमा चलचित्र उपलब्ध गराएको छ ।



तितो सत्य, जिरे खुसार्नी लगायतका हाँस्य कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, निता ढुङ्गाना, सिताराम कट्टेल, केदार घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्र हास्यरसले भरिनुका साथै सामाजिक सन्देश समेत रहेको छ । दर्शकहरुले चलचित्रलाई अहिलेसम्मकै उत्कृट चलचित्र भएको बताए । सिड्नीमा चलचित्र हेरेर फर्किएका प्रकाश खरेलले लामो समयपछि गुणस्तरीय चलचित्र हेर्न पाएको प्रतिक्रिया दिदै यस्तै चलचित्र निर्माण गर्नुपर्ने सुझाव दिए ।

पछिल्ला समयमा नेपाली चलचित्रहरुले अष्ट्रेलियामा राम्रो बजार लिदै आइरहेको छ । नेपालमा बनेका सबै चलचित्रले अष्ट्रेलियाको बजार नपाएपनि नेपालमा सफल मानिएका प्राय चलचित्रहरुले अष्ट्रेलियाका नेपाली दर्शकहरुको राम्रो माया पाउँदै आएका छन् ।

माओवादी आक्रमणमा सात प्रहरीको मृत्यु

भारतको छत्तिसगंढको दन्तेवाडा जिल्लामा रहेको कुवाकोण्डामा शुक्रबार माओवादीको एम्बुसमा एक सब इन्स्पेक्टरसहित ७ प्रहरीको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार मृत्यु हुने सब इन्सपेक्टर विवेक शुक्ला हुन् । उक्त क्षेत्रमा बाटो खुलाउन गएका प्रहरी टोलीमाथि माओवादीले आक्रमण गरेको थियो । आक्रमणका बेला प्रहरीहरु मोटरसाइकलमा यात्रा गरिरहेका थिए । नक्सलीहरुले प्रहरीको मोटरसाइकलमा आगो लगाइदिएका छन् भने उनीहरुको हतियारहरु लुटेर लगेका छन् । उक्त आक्रमण घाइते भएका दुई प्रहरीको उद्दार गरी जगदलपुरको अस्पतालमा लगिएको छ । - 

कथा- एकान्त-पीडा

हो, प्रेम विवाह नै भन्नुपर्‍यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुपर्‍यो’ भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ भने पनि हुने खालको । नेपालको वर्तमान स्थितिमा विवाह नगरी ३२ वर्ष पुग्नु सानोतिनो कुरा होइन । म निक्खर कालो रङको मान्छे, जात पनि अलि सानै खालको । तर स्नातकसम्म पढिसकेकाले टोलछिमेकमा मेरो राम्रै इज्जत थियो । एउटा ठीकैको जागिर पनि थियो । जागिर पनि खाएर अविवाहित रहन कसले दिने ?
तिनै भद्र महिला लगातार आइरहन थालिन् ।


‘रुद्र ! तिमीले भनेजस्तो शीलस्वभावकी एउटी केटी मेरो हातमा छे, विवाह गर्ने भए भनिहाल । अर्काको हात परिसकेपछि फेरि कुरा गर्न पाइन्न नि !’
‘हुन्छ भाउजू ! हजुरले ठीक छ भनेपछि मैले के हेर्नुपर्ला र ?’ सोझो मनले भनेँ मैले ।
एकदिन भाउजू नयाँ आकर्षक योजना लिएर आइन् । ‘रुद्र भाइ मैले केटीलाई तिम्रो बारे सबै कुरा बताइदिएकी छु । केटीको उमेर पनि ३० वर्ष, तिमीहरुको रुचि पनि मिल्छ, दुवै जना बी. ए. पास । उसको त नामै रुचि, ऊ विराटनगरमा बस्छे । तिमी भोलि नै यहाँबाट विराटनगर उड । विमानस्थलमा ऊ आफैं तिमीलाई लिन आउँछे । २-४ दिन उतै बस र निर्णय गरेर आऊ । केटी सुन्दरी छे, तिमी मक्ख पर्नेछौं ।’
मलाई हेरिहालूँ न त । सहुलियतमा एउटा विमानको टिकट मिलाएर विराटनगर गएँ म । नभन्दै विमानस्थलमा एउटी राम्री आइमाईले मलाई ‘नमस्ते सर !’ भनी । मैले सोचेँ, यही हुनुपर्छ रुचि । नामअनुसारको पहिरन पनि थियो । उसको हलुका गुलाफी रङको सारी, त्यस्तै-त्यस्तै ब्लाउज र त्यही रङको ओठको रङ । मलाई त ऊ देख्नासाथ मन पर्‍यो ।
रुचिको घरमा म ज्वाइँजस्तै भएर बसेँ । मजस्तो अलि सानो जातको नेवारमा पनि पानी नचल्ने जस्तो मान्छेलाई उनीहरुको व्यवहार निकै राम्रो लाग्यो । मैले बुझ्नै सकिनँ, किन यस्तो भएको हो ? रुचिमा के कमी छ र विवाहका लागि उसका आफन्तहरु आत्तिएका ? मलाई त केही थाहा भएन तर लाग्यो यस्ती केटी उम्काउन हुन्न । मैले ‘हुन्छ’ भनिदिएँ । विराटनगरबाट सोझै भाउजूलाई ट्रङ्कलमा स्वीकृतिका केही सुन्दर वाक्यहरु बोलेर म काठमाडौं फर्कें । जसलाई तपाईंहरु ‘प्रेम’ भन्नुहुन्छ त्यस्तो केही होइन । त्यही एक-दुईपल्ट जोगवनी सिनेमा हेर्न गइयो । कहिलेकाहीँ हात छोइयो होला । दुई-चारवटा औपचारिक कुराकानी भए होलान्, त्यही भयो प्रेम ।
रुचिका आमा, बा दुवैले हामी दुईका बीच प्रेम भएकोले विवाह नगरी नहुने, जातपात नहेरेको कुरा गर्न थाले । मलाई पनि केको अप्ठ्यारो पर्‍यो र भनिदिएँ- ‘यस्तो प्रेम विवाहमा म त ससुरालीबाट केही लिन्नँ, खालि वरमाला भए पुग्छ ।’ हुन पनि त्यस्तै भयो । सात दिनभित्रमै उनीहरु आए र स्वयम्भूमा विवाह भयो हाम्रो । मैले एउटा चार आनाको औंठी लगाइदिएर काम चलाएँ । साह्रै थोरै खर्चमा शुभ-विवाह सम्पन्न भयो ।
भनसुन गरेर एउटा हवाईजहाज सस्थानमा जागिरे पनि भई रुचि । ऊ आफैं स्मार्ट । मान्छेलाई हात लिन त सबैले ऊसित सिके हुन्छ । कार्यालय राम्रै पाई र थोरै समयमा आफ्नो रवाफ पनि राखी त्यहाँ उसले ।
बिस्तारै हाम्रो झगडा सुरु भयो । विस्तारै ऊ मबाट टाढिदै गई । आफ्नो कार्यालयको निर्देशकसँग ऊ बराबर घर आउने-जाने गर्न थाली । कैयौं पाइलट, को-पाइलटसँग बसउठ हुन थाल्यो उसको । अन्त्यमा त्यो झगडा बढ्दै गएर कैयौं महिनासम्म हाम्रो बोलचालसम्म हुन छाड्यो । उसले भित्रभित्रै मलाई घृणा गर्न लागेजस्तो मलाई लाग्यो ।
यौनचाहिं आखिर तृप्ति हुनु नै थियो । ऊ मलाई जति नै घृणा गरे पनि करिब महिना दिनजतिमा यौनवेगले तात्तिएर मेरो पलङमा सुत्न आउँथी । त्यसको भोलिपल्टदेखि नै ऊ मलाई घृणा गर्न थाल्थी । शेक्सपियरले कतै लेखेका पनि छन्- ‘आइ लभ एण्ड आई हेट ।’ मेरो काम चलिरहेकै थियो । कुनै गुनासो पनि थिएन । यसरी निश्चित समयमा एउटा छोरो जन्म्यो अभिषेक र त्यसकै एक वर्षपछि छोरी अभिधा । दुईलाई बोडिङमा भर्ना गरिदियौं हामीले । दुवै युनिर्फममा ठाँटिएर स्कूल गएको म हेरिरहन्थेँ । मलाई लाग्थ्यो, पारिवारिक सुख भनेको यही हो । मैले जिन्दगीसँग धेरै गुनासो गर्न हुन्न । मेरा दुई आँखासरह थिए तिनीहरु ।
तर रुचिको दिनचर्यामा भने निकै ठूलो परिवर्तन आउन थाल्यो । ऊ धेरैजसो बाहिर नै रात बिताउन थाली । पाइलटहरुसँग लागेर कहिले बैङ्कक, कहिले हङकङ र कहिले बम्बई, दिल्लीमा रात बित्न थाल्यो उसको । बिहान घरमा आउँदा पनि ऊ रक्सी लागेर लर्खराउँदै ट्याक्सीबाट ओर्लन्थी र दिनभर सुत्तथी । मैले नै छोराछोरीलाई ख्वाएर पठाउनुपथ्र्यो । तिनीहरुलाई असाध्यै माया पनि गर्थें म । तर यो क्रम ज्यादै बढ्न थालेपछि हाम्रा बीचमा वाक्युद्ध सुरु भयो । मलाई पनि अत्ति नै जङ चलेर आउन थाल्यो । मैले स्पष्ट भनिदिएँ- ‘यो घरमा बस्न मन छैन भने उतै बसे पनि हुन्छ, यहाँ आउन पर्दैन । म आफ्ना छोराछोरीसँग एक्लै बसुँला ।’
ऊ चुप लाग्थी र मलाई जीउ सुम्पेर सन्तुष्ट पार्थी । म फेरि चुप लाग्थेँ । एक दिन भनी- ‘मैले यो सब ओ.टी. परिवारकै लागि गरेको । यस्तो थोत्रो घरमा कति बस्ने ? तिमी पनि आफ्नो अफिसबाट जे-जति पैसा आउँछ निकाल । मसँग पनि १-२ लाख छ । महाराजगन्जमा नयाँ बङ्गला बनाउनुपर्छ ।’
मलाई असाध्य राम्रो लाग्यो । उसको विचार । अफिसबाट सञ्चयकोष, घर-सापटी सब निकालेर करिब दुई खाल उसको हातमा राखिदिएँ । रुचि आफैंं घर बनाउन थाली एउटा ठीकैको राम्रै बङ्गलामा हामी सर्‍यौं । यसरी हाम्रो प्रगतिको द्योतक थियो त्यो नयाँघर- आधुनिक डिजाइनको नयाँ उत्कर्ष ।
तर नयाँ घरमा सरेपछि झन् हाम्रा बीच ठ्याम्मै सम्झौता हुन सकेन । ऊ आफ्ना ‘यार’हरु लिएर घरमै आउन थाली र मध्यरातसम्म त्यहाँ हो-हल्ला, पार्टी जम्न थाल्यो । म एउटा कोठामा ढोका लगाएर पढेर बसिरहन्थेँ, ऊ भने आफ्ना अफिसका साथीहरुको स्वागत-सत्कारमा जुटिरहन्थी ।
बिस्तारै उसका आँखामा मप्रति अथाह घृणा देख्न थालें । त्यो घृणा यति प्रवल थियो कि म उसको आँखा र ओठतिर हेरेर भित्रभित्रै थर्रर काम्दथें । मैले आजसम्म कुनै स्वास्नीमान्छेको आँखामा त्यति प्रबल घृणा देखेको थिइनँ । पहिला-पहिला महिना दुई महिनामा मेरो पलङमा आफै घुसेर मेरो यौनावेग शान्त तुल्याउने रुचि अब पटक्कै आउन छाडी । मेरो मन पनि एकदम तर्सन थाल्यो । मेरो मानसिकता पनि एकदमै बिग्रेर गयो । म विवश भएँ आफूलाई रक्सीको कालो आगोमा होमेर भुल्याइरहन ।
रुचिको आँखाको प्रचण्ड घृणाबाट भित्रभित्र मलाई के लाग्न थाल्यो एकदिन जरुर उसले मेरो हत्या गर्ने छे । छोरो अभिषेक र छोरी अभिधा भने बैङ्कक, हङकङका नयाँ-नयाँ लुगा लगाएर भिडियो गेम खेलेर प्रसन्न र सुखी जीवन बिताइरहेका थिए । यता म भने सधैं आफूलाई त्यो हत्याबाट कसरी जोगाउने भन्ने उपाय मात्र सोच्न थालें ।
हाम्रो यो शीतयुद्ध निकै दिन चल्यो । रात पर्‍यो कि म त्रसित हुन पुग्थें । यदि मैले ढोकाको चुकुल लगाइनँ भने मेरो हत्या हुनेछ भन्ने कुरामा म यतिसम्म विश्वस्त हुन्थें कि राति उठेर धेरैपल्ट ढोकाको छेस्किनी छामिरहन्थें । बिहान उठेर मलाई बचाउने छेस्किनी हो भन्ने लाग्दथ्यो र म एक्कसि भावविहृवल भएर त्यही छेस्किनीतिर हेरेर बसिरहन्थें । त्यसलाई सुमसुम्याइरहन्थें र त्यो बिग्रेको छ- छैन दिनभर ढोका लगाएर जाँचिरहन्थें ।
राति सुतिरहेकै बेला कहिलेकाहीं के लाग्थ्यो भने आज मैले ढोकाको छेस्किनी लगाउन नै बिर्सेछु, अब फेला परियो । अनि म झटपट उठेर छेस्किनी लगाउन दौडन्थें र अँध्यारोमै छेस्किनी छामिरहन्थें र ढुक्क हुन्थें ।
अनि एक दिन त्यसरी नै ढोकाको छेस्किनी बलियोसँग लगाउने कोसिस गर्दागर्दै छेस्किनी नै भाँचियो । अब बाहिरबाट अलिकति धकेल्यो कि ढोका खोलिने भयो । रात परेपछि आफूलाई मर्नबाट जोगाउन असम्भवजस्तै देख्न थालें । यदि केही गरी उसले अथवा कुनै उसका मान्छेले मार्न झट्ट आउन नसक्ने गर्न म एउटा ठूलो गर्‍हुङ्गो कुर्सी ढोकामा अड्याइदिन्थें । यसो गर्दा अलिकति भए पनि बच्न सकिन्छ भन्ने सोचाइमा डुबिरहन्थें । यस्तो बेला ओछ्यानको वरपर गलबन्दी या यस्तै केही चीज छ कि भनेर म खोजिरहन्थें र त्यस्तो चीज पाइएमा झ्यालबाट बाहिर फालिदिन्थें । बिस्तारै मलाई के लाग्न थाल्यो भने उसले मलाई गलबन्दीले बेरेर मार्न सक्छे अथवा भान्छाबाट ल्याएर चुलेसीले रेट्न सक्छे । त्यसैले ती सारा चीज नभेट्ने गरी लुकाइसकेपछि मात्र म कोठामा पसेर ढोका ढप्काउँथें र रातभरि सतर्क रहेर सुत्ने गर्थें । धेरैजसो आफैंले दाह्री काट्न राखेको ब्लेडबाट आफूलाई जोगाउन पुराना ब्लेडहरु खोजिरहन्थें म जम्मा गरेर बाहिर फाल्न ।
धेरै दिन यसरी बिते । रुचि आफ्नै पाराले त्यो घरभरि जीवन बिताइरहेकी थिई मानौं म त्यहाँ कही कतै थिइनँ । मानौं मेरो त्यहाँ कुनै अस्तित्व छैन । अब यस्तो परम्परा जसरी भए पनि भत्काउनैपर्छ भन्ने मलाई लाग्न थाल्यो । यसरी डराएर कहिलेसम्म बाँच्ने मैले ? म आफ्नो पुरानो टोलमा गएँ र आफ्ना केही आफन्तहरुलाई लिएर फर्कें । उनीहरुलाई मैले आफ्नी स्वास्नीका विषयमा यावत् कुराहरु बताएको थिएँ । मेरो अब एउटै इच्छा के थियो भने संवाद हुनुपर्‍यो, एउटा निक्र्योल हुनुपर्‍यो । यसरी कहिलेसम्म बस्ने मैले ?
१५-२० जना भद्रभलादमीको बीचमा हाम्रो चर्को वार्तालाप सुरु भयो । मैले भनें- ‘रुचि ! तिम्रो र मेरो रुचि बेग्लाबेग्लै छ । हामी एकै ठाउँ बस्न अब असम्भव छ । मलाई तिमीसँग बस्दा जहिले पनि आफ्नो हत्या हुन्छ कि भन्ने डर लागिरहन्छ । आजसम्म तिमीले जे-जति चर्तिकला देखायौं त्यसका लागि ‘क्षमा’ भने र मैले क्षमा नै दिएँ भने त्यो ‘क्षमा’ शब्दकै अपमान हुन्छ । अब तिमी नै निर्णय गर हामीले के गर्ने ?’
उसले अत्यन्त संयत्त भएर मतिर हेर्दै नहेरी भनी- ‘यी दुवै छोराछोरी तिम्रा होइनन् । उनीहरु तिमीसँग बस्न तयार पनि छैनन् । यो घर पनि तिम्रो होइन । तिमी यहाँ किन बसिरहेको ? तिमी जहाँ जान मन लाग्छ जाऊ ।’
म त झसङ्ग भएँ । जुन केटाकेटीलाई हुर्काउन मैले रात भनिनँ, जुन केटाकेटीलाई ज्वरो आएमा मैले रातभरि बोकेरै अस्पताल पुर्‍याएँ, जुन केटाकेटीका लागि म बाँचिरहें, जसको चोखो माया र स्नेहमा आफूलाई भुलिरहें, या संसारलाई भुलिरहें, त्यही मेरो होइन भने अब यो संसारमा केचाहिँ मेरो हो त ?
तर मलाई रुचिको भनाइमा अलिकति पनि विश्वास लागेन । यो खालि केटाकेटीको मायाले गर्दा मलाई तिनीहरुबाट अलग गर्न उसले चाल चलेकी हो । म जुरुक्क उठें, छोराछोरी दुवैलाई भित्र कोठाबाट बोकेर बाहिर ल्याएँ र म्वाइँ खान थालें । दुवै जना मेरो अँगालोबाट फुत्कन निकै बल गर्न लागे र दुवैले घृणाले मलाई मुखभरि थुके । दुवैलाई के थाहा भैसकेको रहेछ भने उनीहरुको पूर्णसुरक्षा र सुख आमासँग लाग्नुमा नै छ । आमाले जस्तो अधुनातन जीवन म कदापि दिन सक्दिनँ ।
दुवैले एकै स्वरले भने- ‘यस्तो पागल बूढोसँग को बस्छ ? हामी आमासँगै बस्ने ।’
ओहो ! म त अहिलेसम्म खालि यिनीहरुलाई स्याहार गर्ने एउटा बूढो, पुरानो नोकर मात्र रहेछु । मेरो हैसियत त्योभन्दा बढी केही रहेनछ । रुचिले प्रष्टै भनी- ‘तिमीलाई नराम्रो लाग्ला तर सुन । यी दुवै तिम्रा कोही होइनन्, यी त क्याप्टेन पी. आर. सरका केटाकेटी हुन् । एक दिन तिमीलाई सारा कुरा भनुँला भनेकी थिएँ, अहिले उपयुक्त मौका पनि आयो । म फेरि भन्छु, तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ के छ र ! तिमी यहाँ के पर्खेर बसिरहेको ?’
हो त म त्यहाँ के पर्खेर बसिरहेको ? मेरो यहाँ को छ र ? भन्ने नै मलाई लागिरहृयो ।
त्यसपछि म आफ्नै पुरानो भत्किन लागेको घरमा फर्के र एक्लै बाँचिरहें ।
अहिले पनि त्यो प्रेम-विवाह सम्झेर मलाई असहृय दुःख लाग्छ र कसैले स्पष्ट गरेर मधुरो आवाजमा भनिरहेझैं लाग्छ सम्झाइरहेझैं लाग्छ- ‘तिमी यहाँ किन बसिरहेको ? तिम्रो यहाँ को छ र ?’

नेपाली फिल्ममा डेनिस नायिका, अशोक शर्माका छोरा पनि पर्दामा

यसअघि ‘सायद’ र ‘होस्टेल’ निर्माण गरेको चर्चित ब्यानर दुर्गिस् फिल्मस्ले नयाँ चलचित्र ‘लभ नम्बर’मा डेनिस कलाकारलाई समेत अनुवन्धित गरेको छ । चलचित्रमा डेनिस नायिका एन्नेमेटे बोए, नायक म्याक्स एंकर र हाँस्यकलाकार एलेन नियल्सेन अुनवन्धित भएका हुन् ।


यस्तै डेनमार्कमा नै वस्दै आएका सन्तकुमार थापा मगरलाई नृत्य निर्देशकको रुपमा अनुवन्धित गरिएको निर्माता सुनिल रावलले जानकारी दिएका छन् । डेनिस नायिका एन्नेमेटे रंगमञ्च र सर्ट फिल्ममा काम गरिरहेकी छिन् । यस्तै नायक म्याक्स पनि कलाकारिताकै विद्यार्थी रहेको बताइएको छ ।
कोपनहेगनमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो । गत डिसेम्बर महिनामा निर्माता सुनिल रावलले यूरोप भ्रमणका क्रममा पूर्ण वन्धन संस्थापक अध्यक्ष रहेको डेनमार्कस्थित नेपाली सडक महोत्सव प्रतिष्ठान विच सुदुरपश्चिममा ‘छोराछोरी घर’ नामक बालगृह स्थापना गरी साझेदारी गर्ने संझौता गरेका थिए । युवा र प्रेम कथालाई मुख्य बिषय बनाइएको यो फिल्ममा ईन्टर कल्चर इटिन्ग्रेशनलाई महत्व दिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मको निर्देशन सुरज भुषालले गर्दैछन् ।
चलचित्रमा निर्माता तथा कलाकार अशोक शर्माका छोरा अंकित शर्मा, गौरब पहाडी, संयम पुरी लगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै सिनेमा मार्फत अंकित पर्दामा आउन लागेका हुन् । चलचित्रको केही खण्डको छायांकन डेनमार्कमा पनि हुनेछ ।

ध्रमपान गर्नेको नाम बटुल्दै प्रहरी

बझाङ, फागुन १७ – सार्वजनिक स्थानमा धुम्रपान गर्दै हुनुहुन्छ भने होसियार । जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक स्थानमा धुम्रपान गर्नेको नामावली संकलन सुरु गरेको छ ।
आइतबार प्रहरीले गस्ती गर्दै सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरुको नाम संकलन थालेको हो ।

सार्वजनिक स्थानमा धुम्रपान गर्दा वातावरणलाई समेत असर पार्ने भएकाले त्यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ । दैनिक १५ देखि २० जना धुम्रपान गर्नेको नाम संकलन हुने गरेको पनि प्रहरीले जनाएको छ । पहिलो चरणमा उनीहरुलाई सचेत पार्ने काम भइरहेको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
पहिलो चरणका उनीहरुलाई समान्य सुझाव दिने र त्यसभन्दा पछाडी अरु कारवाही गर्ने तयारीमा प्रहरी रहेको आजको नयाँ पत्रिकामा यो समचार छापिएको छ ।

गुन्डाको भागाभाग

काठमाडौ, फाल्गुन १७ – कांग्रेस ललितपुर महासमिति सदस्य मीनकृष्ण महर्जनमाथि माघ ६ गते गोली प्रहार भयो । डिभिजन सडक कार्यलय, ललितपुरले गरेको ३१ करोड रुपैयाको ठेक्कामा आएको कमिसन भागबण्डामा कुरा नमिलेपछि सुजन पौडेल(रमेश बाहुन) र दिनेश अधिकारी(चरी) समुहले उनी माथि गषेली प्रहार गरेको थियो ।

बाहुन र चरी एमालेको संगठित सदस्यता प्राप्त कार्यक्रता हुन् । संगठित गुन्डागर्दीबाट राजधानीको शान्ति सुरक्षाको अवस्था भयाभह भएको देखिएपछि प्रहरी मुख्यालयले एसएसपी रमेश खरेललाई नै द्रोस्रो पटक काठमाडौं जिल्लाको प्रहरी प्रमुख ठहरयो । त्यसका लागी काठमाडौं प्रहरी प्रमुख रहिसकेका कारण देखाई महानिरक्षक उमेशकान्त अर्यालले प्रसताव राखे । उनले अनिच्छा देखाए तर गृहमन्त्री र सचिवले समेत भनेपछि ६ महनिाका लागी तयार भए । त्यस लगत्तै प्रहरी परिसरले गुन्डा भनेर कहलिएकालाई प्रक्राउ गर्ने र थुन्ने अभियान चलायो । शुक्रवारसम्म गुन्डागर्दीमा संग्लन भनिएका ५० जना खोरमा छन् । सर्बसाधारणलाई राहत दिन एकसयभन्दा बढीलाई तत्काल पक्राउ गुर्नपर्ने प्रहरीको निष्कर्ष छ । गुन्डागर्दी नियन्त्रणको म्यान्डेटसहित खरेलले जिम्मेवारी सम्हालेको थाहा पाएपछि दिनेश अधिकारी (चरी), कुमार श्रेष्ठ(घैटे) लगायतका नाइकेले देश छाडिसकेका छन् । काठमाडौं जिल्लामा संगठित अपराधको अवस्था भयाभह छ पुर्वमहान्यायधिबत्ता युवराज संग्रौला भन्छन । उनको अगुवाइमा केहीअघि मुलुकभरिको संगठित अपराधको अनुसन्धान गरिएको थियो । त्यस बाँकी ७४ जिल्लालाई एकातिर राख्दा काठमाडौ.ले जितेको थियो । सर्भे रिर्पोट सम्झिदा मत आफै असुरक्षित महसुस गर्छु उनी भन्छन् । कतिपय ब्यवसाय त गुन्डाको गोजी नभरी अघि बढाउन नसकिने भनेर चिनियाँ छन् आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ ।

श्रीमती र छोरीको ‘हत्या’ गरेर आत्महत्या

काठमाडौं, फागुन १७– अमेरिका जान अन्तर्वार्ता दिन काठमाडौं आएका एक व्यक्तिले श्रीमती र छोरीको ‘हत्या’ गरी आत्महत्या गरेका छन् । सर्लाही हरिवन घर भएका ३४ वर्षीय श्यामध्वज महतले श्रीमती र छोरीको हत्या गरी आत्महत्या गरेको प्रहरीको आशंका छ । भक्तपुरको ठिमीस्थित आफन्तको घरमा तीनैजनाको शव शुक्रबार फेला परेको छ ।

महतको शव ढोकामा झुन्डिएको अवस्थामा र श्रीमती सुनिता तथा छोरी नानुको शव डोरीले घाँटी बाँधिएको अवस्थामा फेला परेको छ । ‘श्रीमती र छोरीको हत्या गरेर उनले आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ भक्तपुरका प्रहरी प्रमुख एसपी जगतमान श्रेष्ठले बताए । डाइभर्सिटी भिसा ९डिभी० कार्यक्रमअन्तर्गत महत परिवार अमेरिका जाने प्रक्रियामा थियो । सर्लाही नै बस्दै आएका उनीहरू अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि एक साताअघि काठमाडौं आएका थिए । चार दिनदेखि महत भक्तपुरको ठिमीस्थित ससुराली घरमा बस्दै आएका थिए । घटना बिहीबार रातिको हो । बेलुका फोटो हेरेर सबैजना खुसीसाथ सुतेको मृतक महतका साला रणबहादुर कार्कीले बताएका छन् । घरको माथिल्लो तलामा बस्ने एक व्यक्तिले भने राति बच्चा कराएको सुनेको बताएको प्रहरीको भनाइ छ । ‘आमालाई त्यस्तो नगर्नु भन्दै बच्चा कराएको सुनिएकाले सुरुमा श्रीमती र त्यसपछि छोरीको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । तीनैजनाको शवको पोस्टमार्टम गरी विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । 

सनी लियोनले सचिन तेन्दुलकरलाइ पछारिन


Friday, February 28, 2014

रसुवामा अचम्मको गाउँ ! फोटो सहित

रसुवाको राम्चेमा रहेको गोम्चेत गाउँका बासिन्दा वर्षौंदेखि गुफामा बस्दै आएका छन ।

१३ घर परिवार आर्थिक अभावमा वर्षौंदेखि गुफामा बस्दै आएका हुन् । उनीहरुले कलात्मक तरीकाले गुफालाई घरमा परिणत गरेका छन ।

पछाडिपट्टि र छानो समेत ढुंगाको सहारामा रहेको तर अगाडिबाट हेर्दा घर नै जस्तो बनाएर उनीहरु बसिरहेका छन । स्थानीयबासिन्दाले आफ्ना पुर्खाहरु नै गुफामा बसेको बताएका छन । जंगलको नजिकै रहेकाले त्यहाँका बालबालिकालाई विद्यालय जान अप्ठ्यारो पर्ने गरेको छ । टाढा रहेपनि प्राथमिक तहको शिक्षा लिनका लागि त्यहाँका केही बालबालिका विद्यालय जाने गरेका छन भने धेरै बालबालिका विद्यालय जानबाट बञ्चित भएका अध्ययनको सिलसिलामा त्यहाँ पुगेका जनावरविद् डाक्टर मुकेश चालिसेले बताउनुभयो ।  गोम्चेत गाउँमा तामाङ्ग, लामा र घलेहरु बस्छन । निकै पहिले राज्यबाट खेदिएकाहरुले आश्रय लिएको र पछि गाउँमा परिणत भएको अनुमान गरिएको छ ।
रसुवामा अचम्मको गाउँ !  फोटो सहित

सडक बालबालिका : समस्या सडकमा हैन घरमा

विवेक सानैदेखि सडक बालबालिकाप्रति संवेदनशील भयो । उस्को जन्म दिन हो फेब्रुअरी २५ ।

यो पालि जन्मदिनमा केही बालबालिकालाई खाना खुवाउने र एकजोर लुगा दिने मन गरेर सात समुद्रपारिबाट फोन गर्‍यो ।

मैले “उनीहरुसँगै तेरो जन्मदिनको केक काटेर मनाउँछौ” भनेपछि उ झन खुसी भयो ।  
कुरा सकिएको केही मिनेटमै उसले पैसा पठायो । म उस्को ईच्छा बमोजिम उसैको जन्मदिन मनाउन सडक बालबालिका खोज्न बसन्तपुतिर लागें । मैले यो पहिले कहिल्यै नगरेको काम थियो । कहाँबाट काम सुरु गरौं भनेर भौतारिदै गर्दा इन्द्रचोकको साथी दिपक महर्जनलाई भेटें । दिपकलाई मेरो योजना बताएपछि उन्ले हौसला थपे र मलाई साथ दिए । हामीले बसन्तपुरको एकचक्कर लगायौं । तर सडक बालबालिका सजिलै भेट्न सकिएन । एक दशकअघि शहरमा सडक बालबालिका निकै ठूलो संख्यमा थिए । तर अहिले यो समस्या कम भएको जस्तो लाग्यो । सडक बालबालिकाप्रति समर्पित भई काम गरिरहेका नेपालका एनजीओहरुको काम र नाम सम्झन मन लाग्यो ।
एनजीओका बारेमा बेला बेलामा जतिसुकै नकारात्मक खबरहरु आए पनि काम त भएकै रहेछ । सडकमा बालबालिका खोज्दा सजिलै नभेटिनु एउटा सुखद अनुभव भयो मेरा लागि । तर यसै दिन जिल्ला प्रशासन कार्यालय तथा बालकल्याण समितिले दिलशोभा श्रेष्ठको आमा घरबाट ३४ बालबालिका उध्दार गरेको खबरले मनमा चिसो पस्यो ।
जे होस् सडक बालबालिकाको समस्या केहि कम भएको देखियो । हामीले २० देखि २५ जनासम्म सडक बालबालिकालाई जम्मा गरेर खाना खाने योजना बनाएका थियौं । तर बसन्तपुरको एक चक्कर लगाउँदा त्यो पूरा नहुने संकेत पाइयो ।
त्यसैले हामी भेटेकासँग कुरा गर्न थाल्यौं । हामीले एकजना बालकलाई बोलायौं । ऊ हच्कियो । बसन्तपुर दरबार वरिपरि जोडी बाँधेर बसेका र केही समय कटाउन बसेकाहरुसँग उ केही माग्दै थियो । उस्लाई केही जोडीले नदेखे जस्तो गरे भने केही जोडीले गाली गर्दै धपाए ।  मैले बोलाउँदा उसलाई लागेको थियो होला, यसले पनि लखेट्छ, पिट्छ अथवा समातेर लान्छ !! म उसको नजिक हुन कोसिस गर्थें । उ मबाट टाढिन खोज्थ्यो । बसन्तपुरको पश्चिम ढोकाबाट अलप भएको बालक न्युरोडको सालिकमा पुगेर भेटे पछि मैले विस्तारै उस्को नाम सोधें ।
‘पुनम थापा मगर’ सानो स्वरले डराइ–डराइ जवाफ दियो ।
‘कहाँबाट आएको ?’ अर्को प्रश्नपछि ऊ अलि नजिकिन थाल्यो ।
‘बुटवलबाट’ छोटोमा जवाफ दियो ।
‘कति वर्षको भयौ ?’
‘१७ वर्ष’ छोटोमै जवाफ फर्कायो ।
उ खुल्दै गएपछि मैले पनि खुलस्त कुरा गरे ‘तिम्रा कतिजना साथी छन् ?’
‘५–६ जना’ फेरि पनि छोटोमा जवाफ फर्कायो ।
अनि मैले भने ‘आज तिमी र तिम्रा साथीहरुसँग सँगै बसेर खाना खाने मन छ । तिमीले साथीहरुलाई खबर गर्न सक्छौं ?’
ऊ उत्साहित भयो र भन्यो– ‘सक्छु ।’ अनि आफ्नै पारामा दौडियो ।
मलाई फेरि फर्साद । ऊ कता भेटिन्छ अब भनेर । त्यो ठाउँ नछाडी बसिरहें ।
केही समयपछि पुनम आफ्नै पारामा ५ जना साथी लिएर त्यहीं आइपुगे । अरु साथीहरुलाई पनि खोज्न भने । २०–२५ जना नभए पनि १०–१२ जना जति पुग्ने अनुमान गरेर । अनि उनीहरुको लागि ज्याकेट किन्न गएँ । बजारमा जाडो कम हुँदै गएकोले ज्याकेट सजिलोसित पाउन सकिएन । त्यसमाथि साँझ छिप्पिदै थियो र पसलहरु बन्द हुँदै थिए । धेरै ठाउँमा खोज्ने प्रयास नगरि हावा नछिर्ने १२ वटा ज्याकेट लिएर फर्किएँ । म फर्किदा उनीहरु ७ जना जम्मा भएका रहेछन् ।
‘अरु साथी खै त ?’ मैले सोधें ।
७ जनामध्ये एकले जवाफ दियो– ‘ठमेलतिर गयो कि !’
मलाई २०–२५ जना जम्मा गर्न नसेकेकोमा भन्दा सडक बालबालिका घटेकोमा सन्तोष लाग्यो । उनीहरु अब ७ जना भए ।
‘ल अब हामी थकाली होटलमा जाऔं” उनीहरु खुशी हुँदै अगाडि लागे ।
उनीहरु खुल्न थालेपछि कुरा खुल्दै गए । चितवनबाट आएका संजय क्षेत्री १० वर्षका भए । काठमाडौ| आउँदा ५ वर्षका थिए । सँगै बसेका उनका दाजु रहेछन् सूर्य क्षेत्री, १६ वर्षका । चितवनबाट काठमाडौं आउनुपरेको कारण बताउँदै भने– ‘आमा अर्कोसँग जानु भो । बुबाले अर्को आमा ल्याउनुभो । घरमा बस्न गाह्रो भो त्यसैले हामी काठमाडौं आयौं ।’ यति भन्न नभ्याउँदै भाई संजयले भनिहाले– ‘घरको कुरा नगर्नु क्या बोर हुन्छ अंकललाई ।’
त्रिशुली, नुवाकोटबाट आएका १४ पर्षका सुजन लामाले थपे– ‘हो भन्या सौतेनी आमाले खानै दिँदैन के गर्ने ?’
१७ वर्षे पुनम थापा मगरको बोली प्रष्ट छैन । त्यही भएर उनलाई घरमा हेलाँ गर्दा रहेछन् । अनि उनी हेलाँ सहन नसकी साँखुबाट काठमाडौं आए । कसैको घरमा काम गर्न बसे । त्यहाँबाट निकालिए । अनि सडकमा आईपुगे । १२ र ८ वर्षका अर्का २ भाइ भारतको समस्तिपुरबाट काठमाडौं आएका रहेछन् । उनीहरुका आमा–बुबा छन् । तर पनि सडकमा । किन र कसरी भनेर सोध्न मन लागेन । आफैं बुझे भइहाल्यो नि जस्तो लाग्यो ।
सडक बालबालिका आफैं सडकमा आएका होइनन् । उनीहरु कुनै न कुनै बाध्यताले सडकमा आईपुगेका हुन् । बालबालिकालाई सडकमा पुर्‍याउन उनीहरुका अभिभावकहरु बढी जिम्मेवार छन् । सडक बालबालिकाका समस्या समाधान गर्न सडकमा भौतारिने बालबालिकासित भन्दा धेरै उनीहरुको परिवारसित जोडिएका छन् । त्यसैले यो समस्याको समाधान त घर–घरमा नै खोज्नुपर्छ, बस् । 

‘काली’ रेखा अब ‘हिम्मतवाली’

 

‘काली’ चलचित्रको अपार सफल्तापछि अब नायिका रेखा थापा ‘हिम्मतवाली’ भएर आउँदैछिन् ।

उनको आगामी चलचित्रको नाम राखिएको छ, ‘हिम्मतवाली’ । जुन चलचित्रको सुटिङ्ग महाशिवरात्रीको अवसर पारेर आजबाट थालिएको छ ।
महेन्दनगरको पिप्लाठीमा विहीबारबाट ‘हिम्मतवाली’को सुटिङ थालिएको हो । ५० लाख रुपैयाँको लगानीमा बन्न लागेको चलचित्र ‘हिम्मतवाली’बाट उनले पुनएकपटक नयाँ हिरो ब्रेक दिएकी छिन् । हिरोको नाम भने खुलाइएको छैन ।

‘एक महिनामा सुटिङ सक्ने लक्ष्य राखेर हामी यहाँ आएका छौ’ सुटिङ स्थलबाटै टेलिफोनमा रेखाले भनिन्, ‘चलचित्र हिम्मतवाली पनि नारी प्रधान एक्सन चलचित्र नै हो, आज घोडा चढेर एक्सन र चेजिङको सिन गरिरहेकी छु ।’ पछिल्लो समय रेखाले नारी प्रधान चलचित्रमा मात्र काम गरिरहेकी छिन् ।
‘हिम्मतवाली’को निर्देशन श्याम भट्टराईले गर्दैछन् । चलचित्रलाई लिएर उनी निकै उत्साहित छन् । ‘रेखा थापाको बिगतको चलचित्रहरु झै यो चलचित्रले पनि सबैको मन जित्नेमा ढुक्क छु’ भट्टराई भन्छन् ।
‘मेरो ब्यानरबाट अहिलेसम्म बनेका चलचित्रहरु भन्दा हिम्मतवालीको बिषय उठान अलि फरक छ ।’ रेखाले थपिन ‘हिम्मतवालीबाट नेपाली रजतपटमा डेब्यु गर्ने नायक पनि फरक नै हुनुहुन्छ ।’ उनले चलचित्रका नायकको बारेमा अन्य कुरा भने सस्पेन्स नै राख्न चाहिन् । चलचित्रका नायकको बारेमा अहिलेनै मिडियामा बोलिहाल्ने बेला नभएको उनको भनाइ छ ।
एक्सन फिल्म ‘हिम्मतवाली’मा द्वन्द्व चन्द्र पन्तको रहनेछ । चलचित्रमा संगीत बसन्त सापकोटा र टंक बुढाथोकीले दिएका छन् । चलचित्रलाई रामशरण उप्रेतीले खिच्दैछन भने चलचित्रको नृत्य निर्देशक बसन्त श्रेष्ठ हुन् । चलचित्रको रिलिज दशैंमा गरिने तयारी छ ।

मसाज तालिमले फेरेको जिन्दगीका कथा

काठमाडौं, फागुन १६ – कपिलवस्तुका चिरञ्जीवि पौडेलको लक्ष्य शिक्षक बन्ने थियो । यहि रहर पूरा गर्न बिएड पनि पढ्नुभयो ।

तर उहाँलाई कुनै पनि विद्यालयले काम दिएन । जन्मजात दृष्टिविहीन पौडेलको क्षमताको कदर कुनै विद्यालयले गरेनन् । गुजारा चलाउने उपाय खोज्दै उहाँ पोखराको दोहोरी साँझमा गाउन पुग्नुभयो ।
गाउने काम गरेको केही महिनापछि दृष्टिविहीनलाई सहयोग गर्ने संस्था सिइङ ह्याण्डले उहाँलाई मसाज थेरापिस्टको तालिम लिन सहयोग गर्‍यो । आठ वर्षअघि लिएको यहि तालिमले पौडेलको जिन्दगीलाई परिवर्तन गरेर आजको ठाउँमा ल्याईपुर्‍याएको छ ।
‘मसाज थेरापिस्टको तालिम नपाएको भए म कि त शिक्षक हुन्थे कि कुनै दोहोरी साँझमा गाउने बजाउने काम गर्थें’ उहाँ भन्नुहुन्छ, ‘तालिमपछि मैले अगाडिका दिनहरु उज्यालो देख्न थालें । मसँग पनि केही छ, म पनि केही गर्न सक्छु भने आत्मविश्वास मेरो मनमा आयो ।’
तालिमपछि सुरुवाती संघर्षका दिनहरु पोखरामैं बिते । यही कामले उहाँलाई सफलता दिँदै गयो । मसाज थेरापिष्टमै भविष्य खोज्दै उहाँ काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल आइ पुग्नुभयो ।
तीन वर्षअघि आफ्नै लगानीमा खोलिएको सेन्टरमा अहिले आफैंले तालिम दिएका पाँच जनालाई रोजगारी दिनुभएको छ भने अरु चारजना तालिम लिँदैछन् । तर भन्छन् नि एकले बिराउने सारा पिराउने, नेपालमा मसाज व्यवसाय बदनाम भइरहेको अवस्थामा  थेरापिस्टको काम गर्न त्यति सजिलो थिएन ।
सिइङ ह्यान्डबाटै तालिम लिएर ५ वर्षदेखि मसाज थेरापिस्टको काम गर्दै आएकी लक्ष्मी अधिकारीले कलेज पढ्दा पढ्दै तालिम लिनुभएको थियो । तालिम लिएर काम गर्न थालेपछि उहाँ आफ्नो खुट्टामा उभिनुभयो र घरमा पनि सहयोग गर्नसक्ने हुनुभयो । तर समाजको डर भने सधैं रहन्थ्यो । मसाज गर्जे कामलाई नेपालमा नराम्रो दृष्टिले हेरिने भएकाले उहाँलाई धेरै दिनसम्म आफुले गरेको काम खुलस्त बताउने आँट आएन ।
‘अरुले के काम गर्छस् भनेर सोधे भने मसाज थेरापिस्ट हुँ भन्दिन थिएँ, अरुअरु काम भन्थें’ लक्ष्मीले भन्नुभयो, ‘तर यो कामले मलाई सक्षम बनाएकाले छोड्न चाहन्न । बरु अझै अरु प्रकारका मसाज सिक्न मन छ ।’
दृष्टि नभएकाले के गर्न सक्छन् र भन्ने धारणा र स्पर्सकै माध्यमबाट मसाज सिक्न धेरै गाह्रो भए पनि हौसलाको भरमा काम गरेको बताउनु हुन्छ मसाज व्यवसायी चीरञ्जीवि पौडेल । त्यही हौसला र सीपले अहिले राम्रो व्यापार गरेको छ ।
‘राम्रो काम गरेकै कारण हामीले अघिल्लो वर्ष सूर्य नेपाल इन्टरप्रेनरसिप अवार्ड पायौं । राम्रो कमाइ भएर हामीले ३ वर्षमा अर्को मसाज सेन्टर खोल्ने आँट गर्न सकेका छौं ।’ उहाँ भन्नुहुन्छ, ‘अबको दशवर्षमा अरु सय जना दृष्टिविहिनलाई दक्ष बनाएर रोजगार दिने लक्ष्य पनि लिएका छौं ।’
सिइङ ह्यान्डमा तालिम लिन कुनै पनि दृष्टिविहिनले पैसा तिर्नु पर्दैन । तर तालिम लिन केही आधारभुत कुराहरुमा भने दक्ष हुनुपर्छ । तालिममा छानिएपछि सिइङ ह्यान्डले उल्टै पैसा दिन्छ ।
पर्यटकलाई विषेश लक्षित गरेर खुलेको सिइङ ह्यान्डमा सिजनको समयमा दिनको १४ जना या त्यो भन्दा पनि धेरै पर्यटक आउछन् । सिजन नभएको बेलामा भने दिनको दुईजना देखि पाँच जनासम्म आउँछन् ।
पर्यटक आकर्षण गर्नको लागि सिइङ ह्यान्डले ठमेलका प्राय होटलमा आफ्नो पर्चा राखेको मात्र छैन, ट्रिप एडभाइजर, लोन्लि प्लानेट जस्ता प्रतिष्ठित वेवसाइट, आफ्नै वेवसाइट र फेसबुकजस्ता सामाजिक सञ्जालको पनि प्रयोग गरेको छ ।
केही नयाँ काम गर्न मन लागेर विवेक भट्टराई अहिले मसाज सिक्दै हुनुहुन्छ । अबको केही महिनामा नै उहाँ मसाज थेरापिस्टको काम गर्न तयार हुनु हुनेछ । तर मसाज तालिम लिन उहाँले ५ बर्ष परिवारमै संघर्ष गर्नुपर्‍यो ।
‘मलाई घरबाटै जान दिएनन्,’ उहाँ भन्नुहुन्छ, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यताप्राप्त, मान्छेको स्वास्थ्यसँग सम्बन्धित र पैसा पनि राम्रो भएकाले जस्तै समस्या भए पनि यो क्षेत्र मै म आफ्नो भविष्य देख्छु ।’
अझै पनि नेपाली समाजले मसाज सेन्टरलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । यो पेशाका आडमा हुने गलत धन्दा र मसाजले मानिसलाई स्वस्थ्य बनाउँछ भन्ने ज्ञानको कमीले गर्दा धेरै नेपाली मसाज भन्ने बित्तिकै नाक खुम्च्याउँछन् । तर दृष्टिविहिन र यो पेशाको मर्म बुझ्ने व्यक्तिले सहयोग गरेकै कारण चिरञ्जीवि र लक्ष्मी जस्ता धेरै मानिसले यो पेशाबाट पैसा त कमाएका छन् नै उनीहरुले यो पेशाको प्रतिष्ठा पनि बढाएका छन् ।

पारस खड्का भन्छन्,'भारतलाई देखाइदियौं'

काठमाडौ, फाल्गुन १५ - भारतमा अभ्यास खेल खेल्न जाँदा एयरपोर्टमा ईमिग्रेशनका कर्मचारीले नेपाली क्रिकेट टोलीका सदस्यलाई भारत किन आएको भनी प्रश्न गर्थे रे । खेलाडीले जवाफ दिन्थे, 'क्रिकेट खेल्न आएको ।' जवाफ सुनेर छक्क पर्दै कर्मचारीले भन्थे रे, 'नेपालको पनि क्रिकेट टिम छ र ?

'
यस्ता प्रश्नले हैरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, 'विश्वकपमा छानिएर हामीले भारतलाई देखाइदियौं ।' उनले फेरि थपे, 'अब हामीले खेलेको विश्वकप खेल भारतको टीभीले प्रत्यक्ष प्रशारण गर्नेछ ।' कप्तान खड्काले अनुभव सुनाउँदा कार्यक्रममा हाँसोको फोहोरा छुट्यो ।
यूएईमा मंसिरमा भएको छनौट प्रतियोगिताबाट आगामी महिना बंगलादेशमा हुने टी२० विश्वकपका लागि नेपाल छानिएको हो । नेपाललाई विश्वकप पुर्‍याउने खेलाडीको जीवन समेटेर तयार पारिएको विश्व टी२० क्रिकेटका सारथीहरु नामक पुस्तक बिमोचनमा बोल्दै कप्तान खड्काले छनौटसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताए । उनले नेपाललाई विश्वकप क्रिकेटको बाटो देखाउने श्रेय प्रशिक्षक पुबुदु दासानायकेलाई दिए । 'दासानायके आएपछि हामीले भिजन पायौं', उनले भने,'हामीमा विश्वकप खेल्ने चाहना थियो, दासानायकेले बाटो देखाइदिनु भयो ।'
पत्रकार जगदीश्वर पाण्डेले लेखेको पुस्तकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १८ खेलाडी जीवनीसहित उनीहरुको खेल्ने शैली, सबल र दुर्बल पक्ष केलाइएको छ । पुस्तकमा नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको जीवनी पनि लेखिएको छ । यो नेपाली क्रिकेटबारे लेखिएको पहिलो पुस्तक हो ।
कार्यक्रममा बोल्दै कलाकार राजेश हमालले क्रिकेट खेलाडीलाई नेपालीहरुलाई एकताको सूत्रमा बाँध्न सघाएको भन्दै प्रशंसा गरे । 'जित र हार मान्छेको दृष्टिकोणमा भर पर्छ', उनले विश्वकपका लागि खेलाडीलाई शुभकामना दिँदै भने, 'जित्छु भन्ने आत्मविश्वास भएकाले जित्ने सम्भावना बढी हुन्छ ।'
कार्यक्रममा बोल्दै कलाकार निशा अधिकारीले नेपालीलाई खुशी दिन सकेकोमा खेलाडीलाई धन्यवाद दिइन । लेखन पाण्डेले पुस्तकको सम्पूर्ण श्रेय खेलाडीलाई दिँदै विश्वकप छनौटका लागि खेलाडीले गरेको मेहनत र धैर्यताको प्रशंसा गरे  । बैंङ्कर अनिलकेशरी साहले नेपाली टोलीले विश्व टी२० मा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।
पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष सुरज बैद्यको व्यबसायिक समूह बैद्य अर्गनाइजेशनले कप्तान खड्कालाई टोयोटा कार दिने घोषणा गरेको छ ।
नेपाललाई विश्व टी२० मा छनौट हुन महत्वपूर्ण भूमिका खेलेकाले उनलाई कार दिन लागिएको हो । बैद्यको बैद्य अर्गनाइजेशने नेपालले यूएईमा विश्वकप छनौट खेल्नु अघि नै छनौट भए उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरेको थियो ।
उत्कृष्ट खेलाडी छनौटका लागि गठित समितिको निर्णय अनुसार खेलाडी छनौट भएको सदस्य रञ्जित आचार्यले जानकारी दिए । कार्यक्रममा अनुपस्थित बैद्यको तर्फबाट छनौट समिति सदस्य आचार्यले कप्तान खड्काको नाम घोषणा गरेका हुन् ।
बैद्यले आगामी महिना बंगलादेशमा हुने टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेतलाई कार दिने घोषणा गरेको आचार्यले बताए ।
वी रिडले प्रकाशन गरेको पुस्तक बिक्रीको २० प्रतिशत रकम खेलाडीलाई दिइने प्रमुख कार्यकारी अधिकृत राजिब राजिवधर जोशीले बताए । पुस्तकको मूल्य चार सय रुपैयाँ छ । हार्ड कभरसहितको पुस्तकको मूल्य भने एक हजार दुई सय छ । जसमा सबै खेलाडीको हस्ताक्षरसमेत समेटिएको छ । हार्डकभर पुस्तक बिक्रीको ७० प्रतिशत रकम खेलाडीलाई दिइने जोशीले बताए । बिहीबार पुस्तक सार्वजनिक कार्यक्रममा प्रकाशकले खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

Thursday, February 27, 2014

संविधानसभा उपाध्यक्षमा घर्ती भारी मतले विजयी

काठमाडौं,फागुन १४–संविधानसभाको उपाध्यक्षको एमाओवादीकी उम्मेदवार ओनसरी घर्ती विजयी भएकी छिन् । संविधानसभामा रिक्त रहेको उपाध्यक्षका लागि संविधानसभा भवनमा आज भएको निर्वाचनमा उनी भारी मत अन्तरका साथ विजयी भएकी हुन् । कांग्रेस,एमाले,राप्रपा नेपाल दलहरुको समर्थन पाएकी घर्तीले बहुमतले संविधानसभा उपाध्यक्षमा निवााचित भइन ।

उनले ४८४ मत पाएकी थिइन् । उनीसँगै प्रतिस्पर्धामा रहेकी नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले झिनो ५ मत मात्र प्राप्त गरिन् । उनलाई नेपाः पार्टीले मात्र समर्थन गरेको थियो । संविधानसभा सचिवालयले बहुमतिय प्रक्रियाबाट संविधानसभाको उपाध्यक्ष छान्ने प्रक्रिया थालेपछि एमाओवादी सभासद् थापाले एमाओवादीका सभासद् कृष्णबहादुर महराको प्रस्तावमा उम्मेदवारी दर्ता गराएकी थिइन् भने उनको कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले उनको समर्थन गरेका थिए ।घर्ती, रोल्पा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् । संविधानसभामा रिक्त रहेको उपाध्यक्ष चयन भएपछि संविधानसभाले पुर्णता पाएको छ । संविधानसभाको अध्यक्षमा यसअघि नै एमाले सभासद् सुवासचन्द्र निर्विरोध चयन भइसकेका छन् । 

महाशिबरात्रिको शुभाकामना सहित एक जानकारी गाँजा (Cannabis) र मानसिक स्वास्थ्य


(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
विभिन्न नामले चिनिन्छ– चोपबाट बनाइएको भांग, हशिश, रेजिन आदि, वा फूल या पातबाट तयार गरिएको Marijuana, Grass, Weed बाट चिनिने Cannabis नाम गरेको विरुवाका विभिन्न उत्पादनहरू ।

माथिका नामहरू ध्यान दिएर हेर्नुभयो भने नेपालमा आधाभन्दा बढी जनसंख्याले कुनै समयमा कमसेकम एकपटक प्रयोग गरेको हुनसक्ने अनुमान छ । सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । त्यसबेलासम्म Cannabis या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि खासै नराम्रो गर्दैन र वास्तवमा तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्थ्यो । अझैपनि भांग शिवरात्रीको समयमा प्रचुरमात्रामा प्रयोग हुन्छ र यसलाई समान्य रूपमा लिनेहरूको जमात ठूलो छ । भगवान शिवले भांग, धतुरो आदि विभिन्न पदार्थहरू सेवन गर्ने र एक पौराणिक कथा अनुसार विष समेत पिएको हुनाले भांग प्रयोग गरी शिवजी जत्तिकै शक्तिशाली या कमसेकम उनको भक्त ठान्ने बाबाजीहरू शिवरात्रीको बेलामा भेटिन्छन् । त्यही मौकामा गाँजा तान्ने र भांग खाने/पिउने युवायुवती पनि भेटिन्छन् । अमेरिकाको केही राज्यहरूले Cannabis केही विशेष प्रकारका रोगीहरूलाई वितरण गर्न खुल्ला गरेकोले यो हानीकारक चीज होइन रहेछ भन्ने धारणा पनि विकसित भइरहेको पाइन्छ ।

यस लेखमा गाँजाको रसायनिक प्रकृति र यसका मनोवैज्ञानिक असरको बारेमा चर्चा गरिएको छ–

एउटा Cannabis को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यीनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर गर्दछन् ।

१. Delta-9- Tetrahydro-cannabinol (delta-9-THC)

२. Delta-8-THC

३. Cannabidiol

४. Cannabinol

यी मध्ये Delta-9-THC ले विशेष रूपले मानव मस्तिष्कमा असर गर्छ ।

तत्कालिक असरहरू

जब Cannabis लाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू बडो तेजीकासाथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । तत्कालै हुने असर जसलाई ‘stoned’ या ‘high’ भनिन्छ– यो दिमागको ती भागहरूमा Cannabis को असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् । यस क्रममा उक्त व्यक्तिलाई खुशी अनुभव हुन सक्छ, आनन्द आउँछ, तनाव कम हुन्छ, निन्द्रा पनि लाग्न सक्छ, संगीत राम्रो सुनिन सक्दछ र रंगहरू विशेष गाढा देखिन सक्दछन् । तर १० मध्ये १ प्रयोगकर्ताहरूलाई चाहि उल्टो असर पर्न जान्छ– जसलाई नमज्जा हुने (unpleasant feelings), तनाव बढ्ने (Stressed), नभएका कुराहरू देखिने (Visual distortions or hallucinations) या सुनिने (Auditory distortions or hallucinations), मन आत्तिने (Anxiety) र कसैले हानि नोक्सानी गर्लाकी जस्तो लाग्ने (Paranoid thinking) पनि हुन सक्दछ । यस्ता विपरित असरहरू फरक फरक भावनात्मक अवस्थामा एउटै व्यक्तिलाई हुन सक्दछ । जस्तै एउटै व्यक्तिलाई गाँजा सेवन गर्नु अघि खुशी भएको अवस्थामा एक प्रकारको असर हुन सक्छ भने उही व्यक्तिले दुखी अवस्थामा गाँजा सेवन गर्दा अर्को असर हुन सक्दछ ।

गाँजा या भांग सेवन गरेपश्चात विभिन्न प्रकारका मनोवैज्ञानिक लक्षण लिएर अस्पतालको आकस्मिक कक्ष र मानसिक रोग विभागमा आइपुगेका युवाहरूलाई उपचार गर्ने क्रममा माथि वर्णन गरिएका सबैजस्तो तात्कालिक नकारात्मक असरहरू ती विभागहरूमा काम गर्ने स्वास्थ्यकर्मीको लागि नौलो होइन । खुशीको कुरा चाहिं के हो भने माथि वर्णन गरिएका असरहरू लामो समयसम्म प्राय: रहदैनन् ।

लामो समय गाँजा सेवन गर्दाको मानसिक असर

गाँजाको लामो समय सेवन गर्दा भने लामो समयसम्म हुने मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ । अष्ट्रेलियाका १४–१५ वर्षका १६ सय विद्यार्थीहरूमा सात वर्षसम्म गरिएको एक अध्ययनले गाँजा सेवन गर्ने बालबालिकाहरूमा डिप्रेसन (Depression) या आत्तिने रोग (Anxiety Disorders) गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखियो । त्यस्तै १५ वर्षको उमेर अगाडि गाँजा सेवन गर्न सुरु गरेका व्यक्तिहरूमा २६ वर्ष पुग्दा नपुग्दै साइकोसिस (कडा मानसिक रोग) लाग्ने सम्भावना ४ गुणा बढी देखियो । अझ कसैको नजिकको नातामा (आमा बाबु, दाजुभाई, दिदी–वहीनी) साइकोसिस भएको रहेछ भने त गाँजा सेवनकर्ताहरूमा साइकोसिस हुने सम्भावना झन् बढ्ने देखियो ।

डेनमार्कमा गरिएको अनुसन्धानले के देखायो भने गाँजा सेवनकर्ताहरूमा साइकोसिस बढी मात्रामा त देखिदो रहेछ तर गाँजा खान बन्द गरेपछि यो चाडै नै ठीक हुदो रहेछ । तर यी मध्ये ७५ प्रतिशतलाई एक वर्ष भित्रमै फेरि अर्को साइकोसिस (पागलपन) को रोगले च्याप्दो रहेछ र यी मध्ये आधाभन्दा धेरैलाई तीन वर्ष पश्चात पनि यो रोगबाट पीडित पाइयो ।

भारतमा गरिएका अनुसन्धानहरू नेपालको परिप्रेक्ष्यमा मिल्दाजुल्दा हुन सक्दछन् । गाँजा र भांगको लामो समयसम्मको प्रयोगले हुने साइकोसिस (पागलपन) मा जाँगर नचल्ने र केही गर्न मन नलाग्ने अवस्थाको बिकाश हुने र उक्त व्यक्ति केही कुरामा पनि मतलब नगर्ने हुन सक्दछ । उसका घरका मानिसहरु उ किन काम गर्दैन भनि चिन्तित भएपनि उसलाई भने वास्तानै नहुन सक्छ । यो अवस्था बाट ठिक हुन चाहिं गार्हो हुन्छ ।

हालसालै भएका अन्य अनुसन्धानले के पनि देखाएका छन् भने गाँजा र भांग प्रयोगकर्ताहरुलाई विभिन्न मानसिक रोग उत्पन्न भएको खण्डमा लामोसमय देखिको प्रयोगकर्ताले गाँजा छोडेमा पनि उसको मानसिक रोग राम्ररी ठीक नहुन सक्छ । यदी उपचारसगै गाँजा या भांगको प्रयोग गरिरहेमा औषधीले राम्रो काम गर्दैन ।

माथि नै भनियो गाँजा सेवन गर्ने सबैमा नकारात्मक मानसिक असरहरू देखा पर्दैनन् । सकेसम्म कसैले पनि गाँजा या भांग प्रयोग नगरेको राम्रो । तर यदी कुनैपनि नकारात्मक मानसिक असर परेको छ भने चाही तत्काल नै छोड्नु होला, नत्र उक्त प्रयोगकर्तालाई आत्तिने रोग, डिप्रेसन र साइकोसिस हुने सम्भावना ज्यादै बढी छ भन्ने बुझ्नु पर्छ ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Wednesday, February 26, 2014

डण्डीफोरबाट बच्ने घरेलु उपाय

डण्डीफोर आमतवरले युवावस्थामा नै आउँछ । डण्डीफोरले अनुहारको आकर्षा नै समाप्त हुन्छ । डण्डीफोर बढी तैलीय छालामा, कब्जियतका कारणले, चाँयाको कारणले वा तनावको कारणले हुने गर्छ । यदि तपाई पनि डण्डीफोरको कारणले हैरान हुनुहुन्छ भने बजारमा पाइने कुनै क्रिम लगाउनुको साटो केही घरेलु उपायहरु अपनाउन सक्नु हुन्छ ।


- नीमको पात उमालेर त्यसको पानीले अनुहार पखाल्नुस् ।
- आलुलाई काचकुच पारेर अनुहारमा लगाउनुस् । डण्डीफोरका दागहरु हट्दै जान्छन् ।
- मुलतानी माटोको फेस फैकले डण्डीफोरमा लाभ हुन्छ । किनभने मुलतानी माटोले छालाको तैलीयता कम गर्छ ।
- बरफको प्रयोगले पनि डण्डीफोरमा आराम पुग्छ । १५-२० मिनेटसम्म अनुहारमा वरफ लगाएर त्यसपछि ल्वाङ्गको तेल लगाउनुस् ।
- काँचो दुधमा अलिकति वेसन मिलाएर पेष्ट बनाउनुस् र यसलाई अनुहारमा लगाउनुस् । हल्का सुखिसके पछि अनुहार पखाल्नुस् ।
- मह, दही र अण्डाको सेतो भाग एक ठाउँमा मिलाएर दिनमा एक पटक लगाउनुस् ।
- डण्डीफोरलाई पटक पटक हातले नछुनुस् । यसले इन्फेक्सन हुन सक्छ ।
- कुनै पनि केमिकलयुक्त क्रिमको प्रयोग अनुहारमा नगर्नुस् ।
- चनाको दाल र सुन्तलाको बोक्रा पानीमा भिजाएर राखेर मोलायम भइसके पछि पेष्ट बनाएर अनुहारमा लगाउनुस् । १५ मिनेटसम्म अनुहारमा लगाएर पखाल्नुस् ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

पथ्थरी भए के खाने के नखाने

हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।

 


कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्‍स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो । 

पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्‍याकहर्न स्टोन बाह्‍र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् । 

पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ । पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन । 

मौसम अनुसार पाउन सकिने फलफूल स्याउ, अनार, खरवुजा, केरा, मेवा आदि खान सकिन्छ । पिसावनली, पिसाव थैलीको मुखमा तथा पिसाव निस्कासन गर्नने नलीमा पनि अड्किएर रक्तस्राव जस्ता जटिलता उत्पन्न हुन सक्ने समस्याबाट पनि सतर्कता अपनाउनु पर्दछ । 
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

धुम्रपान तथा सुर्तिजन्य पदार्थबारे जानकारी

धू्रमपान तथा सूर्ती सेवनबाट उत्पन्न हुने स्वास्थ्य समस्याहरु निम्न छन् ः
क.तत्कालै हुने समस्या
–खोकी लाग्ने
–श्वास फेर्न गाह्रो हुने,दम बढ्ने
–कसै कसैलाई वाक वाक लाग्ने
–पेट दुख्ने
–रुची घट्ने दुब्लाउदै जाने
–यौन चाहनामा हस आउने
ख.दीर्घकालिन समस्याहरु
–दाँत बिग्रने
–औला पहेलो हुने
–स्याँ स्याँ (दम बढ्ने ) तथा अन्य श्वास प्रश्वास सम्बन्धी जीर्ण रोगहरु
–रगत तथा रक्त नलीहरुमा असामान्य परिवर्तन हुने
–मुटुको रोग
–मस्तिष्कमा रक्तश्राव
–क्यान्सर रोग (धूम्रपान नगर्नेलाई भन्दा गर्नेहरुलाई शरीरका विभिन्न भागहरुको क्यान्सर हुने अधिक सम्भावना रहन्छ ।
–निस्क्रिय धूम्रपानः
धूम्रपान गर्ने व्यक्तिले हावामा फालेको धुवा उसका वरपर रहेका व्यक्तिले लिन्छन् ।

यसरी हावामा फालिएको धुवा लिने व्यक्तिलाई निस्क्रिय धूम्रपानकर्ता भनिन्छ ।
चुरोटबाट निस्कने धुवाँ मध्ये २५ प्रतिशत धूम्रपान गर्ने व्यक्तिले शरीर भित्र तान्छ र बाँकी ७५ प्रतिशत हावामा फाल्ने गर्छ । धूम्रपानको असरबारे कुरा गर्दा विगतमा भन्दा हाल आएर धूम्रपानले गरेको धुवाले धूम्रपान नगर्ने निस्क्रिय धूम्रपानकर्तालाई पनि उत्तिकै समस्या उत्पन्न गराउँछ भन्ने चर्को बहस हुन थालेको छ । हावामा फालिएको धुँवामा धूम्रपान गर्ने व्यक्तिले तानेको धुवामा भन्दा दुईगुणा निकोटिन तीन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनमोनोअक्साईड र ५० गुणा भन्दा बढी क्यान्सर जन्य रसायनहरु हुन्छन् । जबबाट निस्क्रिय धूम्रपानकर्ताले धूम्रपान सम्बन्धी थुप्रै प्राणघातक रोगहरु लाग्ने जोखिममा पर्दछन् । गर्भको शिशुलाई पनि निस्क्रिय धूम्रपानले असर गर्दछ । श्रीमानले गरेको धूम्रपानबाट उसको श्रीमतीीलाई असर गर्दछ र यदी श्रीमती गर्भवती छिन् भने उक्त धुवाँले गर्भमा रहेको भ्रुणलाई समेत घातक असर पु¥उाँदछ ।चुरोट पिउने गर्भवतीबाट तौल कम भको बच्चा जन्मने, त्यस्तो बच्चा जन्मेको केही दिनमै मर्न सक्ने र सकैकसैको त मृत बच्चा समेत पैदा हुन सक्छ । धूम्रपान नगर्नेहरुको भन्दा धूम्रपानी आमाबुवाका केटाकेटीहरु धरीधरी रुघाखोकी,ब्रोङकाईटिस वा निमोनिया जस्ता छातिका
रोगहरुबाट संक्रमित हुने सम्भावना बढी हुन्छ ।
धूम्रपान त्याग्दा हुने फाइदाहरुः
(स्वास्थ्य,सुन्दर र सुरक्षित जीवन बाँच्न पाउने ।
खानेकुराहरुको स्वाद सप्रिने र रुची बढी हुने ।
तौल बढ्ने र हृष्टपुष्ट हुने ।
छाला चाउरीने समस्याबाट मुक्ति तथा दाँत र औला पहेलो नहुने ।
दम,खोकी ह्दयघात तथा क्यान्सर जस्ता प्राणघातक रोगबाट मुक्ति पाइने ।
केटाकेटीहरुलाई छातिको संक्रमित रोगहरुकम हुने ।
स्वास्थ्य बच्चाको जन्म हुने ।
पैसा खर्च कम हुने र पारिवारिक सन्तुष्टि प्राप्त हुने ।
छोरा छोरीहरुले धूम्रपान सिक्ने सम्भावना कम हुने ।
धुवाँ सहित वातावरण बाँच्न पाउने पारिवारिक अधिकार पूरा हुने ।
धूम्रपान कसरी त्याग्नेः
धुम्रपानको लत लागि सकेपछि छोडन त्यति सजिलो हुँदेन । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन । त्यसले चाहेर पनि धुम्रपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन त्याग्न सक्दैन ।
धुम्रपान छुटाउने कुनै अचुक औषधी र काइदा छैन तर छोड्न सकिन्छ । धेरैले छोडेका पनि छन् । धुम्रपान गर्ने धेरै जसोलाई सोध्दा उनीहरिुलाई यसबाट हानीहरुबारे थाहा हुादा र छोड्ने इच्छा समेत हुँदा पनि छोड्न सकिरहेका हुँदैनन् । उनीहरुको एउटै गुनासो के छ भने धुम्रपान छोड्नलाई पर्याप्त तरीकाहरु तथा सूचना र जानकारी मूलक सामाग्रीहरु भेटिदैनन् । धुम्रपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु पर्दछ ।
ध्रूमपान किन कहिले र केका लागि छोड्ने र कसको सहयोग लिने भनेर स्पष्ट हुनुपर्छ । धूम्रपानपूर्ण रुपले छोड्नलाई कसैको सहयोग आवश्याक पर्दछ भन्ने बिर्सनु हुदैन ।
धूम्रपान एकै पटक चट्टै छोड्न पनि सकिन्छ र संख्या कम गर्दै वा धूम्रपान गर्न ढिलाई गरेर पनि छोड्न सकिन्छ । तर चाहनेले एकै पटक भट्टै छोड्न सक्दा उपयुक्त हुन्छ किन भने संख्या कम गर्ने उपाय त्यति सफल नहुन सक्छ भने धूम्रपान गर्न ढिलाई गर्दा पनि लामो समय बैचनी हुन सक्छ ।
योजनाबद्ध ढंगले धूम्रपान छोड्दा अवश्य सफल भइन्छ , यसका लागि तलका बुदाहरु हेरौं ः
– सर्वप्रथम धूम्रपानसँग सम्बन्धित बानी व्यहोरा हटाउन आफ्नो दैनिक जीवन शैलाी नै परिवर्तन गर्नु पर्ने हुुन्छ । (जीवनशैली नै परिवर्तन बिहानदेखि नै शुरु गर्नु पर्ने हुन्छ । जस्तै ः चिया समय घटाउनु पर्छ ।
– धूम्रपान छोड्दा एउटा निश्चित दिन तोक्दा उपयुक्त हुन्छ । जस्तै ः बैशाख १ गतेदेखि ।
–धूम्रपान छोड्नु भन्दा अगाडि यसले हुने हानीबारे स्पष्ट हुनु पर्छ र यसले फाइदा गर्दै गर्दैन केवल हानी मात्र गर्छ भनि मनमा लिनु पर्छ । आखिर वास्तविक कुरो पनि यहि नै हो ।
–धूम्रपान छोड्न चाहनेले आफूसँग बस्न चाहनेले आफु बस्ने कोठाहरुमा पनि यसले गर्दा हुने हानीहरुको तस्वीर वा चित्र टाँस्ने गर्नुपर्दछ । ताकि धूम्रपान गर्नेतिर ध्यान केन्द्रीत नहोस् ।
–धूम्रपान गर्न मन लाग्ने चहना रहने वातावरणको सृजना गर्ने जस्तै –धूम्रपान सम्बन्धी सामाग्रीहरु चुरोट, सलाई , एष्ट्रे आफूसँग नराख्ने ।
– धूम्रपान गर्न मन लागेको बेला धूम्रपान को अलवा अन्य केही उपाय रोज्न सकिन्छ ।
जस्तै–चुइगम वा ल्वाङ्ग चपाउने
–बिस्तारै लामो लामो स्वाश लिने र फाल्ने ।
–प्रशस्त पानी पिउने ।
–अन्य रचानात्मक काममा व्यस्त रहने आदि ।
यी सबै उपायहरु अवलम्बन गरि दह्रो आत्मबलको साथ धूम्रपान त्याग्ने अठोट गरेमा अवश्य पनि सफल भइन्छ । यसरी प्रयास गर्दा गर्दै पनि पुन ः शुरु गर्न सक्ने सम्भावना करिब एक महिनासम्म अधिक रहन्छ । त्यसैले यस्तो वातावरण सृजना हुन नदिन सचेत रहनु पर्दछ । धूम्रपानको तलतल धूम्रपानछोडेको दुई तिन दिन सम्म अत्याधिक रहन्छ र त्यसपछि यो क्रम कम हुदै जान्छ र खानामा रुची बढ्न थाल्छ । धूम्रपान छोडेको दुई हप्ता भित्रै २ देखि ३ के.जी. तौल बढ्न सक्छ । त्यसैले नआतिनोस् र तपाई पनि यस किसिमको आत्पबलको विकास गर्नोस् र धूम्रपान त्याग्नोस् पहिला जीवन रोज्नोस् , धूम्रपान होइन् ।
धूम्रपान पुन ः शुरु गर्ने अवस्थाहरु ः
–जाँड, रक्सी पिउँदा ।
–साथीहरुबाट चिन्तामा ।
–निरुत्साह वा असफलतामा ।

धूम्रपान छोड्न निरन्तरता दिनका लागि केही बुदाहरु ः
–आफैले धूम्रपान गर्दा हानी गरेको कल्पना गर्ने ।
–सधै मनमा के कारणले धूम्रपान छोड्नु भएको हो सोच्ने र सधैका लागि छोड्ने प्रण गर्ने ।
–धूम्रपान छाड्दा प्राप्त गर्ने फाइदाहरु बारे सोच्ने ।
–धूम्रपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने ।
–धूम्रपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धूम्रपान त्याग्न सल्लाह दिने ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

स्तन क्यान्सरबाट बच्न गाजर खाऔं

वैज्ञानिकहरूले गाजर र सक्करखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्श निकालेका छन्।

यिनीहरूमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ। यसको एसिडले क्यान्सर लाग्न जाने कोशिकाहरूलाई परिवर्तन गरी क्यान्सर रोग लाग्न दिँदैन। यो अम्ल वास्तविकतामा भिटामिन ‘ए’ बाट प्राप्त हुन्छ। यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनको प्रभावित गर्ने यो रसायनले मानिसलाई युवा बनाइराख्न मद्दत गर्दछ। डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार वैज्ञानिकहरू यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खोज्न लागि परेका छन्। मुख्य वैज्ञानिक फिलाडेल्पि्कयाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अनुसार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरूलाई बढ्न दिँदैन।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

मोदीका लागी नांगिइन् मोडेल

भावी भारतको प्रधानमन्त्रीका प्रत्यासी नरेन्द्र मोदीको समर्थनमा एउटा मोडेलले न्युड फोटो सुट गराइएकी छिन् ।
मोडल तथा नायिका मेघना पटेलले मोदीको समर्थनमा आफ्नो शरीरको कपडा उतारेकी हुन् ।

उनले नाङ्गो फाटो सुटमा आफ्नो बदन मोदीको पोष्टरले ढाकेकी छिन् । यो फोटो सुटको बिषयलाई लिएर मोदीको पार्टी भारतीय जनता पार्टीले आपत्ती जनाएको छ ।
भारतीय जनता पार्टीले नायिकाले नाङ्गो फोटो सुट गरेर मोदीको प्रचार गरेकोमा आपत्ती जनाउँदै भनेको छ, “प्रचार गर्नु पर्ने हो पार्टीको तरिकाबाट गरिनुपथ्र्यो ।” तर, त्यसको बिरोध गर्दै पटेलले भनेकि छन् “मैले अश्लिलता फैलाएको हैन् । मेरो मायाको प्रदर्शन मात्र गरेकी हुँ – मोदीका लागी भारतीय जनता र बिजेपीका लागी ।”
Meghna-Patel-Supports-Modi

मन्त्रीमण्डल विस्तारसँगै सत्तारुढ दलमा चर्कियो कलह

काठमाडौं, फागुन १४ – मन्त्रीपरिषद विस्तार हुनासाथ सत्तारुढ दलमा कलह चर्किएको छ । कसैलाई मन्त्री नपाएकोमा चिन्ता छ भने कोही भने पाएकै मन्त्री पदबाट सन्तुष्ट छैनन् । काँग्रेस र एमालेभित्रका विभिन्न गुटभित्रका नेताहरुबीच असन्तुष्टी बढेको छ । खुशी छैनन् प्रकाशमान उप–प्रधानसहित स्थानिय विकास मन्त्रीको सपथ खाएका काँग्रेस महामन्त्री प्रकाशमान सिंहलाई यतिबेला मन्त्री पद ‘नखाउँ त दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ भएको छ ।

सिंह खासमा गृह मन्त्रालय चाहन्थे । प्रधानमन्त्री सुशील कोइरालाले संसदीय दलको नेता चुनीन देउवा प्यानलमा गइसकेका प्रकाशमानलाई गृहको लोभ देखाएर आफनो गुटमा तानेका थिए । प्रकाशमान गृहमन्त्री बन्ने भएकाले रामचन्द्र पौडेल पनि कोइरालाकै पक्षमा खडा भए । तर, सरकार बनाउने क्रममा एमालेको दबाब सामु कोइराला झुके । सरकार टिकाउन गृह मन्त्रालय एमालेलाई दिन बाध्य भए । बामदेव गृहमन्त्री भए । जसका कारण गृहमन्त्री बन्ने प्रकाशमानको धोको पुरा हुन सकेन । खिन्न महत र निधि अर्कोतिर आफू पार्टीको मर्यादा क्रममा माथि रहेका भन्दै उप प्रधानमन्त्री बन्न चाहेका डा. रामशरण महत पनि खासै खुशी छैनन् । उप्रधानमन्त्री नपाएकोमा उनी खिन्न छन् । उपप्रधानमन्त्रीको आश गरेर बसेका अर्का नेता बिमलेन्द्र नीधिले पनि भौतिक तथा यातायात मन्त्रीमै सन्तोष गर्नु परेको छ । तर, भित्र भित्र उनी पनि खुशी छैनन । असन्तुष्ट आचार्यद्वय २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका महेश आचार्य यसपाली पनि अर्थमन्त्री बन्न चाहन्थे । तर, उनको चाहना पुरा भएन । वन मन्त्रालयको जिम्मेवारी पाएका आचार्र्य पनि खिन्न छन् । सुचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाउने भनिएका नरहरी आचार्य पनि हिस्स भए । उनले कानुन मन्त्रालय पाए । निकटकै संकट प्रधानमन्त्रीका निकट भनेर चिनिएका आनन्दप्रसाद ढुंगाना र दिलबहादुर घर्तीको मन्त्री बन्ने सपना पनि पुरा भएन । कोइराला परिवारका सुजाता, शेखर र शशांक पनि मन्त्री बन्न नपाएकोमा प्रधानमन्त्रीसँग क्रुध्द छन् । अर्कोतीर शेरबहादुर देउवा पक्षका ज्ञानेन्द्रबहादुर कार्की, डिना उपाध्याय, डा प्रकाश शरण महत, वालकृष्ण खाँडलगायतका नेता पनि मन्त्री हुन नपाएकोमा खिन्न छन् । पौडेलको पारो चढ्यो सोमवार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति रामचन्द्र पौडेलले मधेशका तर्फबाट पदमनारायण चौधरीको नाम प्रस्ताव गरेका थिए । महामन्त्री कृष्णप्रसाद सिटौलासहितका केही नेताहरुको दबाबमा प्रधानमन्त्री कोइरालाले मन्त्रीको सूचीबाट चौधरीको नाम हटाए । यतिबेला पौडेल मुुर्मुरीएका छन् । ‘न त प्रकाशमानलाई गृहमन्त्री बनाए, न मेरो मान्छेलाई मन्त्री बनाए, सुशील दाई सोझा भनेको त….’, बोहराटारमा मंगलबार साँझ पौडेल यसोभन्दै बम्किएको सुत्र बताउँछ । मुस्लिम समुदाय रुष्ट मुसलमान समुदायका तर्फबाट फरमुल्लाह मन्सुर मन्त्री बन्ने पक्का थियो । अन्तिम समयमा उनको नाम पनि हटाइएपछि यतिबेला मुस्लिम समुदाय पनि काँग्रेससँग रुष्ट भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले महामन्त्री सिटौलाको दबाब थेग्न नसकी मिनेन्द्र रिजाललाई सञ्चार मन्त्री बनाए । देउवा प्यानलबाट भड्किएका मिनेन्द्रलाई कोइरालाले खासै विश्वास गरेका थिएनन । तर, सिटौला सामु उनी झुके । क्रुद्ध छन् केसी अरुको के कुरा, आफुलाई काँग्रेसको गतिलै खेलाडि ठान्ने अर्जुननरसिंह केसी पनि मन्त्री हुनसकेनन । उनको नाम पनि अन्तिम समयमा हटेको बुझिएको छ । यही कारण केसीले यो सरकारप्रति असन्तुष्टीका स्वर उराल्न थालीसकेका छन् । उनले नेकपा एमालेलाई गृहसहितका महत्वपुर्ण मन्त्रालय दिनु कांग्रेसका लागि दुर्भाग्य भएको बताएका छन् । गृह मन्त्रालयकै लागि १५ दिनसम्म मन्त्रीमण्डल बिस्तार नगरी बसको कांग्रेसले एमालेलाई नै गृह सुम्पदा जनतामा नकारात्मक सन्देश गयो’, नुवाकोट क्षेत्र नम्बर १ को रातमाटेमा मंगलबार आयोजित जुनियर युवा रेडक्रसको जिल्लास्तरीय कार्यक्रममा नेता केसीले भने, ‘एमालेलाई गृहलगायतका महत्वपूर्ण मन्त्रालय दिनु कांग्रेसका लागि दुर्भाग्य हो ।’ मुर्मुरीए माधव नेपाल एमालेमा पनि असन्तुष्टी चर्किएको छ । मन्त्रीका रुपमा बधाई समेत पाएका रविन्द्र अधिकारी, गोकर्ण विष्ट, योगेश भट्टराईजस्ता युवादेखि पार्टीका सचिव विष्णु पौडेलसम्म मन्त्री हुन पाएनन् । सञ्चार मन्त्रालय दाबी गरेका पौडेल रोजेको मन्त्रालय नपाएपछि अन्तिममा आएर सरकारमा नजाने निधो गरे । ग्रान्डी अस्पतालबाट ओलीको तजविजमा मन्त्री छानिएको भन्दै असन्तुष्टी पोखिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकटका नेता भीम रावललाई मन्त्री बनाउन खोजेका थिए । तर असफल भए । यसबाट माधव मुर्मुरीएका छन् ।

दोलखा भीमसेनलाई आज फेरि ‘पसिना’ आयो

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई साढें दुई महिनापछि फेरि ‘पसिना’ आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा धेरै अनिष्ट वा धेरै राम्रो हुने मान्यता रहँदै आएको छ । यसअघि साढें दुई महिनाअघि मंसिर ३० गते भीमसेनलाई पसिना आएको थियो

आज दिउँसो पौने ३ बजेबाट पसिना आउन सुरु गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए । भीमेश्वरको शीलाको दायाँ–बायाँ दुबै भागबाट पसिना आएको अध्यक्ष श्रेष्ठले बताए ।

दायाँ भागबाट पसिना आउँदा राजापक्ष र बायाँ भागबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको शीलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले क्षमा–पूजा गरेका छन् ।

क्षमा–पूजाकै लागि शीलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृह मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयमा पठाउने गरिएको छ । राजतन्त्रमा भने पसिना आउँदा भने राजदरबारबाट क्षमा–पूजाका लागि पञ्चवली पठाउने चलन थियो ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एक महिनाअघि, तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भूकम्पअघि भीमेश्वरलाई पसिना जानकारहरु बताउँछन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/36073/29/.shtml#sthash.77df4NRE.dpuf

एमाले सरकारमा जाँदा राजेन्द्र राईले त्रुटि देखे, रामकुमारीले गीत सम्झिन्

काठमाडौं, फागुन १४ – बल्लतल्ल गृह मन्त्रालय पाएर एमाले सरकारमा गइसक्दा पनि पार्टीभित्र असन्तुष्टी पोखिन छाडेको छैन । सभासद नभएकाले मन्त्री बनाएकोमा धेरैले पार्टी नेतृत्वको आलोचना गरेका छन् । मन्त्रीहरुको छनौट प्रक्रिया संगत र संस्थागत नभएको युवा नेताहरुको आरोप छ ।

संविधानसभामा पहिले प्रत्यक्ष र पछि समानुपातिकमा समेत नपरेको बेला पार्टी नेतृत्वको आलोचना गरेका युवा नेताहरु राजेन्द्र राई र रामकुमारी झाँक्रीले यसपटक पनि तीतो पोखेका छन् । फेसबुक मार्फत राजेन्द्र राईले गरेको टिप्पणी यस्तो छ :

एमाले सरकारमा गयो तर त्रुटि कति कति ?

१ मन्त्रीहरुको छनौट प्रक्रिया सङ्गत र संस्थागत ढंगले गरिएन । एमालेको मन्त्री छनौट गर्ने खास कमिटी भनेको केन्द्रीय कमिटी हो । तर केन्द्रीय कमिटीबाट मन्त्रीहरुको छनौट गरिएन, गराउने प्रयास समेत गरिएन ।
यहाँ स्मरण गर्नै पर्ने कुरा के छ भने केन्द्रीय कमिटीको बैठक नबसी रहेको अवस्थामा मन्त्रीहरुको छनौट गर्नु पर्यो भने तुरुन्त बैठक बसानु पर्छ भने अहिले त त्यसको विपरित केन्द्रीय कमिटीको बैठक जारी रहेको बेला मन्त्रीको छनौट केन्द्रीय कमिटीबाट गराइएन । केन्द्रीय कमिटीबाट मात्र होइन अरु कुनै पनि कमिटीबाट रित पुर्‍याएर मन्त्रीको छनौट गरियो ।
मन्त्रीहरुको बारेमा स्थायी कमिटीमा छलफल गरिएको भनिए पनि त्यस कमिटीले पनि औपचारिक र अन्तिम रुपमा मन्त्रीहरु छनौट गरेन बरु स्थायी कमिटीको नाममा अनौपचारिक ढङ्गले मन्त्रीहरु छनौट गरियो । कम्युनिष्ट पार्टी जसले कमिटी पद्धतिलाई अत्यन्तै जोड दिन्छ अथवा त्यसको कमिटी पद्धति अत्यन्तै व्यवस्थित हुनु पर्छ भन्ने मान्यता राखिन्छ त्यसको यो तरिकाको मन्त्री छनौटलाई निश्चय पनि त्रुटिपूर्ण मान्नु पर्छ ।
२ जातीय, लैङ्गिक सन्तुलन, समावेशिता, समानताको आवाज बेजोड ढङ्गले उठिरहेको छ, एमाले त्यस आवाजको पक्षमा पनि छ । तर एमालेको मन्त्री छनौटमा गम्भीर जातीय, लैङ्गिक असन्तुलन देखियो । १० जना मन्त्री मध्ये महिला १ जना, जनजाति १, मधेशी जना मात्र छन्, अझ दलित त एक जना पनि छैन ।
३ दश जना मध्ये ६ जना गैर सांसद मन्त्री बनाइयो ।
४ काङ्ग्रेसले १ जना बाहेक सबै हेभी ओएट व्यक्तित्व भएकालाई मन्त्री बनायो तर एमालेले केही बाहेक सबै नै सामान्य व्यक्तित्व भएकालाई मन्त्री बनायो । संयुक्त सरकारमा यस्ता कुराको गम्भीर अर्थ रहने निश्चित छ ।
५ एमालेले गृह मन्त्रालय पाउनुलाई नै ठूलै जित र उपलब्धि ठानेर अरु राम्रा मन्त्रालय लिन सकेन ।
६ गुटगत मानसिकताले मन्त्री छनौट गरिएकोले मन्त्री छनौटमा योग्यता, इमान्दारिता आदि हेरिएन । त्यसैले कतिपय राम्रालाई पनि पूर्वाग्रहवश मन्त्री बनाइएन । आदि, इत्यादि ।
९ कतिपय बुज्रुकहरुले यस्ता कुरा पार्टी भित्रै राख्नु पर्छ भनेर अर्ति दिने छन् फेरि तर मैले माथि नै सङ्केत गरी सकेको छु पार्टीमा राख्ने अवसर नै कहाँ पाइयो र पाइन्छ र ?

रामकुमारी झाँक्रीले त मन्त्रीको नाम देखेर एउटा गीत नै सम्झनुभयो । उहाँले आफ्नो फेसबुकमा लेखेको टिप्पणी छ :

थोड़ा इन्तजारके और मज्जा लिजिए

और मज्जा लिजिए ।।

२०५४ सालको माघ महिना तिरको कुरा हो यो । नेकपा एमाले को छैठौ महाधिवेशन हुदै थियो नेपालगंजमा । हामी फ़रक मतवाला । महाधिवेशन स्थल भन्दा करीव करीव २÷३ किलोमीटर वरपर जान हामीलाई करीव करीव प्रतिबन्ध थियो ।
पुष्पलाल चोक वरपर थियो हाम्रो केन्द्र ।दिनभर वस्ने के भएको छ भनेर बन्दशत्रको सूचना लिने सिनियरहरूले गरेको बिश्लेषण सुन्ने ।
दिनहरू यसरी बितीरहेका थिए । मेरो मनमा अनेक कुरा खेल्न थाले म एकदम निराशा भएँ त्यो अर्घेलो व्यवहार देखेर । हामीहरू कुरा गरीरहेका थियौ हाम्रो पार्टीमा कसरी संकट देखिदै छरु हाम्रो समाज, हाम्रो राजनीति कसरी संकटमा पर्दैछ भनेर ?
ठिक त्यही वेला कुन्नी कुन फ़िल्म हो नाम त बिर्से, कसमू हो कि ? त्यसको खुव प्रचार प्रसार हुदै थियो ।रिक्सामा माइक राखेर ठूल्ठलो आवाजमा गीत बज्दै थियो
थोड़ा इन्तजारके और मज्जा लिजिए और मज्जा लिजिए
टंक कार्की दाइले त्यही गीत गाएर सम्झाउनु भएको थियो । राजनीति कति निर्मम हुन्छ भन्ने कुराको एउटा दृष्टान्त थियो योगेश दाइ र रूपनारायण को पार्टी संगठित सदस्यता नै हलले खारेज गरेको थियो त्यो बेला । मलाई आज त्यही दिन र त्यही गीत को याद आईरहेको छ ।
तर पार्टी सचिव शंकर पोखरेलले फेसबुका गरेको टिप्पणी चाहिँ अर्कै छ ।
नेकपा एमालेका तर्फबाट पार्टी नेता कमरेड वामदेव गौतमको नेतृत्वमा सरकारमा नयाँ व्यक्तिहरुको टिमले प्रवेश पाएको छ । सरकार संचालनको प्रत्यक्ष अनुभव नभए पनि राजनीतिको जीवन संघर्षमा आफ्नै प्रकारको विशिष्ट योगदान दिएका कमरेडहरु नै पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुनु भएको छ ।
नेपाली कांग्रेसका पुराना अनुहारसंगको सहकार्यमा नेकपा एमालेको नयाँ र जुझारु व्यक्तिहरुको यस टिमले अनुभवी र जुझारु नेता कमरेड वामदेव गौतमको नेतृत्वमा आफ्नो मिसन पुरा गर्न र पार्टीको प्रतिष्ठा माथि उठाउन सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
साथै आज मन्त्रीपदको सपथ ग्रहण गर्नुहुने कमरेडहरु उपप्रधानमन्त्री तथा गृहमन्त्री कमरेड वामदेव गौतम, परराष्ट्रमन्त्री कमरेड महेन्द्र पाण्डे, स्वास्थमन्त्री कमरेड खगराज अधिकारी, उर्जामन्त्री कमरेड राधाकुमारी ज्ञवाली, पर्यटनमन्त्री कमरेड भिम आचार्य, सामान्य प्रशासन मन्त्री कमरेड लालवावु पण्डित, उद्योग मन्त्री कमरेड कर्णवहादुर थापा, भुमिसुधार मन्त्री कमरेड दलवहादुर राना, युवा तथा खेलकुद मन्त्री कमरेड पुरुशोत्तम पौडेल र कृषि व्यवस्था मन्त्री कमरेड हरी पराजुलीलाई धेरै धेरै वधाई तथा कार्यसफलताका हार्दिक शुभकामना ।
नेपाली कांग्रेसका तर्फवाट सरकारमा सहभागी सम्पूर्ण मन्त्रीहरुलाई पनि धेरै धेरै वधाई । प्रमुख दुई पार्टीको सहभागीता रहेको यस टिमले सरकार गठनका समयमा पैदा भएको तिक्ततालाई विर्साउने गरी गठवन्धन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने शुमेच्छा समेत प्रकट गर्दछु ।

खोला खुसुक्क दर्ता गर्न खोज्ने विरुद्ध उजुरी

बाजुरा, फागुन – बाजुरा बाजुराको कोर्दीगाड खोला खुसुक्क दर्ता गर्न खोज्ने विरुद्ध जल जमिन र जंगलको अग्राधिाकार माग राख्दै स्थानीय उपभोक्ताको उजुरी परेको छ ।

स्थानीय उपभोक्तालाई कुनै जानकारी नगराई गएको साउनमा बुढीगंगा गाविसका तत्कालिन सचिव कृष्णप्रसाद जैशीले खोला दर्ताको सिफारिस गरेपछि दर्ता खारेजी गरीपाऊँ भन्दै जिल्ला जलश्रोत समिति समक्ष उजुरी दिएको स्थानीय उपभोभोक्ता पदम बडुवालले जानकारी दिनुभयो ।

ब्रमतोलाको लागि प्रस्तावित कोर्दीगाड लघुजलविद्युत आयोजना सञ्चालन गर्न स्थानीयसँग कुनै सहमती नगरी ब्रमतोला गाविसका जनताले उपभोक्ता समिति सहित गठन दर्ता प्रक्रिया अगाडि बढाएका थिए ।
जलश्रोत नियमावली २०५० को नियम १९ को उपनियम २ मा परियोजना सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा जसले पनि उजुरी दिन सक्ने व्यवस्था अनुसार जिल्ला विकास समिति बाजुरा जलश्रोत समितिले ले ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
सूचना प्रकाशन भएपछि गाविसका अर्का सचिव मदनराज जैशीले दर्ता खारेजीको लागि अर्को सिफारिस पत्र पठाएपछि एक सचिव सिफारिस गर्ने अर्को सचिव उजुरी परेको भन्दै रद्ध गर्ने सिफारिसले थप विवाद उत्पनन भएको छ ।
एकसय ७३ जना स्थानीय उपभोक्ताहरुको हस्ताक्षर सहित उजुरी परेपछि स्थानीय विकास अधिकारी विष्णुप्रसाद घिमिरेले आज अपरान्ह चार बजेपछि पत्राचार गर्नुभएको छ ।