Friday, August 9, 2013

‘…यस्तो एसपी फेरि नजन्मियोस भन्नुहोला’

भर्खरै मोरङ प्रहरी प्रमुखको पद सम्हालेका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र जिल्लालाई अपराधमुक्त बनाउने दाबी गरेका छन् ।


काठमाडौबाट सरुवा भई ११ साउनमा विराटनगर आएका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफ्ना कर्मचारीसँग परिचय गर्न नभ्याउँदै १२ साउनमा पत्रकार सम्मेलन गरेर आफू आर्थिक प्रलोभनमा परेको थाहा पाए ‘तपाई जस्तो नालायक एसपी फेरि पृथ्वीमा नजन्मिउन’ भनेर गाली गर्न पत्रकारलाई आग्रह गरेका छन् ।


आफ्ना कुरा रेकर्ड गरेर राख्न आग्रहसहित उनले एउटै कुरा तेस्रो पटकसम्म भने –“म आर्थिक प्रलोभनमा परें भने यस्तो नालायक एसपी फेरि नजन्मियोस भन्नु होला ।”
आफ्नो कुरा पत्रकारलाई सुनाएर मात्रै काम थालनी गर्न भेटघाट कार्यक्रम राखिएको बताउ“दै पोखरेलले आर्थिक प्रलोभनमा पर्नु पर्ने अवस्था आए नालायक बन्नु भन्दा सरुवा मागेर मोरङबाट जाने दाबी गरे ।
“समाज बिग्रिनुको मुख्य जड नै आर्थिक प्रलोभन हो” उनले आफू तलव र रासनको भरमा मात्रै रहने स्पष्ट पारे । मातहतका कर्मचारी पनि आर्थिक प्रलोभनमा परेर गलत काम गरेको थाहा पाए तत्काल कारवाहीको दायरामा ल्याउने उनको भनाई छ ।
“अपराधीलाई कारवाही गर्न नसक्नु, तस्करी रोक्न नसक्नु पनि आर्थिक प्रलोभनमा पर्नु हो” पोखरेलले भने, “कुनैपनि विषयमा पारदर्शी रहेर ब्यवसायीक धर्म भन्दा बाहिर गएर काम गर्दैन ।”
उनले समाजका सबै खाले बिकृति हटाउन सञ्चार माध्यमको भुमिका आवश्यक भएको भन्दै राजनीतिक संरक्षणमा रहेर गुण्डागर्दी गर्ने, टेण्डर कब्जा गर्ने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सञ्चारकर्मीको सहयोग चाहिने उल्लेख गरेका थिए ।

Thursday, August 8, 2013

चुरोट पिउनेहरु सावधान !

विश्वमा धेरै मानिसले धूमपान गर्छन् । धूमपान स्वास्थ्यको लागि हानिकारक हुन्छ भन्ने अधिकांशलाई थाहा हुन्छ तरपनि धूमपानको लत छाड्न मानिसहरुले सकिरहेका हुन्नन् ।
धूमपानको खतराबारे उपभोक्तालाई जानकारी गराउन र धूमपानको लत छाड्न लगाउन राज्यले चुरोट लगायतका धूमपानजन्य उत्पादनका खोलमै चेतनामूलक सन्देश तथा डरलाग्दा तस्वीरहरु राख्नुपर्ने नियम बनाएको हुन्छ ।         तरपनि मान्छेले चुरोट, खैनी छाड्न सकिरहेका छैनन् । हालै वैज्ञानिकहरुले अम्मलीहरुलाई चुरोटको लतबाट छुटकारा दिनको लागि भन्दै बोल्ने चुरोटको आविष्कार गरेको समाचार आएको थियो । त्यस्तो वैज्ञानिक जुक्ति कामयावी होला नहोला केही भन्न सकिने अवस्था छैन । तर यो तस्वीरहरु हेर्ने होभने अवश्यपनि धूमपानप्रति डर लागेर आउनेछ र यदि तपाईंले चुरोट पिउनुहुन्छ भने एकपटक गम्भीर भएर सोच्न बाध्य हुनुहुनेछ ।

वीरेन्द्रनगर बजार क्षेत्रको पार्किङ व्यवस्थापन व्यापारीले गर्दा ६ महिना नपुग्दै अलपत्र


सुर्खेत, २२ साउन । वीरेन्द्रनगर नगरपालिकाले सुरु गरेको वजार क्षेत्रमा पार्किङ व्यवस्थापन कार्य अलपत्र भएको छ । बजार क्षेत्रमा सवारी साधनको चाप बढी भएपछि नगरपालिकाले केही क्षेत्रमा सशुल्क पार्किङ व्यवस्थापन सुरु गरेको थियो । तर करिव ६ महिनामै उक्त व्यवस्थापन अलपत्र भएको छ । नगरपालिकाका अनुसार सुर्खेत बजारका स्थानीय र व्यापारीहरुले नै संचालन भइरहेको पार्किङ व्यवस्थापन कार्य वन्द गराएका हुन् । व्यवसायीहरुले पसल अगाडि सवारी साधन पार्किङ गराउँदा व्यापार नभएको भन्दै पार्किङ वन्द गराएको आरोप नगरपालिकाले लगाएको छ ।
असारको दोस्रो हप्ताबाट बजारमा पार्किङ व्यवस्थापन बन्द भएको नगरपालिकाले बताएको छ । बजारका व्यापारीहरुले पार्किङले आफ्नो व्यापारमा घाटा लाग्यो भनेर सुर्खेत उद्योग वाणिज्य संघमा उजुरी दर्ता गराएपछि सुर्खेत उद्योग वाणिज्य संघ, नगरपालिका, बजारका व्यवसायी र पार्किङ को जिम्मा लिएको सहारा नेपालवीच छलफल गरेपछि अभियान वन्द गरिएको नगरपालिकाका अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनले गत असारको १७ गते वसेको छलफलले सात दिनभित्र व्यवसायीहरु आफैले पार्किङ व्यवस्थापनका लागि नयाँ कार्ययोजना ल्याउने र यदि ल्याउन नसके पुन: पुरानै कार्ययोजना लागू गर्ने निर्णय भएर पार्किङ अभियान वन्द गरिएको बताए । तर निर्णय भएको एक महिना वितिसक्दापनि व्यवसायीहरुले पार्किङ व्यवस्थापनका लागि कुनै नयाँ कार्ययोजना नल्याएको पौडेलले जनाए । उनले कार्ययोजना नआएपछि पुरानै कार्ययोजनाबाट पार्किङ सुरु गरिने निर्णय व्यवसायीहरुकै सहमतिमा भएकाले पुन: छलफल गरेर पुरानै कार्ययोजनामा अभियान सुरु गरिने बताए । व्यवसायीहरुले पार्किङ व्यवस्थापनको नयाँ कार्ययोजना बनाउनका लागि सुर्खेत उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष श्यामसुन्दर गुप्ताको संयोजकत्वका समिति गठन गरेको तर अहिलेसम्म नयाँ कार्ययोजना नल्याएको नगरपालिकाले जनाएको छ । अस्तव्यवस्त बजारमा पार्किङको व्यवस्थापन गर्न सबै तयार हुनुपर्ने भएकोले व्यवसायीहरुलाई नयाँ योजना ल्याउन सात दिनको समय दिएको तर साउन महिना सकिन लाग्दापनि नआएपछि अव पुरानै योजना अनुसार काम सुरु गरिने जानकारी अधिकृत पौडेलले दिए । नगरपालिकाले पार्किङ व्यवस्थापन कार्य गर्दा सुरुमा ग्रीनल्याण्ड फुटवल एकेडेमीलाई तीन महिनाको लागि पार्किङको जिम्मा दिएको थियो । तीन महिना पुगेपछि सूचना जारी गर्दा ग्रीनल्याण्ड फुटवल एकेडेमीले आवेदन नहालेर सहारा नेपालले आवेदन दिएपछि नगरपालिकाले सहारा नेपाललाई पार्किङको जिम्मेवारी दिएको थियो । यता सुर्खेत उद्योग बाणिज्य संघले व्यवसायीहरुलाई मर्का नपर्ने गरी नगरपालिकाले पार्किङ व्यवस्थापन गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष पदमबहादुर शाहीले तल्लोबजारका स्थानीय तथा व्यापारीहरुले पार्किङ व्यवस्थापनमा असन्तुष्टि जनाएर उजुरी गरेपछि सवैको छलफलबाट सात दिनभित्र कसैलाई मर्का नपर्ने गरी नयाँ कार्ययोजना ल्याउनका लागि वन्द गरिएको बताए । उनले एक महिना वितिसक्दापनि कार्ययोजना किन दिन सकेनन् त्यसवारे आफूलाई थाहा नभएको जनाउँदै उनले नगरपालिकाले नै पार्किङ व्यवस्थापन गर्नुपर्ने जिकिर गरे । बजार क्षेत्रको मुख्य भाग मंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म सवारीसाधनहरु पार्किङ गर्दा शुल्क लिने गरिएको थियो । जसले गर्दा पार्किङ व्यवस्थापनमा केही सुधारपनि आएको थियो तर अहिले व्यवस्थापन अलपत्र भएपछि पार्किङपनि अस्तव्यस्त बनेको छ ।

Monday, August 5, 2013

१५ वर्ष सम्म ओढारमा बस्दै आएका ७८ बर्षिय हस्तबहादुरले नया घर पाए


चितवनको विकट पहाडी गाविस सिद्धिको ओढारमा १५ बर्ष देखि बस्दै आएका ७८ बर्षिय हस्तबहादुर चेपाङले नयाँ घर पाएका छन् । श्रीमती छोरा छोरी कोही नभएका एकल हस्तबहादुरको लागि होटल मोनालिसा सौराहाका सञ्चालक केशब खनालले बस्ने घर बनाईदिएका हुन । सिद्धि–८ पाईमाराङमा खनालले १ लाख रुपैयाको लागतमा सो घर बनाईदिएर हस्तबहादुरलाई हस्तान्तरण गरेका हुन् ।

घर हस्तान्तरण कार्यक्रमको चेपाङ अभियान्ता गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य होमनाथ सापकोटा,प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, पत्रकार दीपेन्द्र बडुवाल लगायतले विपन्न चेपाङलाई घर बनाईदिएकोमा पर्यटन व्यवसायी केशव खनाललाई धन्यबाद व्यक्त गरेका थिए । होटल व्यवसायी खनालले हस्त बहादुरलाई आवश्यक पर्ने कपडा,भाडा सहित उनलाई बाचुञ्जेल चाहिने खाद्यन्न उपलब्ध गराउदै आएका छन भने हस्त बहादुरलाई हेरचाह गर्ने शेर बहादुर चेपाङको परिवारलाई प्रोत्साहन स्वरुप १० हजार रुपैया दिने समेत खनालले बताएका छन् ।

Sunday, August 4, 2013

अमिताभ बच्चनले फैलाए बुद्ध नेपालमा जन्मिएको सन्देश


काठमाडौ , १९ साउन केही समयअघि भारतीय च्यानल सोनीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा कार्यक्रम सञ्चालक एवं बलिउडका महानायक अमिताभ बच्चन र एक पुरुष प्रतियोगिबीचको प्रश्नोत्तरले नेपाली दर्शकको पनि ध्यान तान्यो । अमिताभ बच्चन: अब ६ लाख ४० हजार रुपैयाँ (भारु) का लागि प्रश्न छ, गौतम बुद्धसँग जोडिएका यी मध्ये कुनचाँही घटना नेपालमा भयो । तपाईका लागि अप्सन छन्ः- एः जन्म बीः ज्ञान प्राप्ति सीः पहिलो उपदेश डीः महापरिनिर्वाण ।

प्रतियोगीः ज्ञान प्राप्ति बोधगयामा भएको थियो । उनले पहिलो उपदेश सारनाथमा दिएका थिए । महापरिनिर्वाणचाँही मेरै जिल्ला अर्थात कुशीनगरमा प्राप्त गरे । निश्चय नै बुद्धको जन्म नेपालमा भएको हो । त्यसैले मेरो उत्तर हुनेछ, ‘एः जन्म ।’ अमिताभः के यो फाइनल उत्तर हो ? प्रतियोगीः बिलकुल । अमिताभः एः जन्म यानि बर्थ मा ताला लगाउँदा हुन्छ ? प्रतियोगीः बिलकुल ताला लगाए हुन्छ । अमिताभः कम्प्युटरजी, ए जन्म यानि बर्थ मा ताला लगाउनुस र बताउनुस यो जवाफ सही हो कि हैन ? (कम्प्युटरले ए अप्सनमै हरियो संकेत गरेपछि) तपाई बिलकुल सही हुनुहुन्छ । एः जन्म नै सही उत्तर हो । तपाईले ६ लाख ४० हजार रुपैयाँ (भारु) जित्नुभयो । बधाई छ । धन्यवाद छ, अमिताभलाई पनि । भारतै कतिपय मिडिया र मिसिनरीले ‘भगवान गौतम बुद्धको जन्म भारतमा भएको’ गलत प्रचार गरिरहेका बेला ‘बिग बी’ ले आफूलाई सत्यको पक्षमा उभ्याएका छन् । आखिर सही जवाफ यही हो, बुद्धको जन्म नेपालमा भएको हो । यो सही जवाफ जव भारतको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ मार्फत विश्वभर फैलियो, नेपालीमाझ खुसी सञ्चार भयो । सामाजिक सञ्जालहरुमा अमिताभको व्यापक प्रसंसा भइरहेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

चीनमा बन्दैछ ६ सय ३० मिटर टावर


२० साउन, नेपाल। चीनको सबैभन्दा अग्लो टावर बनाएको छ । विश्वको दोस्रो अग्लो भवन शांघाई टावर लगभग तयार भएको छ । आकास छोइएला झै अग्लो भवनको अन्तिम बीम राखिएकोमा खुसी मनाइएको छ । अन्तिम बीम राखिएपछि शांघाई टावरले औपचारिक रुपमा ताइवानको ५ सय ९ मिटर अग्लो ‘ताइपे १०१’ एसियाको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा गर्नेछ ।

shanghai tower निर्माण पूरा हुँदा यसको उचाई ६ सय ३० मिटरभन्दा बढी हुनेछ । जुन विश्वको सबैभन्दा अग्लो भवन हुनेछ । तर, यो विश्वकै अग्लो दुबईको बुर्ज खलीफाभन्दा करिव २ सय मिटर होचो हुनेछ । बुर्ज खलीफाको उचाई लगभग ८ सय ३० मिटर छ । चीनमा आर्थिक विकासका क्रममा व्यापारिक केन्द्र बनेको शांघाईमा यो नयाँ भवनहरुको समूहमा अन्तिम समूह हुनेछ । यो चीनको लौजियाशुई फाइनान्स एण्ड ट्रेड जोनमा बनेको छ । जसमा शांघाई वल्र्ड फाइनान्सियल सेन्टर र जिन माओ टोवर बनेको छ । शांघाई टावर बनाउन लगभग २.४ अरब डलर लागेको छ । यो २०१४ मा बनिसक्नेछ । यसको निर्माण २००८ मा शुरु भएको थियो । यसको डिजाइन अमेरिकी कम्पनी जेंसेलरले बनाएको हो । शांघाई टावरमा हारामदायक होटलदेखि संग्राहलयसम्म हुनेछ । -बीबीसी

अन्डाले रक्तचापलाई समेत नियन्त्रणमा राख्न सक्छ!


दैनिक अण्डा खानाले तपाईको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाईलाई खुशीको खबर छ। हजुर जुन अन्डालाई तपाई हानिकारक सम्झनुहुन्छ नि त्यहि अण्डा अब तपाईको लागि औषधि सावित हुन पनि सक्छ। अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो। EGG WHITE

विश्वको सबै भन्दा ठुलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी(एसिएस)को २४५औं राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पिएचडी होल्डर झिपेंग यु को भनाइ छ कि, “हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई “अविश्वसनीय र खान योग्य” एउटा अर्को कारण पनि निस्किएको छ।” अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय त छदै थियो तर अहिले आएर पत्ता लागेको छ कि यसले रक्तचापलाई समेत नियन्त्रणमा राख्न सक्छ। अनुसन्धानकर्ताको दावी छ।

दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाउनुहोस


दादले हैरान हुनुहुन्छ ? निम्न ५ घरेलु उपाय अपनाएर दादवाट छुटकारा पाउन सकिन्छ । यि मध्ये कुनैपनि उपाय अपनाउन सकिन्छ । १. केराको भित्री भागमा कागतीको रस मिसाएर नियमित लगाउनुपर्छ । २. का“चो आलुको रस वनाएर सेवन गर्नाले पनि दाद हराउछ । ३. हरेक तीन दिनको अन्तरमा सुत्ने समय वेसारको लेप वनाएर लगाउनुपर्छ ।

४. अनारको पात पिसेर लगाउनुपर्छ । ५. दैनिक चार पटक कागतीको रस लगाउनुपर्छ । मनोरञ्जनात्मक भिडियो सामाग्री हेर्न तल क्लिक गर्नुहोस ।

* स्तनपान सप्ताह शुरु ।।


सुर्खेत, १७ साउन । 

विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
प्रत्येक वर्ष अगष्ट एक तारिखदेखि ७ तारिखसम्म मनाइने सप्ताहमा यो वर्ष शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं भन्ने नारा राखिएको छ ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढाउन, जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउनेको संख्या बढाउन तथा स्तनपानको महत्वका बारेमा स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिन्छ ।
आमाको बिघौती दुध बच्चाका लागि पहिलो खोप हो भने यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ ।
स्तनपान नगराउनाले बच्चाहरुलाई रोग लाग्ने, शारीरिक विकास अवरुद्ध हुनुका साथै मृत्यु समेत हुने भएकोले बच्चा जन्मेको एक घण्टा भित्रै आमाको दुध खुवाउनुपर्छ । 
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ को तथ्यांक अनुसार शिशु जन्मेको १ घण्टाभित्र जम्मा ४५ प्रतिशत आमाले बच्चालाई आफ्नो दुध खुवाउने गरेका छन् । 
१५ प्रतिशत बालबालिकाले त एकदिन पछि मात्रै आमाको दुध खान पाएको तथ्याँकले देखाएको छ ।