Friday, August 2, 2013

श्रीमती मोटी हुादा श्रीमानको इज्जत बढ्ने संस्कार


  

अफ्रिकालाई विश्वको चिडियाघर पनि भनिन्छ । यहाँ केवल वन्यजन्तुको विविधता मात्र होइन मानव सभ्यतामा पनि निकै विविधता पाइन्छ । अफ्रिका महादेशमा विश्वको सबैभन्दा पूरानो सभ्यतादेखि लिएर अत्याधुनिक सभ्यतासम्म देख्न पाइन्छ । अफ्रिकालाई अँध्यारो महादेशपनि भनिन्छ । यसको अर्थ यहाँ यस्ता परम्परागत तथा अन्धविश्वासी सभ्यता छन् जहाँ मानिसहरुमाथि नै पशुवत व्यवहार हुन्छ । अफ्रिकाका विभिन्न देशका आदिवासी समुदायमा महिलाहरुको स्थिति निकै नाजुक छ । जहाँ महिलाहरु पशुसरह किनबेच हुन्छन्,

पुरुषका साधनका रुपमा दुरुपयोग गरिन्छन् अनि परम्पराको नाममा ठूलो पीडा सहन्छन् । पश्चिमी सहारा तथा सेनेगलको मध्यस्थित मरिटानियामा एउटा यस्तो परम्परा हावी छ जहाँ पुरुषहरुले महिलामाथि निकै अनौठो तानाशाही हुकुम लादिरहेका छन् । त्यहाँका पुरुषहरु महिलाहरुमाथि जबर्जस्ती मोटाउन दबाब दिन्छन् । केटीहरुलाई सानै उमेरदेखि बाबुआमाले नै शरीर मोटो बनाउन भन्छन् र यो क्रम महिलाहरुको बिहे तथा उमेर छिप्पिंदासम्म रहिरहन्छ । छोरी मोटाइ भने राम्री देखिन्छे र राम्रो केटाले मन पार्छभन्ने विश्वास बाबुआमा हुन्छ र युवकहरुले पनि मोटी युवतीलाई मन पार्छन् ।
    त्यो समुदायमा महिलाको मोटोपनालाई सम्पन्नता तथा सम्वृद्धिको प्रतिक मानिन्छ भने दुब्ली पत्नीलाई गरिबी तथा लाचारीको प्रतिकको रुपमा लिइन्छ । त्यहाँका पुरुषहरुले आफ्नी श्रीमतीको मोटोपनलाई आफ्नो इज्जतसंग जोड्छन् र मोटी श्रीमती भएका लोग्नेको इज्जत बढी हुन्छ । त्यसकारण उनीहरु श्रीमतीको वजन बढाउने कोसिसमा लाग्छन् । श्रीमतीलाई मोटो बनाउने निहुँमा यस्ता चिज समेत खुवाइन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छन् । महिलाहरुलाई खाजामा ऊँटको दुध, ब्रेड तथा बोसो उक्त खानेकुरा खान दिइन्छ । साथै बाख्राको मासु तथा बढी बोसो भएको मासु खुवाइन्छ । महिलालाई मोटी बनाउने यो परम्परालाई गावेज भनिन्छ । यो एक फ्रेन्च शव्द हो जसको अर्थ खानेकुरामा जबर्जस्ती गर्ने । जबर्जस्ती मोटो बन्नुपर्नाले त्यहाँका महिलामा अस्वस्थता बढिरहेको छभने विभिन्न रोगका सिकार बनिरहेका छन् । तर परम्पराको नाममा स्वास्नी मोटी बनाउने यो संस्कार फष्टाइरहेको छ ।

 

छिन्चु–जाजरकोट सडकमा कालोपत्रे हुदैं



जाजरकोट, १६ साउन ।   

ठाउँठाउँमा गाडी फेरेर कष्टपूर्ण यात्रा गरिरहेका जाजरकोटवासीहरु ५ महिनापछि 
नेपालगन्जसम्मै निर्वाधरुपमा गाडी चढ्न पाउने भएका छन् । पाँच वर्षअघिसम्म पनि सडक संजालको राम्रो पहुँच नभएको  जाजरकोट सदरमुकाम खलंगा जोड्ने छिन्चु– जाजरकोट सडकखण्डमा  ५ महिनाभित्र  कालोपत्रे र भेरी नदीमा पुल निर्माणको  काम सकिने भएपछि जाजरकोटवासीको  कष्टपूर्ण यात्राबाट मुक्ति पाउने भएका हुन्

  ।
    १८ महिनाभित्र सडक विभागले विश्व बैंकको सहयोगमा कालोपत्रे गर्ने गरी काम सुरु गरे अनुसार अव काम पुरा हुन ५ महिना बाँकी रहेको वताइएको छ । सुर्खेतको पोखरेदेखि सदरमुकाम खलंगासम्म विश्व बैंकको सहयोगमा विभागले गतवर्षको बैशाखदेखि कालोपत्रेको काम सुरु गरेको थियो ।
    अहिलेसम्म जाजरकोटको भुर गाविसको आलीसम्म कालोपत्रेको काम भइरहेको र बाँकी काम ५ महिनाभित्र सकिने छिन्चु– जाजरकोट सडक निर्माण योजनाका  प्रमुख दिपक केसीले बताए । उनले कालोपत्रै गर्नुपर्ने जम्मा ८० किलोमिटर मध्ये ५० किलोमिटर सडक कालोपत्रै भइसकेको र ३० किलो मिटर मात्र बाँकी रहेको  बताए । बीचमा कुनै कारणले  काम नरोकिए अवको ५ महिनाभित्र सदरमुकाम खलंगाको शान्ति चौतारासम्म कालोपत्रे गरिसक्ने गरी काम भइरहेको उनको भनाइ छ । कालोपत्रेको लागि पर्खाल लगाउने, कल्भर्ट भर्नेलगायत सडक सुधारका काम भइसकेकोले योजना निर्धारित अवधिमा सम्पन्न हुने केसीले बताए ।
    केसीका अनुसार कालोपत्रेका लागि विश्व बैंकले सडक विभागको वैदेशिक महाशाखा संग ५० करोड रकम सम्झौता गरेको  थियो । कालोपत्रेको काम सुरु गर्न विभिन्न ३ वटा निर्माण कम्पनीहरुले गतवर्षको बैशाखको अन्तिम सातादेखि काम सुरु गरेका थिए ।
    सुर्खेतको पोखरेदेखि सल्यानको सल्ली बजार पहिलो भाग तथा सल्लीवजारदेखि  जाजरकोटको छेडाचौरसम्मको दोश्रो भागको कालोपत्रे गर्ने जिम्मा आशीष गोर्खा जेभीले लिएको छभने छेडाचौरदेखि कुदुसम्म तेश्रो भागको वाइपी गौरी पार्वती जेभीले र  कुदुदेखि सदरमुकाम खलंगाको शान्ति चौतारासम्म चौथो भागको हिम्दु थोक्कर र भैरवी नामक निर्माण कम्पनीले  लिएको छ ।
    नेपाली सेनाले सुर्खेतको औलझयामदेखि  खलंगासम्म निर्माण गरेको ४५ किमी  सडक सडक विभागलाई हस्तान्तरण गरेलगत्तै विश्व बैंकको सहयोगमा सुर्खेतको पोखरेदेखि ८१ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको थियो  ।
    सडक कालोपत्रे भएर सडकको स्तर सुधार भएपछि स्थानीयहरु पनि निकै खुसी भएका छन् । खलंगा–३ का वालकुमार शर्माले कालोपत्रेपछि कष्टपूर्ण गाडीको यात्रा गर्नु नपर्ने भएकोमा खुशी लागेको बताए । ‘जे भएपनि पक्की सडक वने सवै कामको यात्राका लागि सहज हुनेभयो’, उनले भने ।
    सशस्त्र द्वन्द्वका कारण सात बर्षसम्म निर्माण कार्य अलपत्र परेको सडक पुरा गर्ने जिम्मा सरकारले २०६१ सालमा नेपाली सेनालाई दिएको थियो । सेनाले उक्त  सडक निर्माण कार्य सम्पन्न गरेर गतवर्षको चैत्र ७ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । द्वन्द्वका कारण ६२ किमी सडक निर्माण गरेर वीचैमा काम छोडेको विश्व वैंकले फेरि उक्त सडकमा  कालोपत्रेका लागि सहयोग गरेको हो ।

द्वन्द्वप्रभावित बालबालिका र युवाका लागि परियोजना संचालन

सुर्खेत, १६ साउन ।
    सुन्दर नेपाल संस्था, सुर्खेतको अगुवाईमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा द्वन्द्व प्रभावित बालबालिका र युवाहरुको सामुदायिक पुन: एकीकरणका लागि सहयोग कार्यक्रम संचालन हुने भएको छ ।
    संस्थाले बुधवार एक कार्यक्रमको आयोजना गरी विभिन्न जिल्लास्थित गैरसरकारी संस्थाका प्रमुखहरु बीच परियोजना संचालन तथा कार्यान्वयन सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।


    युनिसेफ नेपालका प्रतिनिधि रामप्रसाद गौतमको विशेष उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष बुद्धिप्रसाद सापकोटा एवं विभिन्न जिल्लाका ९ वटा संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
    युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा मध्य र सुदूरपश्चिमका विभिन्न १६ जिल्लामा संचालन हुने कार्यक्रमबाट सशस्त्र द्वन्द्वका बेला प्रत्यक्ष संलग्न भएका एवं प्रभावित बालबालिका र युवाहरु लाभान्वित हुने बताइएको छ ।
    संस्थाले दिएको जानकारी अनुसार परियोजना मध्यपश्चिमका दैलेख, बर्दिया, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान, दाङ, जुम्ला, मुगु, बाँके, रोल्पा, रुकुम तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुलामा संचालन हुनेछ । परियोजना अन्तर्गत लक्षित वर्गलाई औपचारिक शिक्षा सहयोग, मनोवैज्ञानिक परामर्श सहयोग, सीपमूलक तालिम लगायतका सहयोग प्रदान गरिने सुन्दर नेपाल संस्थाका परियोजना प्रवन्धक कुमार भण्डारीले बताए । 
 

Thursday, August 1, 2013

कुकुरसहितको म्याराथुनमा नेपाली युवा विजयी

वेल्जियम। गत वर्षको डिसेम्वरमा कल्याणकारी राज्यको अवधारणा व्याख्या गर्दै विविसि नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र वेल्जियम ओर्लँदा सन्तोष खड्का जस्ता धेरै नेपालीहरुले उनलाई साथ दिए। मिश्रले अगुवाइ गरेका परोपकारी कार्य वाट प्रभावित नहुने कमै होलान् तर थोरैले मात्र परोपकारलाई अगाडि वढाउने प्रण गर्छन्। अरुको अभियानमा सहयोग गर्ने मानिसको कमि छैन वेल्जियममा तर आफैले नयाँ अभियानको

शुरुवात गरेका व्रसेल्स निवासी नेपाली युवाले सफलता कथा रचेका छन्।
 ‘अक्सफान यूके’ ले वेलायतको ट्रेलवाल्करमा आयोजना गरेको सय किलोमिटर दूरी निर्धारित समय अगावै सम्पन्न गरेर सन्तोष को समुह ‘सिल्भर कप’ विजेता वनेको छ। तीस घन्टा भित्र तोकिएको दूरी पार गर्नुपर्ने प्रतिस्पर्धामा आधा भन्दा वढी सहभागीहरु ‘क्वलिफाईड’ नै हुन सकेनन् तर प्रतिकुल मौसम र सामान्य स्वास्थ समस्याको वावजुद पनि पच्चीस घन्टामा सय किलोमिटरको उकाली ओराली गरीछाडे उनले।गरीवीको कारण शिक्षा हासिल गर्न नसकेका वालवालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले दौड अविधि भर उनीहरुलाई उत्साहित गरिरह्यो सफलता हात पार्न।
उद्देश्य किटान गरेपछि लक्ष्यमा पुग्न त्यती कठीन नहुने अनुभव उनको टिमको छ। एउटा कुकुर र आफ्नै भाइलाई समुहमा समावेश गरेका उनले थकाइको वारेमा सोच्ने विचार नै गरेनन्, न त असफताको शंका नै गरे। जसरी पनि असल नागरीकको दायित्व पुरा गर्नपर्छ भन्ने आफ्नो मन मष्तिष्कमा लागेको स्मरण गर्छन् उनी यतिखेर। थकित शरीर तर प्रफूल्लित मुद्रामा व्रसेल्स आइपुगेका सन्तोष अन्य परोपकारी कार्यमा आफूहरु विस्तारै संलग्न हुने वताए।1
 ‘वेवु युनाईटेड’ नाम दिईएको उनको टिमले सवैको सहयोग पाएको छ। करिव सत्र सय पाउन्डको सहयोगको अपेक्षा गरेका उनीहरुले हालसम्म झण्डै दुई हजार पाउण्ड संकलन गरिसकेका छन्। उक्त रकम नेपाली वालवालिकाहरुको शिक्षामा खर्च गरिने आयोजकले जनाएको छ भने अन्य स्रोतहरु समेतबाट रकम संकलन हुनेछ।प्रतियोगिताका द्वितीय श्रेणी हासिल गरेका उनको टिमले प्राप्त गर्ने पुरस्कार समेत परोपकारी कार्यमा खर्च हुने वताइएको छ। सानो रुपमा भएपनि यसले अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउने अपेक्षा गरेका सन्तोष वताउँछन्।
प्रतिपर्धा मार्फत सानो सहयोग उपलव्ध गराउन सफल भएतापनि यसको श्रेय भने आफ्ना शुभचिन्तक मित्रहरुलाई दिन्छन्। नेपाली गोर्खाली सैनिकको सहयोगको उनी विशेष प्रशंसा गर्छन् भने यस अभियानलाई आर्थिक र नैतिक समर्थन गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरु प्रति आफ्नो फेसवुक मार्फत ‘हार्दिक धन्यवाद’ लेखेका छन्।

Wednesday, July 31, 2013

अचम्म छ बा...


रु २० को नोट धेरै लाग्छ जब हामी कुनै गरीबलाई दिन लाग्छौ, तर होटेलमा त्यहीटिप दिन धेरै कम लाग्छ ३ मिनटको लागि भगवानको नाम लिन मुस्किल हुन्छ, तर ३ घण्टाको फिल्म हेर्न सजिलो लाग्छ ... पुरा दिन काम गरेर Gym जान कत्ती थकाई लाग्दैन,
तर आमाबाबाको गोडा मिच्न हामीलाई थकाई लाग्छ Vanetine's Day को लागि हामी पुरा साल कुर्छौ, Mother's Day कहिले आउछ अनी जान्छ पत्तो हुन्न फलानो-ढिस्कानो नेताले यसो-उसो गर्‍यो भन्दै कुर्लन मज्जा लाग्छ, तर आफ्नै वडा तथा गाबिसमा भईरहेको भ्रस्टचारको बिरुध्ध बोल्न अप्ठेरो फोहोरको डुङुर नजिक बाट हिड्दा मनिषलाई सराप्न जोस आउछ, तर एउटै भये पनि मिल्किएको कागज टिप्न लाज फलानोले राम्रो काम गरेछ भनेर हौस्याउने २ शब्द लेख्न निन्द्रा लाग्छ, तर नेताहरुलाई गाली गर्दा तालीपिट्न आनन्द अचम्मै छ नि है...

मोहन रावल अनमोल 'अस्तु' का गजल

___गजल


खुपरी हँसायो निश्ठुरिले एक दुई दिन त...!!
मायामा फँसायो निश्ठुरिले एक दुई दिन त...!!

मायाको आँचल त्यो बिछ्याएर बरै...!
उठायो बसायो निश्ठुरिले एक दुई दिन त...!!



मुटुको चाल बढ्यो जिन्दगी बेहाल भो...!
छातिमा टँसायो निश्ठुरिले एक दुई दिन त...!!

नजरले हिर्कायो अथाह प्यार दिएर...!
अधरले डसायो निश्ठुरिले एक दुई दिन त...!!

मलाई सपना देखायो सुनौला सुनौल...!
बाहुमा कसायो निश्ठुरिले एक दुई दिन त...!!

यो सबै नाटक रहेछ बनावटी प्यार को...!
अस्तु राख घसायो निश्ठुरिले एक दुई दिन त...!!

मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाँच अछाम

मोहन रावल अनमोल 'अस्तु' का गजल

गजल- 

यौटा मान्छे दिलको ढोका उघारेर गएकोछ...!! 

तर उ याद छोडेर माया मारेर गएकोछ..!! 

हो, हिजो दिल दिएर आज धोका दिएर.. 
मलाई सडकमा पछारेर गएकोछ..!!


अली अगाडि देखी यो मुटुमा बसेकोथ्यो.. 
आज अचानक बसाई सारेर गएकोछ..!! 

सँगै जुनी बिताउने सपना देखेको थिएँ.. 
तिँ सबै सपना ओझेल पारेर गएकोछ..!! 

फेरी मेरो जिन्दगीमा नफर्कीने गरेर... 
'अनमोल' अश्रुधारा झारेर गएकोछ..!!

मोहन रावल अनमोल 'अस्तु' अछाम

साउदी अरेबियामा जेल जिबन नेपालीहरु

साउदी अरेबियामा जेल जिबन बिताइरहेका

नेपालीहरु यस्तो अबस्थामा छन् तर कसैले आज सम्म उद्धारको पहल नगरेको पिडितहरुको दाबी छ जनादबाब स्वरूप सक्दो सेयर गरेर सम्बन्धित निकाएमा यो संदेश पुराई बिजोगमा परेका नेपालीको उद्धारमा सहयोग गरौ

- -

Sunday, July 28, 2013

सुमी राईको शिघ्र स्वास्थ्यको कामना गर्छौ।

मलेशियामा हिजो भएको बस दुर्घटनामा परी घाइते भएकी सुमी राई।
धरान घर भ्एको सुमी राई(देवान) बेलुका कम्पनी बाट फर्कने क्रममा दुर्घटना भएको थियो।
वहाँको आफ्नत हाल कोही संपर्कमा छैन, यो फोटो share गर्दिनु हुन विन्रम आग्रह छ।
शायद तपाईं को एउटा share ले सुमी राई का आफन्त Facebook बाटै भिटिन्छन कि...??



सुमी राईको शिघ्र स्वास्थ्यको कामना गर्छौ।