Wednesday, October 19, 2016

२२ टिमलाइ हराउँदै बिद्यापुर १ पहिलाे स्थानमा

सुर्खेतकाे घाटगाउँ मा भएकाे फटबल प्रतियाेगितामा २२ टिमकाे सहभागिता रहेकाे थियाे जसमा सबै टिमलाइ पछाडि पर्दै पहिलाे स्थान हासिल गर्न सफल भएकाे छ । प्रथम पुरस्कार स्वरुप रु १५००० अायाेजक टिम द्वारा बिद्यापुर काे टिमलाइृ हस्तान्तरण गिरएकाे िथयाे

Sunday, October 16, 2016

सुर्खेतकाे लादेमा फ्रोस गाडी दुर्घटना

दैलेखबाट सुर्खेततर्फ आइरहेको बा ३ ख ४२७६ नम्बरको मध्यपश्चिम यातायात व्यवसायीको फोस्र गाडी दुर्घटना भएको हो । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी दिवाकर सिंहले जानकारी दिए । उनका अनुसार १३ जना यात्रु घाइते भएका छन् । ‘गाडी सडकमा पल्टिएको छ । दुर्घटनामा कसैको मृत्यु भएको छैन् ।’ सिंहले भने,–‘घाइते सवैको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।’ फ्रोस गाडीमा १९ जना यात्रु सवार थिए । तर घाइतेहरुको नामावली संकलन गर्ने क्रम जारी रहेको पनि क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ । http://paschimnepal.com/detail/2607