मेरुदण्डको माथिल्लो भाग तथा घाँटीभन्दा ठीक पछाडि टाउकोभन्दा तलको भाग अर्थात् गर्दनमा रहेका हाड, नसा, मांसपेशी तथा ग्रन्थि र वरपरका अन्य भागमा कुनै समस्या भएमा गर्दन दुख्ने समस्या आर्इपर्छ । यसरी दुखाइ हुने विभिन्न समस्या हुनुमा हाड-जोर्नी, मांसपेशी, नसाका रोगहरु नै प्रमुख कारण हुन् ।
यसका साथै गर्दनवरपर भएका रोगहरु वा अन्य समस्याहरुका कारणले पनि गर्दनमा दुखाइ ल्याउन सक्छ । गर्दनको दुखाइबाट धेरै व्यक्ति पीडित भएको पाइन्छ ।र्
गर्दन दुखाइका लक्षण
गर्दनमा कुन रोगले असर परेको छ सोहीअनुरुपका थप लक्षणहरु देखिने गर्छन् । टाउको दुख्ने, सामान्य वा अत्यधिक रुपमा रिंगटा लाग्ने, टाउको भारी भैरहने, टाउको मोड्न र यताउति हर्ेन निकै कठिनाइ हुने हुन्छ । काम गर्न, लेखपढ गर्न, हिँड्न-बस्न र सुत्नसमेत गाह्रो हुन्छ ।
यसका साथै रिंगटा लाग्ने, कमजोरी अनुभव हुने, कान र घाँटीको दुखाइ अनुभव हुने, पिठ्यूँ एवम् पूरा ढाडसमेत दुख्ने, हात गल्ने र हातले एक-दर्ुइ किलो सामान उचाल्न पनि नसक्ने, हात झमझम हुने हुन्छ । साथै औंलाहरुमा घोच्ने, लाटो हुने, पोल्ने आदि समस्या पनि गर्दन दुख्ने रोगका कारण हुन सक्छ । कसैलाई चक्कर लागेर लड्ने र पसिना छुट्ने पनि हुन्छ ।र्
गर्दन दुखाइका कारण
गर्दन दुखाइ विभिन्न कारणले हुने गर्छ । अनेकौं कारणहरुमध्ये हाडसम्बन्धी समस्याहरु प्रमुख हुन् । गर्दनका हाडहरु घिस्सिनु वा खिइनु, यथास्थानबाट हाड र्सर्नु, हाडले नसा वा मांसपेशीलाई च्याप्नु, हाड बढ्नु, हाड सुन्निनु, हाड मक्किनु प्रायः हुने समस्याहरु हुन् । यसरी नै नसा थिचिने वा सुन्निने, युरिक एसिड बढेर बाथरोग हुने वा कडा खालका आमबाथ वा र्युमेट्वाइड अर्थराइटिस हुने, हाड-जोर्नीहरुमा संक्रमण हुने, रक्तनलीका रोगहरु तथा ग्रन्थिहरुका रोग एवम् घाउ-खटिरा वा चोटपटक, चर्मरोग लाग्नेजस्ता समस्याले पनि गर्दनमा दुखाइ उत्पन्न हुन सक्छ । बढी रक्तचाप, अत्यधिक चिन्ता, तनाव तथा अन्य मनोशारीरिक रोगहरु पनि गर्दन दुखाउने कारणहरु हुन् ।
कुप्रो परेर बस्ने, सुत्दा बढी अग्लो सिरानी राख्ने, प्रायः निहुँरेर काम गर्ने, कम्प्युटरमा काम गर्दा र कुर्सी अन्य ठाउँमा गर्दन झुकाएर बस्ने, सुत्दा-बस्दा शारीरिक स्थिति नमिलाउने मानिसहरु प्रायः यसरी गर्दन दुखाइबाट पीडित हुन पुग्छन् ।र्
गर्दन दुखाइले उत्पन्न हुन सक्ने जटिलताहरु
गर्दन दुखाइको कारणको गम्भीरताअनुरुप यो समस्यामा जटिलताहरु आउन सक्छन् । हाड-जोर्नीका समस्याहरु बढ्दै गएमा त्यसले नसा काटिने, हातका औंलाहरु वा पूरै हात लाटो हुने, नचल्ने, सुत्न, बस्न तथा उठ्न पनि नसक्ने गरी रिंगटा लाग्नेजस्ता समस्या उत्पन्न हुन्छन् । र्
गर्दन दुखाइको निदान
गर्दन दुख्ने समस्या के कारणले भएको हो भन्ने थाहा पाउन चिकित्सकको परीक्षण आवश्यक छ । चिकित्सकले जाँच अर्थात् बिरामीलाई प्रत्यक्षरुपले दुखेको भागमा हेरेर, छामेर, थिचेर वा टाउकोर्-गर्दन चलाएर अनुमान गर्न सक्छन् । यसका लागि आवश्यक आधुनिक जाँचहरु जस्तै- गर्दनको साधारण एक्स-रे, रोगको जटिलताअनुसार आवश्यक परे सिटिस्क्यान, एमआरआई वा अन्य नसाको एक्स-रेसमेत गराउनुपर्ने हुन सक्छ । रगत जाँचेर बाथरोग भए/नभएको पत्ता लगाउन सकिन्छ ।
प्रायः गर्दन दुख्ने समस्या सरल उपचारबाटै ठीक हुन्छ । कुनै-कुनै समस्याको लागि योग चिकित्साका साथमा अन्य उपचार पनि जरुरी हुन सक्छ ।र्
गर्दन दुख्नेहरुलाई सल्लाह
सुत्दा होचो सिरानीको प्रयोग गर्ने र कडा ओछ्यानमा सुत्ने गर्नुपर्छ । कर्ुर्सर्ीीा अन्य कतै पनि बस्दा र काम गर्दा गर्दन सोझो राख्नर्ुपर्छ । निहँुरेर व्यायाम वा काम गर्नुहुँदैन । गर्दन बढी दुखेको अवस्थामा सपोर्टको निम्ति गर्दनको पट्टी -र्सभाइकल कलर) लगाउनर्ुपर्छ । दुखाइ बढी भएको अवस्थामा गर्दन, काँध र पिठ्यूँमा तातोले सेक्ने गर्न सकिन्छ ।
उपयोगी योग चिकित्साहरु
टाउको र गर्दनका सूक्ष्म व्यायामः
उठेर वा वज्रासनमा बसेर यी व्यायामहरु गर्नुस् ।
विधि (१)ः- ढाड सोझो राख्नुस् । अब टाउकोलाई दायाँतिर मोड्नुस् र केहीबेर रोकिनुस् । अब फेरि अर्कोतिर -बायार्ँतर्फ) टाउको फर्काउनुस् । बिस्तारै झड्का नदिईकन यसरी नै १०-१५ पटक अभ्यास गर्नुस् ।
विधि (२) ः- यसरी टाउकोलाई तल-माथि गर्नुस् अर्थात् टाउकोर्/गर्दन मोडेर अगाडितिर झुकाई चिउँडोले छातीमा छोएर केहीबेर अडिनुस् र पुनः सोझो राखेर माथि लगी जतिसक्दो पछाडि हर्ेर्ने प्रयास गर्दै केहीबेर रोकिनुस् । यसरी नै १०-१५ पटक गर्नुस् ।
विधि (३) ः- टाउकोलाई दायाँ र बायाँ पालैसँग बिस्तारै ढल्काउँदै कानले काँधतिर छुने प्रयास गर्नुस् । यसलाई पनि १०-१५ पटक गर्नुस् ।
विधि (४)ः- अब टाउकोलाई क्रमिकरुपले दायाँ, पछाडि, बायाँ, अगाडि क्रमशः लैजाने अर्थात् चारैतिर घुमाउने गर्नुस् । यसरी घुमाउँदा सबैतिरको भागमा छुने गरी टाउकोलाई अति नै ढिलोसँग घुमाउने गर्नुस् । छिटो-छिटो गर्दा रिंगटा लाग्छ । उल्टो-सुल्टो पालैसँग एक-एक पटक गरेमा रिंगटा कम लाग्छ ।
सावधानीः धेरै मात्रामा हाड सुन्निएको, हाड खिइएको र बढी नसा च्यापिएको अवस्थामा र बढी गर्दन दुखाइ हुँदा टाउकाको यस्तो व्यायाम गर्नुहुंँदैन । सामान्य दुखाइमा पनि बिस्तारै अभ्यास गर्नुपर्छ ।
सामान्य लाभहरुः सामान्य अवस्थामा टाउको एवम् गर्दनका सूक्ष्म व्यायामहरुले मेरुदण्डको माथिल्लो भागलाई
यौगिक आहार
कहिलेकाहीँ बाथरोगका कारण पनि हाड-जोर्नीलगायत गर्दनमा दुखाइ हुने गर्छ । यसरी युरिक एसिड बढेर गर्दनमा दुखाइ हुनेहरुले सात्विक यौगिक आहार गर्नुपर्छ अर्थात् माछा, मासु, अण्डा, गेडागुडी, बियर, जाँडरक्सी, गोलभेंडा, तामा, फर्सर्ीीादि बार्नुपर्छ । बरु यसको सट्टा फलफूल र हरियो तरकारी बढी खानर्ुपर्छ । पानी बढी पिउने र पूरा शरीरकै व्यायाम गर्ने, पसिना निस्कने गरी हिँड्नेजस्ता उपायहरु अपनाएमा मूत्राम्ल वृद्धि भएर हुने गर्दन दुखाइमा फाइदा हुन्छ ।
अन्य प्रकारको समस्यामा पनि सादा खानपान गर्नुपर्छ । मूत्राम्ल सामान्य तर हाड कमजोर भएको अवस्थामा क्याल्सियमप्रधान खानेकुराहरु -दूध, चीज, ज्वानो आदि) खानर्ुपर्छ ।
बलियो बनाउँछ र लचकता उत्पन्न गर्छ । टाउको र गर्दनको नसा, घाँटी, मस्तिष्कमा समेत यसको प्रभाव सकारात्मक हुन्छ । रोगहरुमा केही प्रकारको टाउको दुखाइ, गर्दनको नसा दुखाइ, गर्दनको हाड खिइएको सामान्य अवस्था, घाँटीमा कफ अड्किने समस्या आदिमा समेत यी माथिका व्यायामले लाभ दिन्छ ।
मेरुदण्डासनः
विधिः उत्तानो सुत्नुहोस् । दुवै हातलाई शरीरको दायाँ-बायाँ सोझो हुने गरी फैलाएर मुठी कस्नुस् । दुबै खुट्टा खुम्च्याएर केही फरक राख्नुस् र श्वास लिनुस् । अब श्वास छोड्दै खुट्टा र टाउको विपरीत दिशातिर मोड्नुस् । यस्तो गर्दा एउटा खुट्टाको कर्ुर्कुच्चाले अर्को खुट्टाको घुँडामा छुनुस्, तर यी दुवै भागहरु भुइँमै हुनर्ुपर्छ । केही बेर श्वास रोकेर अडिने र त्यसपछि श्वास लिँदै बीचमा र श्वास छोड्दै अर्कातिर मोड्ने गर्नुपर्छ ।
लाभहरुः यसले मेरुदण्डको हाडलाई लचिलो पार्छ र नसा थिचिने पनि कम गर्छ । गर्दनदेखि कम्मरसम्म दुख्ने, साइटिका, पेटको गडबडी, जीउ दुख्ने आदि समस्यामा यसले लाभ दिन्छ ।
सावधानीः जति सकिन्छ ढिलो गरी अभ्यास गर्नु जरुरी छ ।
मकरासन वा श्रद्धासनः
यो विशेषतः आराम गर्नको लागि अभ्यास गरिने आसन हो ।
विधिः घोप्टो सुत्नुहोस् । दुवै खुट्टालाई एक-डेढ फिट फरक पारी खुट्टाको पञ्जालाई दायाँ-बायाँ फर्काई खुट्टाको भित्री गोलिगाँठोले भुइँमा छोएर खुट्टा/जीउ शिथिल पार्नुस् । अब दुवै हातलाई अगाडि ल्याएर कुहिना टेकाउनुस् र टाउकोलाई केही मात्रामा उर्ठाई दुवै हत्केलामाथि चिउँडो टेकाउनुस् । केही बेर यसरी बसेपछि जीउ तल राख्नुस् र हत्केलाको पछाडिको भागमाथि निधार टेकाएर केही मिनेटसम्म जीउ शीथिल राख्दै आराम गर्नुस् । यसरी नै २-३ पटक दोहोर्याउनुस् । यसलाई दिनको २ पटकसम्म गर्नुस् ।
लाभः यसले गर्दन दुखाइका साथै कम्मर-ढाड दुख्ने, कम्मरदेखि खुट्टासम्मको नसा दुख्ने, पेटमा वायु बढ्ने, कब्जियतजस्ता समस्यामा लाभ दिन्छ । यसको अभ्यासबाट बीच-बीचमा आसनको क्रममा हुने थकान मेटिन्छ र आनन्द पनि प्राप्त हुन्छ । मानसिक तनाव पनि कम गर्छ ।
सावधानीः गर्भवतीले गर्भावस्थाको ३/४ महिनापछि घोप्टो सुती यस्तो आसन गर्नु ठीक हुँदैन । यसरी नै बढी छाती दुख्दा धेरै बेर यो आसन गर्नुहुँदैन । गर्दनमा दुखाइ बढी भएको अवस्थामा कुहिनाले टेकेर गर्नुहुँदैन ।
गोमुखासनः
दुवै खुट्टा सीधा राखेर बस्नुस् । पालैपालो खुट्टा खुम्च्याउनुस् र दाहिने खुट्टामाथि देब्रे खुट्टा राख्नुस् । अब दाहिने हातलाई माथिबाट र देब्रे हातलाई तलबाट कम्मरपछाडितिर लगी दुवै हात एक-आपसमा समात्ने प्रयास गर्नुस् । आँखा चिम्लनुस् र श्वास गहिरो लिएर मन एकाग्र राख्ने प्रयास गर्नुहस् । केही बेर यसरी बसेपछि दुवै खुट्टा सीधा राख्नुस् र पुनः खुट्टा र हातको स्थिति परिवर्तन गरी अभ्यास गर्नुस् ।
लाभः यसले गर्दन र पिठ्यूँ दुखाइ कम हुन्छ । साथै हात झम्झमाउने र नसा दुख्ने समस्याहरुमा लाभ हुन्छ । मानसिक तनाव कम हुन्छ । छातीको समस्या कम हुन्छ ।
सावधानीः पछाडि हात समात्दा बिस्तारै गर्नुस्, नत्र मर्किन सक्छ । कसैलाई अभ्यस्त हुनका लागि धेरै दिन लाग्न सक्छ ।र्
गर्दनको समस्या हटाउन सहयोग गर्ने अन्य थुप्रै योगाभ्यासहरु पनि छन् । विभिन्न सूक्ष्म व्यायामहरु तथा आसनहरुको अभ्यास पनि उपयोगी हुन सक्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!