Sunday, August 4, 2013

* स्तनपान सप्ताह शुरु ।।


सुर्खेत, १७ साउन । 

विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
प्रत्येक वर्ष अगष्ट एक तारिखदेखि ७ तारिखसम्म मनाइने सप्ताहमा यो वर्ष शिशुलाई स्तनपान गराउनको लागि हामी सबैले आमालाई नजिकबाट सहयोग गरौं भन्ने नारा राखिएको छ ।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढाउन, जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउनेको संख्या बढाउन तथा स्तनपानको महत्वका बारेमा स्थानीय समुदायलाई सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष स्तनपान सप्ताह मनाउने गरिन्छ ।
आमाको बिघौती दुध बच्चाका लागि पहिलो खोप हो भने यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ ।
स्तनपान नगराउनाले बच्चाहरुलाई रोग लाग्ने, शारीरिक विकास अवरुद्ध हुनुका साथै मृत्यु समेत हुने भएकोले बच्चा जन्मेको एक घण्टा भित्रै आमाको दुध खुवाउनुपर्छ । 
नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ को तथ्यांक अनुसार शिशु जन्मेको १ घण्टाभित्र जम्मा ४५ प्रतिशत आमाले बच्चालाई आफ्नो दुध खुवाउने गरेका छन् । 
१५ प्रतिशत बालबालिकाले त एकदिन पछि मात्रै आमाको दुध खान पाएको तथ्याँकले देखाएको छ । 

0 comments: