Wednesday, September 25, 2013

डरलाग्दो सिंहसित युवतीको मस्ती


देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।


दक्षिण अपि|mकाको वाटरवर्ग क्षेत्रमा युवती र उनको सिंहबीचको दोस्ती देख्दा जो कोहीपनि अचम्ममा पर्छन् । गएको वसन्त ऋतुमा सानो डमरुलाई घरमा ल्याएर पालेकी एन्नेलले त्यसको नाम टिम्बा राखिन् । अहिले त्यो डमरु बडेमाको सिंह बनिसकेकेा छ । एन्नेल र टिम्बाको असाधारण जोडी अहिले धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ ।
lion2
गेष्ट हाउस संचालन गरेकी एन्नेलले केवल यो टिम्बा मात्र पालेकी छैनिन् । उनले धेरै बिराला, चिताको डमरु, पाँचवटा सिंह तथा चितुवा समेत पालेकी छिन् ।
टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । त्यो हिंश्रक जिवले कुनैदिन आक्रमण पनि गर्न सक्छ तर उनलाई त्यसकेा कुनै परवाह छैन । एन्नेलको जिवनमा टिम्बा यति नजिक भैसकेको छ की ऊ एन्नेलको ओछ्यानमा समेत सँगै सुत्छ कहिलेकाहीँ ।
lion3 lion4 lion5 lion6 lion7 lion8 lion9
- See more at: http://www.onlinekhabar.com/2013/09/119551/#sthash.xnJdQBIV.Cf39HPdO.dpuf

0 comments: