Monday, July 22, 2013

घरमै वसेर महिनाको लाख मेरो कतार/अरवको कमाइ यही हो- उमा

image (1)ओख्रेनी (रामेछाप ), असार – महिनाको लाख रुपैया आर्जन गर्न ओख्रेनी ९ कटुन्जेकी उमा श्रेष्ठलाई खाडी मुलुक जानु परेको छैन । करेशावारीमा लगाएको तरकारी खेतिबाट मात्र उमालाई महिनाको झण्डै लाख आर्जन हुन्छ ।
करेसावारीमा काक्रोको स्याहार गर्दै उमाले भनिन्, ‘मेरो यही हो कतारको कमाई ।’ उनले एक महिनाको अवधिमा काक्रो वेचेर मात्र करिव ५० हजार कमाएकी छिन् । अझै हजारौंको काक्रो वेलामा झुण्डिरहेका छन् । उमाले जम्मा १२ वोट काक्रोबाट उक्त रकम कमाएकी हुन् । सडकसगैं जोडिएको जग्गा रहेकोले ढुवानी र वजारको समस्या खासै परेको छैन ।
उमाको घरमा फलेको काक्रो स्थानीय जातको हो । सुई लगाएर वजारमा ल्याईने काक्रोलाई त्यसले सजिलै विस्थापित गर्छ । ‘मगमग वास्ना आउने काक्रो त्यो पनि लोकल’ उमा भन्छिन्, ‘मलाइ विक्रीको लागि कुनै समस्या परेको छैन ।’ प्रतिकेजी ४० रुपैंयामा हारालुछ गरेर काक्रो किन्ने ग्राहक वजारमा वग्रेल्ति पाएकी छिन् उमाले ।
उमा र उनको परिवारका सदस्य आफनै माटोमा रमेका छन् । काक्रो सकिएर के भो झण्डै एक लाख आउने टमाटर वजार लानका लागि ठिक्क वेला भएको छ । ‘असारको अन्तिम तिर टमाटर निस्कन्छ’ उमाले भनिन्, ‘त्यसबाट एक लाख जति आउला ।’
सिमी, रुख भण्टा, करेला, अकवरे खोर्सानी, वेमौसमी काउली उनका अरु उत्पादन हुन् । वजारमा ति सवै वस्तु प्राय सँगसगैं पुगेका हुन्छन । विहीबार रामेछाप र सोमबार मन्थलीमा लाग्ने साप्ताहिक हाट वजार र जिल्ला सदरमुकाम मन्थलीमा अन्य दिन पनि उमाका उत्पादन पुग्ने गरेका छन् । ओख्रेनीमा उत्पादित तरकारी जिल्ला सदरमुकाम मन्थलीसम्म लैजानका लागि दिनका दुई वटा गाडी ओहोर दोहोर गरिरहेका हुन्छन् । गाडि चल्न थालेपछि ओख्रेनीका अधिकांश किसानको थाप्लोमा नाम्लो छुटेको छ ।
ओख्रेनीको कटुन्जेमा वसोवास गर्ने उमा जस्ता दर्जनौ किसानको मुख्य पेशा तरकारी खेति वनेको छ । स्थानीय हरिवहादुर तामाङ भन्छन्, ‘यहाँका किसानको जाँगर देखेर मैले सिंचाईको लागि पानीको मुहान नै दिएँ ।’ कटुन्जेमा नजिकैको ओख्रेनी खोलाबाट दुई बर्ष अघि लिली हेल्वेटासको सहयोगमा तामाकोशी सेवा समिति मन्थलीबाट तीनवटा सिंचाई पोखरीको निर्माण भएपछि स्थानीयहरु व्यवसायीक तरकारी खेतिमा जुटेका हुन् ।
पानी नहुदा हामीलाई साह्रै असजिलो थियो स्थानीय भुलवहादुर तामाङ्गले भने, ‘तर अहिले तरकारीमा पानी लगाउन पाईन भन्नु परेको छैन ।’ सिंचाई पोखरी वन्नु अघि केही अगुवा किसानले तरकारी खेति गरेपनि अधिकांशको जमिन वाँझै वस्ने गरेको थियो । तर अहिले कटुन्जेको जग्गा प्राय खालि वसेको पाईदैन ।


0 comments: