Tuesday, February 4, 2014

मह -- (स्वास्थ्यको लागि अमृत )

(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )


============
कैयौं पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । हाम्रा बुढापाकाहरुले सिकाउनुभएको सुन्नुभएकै होला बुढापाकाको कुरामा विशवास नगर्नु त आफैमा विश्वास नगर्नु हो सजिलो उपचाका तरिकाहरु मैले संकलन गरेकोछु प्रस्तुतछ :
* अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चोहुन्छ । यो मेरो अनुभव पनि हो ।
* पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।
जुन बच्चालाई चीनी खानु हुंदैन, उस्लाई चीनीको ठाउंमा मह दिन सकिन्छ ।
*बान्ता (वमन) को समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
* शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
* एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
* मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
* प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
* हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
* पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
* सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
* महले मांसपेशिहरु बलवती हुन्छ ।
* बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
* अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
* सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
* कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

0 comments: