Friday, February 7, 2014

सत्ता प्राथमिकतामा छैनः दाहाल

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् ।


एमाओवादी अध्यक्ष दाहालले तत्काललाई सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताएका हुन् । महोत्तरीको बर्दिबासमा २४ माघमा पत्रकारसँग कुरा गर्दै उनले सत्ता भन्दा पनि संविधान निर्माणमै आफूहरु केन्द्रित हुने बताए ।
“हाम्रो पार्टीको मुख्य ध्येय नै संविधान निर्माण हो,” उनले भने, “हाम्रो पार्टीले सरकारमा नजाने निर्णय गरिसकेको छ ।” तर, उनले आफूहरु सरकारमा नजाँदा संविधान निर्माणमै समस्या देखिए त्यसबारे पुनःविचार गर्ने टिप्पणी गरे ।
पहिलो संविधानसभाका निर्णयलाई स्वामित्वमा लिएर सबै दल संविधान निर्माणमा लचिलो भएर जुटे नेपाली जनताले अबको एक वर्षभित्रै संविधान पाउने उनको भनाइ छ ।

0 comments: